निर्णय नं. ६९३ – लेनदेन
निर्णय नं. ६९३ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको दे.विविध नं.५९५ फैसला भएको मिति...
निर्णय नं. ६९३ ने.का.प. २०२९
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२८ सालको दे.विविध नं.५९५
फैसला भएको मिति : २०२९।१।२५।१
निवेदक : हेराकाजी डंगोल का.जि.लगनबहाल
विरुद्ध
विपक्षी : रत्नमान रञ्जितकार मरी मुद्दा सकार गर्ने तुल्सीमाया रंजितकार्नी का.लगनटोल
मुद्दा : लेनदेन
(१) कसरी उजूर गर्ने हदम्याद कायम गर्ने ?
यसमा हिराकाजी डंगोलले रत्नमानलाई ०१३।८।५ मा बर्ष ८ को भाखाको दृष्टिबन्धकी पास गरिदिएको रहेछ सो तमसुकबमोजिम चलन नगरेको हुँदा कपाली भएको छ । निजले ब्याज बुझाएको ०२२ सालको ब्याज रू.९० कट्टा गरी बाँकी ब्याज र सावाँ पाउँ भन्ने दावीमा उक्त तमसुकबमोजिम उजूर गर्न वा १० बर्ष नाघेकोले भरिभराउ हुन नसक्ने भनी प्रतिवादी भएकोबाट दुवै पक्षले आफ्नो आफ्नो बहस पेश गरेका छन् । ०२४ साल पौष २० गते ५ फिराद परेपछि ०१३ साल मार्ग ५ गतेको तमसुक मितिबाट १० बर्ष नाघिसकेको लेनदेन व्यवहारको नं.२ को हद नाघिसकेको छ भन्ने बहसमा तमसुकको मितिदेखि ८ वर्षको भाखा तत्काल प्रचलित साहू आसामीको १३ नं.को ऐनअनुसार भएकोले ८ वर्षसम्म चलन गर्न नपाउने र त्यस मितिबाट २ वर्षभित्र चलन गर्दा १० बर्ष पुग्न जान्छ । १० वर्षसम्म चलन गर्ने म्यादै छ भने १० वर्षभित्र नालिस नपरेको हुनाले उजूर गर्न हद नाघिसकेको भन्न मिल्दो होइन भन्ने बहस भएकोमा यी दुवै पक्षको सहारा कुन ऐनले दिने हो भनी हेरिएको छ । ब्याज बुझाएको छैन भन्ने प्रतिवादीले इन्कार गरेकोले दुवैतर्फका मुख नमिलेको र लेनदेन व्यवहारको ५ नं.अनुसारको निस्साबेगर ब्याज बुझाएको भन्न मिल्दैन र तमसुक भएका मितिदेखि नै उजूर गर्ने हद १० वर्षको गणना हुन्छ किनभने लेनदेन व्यहारको २ नं.मा त्यस्तै लेखेको छ, तर त्यही ऐनमा भोग वा दृष्टिबन्धकी हदमा यसै महलको ३ नं. बमोजिम भन्ने वाक्य परेकोले तमसुक भएका मितिदेखि गणना गर्ने परिपाटी कपाली तमसुक भएकोमा मात्र रहेछ र प्रस्तुत मुद्दामा दृष्टिबन्धकीबाट भोग नगरी कपाली भएको र ८ वर्षको भाखासम्म दृष्टि चलन गर्ने वा आसामीलाई पक्रन नपाउने भएका अवस्था भएको छ । कपाली तमसुकमा तमसुक भएको मितिदेखि गणना गर्नलाई अपवाद रहेको छ । ती के हुन् भने भाखापत्र गराएको वा ब्याज असुल गराएको र तिनै कुरा भएको मितिबाट १० वर्षको म्याद पाउँछ । दृष्टिबन्धकीबाट भाखाभित्र चलन गरेन भने २ वर्षको म्यादभित्र चलन गर्न नालिस गर्नुपर्छ चलन गर्ने नालिस गर्ने भनी दृष्टिबन्धककै हालतमा तमसुक रहेछ भने त्यसबाट ८ वर्षको भाखा र चलन गर्न दुई वर्षसम्म १० बर्ष दृष्टिबन्धककै हैसियतमा रहन्छ भन्न १० वर्षभित्र नालिस नगरेको भनी दावा नलाग्ने गर्नु भएन, सो म्यादभित्र नालिस नदिएमा बन्धकी लिखत कपालीसरह हुन्छ भनी लेनदेन व्यवहारको नं.