December 17, 1974
Created by nepalarchives

निर्णय नं. ८५६ – बन्धकी थैली बुझाई पाउँ

निर्णय नं. ८५६      ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश रत्नबहादुर विष्ट माननीय न्यायाधीश धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको दे.फु.नं....

निर्णय नं. ८५६      ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश रत्नबहादुर विष्ट

माननीय न्यायाधीश धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश ईश्वरीराज मिश्र

सम्वत् २०३१ सालको दे.फु.नं. १२०

फैसला भएको मिति  : २०३१।९।२।३ मा

निवेदक : ऐ.ऐ. सांगे डाडा पयर बस्ने रेबलाल माध्या

विरूद्ध

विपक्षी : ऐ.ऐ. सांगे फाँट बस्ने केशवराज वाग्ले

मुद्दा : बन्धकी थैली बुझाई पाउँ

(१)   तत्काल प्रचलित साहू आसामीको १ नं. अनुसार गरी अर्को गराई लिन नसकी बन्धकीको दोहरी हराएकोले दर्खास्त दिएको भन्ने सम्मले हराएको कायम मान्न मिल्ने नदेखिने ।

            यसमा वादी दावीको कदमे खेत बन्धकी थैली बुझी लिई वादीहरूले छाडी दिनु पर्ने ठहराई शुरू तनहु जिल्ला अदालतले छिनेको इन्साफ उल्टाई बन्धकी थैली बुझी कदमे खेत छाडी दिनु नपर्ने ठहराई गण्डकी अञ्चल अदालतले छिनेको र ०३०।५।२४।१ को डिभिजन बेञ्चले गण्डकी अञ्चल अदालतको इन्साफ सदर गरेकोमा वादीको निवेदन परी बक्स भएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरिई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ उक्त कदमे खेत बन्धकी दिएको निखनाई पाउँ भन्ने वादीको दावी भएकोमा राजीनामा र मिलापत्र समेतबाट मेरो हक भएको भन्ने प्रतिवादी केशवराजको जिकिर भएको पाइयो, यस्तो बन्धकी निखनाई पाउँ भन्ने कुरामा बन्धकी भन्ने आफ्नो दावीलाई समर्थन सबूत प्रमाण गुजार्नु पर्ने दायित्व वादी माथि निर्भर रहने हो वादीले तत्काल प्रचलित साहू आसामीको ३४ नं. अनुसारको दोहरी समेत बन्धकीको लिखित सबूत कुनै पनि दिन, गुजार्न नसकेको मात्र होइन यो यस महिना मितिमा बन्धकी दिएको भन्ने सम्म पनि किटान गर्न सकेको पाइएन, बन्धकीको दोहरी हराएकोले दर्खास्त दिएको भन्ने भनाई भएको हकमा तत्काल प्रचलित साहू आसामीको १ नं. अनुसार गरी अर्को गराई लिन नसकेकोमा दर्खास्त दिएको भन्ने सम्म कुराले हराएको कायम मान्न मिल्ने देखिँदैन, सो कदमे खेत वादी समेतका नाममा दर्ता भएको प्रतिवादीबाट पेश भएको गंगीले गरी दिएकी भनेको राजीनामा लिखतमा सासु रुक्मीणाका नाउँमा दर्ता भई मेरो हक हुन आएको भनी उल्लेख गरेकोबाट प्रतिवादी केशवराजले गंगीबाट राजीनामा लिएको जमीन रुक्मीणा दर्ताको मात्र देखिने भन्ने तर्क उठाइएको हकमा सो अनुसार रुक्मीणा दर्ताको मात्र गंगीबाट राजीनामा गराई लिएकोमा वादी समेतको दर्ता हकको जग्गा दावी गर्न आएको समेत भए त्यसतर्फ हक बेहकको तेरो मेरोमा कानून बमोजिम नालेस गरी आफ्नो हक सदाई लिनु पर्ने कुरा हो यो मुद्दामा बन्धकी निखनाई पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा बन्धकी स्वीकार नगरी राजीनामा मिलापत्रबाट मेरो हक भएको भन्ने प्रतिवादी केशवराजको जिकिर भएको वादीले बन्धकीको सबूत प्रमाण कुनै पनि गुजार्न नसकेको यस स्थितिमा सबूत प्रमाणको अभावमा बन्धकी कायम गरी निखनाई दिन नमिल्ने समेत हुँदा बन्धकी निखनाई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने ठहराएकोसम्म इन्साफ गण्डकी अञ्चल अदालतको सदर गरी ०३०।५।२४।१ को डिभिजन बेञ्चले छिनेको मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्‍याएमा अरू सजाय गर्नु परेन नियम बमोजिम मिसिल बुझाइ दिनु।

