September 16, 1969
Created by nepalarchives

निर्णय नं. ५३७ – जग्गा

निर्णय नं. ५३७     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री हेरम्बराज न्यायाधीश...

निर्णय नं. ५३७     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री रङ्गनाथ उप्रेती

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री लोकराज जोशी

२०२० सालको देवानी फुल बेञ्च नं. २५०

निवेदक   : प.२ नं. गोर्खा स्यारतां मध्ये अंपुको प्रो बस्ने गणेशराज गुरुङ

विरुद्ध

विपक्षी    : ऐ ऐ अपुंङ बस्ने जि.मु.चंफ सिं गुरुङ समेत

मुद्दा : जग्गा

(१)  अरुको नाममा तत्काल दर्ता भएकोलाई मान्यता प्राप्त भइरहेमाअरुको जग्गामा हटक गरेको ठहर्‍याई फैसला भइरहेको देखिएमाराजीनामा गरी दिनेले अरुलाई राजीनामा गरी दिएको स्वीकार गरेमाउक्त लिखतको आधारमा गरेको दर्ता बदर गर्न ऐनको म्यादभित्र उजूर दावी नगरेमाआफूलाई अघि र अरुलाई पछि गरेको राजीनामा भन्नेसम्म कुराले उक्त पछि गरी दिएको राजीनामा जालसाजी भन्न नहुने ।

          रैतिहरुका नाममा सर्पट नापीमा तत्काल दर्ता भएकोलाई मान्यता प्राप्त भइराखेको र वादी लालसिंह गुरुङ समेत २५ जना प्रतिवादी गणेशराज गुरुङको बिजाई विदुत मुद्दा परेकोमा इउने भन्ने जग्गामा रैतिको समेत हक भएको कायम गरी निज गणेशराजले आफ्नो दर्ता जग्गा बाहेक रैतिको दर्तापट्टि जग्गामा हटक गर्नु भएको समेत ठहर भई अपील पैलाबाट ०९६।१०।१८।४ मा फैसला भएको समेत प्रमाणको मिसिलहरुबाट देखिन आएको, राधामायाले पनि प्रतिवादीहरुलाई राजीनामा गरिदिएको भनेकी र सो राजीनामा लिखतको आधारमा गराएको प्रतिवादीहरुको दर्ता बदर गरिपाउँ भन्नेतर्फ ऐनबमोजिम २ वर्षभित्र वादीको उजूरदावी नभएकोलेसमेत मिति अगाडि पछाडिको भन्नेसम्म कुराले प्रतिवादीहरु पट्टिको उक्त राजीनामा लिखतलाई जालसाजी भन्न मिल्ने देखिन आएन ।

(प्रकरण नं. ३६)

(२)  आफूले पाएको बकसपत्र दाखेल गर्न नसकेमादर्तामा चार किल्ला नखुलेमाएकै पलट चक्ला मिलेको जग्गा छुट्टा छुट्टै दर्ता गरेमायसरी दर्ता गर्न पर्ने कारणको अभावमाझगडा परेको उक्त जम्मै जग्गा आफ्नो भन्ने दावी जिकिर मनासिव नदेखिने ।

          वादी प्रतिवादी दुवैपक्षको दावी जिकिर दर्ताको जग्गा एकै बेगल के रहेछ भन्नेतर्फ फिराद दावीमा बलाङ गाउँको सिरानको देउरालीको डिलदेखि पूर्व बराहा थान स्वारा छेउको खोल्सी देखी दक्षिण मतुने च्याँस्वारा सिरानको चौतारादेखि पश्चिम इउने खोलादेखि उत्तर भन्ने ४ किल्ला उल्लेख गरेको हकमा सो ४ किल्ला भित्रको जम्मै जग्गा वादीले पाएको भन्नलाई वादीले पाएको भनेको बकसपत्र दाखेल हुनसमेत नसकेको, दर्तामा ४ किल्ला नखुलेको र झगडा परेको जम्मै जग्गा वादी दावी बमोजिम मेरो दर्ताको भन्ने वादीको दावी जिकिर भए पनि एकै पलट चक्ला मिलेको सो जम्मै जग्गा वादीको मात्र एकलौटी हक भए छुट्टाछुट्टै कित्ता गरी दर्ता गरीरहनु पनि कुनै कारण नदेखिनेसमेत हुँदा झगडा परेको जम्मै जग्गा मेरो मात्र दर्ता हकको भन्ने वादीको दावी जिकिर मनासिव देखिन आउँदैन ।