३ मा वाक्य परेको छ । बन्धकीबाट कपालीमा हुन पुगेको मिति त्यही हुन्छ जो भाखामाथि चलन गर्ने गर्न नदिएमा फिराद गर्ने दिन जोड्दा हुन्छ कपाली तमसुक त्यसै दिन भएकोले तमसुक भएको मितिबाट गणना गरेजस्तै त्यही मितिबाट १० वर्षको हदम्याद गणना गर्नुपर्छ । लेनदेन व्यवहारको २।३ नं.को माथि लेखिएको व्यवस्थाले ०१३ साल भाद्र ५ गतेबाट १० बर्ष २०२३ साल भाद्र ४ गते कपाली भएको हुँदा सो मितिबाट १० वर्षभित्र यो नालिस फिराद दायर हुन सक्छ । दृष्टिबन्धकी लिखतमा सयकडा १० ले ब्याज लेखिएको र साहूले चलन नगरी बन्धकी हक छाडेकोमा कपाली भएपछि साविक साहू आसामीको २६ नं.को आशय र (प्रचलित लेनदेन व्यवहारको २३ नं.अवस्था मिलेका) ले ब्याज भरिपाउने देखिन्छ । लेनदेन व्यवहारको ७ नं.ले सावाँ बराबरभन्दा बढी भराउन नमिल्ने हुँदा सावाँ रू.१८०१। र वादीले लिई पाइसकेको भनेको ब्याज रू.१७११। मा सावाँ बराबर पुर्याउन रू.९०। ब्याजसमेत गरी भराइदिने भनी काठमाडौं जिल्ला अदालतको २०२७।२।२८।४ को फैसलामा उल्लेख गरेको कुरा अञ्चल अदालतले सदर गरेकोमा उक्त ७ नं.ले लिई पाइसकेको कट्टी गर्नु नपरी भराउनुपर्दा सावाँभन्दा बढी ब्याज भराउन नहुने हुनाले बाँकी हुन आउने सावाँ रू.१८०१। र ब्याजका हकमा वादीले दावा गरेको बाँकी ९०। र ०२३।८।५ देखि बागमती अञ्चल अदालतले फैसला गरेको मिति ०२७।१२।१७ तक बर्ष ४।४।१२ को हुने ब्याज रू.७९६।४० समेत जम्मा सावाँ ब्याज रू.२५९७।४० हिराकाजीबाट वादीको मुद्दा सकार गर्ने तुल्सीमाया रञ्जितकारनीले भरिपाउने ठहर्छ । हिसाव विराएको भए पनि इन्साफ बागमती अञ्चल अदालतको मनासिव छ । अञ्चल अदालतबाट फैसला गरेपछि इन्साफ जाँचमा आएको मुद्दामा ब्याज भराउने ऐनमा व्यवस्था देखिँदैन । तपसीलबमोजिम गर्नु ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल
विपक्षी तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी
उल्लिखित मुद्दा :
फैसला
न्या. हेरम्वराज
१. विपक्षीले मसँग रू.४०१। कर्जा लिई निजका हकभोगको ब्लक नं. ४।८२३ को घर र सो घरले चर्चेको लगापातसमेतको घर २०१०।४।८ गतेमा पास गरिदिई सो घर मैले २०१३।८।४ सम्म भोग गरिसकेपछि फेरि मबाट रू.१४००। थप लिई सयकडा १०। का दरले ब्याज बुझाउने र तमसुक मिति ८ वर्षपछि थैली बुझाउने भाका राखी सोही मितिबाट दृष्टिबन्धकी लेखिदिएकोमा थैली रू.१८०१। को दसौंदका दरले ब्याज २०२१ सालसम्मको चुक्ती बुझाई २०२२ सालको ब्याज रू.९०।१० मात्र बुझाई रू.९०। बाँकी राखेको २०२३ सालको पूरै ब्याज रू.१८०।१० आजसम्म नबुझाएकोले सो र २०२४।८।५ देखि आजसम्मको हुने ब्याज रू.२२।५० समेत जम्मा हुने सावाँ ब्याज रू.२०९३।७० र फैसला हुने दिनसम्मको ब्याजसमेत भराइपाउँ भन्ने २०२४।९।२०।५ को फिराद ।
