निर्णय नं. ५७९ – चलन चलाई लिखत बदर गरिपाउँ
निर्णय नं. ५७९ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री प्रकाशबहादुर के.सी. न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२६ सालको...
निर्णय नं. ५७९ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
न्यायाधीश श्री झपट सिं रावल
सम्वत् २०२६ सालको दे.फु.नं. १११
फैसला भएको मिति : २०२७।८।१६।३
निवेदक : का.जि.नक्साल बस्ने अशोक बम मल्ल
विरुद्ध
विपक्षी : ऐ. बस्ने पद्मादेवी उपाध्याय
मुद्दा : चलन चलाई लिखत बदर गरिपाउँ
(१) बण्डापत्रमा सबै अंशियारको भाग किटानी उल्लेख नगरी समुच्चै उल्लेख भएमा–अंशीयाहरुले अंश छुट्याएको भन्न नमिल्ने ।
झगडा परेको पिथ्या रोपनी ८।। समेत जग्गाको हकमा उक्त बण्डापत्रमा दर्ता नम्बर र पोता रोपनी अंकसम्म खुलाई समुचा लेखेको पाइन्छ । यो यो ४ किल्ला भित्रको यो कित्ताको यहाँ नेर यो यति यसको भाग भन्ने खुलाई कित्ता छुट्याई न त उक्त बण्डापत्रमा बण्डा गरिएकोछ, न त त्यसरी खुलाई बण्डा भए गरेको अन्य कुनै लिखत सबूद नै प्रमाणमा आउन सकेको छ । नक्सामा यो यो नम्बरको यो यसको भागको भनी वादीका दाजु भाइहरुले पृथक पृथक भन्ने लेखाएको हकमा जग्गाको हैसियत बढेको र मुद्दा परी सकेपछि भएको नक्सामा त्यसरी भने लेखिएको कुरालाई अंशियारहरुले अंश छुट्याएको भनी मान्न बण्डापत्रमा किटानी उल्लेख हुनुको अभावमा मिल्ने देखिदैन ।
(प्रकरण नं. १२)
निवेदन तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री झपट सिं रावल
१. म समेतका नाता चैतन्यराज लक्ष्मीदेवीको दाइजो विर्ता वहाँ परलोक हुँदा विपक्ष लक्ष्मण बम, कमल बम र म समेत ३ जनाको समान हक हुन आई तीन भाइका नाममा नामसारी भई ०१६।९।५ गते पास भएको बण्डापत्र साथै पेश हुँदा अवगत भई न्याय पाउने हुँदा सो पास हुँदा मेरो उमेर १६ वर्ष नपुगी नाबालख भई मेरा संरक्षक समेत भई विपक्ष दाजु कमल बमले जिम्मा लिनु भएको छ । सो बण्डापत्रमा मुमाको नामको का.नक्सालको विर्ता रोपनी ३७ को किल्ला लेखी त्यस मध्ये घर समेत रोपनी ८।। त्यसै जग्गामा बनेको घरमा यस तर्फको यो यति घर यसको भन्ने तत्काल खिचोला नभई मेरै सुरक्षित रहेबाट यस फिरादमा केही लेख्न परेन । बण्डापत्रमा प्रत्येक जग्गाको किल्ला नलेखिए तापनि घरका साथ साथको जग्गा छुट्टिएको र चलन भोग भई आएको सम्पूर्ण जग्गाको किल्ला लेखिएको हुँदा मेरो भागको घर बनेको जग्गा र घर साँधको जग्गा मेरो अंश भागमा परेको हाँडी गाउँ ४६६ नं.पोता दर्ता भएको पोता रु.१।१६ लाग्ने पूर्व कमल पोखरीबाट टंगाल जाने मुल सडक पश्चिम विपक्ष लक्ष्मण बमका भागको ८।। रोपनी जग्गा र निजैका भागको घर उत्तर बाटो दक्षिण कुमारी स्थान र मेरै घर जग्गा यति किल्ला भित्रको नक्साल पिध्या ८।। रोपनी जग्गा मेरा भागको भई म नाबालख देहरादुन स्कूलमा पढन गएको बखत मेरो धनको संरक्षक बन्नु भएका विपक्ष कमल बम लक्ष्मण बम मिलेमतो गरी लक्ष्मण बमले मेरा अंश भागको माथि लेखिएका किल्ला भित्रको जग्गा लक्ष्मण बम आसामी पद्मादेवी साहू भई ०१९।९।५ मा रु.८५००० को थैली लेखी रजिष्ट्रेशन अड्डा मार्फत राजीनामा गरेको रहेछ । म छुट्टीमा आउँदा पद्मादेवीले चलन गर्न लागेको देखी यो मेरो जग्गा म आफैं बस्ने गर्छु भन्दा यो जग्गा लक्ष्मण बमले राजीनामा पास गरी दिएको छ, कसैलाई कमाउन दिन्न भनेका र लक्ष्मण बमलाई भन्दा सकेको गर भन्ने जबाफ दिनु भएकोले मेरो हकको जग्गालाई आफ्नो हकको भनी बेचेमा र जिम्मा लिएको नाबालखको धन बिगार गर्ने नियत गरेमा कमल बमलाई र अर्काको भन्ने जानी जानी किनेमा पद्मादेवीलाई समेत ऐनबमोजिम गरी किन बेच गरेको ०१९।९।५ को लिखत बदर गरी जग्गा मेरो चलन चलाई पाउँ भन्नेसमेत ०१९।४।१३।३ को फिराद ।
