June 11, 1970
Created by nepalarchives

निर्णय नं. ६३० – लिखत पास

निर्णय नं. ६३०            ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री राजा ईश्वरी जङ्गबहादुर सिंह सम्वत् २०२५ सालको...

निर्णय नं. ६३०            ने.का.प. २०२८

फुल बेञ्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री राजा ईश्वरी जङ्गबहादुर सिंह

सम्वत् २०२५ सालको दे फु.नं. ८४

फैसला भएको मिति : २०२७।२।२९।५

निवेदक      : चीसापानी पालुङ्ग कुईभीर बस्ने बहादुर सिंहको मु.स.गर्ने भिमबहादुर तामाङ्ग

विरूद्ध

विपक्षी : ऐ पालुङ्ग सोल्टु गाउँ बस्ने इन्द्रबहादुर बस्नेत

मुद्दा : लिखत पास

(१)   राजिनामा गरी दिएको भन्ने कुनै जग्गा र तिरो प्रष्टरूपले दर्तामा मिल्न भिड्न नआएमाउक्त राजिनामा लिखत रजिष्ट्रेशन पास हुन नसक्ने ।

            उक्त राजिनामा लिखत रजिष्ट्रेशन पास हुनसक्ने नसक्ने के हो भन्नेतर्फ हेर्दा उक्त राजिनामा लिखतमा मेरो नाउँमा दर्ता भएको तिरो रु.।६३ मध्येको पूर्व ठूलो बाटो, पश्चिम ठाडो खोला, उत्तर मानेडाँडो, दक्षिण कृष्णबहादुरको साँध यति ४ किल्लाभित्रको साउनेपाखा भन्ने बारी हल ३ को मेलो मकै बिउ पाथी ।३ जाने कित्ता १ पूर्व बाटो, पश्चिम पूर्णबहादुरको साँध, उत्तर बाटो, दक्षिण बाटो यति ४ किल्ला भित्रको मुसुरे भन्ने बारी हल १ को मैलो बिउ पाथी ।१ जाने कित्ता १ पूर्व मीनबहादुरको गोठमा जाने तेर्सो बाटो यति ४ किल्ला भित्रको देवीथान पाखा बारी हल २ को मेलो मकै बिउ पाथी २ जाने कित्ता १ समेत जम्मा कित्ता ३ माथि लेखिएको तिरोमध्ये रु.।५० को जग्गा राजिनामा गरिदिएको भन्ने उल्लेख भएको पाइयो । कीर्तिपुर मालबाट आएको दर्ता उतार हेर्दा १९९६ र २००६ दुवै सालको घरदरमा प्रतिवादी बहादुर सिंहको नाममा घरबारी १ के जम्मा तिरो रु.।८३ दर्ता भइराखेको देखिन्छ । उक्त राजिनामा लिखतमा उल्लेख भएबमोजिम छुट्टाछुट्टै कित्ताहरू जनाई तिरो रु.।६३ दर्ता भएको देखिन आएन । राजिनामामा तिरोसम्म फरक देखिन गए पनि प्र.बहादुर सिंहको नाउँको उक्त तिरो रु.।८३ दर्ताकै एकै कित्तामध्येको जग्गा कित्ता फोर गरी राजिनामा लिएदिएको भन्ने वादीतर्फका विद्वान अधिवक्ताको बहस जिकिर भएको हकमा दर्ताबमोजिमको कुनै जग्गा दर्तावालाबाट हकछुटाई राजिनामा लिंदा दर्ताबमोजिमकै तिरो उल्लेख भएको हुनुबेगर राजिनामा लिनेको नाममा नामसारी दाखेल दर्ता हुनसक्ने त छंँदैछ, किल्लामा पनि मैले उक्त तिरो रु.।८३ दर्ताको सम्पूर्ण जग्गाको ४ किल्ला खुलाई त्यसमध्ये योयो ४ किल्ला भित्रको योयो कित्ता भनी उल्लेख गरेको नभई राजिनामा लिएको भनेको ३ कित्तासम्मको फरकफरक ४ किल्ला उल्लेख गरेको र जग्गाको नाम पनि घरबारी नभनी अरूनै तिनै कित्ताको फरकफरक लेखिएको समेतबाट तिरो रु.।८३ दर्ताकै एकैकित्ता मध्येको जग्गा कित्ताफोर गरी राजिनामा लिएदिएको भन्ने जिकिर समर्थित हुन पनि नसकेकोसमेत हुनाले तिरो रु.।६३ दर्ता मध्येको भनी उल्लेख गरेको राजिनामाबाट तिरो रु.।८३ दर्तामध्येको जग्गा राजिनामा लिएदिएको कायम हुनसक्ने देखिदैन । तसर्थ उपरोक्त उल्लेख भएबमोजिम जग्गा तिरोसमेत प्रष्टरूपले दर्तामा मिल्न भिड्न नआएको उक्त ०१६।१०।१९।३ को राजिनामा लिखत रजिष्ट्रेशनको ऐनबमोजिम रीत नपुगेको ऐनले रजिष्ट्रेशन पास हुन नसक्ने हुँदा पास गराइपाउँ भन्ने वादी दावी पुग्नै सक्दैन ।

