निर्णय नं. ९०० – अंश
निर्णय नं. ९०० ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३१...
निर्णय नं. ९०० ने.का.प. २०३२
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०३१ सालको दे.फु.नं. १२
फैसला भएको मिति : २०३२।२।२।६
निवेदक : का.पं. सुब्बा गाउँ पञ्चायत वार्ड नं.७ बस्ने रामहरि भन्ने तारानाथ ढुङ्गेल उपाध्याय समेत
विरुद्ध
विपक्षी : का.पं. सुब्बागाउँ पञ्चायत वार्ड नं. ७ बस्ने बद्रीनाथ पाध्या समेत
मुद्दा : अंश
(१) मानु नछुट्टिई सँग बसेका अंशियारले बकसपत्रसमेत जुनसुकै श्रोतबाट आर्जन गरिएको भए पनि त्यो सम्पत्ति सगोलकै आर्जन मानिने ।
(प्र.नं. १३)
निवेदक तर्फबाट : अधिवक्ता श्री लबदेव भट्ट
विपक्षी तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लिखित मुद्दा : (दे.फु.नं. ११९ होमदेव पाण्डे वि.उर्मिलादेवी, अंश)
फैसला
न्या. वासुदेव शर्मा
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरीएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : वासुदेवका ४ छोरामा जेठो सुकदेव, माहिलो दामोदर, साहिँलो बेदनिधि, कान्छो निलकण्ठ भएको दामोदर, वेदनिधि निःसन्तान र सुकदेवको छोरा दशरथ भन्ने खड्गनाथ, निलकण्ठको छोरा बद्रीनाथ, कृष्णप्रसाद र मेरो बाबु टोमप्रसाद समेत हुन् बाजे सुकदेव निलकण्ठहरूको अंशबण्डा नभई सगोलमै रहेको भेरो मामा बाजे भवनाथको सन्तान नभएकोले जेठा बाबु विपक्ष बद्रीनाथ र मेरो बाबु टोमप्रसादलाई लगी राखेको बाबु टोमप्रसाद २००३ सालमा परलोक भएको मामा बाजेको श्रीसम्पत्ति गैर विपक्षी बद्रीनाथलाई बकसपत्र गरी दिनु भएको हुँदा चौंकोट र कटुन्जे समेतको श्रीसम्पत्तिको आम्दानी खर्च दुबैतर्फबाट मिलाई कहिल चौंकोट कहिले कटुन्जेमा बसी आएको बाजेहरू परलोक भइसकेकोले ०२३।१२।५ देखि मानु छुट्टि बसी मैले पाउने अंश देउ भन्दा दिएनन् तायदाती लिई १ अंश दिलाई पाउँभन्ने वादी ।
३. वादी मधेशबाट फर्की सागोलमा बसेको ०२३ चैत्र लाग्नासाथ आजदेखि माना चामल बेगल भयो अंश देउ भनी भन्दा जो श्रीसम्पत्तिको आधा खान पाउने दशरथले अंशको कुरा गर्दैन मैले आधाको ३ खण्डको १ खण्ड अंश पाउनेले कुरा गर्दिन भनी वास्ता गरेन । मैले अंश दिनुपर्ने होइन भन्नेसमेत खड्गनाथ भन्ने दशरथको प्रतिवादी ।
४. बाजेको छोरा माहिला, साहिँलाको सन्तान नभएकोले उहाँहरूको समेत हाम्रै हुन आएको हाम्रा बाबा निलकण्ठका तीन छोरा जेठा म बद्रीनाथ, माहिला वादीका बाबु टोमप्रसाद, कान्छा म कृष्णप्रसाद भएको म बद्रीनाथलाई मामा भवनाथ र माईजु मानकुमारीले निजहरूको सन्तान नहुँदा ७२ साल आश्विन महिनादेखि लगी पालन पोषण ब्रतबन्ध विवाहसमेत गरी दिई घरमानै राख्नुभएको, सो रिझ वापत २००३।१०।३ गते शेषपछिको बकसपत्र पास गरिदिनु भएको मामा भवनाथ ०८ सालमा र माईजु मानकुमारी २० सालमा परलोक भई सद्गत गरी ०२० सालदेखि मात्र मेरो हक भोग भएका भाइ कृष्णप्रसाद भतिजा यो वादीसमेत कटुञ्जेतर्फको घरमा बसी आएको थिए, जेठा बाबुको छोरा खड्गनाथ ९० साल देखिनै मानु छुट्टि काठमाडौंमा बसेको वादी र म कृष्णप्रसादले बराबर आवत जावत हेरविचार गरिआएको थियौं, ०१९ साल बैशाख ८ गते खड्गनाथको भाग छुट्याई दिइसकेपछि बण्डापत्र नगरी निज तारानाथको भाग पनि बण्डा गरी दिईसकेपछि आफ्ना अंश भागको जग्गाहरू भू.