July 16, 1971
Created by nepalarchives

निर्णय नं. ६२४ – जग्गा खिचोला

निर्णय नं. ६२४                 ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान न्यायाधीश श्री ब्रह्मदत्त तिवारी सम्वत् २०२६ सालको देवानी फु.नं.९२...

निर्णय नं. ६२४                 ने.का.प. २०२८

फुल बेञ्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

न्यायाधीश श्री ब्रह्मदत्त तिवारी

सम्वत् २०२६ सालको देवानी फु.नं.९२

फैसला भएको मिति : २०२८।३।३२।६

वादी : भ.पु.तचपाल यालाछे बस्ने लोकलक्ष्मी भन्ने कान्छी सुवाल्नी

विरूद्ध

प्रतिवादी : ऐ.बस्ने गोपाल सुवाल

मुद्दा : जग्गा खिचोला

(१)   अरूको हकको जग्गालाई आफ्नो हकको भनी दावी गर्नेले अरुको जग्गामा खिचोला गरेन होला भन्न नमिल्ने ।

            तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम आफ्नो हक नपुग्ने जग्गा मेरो भनी दावी गर्ने वादी गोपालले जग्गामा खिचोला गरेन होला भन्न ठहराउन नमिल्नेसमेत हुँदा वादी दावी बमोजिम खिचोला गरेकै ठहराएको शुरू भ.पु.इ.अ. को सदर गरी तत्कालीन भ.पु.जि.अ.ले ०१७।११।१३।६ मा छिनेको इन्साफ मुनासिव ठहर्छ ।

(प्रकरण नं. ११)

वादी तर्फबाट :

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री नारायणप्रसाद श्रेष्ठ

उल्लेखित मुद्दा :    

फैसला

            प्र.न्या.श्री रत्नबहादुर

            १.     बुद्धिकुमारका नाउँमा मोहिया दर्ता भएको निजले मलाई ०१५।९।२३।४ मा रजिष्टेशन पास गरी दिई मेरा भोग चलन हुन आएको भ.पु.मालमा तिरो गर्नुपर्ने ३९ नं.मौजे लुकुं डोलन. नं.६५ को खेत ५३१ मा गहुँ बालीलाई आलु, गहुँ, प्याज, बकुल्ला, तोरीसमेत लगाई राखेको जग्गा मध्ये आधी २।।।। मा ०१५।१०।२९ गते बिहान अं.१० बजे अन्याई आई हटक गरेकाले खिचोला मेटाई पाउँ भन्नेसमेत लोकलक्ष्मी भन्ने कान्छी सुवालनीको वादी ।

            २.    सोमध्ये आधी बुद्धिकुमार आधी बाबु महिला बाबुले तिरो बुझाई आएको माहिला बाबु र बाबु मरी मेरा हक भई तिरो बुझाई भोग गरी आएको मेरा हक भोगको जग्गामा खिचोला गर्नुपर्ने कारणै नभएको दाताको हकै नपुग्ने हुँदा वादीको झुठ्ठा दावीबाट अलग गरिपाउँ भन्नेसमेत प्रतिवादी ।

            ३.    वादी बुद्धिकुमार प्र.यिनै प्रतिवादी गोपाल समेतको जालसाजी मुद्दामा जालसाज गरी तिरो फोरिएको ठहराई ०१५।११।२०।३ मा यसै अड्डाबाट फैसला भइसकेको र उक्त मुद्दामा दर्ता विषय भ.पु.माल बुझेमा वादीका दर्ता बुद्धिकुमारको नाउँमा दर्ता भएको भन्ने उतार पठाई दिएको सो दर्ता बदर गरेको छु भन्न नसकेकोले वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने भक्तपुर अदालतको ०१६।८।१।२ को फैसला ।

            ४.    उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा वादी बुद्धिकुमार प्रतिवादी गोपाल भएको यसै जग्गाको तिरो फोरी जालसाजी रसिद लिए दिए भन्ने मुद्दा शुरूले जालसाजी ठहराएको सदर ठहरी र वादी गोपाल प्र.बुद्धिकुमारसमेत भएको जग्गा खिचोला मुद्दा पनि वादी गोपालको जग्गा हक नठहरि शुरुको सदर ठहरी आजै फैसला भएको र उक्त जग्गामा अपिलाटको पनि हक छ भन्नेतर्फ कुनै पक्का सबुद पेश दाखेल गर्न नसकेकोबाट इन्साफ भ.पु.अ.को मनासिव ठहर्छ भन्ने जिल्ला अदालत भक्तपुरको ०१७।११।१३।६ को फैसला ।

            ५.    सो इन्साफमा चित्त बुझेन भन्नेसमेत गोपाल सुवालको पुनरावेदन ।

            ६.    पूर्व बाटो पश्चिम रैकर उत्तर सेवा बिर्ता दक्षिण सोही मध्येकै रैकर यति ४ किल्ला भित्रको रोपनी २।।।।२ मा प्रतिवादी गोपालले खिचोला गरे भनी यो पिफरादपत्र दायर गरेकोमा आजैका मितिमा यसबेञ्चबाट किनारा भएको दे.फु.नं.१४२४ को मिसिलबाट यिनै वादीसमेतले खिचोला गरेको ठहराई फैसला भएको हुनाले प्रतिवादी गोपालले गरेको हटक खिचोला मेटाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । प्रतिवादीले खिचोला गरेको ठहराएको शुरूको सदर गरेको भक्तपुर जिल्ला अदालतको मिलेको देखिएन भन्ने ०२४।७।२।५ को डिभिजन बेञ्चको फैसला ।

            ७.    डिभिजन बेञ्चको इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने गोपाल सुवालसँगको जग्गा खिचोला मुद्दा पट्टि बुद्धिकुमारले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो हो र नयाँ महत्त्वपुर्ण प्रमाण रहेछ भने फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बकसेकोछ भनी मौसुफका विशेष जाहेरी विभाग राजदरबाट ०२६।५।१७।३ मा लेखिआएको यो मुद्दा समेत दोहर्‍याई पाउँ भनी निज बुद्धिकुमारले अर्को निवेदन पत्र चढाएकोमा अघि भइगएका हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराबाट हुकुम बकसेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट ०२६।८।३०।२ मा लेखी आएको हुकुम प्रमांगी ।

            ८.    बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न नियमको रीतपुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी दे.फु.नं.६५ को जग्गा खिचोला मुद्दा साथ फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत तत्कालीन माननीय श्री प्र.न्या.ज्यूबाट भएको ०२६।९।२९।३ को आदेश ।

            ९.    यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।३।२५।६ मा पेशभइ प्रतिवादी गोपाल सुवालतर्फबाट विद्वान अभिवक्ता श्री नारायणप्रसाद श्रेष्ठले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी यो वादी गोपाल सुवाल प्र.बुद्धिकुमारसमेतको दे.फु.नं.६५ को जग्गाखिचोला मुद्दापट्टि मुद्दा दोहर्‍याइपाउँ भनी बुद्धिकुमारले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो हो र नयाँ महत्त्वपूर्ण प्रमाण रहेछ भने फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गर्नु भन्ने ०२६।५।१७।३ मा हुकुमको प्रमांगी बकस भएको र यो मुद्दासमेत दोहर्‍याई पाउँ भनी निज बुद्धिकुमारले पछि चढाएको निवेदनपत्रमा अघि भए गएका हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने ०२६।८।३०।२ मा अर्को हुकुम प्रमांगी बक्स भई आएको रहेछ । उक्त दे.फु.नं.६५ को जग्गा खिचोला मुद्दा पट्टि नयाँ र महत्त्वपूर्ण प्रमाण दाखेल भए आजै यस बेञ्चबाट दोहर्‍याइ हेरी निर्णय भएकोले सम्बन्धित यो मुद्दासमेत बकस भएका हुकुम प्रमांगी बमोजिम दोहर्‍याई हेरी वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरे नगरेको के हो सो कुराको निर्णय दिनुपर्ने भएको छ ।

            १०.    यो मुद्दामा दर्तावाला बुद्धिकुमारबाट ०१५।९।२३।४ मा रजिष्टेशन पास गराई लिई मेरो हक भोग भएको ३९ नं लुकुंडोल न.नं. ६५ को खेत रोपनी ५३१ मध्ये आधी खेत रोपनी २।।।। मा प्रतिवादीले खिचोला गर्‍यो भनी वादीले दावी लिएको सो जग्गा मेरो हकको भन्ने प्रतिवादी गोपालको मुख्य जिकिर भएको पाइन्छ । निज प्र.गोपालले बुद्धिकुमार र यो मुद्दाको वादी लोकलक्ष्मी भन्ने कान्छी सुवलनीसमेत उपर दिएको दे.फु.नं.६५ को जग्गा खिचोला मुद्दामा पनि यो मुद्दाको दावीकै जग्गामा झगडा परेकोमा सो जग्गा प्रतिवादी गोपालको हक पुग्न नसक्ेन ठहरी आजै यसबेञ्चबाट फैसला भएकोले यसमा अरू विवेचना गरी रहनु परेन ।