२. वादी दावी बमोजिम आफ्ना आफ्ना घर जग्गाको साँध मिलाई ८।। रोपनी घर बनेको जग्गा र अरु बारी समेतको जग्गा भाग लगाई आफ्नो आफ्नो भाग लिइराखेको बण्डाबाटै उत्तर र पूर्वतर्फ मेरो दाता लक्ष्मण बमको घर जग्गा र सो घर जग्गाको साथमा पूर्वतर्फ दाताको ८ रोपनी जग्गा र उत्तरतर्फ बारी समेत भई सोही जग्गाहरु मध्येबाट पूर्वतर्फको जग्गा मैले खरीद गरी लिएको मेरा दर्ताको घर जग्गादेखि दक्षिण वादीको घर जग्गा र निजको घर जग्गाको सामुन्ने र पश्चिमतर्फ समेत गरी नाप मिलाई नाप बमोजिमको जग्गा पाउने हुँदा वादीका हकको जग्गा सबूदै छ, झुठ्ठा उजूर गरेको हो, मैले खरीद गरेको जग्गा ०१९।७।१० मा पास भएको बन्धकी लिखत गरी दक्षिण कुमारी स्थान साँध देखि ८।। रोपनी जग्गा भोग गरी आएको त्यसपछि थप गरी ०१९।९।६ मा दक्षिण कुमारी स्थान साथ र अशोक बमको जग्गा भनी दाताको रानी कर्मराज्य लक्ष्मीदेवी र छोरा माधव मल्ल तिर्थनाथ ढुंगाना समेत साक्षी बसी सुपथ मोल तिरी लिई दर्ता समेत गरी आएको नक्सा बमोजिम घर बनाउन जोरजाम गर्दै पर्खाल ढोका ग्यारेज बनाई भोगी आएको हुँ । पश्चिम जग्गा मात्र नभई घर समेत भएको महजुदैछ र दक्षिणतर्फ आफ्नो आवत जावतको बाटो निकाली आफ्नो भोग चलनमा राखेकोछ, नाप जाँच भएमा देखिनेछ, मेरो हकको भनी वादीले कुनै लिखत प्रमाण दिनसकेको छैन । मेरो लिखत बदर हुनै नसक्ने यो छुट्टा छुट्टै दावी नभई एउटै उजूर हुँदा लाग्न नसक्ने सिद्धछ, मोल घटी हालेबाट खारेज हुने हुँदा वादी झुठ्ठा हो भन्नेसमेत पद्मादेवीको ०२१।९।२९ को प्रतिवादी ।
३. बाबु भरत बम मल्लसंग अंशबण्डा लिन पर्ने बाँकी र मुमा चैतन्यराज्य लक्ष्मीको दाईजोमा उपत्यका भित्रको मुमाको शेषपछि हक लाग्ने छोरा जेठा म माहिलो कमल बम कान्छो वादी अशोक बम समेत ३ जना भएकोले ३ अंश देखाई ०१६।९।५ मा रजिष्ट्रेशन पास भए तापनि बुबासंग अंश नभएको मुद्दाको दाईजो पनि पहाडको बण्डा गर्न बाँकी नै भएको कान्छो अशोक बम देहरादुनमा पढ्न गएको माहिलो कमल बम सिधा व्यवहारमा नलागी मनोमानीमा लागेकाले व्यवहार सम्हाल्ने काम मैले गर्नु परेको र सल्लाहबाट व्यवहार मिलाउन रोपनी १ को रु.७ हजारले घर देखि छुट्टा रहेको ८।। रोपनीको १ कित्ता जग्गा रु. ८५ हजार मोल राखी बिक्री व्यवहार मिलाएको हो । त्यस्तोमा कलह उठाउन झुठ्ठा नालिस गरेको हो । हक इन्साफ पाउँ भन्नेसमेत लक्ष्मण वमको ०२१।१२।२३।२ को प्रतिउत्तर ।
४. वादी प्रतिवादीको जिकिर वादीतर्फबाट पेश भएको बण्डापत्र नक्कल हेर्दा ८।। रोपनी जग्गामा बनेको घर जग्गामा मात्र किल्ला लेखिएको अरु जग्गामा किल्ला नलेखी समुच्चा किल्ला लेखिएकोले यसको यो भन्ने नखुली रोपनी यति यति भन्ने गरी बाँडिएको कित्ता नखोलिएबाट प्रष्ट नकिटिएकोले लक्ष्मण बमका दर्ताको पिथ्य ८।। जग्गा लिएको हुँ भन्ने प्र.जिकिर, मालबाट लक्ष्मण बमका नामको दर्ता उतार आएको माथि लेखिए बमोजिम ०१९।७।१० मा भोगबन्धकी ०१९।९।६ मा फार्छे गराई लिई दर्ता भोग तिरो र पर्खाल ग्यारेज समेत बनाएको भन्ने प्र.जिकिर सो बाहेकको अरु ८।। पिथ्या समेतको जग्गा वादीको भाग बाँकी नै छ । बण्डापत्रबाटै देखिएकोछ भन्ने पद्मादेवी, सो कुरा हैन भनी प्र.लक्ष्मण बमले भन्न लेख्न नसकेको, पेश भएका बण्डपत्रबाट रोपनी मात्र खुली भाग बण्डा भएको देखिएको वादीको भाग अन्तै छ, यो झगडा परेको जग्गा वादीको होईन भन्ने प्र.जिकिर हुँदा जिकिर बमोजिम झगडा परेको जग्गा लक्ष्मणले मेरो हक भनी बिक्री गरेको, प्रतिवादी दिँदा भने मेरो हक बिक्री गरेको नभनी व्यवहार चलाउन बिक्री गरेको हुँ भन्ने लेखेको त्यस लेखाईबाट र बण्डापत्र बमोजिमको वादीको भाग जग्गा यो हो भनी प्र.