निर्णय नं. ७३ – लेनदेन
निर्णय नं. ७३ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री हेरम्बराज डी.अ.नं. ४१ प्रतिवादी, अपीलाट : नररत्न रंजितकार विरुद्ध वादी, विपक्षी...
निर्णय नं. ७३ ने.का.प. २०१६
डिभिजन बेञ्च
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री हेरम्बराज
डी.अ.नं. ४१
प्रतिवादी, अपीलाट : नररत्न रंजितकार
विरुद्ध
वादी, विपक्षी : मैनेजर टंकनाथ पाध्या
मुद्दा : लेनदेन
१. साहु आसामीको २० नम्बर–एक पटक बाँकी ठेगाना गरी तमसुक भएकोमा–हिसाब नमिलेको भए तमसुकको मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्ने–सो म्याद पछिको उजुर खारेज हुने ।
यसमा ०५ साल भाद्र १ गतेदेखि कामबाट हटाई हरहिसावबाट देखिएको रुपैयाँको तमसुक भएको र त्यसमा मुद्दा परी तह तहबाट फैसला भईसकेको र यो फिराद ०८।३।२९।३ मा दायर भएको देखिएकोले समेत एक पटक बाँकी ठेगान गरी ०५।५।१ मा तमसुक भएको भए पछि सो हिसाब नमिलेको भए सो तमसुक भएका मिति ०५।५।१ का मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्ने, नगरे उजुर लाग्न सक्दैन भन्ने समेत साहु आसामीका २० नं. ऐनमा प्रष्ट उल्लेख भएको देखिएकाले समेत वादीको म्याद भित्रको उजुर नदेखिएकाले यो उजुरबाट खारेज हुने ठहर्छ ।
(प्रकरण नं. ८)
अपीलाट तर्फबाट : प्लीडर कुलराज
फैसला
(१) यसमा अन्यायवालालाई ९९ साल भाद्रदेखि धन्वन्तरी निकेतन लिमिटेड बिक्री बिभाग नयाँ सडक दुकानमा बिक्रीको काम गराई आएको । निजले महिना महिनामा दाखिल गर्नुपर्ने रुपैयाँ मासी दाखिल नगरेबाट मोरु.१३४७।६० रुपैयाँको घर बन्धकी कागज लेखाई लिएको कागज पास गरी नदिएबाट नालिस गरेकोमा पछि करकापसँग कागज गराएकोले हरहिसाब गरी पाउँ भनी निजले म समेतका नाउँमा नालिस गरेकोबाट बाँकी ५४७।९६ मात्र कायम गरी अरुमा लाग दावीको उजुर परेपछि तहकिकात गर्ने भनी फैसला भएको इन्साफ सदर भएकाले उस बखत हिसाबमा छुट भएको र घटी बढी भएमा समेत लिने दिने छु भनी बोलीको दोहरी समेत दिएको । उस बखत हिसाब गर्न छुट भएको र मास्केवारी जाँच्दा नपुग भएको औषधीको दर दाम छुटाएको समेत गरी रु.१७१०।४९ र ९९ साल भाद्र १६ गते देखि ०५ साल श्रावण मसान्त तकको हिसाब गराई नपुग रुपैयाँ समेत भराई पाउँ भन्ने समेत व्यहोराको ०८।३।१९।३ को फिरादपत्र ।
२. आधा लाभ हानीको भागी भई काम गर्ने साथी रामनन्द समेतले व्यहोर्नु पर्नेमा मेरो मात्र लिखत गराई लिएकाले सो मितिभन्दा अघिको हिसाब देखाई नालिस गरेकाले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ।
३. यसमा बुझिएका प्रमाणबाट वादीका दावीबमोजिम प्रतिवादीले हिसाव र बिगो समेत तिर्नु बुझाउनु पर्ने समेत ठहर्छ भन्ने देवानी पहिलाबाट ०१०।११।१२।३ मा फैसला भएको रहेछ ।
४. सुरुले मलाई दावीबमोजिम हिसाब र बिगो तिर्नु बुझाउनु पर्ने ठहराई फैसला गरेमा चित्त बुझेन भन्ने प्रतिवादीको अपील ।
५. इन्साफ सुरु देवानी पहिला फाँटले ठहराई छिनेको मनासिव ठहर्छ भन्ने अपील पहिला फाँटबाट ०१३।८।२२।६ मा फैसला भएको रहेछ ।
६. सुरु अदालतको इन्साफ सदर गरी अपील पहिलाले फैसला गरेमा चित्त बुझेन भन्ने प्रतिवादीको अपीलपत्र ।
७. यसमा मोरु.१०९।९३ बाँकी हिसाब गरी पाउँ भन्ने साहु आसामीका २० नं. ऐनले म्याद नाघी सकेपछिको उजुर हुँदा खारेज हुनेमा इन्साफ गर्न सुरु अपीलको रायसँग सहमत नभएको र अरु सुरु अपीलले ठहराई छिनेको मनासिव हुँदा डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चबाट ०१५।४।१४।३ को आदेश रहेछ ।
८. यसमा तारेखमा रहेका अपीलाट प्रतिवादी नररत्न र सिंगलबेञ्चका ०१५।२।२२।४ का आदेशबमोजिम झिकाएका वादी टंकनाथ उपाध्या औ प्रतिवादी अपीलाट तर्फबाट रहेको विद्वान प्लीडर कुलराजलाई समेत राखी पेश गर्न ल्याएको यस मुद्धामा वादीको दावी जिकिर औ अपीलाटको अपील जिकिर र अपीलाट तर्फबाट बहस गर्न आउनु भएको विद्वान प्लीडर कुलराजको बहस समेत सुनी प्रमाण निमित्त आईरहेको लिखत पास मुद्दा १ हरहिसाब मिलाई पाउँ भन्ने मुद्दाको मिसिल प्रमाण समेत हेरी बुझी विचार गर्दा, जम्मा मोरु.१३४७।६० मा प्रतिवादी नररत्न ऋणी र वादी टंकनाथ धनी गरी ०५।५।१ गते घर भोगबन्धकी लेखी लेखाई लिंदा वापत यस निकेतनको नयाँ सडक दुकान बिक्री बिभागको शाखामा बसी काम काज गरी बिक्री गरेका औषधीको रुपैयाँ बुझाउनु पर्ने मध्येमा माथि लेखिएबमोजिमको रुपैयाँ बाँकी ठीक साँचो हो भन्ने मुख्य व्यहोरा लेखिएको र सोही ०५।५।१ का मितिमा नै निज नररत्नलाई तिमीले त्यस विक्री बिभागको नगदी र मास्केवारी समेत टायम टायममा दाखिल गर्नुपर्नेमा नगरी सुस्ती गरी बाँकी राखेकोले आजका मितिदेखि तिमीले त्यस दुकानमा गई काम गर्नु पर्दैन । त्यस दुकानको तिम्रा जिम्मा रहेको नगदी जन्सी तालो साँचो समेत जो छ, सो बैद्य रमानन्दलाई बुझाई तिमी आजका मितिदेखि यस हेड अफिसमा काम गर्नलाई हाजिर हुन आउने काम गर । लेखिएबमोजिम नगरी पछि केही परी आएमा तिमीले जवाफदेही हुनु पर्छ भन्ने समेत व्यहोरा लेखी सो नयाँ सडक दुकानबाट उक्त मितिदेखि प्रतिवादीलाई काम गर्न नदिई हटाएको पनि देखिएको । औ निजै नररत्नलाई ०५।