(प्रकरण नं. १२)

 

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट      : अधिवक्ता लक्ष्मणप्रसाद अर्याल

उल्लिखित मुद्दा :

फैसला

     प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।

      २.    तथ्य यस प्रकार छ : जि.मु.बालचन्द्र जिम्माको खेत मुरी ।८१ मध्ये ४ भागको १ भाग खेत मुरी ।२०।५ को कित्ता र ऐंसेलुपाती भन्ने बिर्ता खेत पाखो बालानन्दका २ छोरा मध्ये जेठा बिष्णुदत्तका पति डि.कालिदास र कान्छा कलाधरको नाति म रेशलाल समेत हुँदा भानुभक्तबाट लिएको बाहेक अरू जग्गा आधा कालिदास समेतको र आधा म रेबलाल समेतको हक भई सो जग्गा रू.१००।१००। का दुई तमसुक गरी ०३ सालमा भोगबन्धकी दिएको देविदत्त श्रीकृष्ण समेतको छोरा नहुँदा तिमी भाइहरूले निखनी खानु भनी ०१३।७।२६ मा छोडपत्र दिएकोले हामीले बेहोरेको र निजहरूले खाएको थैली समेत थैली निज विपक्षीलाई बुझाउन जाँदा बुझी नदिएकाले बन्दिपुर मालमा धरौटी राखी कारवाई भएकोमा उक्त जग्गाबारे हकबेहकको प्रश्न उठी इलाका अदालतमा गई हक बेहक सधाई ल्याउनु भनी प.३ नं.गोश्वाराबाट फैसला भएकोले नाथले पनि मलाई छोडपत्र गरिदिएको हुँदा नालेस गर्न आएको छु बन्धकी थैली बुझ्न लगाई जग्गा वापस गराई पाउँ भन्ने वादी ।

      ३.    कालिदासले प्रतिवादी नदिई म्याद गुजारेको ।

      ४.    वि.कालिदासले रू.१६०००। मा विश्वनाथबाट हक सफा गरी बडहरेमा यो उजूरवालाको साथ मिल्ने हुनाले सट्टिपट्टी गर्ने कुरा गर्दा निजहरूको कदमे खेत १८००। मोलिने भई कालिदासको बडहरेमा वि.रू.२००। थप लिई दिई घरसारी सट्टिपट्टी गरी दिइसकेकाले कालिदासको अंशियार गंगीबाट मैले १० सालमा राजीनामा पास गरी लिएपछि निज कालिदास टिकानिधि समेतलाई गरी ०११।१०।१२ मा मिलापत्रबाट ११ सालदेखि मैले रू.०३ सालदेखि कालिदासले समेत भोग तिरो गरी आएको हुनाले सो मिलापत्र राजीनामा समेत गर्ने टिकानिधि गंगी उपर उजूर गर्न नसकी कालिदास र मेरा उपरको उजूरले मात्र मिलापत्र बदर हुने अवस्थै नभएको केवल बन्धकी भन्ने दावी, बन्धकी लिएको नभने पछिको यो उजूर दायर नहुने, थाहा पाएको मिति लेख्न नसकेको समेत म्यादभित्रको उजूरी बेगर बन्धकी भन्ने वादीको भनाई कुनै ऐन कानूनको आधार नभएकोले राजीनामा मिलापत्र समेतबाट हक भोग भएको मेरो जग्गा मेरो सदर थामिपाउँ भन्ने समेत व्यहोराको केशवराजको प्रतिवादी ।