(प्रकरण नं. १६)

निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट

विपक्षी तर्फबाट      : अधिवक्ता श्री सुधानाथ पन्त

उल्लेखित मुद्दा :    

फैसला

     न्यायाधीश श्री नयनबहादुर

      १.     अन्यायको बहादुर सिंले ०१६।१०।१९।३ मा रु.१७०१। लिई निजका नाउँको तिरो रु.६३ मध्ये पूर्व ठूलो बाटो, पश्चिम ठाडो खोल्सो, उत्तर माने डाडो, दक्षिण कृष्णबहादुरको साँध यति ४ किल्ला भित्रको साउने पाखा बारी भन्ने हल ३ को कित्ता १ पूर्व बाटो पश्चिम पूर्णबहादुरको साँध उत्तर बाटो दक्षिण बाटो यति ४ किल्ला भित्रको मसुरे बारी हल १ को कित्ता १, पूर्व मिनबहादुरको साँध पश्चिम गंगबहादुरको साँध उत्तर पानी लिन जाने तेर्सो बाटो दक्षिण गंगबहादुरको गोठमा जाने तेर्सो बाटो यति ४ किल्ला भित्रको देवीथान पाखा बारी हल २ को कित्ता १ समेत ३ कित्ता माथि लेखिएको तिरोमध्ये रु.।५० को जग्गा राजिनामा गरी दिएको सो राजिनामा रजिष्ट्रेशन पास गरी दिएन, पास गराई पाउँ भन्ने इन्द्रबहादुरको ०१७।५।१३ को फिरादपत्र ।

      २.    वादी दावीको लिखत गरी दिएको होइन, वादीको दाजु गंगबहादुरसँग खर चोरी मुद्दा परेको ०१४ सालमा मिलापत्र गर्ने भनी मिलापत्र गर्ने विषयको कुरा सुनाई सही गराई लिएको थियो, राजिनामा कागजमा सही गराएको रहेछ, झुक्याएको नभए ८९ सालमा वेगल भएको छोरा पूर्णबहादुरका नाउँमा दर्ता भएको देवीथान मुसुरे लेखिनु पर्ने थिएन भन्नेसमेत बहादुर सिंहको ०१८।७।१० को प्रतिवादी ।

      ३.    ८९ सालमा वेगल बसेको छु, दावीको देवीथान मुसुरे बारी ९६ सालको घरदरमा मेरा नाउँमा दर्ता भई ३ भाइले भोग चलन गरेका छौं, बाबुको झुक्याई गराई लिएको लिखत बदर गरिपाउँ भन्ने समेत पूर्णबहादुरको बयान ।

      ४.    बण्डापत्र बेगर बाबु छोरा बेगल भएको भन्ने नहुने छोराको नाउँमा दर्ता भएको छ भन्दैमा छोराको हकको रहेछ भन्ने मुनासिव पर्दैन, पास गरी दिनुपर्ने गरी नदिएकोले पास गराई दिनुपर्ने ठर्हछ भन्ने चिसापानी इलाका अदालतको ०१७।११।३।३ को फैसला ।

