March 21, 2013
Created by nepalarchives

निर्णय नं. ८९७८ – उत्प्रेषणसमेत

ने.का.प. २०७०,           अङ्क ३ निर्णय नं.८९७८   सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह रिट नं....

ने.का.प. २०७०,           अङ्क ३

निर्णय नं.८९७८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

रिट नं. ०६६WO०९००

आदेश मितिः २०६९।१२।८।५

 

विषयःउत्प्रेषणसमेत  ।

 

निवेदकः  पोखरा उपमहानगरपालिका वडा नं. ५ घर भई काठमाडौं विश्वविद्यालयबाट    सम्बन्धनप्राप्त नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेण्टर (प्रा) लि. द्वारा सञ्चालित     एम.बी.बी.एस.अध्ययनरत कृष्ण बराल

विरुद्ध

विपक्षीः काठमाडौं विश्वविद्यालय धुलिखेल समेत

 

§  कुनै पनि विश्वविद्यालयद्वारा प्रचलित कानूनको अधीनमा रही निर्धारण गरिएको कुनै विषयको पाठ्यक्रम तथा विद्यार्थी भर्नासम्बन्धी शैक्षिक योग्यताको अन्तर्वस्तुभित्र प्रवेश गरी त्यसको उपयुक्तता वा औचित्यका विषयमा अदालतले पुनरालोकन गर्न नमिल्ने ।

§  नीतिगत एवं प्राज्ञिक विषयवस्तुहरू नीतिगत एवं प्राज्ञिक तहबाटै निरोपण हुने वातावरणको सिर्जना भई सम्बन्धित तह वा निकायहरूमा व्यवसायिकताको विकासका लागि मार्गप्रशस्त हुने ।

(प्रकरण नं.१२)

§  विश्वविद्यालयका आन्तरिक निर्णय तथा पत्र परिपत्रहरू सार्वजनिकरूपमा प्रकाशन नगरेसम्म सर्वसाधारणको जानकारीमा आउँदैनन् र विश्वविद्यालयबाट सञ्चार माध्यमहरूमा प्रकाशन हुने सार्वजनिक सूचनाहरूलाई नै आधिकारिक मानी सर्वसाधारण तथा  भर्नाका आकाङ्क्षी विद्यार्थीहरूले विश्वविद्यालयसँग व्यवहार गर्नुपर्ने हुन्छ र यस्ता सूचनाहरूलाई नै वैध मानी त्यसैमा भर पर्नु उनीहरूका लागि अस्वाभाविक पनि नहुने ।

(प्रकरण नं.१४)

§  शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनलगायत सम्बन्धनसँग सम्बन्धित विषयवस्तुमा कलेजहरूलाई विश्वविद्यालयको नीति तथा उद्देश्यअनुरुप कटिवद्ध र दुरुस्त रहन लगाई त्यसको उत्तरदायित्व स्वयं बोध गर्ने कर्तव्यबाट पनि विपक्षी विश्वविद्यालय विमुख हुन नसक्ने ।

(प्रकरण नं.१६)

§  विश्वविद्यालय वा यसको सम्बन्धनप्राप्त मेडिकल कलेजले निवेदकलाई एम.बी.बी.एस.कार्यक्रममा भर्नाका लागि योग्यता परीक्षण गर्न सञ्चालित प्रवेश परीक्षामा उत्तीर्ण गराई भर्ना लिई आफ्नो आचरण र व्यवहारबाट निवेदकलाई योग्य ठहर्‍याई केही सत्र अध्ययनसमेत गरी सकेपछि निजको भर्नासम्बन्धी योग्यतामा प्रश्न उठाई रजिष्ट्रेशन गर्न इन्कार गरेको कार्यलाई औचित्यपूर्ण एवं मनासीब भन्न नसकिने ।

(प्रकरण नं.१८)

§  शैक्षिक योग्यताका सम्बन्धमा विपक्षी विश्वविद्यालयका तर्फबाट प्रवेश परीक्षा तथा भर्नाकै बखत तत्काल निर्णय हुन नसकेको यथार्थ र निवेदकले पनि वैध अपेक्षा (Legitimate Expectation) का साथ विपक्षी कलेजमा भर्ना भई गरेको अध्ययन र मेहनत तथा आर्थिक लगानी एवं व्यतीत भएको समय तत्व समेतलाई विचार गर्दा अध्ययन गर्नबाट वञ्चित गर्नु न्यायसंगत नहुने ।

(प्रकरण नं.१९)

 

निवेदकतर्फबाटः विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान् अधिवक्ता टीकाराम भट्टराई

विपक्षी तर्फबाटः विद्वान् वरिष्ठ अधिवक्तात्रय राधेश्याम अधिकारी, निरञ्जन आचार्य र प्रकाश राउत

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ३, , ,

 

आदेश

            न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः

            म निवेदक नेपाली नागरिक हुँ । मैले एस.एल.सी. बोर्ड नेपालबाट २०६१ सालमा प्रथम श्रेणीमा एस.एल.सी.उत्तीर्ण गरेको छु । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धनप्राप्त Pokhara Technical health Multipurpose Institute Pvt. Ltd बाट सन् २००८ मा Proficiency Certificate Examination in General Medicine को परीक्षा पनि प्रथम श्रेणीमा नै उत्तीर्ण गरेको छु । मैले उत्तीर्ण गरेको उक्त परीक्षालाई CTEVT ले Technical Certificate Level in Health Science (General Medicine) सरहको भनी समकक्षता निर्धारण गरेको छ । तत्पश्चात् २०६६ सालमा जनता उच्च माध्यमिक विद्यालय, तानसेनबाट Pre requisite Course समेत विज्ञान संकायअन्तर्गत प्रथम श्रेणीमा नै उत्तीर्ण गरेको छु । मैले उत्तीर्ण गरेको उक्त परीक्षा (१०+२) सरह रहेको भनी उच्च माध्यमिक शिक्षा परिषद्ले प्रमाणपत्र प्रदान गरेको छ । उक्त प्रमाणपत्रहरूको आधारमा निवेदकलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गरी प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।

            विपक्षी काठमाडौं विश्वविद्यालयबाट एम.बी.बी.एस.तथा बी.डी.एस.मा भर्नाका लागि भनी २०६६।३।१९ को कान्तिपुर दैनिकमा प्रवेश परीक्षामा सामेल हुन तथा उक्त विषयहरू अध्ययन गर्नका लागि आवश्यक योग्यता उल्लेख गरी सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनामा Biology, Physics, Chemistry English मूल विषय लिई सबै विषय तथा समग्रमा समेत न्यूनतम ५० प्रतिशत अङ्क हासिल गरेको र १७ वर्ष उमेर पुगेको हुनुपर्ने भनी योग्यता तोकिएको र उक्त योग्यताहरू आफूमा रहेकाले निर्धारित समयमा नै फर्म भरी मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट प्रवेश परीक्षामा सहभागी भएको थिएँ ।

            प्रवेश परीक्षामा म उत्तीर्ण भएको र प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थी विपक्षी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त जुनसुकै कलेजमा भर्ना हुनसक्ने भएकोले विपक्षी नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेण्टरमा एम.बी.बी.एस.मा भर्ना भई अध्ययन गरिरहेको थिएँ । अध्ययनका लागि कलेजले निर्धारण गरेबमोजिम पटक पटक गरी हालसम्म रु.१८,४१,५००।बुझाइसकेको छु र