      ५.    अघि मुद्दा परी हारजित गरेको कुरा वादीले ०१४।१५ सालतिर नै थाहा पाएको त्यस्तोमा थाहा पाएको ३५ दिनभित्र उजूर गर्नुपर्ने गरेको नदेखिएको र बन्धकीको दोहोरिको सबूत नभएको हुँदा उजूर खारेज हुने ठहर्छ भनी तत्कालिन बन्दीपुर इलाका अदालतबाट र सोही सदर गरी तत्कालिन जिल्ला अदालत पोखराबाट फैसला भएकोमा पुनरावेदन परी आई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२५।११।२२ मा फैसला हुँदा फैसलाको नक्कल सार्दा थाहा पाएको भनी यस मुद्दाको फिरादपत्रमा उल्लेख गरेको सो मितिबाट २५ दिनभित्र फिराद दायर भएको देखिँदा तत्कालिन बन्दीपुर इलाका अदालत र पोखरा जिल्ला अदालतबाट खारेज गर्ने गरेको मिलेको देखिएन अब कारवाई किनारा गर्नु भनी मिसिल गण्डकी अञ्चल अदालतमा पठाई दिने भन्ने ठहर भएको ।

      ६.    घरायसी लिखतमा रू.१८००। को राजीनामा देखिए पनि निजको भनाई लाई नै मान्नु पर्ने भई सो बडहरे खेत वादीले खाए भोगेको छ भन्न प्रतिवादीले नसकेको भएपछि थप गरेको रू.२००। मात्र बाँकी रहेको देखिन आउने हुँदा सो रू.२००। मा कदमे खेत बन्धकी खाइरहेको भन्नु पर्ने हुँदा बन्धकी थैली बुझी लिई कदमे खेत समेत वादीहरूलाई छाडी दिनु पर्ने ठहर्छ भन्ने तनहुँ जिल्ला अदालतको फैसला ।

      ७.    सो उपर चित्त बुझेन भन्ने प्रतिवादी केशवराजको पुनरावेदन ।

      ८.    बन्धकीको कुनै लिखत आउन नसकेको समेत हुँदा बन्धकी निखनाई दिने ठहराएको शुरू इन्साफ गल्ती ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको ०२९।३।१४।३ को फैसला ।

      ९.    सो उपर चित्त बुझेन हदमुनि गरी छिनेको इन्साफ जाँच गरी पाउँ भन्ने वादीको निवेदन परेकोमा इन्साफ जाँच गरिदिने हुकुम प्रमांगी बक्स भई ०३०।५।२४।१ को डिभिजन बेञ्चमा पेश हुँदा कालिदासलाई हामीले र हाम्रो अंशियार देविदत्त श्रीकृष्णले एउटै लिखत गरी रू.१००।१००। मा २ थान तमसुक गरी ३ सालमा भोगबन्धकी दिएको सो जग्गाको थैली बुझाउन जाँदा बुझी दिएन बुझाई जग्गा निखनाई पाउँ भनी रुद्रप्रसादको र वारेस भई आफ्ना हकमा समेत रेवलालले ०१३।११।२८ मा बन्दीपुर मालमा दर्खास्त दिएकोमा आफू समेत भई बन्धकी दिएको सबूत पेश गर्न नसकेको सोही मुद्दाको मिसिल सामेल रहेको देविदत्त आसामी भएको १ श्रीकृष्ण आसामी भएको १ समेत २ पृथक पृथक लिखतमा रुद्रनाथ रेवलाल साहू भई तिमीसँग रू.१००।१००। कर्जा लिए हाम्रा छोरा सन्तान नहुँदा कालिदासलाई बन्धक दिएको जग्गााको ३ भागको १ भाग र ६ भागको १ भाग बन्धकी थैली बुझाई तिमीले खानु भन्ने उल्लेख गरकोले रेबलालका भनाई बमोजिम कालिदासलाई बुझाउनु पर्ने देविदत्तले र श्रीकृष्णले लिएको १००।१००। गरी थैली २००।२००। को लिखित हुन जाने त्यस्तो हक छोडेको लिखत ऐनले पास हुनु पर्ने नभएबाट त्यस लिखतले कानूनी मान्यता प्राप्त नगर्ने हामीले र हाम्रा अंशियारले बन्धक लिएको भन्ने कुरा फिरादीले पेश गरेको लिखितकै बोलीबाट साँचो नदेखिएको र मुख्य कुरा जुन व्यक्ति कालिदासलाई बन्धकी दिएको हो बन्धकी थैली बुझी पाउँ भनी वादी दावी लिएको हो सो व्यक्ति कालिदासले १४।२।२८।२ मा बन्दीपुर मालमा बयान गर्दा मैले बन्धक लिएकै छैन भनी इन्कारी लिएको, बन्धकीको दोहरी फिरादीले पेश गर्न नसकेको बन्धकमा दिएको हो भन्ने कुराको सबूत पनि कतैबाट पनि गुज्रन नआएकोले बिनाआधार बन्धकी भन्न मिलेन, दर्ता मेरा नाउँमा छ भन्ने जिकिरलाई निजका नाउँमा मात्र दर्ता भएको नदेखिएको, आफूले गरेको दावा बमोजिम आफ्नो नाउँमा मात्र दर्ता रहेको सबूत वादीले दिनसकेको देखिन आएन, अतः बन्धकी थैली बुझी दिएन बुझाई जग्गा निखनाई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने ठहराई छिनेको इन्साफ गण्डकी अञ्चल अदालतको मनासिव छ भन्ने ठहर भयो ।