(प्रकरण नं. ३७)

(३)  अरुले दावी गरेको जग्गा मध्ये आफ्नो नाममा दर्ता भएको भन्ने जिकिर लिएको केही जग्गामोठ दर्तामा र प्रमाणको निमित्त प्रस्तुत राजीनामामा उल्लेखित जग्गासंग मिल्न भिड्न नआएमाउक्त केही भाग जग्गा निज जिकिर लिनेको नठहरिने ।

          इउने मितने च्याहान तल्लो उपल्लो स्वारा बिज ।।२ दर्ताको भनी वादीले दावी लिएको मध्ये नं.क (४)को जग्गा सोमान गुरुङको दर्ता, इउने बिज ।.।२ (क) दर्ताको भनी प्रतिवादीहरुले नक्सामा जिकिर लिएको मोठ दर्तामा भिडाउँदा सोमान गुरुङका नाममा इउने बिज ।.।२ दर्ता भएको भिड्न नआएको र निज सोमान गुरुङले बयान गर्दा ०९५ सालमा राधामायाका नाममा दर्ता इउने भन्ने विज ।.।४ को जग्गा ०९७।९।१५ मा राजीनामा लिएको भनेको हकमा प्रमाणमा पेश भइराखेको सो राजीनामा नक्कलमा नरबहादुर गुरुङको सिरानदेखि उत्तर ठुलसोरडाप डिलदेखि दक्षिण सुकवीर गुरुङदेखि पश्चिम ठाडो खोल्सीदेखि पूर्व भनी उल्लेख गरेको ४ किल्ला न.नं.क (४) को जग्गामा मिल्न भिड्न नआएकोले सो न.नं.क.(४) को जग्गा सोमान गुरुङको रहेछ भन्न नमिल्ने ।

(प्रकरण नं. ३७)

निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

उल्लेखित मुद्दा  :   

फैसला

          प्र.न्या.श्री भगवतीप्रसाद सिंह

          १.   बाबु मु.महावीर गुरुङ र कान्छी आमा राधामाया गुरुङस्यानी मलाई ०८६ सालमा बकसपत्र गरी दिएको मध्ये बलाङ गाउँ सिरानको देउराली डिलदेखि पूर्व, बराह थान स्वारा छेउको खोलसीदेखि दक्षिण, मतुने च्याँस्वारा सिरानको चौतारा देखि पश्चिम, इउने खोला देखि उत्तर ४ किल्ला भित्रको इउने तल्लो स्वारा भन्नेसमेत ९ स्वारा पाखा मैले ०८६ सालदेखि भाग तिरो चलन गरी आएको ०९५ सालमा सर्पटमा कान्छी आमा राधामायाको मञ्जुरीबाट मेरो नाउँमा दर्ता समेत भएको ९ स्वारा पाखा मध्ये उपल्लो इउने ठूलो स्वाराको जग्गाको उत्तर पट्टिको खण्डमा र वराहा थानको खोल्सी वारी कुना पाताल स्वारामा जि.चम्फ सिंहले इउने मजिने चियान तल्लो उपल्लो स्वारा र उपल्लो इउने ठूलो स्वाराको पूर्वपट्टि लाल सुरले सोही ठूलो स्वाराको दक्षिणपट्टि मन बहानुरले र सोही इउने ठूलो स्वाराको पश्चिमपट्टि र तल्लो खण्ड इउने स्वारामा लालसिंह गुरुङ मैले गहुँ छरेको विउमाथी विउ मिसि ०९८ साल कार्तिक १ गते जग्गामा खिचोला गरे, सो जग्गा निजहरुको भन्छ भन्ने अघि अघि सो जग्गा अधिया ठेक्कामा खाँदा कमाउँदा अन्यायको मानबहादुरको छोरा पद्मबहादुरले मेरो बाबु महाविरलाई ०८३ सालमा र लालसिंह गुरुङले ०९४ सालमा ठेक्काको कागज गरी दिने पनि नपर्ने सो अघि यो ठेक्काको कागजले निजहरुको हकको भन्न नभएको समेत हुँदा खिचोला मिटाई जग्गा मेरै सदर थामी पाउँ भन्नेसमेत गणेशराजको ०९८।७।१९ को फिरादपत्र ।

