निर्णय नं. ६५८९ – जग्गा खिचोला ।
निर्णय नं. ६५८९ ने.का.प. २०५५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधिश श्री टोप बहादुर सिंह सम्वत् २०५२ सालको दे.पु.नं….....
निर्णय नं. ६५८९ ने.का.प. २०५५ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधिश श्री टोप बहादुर सिंह
सम्वत् २०५२ सालको दे.पु.नं….. ३०२८
फैसला मिति : २०५४।९।७।२
मुद्दा : जग्गा खिचोला ।
पुनरावेदक/प्रतिवादी : ल.पु. ताप्लेजुङ्ग थेचम्बु गा.वि.स. वडा नं. ६ बस्ने हिमकला उप्रेती समेत ३ ।
विरुद्ध
प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने ज्ञानमोती लिम्बुनी
§ कानून बमोजिम पारित लिखत बेगर घरसारको राजिनामा लिखतबाट सकैलाई अचल सम्पत्तिको हक स्वामित्व प्राप्त हुन नसक्ने स्पष्ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षै सम्म आफ्नो भोग कब्जामा लिइ राखेको हुन सक्छ वा अर्को अर्थमा लिन सफल भएको हुन सक्छ तर त्यस्तो भोग कब्जाबाटै उसलाई स्वतः सो सम्पत्तिको पुरा हक स्वामित्व नै प्राप्त हुन्छ भन्न मिल्ने देखिदैन । कारण हक स्वामित्व र भोग दुई अन्योन्याश्रति अवस्था हो ।
(प्र.नं. ९)
पुनरावेदन प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री मोहमद शेष अव्वास
प्रत्यर्थी वादी तर्फबाट : x
अबलम्बित नजिर : x
फैसला
न्या. अरविन्दनाथ आचार्य : प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :
२. १९५० साल जाचमा याङरुप थेचुम्बु मौजाका सुब्बा एकलमान जिम्मा नन्दलाल तिरो रु.६।५० मा पाखा तर्फको मोठमा दर्ता भउको थेचम्बु गा.वि.स. ६ मा पर्ने खिवुना भन्ने खेत मेरो बाजे बाबु ससुराको शेष पछि म फिरादीले भोग गरी कि.नं. ४८५ क्षेत्रफल २४.०.३.३ मा सर्भे नापीमा नापजाच दर्ता भई म फिरादीको नाउमा जग्गाधनी दर्ता प्रमाणपुर्जा समेत प्राप्त गरी भोग गरी आउदा मिति २०४८।९।२७ गतेका दिन देखि प्रतिवादीहरु उक्त जग्गामा प्रवेश गरी खनजोत खिचोला दावी गर्न लाग्नु भएकोले उक्त कि.नं. ४८५ को क्षेत्रफल २४.०.३.३ को खिवुना खेत म फिरादीको नाउमा नापी दर्ता भएबमोजिम जोतभोग गर खान हक सदर थानी पाउँ भन्ने वादी ज्ञानमोति लिम्बुनीको २०४८।१०।२९ को फिरादपत्र ।
३. विवादीत उक्त कि.नं. ४८५ को खिवुना भन्ने खेत य वादकिा छोरा लिला बहादुर समेतले मिति २०३४।१०।१५ गते प्रेमलालबाट रु.४०,०००। लिनु भई घरायसी राजिनामा गरिदिनु भएको पासमात्र हुन बाकी छ । त्यसै घरायसी राजिनामाले हाल सम्म भो गरी आएको हो । वादी दावी अनुसार जग्गामा खिचोला गरेको होइन । फिरादीको झुट्टा पोल पक्राउबाट अलग फार्सा गराई साविक अनुसार भोगी खान हक सदर सकार थामी पाउ भन्ने प्रतिवादीहरु प्रेमलाल उप्रेती, हिमकला उप्रेती पुण्य प्रसाद उप्रेतीको मिति २०४९।१।१९ गतेको प्रतिउत्तर पत्र ।
