April 29, 1999
Created by nepalarchives

निर्णय नं. ६७७३ – लकडी चोरी

निर्णय नं ६७७३                ने.का.प. २०५६        अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संम्वत २०५३ सालको स.फौ.नं ….१४३४ फैसला...

निर्णय नं ६७७३                ने.का.प. २०५६        अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

संम्वत २०५३ सालको स.फौ.नं ….१४३४

फैसला मिति : २०५६।१।१६।५

मुद्दा : लकडी चोरी ।

पुनरावेदक/प्रतिवादी : ल.पु.जि. ल.पु.नंपा वडा नं २ वस्ने वावुराजा डंगोल

विरुद्ध

प्रत्यर्थी/वादी श्री ५ को सरकार

§  वन संरक्षण विशेष व्यवस्था ऐन २०२४ को दफा ९(क) मा यो ऐन वमोजिम सजाय हुने कसुर गरेको ठहरिएमा कसुरमा वरामद सवै वन पैदावर वाँझ वाहेक औजार चोपाया र अन्य साधनहरु जफत हुनेछ भन्ने कानूनी व्यवस्था भएको प्रतिवन्धात्मक वाक्यांशमा पाँच हजार रुपैया भन्दा कम्ति मोल पर्ने विगोको वन पेदावार लादी ल्याएको ट्रक, लहरी मोटर ट्रेक्टरको हकमा त्यस्तो ट्रक लहरी मोटर, टेक्टर जफ नभई दफा ९ अन्तर्गत हुने सजायमा पांचसय रुपैया देखि पा.च हजार रुपैया सम्म थप जरिवाना हुनेछ भन्ने व्यवस्था भएकोमा प्रस्तुत विवादमा विगो रु.५०००। भन्दा कम नभई विगोरु.७,९४८।०५ रहेको देखिन्छ । यो वन संरक्षण (विशेष व्यवस्था) ऐन २०२४ को दफा ९(क) अन्तर्गतको विवाद भएको हुँदा भंसार ऐन, २०१९ (संशोधन सहित को दफा ३४(८)(क) अन्तर्गतको जफत नहुने अवस्थाको नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने स्थिति नदेखिने ।

(प्र.नं २२)

पुनरावेदक प्रतिवादी तर्फवाट : x

प्रत्यर्थी वादी तर्फवाटः विद्वान उप न्यायाधिवक्ता श्री सरोज गोतम

अवलम्वित नजीर : x

फैसला

    न्या. उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत निस्सा प्राप्त गरी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

    २.   हामीहरु ०४९।१।२ गते वेलुका अंदाजी १० वजेको समयमा मुग्लीन देखि दक्षिण तर्फ टुरगस्ति गर्दै जांदा नारायणगढ तिरवाट आर्इ वा.अ.ख. २१७५ नं को ट्रक घुमाउने भन्ने ठाउँमा विग्री वसिराखेको वखत हामीहरुलाई शंका लागि उक्त ट्रक खोली हेर्दा उक्त ट्रकमा तपसिलमा उल्लेख भएको चोरी काठ फेला परेको हु.दा खलासी पदम प्रसाद रेग्मी समेतका चोरुी काठ र वा.अ.ख २१७५ नं ट्रक कारवाहीको लागि दाखिल गरेका छौं भन्ने व्यहोराको काठको नाप साइज समेत उल्लेख भयको ई.व.स. कोमल सापकोटा समेतका कर्मचारीहरुले ०४९।१।३ गते शसस्त्र वन सुरक्षा शाखा टीकौलीमा पेश गरेको पाना २ को प्रतिवेदन ।

    ३.   चितवन कविलास गा.वि.स ५ वसने वर्ष २६ को कर्ण वहादुर गुरुङ समेतका व्यक्तिहरुले गरिदिएको पाना ३ को वरामदी मुचुल्का ।

    ४.   स.व.सु.शाखा टिकौलीका टे.ह.हर्क वहादुर मगरले वरामद काठहरु ०४९।१।३ मा वुझेको भरपाई ।