          २.   वादीले दावी गरेको जग्गा वादीको नभई हामी समेत २८ घर रैतीले भोगी आएको वादीकी कान्छी आमा राधामायाले राजीनामा गरी दिए बमोजिम ९५ सालको सर्पटमा हाम्रा नाउँमा विजन समेत तोकी दर्ता भई भोगी खाई आएका छौं । हाम्रो इउने भन्ने पुरानो जग्गालाई वादीले नयाँ नाउँ राखी दावी गरेको मात्र हो, वादीको लिखत हेर्न पाएमा उजूर गर्ने छौं । मानबहादुर अन्धो मानिस समेत भई बिउ मिसि खिचोला गरेका समेत होइनौं भन्नेसमेत व्यहोरा चंफ सिंह समेतको ०९९।१।७।१ को प्रतिवादी ।

          ३.   राजीनामा गरी लिने भनेको नरबहादुर समेत पेट बोलीबाट बुझ्दा हामीले राजीनामा गरी लिएको जग्गा हो, सो जग्गा वादीको होइन, हाम्रो हक भोगको हो भन्नेसमेत ०९९।३।२१ मा बयान गरेको ।

          ४.   वादीतर्फबाट पेश भएको कागजहरु प्रतिवादीहरुलाई र प्रतिवादीतर्फबाट पेश भएको कागजहरु वादीलाई सद्दे कीर्तेमा सुनाउँदा वादीले पेश गरेका कागजहरुलाई प्रतिवादीहरुले १९८३ साल भाद्र २७ गतेको ठेक्का कबुलियतको कागज सद्दे हो अरु कुनै कागज जालसाजी र कुनै कीर्ते भनी बयान गरेको र प्रतिवादीले पेश गरेको कागजहरुलाई वादीले जालसाजी भनी बयान गरेको ।

          ५.  वादीले ०८६ सालमा कान्छी आमा राधामायाले गरी दिएको भनेको लिखत रजिष्ट्रेशन पास नभए पनि सदर नहुने भन्न नहुने र तिरो तिरेको रसिद समेत देखिएको नापी डोरको सामने तिम्रा नाममा दर्ता गर्नु भनी मञ्जुरीको लिखत समेत गरी दिएको देखिएको प्रतिवादीले कीर्ते जालसाज भनेको कागज सद्दे देखिन आएको, प्रतिवादीले पेश गरेको राजीनामा जालसाजी देखिने । १९९५ सालको नापीमा तालुकदार चंफ सिंह देखिएको, गणेशराजले दर्ता छ भनेको जग्गा पनि चंफ सिंह जिम्मा देखिएको यिनै प्रतिवादीको लेखाइमा ठेक्काको जग्गा दर्ता गर्न पठाउँदा नयाँ दर्ता गर्नु हुँदैन, ठेक्का सदर गरी पाएकै भन्नु पर्‍यो भनी २८ घरको सहीछाप गराएकोमा ठेक्कको कागज गराएको रहेछ हाल थाहा भयो भन्ने लेखेको, सो ठेक्काको कागजलाई कीर्ते पनि हो भनी लेखी बयान गरेपछि निजहरुको लेखाईबाट ठेक्काको कागज दिएको देखिएको समेतबाट फिराद दावीको जग्गामा प्रतिवादीले लागू खिचोला गरेकै र वादीको सद्दे कागजलाई कीर्ते भनी झुठ्ठा लेखेको समेत ठर्हछ भन्ने २०००।१।१९।१ को प.२ नं. गोर्खा अदालतको फैसला ।