      ५.    उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा जालसाजीतर्फ इन्द्रबहादुर समेत जो बुझनु पर्ने बुझी ३ महिना भित्र तहकिकात गरी त्यसमा पुनरावेदन परे सो साथ र नपरे यो पुनरावेदन तहकिकात गर्न पठाउनु भनी मिसिल इ.अ.चिसापानीमा पठाई दिनु भन्ने जि.अ.पाटनको ०१८।४।८।१ को आदेश ।

      ६.    प्र.वीरबहादुर बाहेक अरू प्रतिवादीहरू र साक्षीहरूबाट समेत मिलापत्र भनी राजिनामा गराएको होइन, साहु इन्द्रबहादुर ऋणीबहादुर सिंहको बीच रु.१७०१। लिनु दिनु गरी सहीछाप भएको राजिनामा सद्दे हो भनी बयान बकपत्र गरेको गगनबहादुरबाट पेश हुन आएको १४ सालको मिलापत्र बहादुर सिंहलाई सुनाउँदा हो भनी सावित बयान गरेको छ, सो कागजमा छोरा सेरबहादुर साक्षी बसेको देखिएपछि मिलापत्र भनी ०१६।१०।१९ को मतियारी जासालजी राजिनामा गरायो भन्ने झुठ्ठै उजुरगरेको ठर्हछ भन्ने अ.चिसापानीको०१८।७।२८।४ को फैसला ।

      ७.    उक्त लिखत मैले गरी दिएको होइन जालसाजी कीर्ते खडा गरेको हो, इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी बहादुर सिंको ०१८।८।२८ को पुनरावेदन ।

      ८.    ल्याप्चे सहीछाप रेखा विशेषज्ञलाई जचाउँदा सहीछाप भिड्छ भन्नेसमेत रायहरू गरेको र मिलापत्र भनी झुक्याई सहीछाप गराए भन्ने जिकिर भएकोमा मिलापत्रै गगनबहादुरबाट दाखेल हुन आएको, सो मिलापत्र सुनाउँदा सद्दे हो भन्ने बयान गरेको समेतबाट मिलापत्र भनी तमसुकमा सही गराएको भन्ने शंकै उठेन, लिखत साक्षी समेतले व्यवहार सद्दे हो भन्ने बयान गरेको समेतबाट व्यवहार सद्दे नै रहेछ भन्ने देखिन आयो, मेरो नाउँमा दर्तै नभएको २ कित्ता जग्गा लेखाई लिएको भन्ने प्र.जिकिर भएको जग्गा कसका नाउँमा दर्ता छ भनी बुझ्दा बहादुर सिंका नाउँमा दर्ता देखिन्छ भन्ने जवाफ आएकाले समेत इन्साफ शुरूको मुनासिव छ भन्ने का.जि.अ.पहिलाको ०१९।१२।१४।४ को फैसला ।

      ९.    सोउपर चित्तबुझेन भन्ने बहादुर सिंहको निवेदन परेकोमा न्यायप्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को दफा१६ बमोजिम जिल्ला अ.बाट हद मुनि गरी छिनेको मुद्दाको लगतमध्ये सयकडा ५ बाट इन्साफ जाँचको निस्सा दिएको छ, दुवै पक्ष राखी डिभिजन बेञ्चमा पेश गर्नु भन्नेसमेत श्री माननीय भू.पु.प्रधान न्यायाधीशज्यूको ०२०।१।१८।४ को आदेश ।