४. यी वादीका छोरा समेतले बाली लुटपिट मुद्दामा प्रतिवाद गर्दा खिवुना देत प्रतिवादीकै घरायसी राजिनामा अनुसार वादी लगाई खाई आएको छ भन्ने कुरा लेखि मिति २०४५।७।३० मा डिसमिस भएको छ । यी प्रतिवादीले जग्गा भोगी राखेको छ भन्ने समेत प्रतिवाद देखिदा जग्गा खिचोला गर्यो भन्ने यी वादीले लेख्न सकेको नदेखिदा र प्रतिवादीको रुपैया बुझाएको सम्बन्धमा समेत केही उल्लेख भएको नदेखिदा किचोला गर्यो भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने ताप्लेजुङ्ग जिल्ला अदालतको मिति २०५०।२।३२ को फैसला ।
५. हक नपुग्ने छोरा लिला बहादुरले विवादको खेत प्रतिवादी प्रेमलाललाई गरि।दिएको घरसारको राजिनामाले कानूनी मान्यता पाउन नसक्नेमा किचोला गरेको ठहर्दैन भनी गरेको शुरुको फैसला चित्त बुझेन । मेरो हक सदर थामी पाउ भनी वादी ज्ञानमोती लिम्बुनीले पुनरावेदन अदालत इलाममा परेको मिति २०५०।४।५ को पुनरावेदन पत्र ।
६. मिति २०३४।१०।१५ को घरसारको राजिनामाको लिखतको आधारमा विवादित जग्गा भोग गरेको जिकिर लिएको अवस्था हुदा कानून बमोजिम हकको श्रोत बन्न नसकेको लिखतको आधारमा लुटपिट मुद्दा डिसमिस गराएको कारण आधार दर्शाई दावी नपुग्ने ठहर गरेको शुरु ताप्लेजुङ्ग जिल्ला अदालतको फैसला मुलुकी ऐन रजिष्ट्रेशनको १ तथा ६ नं. को प्रतिकुल देखिदा जग्गा खिचोला नठहराएको फैसला नमिलेको उल्टी हुने ठहर्छ भन्ने मिति २०५१।८।११ को पुनरावेदन अदालत इलामको फैसला ।
७. विवादको जग्गा सर्भे नापीको समयमा वादी सुखमाया लिम्बुनी समेत प्रतिवादी निै वादी र म समेत भै मुद्दा चलिरहेको हुदा फिल्डबुमा झगडा जनिएको र पछि वादीले दुषित दर्ता गराएकोमा दर्ता वदरमा मेरो नालेश जहिलेसुकै पनि लाग्ने, २०३४ साल देखि भोगी आएको जग्गामा १५ वर्ष पछि परेको फिराद ज.मि.को १८ नं. ले हदम्यादको आधारमा खारेज गर्नु पर्नेमा जग्गा खिचोला ठहर्याएको पुनरावेदन अदालत इलामको फैसलामा चित्त बुझेन वादी दावी खारेज गरी पाउ भन्ने समेत प्रेमलाल उप्रेती हिमकला उप्रेती र पुण्य प्रसाद उप्रेतीले मिति २०५२।८।२९ को पुनरावेदन पत्र ।
८. वादी सुखमाया प्रतिवादी यीनै वादी ज्ञानमाया समेत भएको २०४२ सालको दे.नं. ७५८,४७७ को जग्गा खिचोला मुद्दाा प्रतिउत्तर फिराउदा विवादित जग्गा यस मुद्दाका वादीले नै घरायसी लिखतबाट भोगी आएको भनी स्वीकार गरेको र प्रमाणमा आएको लुटपिट मुद्दामा वादीले दावी कायम गराउन नसकी डिसमिस भएको समेत देखिदा खिचोला ठहराएको पुनरावेदन अदालत इलामको फैसला नमिली फरक पर्ने देखिदा अ.वं.२०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५४।१।२५ को आदेश ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री मोहमद शेष अब्बास तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले गर्नु भउको बहस जिकरि समेत सुनियो । प्रस्तुत मुघामा विवादित थेचम्बु गा.