सु.नापीमा जनाए पुग्छ भनेकोले चुप लागी बसेका थियौं भू.सु.सर्भे नापी हुँदा १४ नं.फाराममा समेत जोतेका परिवार जनाईसकेको छ । त्यस्ताले झुट्टा वादी दावी मात्र गरेको मात्र हुन मामा माइजुले बकस दिएको जेथाहरू दावी गरी नालिस गर्ने र वादी मिलान प्रतिवादी दिने गरेकोमा समेत श्रीमान न्यायकर्ताबाट विचार हुनेछ बकसका जेथा हक लाग्ने होइन भन्नेसमेत बद्रीनाथ समेतको प्रतिवादी ।
५. वादी ६ भागको १ भाग अंश पाउने व्यक्ति रहेछ भन्ने निर्विवाद भएको समेत हुँदा प्रतिवादीहरूले दिएको फाँटवारी बमोजिम जम्मा रु.४५९१७। को ६ खण्डको १ खण्ड रु.७६५२।८० पैसाको अंश वादीले पाउने ठहर्छ भन्ने भ.पु.जि.अ.को ०२६।६।१५।४ को फैसला ।
६. सो उपर चित्त बुझेन भन्ने प्रतिवादी कृष्णप्रसाद बद्रीनाथ समेतको पुनरावेदन ।
७. अघि मानु छुट्टि अंश भाग बण्डा भएको रीतपूर्वकको लिखत प्रमाण प्रतिवादीहरूले दिन नसकेकोले अघिनै छुट्टिएको भन्ने जिकिर पुग्न नसक्ने शेषपछि बकसपत्रबाट पाएको भन्ने जिकिरलाई सो कागजबाट वादी अंशियारतर्फ मानु छुट्टिएको भन्ने नमिल्ने बकसपत्र लिखतमा यो घर जग्गा भन्ने किटानी नदेखि बद्रीनाथ र कृष्णप्रसादको दर्खास्त फाँटवारीमा उही उही जग्गा जमीनसम्म केही भिडिन आएको, भवनाथसमेतको शेषपछिको बकसपत्र भित्र कै हो भन्ने अरू किटान तथ्य सबूद प्रमाण प्रतिवादी पुनरावेदकले दिन पेश गर्न नसकेको प्र.बद्रीनाथ र कृष्णप्रसादले दिएको दर्खास्त फाँटवारीमा ९८ नं.सम्म फरक पारी लेखे पनि दर्ता उतार ९५ नं.कित्तामा भिड्न आएको सो ९५ नं.मौजे चौंकोट ईताबु खेत मोही भवनाथको हाल बद्रीनाथको खेत १५।११।२ देखिन आएकोले मोल रु.९०० पर्ने भवनाथ समेतले बद्रीनाथलाई शेषपछि दागबत्ति काजकृयासमेत गरी खानु भनी दान दातव्यको शर्तबाट दिएको बद्रीनाथले पाएको सो पनि ६ भागको १ भाग वादीले पाउने ठहराएको सुरुको गल्ती देखिनाले उक्त दर्ता उतारबाट आएको भवनाथ दर्ताको ९५ नं. को जग्गा बाहेक अरूको हकमा सुरुको इन्साफ मनासिव छ भन्ने बागमती अञ्चल अदातलको ०१९।९।१७।१ को फैसला ।
८. सो उपर चित्त बुझेन भन्ने वादी प्रतिवादी दुबै पक्षको पुनरावेदन ।
९. वासुदेवका ४ छोरा मध्ये जेठा शुकदेव र कान्छा निलकण्ठका छोरा सन्तान रही वादीका बाबु निलकण्ठका ३ भाइ छोरामध्ये टोमनाथका छोरा वादी रामहरि भन्ने तारानाथले ६ भागको १ भाग अंश भाग पाउने कुरा निर्विवाद सिद्ध भएको छ । बद्रीनाथले बकस पाएको चौकोटतर्फको जग्गा र कटुन्जेतर्फको दशरथ, कृष्णप्रसाद समेतबाट अंश पाउँ भन्ने दावी गरेकोमा बद्रीनाथले ०३ साल माघ ३ गते रोज ५ मा भवनाथ समेतका बकसपत्रबाट हक हुन आएको सम्पत्तिका हकमा बद्रीनाथको जिकिर बमोजिम १९७२ साल आश्विन महिनामा जन्मेको २२ दिनदेखि मलाई मावलीकै घरमा राख्नु भएको भन्ने जिकिर गरेको सो कुरा होइन भनी अरू पक्षको प्रमाणयुक्त जिकिर नदेखिएकोले र बकसपत्रमा अघिदेखि आई बसी टहल चाकरी गरेको भन्नेसमेत बोली परेको देखिनाले ७२ साल आश्विन मसान्तमा बद्रीनाथ मानु छुट्टिएको देखिँदा बकसपत्र बमोजिमको सम्पत्ति घर जग्गाहरू वादीलाई अंश लाग्ने देखिएन । अरू प्रतिवादीसँग मानु छुट्टिएको लिखत र प्रमाण दाखिल भएको नहुनाले फिराद दर्ता भएको मिति ०२३।