      १०.    रजिष्ट्रेशन पास गरिपाउँ भनी वादीले दावी लिएको राजिनामा लिखत सद्दे कीर्तेमा देखाई बयान गराउँदा चोरी मुद्दाको मिलापत्र भनी ०१४ सालमा सहीछाप गराएको कागज हो भनी सहीछापलाई सकार गरेको सो चोरी मुद्दा परेको विषयमा भएको मिलापत्र छुट्टै पेश हुन आइ सुनाउँदा सोही कागज चोरी मुद्दासम्बन्धीको मिलापत्र सद्दे हो भनी पछि बयान गरेकोबाट चोरी मुद्दा विषयमा ०१४ सालमा भएको मिलापत्र छुट्टै र ०१६।१०।१९।३ मा भएको यो राजिनामा लिखत छुट्टै देखियो ।२ थान कागज मिलापत्र भनी सहीछाप गराएको थियो भन्ने प्रतिवादीको भनाई नभएको रेखा विशेषज्ञलाई जचाउँदा एउटा नबुझिने र अर्को बुझिने सहीछाप मिल्छ भनी लेखिदिएको र दायाँ बुढी औंलाको सहीछाप नबुझिनेको हकमा बायाँ बुढी औंलाको बुझीने गरी सहीछाप गराएको लिखत तत्कालीन कागज जाँचको २० (क) नं.ले प्रमाण लाग्न सक्ने पेट व्यहोरामा एउटा सहीछाप परेको र पुछारमा लागेको २ सहीछाप पुछार हरफ भन्दा केही माथि परेकोबाट शंका गर्न पनि लिफामा सहीछाप गराई लिएको पछि राजिनामा लिखत खडा गरेछन् भन्ने जिकिर नभएकोले सहीछाप गराउँदा असावधानीले बीचमा र केही माथि पुछारमा सहीछाप लाग्न जान सक्ने कीर्तेकै कारणले सोही लिखत चोरी मुद्दामा मिलापत्र भनी सहीछाप गराएको जालसाजी लिखत खडा गरेको हो भन्ने प्रतिवादीको भनाई मिल्न आएन । लिखतमा लेखिएको मध्ये २ कित्ता जग्गा छोरा पूर्णबहादुरको नाउँमा दर्ता भएको निजकै अंश हकको हो भन्ने जिकिरअनुसार किर्तिपुर माल बुझीदा जम्मा रु.८३ पैसा प्रतिवादी बहादुर सिंहका नाउँमा ९६ सालको घरदरमा साविक पद्मसिं गुरूङ्गको हाल बहादुर सिं र त्यसपछि २००६ सालमा पनि निजै बहादुर सिंह दर्ता कायम रहेको छोरा पूर्णबहादुरका नाममा दर्ता नामसारी भएकै नदेखिएको र कानूनी रीतपूर्वक अंशवण्डा गरी लिनु दिनु गरेको सबुद पनि केही दिन नसकेको गुरूङ जातको पद्म सिंबाट प्रतिवादी बहादुर सिंह तामाङका नाउँमा दर्ता हुन आएको त्यस्तो आफ्ना हकको दर्ता जग्गा निजबहादुर सिंहले बिक्री गर्दा छोरा हकदार साक्षी नराखेको सदर हुँदैन भन्ने कानूनी बन्देज केही नभएकोले तत्कालिन अ.बं.३४ र १०७ नं.ले छोरा हकदार साक्षी नरोखको एउटा सहीछाप नबुझिएकोले लिखत सदर नहुने भन्नेतर्फ र ०१६ सालको राजिनामा गर्ने मानिस २० सालमा कान, आँखा कम भएको बुढो देखियो भन्ने भनाई बुझी सङ्गत मान्न भएन । रु.८३ पैसा तिरो हुनेले ६३ पैसा मध्ये रु.५०। पैसा तिरोको जग्गा राजिनामा गरी दिएको त्यसरी मध्ये जनाई राजिनामा गरी दिन लिन पाउने र लिखतमा लेखिएबमोजिम तिरोको सम्म राजिनामा कायम हुने भएकोले उपरोक्त सबूद प्रमाणहरूबाट जालसाजी भन्ने जिकिर पुग्न नसक्ने हुँदा लिखत पास हुने ठहराई चिसापानी अदालतले छिनेको सदर गरी काठमाडौं जिल्ला अदालत पैल्हाबाट छिनेको इन्साफ मुनासिव छ भन्ने डिभिजन बेञ्चको ०२३।५।१ को फैसला ।

