September 11, 2003
Created by nepalarchives

निर्णय नं. ७२२८ – दाखिल खारेज

निर्णय नं. ७२२८        ने.का.प.२०६० अङ्क ५.६   संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत् २०५६ सालको दे.पु.नं. …..५६९७...

निर्णय नं. ७२२८        ने.का.प.२०६० अङ्क ५.६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

संवत् २०५६ सालको दे.पु.नं. …..५६९७

फैसला मितिः २०६०।५।२५।५

 

मुद्दाः दाखिल खारेज ।

 

पुनरावेदक

प्रतिवादीः का.प.जि.पाँचखाल गा.वि.स.वडा नं. ८ वस्ने चिनीवहादुर  श्रेष्ठ

विरुद्ध

विपक्षी

वादीः का.प.जि.पाँचखाल गा.वि.स.वडा नं. ८ वस्ने जगतवहादुर श्रेष्ठ

 

§  हकसाफी गरि लिएको जग्गा वादीले नै कि.नं. १५७ मा घुसाई नापी गराई सकेको हुँदा दा.खा. हुनुपर्ने होईन भन्ने प्रतिवादीले जिकिर लिएको देखिएता पनि प्रतिवादी चिनीवहादुर श्रेष्ठले मानकाजी श्रेष्ठलाई विक्री गरेको जग्गा वादी जगतवहादुर श्रेष्ठले हकसाफी गरी लिएको जग्गा दा.खा. नामसारी गराई सकेको छ भनी प्रतिवादीले भन्न सकेको अवस्था नदेखिदा विवादित जग्गा ०३१ सालमै नापी भएको देखिएकोले ०३६।१।२३ मा हक साफी गराएको जग्गा वादीले प्राप्त गर्नु अगावै विवादित जग्गा नापीमा घुसाएको होला भनि अनुमान गर्न नमिल्ने ।

§  मालपोत ऐन, २०३४ वमोजिम जग्गा दा.खा. नामसारी गर्न अधिकार प्राप्त निकाय मालपोत कार्यालयले सो सम्बन्धमा परेको निवेदनमा आफु कहाँ रहेको श्रेस्ता भिडाई मिसिलवाट देखिएको तथ्य निर्णयमा उल्लेख गरेको आधारले मात्र हक वेहकको स्थिति रहेको भनि मान्न नमिल्ने ।

§  दर्ता श्रेस्ता नदेखाई वा भोग नदेखाई वेप्रमाणिक रुपवाट दावा गरेको भरले मात्र हक वेहक सम्बन्धी प्रश्न उपस्थित हुन सक्ने स्थिति नरहने ।

(प्र.नं. ११ र १२)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री कमलमणि निरौला

विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री सुधानाथ पन्त

अवलम्वित नजिरः

 

फैसला

            न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत, पाटनको मिति २०५२।११।४ को फैसला दोहोर्याई हेरी पाउँ भनि न्याय प्रशासन ऐन, २०४८ को दफा १३(१)(क), (ख) वमोजिम परेको प्रतिवादी चिनीवहादुर श्रेष्ठको निवेदनमा यस अदालतवाट मिति २०५६।१।८ मा निस्सा प्रदान भै पुनरावेदनको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ।

२.    मेरो भाई चिनीवहादुर श्रेष्ठले र.नं. ३९९४ मिति ०३९।१२।१५ मा कित्ताकाट गरि विक्री गरी वाँकी कि.नं. ८१६ क्षे.फ. ९.९.३.३ जग्गा मेरो नाममा दा.खा. गर्न वाँकी भएकोले उक्त जग्गा दा.खा. गरी पाउँ भनी र.नं. ११९२ मिति २०३५।१०।२ को राजिनामा प्रतिलिपि साथ राखि द.नं. ७६६ मिति ०४९।५।१६ मा पाँचखाल वडा नं. ८ वस्ने जगतवहादुर श्रेष्ठले दिएको निवेदन पत्र ।

