January 1, 2007
Created by nepalarchives

निर्णय नं. ७८१६ – उत्प्रेषण समेत

निर्णय नं.७८१६      ने.का.प.२०६४ अङ्क २   सर्वोच्च अदालत, संयुक्त ईजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०५६ सालको रिट नं....

निर्णय नं.७८१६      ने.का.प.२०६४ अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त ईजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री वलराम के.सी.

सम्वत् २०५६ सालको रिट नं. :२७२७

आदेश मितिः २०६३।९।१७।२

 

मुद्दा :उत्प्रेषण समेत ।

 

निवेदक : टिम्वर कर्पोरेशन अफ नेपालकार्यालय झापाका कार्यालय प्रमुख रही हाल टिम्वर         कर्पोरेशन अफ नेपाल शाखा कार्यालय हेटौंडामा शाखा प्रवन्धकका रुपमा कार्यरत रामप्रसाद          सिटौला समेत

विरूद्ध

विपक्षी : टिम्वर कर्पोरेशन अफ नेपाल केन्द्रीय कार्यालय, प्रशासन विभाग बबरमहल समेत

 

§  संठगनका कर्मचारीहरूलाई आचरण विपरीत गरेमा गरिने कारवाही भनेको Non CriminalDisciplanary Action को कारवाही हो र राज्यको फौज्दारी कानुन तोडे वापत राज्यको तर्फबाट Public Prosecution भई अदालतबाट कानुन बमोजिम कैद वा जरिवाना दुवै सजांय हुने कारवाही भनेको अदालती कारवाही हो । यी दुई कारवाही भिन्दा भिन्दै कारवाही हुन । संठगनका कर्मचारीलाई आचरण विपरीत कारवाही गरी पुनः भ्रष्टाचारको फौज्दारी अपराधमा कारवाही गरी अदालतबाट सजाय  हुँदा पनि Double Jeopardy विरूद्धको हक हनन् नहुने ।

§  निवेदकका विरूद्ध कुनैपनि फौज्दारी अपराध र मुद्दा चलाइएको र सजाय  गरिएको नभै आफू कार्यरत कार्यालय