      ११.    सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने बहादुर सिंहको मुद्दा सकार गर्ने भिमबहादुर तामाङको निवेदन परेमा न्यायिक समितिबाट यसमा ८१ वर्षको उमेर भएको व्यहोराको बाबुलाई छोरा साक्षी नराखेको फेरी दाँया बुढी औंलाको सहीछाप नबुझिने राजिनामाको जग्गा मसुरे देवीथान बाबुको हकको नभएकोमा झुक्याई राजिनामा गराएको देखिएकोमा सद्दे लिखत ठहराई गरेको फैसला दोहर्‍याई पाउँ भन्ने मुख्य निवेदकको लेखाई भएको निवेदकको बाबु बहादुर सिंहले वादीलाई गरी दिए भनेका राजिनामा हेर्दा मो.रु.१७०१ कर्जा लिए वापत चानचुन साहु तिर्न र घर खर्च गर्न कर्जा लिएँ, सो वापत मेरा नाउँमा दर्ता भएको तिरो रु.६३ मध्येको पूर्व ठूलो बाटो पश्चिम ठोडो खोल्सो उत्तर माने डाडाँ दक्षिण कृष्णबहादुरको साँध यति ४ किल्ला भित्रको साउने पाको भन्ने बारी हल ३ को मेलो मकै बिउ पाथी २ जाने कित्ता पूर्व बाटो पश्चिम पूर्णबहादुरको साँध उत्तर बाटो दक्षिण बाटो ४ किल्ला भित्रको मसुरे भन्ने बारी हल १ को मेलो मकै बिउ पाथी १ जाने कित्ता । पूर्व भिमबहादुरको साँध पश्चिम गगनबहादुरका साँध उत्तर पानी लिन जाने तेर्साे बाटो दक्षिण गगनबहादुरको गोठमा जाने तेर्सो बाटो यति ४ किल्ला भित्रको देवीथान पाखा बारी हल २ को मेलो मकैको बिउ पाथी २ जाने कित्ता १ को जग्गा तिरो रु.५० तिरोको ३ कित्ता जग्गा राजिनामा गरी दिएँ भन्ने व्यहोरा बोली परेको थियो । मिसिल साथ किर्तिपुर मालबाट आएको दर्ता उतार हेर्दा पद्म सिंह गुरूङको हालबहादुर सिंह लामा घर १ को शेर्मा, साफा वकल वेठी घुमेगजिं जम्मा रु.८३। भन्ने ९६ सालमा र बहादुर सिं तामाङ भनी सोहीबमोजिम जम्मा रु.८३।२००६ सालमा दर्ता भएको देखिएको यस दर्ता उतारबाट घरबारी १ कित्तासम्म दर्ता भएको देखिएको त्यस बाहेक अरू फटके जग्गा दर्ता भएको देखिंदैन, घरबारी दर्तासम्म हुने बहादुर सिंहले अरू फटके मसुरे देवीनाथ साउने भन्ने पाखा जग्गा बिक्री विकाता गर्न र साहुले लिन पनि नहुने कानूनमा व्यवस्थित भई रहेको त्यसमा पनि तिरो रू ६३। दर्ता नै नदेखिएको सो रु.६३ मध्ये ५०। मध्ये बेहोराको राजिनामालाई कानूनी भनी पनि नहुनेमा पनि तत्कालिन रजिष्ट्रेशनको १९ नं.र हालको रजिष्ट्रेशनको १७ नं.को ऐनले जग्गा बिक्री गर्नेले दिनेलाई हकको प्रमाण अर्थात जुन जग्गा बिक्री हुने हो सो जग्गा दिनेको हक पुगेको प्रमाण वा तिरो तिरेको रसिद बेगर रजिष्ट्रेन पास गर्नु गराउन हुँदैन भन्ने कानूनमा व्यवस्था भइरहेको सोबमोजिम बहादुर सिंहसँग उक्त उल्लेखित जग्गाको तिरो तिरेको रसिद हकको प्रमाण कुनै दिन लिन नसकेको साथै खुसीले जानीजानी राजिनामा लिखत गरिदिएको भए ऐनबमोजिम रीतपुर्‍याई दिनु र लिनु पर्ने सो भएगरेको नभएको खरचोरी मुद्दाको घरसारको मिलापत्रमा छोरालाई पटकेसाक्षी राखेको मोरू १७०१ लिई जग्गा राजिनामा गरी दिंदा लिंदा उमेर पुगेका छोराहरू पनि साक्षी राख्नु पर्ने छोराहरूलाई थाहा जानक हुनुपर्ने ८१ वर्षको बृद्ध बहादुरको कागज गराउँदा हकदार छोरा नराखेकोबाट पनि साँचो सोलत्रको व्यवहार रहेछ भन्न नमिल्ने उसमा पनि कारणीको दायाँ हातको ल्याप्चे नबुझिने र लागेको ल्याप्चे पनि हुनुपर्ने ठाउँमा नभई अस्वभाविक सत्य व्यवहार भए छोरा साक्षी हुनु पर्ने ठिक ठिक ठाउँमा प्रष्ट रूपरेखाको ल्याप्चे सहीछाप र उल्लेखित कानूनबमोजिम प्रमाणका रसिद हुनुपर्ने फेरी लिखतमा भएको साक्षी वीरबहादुरको व्यवहार सत्य जस्तो लाग्दैन । कारण मैले लिनु दिनु गरेको देखिनु सानु बाबुको भनाईबाट त्रिभुवन राजपथको बाटो शिकर कोतमा सही गरी दिएको हुँ भनी बयान गरेको साँचो व्यवहार भए दिनु लिनु गर्दा देख्ने साक्षी भनेको वीरबहादुरले त्यस किसिम बयान गर्न नपर्ने समेतबाट प्रतिवादी जिकिरबमोजिम मिलापत्र भनी वा अरू कुनै कागज गराउँदा कुनै किसिमबाट बहादुर सिंहलाई भुक्याई राजिनामा लिखत गराई लिएको देखिएको समेत प्रमाण परिबन्धबाट उक्त राजिनामा सद्दे र रजिष्ट्रेशन पास हुने ठहराई गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिंदा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राज दरवारबाट लेखी आएको ०२५।१।१८।३ को हुकुम प्रमांगी ।