१२।१८ गते भन्दा अघिल्ला दिन मानु छुट्टिएको कायम हुन्छ । प्रतिवादी कृष्णप्रसाद दशरथ भन्ने खड्गनाथको तायदातिमा निजहरूले आफू–आफूसँग जिम्मा रहेको भनेको तायदाती बमोजिमको चल अचल गैर बण्डा हुने हुँदा सो तायदाती २ मध्ये ६ भागको १ भाग वादीले अंश छुट्याई लिन पाउँछ । अंश मुद्दामा दुबै थरीले तायदाती दिएकोमा तायदाती दिन आउनेले आफ्नो जिम्माको भनी तायदाती फाँटवारी पेश गर्ने अरू अंशियारसँग रहेको भनी लेखाई लिन हुँदैन । माथि लेखिए बमोजिम इन्साफ नगरेको बागमती अञ्चल अदालतको र भक्तपुर जिल्ला अदालतको फैसला उल्टी हुन्छ । तसर्थ बकसपत्रबाट बद्रीनाथले पाएका जग्गा जमीनसमेत बण्डापत्र भन्ने वादी र प्रतिवादी दशरथ भन्ने खड्गनाथको र ०१९ सालमै मानु छुट्टिएको हो भन्ने प्रतिवादी कृष्णप्रसादसमेतको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत ०३०।४।२४।४ को डिभिजन बेञ्चको फैसला ।
१०. प्रस्तुत मुद्दा दोहोर्याउने बारे बक्स भएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिस व्यहोरामा बद्रीनाथले बकसपत्रबाट पाएको घर जग्गा बाहेक अरू सम्पत्तिमा सर्वोच्च अदालतबाट भएको निर्णयमा दुबै पक्षको चित्त बुझेको हुँदा त्यसतर्फ केही विवेचना गरी रहनु पर्ने देखिँदैन । बद्रीनाथले मामा बाजे भवनाथ समेतबाट ०३।१०।३ गते पाएको शेषपछिको बकस भित्रको घर जग्गासमेत बण्डा हुनुपर्छ भन्ने तारानाथको र प्र.दशरथ भन्ने खड्गनाथको निवेदन जिकिर भएकोले त्यस सन्दर्भमा विचार गर्दा २०२३ साल चैत्र ५ गतेदेखि मानु छुट्टिएको मिति कायम गरी अंशबण्डा पाउँ भन्ने वादीको दावी र ०१९।१।३ देखि घरसारमा अंश छुट्टाई भूमिसुधार नापीमा आ–आफ्नो भाग आ–आफ्नो नाउँमा दर्ता गरी भोग तिरोसमेत गरिसकेकोले अरू अंश दिन बाँकी छैन, बकसपत्रको घर जग्गा पनि ०२० सालमा मात्र मेरो हक हुन आएकोले अंशबण्डा गर्नु नपर्ने भन्नेसमेत प्र.बद्रीनाथ कृष्णप्रसाद समेतले प्रतिवादी जिकिर लिएको सो बमोजिम सबूत प्रमाणतर्फ विचार गर्दा ७२ साल आश्विन महिनामा नै बद्रीनाथ मानु छुट्टी मामा बाजेको घरमा गएको भन्ने कुराको १९ साल बैशाख ३ गते घरसारमा अंशबण्डा भई आ–आफ्नो भाग लिनु दिनु गरेको भन्नेसमेत कुराको प्रतिवादीहरूले कुनै सबूत प्रमाण लिखत पेश दाखिल गर्न सकेको देखिँदैन । यस्तो सबदु प्रमाण पेश दाखिल गर्न असमर्थ प्रतिवादी बद्रीनाथको मौखिक भनाई लेखाईको आधार लिई ७२ साललाई मानु छुट्टिएको मिति कायम गरी निजले बकसपत्रबाट पाएको घर जग्गा दिनु नपर्ने ठहराई भएको निर्णय कानून प्रतिकूल देखिन्छ । मानो छुट्टिई सँगै बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लाएको ऋण सबै अंशियारहलाई भाग लाग्छ । ऐनबमोजिम अंश गरी लिनु दिनु पर्छ भन्ने प्रचलित मुलुकी ऐन अंशबण्डाको १८ नं.