July 3, 1959
Created by nepalarchives

निर्णय नं. ७४ – बाली बिगो

निर्णय नं. ७४       ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय दे.अ.डि.नं. ५ अपीलाट : त्रिलोचन विक्रम शाह समेत विरुद्ध...

निर्णय नं. ७४       ने.का.प. २०१६

डिभिजन बेञ्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय

दे.अ.डि.नं. ५

अपीलाट : त्रिलोचन विक्रम शाह समेत

विरुद्ध

विपक्षी : घानानन्द उपाध्याय समेत

मुद्दा : बाली बिगो

१.    वादीका झगडाका २० नम्बर र डं.स.का ५३ नम्बरझगडा परेको बखतको बालीमा मुद्दा छिनिएको १ बर्षभित्र बिगो भराउन नालिस दिनुपर्नेसो म्याद पछि बिगो भराई पाउँ भनी नालिस गरेमा डं.स. ५३ नम्बरले खारेज हुने ।

     वादीले अघि झगडा परेका बखतको बाली भनी दावी गरेको । सो अघिको मुद्दा प्र.न्या. तेश्रा फाँटबाट ०६।७।२५ गते अन्तिम फैसला भएको । बालीका झगडाका २० नं. अनुसार झगडा परेको बालीमा मुद्दा छिनिएको १ बर्ष भित्र यो नालिस परेको नदेखी ०७।८।२९ मा बर्ष दिनको म्याद नघाई उजुर परेको देखिनाले सो बाली बिगो भराउन नमिली नलाग्ने उजुर लिई कारवाई गरेको डं.स. ५३ नं. बमोजिम खारेज हुनेठहर्छ ।

(प्रकरण नं. १०)

फैसला

      १.     यसमा टोपराजको हक जग्गा मोरु २९९९ मा ९७।२।२७ मा फार्छ्या लिएको प्र. घानानन्द समेतसँग खिचोला गरेमा मुद्दा परी आखिर टुंगो ०६।७।२५ मा प्र.न्या. बाट फैसला भए तापनि इन्साफ दोहर्‍याउने झगडीयाको बिन्तिपत्र परी ०७ साल आषाढ ६ गते मात्र मिसिल जिल्लामा आएकोले मुद्दा परेकै साल २००० देखि २००६ तक बर्ष ७ को साल १ को धान मुरी ३२ ले मुरी ११२ को रु.१। को माना ।५ भाउले मोरु ३५८४ प्रतिवादी घानानन्द दामोदरबाट दिलाई भराई पाउँ भन्ने समेत ०७।८।२९ को त्रिलोचन विक्रम शाहको फिरादपत्र ।

      २.    सो जग्गामा साल १ को धान मुरी १६ मात्र उब्जाउ हुने । मुद्दा परे पनि वादी तर्फबाट कारिन्दा आई लाने गरेकोले बाँकी छैन । ०६।७।२५ गते आखिर टुंगो लागि फैसला भएको । म्याद नाघेकोले समेत खारेज हुनु पर्ने भन्ने समेत प्र. घानानन्द दामोदरहरूको प्रतिवादी ।

      ३.    अघिको मुद्दाबाट सो जग्गामा १६ मुरी मात्र उब्जाउ हुने देखिएकोले आधी मोरु १७९२ प्रतिवादीबाट भराई दिने ठहर्छ भन्ने समेत ०९।१०।२२ को पाल्पा अदालतको फैसला ।

      ४.    सो पाल्पा अदालतले गरेको फैसलामा चित्त बुझेन भन्ने समेत प्र. घानानन्द समेतको अपीलपत्र ।

      ५.    ०६।७।२५ गते आखिर फैसला भएको । ०७।८।२९ गते बालीका झगडाको २० नं. बमोजिम १ बर्ष म्याद नाघी नालिस परेकोले ०७।१२।१९ का बिन्तिपत्रबाट दोहरिने भई हेरिंदा ०९।४।१३ गते दोहरिन नसक्ने ठहरी खारेज भएकोले मुद्दामा इन्साफको आखिरी टुंगो लागि फैसला भएको । उही ०६।७।२५ गते नै कायम हुँदा ०४ सम्मको बालीको दावा खारेज हुने । ०५।०६ साल बर्ष २ को ३ बर्ष भित्रकै उजुरी हुँदा ऐजन २० नं. ले भरी पाउनेमा हाल सरजमिन बुझी आएका दर भाउले बिगो रु.२८८। भरी पाउने ठहर्छ भन्ने समेत ०१२।३।१७ को पाल्पा अपीलको फैसला ।

      ६.    सो पाल्पा अपीलको इन्साफमा चित्त बुझेन भन्ने समेत वादी त्रिलोचन विक्रम मरी मुद्दा सकार गर्ने नारायण विक्रम शाहको अपील ।

      ७.    ०४ सालको बाली दावी गर्न ०५ साल बैशाख १ गतेदेखि मात्र म्याद सुरु हुने हुँदा ०७ साल मार्ग २९ गतेको फिरादले बालीका झगडाको २० नं. ले सो ०४ सालको समेत बालीमा ३ बर्ष भित्रै उजुर परेको भन्नु परी ०५।०६ सालकोमात्र भराउने गरेकोमा राय नमिलेकोले नियमबमोजिम झगडीया प्रतिवादी झिकाई डिभिजन बेञ्चमा पेस गर्नु भन्ने समेत ०१५।२।६ को सिंगलबेञ्चको राय आदेश ।