५।१।२ मा श्री ने.ध.नो.ली.बाट लेखेको अर्कोपत्रमा यस निकेतनको आजसम्मको बाँकी मोरु १३४७६० रुपैयाँ आजैका मितिमा तिमीले गरी दिएको तमसुकका पछि हिसाव गर्दा घटी बढी परेको भए लिने दिने काम हुनेछ । फरक पर्दैन भन्ने समेत व्यहोरा लेखिएकोमा यही हरहिसाब बारे हरहिसाब मिलाई पाउँ भन्ने यही प्रतिवादी नररत्नले मैनेजर टंकनाथ समेतको नाउँमा दिएको नालिस उजुरीबाट मोरु.१३४७।६० बाँकी भनी वादीले ०५।५।१ मा मैनेजर टंकनाथलाई लिखत गरी दिएको र सो लिखतको हिसाब गर्दा घटी परेको भए लिने दिने काम हुने छ भनी सोही मितिमा निज टंकनाथले वा. गराई पाउनालाई नालिस गर्ने म्याद साहु आसामीका २० नं. ले ६ महिना म्याद भएको । सो म्याद नघाई ०६।२।४ मा मात्र नालिस दर्ता भएकोले सो लिखत भएको मिति अघिको हिसाब सो ऐनले बुझी नसक्ने भन्ने सुरु देवानीबाट र अपील परी प्रधान न्यायालय लगायतबाट ०९।१२।४।३ मा फैसला भएको र औषधी तर्फ दावी लिई उजुर गरेमा ठहरेबमोजिम हुने भनी उक्त फैसलामा लेखिए तर्फ ऐनले लाग्ने नालिससम्म लागि इन्साफ हुने । यसमा ०५ साल भाद्र १ गतेदेखि कामबाट हटाई हरहिसाबबाट देखिएको रुपैयाँको तमसुक भएको र त्यसमा मुद्दा परी तह तहबाट फैसला भईसकेको र यो फिराद ०८।३।२९।४ मा दायर भएको देखिएकोले समेत एक पटक बाँकी ठेगाना गरी ०५।५।१ मा तमसुक भएको भए पछि सो हिसाव नमिलेको भए सो तमसुक भएका मिति ०५।५।१ का मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्ने, नगरे उजुर लाग्न सक्दैन भन्ने समेत साहु आसामीका २० नं. ऐनमा प्रष्ट उल्लेख भएको देखिएकाले समेत वादीको म्यादभित्रको उजुर नदेखिएकाले यो उजुरबाट कारवाई गरी रहन नमिल्ने हुँदा वादीको उजुर खारेज हुने ठहर्छ । सो ठहर्नाले तपसीलका कलम कलममा तपसील बमोजिम गर्नु ।
तपसील
वादी मैनेजर टंकनाथ उपाध्यायले प्रतिवादी नररत्नबाट जम्मा बिगो रु.१८०१।६३ भराई दिने ठहराई सुरु देवानी पहिला फाँटका ०१०।११।१२।३ का फैसला र अ.त. बिगो फाँटका ०१०।१२।१९।५ का लगतले भराउने गरेकोमा हाल वादी उजुर नै खारेज भई वादीले राखेको कोर्ट फी नै कोर्ट फी सवालका २४ दफा अनुसार फिर्ता नहुने भएकाले उल्लेखितबमोजिम वादीलाई प्रतिवादबाट भराउने गरेको कोर्ट फी मोरु.९०।५२ पैसा र बिगो रु.१७१०।४९ समेत जम्मा मोरु.१८०१।६३ को लगत ऐन सवालको रीत पुर्याई काटी दिनु भनि अ.त.बिगो फाँटमा लगत दिने जम्मा मो.रु. १८०१।६३ को कलम …………..१