वि.स. वडा नं. ६ को कि.नं. ४८५ को २४.०.३.३ को जग्गामा प्रतिवादीबाट खिचोला गरेको ठहर्याएको पु.वेअ. राजविराजको इन्साफ मनासिव वेमनासिव के रहेछ भनी निर्णयतर्फ विचार गरी हेर्दा मुख्यतः विवादित जग्गाको २०४३ सालमा नापी हुदा वादीकै नाममा नापी भई दर्ता कायम रहेको भन्ने देखियो । प्रतिवादीले उक्त जग्गा वादीकै छोरा लिला बहादुरबाट मिति ०३४।१०।१५ मा रु.४०,०००। मा घरसारको राजिनामा गराई लिई सोही बेलादेखि अध्याप भोग गरी आएको भन्ने जिकिर लिएको पाइयो । प्रतिवादी तर्फबाट उल्लेखित घरसारको राजिनामा लिखतका अतिरिक्त यिनै विपक्षी ज्ञानमाया समेत भएको २०४० सालको दे.नं. ७५८।४७७ को जग्गा खिचेला मुद्दामा वादी पक्षबाट विवादित उक्त जग्गा उल्लिखित घरसारको लिखतबाट प्रस्तुत मुद्दाको प्रतिवादीबाट भोग गरी आएको भनी स्वीकार गरेको र त्यसका साथै अघि चलेको लुटपिट मुद्दा डिसमिस गराएको भन्ने समेतको प्रमाण आधार प्रस्तुत भएको रहेछ । यसका अलावा वहसका सिलसिलामा विद्वान वरिष्ठ अधिवक्ताले घरायसी राजिनामा लिखतको आधार प्रमाण लिई कसैले कसैको अचल सम्पत्तिमा दावी गर्न नपाउने हो तर कसैले त्यस्तो घरसारको राजिनामा लिखतबाटै त्यसको आधारमा कुनै अचल सम्पत्तिको अनवरत रुपमा भोग चलन गरी आइरहेको छ भने निजको हकमा हक स्वामित्वका लागि त्यस्तो भोग नै पर्याप्त आधार प्रमाण मान्नु पर्छ भन्ने समेत जिकिर गर्नु भएको छ तापनि वस्तुतः कानून बमोजिम पारित लिखत वेगर घरसारको राजिनामा लिखतबाट कसैलाई अचल सम्पत्तिको हक स्वामित्व प्राप्त हुन नसक्ने स्पष्ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षौ सम्म आफ्नो भोग कब्जामा लिई राखेको हुन सक्छ वा अर्को अर्थमा लिन सफल भएके हुन सक्छ तर तयस्तो भोग कब्जाबाटै उसलाई स्वत? सो सम्पत्तिको पुरा हक स्वामित्व नै प्राप्त हुन्छ भन्न मिल्ने देखिदैन । कारण हक स्वामित्व र भोग दुई अन्योन्याश्रीत अवस्था हो । यसर्थ, प्रस्तुत मुद्दामा प्रतिवादी तर्फबाट लिइएको मुख्य आधार प्रमाण भोगलाई मात्र यथेष्ठ प्रमाण मान्न मिल्ने स्थिति प्रस्तुत मुद्दामा देखि आएन । अतः २०३४ सालदेखि जसले विवादित जग्गा भोग गर्दै आइरहेको छ भने उसले २०४८ सालमा कसरी खिचोला गरेको हुन सक्छ यस्तो अवस्थामा वादीको फिराद हम्यादको आधारमा खारेज नै हुनुपर्ने भन्ने समेतो विद्वान वरिष्ठ अधिवक्ताले गर्नु भएको वहस जिकिर तथा यस सम्बन्धम्ँ अ.वं. २०२ नं. बमोजिम आदेश हुदा यस अदालत स.इ.बाट लिइएको आधार बुदाहरुसग यो इजलास सहमत हुन सकेन । शुरु ताप्लेजुङ्ग जिल्ला अदालतको इन्साफ मनासिव हुदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.टोप बहादुर सिंह
इति संम्वत २०५४ साल पौष ७ गते रोज २ शुभम्