      १२.   बक्स भई आएको हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीतपुर्‍याई लगतमा दर्ता गरी मिसील झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यू बाट भएको ०२५।१।१९।४ को आदेश ।

      १३.   पास गरिपाउँ भनेको धनी इन्द्रबहादुर बस्नेत क्षेत्री ऋणी सिंह तामाङ भएको मो रु.१७०१ को मिति ०१६।१०।१९।३ को राजिनामा डिभिजन बेञ्चबाट किनारा भएपछि वादीले फिर्ता बुझी लगेको मिसीलबाट देखिएको र मकवानपुर मालमा दाखिल गरी ०२३।११।१९।६ मा पास भएकोछ । भनी वादीतर्फका विद्वान अधिवक्ता श्री सुधानाथ पन्थले बेञ्चसमक्ष नक्कल देखाउनु भएकोले उपरोक्त मितिमा पास भएको भनेको सो सक्कलै राजिनामा मकवानपुर मालबाट झिकाइ आएपछि नियमबमोजिम पेशगर्नु भन्ने फु.बे.को ०२६।२।२४।६ को आदेश ।

      १४.   यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही २७।२।२३ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले र वादीतर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्थले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीको ०१६।१०।१९।३ को राजिनामा लिखत सद्दे हो होइन रजिष्ट्रेशन पास हुन सक्ने नसक्ने के हो ? सो कुराको निर्णय दिनु पर्ने भएको छ ।