          ६.   जग्गाको दर्ताको कुरा हुँदा म्याद नाघेको उजुरी खारेज हुनुपर्ने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीहरुको पुनरावेदन ।

          ७.  यो गणेशराजले ०८६ सालमा जग्गा बक्स पाएको देखिएको यो तिरोको जग्गा वा यस जिम्माको यो तालुकि झूट्टामा दर्ता भई खाई आएकोले यो हाम्रो जग्गामा दावी झूट्टा हो भन्ने लिखत र त्यस कुराको सबूद दिन गुजार्न नसकेको यो वादी गणेशराज राधामायाको हकदार छोरा देखिन आएको राधामायाबाट सम्म राजीनामा गराएको साँचो व्यवहार भए गणेशराजको पनि मञ्जुरीको लिखत हुनुपर्ने सो नदेखिनाले समेत इन्साफ शुरुको मनासिव छ भन्ने २०२०।११।२७।६ को अपील पहिलाको फैसला ।

          ८.   हदमुनि गरी गरेको इन्साफमा चित्त बुझेन भन्ने प्र.सोमान गुरुङ समेतको निवेदनमा इन्साफ जाँच दिनु भन्ने प्रमांगी ।

          ९.   राधामायाले गरी दिएको भनी प्रतिवादीले पेश गरेको राजीनामा सद्दे साँचो व्यवहारको भए वादी हकदार र छोरो भएकोले निजको समेतको कागजमा मञ्जुरी हुनुपर्ने प्रतिवादीहरुलाई गरी दिएको राजीनामा भन्दा वादीलाई गरी दिएको मञ्जुरीनामा अगाडिको देखिएकोले प्रतिवादीलाई मैले राजीनामा गरी दिएपछि वादी र राधामाया मिली जालसाज गरेका रहेछन भन्न मनासिव नपरी प्रतिवादीहरुको राजीनामाको मिति नै वादीलाई राधामायाले गरिदिएको मञ्जुरीनामाको भन्दा पछि देखिएको र राधामायाले म्यादै गुजारी बसेकी देखिएकोले समेत इन्साफ शुरुको सदर गरी अपील पैलाले गरेको मनासिव छ भन्ने भारादारी दोश्राका २००१।११।१४ को फैसला ।

          १०.  इउने भन्ने जग्गा कार्की तामाङ्नी समेत २८ जना रैतिहरुले घरबास कमोत तिरो भरो गरी आएकोमा खसम परलोक भएपछि निजहरुलाई नाउँ सारी गरी दिन नपाउँदै निजहरुका नाउँमा नाउँसारी गरी देउ भन्दा सौताने छोरा गणेशराज तालुकदार समेत भएकोले नापी गराई सकेपछि दर्ता गर्ने डोरमा सामुन्ने राजीनामा लेखी रैतिका नाउँमा दर्ता गराई दिएको थिएँ । पछि सौतेनी छोरा गणेशराजले युनि भनी फरक नाउँ राखी प्रत्येक जग्गा दर्ता गराएछ । आवाद नगरी २८ घरको युनि जग्गा मैले बकसपत्र दिएको भनी झुठ्ठा कारवाई गराएछ । मैले बकस दिएको छैन, रैतिहरुको जग्गा हो सो बकसपत्र पास नभएको कीर्ते नै ठहराइ फैसला समेत भइसकेको छ, सो मिसिलहरु समेत झिकाई सद्दे कीर्तेमा बयान गराई सरजमिन समेत गरी जाहेर गर्नु भन्ने पाउँ भन्ने राधामायाको र हामी रैति २८ घरले ३/४ पुस्ता देखि भोग चलन गरी हाम्रा नाउँमा दर्ता भई भोगी आएको जग्गामा भारदारी समेतबाट हराई फैसला गरे, राधामाया र माल अदालत बडाहाकिम समेतका अफीसर समेत राखी सरजमिन नक्सा समेत गरी हक इन्साफ गरी दिनु भन्नेसमेत हुकुम प्रमांगी पाउँ भन्नेसमेत कार्की तामांङ्नी समेतको विन्तपत्रमा व्यहोरा साँचो भए छिनिएको र दायरी मिसिलहरु समेत झिकि यी रैतिले भोग तिरो गरी आएको जग्गा र गणेशराजले बिगो पाउने गरेको जग्गा एउटै वा छुट्टै के रहेछ माल गोश्वरा अदालतको हाकिम गोरखा दरबारको सुब्बा समेत सरजमिनमा गई हेरी नक्सा समेत गरी बुझी ठहराई जाहेर गर्नु भन्ने ०४।७।१।६ को हुकुमको प्रमांगी ।