      १०.    प्रस्तुत मुद्दा दोहर्‍याउनेबारे बक्स भएको हुकुम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिशको व्यवहोरामा वादीका अंशियारहरूले गरी दिएको लिखित छुट्टाछुट्टै अर्थात् रू.१००।१००। को हुनु बिलकुल स्वभाविक देखिएको मिसिलबाट पनि रू.१००। दरका २ थान छुट्टाछुट्टै लिखत पेस भइरहेको देखिएकोले पास नभएबाट कानूनी मान्यता नपाउने भनी निर्णय गरेको उचित देखिँदैन, दर्तातर्फ वादीको नाउँमा दर्ता छैन भन्न नसकेको वादीका नाउँमा मात्र दर्ता नभएको भन्ने आधार दिइएको हुँदा सर्वोच्च अदालतबाट बस्तुतः वादी र निजका अंशियारहरूको संयुक्त दर्ता प्रमाणको उपेक्षा गरी निर्णय गरेको देखियो । ऐँसेलुपानी भन्ने खेत पाखो जग्गाहरूमा वादीको हक टुट्न सक्ने कुनै अवस्था देखिँदैन कदमे खेतको हकमा कालिदासले मालमा पेश गरेको रू.१८००। को लिखित रजिष्ट्रेशन पास भएको नदेखिएकोले प्रमाण लाग्न नसक्ने वादी दावीको र सो १८००। को लिखतको किल्ला बेगल भएकोले सो लिखत यस मुद्दामा प्रमाण लाग्ने अवस्थै नदेखिने कालिदासको हक भई निजबाट अंश पाउने, गंगीले केशवराजलाई बेचेको भए राजीनामा लिखतमा राजीनामा बण्डापत्र समेतबाट हक भएको भनी उल्लेख गरेको हुनुपर्ने नभएकोले केशवराजको हक रुक्मिणा दर्ताको जग्गामा मात्र पुग्ने कुरा निर्विवाद छ । बेगर कानूनी लिखत वादी पक्षको दर्ता हक मेटाउन न्याय कानून दुवै दृष्टिबाट उचित देखिँदैन सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको ।