मा उल्लेख भइरहेको देखिएकोले बकसपत्रबाट पाएको घर जग्गासमेत सबै अंशियारहरूले बण्डा पाउने नै देखिन्छ । अर्को कुरा बद्रीनाथसमेतले दिएको प्रतिउत्तर पत्रमा निज बद्रीनाथको उमेर ५० वर्ष लेखिएको पाइन्छ । यस हिसाबले निजको जन्म १९७४ सालमा भएको देखिन्छ । ७४ सालमा मात्र आफू जन्मेको भएपछि सो भन्दा अगाडि ७२ सालमा नै मामाले लगी पालेको भन्ने निजको जिकिर अविश्वसनीय देखिएको छ । अतः उपर्युंक्त उल्लिखित कारणबाट मानु छुट्टिएको मिति कायम गर्ने सम्बन्धमा मुख नमिलेकोमा फिराद दर्ता भएको अघिल्लो दिन कायम हुन्छ भन्ने सर्वोच्च अदालतबाट निर्णय भइरहेको हुँदा प्रस्तुत मुद्दामा पनि मानु छुट्टेको मिति फिराद दर्ता भएको अघिल्लो दिन अर्थात ०२३।१२।१७ गते नै सबै वादी प्रतिवादीहरुको मानो छुटेको मिति कायम गरी निर्णय हुनु पर्ने देखिन्छ । यस प्रकार मानो छुटेको मिति ०२३।१२।१७ भएपछि प्रचलित मुलुकी ऐन अंश बण्डाकाको १८ नम्बरमा उल्लेख भएअनुसार सगोलको सम्पूर्ण आर्जन सबै अंशियारहरुले भाग शान्ति पाउनु पर्नेमा सगोलमा रहेभएको अवस्थामा प्रतिवादी बद्रीनाथले मामाबाट बकस पाएको सम्पत्ति अलग गरी बाँकी मात्र बण्डा गर्ने गरेको सर्वोच्च अदालतको निर्णय कानून अनुरुप भन्न मिल्ने देखिएन । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएकोले भन्न समेत उल्लेख भएको ।
१०. २०३१।१०।८।३ को फुल बेञ्चको आदेश बमोजिम प्रतिवादीको पेटबोलीबाट बुझिएको देवकी पाध्यानिले वादी प्रतिवादीहरुको अंशियार म पनि हुँ सुकदेवको छोरा दशरथ, चेतकान्त २ भएकोमा चेत कान्तकी ब्राम्हणी म समेतका सबै अंसियारको अंश बण्डा भएको छैन गोश्वरा सगोलमै छ उक्त अंश मुद्दा किनारा हुँदा मेरो अंशमा पनि कानूनबमोजिम गरी पाउँ भन्ने बयान गरेको ।
११. यस बेञ्च समक्ष वादीतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले सगोल छँदै बकसपत्रबाट पाएको सम्पत्ति सगोलकै आर्जन हुने हुँदा मेरो पक्ष समेतको बण्डा लाग्ने हो प्रतिवादी बद्रीनाथलाई ७२ सालमै मामा भवनाथले लगी पालेको भन्ने कुरा बकसपत्रको बोली समेतबाट समर्थित भएको छैन निजले प्रतिवादीमा ५० वर्षको उमेर लेखेको त्यस हिसावबाट ७४ सालमा जन्मेको हुन्छ ७२ सालमा कसरी मामा कहाँ बस्न गएको हुन सक्छ त्यसकारण प्रतिवादी बद्रीनाथको उक्त भनाई झुठ्ठा देखिन्छ । निजले बकस पाएको सम्पत्ति समेतमा मेरो पक्षले बण्डा पाउनु पर्छ भन्ने समेत र प्रतिवादी बद्रीनाथतर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रतिवादीमा गल्ती उमेर लेखिन गए पनि वास्तवमा ७२ सालमै मामाले लगि पालेको भन्ने कुरा बकसपत्र समेतबाट देखिएकैछ त्यसबाट ७२ सालमै मानो छुट्टिएको कायम हुने समेत हुँदा मेरो पक्षले बकस पाएको सम्पत्तिमा वादीको बण्डालाग्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१२. यसमा प्रस्तुत मुद्दा ०३०।४।२४।