    ५.  म पक्रउमा परेको वा.अ.ख.२१७५ नं को ट्रकमा खलासीको जागिर गर्दछु । ०४९।१।३ गतेका इ.व.स. समेतले पेश गरेको प्रतिवेदन पढी वाँची सुनि पाए । त्यसमा लेखिएको व्यहोरा सांचो हो, गाडी धनी ललितपुर न.पा. सा.न.पा वस्ने वावुराजा डंगोलसंग सोही गाडीमा काठमाडौवाट वसी आइरहेका थियौं । नाम थर वतन थाहा नभएको काठ धनी के.सी. भन्ने भेट भएपछि साहुले कुराकानी गर्नु भो सो कुरो मैले सुनीन । सोही सांझको ६ वजेतिर दासढुंगा भन्ने ठाउँ भन्दा अलि माथि ति र नारायणी खोला र राजमार्ग वीचमा रहेको केरा वगैचामा साहुले गाडी हुन्थो । मलाई खानलार्इ दासढुंगा वजारमा पठाइयो । खाना खाएर आएपछि मैले गाडीमा साखु चिरानी विना टांचा निसान भएको काठ देखें त्यसपछि साहुले गाडी रोडमा मुग्लीनतिर जाने वाटोमा लागि आउँदा घुमाउनेमा गाडीको गेयरवक्स खराव भयो । साहु गेयरवक्स लिई नारायणघाट तिर लाग्नु भयो । सोही ०४९।१।२ गते राती १०.३०  वजेतिर घुमाउनेमा म गाडी काठ समेत पक्राउमा परेको हो । सोही खवर पाएपछि साउजी गेयर वक्स लिएर नआई भागी जानु भएको हो । ट्रकमा लोड भएको साखु हाते आराले चिरानी गरेको काठका कुनै किसिमको टांचा निसान प्रयोग भएमो देखिदैन भन्ने समेत व्यहोराको प्र. पदमप्रसाद रेग्मीले तकिकातको क्रममा गरेको वयान ।

    ६.   मिति ०४९।१।२ को रात्रीमा वन गस्ती कर्मचारीहरुले कविलास वडा नं ५ मा पर्ने घुमाउने भन्ने स्थानमा वा.अं.ख. २१७५ को जर्मनी ट्रकमा उपरोक्त वमोजिमका विना टांचा निसानका सालका चिरान काठ राखी ओसारपसार गर्न लागेको समयमा खलासी पदमप्रसाद रेगमी सहित पक्राउ गरी वरामद गरेको मैले देखेको हुं भन्ने समेत व्यहोराको चितवन कविलास गा.वि.स.५ वस्ने वर्ष २३ की सावित्री मगर समेत जना ७ ले गरिदिएको सर्जमनि मुचुल्का ।

    ७.  प्रतिवादीहरु वावुराजा डंगोल र पदम प्रसाद रेग्मीले वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा ३(क) अनुसारको कसुर गरेको सिद्ध हुन आएकोले प्रतिवादीहरु उपर ऐ, ऐनको दफा ९(१)(क) अनुसार हदै सम्म सजायको माग दावी लिई मुद्दा चलाउने भन्ने समेत जिल्ला सरकारी वकिल कार्यालय भरतपुर चितवनको मिति ०४९।१।२९ को निर्णय ।

    ८.   २१७५ नं को ट्रकमा लोड भएको ८७ थान चिरान काठको आयतन १०३।२२ घनफिट चिरान काठलाई गोलियामा परिणत गर्दा हुन आउने गोलिया आयतन १४.५१ घ.फि. हुँदा सो लार्इ हालको प्रचलित सरकारी दररेट रु.५५। प्रति घ.फि.ले गुणन गर्दा हुन आउने जम्मा विगो रु.७९४८।०५ कायम हुन आएकोले निजहरुलाई जनही दण्ड रु.७९४८।०५ जरिवाना रु.५०००। र १ वर्ष कैदको सजायको माग दावी राखी खलासी पदमप्रसाद रेग्मीलाइ यसै प्रतिवेदनसाथ राखी पेश गरेको छ। हाल फरार रहेका गाडी चालक वावुराजा डंगोललाई त्यसै अदालतवाट झिकाई कानून वमोजिम कारवाही गरी पाउँ साथै अवैध काठ सहित पक्राउमा वरेको वा.अ.ख. २१७५ नं ट्रकको  हकमा व.सं वि.व्या.ऐन २०२४ को दफा ९(क) वमोजिमको कारवाहिको माग गर्दछु भन्ने समेत माग दावीको शक्तिखोर इलाका वन कार्यालको तर्फवाट दायर भएको फिरादपत्र ।

       वा.अ.ख. २१७५ नं को ट्रकमा विना टांचा प्रमाणको काठ लोड भइरहेको अवस्थामा म सोही ट्रको खलासी भएकोले पक्राउमा परेको हुं । उक्त काठ दासढुंगा भन्ने स्थानमा के.सी. भन्ने नाम थाहा नभएका देखेमा चिने व्यक्ति संग कुरा मिलाई गाडी मालिक र चालक वावुराजा डंगोलले दासढुंगामा नै ट्रक पुर्‍याई लोड गरेको भन्ने समेत व्यहोराको प्र. पदम प्रसाद रेग्मीले अदालत समक्ष् गरेको वयान ।

    १०   नाम थर वतन खुलाइ पठाउन इलाका वन सहायक शक्तिखोर इलाका वन कार्यालय जुटपानी, चितवनलार्इ शुरु अदालतवाट ०४९।१।३१ मा लेखेको पत्र ।

    ११   नाम थर वतन खुलाउन नसकिने भनी शक्तिखोर व.का .जुटपानी, चितवनको इ.व.स. कोमलप्रसाद सापकोटाको पेश गरेको प्रतिवेदन ।

    १२.  काठ जगेडी भन्दा अगाडि दासढुंगा भन्ने ठाउँमा लोड भएको हो म काठमाडौवाट रितो ट्रक लिई नारायणघाटवाट सामान लिएर जान आउदै थिए । मुगलिनमा के.सी. र थापा भन्ने दुई जना व्यक्ति मोटर साइकलमा आर्इ ट्रक रोकी मेरो ढुंगा काठमाडौ सम्म पुर्‍याइदिनु पर्यो । भाडा ट्रिपको ५०००। दिन्छु भनेकोले म सहमत भई दासढुगामा पुग्दा हाम्रो केही नियमित काठ छ लगिदिन परयो भनेकाले लोड गरिदिएको हुँ ट्रक धनी अर्के हुन । म चालक मात्र हुँ भन्ने समेत व्यहोराको प्र. वावुराजा डंगोलले शुरु अदालतमा दिएको वयान ।

    १३.  काठ कविलास गा.विस. वडा नं.१ र २ मा पर्ने सरकारी वन जंगलवाट कटान भई दासढुगा भने स्थानमा ल्याई उक्त वरामदी वा.अ.ख२१७५ न को ट्रकमा लोड भएको हो । काठ टांचा निसान पूर्जि प्रमाणको होइन भन्ने समेत व्यहोराको प्रतिवेदक कोमल सापकोटा पुक्ष्पराज भण्डारी रामशरण कुमाल देवेन्द्रप्रसाद महतोले गरिदिएको वकपत्र ।

    १४.  प्रतिवादी वावुराजा डंगोलले ने काठको चोरी निकासी गर्ने मुख्य व्यक्ति देखिंदा निजले वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा ३(क) वमोजिम कसुर गरेको हुनाले निज वावुराजा डंगोललाई दण्ड रु.७९४८।०५ जरिवाना रु.२०००। र कैद वर्ष १ हुने ठहर्छ । प्र. पदमप्रसाद रेग्मीको हकमा सर्जमीनले निर्दोष हुन भनेतापनि रातको समयमा अवैध काठ खरीद विक्री गर्ने सल्लाह गरेको हुँदा हुदै र सो काठ ट्रकमा लोड गरी हिंढदा समेत कही ककसैलाई खवर नगरेवाट निजले सो कार्यमा मिलेमतो गरी ऐ.ऐनको दफा ९(४) को कसुर गरेको हुनाले निजलाई जरिवाना रु.२०००। कैद वर्ष १ हुने ठहर्छ । वरामद वा.अ.ख.२१७५ नं को ट्रक धनी ओमरत्न डंगोलले वुझी पाउँ भनी निवेदन दिई निजको नाम ,थर वतनमा समाव्हान पठाई तामेल हुँदा निज उपस्थित नभएतापनि मिसिल प्रमाणवाट निजको उक्त कसुरमा संलग्नता नदेखिने हु.दा निजको हकमा केहि गर्नुपर्ने देखिदैन भन्ने समेत एक सदस्यीय वन संरक्षण पिशेष अदालत भरतपुरको फैसला ।

१५.  शुरु अदालतवाट फैसला गर्दा म पुनरावेदक (ड्इभर) ले वरामद काठ कमालोड भएको आधारमा व.स.वि. व्य. ऐन, २०२४ को दफा ३(क) वमोजिमको कसूर गरेको भन्ने ठहर्‍याइएको छ तर उक्त दफा ३(क) वमोजिम वन पैदावर हटाउने कटान गर्ने कार्यमा मेरो सहमत छैन । ट्रकमा लोड मात्रै मेरो सहमतीमा भएको हो । यो सहमति हुन भन्दा अगावै सो वन पैदावर हटाउने र कटान गर्ने कार्य काठ धनी थापा र के.सी. भन्ने व्यक्रिहरुवाट भैसकेको थियो । उक्त ऐनले काठधनी फेला नपरेको अवस्थामा ड्राभरलार्इ नै काठ धनी मान्न सकिने र निजलाई नै मुख्य अपराधी ठहर्याई सजाय गर्न सकिने भन्ने कहिकतै उल्लेख भएको देखिदैन यसरी ऐनले अधिकारै नदिएको कुरामा आफै अधिकार श्रृजना गरी मलाई मुख्य कसुरदार ठहर्‍याई सजाय गरिएको साथे ऐन वमोजिम क्षेत्राधिकार नभएको व्यक्तिले मुद्दा चलाई कानूनको आवश्यक कारवाही पुरा नगरी निर्णय गरिएको समेतवाट शुरुको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टाइ मलाई सफाई पाउने गरी र मेरो जिम्मा रहेको ट्रक समेत फिर्ता पाउने गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन ।

    १६. यसमा सवारी धनीलाई कसुरदार ठहर गरी सवारी साधन (ट्रक) जफत गर्न ठहर्‍याएको शुरु वन सरक्षण विशेष अदालतको इन्साफ फरक पर्ने भएकोले अ.वं२०२ नं वमोजिम शक्तिखोर इलाका वन कार्यालयलाई छलफलमा झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको आदेश ।

    १७.  प्रतिवादीहरुलाई वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा ९(१)(क) वमोजिम सजाय गर्ने र काठ ढुवानी गरेको साधन वा.अ.ख.२१७५ नं को ट्रक ऐ दफा ९ क वमोजिम जफत गर्ने समेत ठहर्‍याएको मिति ०५०।८।१८ को एक सदस्यीय वन संरगण विशेष अदालत चित्तवन भरतपुरवाट भएको इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत वयहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।

    १८.  मिसिल संलग्न प्रमाणहरुवाट थापा र के.सी. काठ चोरी निकासी गर्ने व्यक्ति भएको कुरा प्रष्ठ भै रहेकोमा मुख्य कसुरदारलाई नखोजी म निर्देषलाई सजाय गरेको सर्जमीन मुचुल्का माथीध्यान नदिई फैसला गरिएको शंकाको भरमा मलाई सजाय गरेको र फौज्दारी अभियोगमा अपराध हुनको लागि मनसाय हुनु अनिवार्य भएकोमा प्रस्तुत मुद्दामा अपराध गर्ने मेरो मनसाय अवस्था र स्थिति नभएपनि मलाई सजाय गरिएको समेतवाट पुनरावेदन अदालत हेटौडाको फेसला त्रुटिपूर्ण हुदा दोहोर्‍यार्इ हेरी इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन ।

    १९.  मालधनीले कसुर गरेको नठहरिएको अवस्थामा ट्रक जफत गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको फैसलामा वन स.रक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा ९(क) को व्याख्यात्मक त्रुटि देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)क) अन्तर्गत मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

    २०.  नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी तर्फवाट उपस्थित विद्धान उपन्यायाधिवक्ता श्री सरोज गोतमले पुनरावेदकले अवैध काठ ट्रकमा लोड गरेको कुरा स्वकिार गरेको र निजले हाकेको ट्रकवाट सो काठहरु वरामद भएको समेतवाट निजलाई कसुरदार ठहर्‍याई पुनरावेदन अदालत हेटौडाले गरेको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनि वहस प्रस्तुत गर्नु भयो ।

    २१.  विद्वान कानून व्यवसायीको वहस समेत सुनि मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत हेटोडाको फैसला मिलेको छ छैन सो विषयमा निर्णय गर्नुपर्ने देखिन आयो ।

    २२.  निर्णयतर्फ विचार गर्दा यसमा छुट पूर्जीको काठ भनी विश्वासमा परी चोरीको काठ लोड भएको हो भनि विना पुर्जि काठ लोड गरेको तथ्य पुनरावेदक प्रतिवादी वावुराजा डंगोलले स्वीकार गरी विशेष अदालतमा वयान गरेको देखिनुको साथै दण्ड सजायको ११ क नं अन्तर्गत मिति ०५०।८।१८ मा कागज गरेको समेत देखिन्छ । सो कागजमा फेरी भविष्यमा यस प्रकारको कुनै अपराध नगरी राम्रो आचरण पालन गर्नेछु आजका मितिले ३ वर्ष भित्र कैंदको सजाय हुने कुनै अपराध गरेमा यस फैसला समेतको थपी कैदको सजाय भोग्नेछु भनी प्रष्ट उल्लेख गरेको पाइन्छ । ट्रक सहितको वन पैदावार वरामद भएको स्थिति समेत देखिन्छ । निज पुनरावेदक प्रतिवादी वावुराजा डंगोलको विशेष अदालत समक्ष गरेको वयान एंव कागजवाट समेत निजले आरोपित कसुर गरेको होइन भन्न सकिने अवस्था देखिदैन । वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा ९क मा यो ऐन वमोजिम सजाय हुने कसुर गरेको ठहरिएमा कसुरमा वरामद सवै वन पैदावार वांझ वाहेक औजार चौपाया र अन्य साधनहरु जफत हुनेछ भन्ने कानूनी व्यवस्था भएको प्रतिवन्धात्मक वाक्याशंमा पांच हजार रुपैया भन्दा कम्ति मोल पर्ने विगोको वन पैदावार लादी ल्मयाएको ट्रक, लहरी मोटर टेक्टरको हकमा त्यस्तो ट्रक लहरी मोटर र टेक्टर जफत नभई दफा ९ अन्तर्गत हुने सजायमा पांचसय रुपैया देखि पांच हजार रुपैया सम्म थप जरिवाना हुनेछ भन्ने व्यवस्था भएकोमा प्रस्तुत विवादमा विगो रु.५०००। भन्दा कम नभई विगो रु.७९४८।०५ रहेको देखिन्छ । यो वन संरक्षण विशेष व्यवस्था ऐन २०२४ को दफा ९(क) अन्तर्गतको विवाद भएको हुँदा भंसार ऐन २०१९ संशोधित सहित को दफा ३४(८)(क) अन्तर्गतको जफत नहुने अवस्थाको नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने स्थिति देखिदैन ।

    २३.  तसर्थ ट्रक जफत हुने समेत ठहर्‍याएको शुरु वन संरक्षण विशेष अदालत भरतपुर चितवनको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटोडाको फैसला मिलेकै देखिदा मनासिव ठहर्छ । प्रतिवादी वावुराजा डंगोलको पुनरावेदन जिकिर पुग्न सक्दैन मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारनाथ आचार्य

 

इति सम्व्त २०५६ साल वैशाख १६ गते रोज ५ शुभम् …………….।