निर्णय नं. ६७९४ – अंश
निर्णय नं. ६७९४ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा संम्वत २०५१ सालको दे.पु.नं....
निर्णय नं. ६७९४ ने.का.प. २०५६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
संम्वत २०५१ सालको दे.पु.नं. …. २७८६
२०५२ सालको दे.पु.नं. ……….. २८४३
संवत् २०५४ सालको दे.पु.नं. ….. ४६०७
फैसला मिति : २०५६।३।२।४
मुद्दा : अंश ।
पुनरावेदक
वादी : जिल्ला पर्सा विरगंज नगरपालिका वडा नं. ९ वस्ने भुवनमान रन्जितकार समेत
विरुद्ध
विपक्षी
प्रतिवादीः ऐ.ऐ. वस्ने दयामान रंजितकार
पुनरावेदक
प्रतिवादी : जि. पर्सा विरंगज न.पा. वडा नं. ९ वस्ने दयामान रंजितकार
विरुद्ध
विपक्षी
वादी : ऐ.ऐ. वस्ने भुवनमान रंजितकार समेत
§ रै.नं. ६३ को ०-०-६-२ जग्गा प्र. दयामानले वादी मध्येको भुवनमानबाट २०३०।२।२१ मा वक्सपत्र पाएको र प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट घर कर्जा लिई सो जग्गामा घर बनाएको देखिन आउंछ । प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट कर्मचारी घर जग्गा सापटी व्यवस्था अर्न्तगत घर निर्माण गर्न जम्मा रु.१,४३६४०, सापटी लिई रु.७८६१८।४६ वैंकलाई तिरी कटृा भई सकेको र तिर्न वांकी रकम निज दयामानको पेन्सनबाट कटृी भई रहेको भन्ने यस अदालतको आदेशानुसार प्राप्त नेपाल राष्ट्र वैंकको मिति ०५५।१०।१८ को पत्रमा उल्लेख भएकोले सो घर जग्गा प्र. दयामानको निजी आर्जनको देखिएको र वैंकबाट लिएको घर कर्जा चुक्ता गर्नमा वादीहरुले समेत सहयोग गरेको भन्ने कुनै प्रमाण गुजार्न नसकेको हुंदा समेत उल्लेखित घर जग्गा अंश वण्डाको १८ नं. अनुसार वण्डा गर्न कर नलाग्ने अवस्थाको देखिने।
(प्र.नं. १६)
पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री चुडांमणिराज सिंह मल्ल
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्त लाल
अवलम्वित नजीर :
फैसला
न्या.लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत हेटौंडाको फैसला उपर वादी प्रतिवादीको पुनरावेदन र वादीको दोहोर्याई पाउं भन्ने निवेदन समेत परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :
२. वावु आशामान रंजितकार, आमा गंगादेवी रंजितकारको दाम्पत्य जीवनबाट ३ छोराहरु क्रमस जेठो म भुवनमान, माहिला पुरुषोतममान र कान्छा विपक्षी दयामान हुन । हामी सम्पूर्ण व्यक्ति एकसाथ सगोलमा वसी सगोलको चल अचल श्रीसम्पत्ति भोग चलन गरी आउंदा वावु आमा आफ्नो कालगतिबाट अघिपछि गरी स्वर्गवास भइ सक्नु भएको, हामीहरु सगोलमा वसी आएका छौं । हामीहरु वीच भएको राय सल्लाह अनुसार आपसी घर व्यवहार मिलाउन भाई दयामान रंजितकारलाई म भुवनमानले मिति २०३०।२।२१ मा ०-०-६-२ जग्गा वक्सपत्र गरी दिए पनि घर जग्गा हामीले संयुक्त रुपमा भोग चलन गरी आएका थियौं । २०४६।३।१४ का दिन अंश छुटर्याई दिनु भन्दा मेरो नाउंको घर जग्गाबाट तिमीहरुलाई दिन्न भनि इन्कार गरेकोले फिराद गर्न आएका छौं । हामीहरुको समेत अंश हक लाग्ने र अंश वण्डा हुनु पर्ने श्रीसम्पत्ति विपक्षी भाई दयामानका नाउंमा दर्ता रहेको स्व.पिता आशामान नाउंको जि.पर्सा वि.न.पा. वडा नं. ९ को रै.नं. ३६३ को ज.वि. ०-०-६-२ जग्गा र सो मा वनेको तिन कोठाको वरण्डा सहितको पक्की घर हाम्रा हुन । १र१ कोठामा पूर्वतर्फबाट म पुरुषोतममानलाई पश्चिम तर्फको कोठा १ म भुवनमानलाई दिलाई स्व.पिता आशामानको नाउंमा दर्ता रहेको मोल रु.१०००। जाने जि. वारा हर्दिया गा.पं. वडा नं. ३ क कि.नं. ४४५ को ज.वि. ०-१५-१५ मध्ये ३ खण्डको १ खण्डका दरले हामीहरुलाई दिलाई छुटृर्याई हाम्रो नाउंमा घर जग्गा अलग अलग दर्ता गरी पाउं भन्ने समेत वादी ।
३. मैले दाजु भुवनमानवाट २०३०।२।२१ मा वक्सपत्र पारीत गरी लिएको छु । त्यसपछि मैले राष्ट्र वैंकबाट ऋण लिई सो जग्गामा पक्की घर बनाएको छु । वादी दाजुहरुले खिचोला गरेको हुंदा दे.नं. १८८५ को खिचोला मुद्दा दिएको छु । उक्त ६ घुर जग्गा उठाइकन या जग्गामा मैले भुवनमानवाट वक्स लिई सकेपछि त्यसमा पुरुषोत्तमको कुनै उजुर वाजुर नहुंदा रजिष्ट्रेशनको १ नं. प्रमाण ऐन, २०३१ को दफा ३४ समेतले वादीहरुले दावी गर्ने हक छैन । पैतृक जग्गा सगोल भै रहेको र त्यसबाट वडे वढाएको घरजग्गा तथा म समेत सहयोग लिई सगोल परिवारमा विपक्षीहरुले ठाउ ठाउंमा घर जग्गा खरिद गरी आफ्नो र आफ्नो श्रीमतीका नाउंमा राखि एकलौटी गराउने उद्देश्यले झुठँ नालेस गरेका हुन घरका मुख्य व्यक्ति विपक्षीहरुवाट फांटवारी लिई झुठँ फरेवी दावीबाट फुर्सद पाउं भन्ने समेत प्रतिउत्तर जिकिर ।
४. एकपटक आफैले वक्स गरी दिएको ०-०-६-२ जग्गा र घरको सम्वन्धमा वादी भुवनमानले लिएको अंशको दावी पुग्न सक्दैन । वादी पुरुषोतमको हकमा भुवनमानले प्र. दयामानलाई पारीत गरेको वक्सपत्रले वादी पुरुषोतमलाई वाध्न नसक्ने भएकोले र दावीको ०-०-६-२ जग्गा र घरमा ३ खण्डको १ खण्ड वादी पुरुषोत्तमको अंश भाग ठहरी निजको नाममा दर्ता हुने समेत ठहर्छ । साथै घरको हकमा पूर्व तर्फको कोठामा वादी पुरुषोत्तमको अंश भाग हुने ठहर्छ भन्ने शुरु पर्सा जिल्ला अदालतको मिति २०४८।१२।२५ को फैसला।
५. शुरु जिल्ला अदालतवाट मेरो एकलौटी हक भोगको जग्गा मध्ये ३ खण्डको १ खण्ड वादी पुरुषोत्तमको अंश हक ठहरी भएको फैसलाको हक सम्म वदर गरी अर्को इन्साफ पाउं भन्ने प्रतिवादी दयामानको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन ।
६. शुरु जिल्ला अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३४ वमोजिम विवन्धनको सिद्धान्त नलाग्नेमा लगाई ०-०-६-२ जग्गामा म भुवनमानको वण्डा नलाग्ने भनी गरिएको फैसला विलकुल नमिलेको हुदा तायदाती माग गर्ने गरी गरेको हदसम्मको फैसला वदर गरी दावी वमोजिम ३ खण्डको २ खण्ड अंश दिलाई दर्ता समेत गर्ने गरी इन्साफ पाउं भन्ने समेत वादी भुवनमान रन्जितकार समेतको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन ।