      १५.   उक्त लिखत सुनाउँदा वादीको दाजु भाइ नाता पर्ने गगनबहादुर बस्नेत क्षेत्रीसँग खर चोरी मुद्दा परेको ०१४ साल फाल्गुनमा निज गगनबहादुरको घरमा लगी सो मुद्दाको मिलापत्र भनी झुक्याइ सही गराएको भन्ने प्रतिवादीको वा.शेरबहादुरले बयान गरेको रहेछ, गगनबहादुर बुझिएकोमा खर चोरी मुद्दामा भएको मिलापत्र छुट्टै छ भनी ०१४।१२।६।४ को अर्को छुट्टै घरायसी मिलापत्र कागज पेश गरेको सो कागजलाई प्रतिवादीले स्वीकारै गरी बयान गरेको समेतबाट उपरोक्त उल्लेख भएबमोजिम मिलापत्र भनी झुक्याई सहीछाप गराएको रहेछ भन्न नमिल्ने र पछि पुनरावेदन समेतमा कीर्ते भनेको हकमा विशेषज्ञलाई जचाउँदा दाँया औंठाको ल्याप्चे सही मसी बाक्लो अस्पष्ट र बायाँ औंठाको ल्याप्चे सही बहादुर सिंहको बायाँ औंठाको ल्याप्चेसँग भिड्छ भन्ने राय व्यक्त गरी लेखी दिएको समेतबाट कीर्ते हो भन्ने सबुद पुग्न पनि नआएको समेत हुँदा उक्त राजिनामा लिखत सद्दे नै ठहराएतर्फ ०२३।८।५।१ को डिभिजन बेञ्चको रायसँग यो बेञ्च सहमत हुन्छ ।

      १६.    अब उक्त राजिनामा लिखत रजिष्ट्रेशन पास हुन सक्ने नसक्ने के हो भन्नेतर्फ हेर्दा उक्त राजिनामा लिखतमा मेरो नाउँमा दर्ता भएको तिरो रु.६३। मध्येको पूर्व ठूलो बाटो पश्चिम ठाडो खोला उत्तर माने डाडो दक्षिण कृष्णबहादुरको साँध यति ४ किल्लाभित्रको साउने पाखा भन्ने बारी हल ३ को मेलो मकै बिउ पाथी ।३ जाने कित्ता १ पूर्व बाटो पीश्चम पूर्णबहादुरको साँध उत्तर बाटो दक्षिण बाटो यति ४ किल्ला भित्रको मुसुरे भन्ने बारी हल १ मैले बिउ पाथी । १ जाने कित्ता १ पूर्व मिनबहादुरको गोठमा जाने तेर्सो बाटो यत्ति ४ किल्ला भित्रको देवीथान पाखा बारी हल २ को मेलो कै बिउ पाथी २ जाने कित्ता १ समेत जम्मा कित्ता ३ माथि लेखिएको तिरोमध्ये रु.५० को जग्गा राजिनामा गरी दिएको भन्ने उल्लेख भएको पाइयो, किर्तिपुर मालबाट आएको दर्ता उतार हेर्दा १९९६ र २००६ दुवै सालको घर दरमा प्रतिवादी बहादुर सिंहको नाममा घरबारी १ के जम्मा तिरो रु.८३। दर्ता भइराखेको देखिन्छ । उक्त राजिनामा लिखतमा उल्लेख भएबमोजिम छुट्टाछुट्टै कित्ताहरू जनाइ तिरो रु.६३। दर्ता भएको देखिन आएन । राजिनामामा तिरोसम्म फरक देखिन गएपनि प्रतिवादी बहादुर सिंहको नामको उक्त तिरो रु.८३। दर्ताकै एकै कित्ता मध्येको जग्गा कित्ता फोर गरी राजिनामा लिए दिएको भन्ने वादीतर्फका विद्वान अधिवक्ताको बहस जिकिर भएको हकमा दर्ता बमोजिमको कुनै जग्गा दर्तावालाबाट हक छुटाइ राजिनामा लिंदा दर्ता बमोजिमकै तिरो उल्लेख भएको हुनु वेगर राजिनामा लिनेको नाममा नामसारी दाखेल दर्ता हुन नसक्नेत छँदैछ किल्लामा पनि मैले उक्त तिरो रु.८३। दर्ताको सम्पूर्ण जग्गाको ४ किल्ला खुलाई त्यसमध्ये योयो ४ किल्लाभित्रको योयो कित्ता भनी उल्लेख गरेको नभई राजिनामा लिएको भनेको ३ कित्तासम्मको फरकफरक ४ किल्ला उल्लेख गरेको जग्गाको नाम पनि घरबारी नभनी अरुनै तिनै कित्ताको फरकफरक लेखिएको समेतबाट तिरो रु.८३। कै एकै कित्ता मध्येको जग्गा कित्ता फोर गरी राजिनामा लिए दिएको भन्ने जिकिर समर्थित हुन पनि नसकेको समेत हुनाले तिरो रु.६३। दर्ता मध्येको भनी उल्लेख गरेको राजिनामाबाट तिरो रु.८३। दर्ता मध्येको जग्गा राजिनामा लिए दिएको कायम हुन सक्ने देखिंदैन । तसर्थ उपरोक्त उल्लेख भएबमोजिम जग्गा तिरोसमेत प्रष्टरूपले दर्तामा मिल्न भिड्न नआएको उक्त ०१६।१०।१९।३ को राजिनामा लिखत रजिष्ट्रेशनको ऐनबमोजिम रीत नपुगेको ऐनले रजिष्ट्रेशन पास हुन नसक्ने हुँदा पास गराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । पास हुने ठहराएतर्फ ०१३।८।५।१ को डिभिजन बेञ्चसँग यो बेञ्चको राय सहमत भएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी इन्द्रबहादुर बस्नेत क्षेत्रीको ऐनले पास हुन नसक्ने लिखत पास गरिपाउँ भनी दावी गरेमा तत्काल प्रचलित साहुआसामीको ५४ नं. बमोजिम रु.५ पाँच जरीवानाहुन्छ, रूजुहुँदा असुलगरी का.श्रे.अ.त.मा लगत दिनु……….१