३.    विपक्षी दाजु जगतवहादुर श्रेष्ठले खास विजन ।।१।५ वालु वारी मध्ये विजन ।।।५ मुठी जग्गा पाँचखाल वडा नं. ९ कि.नं. १५७ को ७.१.१.२ मा घुसाई नापी गराएको हुँदा दाजु तपाईको जग्गा खास चार रोपनी मात्र हुनुपर्नेमा मेरो ।।।५ पाँच मुठी विजनको जग्गा अन्दाजी तिन रोपनी तपाईको नाममा दर्ता भएको कि.नं. १५७ मा घुस्न गयो भन्दा दाजुभाई पछि मिलाउँला भन्ने हिसाववाट वसी आएको हो । उक्त विजन ।।१।५ मध्ये ।।।५ मुठीको जग्गा मेरो नामको कि.नं. १५८ को क्षे.फ. १७.९.३.३ को नभई विपक्षी दाजु जगतवहादुर श्रेष्ठको नामको कि.नं. १५७ मा घुसाई नापी गराएको जग्गा हकसफा गरी लिएको हो । उक्त जग्गा मेरो साविक देखि भोगचलन गरी आएको हुँदा विपक्षी दाजु जगतवहादुर श्रेष्ठका नाममा नामसारी दा.खा. हुन सक्दैन, त्यसैले विपक्षले दा.खा. नामसारी गरी पाउँ भनी दिएको निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    निवेदक जगतवहादुर श्रेष्ठले दा.खा. माग गरेको जग्गा म धनि मानकाजी ऋणी चिनीवहादुर श्रेष्ठ भई मिति ०३५।१०।२ मा राजिनामावाट पारित गरी लिएको हो । सो जग्गा मैले राजिनामा गरी लिए पश्चात दाता चिनीवहादुरको हकदार जगतवहादुरले ०३६।१।२३ मा म संग हकसफा गरी लिई निजको हक हुन गएको निजले भोगचलन गरी आएका छन् निजको माग वमोजिम उक्त कि.नं. ८१६ को जग्गा दा.खा. गरि दिए हुन्छ भनी ०५०।६।१४ मा मान काजी श्रेष्ठले निवेदन दिई सनाखत समेत गरेको ।

५.    निवेदकको माग वमोजिम दा.खा. गरी पूर्जा दिएमा फरक पर्दैन भनी वादी प्रतिवादी दुवैको रोहवरमा कृष्णलाल श्रेष्ठ समेतवाट सर्जमिन भई मुचुल्का समेत पेश भएको कि.नं. ८१६ को पुरै जग्गा जगतवहादुर कै हो भनी किटानी सर्जमिन भई आएको हकसफा गरि दिने मानकाजी श्रेष्ठले समेत आफुले खरिद गरि लिई जगतवहादुर श्रेष्ठलाई हकसफि गरिदिएको जग्गा त्यहि कि.नंं ८१६ कै कित्ता जग्गा हो भनि किटानी निवेदन दिई सनाखत समेत गरेको र सर्जमिनमा समेत उपस्थित चिनीवहादुर श्रेष्ठले उक्त कुरालाई अन्यथा प्रमाणित गर्न वा वोल्न समेत नसकेको हुँदा चिनीवहादुर श्रेष्ठका नाममा दर्ता कायम रहेको पाँचखाल वडा नं. ९ कि.नं. ८१६ को क्षे.फ. ९.९.३.३ को जग्गा जगतवहादुर श्रेष्ठका नाउंमा दा.खा. हुने ठहर्छ भन्ने समेत व्यहोराको मालपोत कार्यालय काभ्रेपलान्चोकको निर्णय ।

६.    मालपोत कार्यालय काभ्रेवाट अदालतमा जानु भनि सुनाउनु पर्नेमा नसुनाई मेरो हक भोग दर्ताको जग्गा नामसारी दाखिल खारेज गनें ठहर्याई गरेको निर्णय न्याय र कानून विपरीत हुँदा सो निर्णय पर्चा वदर गरी मेरो पुनरावेदन जिकिर अनुसार न्याय पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनमा परेको प्रतिवादिको पुनरावेदन पत्र ।

            ७.    पुनरावेदक स्वयं रोहवरमा वसी भएको भोगको सर्जमिन मुचुल्कावाट विवादको जग्गा जगतवहादुरको भोगमा भएको भन्ने देखिंदा कि.नं. ८१६ को जग्गा नै विपक्षी जगतवहादुरले निखनी लिएको जग्गा रहेछ भन्ने प्रष्ट हुन्छ । त्यसकारण विपक्षी जगतवहादुरका नाउँमा दाखिल खारेज गर्ने गरी मालपोतवाट भएको निर्णय मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको प