निर्णय नं. ६६९ – …
निर्णय नं. ६६९ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान...
निर्णय नं. ६६९ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२७ सालको दे.फु.नं. १००
फैसला भएको मिति : ०२९।१।६।३
निवेदक : जि.रौ.प्र.झाझ दक्षिण मौजे मिर्जा हथिओल बस्ने बृजनन्दन सिंह राजपुत
विरुद्ध
विपक्षी : जि.रौ.प्र.झाझ दक्षिण मौजे मिर्जा हथिओल बस्ने हरिनारायण सिंह समेत
(१) रीतपूर्वकको उजूरी नै नभएको कारवाईबाट हक बेहकको निर्णय गराउन अदालतमा पठाउने नपठाउने भन्नेतर्फ विचारै गर्नुनपर्ने ।
यस्तै अरु अरु कुनै मुद्दामा माल गोश्वाराले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने मुद्दा हेरे छिनेको बदर गरी जो बुझ्नुपर्ने बुझी निर्णय गरिदिनु भनी अदालतमा पठाइदिने डिभिजन बेञ्चबाट निर्णय भइराखेको र यो मुद्दामा भने माल गोश्वाराले हेरे छिनेको सम्म बदर गरी यसै मुद्दाबाट निर्णय गरी दिन अदालतमा पठाउने कुरा केही नबोलिएकोले एकैरुप भएन माल गोश्वाराले हेरे छिनेको बदर भएमा अरु सरह यस मुद्दामा पनि यसै मुद्दाबाट जो बुझ्नुपर्ने बुझी निर्णय गरिदिनु भनी सम्बन्धित जिल्ला अदालतमा पठाइनुपर्छ भन्ने जिकिरका हकमा पहिले नै निवेदक आफैले जिरायतको खोजी गरी मेरो जिरायत कायम गरिपाउँ भन्नेतर्फ कानूनबमोजिम रीतपूर्वक उजूर गरेको नभई आर्थिक ऐन, २०१६ बमोजिम लाग्ने कर असूल गर्न आफ्नो भोगमा रहेको जग्गाको लगत दिन आउनु भनी रौतहट मालले २ पटक सूचना जारी गरेपछि मात्र उक्त मालमा गई जग्गाको फाँटवारी खुलाई दरखास्त दिँदा मेरो जमिदारी तालुक रहेको जिरायत जग्गा विगाहा ३२द्र१।४ मध्ये विगाहा २८द्र३ रामदेव सिंह राजपुतसमेतले के व्यहोराले आफ्नो नाममा दर्ता गरेको र भोग गरेको छ अड्डाबाट निर्णय गरी जिमिदारी तालुकमा कायम गरिपाउँ भनी उल्लेख गरेकोसम्म देखिएको त्यस्तो जग्गाको कर तिर्ने सम्बन्धमा जग्गाको फाँट दिँदा उल्लेख गरेकोसम्म कुरालाई कानूनबमोजिमको रीतपूर्वकको उजूरी मान्न नमिल्ने हुनाले रीतपूर्वकको उजूरी नै नभएको यस्तो कारवाईबाट हकबेहकको निर्णय गराउन अदालतमा पठाउने नपठाउनेतर्फ कुनै विचार गरिरहनु परेन ।
(प्रकरण नं. १८)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी
उल्लिखित मुद्दा :
फैसला
न्या.झपटसिंह रावल
१. आर्थिक ऐन, २०१६ बमोजिम लाग्ने कर असूल गर्न आफ्नो जग्गाको लगत र लाग्ने कर दाखिल गर्नु भन्ने सूचना भएकोमा आजसम्म लगत र करसमेत दाखिल गर्न नल्याएकोले आफ्नो भोग भएको जग्गाको लगत १७ साल जेष्ठ मसान्तसम्ममा १६–१७ आर्थिक सालको कर मालपोत बुझाउन म्यादमा बुझाउने काम गर्नु भन्ने ७ दिने म्याद तामेल भएकोले मेरो नाउँमा दर्ता भएको जि.रौतहट प्र.झ.झ. दक्षिण मौजे विर्ता हथिलमौजे १ मौजा सेटवा १ जि.प्रगन्ना जताहा मौजे वलरावासरी जवदी १ समेत मौजाको जिमिदारी ९४ सालका बालीदेखि लिलाममा लिई ९६ साल चैत ७ जिमिदारी र तालुक जिरायत विगाहा ३२ऽ१।४ समेतको बाहाली पाई रामसेवकलाई ९६ सालकै बालीदेखि भोगबन्धकी दिई १६ सालदेखि जिमिदारी निखनी लिएको जिमिदारी तालुक रहेको सोमध्ये जग्गा विगाहा २८ऽ३। रामदेव सिंहसमेतका नाममा दर्ता गरेको र निजहरूले भोग गरेको छ । अड्डाबाट निर्णय गरी जिमिदारी तालुकमा कायम गरी सो जग्गाको र मेरा नाउँमा जिमिदारी तालुक बाहेक रहेको नम्वरी जग्गाको फाँट दाखिल गरेको छु । जिमिदारी तालुकको जग्गासमेतको निर्णय गरी मलाई लाग्ने ठहर हुन आएको जग्गा कर आडर भएका बखत दाखिल गर्नेछु भन्नेसमेत वृजनन्दन सिंह राजपुतको दर्खास्त र जिरायतमध्येको जग्गा विगाहा २८ऽ३। के परिवन्दबाट रामदेव सिंहसमेतको भोग हुन गएको मलाई थाहा छैन, उक्त जिरायतमध्ये मेरो भोगमा रहेको जिरायत जग्गा विगाहा ३।।।३.४ बाहेक नेपाल, पहाड, मधेशसमेतमा मेरो एकाघर सगोलको परिवारको नाउँ दर्ता भोगको अरु जग्गा जमीन छैन भन्नेसमेत वादी वृजनन्दन सिंहको दर्खास्त कागज ।
२. मिर्जा हाथिऔलको जिमिदारी जिरायतबाट जग्गा विगाहा ३ हुकूमबमोजिम माग पाएको थिएँ । त्यसमध्ये २ विगाहा हरिसिंहसँग र जग्गा कठ्ठा ।।।१ प्र.भंस सिंहसँग बिक्री गरेको हुँ र जग्गा कठ्ठा ३ राम जानकीमा चढाई सबुगदास वैरागीलाई सौंपी दिएँ बाँकी अब १ छ भन्नेसमेत इसर सिंह राजपुतको बयान ।
३. जग्गा जिरायत हो होइन मलाई थाहा छैन । विन्देश्वरी नारायण सिंह १ रामानन्द सिंह १ समेत २ ले आफ्ना नाउँको दर्ता भनी जग्गा कठ्ठा २ का दरले श्री रामजानकीका नाउँमा १९७९ सालका बालीदेखि नं.२१६ बलरासिमां सौ दक्षिणको कित्तामध्ये दक्षिणपूर्वतर्फबाट जग्गा कठ्ठा ४ साल १९७९।११।२३।४ मा कागज लेखिदिएबमोजिम सो जग्गामा श्री रामजानकीको मन्दिर मठ बनाई आजसम्म पूजाआजा चलिआएको र सो जग्गा अहिलेसम्म रामजानकीकै नाउँमा दर्ता कायम छ । ऐ.मौजाको नं.२१७ को जग्गा विगाहा ३ मध्ये पूर्वतर्फबाट श्यामलाल सो उत्तर इनर मिश्रको लिखत सो दक्षिण बलरासिमां सो पश्चिम जग्गा कठ्ठा २ साल १९९२ का बालीदखि कालिदास हथिऔल टोला जमुनिया बस्ने इसर सिंह राजपुतले आफ्ना नाउँको दर्ता भनी ९२।१०।१३।३ मा श्रीराम जानकीज्यूको नाउँबाट दर्ता हुने गरी लिखत गरिदिएको सो लिखतहरू बमोजिम दाखिल दर्ता भई मठमन्दिरको तालुकमा रही पूजाआजाको निमित्त फलफुलहरू समेत सो जग्गामा लागिरहेको छ भन्नेसमेत सरजुगदासको बयान ।
४. सो जग्गा वृजनन्दनको जिरायतमा थिएन ६६ सालको कितावमा किसोरी सिंहको नाउँमा सो जग्गा नं.२१७ को जग्गा ३८।।।४ देखिन्छ । त्यसमध्ये जग्गा विगाहा ३ पाए ७० सालदेखि नै निज इसार सिंहको अंश फाँटमा परेको भोग गरिआएको ९२ सालका बालीदेखि भोग गर्ने गरी कं.रू.२०१। मा १९९२।५।१५।७ मा जग्गा विगाहा ३ मध्ये जग्गा विगाहा २ घरसारमा फार्छाली ९२।१०।२३।४ मा रजिष्ट्रेशन पाससमेत भएकोबाट सो हिसाबदेखि नै मैले आफ्ना नाममा दर्ता गराई भोगी आएकोमध्ये रामचन्द्र सिंहसँग जग्गा विगाा १ विक्री गरी दिएँ बाँकी १ विगाहा भोग गरिरहेछु भन्नेसमेत हरिनारायण सिंहको बयान ।
५. नं.४८ को जग्गा कठ्ठा २।४ मात्र नभई जग्गा ३।।। र अरु नम्बरको समेत गरी जग्गा ।।।.१ वृजनन्दनको बाजे सर्जुगप्रसादबाट १९७० साल श्रावण गते मेरो बाजेले खरीद गरी दाखिल दर्ता गराई खाइआएका छौं भन्नेसमेत लक्ष्मण सहनी मलाहको बयान ।
६. मौकामा दर्ता गरी दिएको नभए मौकामै उजूरबाजुर गरी यकिन गराउनुपर्ने सो गर्न नसकी २३ बर्ष वाद जिरायत कायम गरिपाउँ भनी हालमात्र उजूर गरेको सो जिमिदारी किशोर सिंह सर्जुगप्रसाद सिंहका नाममा दर्ता रहेभएको प्रमाण पनि पेश नगरेको र अड्डामा रहेको श्रेस्ताबाट पनि नदेखिएको यो वादीले लिनुभन्दा अघि जंगसिंहका नाममा दर्ता रहेको लिलाम हुँदा वादीले सकार गरेको देखिएको र प्रतिवादी रामदेव सिंहका नाममा फार्छे लिखत भएको अड्डामा रहेको हेर्दा दाजु राजेश्वरप्रसाद सिंहले मुन्सी जगदिपलालबाट रू.५३०२। मा यही जग्गा भोगबन्धकी लेखी दिएको निज मुन्सी जगदिप लालले दरौगी सिंहलाई लखबन्धकी लेखी दिई निजको छोरा अनुठा सिंहसमेतले भोग गरेको थैली तिर्नलाई र पोत तिर्नलाई समेत जम्मा रू.६५०२। लिई नं.२१७ को विगाहा ५।२०२ नं.२८० को जग्गा विगाहा १५द्र२।३ जम्मा विगाहा २०।४।। साल ८९ साल श्रावण २७ गतेमा फार्छे तमसुक लेखी त्यसको किनारामा सो मौजे मिर्जा हथिऔलको जिमिदार निज जंगसिंह र छोरा जैधरसिंह समेत साक्षी रही सोही मितिमा पास गरिदिएको देखिएको सो वादीले दावीको जग्गा जिमिदारी साथको जिरायत जग्गा सो बखतको दर्तावाला जंगी सिंह साक्षी बस्न नसक्नेमा साक्षी रहेबसेको देखिएकोबाट सो जग्गा जिरायतको रहेछ भनी भन्न नहुने जिरायत भनेको जग्गा जिरायत अथवा दर्तावाला जि.जंगसिंहका नाममा रहेभएको प्रमाण पेश हुन नआएको पटवारीले दिएको ९२ सालको फाँटवारीमा पनि जिरायत भनी किटान गर्न नसकी जिरायतमा रहेको भनी जनाउ सर्जुगप्रसाद १ किशोरी सिंहका नाउँमा जग्गा लेखिदिएको भए पनि जिरायत भन्ने प्रमाण पनि केही पेश गरे भएको देखिन नआएको १ जना पटवारीको एउटा फाँटवारी दिँदैमा जिरायत रहेछ भनी ठहर गर्न मनासिव नपरेको जिमिदारी साथमा जिरायतको बहाली भए बहाली लिएका अवस्था नै सो जिरायत खोजी गरी ठेगाना लगाउन सक्नुपर्ने ०१८ सालमा जग्गा करको कुरा उठेपछि मात्र बाबुबाजेले विक्री गरेको जग्गा जिरायतको लगाउ लिए पाइहाल्छु कि भन्ने मनसाय लिई उजूर गरेको देखिन आएको जिरायत जग्गाको पोत बुझ्नै नहुने जिरायत जग्गा नयाँ आफूले भोगचलन गरेको बखत नै जिरायतको टुंगो लगाइसक्नुपर्ने सो गर्न नसकेकोले उजूर फजुल ठहर्छ भन्नेसमेत ०१९।२।३१।४ को रौतहट मालको फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी वृजनन्दन सिंह राजपुतको पुनरावेदन।
८. पटवारीका फाँटवारीबमोजिम किशोरी सिंहका नाममा नं.२१७ नं.२८० समेतको जग्गा विगाहा २७।३०४ जिमिदारी साथको जोत जिरायत ३२ऽ१।४ देखिएकोमा त्यस्तो देखिएको जग्गालाई २३ बर्ष वाद उजूर गरेको मनासिव देखिँदैन भनी मालले गरेको इन्साफलाई सदर गर्न मनासिव नपर्ने, जग्गा पजनीको ३५ नं.ले जिमिदारी साथको जोत जिरायत फुटाई वा अरु कुनै व्यहोराबाट बेचबिखन गर्न नहुने उजूर गर्ने हदम्याद नभएको ०१५ सालमा मालमा उजूर परेपछि बेचबिखन गर्न नहुनेमा सर्लाही मालबाट ०१७।१०।६ गते गिर्जादेवीले रामदेवसँग खरीद गरेको सदर नहुने ३ विगाहा हुकूम प्रमांगीबाट पाएको भन्ने प्र.इश्वर सिंको बयानबाट देखिन आएको तर प्रमांगीबाट पाएको सबूद नदेखिएको जग्गा विगाहा ३२द्र१।४ मध्ये रामजानकीको मन्दिर बनेको भनेको कठ्ठा ।२ सात कठ्ठा धर्मलोप गर्न मनासिव नभई सोबाहेक गरी बाँकी ३१।।४।४ जिरायत ठहर्छ । रौ.मालको इन्साफ गल्ती ठहर्छ भन्नेसमेत ०२१।४।२८ को विरगञ्ज गोश्वाराको फैसला ।
९. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीहरको छुट्टा–छुट्टै पुनरावेदन ।
१०. प्रस्तुत मुद्दा जिरायतमा वा नम्बरीको तेरो मेरोको सम्बन्ध भई आय र कर न्याय व्यवस्था ऐन दफा ४ को परिभाषा अन्तर्गत भित्र नपरेकोले मिसिल सर्वोच्च अदालतमा बुझाइदिनु भन्ने आय र कर अदालतको ०२४।८।१३।४ को आदेश ।
११. आर्थिक ऐन, २०१६ बमोजिम जग्गाको कर दाखिल गर्नेबारे ७ दिने म्याद पाएको मितिले ३५ दिनभित्र दरखास्त गर्न आएको छु । जिमिदारीसाथको जिरायत पाएको जिमिदारी तालुकको जग्गा विपक्षीहरूका नाउँमा दर्ता रहेको देखिनाले सो बदर गरी जिमिदारी साथको जिरायत कायम गरिपाउँ भन्ने शुरु रौतहट मालमा ०१७।५।३।५ मा दरखास्त दिई दावी लिएकोमा वादीको जग्गा वादीको बाजे सर्जुगप्रसादसँग १९७० सालदेखि नै खरीद गरी दाखिल दर्ता गराई भोगी आएको जग्गा भन्नेसमेत प्रतिवादीहरूको बयान जिकिर भएको प्रस्तुत मुद्दामा जिमिदारी साथको जिरायत वा नम्बरी जग्गा के हो भन्ने प्रश्नमा माल गोश्वाराले हेरी निर्णय गरेको मिले नमिलेको के हो भन्ने नै सर्वप्रथम निर्णय दिनुपर्ने देखिन आयो ।
१२. यस्तो हकबेहकको दावा भएको जग्गाको कर दाखिल गर्नेबारेमा दिएको दरखास्तबाट कारवाई चलाई जिरायत वा नम्वरी के हो भन्ने कुराको किनारा गर्न आय र कर न्याय व्यवस्था ऐन, ०१६ को दफा ४ अन्तर्गत नपर्ने हुनाले प्रस्तुत मुद्दा सुरु रौतहट माल र वीरगञ्ज गोश्वाराले हेरी छिनेको कानूनसंगत देखिएन । गैरअड्डाले कानूनबमोजिम आफूले हेर्न हुने मुद्दा बाहेक अरु मुद्दा हेर्न हुँदैन हेरे छिनेको भए पनि बदर हुन्छ” भन्ने अ.बं.३५ नं.मा व्यवस्था भएकोले आफ्नो अधिकारभन्दा बाहिरको मुद्दा हेरी छिनेको सुरु रौतहट मालको ०१९।२।३१।४ को र ०२१।४।२८ को वीरगञ्ज गोश्वाराको कारवाई फैसला बदर हुने ठहर्छ भन्नेसमेत २०२६।३।९।२ को डिभिजन बेञ्चको फैसला ।
१३. सर्वोच्च अदालतबाट ०२६।३।९।२ मा भएको निर्णय दोहर्याइ पाउँ भनी बृजनन्दन सिं राजपुतको निवेदन पर्न आएकोमा, न्यायिक समितिबाट यसमा आर्थिक ऐन, ०१६ बमोजिम जग्गाको कर दाखिल गर्नेबारे ७ दिने म्याद पाएको मितिले ३५ दिनभित्र दरखास्त गर्न आएको छु जिमिदारी साथको जिरायत पाएको जिमिदारी तालुकको जग्गा विपक्षीहरूका नाममा दर्ता रहेको देखिनाले सो बदर गरी जिमिदारी साथको जिरायत कायम गरिपाउँ भन्ने शुरु रौतहट मालमा ०१७।५।३।५ मा वादीको दरखास्त, वादीको जग्गा वादीको बाजे सर्जुगप्रसादसँग १९७० सालदेखि नै खरीद गरी दाखिल दर्ता गराई भोगी आएको जग्गा भन्नेसमेत प्रतिवादीहरूको बयान जिकिर भएको प्रस्तुत मुद्दामा यस्तो हकबेहकको दावा भएको जग्गाको कर दाखिल गर्नेबारेमा दिएको दरखास्तबाट कारवाई चलाई जिरायत वा नम्वरी के हो भन्ने कुराको किनारा गर्न आयकर न्याय व्यवस्था ऐन, ०१६ को दफा ४ अन्तर्गत नपर्ने हुनाले प्रस्तुत मुद्दा शुरु रौतहट माल र वीरगञ्ज गोश्वाराले हेरे छिनेको कानूनसंगत देखिएन गैरअड्डाले कानूनबमोजिम आफूले हेर्न हुने मुद्दाबाहेक अरु मुद्दा हेर्न हुँदैन हेरे छिनेको भए पनि बदर हुन्छ भन्ने अ.बं. ३५ नं.मा व्यवस्था भएकोले आफ्नो अधिकारभन्दा बाहिरको मुद्दा हेरी छिनेको सुरु रौतहट मालको र वीरगञ्ज गोश्वराको कारवाही फैसला बदर हुने ठहर्छ भनी सर्वोच्च अदालतले निर्णय गरेको देखियो, माल गोश्वाराले हेर्न छिन्न नहुने मुद्दा हेरेछिनेकोमा यसभन्दा अघि सर्वोच्च अदालतले यसै मुद्दबाट जो बुझ्नुपर्छ बुझी निर्णय गरिदिनु भनी जिल्ला अदालतमा पठाउने निर्णय गरेको छ भनी निवेदकले प्रमाण दिएको ५ मुद्दामध्ये निवेदक वादीले निवेदनपत्र साथ दाखिल गरेको पुनरावेदक प्रतिवादी प्र.मं.मौजे गोनपुरा मनरपुरा उसराही विर्ता बस्ने रामप्रसाद साहू सुडीको र पुनरावेदक वादी जि.जलेश्वर बस्ने खड्गकुमारी समेतको ०२४ सालको देवानी पुनरावेदन नम्वर २२८६।२४७६ को जिरायत जग्गा कायम गरिपाउँ भन्ने मुद्दाको फैसला प्रतिलिपि हेरिएमा ०२६।२।२६।१ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट वादीको उजूरी तथा प्रतिवादीको प्रतिवादसमेतबाट नम्बरी जिरायतको जग्गासम्बन्धी हकबेहकमा झगडा परेको देखिन आयो । त्यस्तो नम्बरी र जिरायतसम्बन्धी जग्गाको हकबेहक छुट्याउनु पर्नेमा आयकर न्याय व्यवस्था ऐन, २०१६ को दफा ४ अन्तर्गत आय र कर अदालतको अधिकार क्षेत्रभित्र नपर्ने हुँदा माल लगायत गोश्वाराले हेरेछिनेको बदर हुन्छ जो बुझ्नुपर्छ बुझी निर्णय गरिदिनु भनी तारिखमा रहेको दुवैथरलाई तारिखसमेत तोकी सुरु मिसिल सम्बन्धित जिल्ला अदालतमा पठाइदिनु” भन्नेसमेत निर्णय गरेको र उक्त उल्लिखित अरु मुद्दामा पनि यस्तै गरेको देखियो, प्रस्तुत मुद्दामा भने माल गोश्वाराको निर्णय बदर हुन्छ भन्नेसम्म निर्णय गरेको देखिनाले सर्वोच्च अदालतबाट एकै सिद्धान्त अपनाई निर्णय गरेको नदेखिँदा प्रस्तुत मुद्दामा भएको सर्वोच्च अदालतको निर्णय मिलेको भन्न भएन दोहर्याउने आदेश बक्सनुपर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा, श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइदिनु भन्ने हुकूम बक्सेको छ भन्नेसमेत श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२७।३।३०।३ को हुकूम प्रमांगी ।
१४. बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्नानिमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई विपक्षीलाई दिन १५ पन्ध्र र निवेदकलाई दिन ७ सातको म्याद दिई फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाइदिनु भन्ने सम्माननीय प्र.न्या. ज्यूबाट भएको ०२७।४।१।५ को आदेश ।
१५. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।१२।२९।३ मा पेश भई निवेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको वहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको जग्गा मेरो जिमिदारी जिरायत भन्ने वादीको र राजीनामाबाट पाई हक भएको हाम्रो नम्बरी भन्ने प्रतिवादीहरूको भनाई भई मुख्य जिरायत या नम्वरी के हो भन्नेतर्फ हक बेहकको निर्णय हुनुपर्ने प्रश्न समावेश भएकोमा माल गोश्वाराले हेरी हक बेहकको निर्णय गरेको रहेछ ।
१६. ०२६।३।९।३ को डिभिजन बेञ्चबाट निर्णय हुँदा यस्तो हकबेहकको निर्णय हुनुपर्ने प्रश्नमा माल गोश्वाराले हेरी निर्णय गर्न मिल्ने नमिल्ने के हो भन्नेतर्फ नै प्रारम्भीक विचार गरी यस्तो मुद्दा आय र कर न्याय व्यवस्था ऐन, २०१६ को दफा ४ अन्तर्गत नपर्ने हुनाले माल गोश्वाराले हेरे छिनेको अ.बं.३५ नं. बमोजिम बदर हुने ठहर्छ भनी फैसला गरेको पाइयो ।
१७. खास गरी माल गोश्वाराले हेर्न छिन्न पाउने अधिकारक्षेत्र भित्रकै मुद्दा हो भनी निवेदक वादीतर्फका विद्वान अधिवक्ताले देखाउनु भएको माल सवालको दफा ७१ र ७२ को व्यवस्था हकबेहकको निर्णय गर्नुपर्ने यस्तो मुद्दाको लागि नभएको र यस्तो मुद्दा हेर्ने छिन्ने मालगोश्वारालाई अधिकार प्रदान गरेको अन्य कुनै कानून देखिन नआएकोले माल गोश्वाराले हेर्न छिन्न पाउने अधिकारक्षेत्र नभएको भन्नमा कुनै शंका छैन ।
१८. यस्तै अरु अरु कुनै मुद्दामा माल गोश्वाराले आफ्नो अधिकारक्षेत्र भित्र नपर्ने मुद्दा हेरेछिनेको बदर गरी जो बुझ्नुपर्ने निर्णय गरिदिनु भनी अदालतमा पठाइदिने डिभिजन बेञ्चबाट निर्णय भइराखेको र यो मुद्दामा भने माल गोश्वाराले हेरे छिनेकोसम्म बदर गरी यसै मुद्दाबाट निर्णय गरिदिन अदालतमा पठाउने कुरा केही नबोलिएकोले एकै रुप भएन माल गोश्वाराले हेरेछिनेको बदर भएमा अरु सरह यस मुद्दामा पनि यसै मुद्दाबाट जो बुझ्नुपर्ने बुझी निर्णय गरिदिनु भनी सम्बन्धित जिल्ला अदालतमा पठाइनुपर्छ भन्ने जिकिरका हकमा पहिले नै निवेदक आफैले जिरायतको खोजी गरी मेरो जिरायत कायम गरिपाउँ भन्नेतर्फ कानूनबमोजिम रीतपूर्वक उजूर गरेको नभई आर्थिक ऐन, २०१६ बमोजिम लाग्ने कर असुल गर्न आफ्नो भोगमा रहेको जग्गाको लगत दिन आउनु भनी रौतहट मालले २ पटक सूचना जारी गरेपछि मात्र उक्त मालमा गई जग्गाको फाँटवारी खुलाई दर्खास्त दिँदा मेरो जिमिदारी तालुक रहेको जिरायत जग्गा विगाहा ३२ऽ१।४ मध्ये विगाहा २८ऽ३। राम देवसिं राजपुतसमेतले के व्यहोराले आफ्नो नाममा दर्ता गरेको र भोग गरेको छ अड्डाबाट निर्णय गरी जिमिदारी तालुकमा कायम गरिपाउँ भनी उल्लेख गरेकोसम्म देखिएको त्यस्तो जग्गाको कर तिर्ने सम्बन्धमा जग्गाको फाँट दिँदा उल्लेख गरेको सम्म कुरालाई कानूनबमोजिमको रीतपूर्वकको उजूरी मान्न नमिल्ने हुनाले रीतपूर्वकको उजूरी नै नभएको यस्तो कारवाईबाट हकबेहकको निर्णय गराउन अदालतमा पठाउने नपठाउनेतर्फ कुनै विचार गरिरहनु परेन ।
१९. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट माल गोश्वाराले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने मुद्दा हेरे छिनेको अ.बं.३५ नं. बमोजिम बदर गर्ने गरी ०२६।३।९।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ कोर्टफी राखेकोले निवेदक वादीलाई मुद्दा दोहर्याएमा अरु सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
प्र.न्या. रत्नबहादुर बिष्ट,
न्या. चन्द्रप्रसाद प्रधान
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल वैशाख ६ गते रोज ३ शुभम् ।