निर्णय नं. ६५८ – ज्यान
निर्णय नं. ६५८ ने.का.प. २०२९ सिगंल बेञ्च माननीय न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिहंह आदेश मिति ०२८।१२।२२।४ निवेदक : रामबहादुर राजलवट विरुद्ध विपक्ष :...
निर्णय नं. ६५८ ने.का.प. २०२९
सिगंल बेञ्च
माननीय न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिहंह
आदेश मिति ०२८।१२।२२।४
निवेदक : रामबहादुर राजलवट
विरुद्ध
विपक्ष : लक्ष्मीप्रसाद समेत
मुद्दा : ज्यान
(१) उजूरवालाले गैरसरकारी वकिल राखी वहस गराउन पाउँने ।
(प्रकरण नं. १)
आदेश
न्या.श्री इश्वरी जङ्गबहादुर सिहं
१. वादी श्री ५ को सरकार प्र.लक्ष्मीप्रसाद समेत भएको ज्यान मुद्दामा म जाहेरवालाले गैरसरकारी वकिल राखी वहस गराउन पाउँ भन्नेसमेत रामबहादुर राजलवटले चढाएको निवेदनपत्र सर्वोच्च अदालत सिंगल बेञ्चमा पेश हुँदा यसमा कानूनले मिल्ने भए वकिल राखी बहस गर्न दिने र नमिल्ने भए कारण खोली प्रतिवेदन पठाउनु भन्ने ०२८।११।३।३ का आदेशनुसार शुरु अदालतबाट कानूनले मिल्ने भनी वकालतनामा लिई पैरवी गराउन बाधा परेकाले वकालतनामा लिई दिनु भन्ने किटानी आदेश भएमा इन्साफको तहमा छानविन गर्न सुविधै पर्ने व्यहोरा समेत जाहेर गरेका छौं भन्नेसमेत सुनसरी जिल्ला अदालतले प्रस्तुत गरेको प्रतिवेदन २७९ नं.मा दर्ता भई हुन आएको पेश भयो ।
यसमा आफूले वकिल राख्न पाउँ भन्ने उजूरवालाकै जिकिर देखिनाले वकिल राख्छन् भने उजूरवालाको तर्फबाट गैरसरकारी वकिल राखी बहस गर्न दिई कानूनबमोजिम गर्न आदेश भएको सूचना निवेदकलाई दिनु होला भनी यो आदेश सहितको प्रतिवेदन सुनसरी जिल्ला अदालतमा पठाई दिनु ।
इति सम्वत् २०२८ साल चैत्र २३ गते रोज ४ शुभम् ।