प्रतिवादी देहायका मानिसको लिखत पास गरिपाउँ भन्नेतर्फ चीसापानी इलाका अदालतको ०१७।११।३।३ को फैसलाले गर्ने गरेको देहायबमोजिमको दण्ड नलाग्ने हुँदा असुल भइसकेको कानूनको रीतपुर्‍याई फिर्ता दिनु भनी हालको मकवानपुर जिल्ला अदालतमा लेखी पठाउनु ऐ………………..२

बहादुर सिं तामाङ के रु.५, पुर्णबहादुर ऐ के रु.५।

देहायका मानिस के का.जि.अ.पहिलाको ०१९।१२।१४।४ को फैसलाले गर्ने गरेकोमध्ये देहायबमोजिमको नलाग्ने हुँदा असूल भैसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ ऐ………………………३

प्र.बहादुर तामाङ के रु.२१।७७ मध्ये पास गरिपाउँ भन्नेतर्फ शुरू दण्ड रु.५। को दस्तुर रु.।५०, प्र.पूर्णबहादुरके ऐ ऐ ।५०

प्रतिवादी बहादुर सिं तामाङको सकार गर्ने भीमबहादुर तामाङ के मुद्दा दोहर्‍याउँदा ०२५।२।१३।१ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रु.१ वादी इन्द्रबहादुरबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को दफा १५ (११) बमोजिम ३ वर्षभित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ……………………….४

बहादुर सिंले इन्द्रबहादुरलाई गरी दिएको थैली रु.१७०१ को १६।१०।१९।३ को राजिनामा लिखत डिभिजन बेञ्चको फैसला र जनाउबमोजिम मकवानपुर माल ०२३।११।१९।६ मा रजिष्ट्रेशन पास भइसकेको देखिएकोले यो फैसलाबाट उक्त लिखित पास हुन नसक्ने ठहरेको व्यहोरा अड्डामा रहेको पास लिखतमा जनाई लगत काटि दिनु भनी मकवानपुर माललाई लेखि पठाई दिनु……………………५

देहायका मानिसको इन्साफ केही उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत, जनरल विभागमा सूचना दिनु………..६

तत्कालीन चीसापानी इलाका अदालतका न्या.जनकमान श्रेष्ठ १, का.जि.अ.पै.का न्या.सर्वज्ञराज पण्डितज्यू १,

नियमबमोजिम मिसिल बुझाई दिनु …………………….७

 

उपरोक्त ठहरमा हामीहरूको सहमतछ ।

 

न्या.श्री रत्नबहादुर र

न्या.श्री राजाईश्वरी जङ्गबहादुर सिंह

 

इति सम्वत् २०२७ साल जेष्ठ २९ गते रोज ५ शुभम् ।