      ८.    ०६।७।२५ गते फैसला भएको बर्ष दिन नघाई ०७।८।२९ गते फिराद परेको । ०७।१२।२९ को दोहोर्‍याई पाउँ भन्ने निवेदनमा दोहर्‍याई दिने आदेश भई आखिर ०९।४।१९ गते दोहरिन नसक्ने ठहरी खारेज भएको । सो खारेज हुने ठहरेको मिति भन्दा अगावै यो नालिस परेकोले सो खारेज भएको आदेशलाई नै अन्तिम मान्ने कानूनमा प्रष्ट नभएकोले निर्णयलाई फुलकोर्टमा पेश गर्नु भन्ने समेत व्यहोराको ०१५।९।१० को डिभिजन बेञ्चको आदेश ।

      ९.    फैसला भएका १ बर्ष भित्र नालिस नगरी विपक्षीले दोहर्‍याई माग्न दिएको निवेदनबाट कारवाई चली पछि खारेज भएको फैसलालाई अन्तिम मान्न मिल्दैन । मुद्दाको निर्णय निमित्त बेञ्चमा पेश गर्नु भन्ने समेत ०१५।२।२४ को फुलकोर्टमा पेश हुँदा निर्णय भएकोले सूचित गरेको छु भन्ने सर्वोच्च अदालत रजिष्ट्रार अफिसको पत्र ०१५।१०।७।३ को ।

      १०.    सिंगलबेञ्चका आदेशानुसार छलफलमा झिकाई आएका प्रतिवादीको वा.सिवप्रसाद र अपीलाट, वादी वा.रामभक्त समेतलाई रोहवरमा राखी पेश हुन आएको प्रस्तुत मुद्दा बझ्दा, वादीले अघि झगडा परेका बखतको बाली भनी दावी गरेको सो अघिको मुद्दा प्र.न्या. तेश्रा फाँटबाट ०६।७।२५ गते अन्तिम फैसला भएको । बालीका झगडाका २० नं. अनुसार झगडा परेको बालीमा मुद्दा छिनिएको १ बर्ष भित्र यो नालिस परेको नदेखी ०७।८।२९ मा बर्ष दिनको म्याद नघाई उजुर परेको देखिनाले सो बाली बिगो भराउन नमिली नलाग्ने उजुर लिई कारवाई गरेको डं.स.५३ नं. बमोजिम खारेज हुने ठहर्छ । सिंगलका रायबमोजिम गर्नु पर्दैन । खारेज हुने मुद्दामा इन्साफ गरेमा सुरु र अपीललाई मोरु १। का दरले जरिवाना गरी सो फैसलाहरूको दण्ड बिगोको लगत काटी दिने समेत अरु तपसीलका कुरामा तपसीलै बमोजिम गरी मिसिल, मिसिल बिभागमा बुझाई दिनु ।

 

तपसील

प्रतिवादी देहायका मानिसके सुरु पाल्पा अदालतका फैसलाले मोरु १३४।४० का दरले र ऐजन अपीलले रु.२१।६० का दरले मात्र दण्ड लाग्छ । सो लाग्ने कटाई रु.११२।८० का दरले फिर्ता दिने गरेको मा सो २१।६० का दरले लाग्ने कटाई लिने गरेको समेत कट्टी नलाग्ने हुँदा सो रु.२१।६०का दरले लिने गरेको समेत असुल भए फिर्ता र नभए लगत काटी दिनु भनी जिल्लालाई लेखि पठाउन अ.त.मा लगत दिनु….१

पाल्पा चिडी पानी हेरी चौर वस्ने पं.दामोदर पाध्या १, ऐजन माडी बस्ने टारी बस्ने घानानन्द पाध्या १

वादी त्रिलोचन विक्रम शाहके पाल्पा अपीलका फैसलाले भराउने गरेको बिगो समेत भराउन नपर्ने हुँदा प्रतिवादीबाट दामासाहीले भराउने गरेको बाली बिगो मोरु २२८। को समेत लगत काटी दिनु भनी जिल्लालाई लेखी पठाउन अ.त.बिगो फाँटमा लगत दिनु ……………२

वादी त्रिलोचन विक्रमके सुरुले रु.३०।८ जितौरी भनी र रु.२६८।८१ दण्ड भनी लिने गरेकोमा अपीलले रु.३१।७६ मात्र लाग्ने ठहर्‍याई बाँकी मोरु २३८।७२ फिर्ता दिने गरेकोमा हाल केही नलाग्ने हुँदा सो पाल्पा अपीलले लिने गरेकोमा मोरु ३१।७६ समेत असुल भए फिर्ता र नभए लगत काटी दिनु भनी जिल्ला पाल्पा अदालतलाई लेखी पठाउन अ.त.दे.मा लगत दिनु ……………. ३

पाल्पा अदालतके नलाग्ने उजुर लिई कारवाई फैसला गरेमा समेत रु.१। जरिवाना हुने पाल्पा अपीलबाटै केही गल्ती समेतमा भनी गरी सकेकोले केही गर्नु नपर्ने…………….४

पाल्पा अपीलके खारेज हुने उजुरीको इन्साफ गरेमा अ.बं २८९ नं. ले जतविजी मोरु १। जरिवाना हुन्छ । दामासाहीले देहायबमोजिम गरी असुल गर्न जिल्लालाई लेखी पठाउन तहसिलमा लगत दिनु ………………..५

सु.शारदाप्रसाद पोखरेल ।५०, ना.सु.हरिबहादुर श्रेष्ठ ।३५, वि.रुद्रनारायण उपाध्या ।१५

 

इति सम्वत् २०१६ आषाढ १९ गते रोज ६ शुभम् ।