          ११.  विन्तिपत्रमा भएका हुकुम प्रमांगी बमोजिम गरिपाउँ अन्याय साथ रैतिको घरबास उठा गर्ने नियत गरी दावी अखज खिचोला गरेको मिटाई आफ्नो जग्गा सदर थामी पाउँ भन्नेसमेत ०४।७।१८।२ को २६ जवानको हकमा समेत लालसिंको बयान ।

          १२.  मेरा बाबु महाविरले राधामायालाई विवाह गरी ल्याए पछि मेरो आमालाई निकाला गरेको र म देशतर्फ गएको ८६ सालमा घर आउँदा सोही इउने जग्गा राधामाया समेत साक्षीका रोपकार भई ८६ सालमा बकसपत्र लेखी दिएकोबाट मेरो चलन भइरहेको भई इउने जग्गामा धनराज समेतसंग मुद्दा पर्दा बराहा थान भन्ने १ कित्ता जग्गा धनराज समेतलाई दिई अरु बाँकी इउने उपल्लो ठूलो स्वारा समेतको ९ कित्ता जग्गा मिलापत्रबाट हाम्रो हक भएको मिलापत्रमा खुलेकै छ, सो जग्गामा उजुरवालाहरुको घरधुरी पनि छैन । ०९५ सालको सर्पटमा मेरै नाउँमा दर्ता छ, उजुरवालाहरुका नाउँमा दर्ता भएको र तिरो भरो गरेको समेत थाहा छैन । सो बाहेक अरु प्रति जग्गामा दर्ता गर्नलाई दरखास्त दिएको समेत छैन भन्नेसमेत २००४।८।६।६ को गणेशराजको बयान ।

          १३.  भतिनि च्याँ तल्लो स्वारा समेतको ६ कित्ता जग्गा र उजुरवाला चम्फ सिंह समेतले उजूर गरेको इयुने भन्ने जग्गा एउटै देखिएको सरजमिनले पनि एउटै भन्ने लेखी दिएको सो झगडा परेको जग्गामा घर धुरि नभएकाले नक्सा सरजमिनसमेत गरी प्रमांगी बमोजिम जाहेर गरेका छौं भन्ने ०६।२।१४ को पू. २ नं. गोश्वरा माल अदालतको प्रतिवेदन ।

          १४.  झगडा परेको जग्गा घर धुरी नभएको भनी ३ अड्डाले ठहराई जाहेर गरेको र ३।४ पुस्ता देखि भोग गरी आएको जग्गा भए मौकैमा आफ्ना नाउँमा दर्ता गराउन सक्नु पर्ने, सो नसकी ०९५ सालमा राधामायाबाट राजीनामा गरी लिएको भनी राजीनामा समेत पेश गरेको प्रमाण निमित्त आएको मिसिलबाट देखिएकोले सो जग्गा उजुरवालाको रहेछ भन्न नभई ०१।११।१४ मा भारदारी दोश्राले ठहराई छिनेको मनासिव छ भन्नेसमेत ०६।६।३।२ को खड्गनिसाना ।