लक्ष्मण बमले देखाई दिन पर्ने, झगडा परेको जग्गा मेरो भनी लक्ष्मण बमले बिक्री गरेको भएपछि त्यसदेखि बाहेकको अरु ८।। वादीको जग्गा अन्यत्र र वादी आफूले हक दावी गर्न पाउने छँदै सो नदेखाई वादी र प्र.लक्ष्मण बमले एकै मिलान गरेजस्तो पनि देखिन आउने, बण्डापत्रको जग्गातर्फ दावी नगरी झगडा परेको लक्ष्मण बमका भागको जग्गा प्र.पद्मादेवीले खरीद गरेकोलाई मेरो भनी वादीले दावी गरेको देखिनाले यो जग्गा वादीका हकको नहुँदा लिखत बदर गरी चलन चलाई पाउँ भनी वादीले झुठ्ठा उजूर गरेको ठर्हछ भन्नेसमेत का.जिल्ला अदालतको ०२२।८।२३।४ को फैसला ।
५. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
६. वादीको दावीमा दक्षिण कुमारी स्थान र मेरै घर जग्गा भनी फिरादमा दावी गरेको भइआएको नक्साबाट ११ नं.जग्गामा झगडा परेको देखिन आएकोले सो झगडा परेको ११ नं.को जग्गादेखि देक्षिणतर्फ वादी अशोक बमको घर जग्गा भएको भए दावी गरेको किल्ला मिल्न आउने थियो । नक्साबाट दक्षिणतर्फ वादीको घर जग्ग नभई २७।२९ नं. कमल बम मल्लको घर जग्गादेखि पश्चिमतर्फ कुनामा भएको वादीको सो घर जग्गादेखि उत्तरको जग्गामा दावी झगडै नभएकोले दावीको किल्ला र झगडा परेको जग्गा मिल्न नआई फरक परेको र पास भएको बण्डापत्रबाट प्र. लक्ष्मण बमको भागमा परी अरुको हक नलाग्ने भनी आफ्नै हक कायम गरी सो जग्गा ०१९।७।१० मा भोगबन्धकी र ०१९।९।५ मा फार्छे राजीनामा गरिदिएकोमा अघिल्लो भोगबन्धकी लिखत गरिदिए तर्फ उजूर दावी नभई केवल राजीनामा मात्रउपर दावी भएको र राजीनामा भएपछि ग्यारिज समेत बनाई भोगचलन गरी सकेको भन्ने प्र. पद्मादेवीको प्रतिउत्तर जिकिर भएकोमा भएका नक्साबाट झगडा परेको जग्गा १२ नं. सानो घर भन्ने देखिन आएको, सो घर मैले बनाएको मेरो हो भन्ने वादी दावी जिकिर नभएको हुनाले समेत वादी दावी पुग्न नसक्ने ठहराई छिनेको इन्साफ का.जिल्ला अदालतको मनासिव छ भन्नेसमेत वा.अं.अ.को ०२३।६।२१।६ को फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावदेन ।
८. प्रस्तुत मुद्दामा लक्ष्मण बमले पद्मादेवीलाई राजीनामा गरी बिक्री गरेको झगडा परेको जग्गामा वादी अशोक बम मल्लको हक दावी पुग्न सक्ने नसक्ने के हो भनी निर्णय गर्नु परेको छ । लक्ष्मण बमले यही जग्गा ०१९।७।१० मा भोगबन्धकी पास गरी दिएउपर उजूर नपरेको पछि राजीनामा गराई ढोका पर्खाल ग्यारेज घर बनाई भोग तिरो दर्ता भइसकेको बाबु दाजुहरुसंग वादीको अंशबण्डा भई नसकेकोले सगोलका दाजुले बिक्री गरेको हुँदा पद्मादेवीको हक पाको भइसकेकोछ भन्ने प्रतिवादी पक्षको भनाई र लक्ष्मण बमले बिक्री गरे बाहेकको अरु जग्गामा वादीले दावी गर्न पाउने हुनाले पद्मादेवीले खरीद गरी लिएको जग्गामा वादी दावी नपुग्ने भन्ने जिल्ला तथा अञ्चल अदालतले ठहर गरेको देखियो । लक्ष्मण बमले ०१९।७।१० मा पद्मादेवीलाई भोगबन्धकी पास गरी दिएको लिखतको थैली समेत गुमाई ०१९।९।६ मा निजै साहूलाई सोही जग्गा राजीनामा गरी दिएको र वादीको उमेर ०१६।९।५ को बण्डापत्रमा १२ वर्ष लेखिएको नाबालखबाट उमेर पुगेका मितिले अदालती बन्दोवस्तका ४० नं. लेनदेन व्यवहारको ४० नं.जग्गा मिच्नेको १८ नं. घर बनाउने ११ नं. का म्याद भित्रै ०२१।४।१३ मा यो फिरादपत्र दर्ता भएकोले ऐनको हदम्याद भित्रको उजूरी हुँदा पद्मादेवीले भोगबन्धकी राजीनामा गराई लिई दर्ता तिरो भोग र ग्यारिज घर बनाएकोबाट वादीको उजूर नलाग्ने भन्न भएन । बाबु दाजुसंग वादीको अरु अंशबण्डा भई नसकेकोले सगोलका दाजु लक्ष्मण बमले बिक्री गरेको सदर हुने भन्ने जिकिर लिएकोमा झगडा परेको यो जग्गा वादी समेतको मुमा चैतन्यराज्य लक्ष्मीदेवीको शेषपछि उहाँका छोरा वादीहरुको हक हुन आई वादी समेत ३ दाजु भाइको भाग बण्डा छुट्याई ०१६।९।५ मा रजिष्ट्रेशन पास समेत भएको सोही बण्डापत्रको आधारमा लक्ष्मण बमले दर्ता गरी निजसंग पद्मादेवीले राजीनामा गराई लिएको प्रतिउत्तरपत्र तथा राजीनामा लेखाई व्यहोराबाट देखिएकोले सगोलको दाजुसंगको कारवाई सदर हुने भन्ने भनाई पनि युक्तीसंगत देखिएन । वादी समेत ३ भाइको अंश लगाएको बण्डापत्रबाट मेरो दाता लक्ष्मण बमको हक भोग मध्ये पूर्व तर्फको जग्गा मैले खरीद गरी लिएको हो । वादीको भागको छुट्टै भन्ने पद्मादेवीको जिकिर भएतर्फ हेर्दा ०१६।९।५ मा पास भएको बण्डापत्रमा ।।८।। रोपनी दरले बाँडिएका कित्ताको ४ कित्ता यो यो हो भनी किल्ला खुलाई बण्डा गरेको देखिदैन । उक्त बण्डापत्र बाहेक किल्ला कायम गरी वादीकै भैयादहरुले अरु कुनै लिखत गरेको पनि नदेखिएकोले मेरो दाताको भाग बण्डाको जग्गा मात्र मैले लिएको हुँ भन्ने पद्मादेवीको लेखाई अनुसार प्रमाण केही आउन सकेको छैन । बण्डापत्रमा हाँडीगाउँ ४६६ नं. मध्ये ८।। रोपनी लक्ष्मण बाट ८।। रोपनी अशोक बमको भागमा लेखिएको र काठमाडौं मालको ०२२।६।४ को जबाफ साथ आएको दर्ता उतारबाट अशोक बम मल्लका नाउँमा बिसाल पिथ्या ८।। रोपनी समेत जम्मा रोपनी ११, दर्ता देखिन्छ । ०१९।७।१० मा पद्मादेवीले भोगबन्धकी पास गराउँदा दक्षिण किल्ला कुमारीस्थान लेखे पनि सोही जग्गा आफैं पद्मादेवीले ०१९।९।६ मा राजीनामा गराई लिंदा दक्षिण कुमारी र अशोक बमको जग्गा भनी किल्ला लेखाई लिएकोले पद्मादेवीले राजीनामा गराएको लक्ष्मण बमको जग्गादेखि दक्षिणपट्टि जोडिएको वादी अशोक बमको जग्गा रहेछ भन्ने कुरा उक्त राजीनामा कै किल्लाले पनि प्रष्ट गरेको छ । अमिन समेत कर्मचारी खटी गई कित्तैपिच्छे रोपनी अंक समेत जनाई भइआएको नापीसमेतको नक्सा हेर्दा नक्सा नं.११।१२ को झगडा जनिएको २ कित्तामा रोपनी ७।२ र नक्सा ०२७।२८।२९ मा कमल बमको घर कुमारी स्थान समेत भएको जग्गा रोपनी ३।। नक्सामा जनिएको कमल बम मल्लको भनी नक्सा नं.२७ मा जनिएको घर निजको हैन । वादी अशोक बमको हो भन्ने पद्मादेवी तर्फको जिकिर नदेखिएकोले चलन चल्तीको ठूलो मूल सडकमा मोदा निकास भएको धेरै मूल्यको असल जग्गा जति दक्षिणपट्टि कमल बमलाई त्यसको उत्तरपट्टि लक्ष्मण कमलाई मात्र पारी जेठा माहिला दाजुहरु २ जनाले लिने भित्री खण्ड कम मोल पर्ने जग्गामात्र नाबालक भाइ वादीलाई दिने गरी लक्ष्मण बम कमल बमले भाग छुट्याएको भए वादीको मञ्जुरी लिखत बेगर सदर नहुने र किल्ला कायम गरेको कानूनको रीतपूर्वकको लिखत नभएकोमा त्यस्तो अवस्था पारी लक्ष्मण बमसंग पद्मादेवीले राजीमाना गराई लिन पनि नहुने ४ किल्ला नखुलेको जम्मा जमिन रोपनी मात्र तोकी बण्डा गरेकोमा अंशबण्डाको २८ ले असल कमसल मिलाई अंशीयारले भाग छुट्याई लिन पाउने सो बमोजिम नभएकोमा ऐनका म्याद भित्र पर्न आएको उजूरीबाट जग्गाको हैसियत अनुसार छुट्याई दिनुपर्ने हुन आउँछ । नगरपञ्चायतमा नक्सा पास गरी घर बनाउन जोरजाम गर्दै ढोका पर्खाल ग्यारेज घर बनाएको भनी पद्मादेवीले प्रमाण दिएको नक्सा पास बिषयको मिसिल काठमाडौं नगर पञ्चायताबाट झिकाई हेर्दा पूर्व आफ्नै जग्गा पश्चिम सोही ठाउँ बस्ने अकलमान सुजिकारको घर उत्तर सडक दक्षिण आफ्नै जग्गा भित्रमा नक्सा बमोजिम २ तले घर बनाउन पाउँ भनी दरखास्त दिई लम्बा फुट ९० चौडा २२ उचा फुट २३ को घरको नक्सा बमोजिम बनाउन पाउने गरी ०२२।६।२२ मा काठमाडौं नगर पञ्चायतले पद्मादेवीलाई प्रमाणपत्र दिएको देखियो । त्यसबाट हाल झगडा परेको नक्सा नं.१२ को रोपनी ।३ जग्गामा भएको घर नक्सा पास गरी बनाएको भन्न समेत मिलेन । राजीनामामा लक्ष्मण बमले पद्मादेवीलाई ८।। रोपनी भनी लेखी दिए पनि नापी गर्दा झगडा परेको भनी नक्सामा जनिएको नक्सा नं. ११।१२ को कित्तामा रोपनी ७।१ हुन आएको सो बाहेक वादी अशोक बमको भनी जनिएको नक्सा नं. ७।८।९।१०।१९।३३ को रोपनी १ऽ।२ कमल बमको भनी जनिएको नक्सा नं. २०,२१,२२,२३,२४,२५,२६,२७,२८,२९,३०, को रोपनी १०।।२ लक्ष्मण बमको भनी जनिएको नक्सा नं. १।२।३।४।१४।१५।१६।१७।१८ को रोपनी ६।।।.।।।३ देखियो । त्यसबाट लक्ष्मण बमतर्फ झगडा परेको रोपनी ७=१ समेत भाइमा जम्मा रोपनी १३।।।
आना र वादी अशोक बमतर्फ रोपनी १।.।२ मात्र हुन आउछ, बराबरका हकदार ३ जनामा त्यतिको अन्तर पारी लक्ष्मण बमले बिक्री गरेको सदर नहुने भई दक्षिणतर्फ कमल बमको घर जग्गा र त्यस उत्तर वादी अशोक बमको त्यस उत्तर प्र.लक्ष्मण बमको भाग कायम गर्नुपर्ने देखिएकोले टंगाल कमल पोखरी मूल सडकमा मोहडा परेको नक्सा नं.११।१२ को रोपनी पनि =।१ मा झगडा परेको सो सबै जग्गामा वादीले दावी लिएको भए पनि सडक मोहडाको नक्सा नं.११।१२।२७।२८।२९।३० गरी जम्मा रोपनी ११।।
।।।१ हुन आएको लक्ष्मण बम कमल बम र अशोक बम ३ जनाको ३ भाग बराबर गर्दा जनही रोपनी ३।।=।।१ का दरले पर्न आउनेमा नक्सा नं.२७।२८।२९।३० को रोपनी ४ऽ।। कमल बमतर्फ देखिएकोले निजले प्रतिउत्तर नदिई म्याद गुजारी वादी दावीमा मञ्जुर गरेकोले निजको भागमा पर्ने ३।।।=।।१ मा नं २७।२८।२९।३० को ४।।=।। कटाउँदा बढी हुन आएको रोपनी ।।=।।।३ उत्तर पट्टिबाट कट्टागरी न.नं. ११।१२।१३ को रोपनी ७=।१ मा चकला मिलाउँदा हुन आउने रोपनी ७।।।=। मध्येबाट आधी दक्षिण तर्फको रोपनी ३।।।=।।१ वादी अशोक बमको र त्यसको उत्तर ४ ढुंग जाने सडक देखि दक्षिणको रोपनी ३।।।=।।१ प्र.लक्ष्मण बमको भाग राजीनामा बाट पद्मादेवीको हक पुग्न आउँछ । तसर्थ लक्ष्मण बमसंग रोपनी ८।। लिएको जम्मै सदर हुनुपर्ने भन्ने प्रतिवादी पद्मादेवीको जिकिर पुग्न सक्दैन । लक्ष्मण बमले गरी दिएका राजीनामा मध्ये माथि लेखिए बमोजिम नक्सा नं.११।१२ को कित्तामा उत्तर तर्फको रोपनी ३।।।=।।१ तीन रोपनी चौध आना नौ दाम प्रतिवादी पद्मादेवीको र त्यसदेखि दक्षिण तर्फको रोपनी ३।।।=।।१ तीन रोपनी चौध आना नौ दाम जग्गा वादी अशोक बम मल्लले चलन पाउने ठर्हछ । यस मुद्दाबाट ठहर भएको बाहेक बण्डापत्रको वादीको अरु जग्गा कुततर्फ के कसो भएको हो अरु कित्तामा दावी नहुँदा हाल विचार गर्न परेन । नक्सा नं.१२ मा भएको सानो घरको हकमा घर बनाउने ४ नं. बमोजिम पञ्चकृति मोल लिई घर छाडी दिनु वा ६ महिना भित्र घर उठाई लानु, वादीको हक ठहरी राजीनामा बदर भएको जग्गा परेको दामासाहीले हुने राजीनामा मध्येको थैली आसामी लक्ष्मण बम मल्लबाट कपाली सरह गरी लिनु भनी प्रतिवादी पद्मादेवीलाई सुनाई दिनु भन्ने ०२५।९।१२।५ को डिभिजन बेञ्चको फैसला ।
९. सोउपर चित्त बुझेन दोहर्याई पाउँ भनी वादी अशोक बम मल्लको र प्रतिवादी पद्मादेवी उपाध्यायनी समेतको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा बण्डापत्रबाट मेरो भाग हिस्सामा परेको जग्गा लक्ष्मण बमले पद्मादेवीलाई राजीनामा दिए लिएको बदर गरी जग्गा चलन चलाई पाउँ भन्ने वादीको मुख्य दावी देखिएकोले दावी लिएको जग्गा वादीका अंश हकको हो होइन राजीनामा बदर हुने के हो त्यतिसम्म निक्र्यौल गर्नुपर्ने वादी दावीका कुराबाट देखिन आउनेमा वादी समेतका अंशियारले रोख पोख मिलाई बण्डा गरी लिई दिइसकेको कुरामा अंश घटि बढीको झगडा जस्तो गरी वादी दावीको बिषयदेखि बाहिर गई नरम गरम घटि बढिको दृष्टि राखी बण्डाको तवरबाट काँटछाँट गरी बोलेको सर्वोच्च अदालतको तर्क युक्तिसंगत देखिएन । अब दावीतर्फ हेर्दा भइआएको नक्सा नं. ११ मा झगडा जनिएको सो ११ नं.को जग्गा नक्साबाट रोपनी ७ऽ।।।२ भन्ने देखिएको लक्ष्मण बम जनिएको नं.१४,१५,१६,१७,१८,१,२,३,४, ५,६, का घर जग्गाहरु एक चक्ला उत्तर पश्चिम पट्टि र त्यस्तै कमल बम जनिएको २०,२१,२२,२३,२४,२५,२६,२७, २८,२९,३०,३१, ३२, घर जग्गाहरु एक चक्ला दक्षिण पूर्व भेकपट्टि तथा अशोक बम भनी जनिएको न नं. ७,८,९,१० झगडा जनिएको न.नं.११ र न.नं.१९।३३ का घर जग्गाहरु एक चक्ला उत्तर पूर्वपट्टि भेकमा भएको देखिएबाट रोख पोख मिलाई बण्डा गरेकोमा नक्सा नं. ११ को जग्गामा झगडा पर्न आएको वास्तवमा वादी अशोक बमकै हक हिस्सा भन्ने प्रष्ट हुन आएको उसमाथि प्र. लक्ष्मण बमले व्यवहार मिलाउन बिक्री गरेको भन्ने प्रतिउत्तरमा व्यहोरा लेखेबाट पनि सो ११ नं. को जग्गा अशोक बमले हिस्सा बिक्री गरी दिएको भन्ने कुरा पुष्टि हुन आउँछ । त्यसरी व्यवहार मिलाउन बिक्री गर्न पाउने हक अधिकार देखिंदैन । अर्को कुरा निवेदन अशोक बमले निवेदन साथ यिनै प्रतिवादी लक्ष्मण बमले तुलालक्ष्मीलाई आफ्नो हिस्साको घर जग्गा बन्धकी दिएको ०१९।६।१९।६ को पास बन्धकी तमसुक प्रतिलिपि पेश गरेकोमा उल्लिखित बन्धकी लिखत भूमिप्रसाशन कार्यालय काठमाडौंबाट मगाउँदा प्राप्त हुन आएको सो बन्धकी प्रतिलिपिमा पूर्व अशोक बमको जग्गा पश्चिम थिर शमशेर थापा र ध्रुवराज पन्तको घर जग्गा उत्तर मूल सडक दक्षिण मेरै बाँकी जग्गा भन्ने ४ किल्ला लेखी नक्साल पिथ्या खेत ८।। मध्ये भन्ने रसिदमा जनिएको जग्गा रोपनी ३ मध्ये जग्गा रोपनी २।। र सो जग्गामा बनेको उत्तर मोहडा पूर्व पश्चिम लङको २ नाले १० कबले ३ तले पक्की ईटको गारो जस्ता पाता छाना भएको घर समेत भन्ने लेखिएको त्यसबाट पनि सो झगडा परेको नक्सा नं.११ को जग्गा वादी अशोक बमको र सो ११ नं.का जग्गादेखि पश्चिम न.नं.१९।३३ देखि उत्तरको जग्गा लक्ष्मण बमको भन्ने देखिन आएको हुँदा सो झगडा जनिएको नक्सा नं.११ को र घर बनेको न.नं.१२ को जग्गा समेत अशोक बमको हकको जग्गा लक्ष्मण बमले पद्मादेवीलाई बिक्री गरी दिएको भन्ने प्रष्ट देखिन आएको समेत प्रमाण परिबन्दबाट रोख पोख मिलाई बण्डा खडा गरी खाई पाई आएको हक भोगको जग्गामा फरक पर्ने गरी लक्ष्मण बमले पद्मादेवीलाई बिक्री गरेकोमा वादी अशोक बमको हक अंश भागको जग्गा समेत परेको केही कायम र केही बेकायम हुने गरी घटि बढी परी गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको र जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२६।११।२९।५ को हुकुम प्रमांगी ।
१०. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भए पछि यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा पठाई दिनु भन्ने माननीय श्री भू.पु.प्रधान न्यायाधीशज्यू बाट भएको ०२६।१२।२।१ को आदेश ।
११. यसमा तारेखमा रहेका दुवैपक्षका वारेस रोहवरमा रही ०२७।८।५।६ मा पेश भई निवेदक वादीतर्फबाट विद्धान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र प्रतिवादी पद्मादेवीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा आमा चैतन्यराज्य लक्ष्मीको दाईजो विर्ता उहाँ परलोक हुँदा दाजु लक्ष्मण बम कलम बम र म समेतको बण्डा गरी ०१६।९।५ गते बण्डापत्र पास भएको, म नाबालक भएबाट मेरो धनको संरक्षक समेत भई दाजु कमल बमले जिम्मा लिनु भएकोमा दाजु कमल बम लक्षण बम मिली मेरो भागमा परेको नक्साल पिथ्या रोपनी ८।। जग्गा दाजु लक्ष्मण बमले पद्मादेवीलाई ०१९।९।५ मा रु.८५००० थैली लेखी राजीनामा रजिष्ट्रेशन पास गरी दिनु भएछ, सो लिखत बदर गरी जग्गा चलन चलाई पाउँ भन्ने वादीको मुख्य दावी रहेछ । वादीको दावी बमोजिम उक्त राजीनामा लिखत बदर हुने नहुने के हो सो कुराको यस मुद्दामा मुख्य निर्णय दिनुपर्ने देखिन्छ ।
१२. सो जग्गा वादीको भाग बण्डामा परे नपरेको के रहेछ भन्नेतर्फ प्रमाणमा पेश भएको उक्त ०१६।९।५।१ को बण्डापत्र लिखत हेर्दा घरको हकमा सम्म यो यो ४ किल्ला भित्रको यो जग्गाको यो यति रोपनीमा बनेको यो घर यसको भागमा परेको भन्ने खुलाएको भए पनि झगडा परेको पिथ्या रोपनी ८।। समेत जग्गाको हकमा उक्त बण्डापत्रमा दर्ता नम्बर र पोता रोपनी अंकसम्म खुलाई समुचा लेखेको पाइन्छ । यो यो ४ किल्ला भित्रको यो कित्ताको यहाँनेर यो यति यसको भाग भन्ने खुलाई कित्ता छुट्याई न त उक्त बण्डापत्रमा बण्डा गरिएकोछ न त त्यसरी खुलाई बण्डा भए गरेको अन्य कुनै लिखत सबूद नै प्रमाणमा आउन सकेको छ । नक्सामा यो यो नम्बरको यो यसको भागको भनी वादीका दाजु भाइहरुले पृथक पृथक भने लेखाएको हकमा जग्गाको हैसियत बढेको र मुद्दा परी सकेपछि भएको नक्सामा त्यसरी भने लेखाएको कुरालाई नै अंशियारहरुले अंश छुट्याएको भनी मान्न बण्डापत्रमा किटानी उल्लेख हुनको अभावमा मिल्ने देखिंदैन ।
१३. ४ किल्ला नखोली जम्मा रोपनी मात्र तोकी बण्डाको लिखत खडा भएकोमा असल कमसल मिलाई बण्डा छुट्याई पाउँ भन्ने दावीको यो मुद्दा नभएकाले कानूनबमोजिम दावीको उजूर बेगर अंश बण्डाको २० नं.प्रयोगमा ल्याई यो यो यसको भाग भनी यस मुद्दाबाट भाग बण्डा छुट्याई दिन कानूनले नमिल्ने हुँदा त्यसतर्फ विचार गरी रहनु परेन ।
१४. तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट झगडा परेको न.नं.११,१२ को जग्गा वादीको मात्र भाग बण्डामा परेको भन्ने वा प्रतिवादी पद्मादेवीको दाता लक्ष्मण बमको मात्र भाग बण्डामा परेको भन्ने कुरा प्रमाणीत हुन नआएकोले झगडा परेको नपरेको जग्गासमेत लक्ष्मण बम कमल बम वादी अशोक बम तीनै भाइको बराबर हकको रहेछ भन्ने निजहरुको विच भएको बण्डापत्रबाट देखिन आउने हुँदा समुचै राजीनामा लिखत बदर गरिपाउँ भन्ने वादीको दावी र समुचै लिखत सदर हुनपर्ने भन्ने प्रतिवादी पद्मादेवीको जिकिर पुग्न सक्दैन । प्रतिवादी लक्ष्मण बमले पद्मादेवीलाई बिक्री गरी दिएको ०१९।९।५ को राजीनामा बमोजिम रोपनी ८।। जग्गा प्रतिवादी लक्ष्मण बम, कमल बम र वादीसमेत ३ भाइको ३ भाग लाग्ने प्रष्ट भएका र सो राजीनामा लिनु दिनु गर्दा वादीको मञ्जुरी लिएको नदेखिएकाले तत्काल प्रचलित साहू आसामीको ८ नं.र हालको लेनदेन व्यवहारको १० नं.बमोजिम मञ्जुर नगरी उजूर गर्ने वादीको भाग जति बदर हुने हुँदा उक्त राजीनामा लिखतमा रोपनी ८।। लेखिएको भए पनि ०२३।५।३०।५ मा कित्ता कित्ताको नाप नक्सा हुँदा झगडा परेको न नं. ११ मा ७५ऽ।। २ र न.नं.१२ सानो घर बनेको ठाउँमा ऽ।३ समेत जम्मा रोपनी ऽ१। मात्र भएकोले त्यसमा वादीको बण्डा ३ भागको १ भाग २।=।।। को हकमा सम्म लक्ष्मण बमले पद्माकुमारीलाई राजीनामा गरी दिएको बदर हुने र सो बदर भएको रोपनी २।=।।। न.नं.१९ वादी अशोक बमको घर भन्ने जनिएकोतर्फ पाएक मिलाई वादीले चलन पाउने समेत ठर्हछ । उक्त १९।९।५ को राजीनामा लिखतको थैली रु. ८५००० मध्ये बदर भएको ३ भागको १ भाग थैली रु.२८३३३३३ लेनदेन व्यवहारको १० नं.बमोजिम प्रतिवादी लक्ष्मण बमबाट कपाली सदर कानूनबमोजिम गरी असूल गरी लिनु भनी प्रतिवादी पद्यादेवीलाई सुनाई दिनु उपरोक्त उल्लेख गरे बमोजिम नभएको ०२५।९।१२।५ को डिभिजन बेञ्चको र जग्गा छुट्याएको बण्डापत्रको अभावमा झगडा परेको जग्गा राजीनामा दिने लक्ष्मणको बमकै भागमा परेको निश्चय गरी समुचा राजीनामा सदर गर्ने गरेको काठमाडौं जिल्ला अदालत तथा बागमती अञ्चल अदालत समेतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी अशोक बम मल्लकै निजले पहिले नालेस गर्दा रु. १०७०। उपर पुनरावेदन गर्दा रु.१६०।५० अञ्चल अदालतउपर पुनरावेदन गर्दा रु.१५६।७५ डिभिजन बेञ्चको ०२५।२।१०।५ को आदेश बमोजिम ०२५।२।१०।५ मा नपुग दाखेल गरेको रु.२२९० समेत जम्मा कोर्ट फि ३६७७।७५ राखेको मध्ये वादी दावी बमोजिम राजीनामा लिखतमा ३ भागको १ भाग मात्र बदर हुने ठहरेकोले उक्त कोर्ट फि रु.३६७७।७५ को ३ भागको १ भाग १२२५।९१ देहाका प्रतिवादीबाट भरी पाउने निर बाँकी २ भाग वादीलाई नै लाग्ने हुँदा सो रु.१२२५।९१ देहायका प्रतिवादीहरुबाट देहाय बमोजिम भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्ष भित्र दरखास्त दिएमा दस्तुर केही नलिई देहय बमोजिम भराई दिनु भनी का.श्रे.अ.त मा लगत दिनु ……….१