११.    तसर्थ उपरोक्र्त उल्लेर्ख भएबमोजिर्म आफ्नो  हक नपुग्ने जग्गा मेरो भनी दावी गर्ने वादी गोपालले जग्गामा खिचोला गरेन होला भन्न ठहराउन नमिल्नेसमेत हुँदा वादी दावीबमोजिम खिचोला गरेकै ठहराएको शुरू भ.पु.इ.अ.को सदर गरी तत्कालीन भ.पु.जि.अ.ले ०१७।११।१३।६ मा छिनेको इन्साफ मुनासिव ठहर्छ । वादी दावी पुग्न नसक्ने ठहराएको ०२४।७।२।५ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी गोपाल सुवालकै शुरू भ.पु.इ.अ..को ०१६।८।१।२ को फैसलाबमोजिम वादी लोकलक्ष्मी भन्ने कान्छी सुवालनीलाई निज प्रतिवादी गोपाल सुवालबाट भराई दिइने गरेको कोर्टफी अरू दस्तुर समेत रु.९।२४ निज प्र.गोपालबाट अ.त.विगो फाँटमा ०१६।९।२०।२ मा दाखेल भएको सो रु.९।२४ वादीले लिन आएमा दिने भन्ने जि.अ.भक्तपुरको ०१७।११।१३।६ को फैसलाबमोजिम लगत दिएकोमा सोबमोजिम गर्नुनपर्ने हुँदा सो रु.९।२४ र पुनरावेदन गर्दा ०१६।९।५ मा राखेको कोर्टफी रु.८६ मध्यमाञ्चल उच्च अदालतमा पुनरावेदन गर्दा ०१।२।४।४ मा राखेको कोर्टफी ३४ समेत जम्मा रु.१०।४४ निज प्रतिवादी गोपाललाई कानूनबमोजिम फिर्ता दिनु भनी डिभिजन बेञ्चको ०२४।७।२।५ को फैसलाबमोजिम लगत दिएकोमा उक्त डिभिजन बेञ्चको फैसलाबमोजिम गर्नुपर्दैन । निज प्र.गोपाल सुवालले पुनरावेदन गर्दा राखेको कोर्टफीको हकमा निजलाई लाग्ने नै हुँदा निजबाट वादीलाई भराई दिने गरेको रु.९।२४ को हकमा भ.पु.इ.अ.र भ.पु.जि.अ.को फैसलाबमोजिम तलग कायम राखी सोअनुसार गर्नु भनी कानूनबमोजिम लगत दिनु………………………१

रोक्कारहेको बाली भ.पु.इ.अ.का फैसलाबमोजिम वादीलाई फुकुवा गरीदिनु भनी जि.केदारनाथकानाममा पुर्जीगरी दिनु डि.बे.को ०२४।७।२।५को फैसलाबमोजिम प्र.नाममा फुकुवापुर्जी गर्नुपर्दैन भनी भ.पु.जि.अ.लाई लेखी पठाइदिनु………२

निवेदक बुद्धिकुमार सुवाल के मुद्दा दोहर्‍याउँदा ०२९।१०।९।५ मा सर्वोच्च अदालतमा दाखेल गरकेको कोर्टफी रु.६८। प्रतिवादी गोपाल सुवालबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५(११) बमोजिम ३ वर्षभित्र दर्तास्त दिन आएमा दस्तुर केही नलिई भराई दिनु भनी कानूनबमोजिम लगत दिनु…………………३

डि.बे.को ०२४।७।२।५को फैसलाले उल्टीको रिकर्डराख्ने गरेमध्ये न्या.रामबहादुर हाल नोकरीमा बहालनहुँदा तत्कालीन भ.पु.इ.अ.का ना.सुघनाथको उल्टी रिकर्डको लगत काटीदिनु भनी स.अ.जनरलविभागमा सूचना दिनु……………….४

नियमबमोजिम मिसिल बुझाई दिनु………………….५

 

उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।

 

न्या.श्री ब्रह्मदत्त र

न्या.श्री चन्द्रप्रसाद

 

 

इति सम्वत् २०२८ साल आषढ ३२ गते रोज ६ शुभम् ।