          १५.  खड्गनिसाना फैसला भएकोमा चित्त बुझेन भन्नेसमेत चंफ सिंहले ठाडो बिन्ती पत्र चढाउँदा के रहेछ फेरि जाहेरी गर्नु भन्ने हुकुमको प्रमांगी भई जाहेर हुँदा बकसपत्र कस्तो रहेछ बुझी जाहेर गर्नु भन्ने ०६।९।४।१ को हुकुमको युक्ती परेको दस्तखत ।

          १६.  सो बकसपत्र निज कान्छी आमा राधामायासंगको घर धनमाल जग्गा मुद्दामा पेश भएकोले मसंग छैन भन्नेसमेत ०६।११।१९।५ को गणेशराजको कागज ।

          १७.  बकसपत्रको नक्कल जग्गा मुद्दामा पेश भएको र राधामायालाई झिकाएमा पैरविमा रहन नसकी गुजारी बसको कीर्ते हो भन्ने हुलाकद्वारा दरखास्त पठाए पनि राधामायाले गणेशराजलाई मञ्जुरीनामा गरी दिएको नक्कल मिसिल सामेल देखिएकोले ०६।६।३।३ को खड्गनिसाना भई छिनिएको सदर भन्ने ०७।७।२९।३ को खड्गनिसाना ।

          १८.  इन्साफमा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भन्ने चंफ सिंहको निवेदनमा ०७ सालमा छिनिएको रहेछ भने यो मुद्दाको मिसिल झिकि इन्साफ जाँची ऐन सवाल बमोजिम गर्नु भन्ने ०८।५।१४ को श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

          १९.  ०९६ साल श्रावण १७ गते गणेशराजले गरी दिएको कागज भनी पेश गरेको कागज नापी गोश्वरामा झुठ्ठा कीर्ते कागज बनाई पेश गरेको भन्ने बोली लेखिएको सो कागज २ पटक खड्गनिसाना हुँदा पनि पेश गरी प्रमाण लगाउन नसकेको समेत इन्साफ जाँच्नु पर्दैन खारेज गरी दिनु भन्ने ०९।३।६।५ को श्री माननीय भू.पु. प्रधान न्यायाधीशज्यूको आदेश ।

          २०.  इन्साफ जाँची पाउँ भन्ने चंफ सिंहको निवेदनमा राम्रोसंग इन्साफ जाँची ऐन सवालले ठहरे बमोजिम गर्नु भन्नेसमेत श्री माननीय कानून मन्त्रीज्यूको नाउँमा श्री ५ महाराजाधिराजबाट बक्सेको ०९।३।२६ को हुकुम प्रमांगी ।

          २१.  सक्कल बकसपत्र समेत दाखिल गर्न नसकेकोमा अन्यायसंग खड्गनिसाना भएको छ भन्नेसमेत चंफ सिंहको निवेदनमा हुकुम कै आधारमा मुद्दा दोहर्‍याउने गरी श्री शाही परामर्शदाता केसर शमशेरबाट मेमो सदर भएको देखिएकोले इन्साफ दोहर्‍याइ हेर्न डिभिजन बेञ्चमा पेश गर्नु भन्नेसमेत ०११।६।५।३ को डिभिजन बेञ्चको आदेश ।

          २२.  झगडीयाले एकहोरो भागमात्र पारी बिन्ति चढाई सातौं तहबाट दोहरीने गरी प्रमांगी गराएछन् दोहर्‍याई इन्साफ जाँच गरी रहनु पर्दैन भन्नेसमेत प्रमांगी पाउँ भन्नेसमेत गणेशराजको निवेदनमा व्यहोरा साँचो भए दोहर्‍याई रहनुपर्दैन भन्नेसमेत हु.प्र.।

          २३.  दोहर्‍याउनु पर्दैन भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बकस भई आएको बिन्तीपत्रको व्यहोरा साँचो देखिएकोले मुद्दा दोहरिन सक्दैन भन्नेसमेत ०११।१२।१७ को फुल बेञ्चको आदेश, इन्साफ दोहर्‍याई राम्रोसंग चाँडो इन्साफ जाँची माहाजाँचको दर्ता र भोग समेत रैतिहरुकै ठहरेकोमा निजहरुलाई थामिदिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत वा समेतको चंफ सिंहको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए इन्साफ जाँची ऐन सवाल बमोजिम मुद्दा किनारा गरी दिनु भन्ने श्री राजकिय परिषदका अध्यक्षबाट हुकुम बक्सेको छ भन्ने सचिव राजकिय परिषदबाट लेखी आएको ०१५।३।२९ को हुकुम प्रमांगी ।