२. वादी दावीको सावाँ रू.१८०१ को २०२१ सालसम्मको ब्याज र २०२२ सालको ब्याज रू.९०। बाँकी राखी अरु बुझाइसकेको ०२३ सालदेखिको ब्याज पूरै बाँकी राखेको भन्ने वादी दावी झुट्टा हो ।
३. तमसुक भएका मितिदेखि आजसम्मको ब्याज मैले बुझाएकै छैन मसँगै बाँकी छ । २०२३।८।५ गते दृष्टिबन्धक तमसुक लेनदेन व्यवहारका २ नं.ले १० बर्ष हद नाघिसकेकोबाट यो फिराद दायरै हुन नसक्ने लेनदेन व्यवहारका १५ नं.मा दृष्टिबन्धकी दिँदा लिँदा ५ बर्ष भन्दा बढीको भाखा राख्नु हुँदैन भन्ने उल्लेख भएको हुँदा ८ बर्ष भाखा राखेको वादी दावाको दृष्टिबन्धकी बदर गरिपाउँ लेनदेन व्यवहारको २ नं.अनुसार कपालीसरह भराई माग्ने हदम्याद २०२३।८।४ गतेसम्म मात्र भएकोले यो फिराद खारेज गरिपाउँ भन्नेसमेत प्रतिवादी ।
४. लेनदेन व्यवहारको २ नं.का म्यादभित्र तमसुक भएका मितिले १० बर्ष नाघिसकेको र ब्याज बुझेको निस्सा प्रमाणसमेत वादीबाट केही नआएकोले यो नालिसबाट कारवाई गर्न नमिल्ने हुँदा नालिसै खारेज गरिदिने ठहर्छ भन्नेसमेत ०२६।३।१०।३ का.जि.अ.को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्नेसमेत वादी तुल्सीमायाको पुनरावेदन ।
६. सुरुले खारेज गरेको राय न्यायसंगत भएन शुरु का.जि.अ.को इन्साफ गल्ती ठहर्छ कानूनबमोजिम तहकिकात गर्न भनी पक्ष विपक्षलाई तारिख तोकी मिसिल शुरु का.जि.अ.मा पठाइदिनु भन्नेसमेत ०२६।१०।२७।२ को बागमती अञ्चल अदालतको फैसला ।
७. वादीले प्रतिवादीबाट बुझिएको भनेको ब्याजको हिसाब गर्दा २०१३।८।५ देखि २०२३।८।४ मा रू.१७११। ब्याज रू.वापत वादीले पाएको देखिन आएकाले बाँकी ब्याज रू.९०। समेत जम्मा रू.१८९१। वादीले प्रतिवादीबाट भरिपाउने ठहर्छ भन्नेसमेत २०२७।२।२८।४ को का.जि.अ.को फैसला ।
८. उक्त का.जि.अ.को फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादी हिराकाजी डंगोलको पुनरावेदन ।
९. शुरु जिल्ला अदालतले सावाँको दोब्बरसम्म पुनरावेदनबाट भराउने गरेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत २०२७।१२।१७।३ को बागमती अञ्चल अदालतको फैसला ।
१०. लेनदेन व्यवहारको २।३ नं.का विपरित कानूनमा लेखिएको शब्द काटी हदमुनि गराई गरेको वा.अं.अ.को फैसला उपरोक्त कानूनमा लेखिएको शब्द हेरी शुरु तथा वा.अं.अ.बाटसमेत इन्साफ गरेको फैसला सदर गरी स.अ.बाट इन्साफ जाँच गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी हिराकाजी डंगोलको निवदेनमा इन्साफ जाँच गर्ने २०२८।३।२४।५ को आदेश ।
११. छलफल निमित्त वादी तुल्सीमाया रंजितकारनीलाई झिकाई पेश गर्नु भन्नेसमेत ०२८।११।६ को आदेश ।
१२. नियमबमोजम पेश हुन आएका प्रस्तुत मुद्दामा निवेदक हिराकाजी डंगोलको वा.मनमोहनलाई र झिकाई आएका विपक्षी तुल्सीमायासमेतलाई रोहवरमा राखी निवेदकको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री रामगोपालको र विपक्षी तुल्सीमायातर्फका विद्वान अधिवक्ता मुकुन्द रेग्मीले गर्नुभएको बहससमेत सुनी विचार गर्दा हिराकाजी डंगोलले रत्नमानलाई ०१३।८।५ मा बर्ष ८ को भाखाको दृष्टिबन्धकी पास गरिदिएको रहेछ सो तमसुकबमोजिम चलन नगरेको हुँदा कपाली भएको छ । निजले ब्याज बुझाएको ०२२ सालको ब्याज रू.९० कट्टा गरी बाँकी ब्याज र सावाँ पाउँ भन्ने दावीमा उक्त तमसुकबमोजिम उजूर गर्न वा १० बर्ष नाघेकोले भरिभराउ हुन नसक्ने भनी प्रतिवादी भएकोबाट दुवै पक्षले आफ्नो आफ्नो बहस पेश गरेका छन् । ०२४ साल पौष २० गते ५ फिराद परेपछि ०१३ साल मार्ग ५ गतेको तमसुक मितिबाट १० बर्ष नाघिसकेको लेनदेन व्यवहारको नं.२ को हद नाघिसकेको छ भन्ने बहसमा तमसुकको मितिदेखि ८ वर्षको भाखा तत्काल प्रचलित साहू आसामीको १३ नं.को ऐनअनुसार भएकोले ८ वर्षसम्म चलन गर्न नपाउने र त्यस मितिबाट २ वर्षभित्र चलन गर्दा १० बर्ष पुग्न जान्छ । १० वर्षसम्म चलन गर्ने म्यादै छ भने १० वर्षभित्र नालिस नपरेको हुनाले उजूर गर्न हद नाघिसकेको भन्न मिल्दो होइन भन्ने बहस भएकोमा यी दुवै पक्षको सहारा कुन ऐनले दिने हो भनी हेरिएको छ । ब्याज बुझाएको छैन भन्ने प्रतिवादीले इन्कार गरेकोले दुवैतर्फका मुख नमिलेको र लेनदेन व्यवहारको ५ नं.अनुसारको निस्साबेगर ब्याज बुझाएको भन्न मिल्दैन र तमसुक भएका मितिदेखि नै उजूर गर्ने हद १० वर्षको गणना हुन्छ किनभने लेनदेन व्यहारको २ नं.मा त्यस्तै लेखेको छ, तर त्यही ऐनमा भोग वा दृष्टिबन्धकी हदमा यसै महलको ३ नं. बमोजिम भन्ने वाक्य परेकोले तमसुक भएका मितिदेखि गणना गर्ने परिपाटी कपाली तमसुक भएकोमा मात्र रहेछ र प्रस्तुत मुद्दामा दृष्टिबन्धकीबाट भोग नगरी कपाली भएको र ८ वर्षको भाखासम्म दृष्टि चलन गर्ने वा आसामीलाई पक्रन नपाउने भएका अवस्था भएको छ । कपाली तमसुकमा तमसुक भएको मितिदेखि गणना गर्नलाई अपवाद रहेको छ । ती के हुन् भने भाखापत्र गराएको वा ब्याज असुल गराएको र तिनै कुरा भएको मितिबाट १० वर्षको म्याद पाउँछ । दृष्टिबन्धकीबाट भाखाभित्र चलन गरेन भने २ वर्षको म्यादभित्र चलन गर्न नालिस गर्नुपर्छ चलन गर्ने नालिस गर्ने भनी दृष्टिबन्धककै हालतमा तमसुक रहेछ भने त्यसबाट ८ वर्षको भाखा र चलन गर्न दुई वर्षसम्म १० बर्ष दृष्टिबन्धककै हैसियतमा रहन्छ भन्न १० वर्षभित्र नालिस नगरेको भनी दावा नलाग्ने गर्नु भएन, सो म्यादभित्र नालिस नदिएमा बन्धकी लिखत कपालीसरह हुन्छ भनी लेनदेन व्यवहारको नं.