प्रतिवादी लक्ष्मण बम मल्लको जेथाबाट भरी पाउने रु ४०८।६४ प्रतिवादी कमल बम मल्लको जेथाबाट भरी पाउने रु ४०८।६४ प्रतिवादी पद्माकुमारीबाट डिभिजन बेञ्चको ०२५। ९।१२।५ को फैसलाले भराई दिने गरेको रु.५६२।३१ मुद्दा दोहर्याउँदा ०२७।१।३०।४ मा निज पद्मा देवीले सर्वोच्च अदालतमा धरौट दाखेल गरेको हुँदा सो धरौट राखेको रु.५६२।३१ मध्येबाट भरी पाउने रु ४०८।६३
प्रतिवादी पद्मादेवी के निजले मुद्दा दोहर्याउँदा ०२७।१।३०।४ मा सर्वोच्च अदालतमा धरौट दाखेल गरेको ०२५।९।१२।५ को डिभिजन बेञ्चको फैसलाले निजबाट वादीलाई भराई दिने गरेको कोर्टफी रु.५६२।३१ मध्ये रु.४०८।६३ सम्म वादीले भरी पाउने ठहरेको हुँदा सो कट्टाई बाँकी रु.१५३।६८ को हकमा नलाग्ने हुँदा फीर्ता पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १७ बमोजिम ३ वर्ष भित्र निज पद्मादेवीको दरखास्त परेमा दस्तुर केही नलिई फिर्ता दिनु भनी ऐ ……………..२
वादी अशोक बम मल्ल कै डिभिजन बेञ्चको ०२५।९।२।५ को फैसला बमोजिम देहायको प्रतिवादीहरुबाट भराई दिने गरेको देहाय बमोजिम कोर्टफी को लगत काटी दिनु भनी ऐ ……………..३
प्रतिवादी लक्ष्मणबम मल्लबाट भराउने रु.५६२।३१ प्र.पद्मादेवी पाध्याबाट ऐ.५६२।३१प्र.कमल बमबाट ऐ ३१८।४४
वादी अशोक बम मल्ल के प्रतिवादी लक्ष्मण बम मल्लले प्र.पद्मादेवी पाध्यालाई १९।९।६।६ मा पास गरी दिएको राजीनामा बमोजिम हाल नक्साबाट देखिएको कमल पोखरी बाट टंगाल जाने जान पूल सडक देखि पश्चिम न नं. ३३।१४ को जग्गा देखि पूर्व न.नं. २७ कमल बमको भन्ने जनिएको घर जग्गा देखि उत्तर नक्साल जाने बाटो र न नं ७।८ र न नं ९।१० को घर बगैँचा देखि दक्षिण यति ४ किल्ला भित्रको राजीनामामा नक्साले पिथ्या रोपनी ८।। लेखिए पनि नापी हुँदा रोपनी ७। . १ मात्र कायम ठहरेको जग्गा मध्ये ३ भागको . १ भाग रोपनी २ . ।। वादीको हक कायम ठहरेको हुँदा मौलवि मो.रु.२८३३३।३३ को सो रोपनी २। . ।। जग्गा छुट्याई चलन चलाई पाउँ भनी दण्डसजायको ४३ नं को म्याद २ वर्ष भित्र वादीको दरखास्त परेमा उक्त मेले बिगो रु.२८३३३।३३ को कोर्टफी ऐनबमोजिम सयकडा २।५० ले लाग्ने दस्तुर असूल गरी न नं १९ वादी अशोक बमको घर भन्ने जनिएकोतर्फ पाएक मिलाई निज वादीलाई चलन चलाई दिने गरी लगत कसि, डिभिजन बेञ्चको ०२५।९।१२।५ को फैसलाले रोपनी ३।।।।।१ निज वादीलाई चलन चलाईदिने गरेको लगत काटीदिनु भनी ऐ……………….. ३
प्रतिवादी लक्ष्मण बमबाट प्रतिवादी पद्मादेवी पाध्याले ०१९।९।६ मा नं. १९४६ मा पास गराई लिएको थैली रु. ८५००० को राजीनामामा वादी अशोक बमको कायम ठहरेको ३ भागको १ भाग उक्त राजीनामा लिखत बदर हुनेठहरेको हुँदा सो व्यहोरा उक्त पासभएको राजीनामामा जनाउन काठमाडौं भूमि प्र.कार्यालयलाई सूचनादिनु…४
वादी अशोक बम र प्रतिवादी पद्मादेवीको ०२५।९।१२।५ को डिभिजन बेञ्चको फैसलामा परिवर्तन भए पनि निजहरु दवैको निवेदन जिकिर अुनसार पुरै लिखत सदर वा बदर हुने नटहरेकोले मुद्दा दोहर्याए वापत सजाय गर्नुपर्छ किनभने कोर्टफी राखेको हुँदा अरु केही गर्नु परेन…………………..५
नियमबमोजिम मिसिल बुझाई दिनु…………………..६
प्र.न्या.श्री रत्नबहादुर विष्ट र
न्या.श्री प्रकाशबहादुर
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२७ साल मार्ग १६ गते रोज ३ शुभम् ।