७. सगोलकै अंशियारको नाममा रहेको जग्गा सगोलकै अंशियारको अंश हक लाग्न नसक्ने भन्न न्यायोचित नहुदा रै.नं. ३६३ को जग्गा मेरो निजी हो भन्ने पुनरावेदक दयामानको पुनरावेदन जिकिरसंग सहमत हुन सकिएन । उक्त घर जग्गामा समेत तिनै अंशियारको वरावर अंश हक लागी भुवनमान र पुरुषोत्तममानको नाममा १ १ खण्ड अंश भाग दर्ता समेत हुने हुंदा शुरु जिल्ला अदालतको इन्साफ सो हदसम्म केही उल्टी हुने ठहर्छ । दयामानले राष्ट्र वैंकवाट लिएको ऋणको हकमा सगोल घर बनाउन लिएको ऋण हुदा तिनै भाईले वरावर तिर्नु वुझाउनु पर्ने देखिंदा राष्ट्र वैंकको मिति २०५०।२।१९ को पत्रबाट दयामानले तिर्न वुझाउन पर्ने भनि उल्लेख भएको रु.१,४१४४३। मध्ये भुक्तान भई आजका मितिसम्म तिर्न बुझाउन पर्ने वांकी रकम मध्ये ३ खण्डको १ खण्ड भुवनमानले र एक खण्ड पुरुषोतममानले दयामानलाई तिर्नु वुझाउनु पर्ने ठहर्छ । पुनरावेदक दयामान रन्जितकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत हेटौंडाको फैसला ।
८. शुरु पर्सा जिल्ला अदालतले राष्ट्र वैंकको ऋण वारे केही नवोलेकोमा पुनरावेदन अदालतले प्रं. दयामानले लिएको राष्ट्र वैंकको ऋण हामी वादीहरु समेतले प्र. दयामानलाई वुझाउन पर्ने भनि ठहर भएको हक जतिमा हाम्रो चित्त वुझेन । पुनरावेदन अदालतले प्र. दयामानले पेश गरेको राष्ट्र वैंकको पत्रलाई प्रमाणमा लिई दावी नै नभएको तायदातीमा नै उल्लेख नभएको कुरामा इन्साफ गरेको प्रमाण ऐन, २०३१ को दफा ३, ५४ विपरीत छ । घर बनाउन भन्दा अघि पछि के कति ऋण लिएको नवुझी वांकी रहेको रकमको ३ खण्डको १र१ खण्ड हामीहरुले दयामानलाई वुझाउनु पर्ने भनि भएको फैसला वदर भागी छ । पहिलो पटक रु.३३३०। ऋण लिएको र ३ कोठाको घर वनेको वाटै घर वनाउनको लागि रु.१४,१४४३। ऋण लिएको भन्ने कुरा प्रत्यक्षतः अविश्वासनीय छ । साथै सगोल व्यवहारको लागि लिएको ऋण मात्र लेनदेन व्यवहारको ८ नं. ले र अंशवण्डाको २० नं. ले ऋण वण्डा हुनेमा एउटा अंशियारको ऋण लिई गरेको खर्च भएपनि सो अंशियारलाई तिर्नु पर्ने व्यवस्था नभएकोमा दयामानलाई हामीहरुले ऋण वापतको रकम वुझाउनु पर्ने गरी भएको पुनरावेदन अदालतको फैसला वदर गरी पाउं भन्ने वादी भुवनमान र पुरुषोत्तमानको यस अदालतमा परेको पुनरावेदन ।
९. विवादित घरमा तिनै जनाको वण्डा लाग्ने गरी पुनरावेदन अदालत हेटौंडँबाट भएको फैसलामा चित्त वुझेन । सो जग्गा मेरो निजी वक्सपत्रको जग्गा हो र मेरो तलबबाट कटृा हुने गरी वैंकबाट प्राप्त ऋण लगाई निजी पारिश्रमीकबाट निर्मित घर भएकोमा विवाद छैन । त्यस्तो निजी घर जग्गामा वण्डा लाग्ने गरी भएको फैसला अंश वण्डाको १८ नं. रजिष्ट्रेशनको १ नं.. र दानवक्सको १ र ५ नं. को प्रत्यक्षतः गंभीर त्रुटिपूर्ण छ । घर बनाउन वैंकबाट लिएको ऋण मेरो तलबवाट कटृा गरी तिर्न वांकी ऋण मेरो पेन्सनबाट कटृा भई रहेको छ । एकातिर उक्त ऋणमा तिन भाग लाग्ने गरी यसै लगाउको मुद्दामा फैसला भएको र सो विपरीत प्रस्तुत मुद्दामा भुक्तान भएको रकम कटृा गरी वांकी रकम भाग लाग्ने गरी एउटै ऋण सम्वन्धमा भिन्न भिन्न व्यहोरा उल्लेख गरी भएको फैसला आपसमा वाझिएको छ । यसरी मेरो निजी घरलाई वण्डा लाग्ने भनि ऋणको सम्वन्धमा स्पष्ट निर्णय नगरी हचुवा किसिमबाट वण्डा लाग्ने गरी भएको फैसला कानूनी त्रुटिपूर्ण हुंदा पुनरावेदन अदालत हेटाडौंबाट भएको फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी दयामान रंजितकारको यस अदालतमा परेको पुनरावेदन ।
१०. सगोल व्यवहारको लागि लिएको ऋणमात्र लेनदेन व्यवहारको ८ नं. र अंशवण्डाको २० नं. ले ऋण वण्डा हुनेमा एउटा अंशियारले ऋण लिई गरेको खर्च भए पनि सो अंशियारलाई तिर्न पर्ने व्यवस्था नभएकोमा दयामानलाई हामीहरुले ऋण वापतको रकम वुझाउनु पर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) वमोजिम दोहोर्याई पाउं भनि वादीहरुको यस अदालतमा परेको निवेदन ।
११. यसमा तायदातीमा समेत दयामानले नदेखाएको ऋणलाई वैंकको पत्रको आधारमा प्रमाण लिई भएको निर्णय र सो निर्णयमा पनि किटानी अंकको दायित्व नतोकी हचुवा किसिमबाट तिनुपर्ने वांकी रकम मध्ये एक तिहाईका दरले ऋण तिर्नु पर्ने दायित्व वोकाएको निर्णयमा अ.वं. १९२ नं. को कानूनी त्रुटि भई अघुरो फैसला हुन गएबाट अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउनु साथै नेपाल राष्ट्र वैंकबाट दयामान रंजितकारले कुन मितिमा घर बनाउन ऋण लिएको हो, फांटवारी समेत खोली ऋण लिएको र तिरेको रकम प्रष्ट गरी हाल के कति रकम वांकी छ, सो समेत खुलाई जवाफ लिई साथ राखी पेश गर्नु भन्ने व्यहोराको यस अदालतको मिति ०५४।८।२५।४ को आदेश ।
१२. यसमा लगाउको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भएको हुंदा दोहोर्याई पाउं भन्ने निवेदनमा पनि दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
१३. यस अदालतको मिति ०५४।८।२५ को आदेशानुसार माग भएको नेपाल राष्ट्र वैंकबाट दयामान रंजितकारले लिएको ऋण सम्वन्धी विवरण उल्लेख भएको नेपाल राष्ट्र वैंक कानून विभागको २०५५।१०।१८ को पत्र मिसिल संलग्न रहेको ।
१४. नियम वमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरुको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री चुडामणिराज सिंह मल्लले भाई राष्ट्र वैंकमा जागिर भएको कारण घर बनाउने कर्जा पाइने हुनाले वैंकवाट ऋण लिई व्यवहार मिलाउनको लागि मात्र मेरो पक्षले भाई दयामानलाई सगोलको जग्गा वक्स गरी दिएको र उक्त जग्गामा घर बनाउन मेरो पक्षहरुको पनि रकम परेको हुंदा समेत उक्त घरमा मेरो पक्षको समेत हक कायम हुनु पर्दछ तर घर तयार भै सकेपछि समेत दयामानले लिएको ऋण मेरो पक्षले तिर्नु व्यहोर्नु पर्ने नहुंदा ऋण तिर्नु पर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला सो हदसम्म उल्टी हुनु पर्दछ भनि र विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री जयकान्त लालले भुवनमानको आफ्नो नामको जग्गा मेरो पक्षलाई वक्स गरी दिएको हो, पैतृक सम्पत्ति होइन र उक्त वक्सपत्र वदर भएको पनि छैन । अतः आफ्नो एकलौटी जग्गामा आफ्नै तलव पेन्सनबाट कटृा हुने गरी वैंकबाट ऋण लिई बनाएको घर मेरो पक्षको स्वआर्जनको हुंदा एकलौटी हक कायम हुनु पर्नेमा वण्डा लाग्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी मेरो पक्षको मात्र कायम हुनु पर्दछ भनि गर्नु भएको वहस जिकिर समेत सुनियो ।
१५. अव पुनरावेदन सहितको मिसिल अध्ययन गरी उपर्युक्त वहस जिकिर समेत सुनि निर्णय तर्फ विचार गर्दा विवादित ०-०-६-२ जग्गा भुवनमानले दयामानलाई वक्स गरी दिएको हुंदा सो जग्गा र त्यसमा वनेको घर सम्वन्धमा वादी भुवनमानले लिएको अंशको दावी नपुग्ने र वादी पुरुषोत्तममानले भने उक्त घरजग्गाबाट पनि ३ खण्डको १ खण्ड अंश पाउने ठहराई शुरु पर्सा जिल्ला अदालतबाट फैसला भएकोमा वादी प्रतिवादीको पुनरावेदन पर्दा शुरुको फैसला केही उल्टी गरी उल्लेखित घर जग्गामा वादी प्रतिवादी तिनै जनाको १र१ खण्ड अंश हक लाग्ने र प्रतिवादी दयामानले राष्ट्र वैंकबाट लिएको ऋण मध्ये तिर्न वांकी ऋण वादी भुवनमान र पुरुषोत्तममानले समेत तिर्नु पर्ने ठहर गरी पुनरावेदन अदालत, हेटौंडाबाट फैसला भएको देखिन्छ । उक्त फैसलामा उल्लेखित घरमा वादी भुवनमान र पुरुषोत्तममानको समेत अंश हक लाग्ने ठहर्याएको हदसम्म उल्टि गरि पाउं भन्ने प्रतिवादी दयामानको र प्रतिवादी दयामानले राष्ट्र वैंकबाट लिएको ऋण वादी भुवनमान र पुरुषोत्ताममानले समेत तिर्नु पर्ने ठहराएको हदसम्म उल्टी गरी पाउं भनि वादी भुवनमान समेतको छुट्टा छुट्टै पुनरावेदन परेको देखिंदा उल्लेखित रै.नं. ३६३ को ज.वि. ०-०-६-२ मा वनेको घरमा वादी प्रतिवादीको अंश हक लाग्ने हो, होइन र प्रतिवादी दयामानले नेपाल राष्ट्र वैंकबाट लिएको घर कर्जा वादी प्रतिवादी सवैले तिर्नु पर्ने हो होइन भन्ने विवाद देखिंदा सो सम्वन्धमा निर्णय दिनु पर्ने देखिन्छ ।
१६. यसरी उल्लेखित घरमा वादीहरुको पनि अंश हक कायम हुने र प्रतिवादीले राष्ट्र वैंकवाट लिएको ऋण पनि वादीहरु समेतले तिर्नु पर्ने ठहराई पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको छ, छैन भनि निर्णय तर्फ विचार गर्दा रै.नं.को०-०-६-२ जग्गा प्रं दयामानले वादी मध्येको भुवनमानबाट २०३०।२।२१ मा वक्सपत्र पाएको र प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट घर कर्जा लिई सो घर सो जग्गामा घर बनाएको देखिन आउंछ । प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट कर्मचारी घर जग्गा सापटी व्यवस्था अर्न्तगत घर निर्माण गर्न जम्मा रु. १,४३,६४०। सापटी लिई रु.७८६१८।४६ वैंकलाई तिरी कटृा भई सकेको र तिर्न वांकी रकम निज दयामानको पेन्सनबाट कटृी भई रहेको भन्ने यस अदालतको आदेशानुसार प्राप्त नेपाल राष्ट्र वैंकको मिति ०५५।१०।१८ को पत्रमा उल्लेख भएकोले सो घर जग्गा प्र.दयामानको निजी आर्जनको देखिएको र वैंकबाट लिएको घर कर्जा चुक्ता गर्नमा वादीहरुले समेत सहयोग गरेको भन्ने कुनै प्रमाण गुर्जान नसकेको हुंदा समेत उल्लेखित घर जग्गा अंश वण्डाको १८ नं. अनुसार वण्डा गर्न कर नलाग्ने अवस्थाको देखिन्छ । साथै घरायसी लिखतमा रु.९०००। कर्जा लिएको भन्ने भनाई उपरोक्त वक्सपत्र पास लिखत र राष्ट्र वैंकबाट प्राप्त ऋण विवरण समेतको परिप्रेक्ष्यमा युक्तिसंगत मान्न मिल्दैन । यसरी आफूले वक्सवाट पाएको जग्गामा प्रतिवादीले आफ्नो सेवारत कार्यालयबाट ऋण लिई घर निर्माण गरी आफ्नो तलव र पेन्सनबाट कटृा हुने गरी आफूले मात्र ऋण तिर्दै आएको भन्ने नेपाल राष्ट्र वैंक जस्तो संगठित संस्थाको अभिलेखमा रहेको कागज प्रमाणबाट पुष्टी भई रहेको अवस्थामा व्यवहार मिलाउन वैंकबाट ऋण लिन प्रतिवादीलाई जग्गा वक्स गरी दिएको र घर बनाएकोले वण्डा लाग्नु पर्ने भन्ने वादीको भनाई प्रमाणित हुन सकेको देखिएन ।
१७. माथि उल्लेखित घर सापटी वापतको तिर्न वांकी ऋण वादीहरुले समेत तिर्नु पर्ने भनि प्रतिवादीले तायदातीमा नै नदेखाएको हुंदा त्यस्तो तायदातीमा नै उल्लेख नभएको ऋण वादीहरुले समेत तिर्नु पर्ने भन्न मिल्ने देखिदैन ।
१८. अतः उल्लेखित घर जग्गामा वादीहरुको समेत अंश हक लाग्ने र प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट लिएको घर कर्जा वापतको तिर्न वांकी रकम वादीहरुले समेत तिर्नु वुझाउने पर्ने ठहराई पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला उल्टी भई आफूले वक्स पाएको रै.नं. ३६३ को ०-०-६-२ जग्गा र आफ्नो तलव र निवृतिभरणबाट कटृा हुने गरी लिएको कर्जाबाट सो जग्गामा बनेको घर समेत वण्डा गर्नु नपर्ने र प्रतिवादीले नेपाल राष्ट्र वैंकमा तिर्न वुझाउन वांकी घर बर्जा वापतको रकम वादीहरुले तिर्न नपर्ने ठहर्छ । शुरु जिल्ला अदालतले वादी मध्येको पुरुषोत्तममानले विवादित घर जग्गाबाट अंश पाउने ठहर गरेको हदसम्म पनि उल्टी हुन्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम पुनरावेदन अदालत हेटांडँको इन्साफ उल्टी भई शुरु पर्सा जिल्ला अदालतले वादी मध्येको पुरुषोत्तममानले विवादित रै.नं. ३६३ को ०-०-६-२ जग्गा र सो मा वनेको घरमा तिन खण्डको एक खण्ड अंश पाउने भनि गरेको फैसला पनि सो हदसम्म उल्टी हुने ठहरेकोले पुनरावेदन अदालतको फैसलाले राखेको लगत कट्टा गरी दिनु भनि र शुरु पर्सा जिल्ला अदालतको फैसलाको तपसिल खण्डको देहाय (२) मा उक्त रै.नं. ३६३ को ०-०-६-२ जग्गामा ३ खण्डको १ खण्ड वादी पुरुषोत्तममानको नाममा दर्ता हुने र घरको हकमा पूर्व तर्फको कोठामा अंश भाग छुटृयाई दिने भनि राखेको लगत कटृा गरी दिनु भनि शुरु जिल्ला अदालतमा लेखि पठाउनु …………… १
पुनरावेदक वादीहरुले दे.पु.नं. २७८६ मा रु.१३३०।५० र दे.पु.नं. ४६०७ मा रु.१३०।५० गरी यस अदालतमा जम्मा कोर्टफि रु.१४६१। राखेको र प्रतिवादीले पुनरावेदन गर्दा रु.१३०।५० कोर्ट फि राखेको देखिंदा प्रतिवादीले फिर्ता पाउने कोर्ट फि रु.१३०।५० कटृा गरी हुन आउने कोर्ट फि रु.१३५०।५० प्रतिवादीबाट भराई पाउं भनि वादीको दरखास्त परे कानून वमाजिम भराई दिनु भनि शुरुमा लेखि पठाउनु .. २
दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ……. ३
उक्त रायमा म सहमत छु ।
न्या. राजेन्द्रराज नांख्वा
इति संवत् २०५६ साल आषाढ २ गते ४ शुभम् ……. ।