          २४. अघि हेर्ने नहेर्ने निर्णयलाई सम्म फुल बेञ्चमा पेश हुँदा गणेशराजका बिन्ति चढाइमा दोहर्‍याई हेर्नु पर्दैन भन्ने हुकुमको प्रमांगी बमोजिम दोहरिन सक्दैन भनी ०११।१२।१७ मा फुल बेञ्चबाट आदेश भएको मुद्दै किनारा भएको नहुँदा हेर्न फुल बेञ्चको लगत काटी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१७।१०।४।३ को फुल बेञ्चको आदेश ।

          २५. डिभिजन बेञ्चको मिति मितिका आदेश बमोजिम झिकाई आएका नापी खेश्रा मोठहरु हेर्दा केरमेट समेत ठाउँ ठाउँमा गणेशराज समेतको छाप लागेको निजै उजुरवाला वादी बसी यो निवेदकहरुका नाउँमा झगडा परेको इउने पाखो जग्गा दर्ता भएको देखिएको उक्त दर्ता भएको ०९५ साल पछि ९६ सालमा मात्र वादी गणेशराज खारेज भई चंफ सिंह कायम भएको मिसिल सामेल रहेको ९६ साल श्रावण १६ समेतका वाहाली पुर्जी नक्कलबाट देखिएकोले समेत नापी भएको ९५ सालमा उजुरवाला वादी गणेशराजनै तालुकदार देखिएको, ८६ सालको बकसपत्र हुकुम प्रमांगी बमोजिम माग्दा पनि वादीले दाखिल गर्न नसकी धनमाल मुद्दा मिसिल सामेल छ भनी भनेको, तायदाती फाराम समेतबाट सक्कल मिसिल सामेल भएको नदेखिएको उक्त बकसपत्र नक्कलमा २९ गते घर पुगेको भनी पेटबोलीमा बोली परेको कागज २१ गते देखिएकोले सो लेखिन नसक्ने उक्त बकसपत्र पनि उजुरवालाले नै लेखेको अन्तर साक्षी १ जना मात्र भन्ने जनिएको उक्त बकसपत्रलाई राधामायाले गरी दिएको होइन भनी बराबर उजुरी बिन्तिपत्र समेत दिई रहेकै देखिएकोमा पनि सो बकसपत्र पं. २ नं. गोरखा नापी गोश्वरा ०९६।२।९ का पर्चाबाट बदर भएको निजै राधामायाका लिखतले प्र.निवेदकहरुका नाउँमा उजुरवाला गणेशराज समेत भई दर्ता भएको सदर मान्नु पर्ने वादी तर्फको दर्ता इउने भन्ने जग्गा जंगलको अन्तर छिन्तरमा २ नं. देखि ४ नं. तक छुट्टै दर्ता भएको देखिएको हुकुम प्रमांगी बमोजिम पं. २ नं. गोश्वरा गोरखा अदालत गोरखा माल र गोरखा दरवारका हाकिम अफीसर समेत भई गरेको नक्सा सरजमिनका अधिकांश सरजमिनहरुले प्रतिवादीहरुकै दर्ता भोग जनाई किटान साथ लेखी दिएको मिसिल सामेल रहेको नक्सा सरजमिनबाट देखिएको, अघिदेखि प्रतिवादी निवेदकहरुले झगडा परेको जग्गा भोग गरेको भन्ने वादी उजुरवाला समेत सावितै रहेकोले समेत गुमान तामाङ्ग, मेम्बर तामाङ्ग, कवा तामाङ्ग समेत ३ जनालाई दिएको भन्ने वादी गणेशराज र निज गणेशराजसंग लिई भोग चलन गरेको भनी नक्सा सरजमिनमा लेख्ने निज गुमान तामाङ्ग, मेम्बर तामाङ्ग, कवा तामाङ्ग समेत ३ जनालाई राखी छलफल गर्नु परेकाले आफूसंग भएको सबूद प्रमाण लिई आउनु भनी म्याद पठाई आएपछि सक्कल नापी खेश्रा र सक्कल मोठसमेत झिकाई पेशगर्नु भन्ने ०१९।८।७।५को डिभिजन बेञ्चको आदेश ।