      ११.    निवेदक वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गंगीबाट केशवराजले गराइलिएको राजीनामाको र वादी दावीको किल्ला फरक हुनाले एउटै जग्गाा भन्ने देखिँदैन खेत मुरी ।८१ मा सबै अंशियारको हक हुनाले छुट्टै जग्गा हक छुटाई लिएको प्रमाण दिन नसकेको बन्धकी भन्ने समेत र प्रतिवादी केशवराजतर्फबाट विद्वान अधिवक्ता लक्ष्मणप्रसाद अर्यालले बन्धकी कायम गर्नलाई बन्धकीको दोहोरी समेत लिखत सबूत देखाउन सक्नुपर्छ मूखैले बन्धकी कायम हुने होइन त्यस्तो लिखत सबूत वादीले पेश दाखिल गर्न नसकेकोले दावी खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      १२.   यसमा वादी दावीको कदमे खेत बन्धकी थैली बुझी लिई वादीहरूले छाडी दिनु पर्ने ठहराई शुरू तनहु जिल्ला अदालतले छिनेको इन्साफ उल्टाई बन्धकी थैली बुझी कदमे खेत छाडी दिनु नपर्ने ठहराई गण्डकी अञ्चल अदालतले छिनेको र ०३०।५।२४।१ को डिभिजन बेञ्चले गण्डकी अञ्चल अदालतको इन्साफ सदर गरेकोमा वादीको निवेदन परी बक्स भएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरिई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ उक्त कदमे खेत बन्धकी दिएको निखनाई पाउँ भन्ने वादीको दावी भएकोमा राजीनामा र मिलापत्र समेतबाट मेरो हक भएको भन्ने प्रतिवादी केशवराजको जिकिर भएको पाइयो, यस्तो बन्धकी निखनाई पाउँ भन्ने कुरामा बन्धकी भन्ने आफ्नो दावीलाई समर्थन सबूत प्रमाण गुजार्नु पर्ने दायित्व वादी माथि निर्भर रहने हो वादीले तत्काल प्रचलित साहू आसामीको ३४ नं. अनुसारको दोहरी समेत बन्धकीको लिखित सबूत कुनै पनि दिन, गुजार्न नसकेको मात्र होइन यो यस महिना मितिमा बन्धकी दिएको भन्ने सम्म पनि किटान गर्न सकेको पाइएन, बन्धकीको दोहरी हराएकोले दर्खास्त दिएको भन्ने भनाई भएको हकमा तत्काल प्रचलित साहू आसामीको १ नं. अनुसार गरी अर्को गराई लिन नसकेकोमा दर्खास्त दिएको भन्ने सम्म कुराले हराएको कायम मान्न मिल्ने देखिँदैन, सो कदमे खेत वादी समेतका नाममा दर्ता भएको प्रतिवादीबाट पेश भएको गंगीले गरी दिएकी भनेको राजीनामा लिखतमा सासु रुक्मीणाका नाउँमा दर्ता भई मेरो हक हुन आएको भनी उल्लेख गरेकोबाट प्रतिवादी केशवराजले गंगीबाट राजीनामा लिएको जमीन रुक्मीणा दर्ताको मात्र देखिने भन्ने तर्क उठाइएको हकमा सो अनुसार रुक्मीणा दर्ताको मात्र गंगीबाट राजीनामा गराई लिएकोमा वादी समेतको दर्ता हकको जग्गा दावी गर्न आएको समेत भए त्यसतर्फ हक बेहकको तेरो मेरोमा कानून बमोजिम नालेस गरी आफ्नो हक सदाई लिनु पर्ने कुरा हो यो मुद्दामा बन्धकी निखनाई पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा बन्धकी स्वीकार नगरी राजीनामा मिलापत्रबाट मेरो हक भएको भन्ने प्रतिवादी केशवराजको जिकिर भएको वादीले बन्धकीको सबूत प्रमाण कुनै पनि गुजार्न नसकेको यस स्थितिमा सबूत प्रमाणको अभावमा बन्धकी कायम गरी निखनाई दिन नमिल्ने समेत हुँदा बन्धकी निखनाई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने ठहराएकोसम्म इन्साफ गण्डकी अञ्चल अदालतको सदर गरी ०३०।५।२४।१ को डिभिजन बेञ्चले छिनेको मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्‍याएमा अरू सजाय गर्नु परेन नियम बमोजिम मिसिल बुझाइ दिनु।

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३१ साल पौष २ गते रोज ३ शुभम् ।