३ मा वाक्य परेको छ । बन्धकीबाट कपालीमा हुन पुगेको मिति त्यही हुन्छ जो भाखामाथि चलन गर्ने गर्न नदिएमा फिराद गर्ने दिन जोड्दा हुन्छ कपाली तमसुक त्यसै दिन भएकोले तमसुक भएको मितिबाट गणना गरेजस्तै त्यही मितिबाट १० वर्षको हदम्याद गणना गर्नुपर्छ । लेनदेन व्यवहारको २।३ नं.को माथि लेखिएको व्यवस्थाले ०१३ साल भाद्र ५ गतेबाट १० बर्ष २०२३ साल भाद्र ४ गते कपाली भएको हुँदा सो मितिबाट १० वर्षभित्र यो नालिस फिराद दायर हुन सक्छ । दृष्टिबन्धकी लिखतमा सयकडा १० ले ब्याज लेखिएको र साहूले चलन नगरी बन्धकी हक छाडेकोमा कपाली भएपछि साविक साहू आसामीको २६ नं.को आशय र (प्रचलित लेनदेन व्यवहारको २३ नं.अवस्था मिलेका) ले ब्याज भरिपाउने देखिन्छ । लेनदेन व्यवहारको ७ नं.ले सावाँ बराबरभन्दा बढी भराउन नमिल्ने हुँदा सावाँ रू.१८०१। र वादीले लिई पाइसकेको भनेको ब्याज रू.१७११। मा सावाँ बराबर पुर्याउन रू.९०। ब्याजसमेत गरी भराइदिने भनी काठमाडौं जिल्ला अदालतको २०२७।२।२८।४ को फैसलामा उल्लेख गरेको कुरा अञ्चल अदालतले सदर गरेकोमा उक्त ७ नं. ले लिई पाइसकेको कट्टी गर्नु नपरी भराउनुपर्दा सावाँभन्दा बढी ब्याज भराउन नहुने हुनाले बाँकी हुन आउने सावाँ रू.१८०१। र ब्याजका हकमा वादीले दावा गरेको बाँकी ९०। र ०२३।८।५ देखि बागमती अञ्चल अदालतले फैसला गरेको मिति ०२७।१२।१७ तक बर्ष ४।४।१२ को हुने ब्याज रू.७९६।४० समेत जम्मा सावाँ ब्याज रू.२५९७।४० हिराकाजीबाट वादीको मुद्दा सकार गर्ने तुल्सीमाया रञ्जितकारनीले भरिपाउने ठहर्छ । हिसाव विराएको भए पनि इन्साफ बागमती अञ्चल अदालतको मनासिव छ । अञ्चल अदालतबाट फैसला गरेपछि इन्साफ जाँचमा आएको मुद्दामा ब्याज भराउने ऐनमा व्यवस्था देखिँदैन । तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादीबाट वादीले भरिपाउने सावाँ ब्याज गरी जम्मा रू.२५९७।४० र सावाँ ४२ नं.का म्याद ३ वर्षभित्र निज वादी तर्फबाट परेमा कानूनको रीत पुर्याई सयकडा अढाई दस्तुर लिई भराइदिन भनी लगत दिनु………………….१
उपरोक्त उल्लेख भएबमोजिम हिसावबाट थप भरिपाउने ठहरेको ब्याज रू.५८३।८० को कोर्टफी ऐन, २०१७ को दफा ६ ले लाग्ने कोर्टफी रू.२९।१९ प्रतिवादीबाट असुल गर्नु निजबाट असुल नभए वादीबाट असुल गर्नु भनी लगत दिनु………२
का.जि.अ.का २०२७।२।२८ का फैसला र ०२७।९।८ को ले प्रतिवादीबाट वादीलाई भराइदिने गरेको रू.१९८६।२० को लगत काटिदिनु भनी लगतदिनु…………………….३
मिसिल नियमबमोजिम बुझाइदिनु ………………………४
न्या. जयदेव भट्ट
उक्त रायमा म सहमत छु ।
इति सम्वत् २०२९ साल वैशाख २५ गते रोज १ शुभम् ।