४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा प्रतिवादी बद्रीनाथले मामा भवनाथबाट बकस पाएको भनेको सम्पत्तितर्फ निज बद्रीनाथ ७२ साल आश्विन मसान्तमा छुट्टिएको देखिँदा वादीहरुलाई अंश लाग्ने देखिएन भनी ठहर गरे तर्फ चित्त बुझेन भन्ने वादी रामहरि भन्ने तारानाथ र प्र. दशरथ भन्ने षड्गनाथको निवेदन परि न्यायिक समितिको सिफारिशमा बक्स भई आएको हुकूम प्रमांगी बमोजिम यो मुद्दा दोहरिएको रहेछ निज बद्रीनाथ मानो छुट्टिएको मिति कुन कायम हुने र निजले मामा भवनाथको बकसपत्रबाट पाएको सम्पत्तिमा वादी रामहरि भन्ने तारानाथले बण्डा पाउने नपाउने के हो ? भन्ने नै निर्णय दिनु पर्ने मुख्य विषय हुन आएको छ ।
१३. मामा भवनाथ र माइजू मानकुमारीले निजहरुको सन्तान नहुँदा ७२ साल आश्विन महिना देखि लगी मलाई मामाको घरमा नै राख्नु भएको र सो रिझ वापत २००३।१०।३ गते शेष पछिको बकसपत्र पास गरी दिनु भएकोले मामा माइजु परलोक भई उक्त बकसपत्र बमोजिम मेरो हक भएको सम्पत्तिमा वादी समेतको अंश नलाग्ने भन्ने प्रतिवादी बद्रीनाथको जिकिर भएकोमा २०२४ सालमा दिएको प्रतिवादीमा निज बद्रीनाथको उमेर वर्ष ५० लेखाएको त्यस हिसावबाट १९७२ सालमा निजको जन्मै नभएको भन्ने तथ्य पनि मिसिलमा उल्लेख छ खास गरी मामा भवनाथले २००३।१०।३ को बकसपत्रमा मामा कहाँ अघिदेखि बसेको भनी लेखेको छ प्रतिवादी जिकिर अनुसार १९७२ सालमा मामाको घरमा लगी राखेको बसेको भन्ने कुरा उल्लेख भएको पनि देखिँदैन अन्य सबूत प्रमाणबाट पनि बद्रीनाथ ७२ सालमा मानो छुट्टिएको भन्ने देखिँदैन विना सबूद प्रमाण निजलाई १९७२ सालमा मानो छुट्टिएको कायम गर्न कानूनले नमिल्ने हुँदा निज बद्रीनाथ पनि अरु अंशियार सरह फिराद दर्ता भएको अघिल्लो दिन ०२३।१२।१७ मै मानो छुट्टिएको कायम हुन्छ । निज बद्रीनाथले भवनाथको बकसपत्रबाट पाएको सम्पत्तिमा बादीले बण्डा पाउने नपाउने के हो भन्ने हकमा ०३०।४।२४।४ को डिभिजन बेञ्चले सो सम्पत्ति बण्डा नलाग्ने अरु कारण देखाएको नभई १९७२ सालमा मानो छुट्टिएको कायम गरी त्यसै कारणले बण्डा नलाग्ने ठहर गरेकोमा १९७२ सालमा मानो छुट्टिएको कामय नहुने माथि व्यक्त भई सकेको छ सो सम्पत्ति मानु छुट्टिएको मिति ०२३।१२।१७ भन्दा अगावै शेषपछिको बकसपत्रबाट निज बद्रीनाथले कमाएको देखिन्छ । साविक अंशबण्डाको ३७ हालको अंश बण्डाको १८ नं. ले मानु नछुट्टिई सँग बसेका अंशियारले कमाएको धन र लाएको ऋण सबै अंशियारलाई भाग लाग्ने व्यवस्था भएकोले बकसपत्रसमेत जुनसुकै श्रोतबाट आर्जन गरिएको भए पनि त्यो सम्पत्ति सगोलकै आर्जन मानिने र सबै अंशियारलाई भाग लाग्ने कानूनी व्यवस्था प्रष्टै छ दे.फु.नं. ११९ होम देव पाण्डे विरुद्ध उर्मिला देवीको अंश मुद्दामा ०२९।१२।७।३ को फुल बेञ्चबाट निर्णय हुँदा यही सिद्धान्त प्रतिपादित भइराखेको पनि छ त्यसकारण उक्त सम्पत्तिमा वादीले बण्डा नपाउने भन्ने मिल्ने देखिएन ।
१४. तसर्थ उपरोक्त कारणहरुबाट बकसपत्रबाट मेरो हक भएको सम्पत्ति बण्डा नलाउने भन्ने प्रतिवादी बद्रीनाथको जिकिर पुग्न सक्दैन निजले मामा भवनाथको २००३।१०।२ को बकसपत्र अनुसार मेरो हक भएको भनी २०२ ।५।५।३ को दरखास्तमा फाँट खुलाई दिएको मध्य ऋणको हकमा साहुको दावी परेमा ठहरेबमोजिम हुने हुँदा अरु चल अचल सम्पत्ति र लिनु पर्ने असामी समेतको जम्मा रु.७४०५।५० मध्य ६ मागको १ भाग रु.१२३४।२५ को अंश वादी रामहरि भन्ने तारानाथले पाउने ठहर्छ । यो कलममा अंश नलाग्ने गरेको ०३०।४।२४।४ को डिभिजनबेञ्को राय मिलेको देखिएन ।