प्रतिवादी नररत्न रंजीतकारके सुरु अदालत उपर अपील गर्दा राखेको कोर्ट फी मोरु.९।६ पैसा र सर्वोच्च अदालतमा अपील गर्दा राखेको कोर्ट फी मोरु.४।५७ समेत दुवै कलमको जम्मा कोर्ट फी मोरु १३।६३ पैसा फिर्ता पाउँ भनी ऐन सवालका म्याद भित्र प्रतिवादी नररत्नले दरखास्त गर्न आएमा कोर्ट फी सवालका ६२ दफाका अनुसार अदालत तहसीलकै आम्दानीबाट ऐन सवालको रीत पुर्याई फिर्ता खर्च लेखी दिने भनी अ.त.दे.फाँटमा लगत दिने मोरु.१३।६३ ते¥ह रुपैयाँ त्रिसठ्ठी पैसाको कमल …………….२
प्रतिवादी नररत्न रंजितकार के सुरु अदालत उपर अपील गर्दा अ.त.बिगो फाँटमा २०१२ साल बैशाख २ गते ६ मा निज नररत्न शास्त्री रंजितकारले जम्मा ने.नोट रु.९१।१४ एकान्नव्बे रुपैञा चौदह पैसा धरोट राखेको देखिएकोमा हाल माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी नररत्नको जिकिर मनासिव ठहरी वादी उजुर नै खारेज भई प्रतिवादीले फिर्ता पाउने हुँदा उक्त लेखिएको धरौट रु.९१।१४ ऐन सवालको रीत पुर्याई प्रतिवादी नररत्नलाई फिर्ता खर्च लेखी ऐन सवालको रीत पुर्याई दिनु भनी अ.त.बिगो फाँटमा लगत दिने मोरु.९१।१४ एकान्नब्बे रुपैञा चौदह पैसाको कलम ………………….३
प्रतिवादी नररत्न रन्जितकार के माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादीको उजुर खारेज हुने ठहरी प्रतिवादी नररत्नले जितेकाले निज नररत्नले राखेको वकिलको एक पटक बहस भएको खर्च स.अ.नियमावली, ०१३ सालको दफा २४ अनुसार प्लीडर कुलराजको फी मोरु.१५। भराई पाउँ भनी वादी टंकनाथ उपाध्यायबाट प्र. नररत्नले दण्डसजायका ३६ नं. का म्याद ५ बर्ष भित्र दरखास्त परेका बखत दस्तुर केही नलिई भराई दिनु भनी अ.त. बिगो फाँटमा लगत दिने मोरु.१५। पन्द्र रुपैयाँ ……..४
देहायका अड्डा अड्डाका देहायबमोजिमका कर्मचारीहरू के माथि इन्साफ खण्डमा लेखिएबमोजिम खारेज गर्नुपर्ने तहकिकात गरी ऐन छाडेमा अ.बं.२८९ नं. ऐनले तजबिजी मोरु १। एकका दरले जरिवाना हुन्छ । देहायबमोजिम असुल गर्नु भनी अ.त.दे.फाँटमा लगत लिने ………………..५
रा.का. दे.पै.का देहायका कर्मचारीहरू के मोरु. १, हा.ना.सु.रुद्र पाणी उपाध्याय का.ई. नक्साल के मोरु. ।७०, अ.डी.पोषन्बहादुर कवर क्षेत्री ।२०, वि.कृष्ण ध्वज खत्री क्षेत्री ।१०
अपील पहिला फाँटका देहायका कर्मचारीहरू के मोरु १।, हा.सु.शंकरप्रसाद रीजाल नक्साल ४ ढुंगाको हाल पाल्पा अपीलमा बहाल हुँदाके मोहरू. ८०, अ.ख.रामगोपाल श्रेष्ठ का.ई. ठमेल के मोरु. ।१२, बि.गंगालाल श्रेष्ठका.इ.ठमेल के मोरु. ।८
सर्वोच्च अदालतको रेकर्ड मिसिल छुट्याई अरु मिसिल अ.त.मिसिल फाँटमा बुझाई दिनु …………….६
इति सम्वत् २०१५ साल माघ १९ गते रोज १ शुभम् ।