१५. प्रतिवादीको पेटबोलीबाट बुझिएको चेत कान्तको श्रीमती देवकीले म समेतका सबै अंशियारको अंश भएको छैन मेरो अंशमा पनि कानूनबमोजिम गरी पाउँ भन्ने दावी गरेकी हकमा निज सुकदेव तर्फको हाँगाकी अंशियार देखिएकी निजले कानूनतः पाउने अंश भाग नपाएमा कानूनबमोजिम अंशियार उपर दावी गरी कानूनबमोजिम गराउनु पर्ने हुँदा त्यस तर्फ यस मुद्दाबाट ठहर गरी रहनु परेन अरुका हकमा ०३०।४।२४।४ को डिभिजन बेञ्चले ठहराएको मुनासिव छ अरु तपसीत बमोजिम गर्नु ।
तपसील
वादी रामहरि भन्ने तारानाथ पाध्याको प्रतिवादी बद्रीनाथ उपाध्यायको ०२५।५।५।३ को द र्खास्तमा फाँट खुलाएको देहायबमोजिम चल अचल सम्पत्ति र असामि समेतको जम्मा विगो रु.७४०५।५० को ६ खण्डको एकखण्ड रु.१२३४।३५ को अंश बण्डा निजै बद्रीनाथ पाध्याबाट छुट्याई पाउँ भनी दण्डा सजायको ४६ नं. को म्याद २ वर्ष भित्र दर्खास्त दिएमा सयकडा २।५० दस्तुर लिई कानूनबमोजिम गरी बण्डा छुट्याई दिनु भनी का.जि.अ. तहसीलमा लगत दिनु………………..१
६३ नं. मौजे चौकोट इटाबुखेत माटो मुरि ।६।६ को तिरो रु.२।८४ लागेको चौर तर्फ रैकर साँध भएको खेतको मोल रु.१५०। को कित्ता१ ४८ नं.मौजे वसिया फाँट खेत माटो मुरी –२–११–३ को तिरो रु.१।१६ लागेको चौर रैकर साथ भएको खेतको मोल रु.१०० को कित्ता १, ४६ नं. मौजे षमोरेकजी घंसार खेत माटो मुी ३।४ को तिरो रु.१।४४ लागेको चारै तर्फ रैकर साँध भएको मोल रु.१५०।को कित्ता १
९९ नं. मौजे चौकोट यटाखेत ।१२।१६ मध्ये ।२ को तिरो रु.।९० लागेको चारै तर्फ रैकर साँध भएको खेतको मोल रु.१००। को कित्ता १ बे.नं. मौज चौकोट पाखा जग्गा खेत बनाउने कृष्णबहादुरका् खेत –५–१२–४ को तिरो रु.१।९७ लागेको चारै तफृ रैकर साँध भएको मोल रु.२००। को कित्ता १
९९ नं. मौजे चौकोट पाटाखेत १२–१६ मध्ये १०–१६ को तिरो ४।८६ लागेको चौर तर्फ रैकर साँध भएको खेत मोल रु.५००। को कित्ता १, ८६ नं. मौजे चौकोट इटाबु खेत ३।१३ को तिरो रु.१।६५ लागको चारै तर्फ रैकर साथ भएको खेत मोल रु.२० को कित्ता १, ९९ नं. चौकोट पाखाखेत ।५।१८ को तिरो रु.।६६ लागेको चारै तर्फ रैकर साथ भएको खेत मोल रु.३०० को कित्ता १, ९१ नं.मौजे चौकोट चोखाडोल खेत १२।४।४ को तिरो रु.६।६२ लागेको खेत मोल रु.७०० को कित्ता १, ९८ नं.मौजे चोकोट ईटाबुखेत १५।११।२ को तिरो रु.८।५६ लागको तचारै तर्फ रैकर साँध भएको खेत मोल रु.९०० को कित्ता १, ३० नं. घरबारी वि.ज. ।।१।५ को तिरो रु.।१५ लागेको ारै तर्फ रैकर साँध भएको वादीको मोल रु.१०० को कित्ता, ४ नं. दमुबहादुर खत्री घरबारी विज ।.२।४ को तिरो रु.।५० लागेको चारै तर्फ रैकधर साँध भउको वारीको मोल रु.१०० को कित्ता १, ४६ नं. इन्द्रधर साँध भएको वारीको मोल रु.५० को कित्ता १,
चल धनमाल
रु.४। को सिलावरको कसौडी एक १, रु.१।५० को फलामे ताप्के दुई २, पैसा ७५ को फलामे डाडु पनु दुई ३, रु.२। को सिलावरका अंखरा २, रु.६ को सिलावरको थाल छ ६, रु.५ को डसना एक १, रु.२।५० को दोलाई एक १, रु.३।५० को सतरन्जा एक १, रु.७। को राडी एक १
लिनु पर्ने असामि
का.प.जि. चौकोठ टुसाल बस्ने टुले सार्किसँग रु.९५६ को कलम १, ऐ ऐसेले खर्क डाँडागाउँ बस्ने पूर्णबहादुर थापा सँग रु.२८०। को ऐ कलम १, ऐ टुसाल चौकोट बस्ने कान्छी थपेनी सँग रु.१०० को कलम १, ऐ वासडोल बस्ने कृष्णबहादुर खत्रीसँग रु.२०० को कलम ऐ नैकीन्टार बस्ने पडके गिरीसँग रु.११४।२५ को कलम १, ऐ चौकोट बजार बसने वाँडासँग रु.६०१ को कलम १, ऐ ऐ मिचोटार बस्ने चक्रबहादुर खत्री सँग रु.१९८ को कलम १, ऐ बनेपाडडोल बस्ने शङ्करलाल श्रेष्ठसँग रु.१०५ को कलम १,
वादी रामहरी भन्ने तारानाथ पाध्या के निजले ०३०।४।२४।४ को डिभिजन बेञ्चको फैसलाबाट अंश पाृने ठहरेको रु.२४९०।२५ समेृत जम्मा रु.३७२४।९१ को कोर्टफी ऐनबमोजिम रु.१९ कोर्टफी लाग्छ निजले सुरु भ.पु.जि.अ. जम्मा रु.३२९।७ कोर्टफी राखेको देखिएको त्यसमा रु.१६९ कटाई बढी रु.१६०।७ कोर्टफी ०१७ को दफा अनुसार ३ वर्ष भित्र दर्खास्त दिन ल्याएमा कानूनबमोजिम फिर्ता दिनु भनी का.जि.अ.त. मा लगत दिने…………………२
वादी रामहरि भन्ने तारानाथ पाध्याके ०३०।५।२४।४ को फैसलाको तपसीलमा कोर्टफी रु.३२९।७ मध्ये षडगनाथ तर्फ लाग्ने कोर्टफी रु.४४।३ निजबाट भराई दिने गरी लगत भएकाले बढी रु.२८५।४ निजलाई फिर्ता दिने भनी उल्लेख भएकोमा सो अनुसार गर्नु पर्दैन………………….३
प्रतिवादी बद्रनिाथले ०२६।१२।१३।५ मा बा.अं.अ. मा धरौट राखेको कोर्टफी रु.१०९।६९ डिभिजन बेञ्चको ०३०।४।२४।४ को फैसलाले फिर्ता दिने गरेको मा सो अनुसार गर्नु पर्दैन निजबाट पाउने ठहरेको अंशको बिगो रु.१२३४।३५ तर्फको कोर्टफी रु.४९।४८ वादीबाट असुल भक्एो वादी रामहरि भन्ने तारानाथले निज बद्रीनाथबाट भरी पाउने हुँदा सो रु.४९।४८ भराई पाउँ भने कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई सो धरौट रहेको रु.१०९।६९ मध्यबाट भराई बढी रु.६०।११ मात्र निज बद्रीनाथलाई फिर्ता दिनु भनी ऐ…………………४
प्रतिवादी बद्रीनाथले पुनरावेदन गर्दा वा.अं.अ. मा राखेको रु.१८।३० र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको रु.१८।३० र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको रु.१८।३० समेत जम्मा रु.३६।६१ डिभिजन बेञ्चको ३०३।४।२४।४ को फैसलाले वादीबाट भराई दिने गरेकोमा सो अनुसार गर्नु पर्दैन…………………५
वादी रामहरि भन्ने तारानाथ पाध्याके लाग्ने ठहरेकोल सुरु कोर्टफी रु.१६९। मध्ये ४९।४८ बद्रीनाथबाट भरी पाउने ठहरेृको हुँदा सो कटाई बाँकी रु.११९।५२ का हकमा देहायका प्रतिवादीबाट देहायबमोजिम भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) अनुसार ३ वर्ष भित्र दर्खास्त दिएमा देहायबमोजिम गर्न ऐ ऐ……………………६
प्रतिवादी कृष्णप्रसाद तर्फ निजको तायदाती बमोजिममा वादीले पाृने भएको विगो रु.१६१०।१० को लाग्ने कोर्टफी रु ८०।५१ वादी रामहरि भन्ने तारानाथले निज कृष्णप्रसादबाट भरी पाउने हुँदा सो रु.८०।५१ भराई पाउँ भनी दर्खास्त परेमा निजले ०२७।२।२०।३ मा वा.अं.अ. मा धरौट राखेको रु.१०९।६९ मध्यबाट भराई दिने बाँकी रु.२९।१८ को हकमा कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ वर्ष भित्र दर्खास्त दिएमा निज कृष्णप्रसादलाई नै फिर्ता दिने कलम १ प्रतिवादी दसरथ भन्ने षङ्गनाथ तर्फ निजको तायदाती बमोजिममा वादीले पाृने भएको विगो रु.८८०।५७ को जम्मा अंश पाउने मूल अङ्कको दामासाहीबाट लाग्ने ३९।१ निज दशरथ भन्ने षडङ्गनाथबाट भराई पाउँ भनस् दर्खासत दिएमा निजाबाट भराई दिने कलम १
वादी रामहरि भन्ने तारानाथ पाध्याके निजले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।१३ प्रतिवादी बद्रीनाथ पाध्याबाट भरार्य पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.जि.अ. तहसीलमा लगत दिनु ०३०।४।२४।४ को डिभिजन बेञ्चको फैसलामा वादीले बा.अं.अ. मा र स.अ. मा बुझाएको कोर्टफी नहुने भन्ने उल्लेख गरेकोमा सो अनुसार गर्नु पर्दैन………….७
प्रतिवादी बद्रीनाथको निजले बा.अं.अ. मा र सर्वोच्च अदलतमा पुनरावेदन गर्दौ राखेको कोर्टफी जम्मा रु.३६।६१ डिभिजन बेञ्चको ०३०।४।२४।४ को फैसलाले वादी रामहरि भन्ने तारानाथ पर्दैन………………८
प्रतिवादी कृष्ण प्रसिादके निजले वा.अं.अ. मा धरौटछ राखेको रु.१०९।६९ मध्ये रु.८१।५ रामहरिबाट बुझाउनेमा कट्टि भएकोले बाँकी रु.२८।६४ निजलाई फिर्ता दिने भनी ०३०।४।२४।४ को डिभिजन बेञ्चका फैसलामा उललेख भएकोमा सो अनुसार गर्नु पर्दैन………………….९
वादी रामहरि भन्ने तारानाथ पाध्याके निजले मुद्दा दोहर्याउँदा ०३१।३।२४।२ मा सर्वोच्च अदालतमा दोखिल गरेको कोर्टफी रु.३२।९१ प.बद्रीनाथबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११)बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराईदिनु भनी का.जि.अ.तहसीलमा लगतदिनु………………१०
देहायबमोजिमको लगत काटि दिनु भनी ऐ ऐ ११ सुरु भ.पु.जि.अ.को ०२६।६।१५।४ को फैसलाको देहायबमोजिम १, देहायका प्रतिवादी वादीलाई भराई दिने गरेको देहायबमोजिम कलम १, प्र. बद्रीनाथबाट कोर्टफी रु.११०।२७, प्र. कृष्णप्रसादबाट ऐ रु.११०।२७, प्र. दशरथ भन्ने षडागनाथबाट ऐ रु.११०।२८
वादी रामहरि पाध्या के प्रतिवादी कृष्णप्रसाद षङ्गनाथबाट जम्मा रु.७६५२।८२ विगोको अंश बण्डा छुट्याई दिने गरेका कलम १, बागमती अञ्चल अदालतको २०२९।९।१७।१ को फैसलाको देहायबमोजिम १
वादी रामहरि भन्ने तारानाथले सुरु फैसला बमोजिम रु.७६५२।८२ विगोको अंश भाग छुट्याई दिने गरेको मध्ये रु.१५०। को लगत कट्टा गरी दिने भनी उल्लेख गरेको कलम १, वादी रामहरि भन्ने तारानाथ पाध्यालाई सुरु फैसलाले देहायका प्रतिवादीबाट भराई दिने गरेको देहायबमोजिम कोर्टफी मध्य देहायबमोजिम लगत कट्टा गरि दिने भनी उल्लेख गरेको कलम १
प्र. बद्रीनाथबाट भराई दिने गरेको रु.११०।२७ मध्ये रु.२।१५, प्र. कृष्णप्रसादबाट भराई दिने गरेको रु.११०।२७ मध्ये रु.२।१५, प्र. दशरथ भन्ने षडगनाथबाट भराई दिने गरेको रु.११०।२८ मध्ये रु.२।१५
नियमबमोजिम मिसिल बुझाई दिनु………………११
हामीहरुको सहमति छ ।
न्या. प्रकाशबहादुर के.सी.,
न्या. झपटसिंह रावल
इति सम्वत् २०३२ साल जेष्ठ २ गते रोज ६ शुभम् ।