          २६.  मुख्य वादीले ८३ सालमा राधामायाबाट बक्स लिई मेरो हक भएको भन्ने दावी लिएको सोही जग्गा ९५ सालमा राधामायाबाट राजीनामा गरी वादी नै बसी नापीमा दर्ता समेत गरी भोगी आएको हाम्रो हकको भन्ने प्रतिवादी भएको अघि हुकुम प्रमांगी बमोजिम माग्दा पनि बकसपत्र वादीले दाखिल गर्न नसकेको र नापी गोश्वराबाट सो बकसपत्र बदर भएको समेत सामेल रहेको पर्चा नक्कलबाट देखिएको र निज वादी तालुकदार गणेशराज समेत भई उक्त रैति चंप सिंह समेतका नाउँमा दर्ताको श्रीकुमारीचोक गोश्वरा तहविलबाट झिकाई आएको नापी खेश्रो हेर्दा त्यसमा ठाउँ ठाउँमा निज गणेशराजको छाप लागेको सो सक्कल नापी खेश्राबाट प्रष्ट हुन आई प्रतिवादीहरुले राजीनामा गरी लिएका सद्दे साँचो देखिन आएकोले प्रतिवादीहरुको अघिदेखि भोग भएमा वादी गणेशराज सावित भएको र हुकुम प्रमांगी बमोजिम ४ अड्डाका हाकिम अफीसरहरु भई गरेका अधिकांश सरजमिनहरुले पनि अघिदेखि प्रतिवादीहरुकै भोग देखाएको वादीको दर्ता जग्गा नक्सा नं. २ देखि ४ नं. तक जंगलको अन्तर छिन्तरमा रहेकोले झगडा परेको इउने जग्गामा वादीको हक भएको कुनै सबूद प्रमाण दाखिल हुन नसकेकाले ०१९।८।७।५ को डि.बे.को आदेशमा लेखिएका बुँदा प्रमाणबाट समेत प्रतिवादीहरुका हक ठहरेको जग्गा मध्ये निज गणेशराजले १९९८।१२।३।२ मा गुमांलाई रु.४६। मा र मेम्बर कवालाई ९९।१०।२४।७ मा रु.६०। को लिखत गरेको प्रस्तुत मुद्दा दर्ता दायर भई किनारा नहुँदै देखिएकोलेसमेत प्रतिवादीहरुउपर वादीले खिचोला गरे भनी झुट्टै दावी गरेकोभई शुरुदेखि खड्गनिसाना फैसलासमेत बदर हुने ठर्हछ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।९।११।४ को फैसला ।

          २७. सो इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादी गणेशराजको निवेदन परेकोमा यो निवेदनको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जोहर हुँदा रुल नियमबमोजिमको फुल बेञ्चबाट डिभिजनको इन्साफ एकपटक दोहर्‍याई हेरी ऐन सवाल बमोजिम गरी निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट ०२०।४।१५।३ मा लेखी आएको हुकुम प्रमांगी र बक्स भई आएको हुकुम प्रमांगी बमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु अपशब्द लेखेमा कसबाट यो निवेदन लेखाएको रहेछ निवेदक तर्फबाटै खुलाई लिने बिषयमा समेत उक्तबेञ्चमा मुद्दा पेश हुँदा यो आदेशको व्यहोरा पनि पेश गर्नु भन्नेसमेत माननीय न्यायाधीश श्री हरिप्रसाद प्रधानबाट भएको ०२०।५।२०।५ को आदेश ।

          २८.  अघि डिभिजन बेञ्चबाट झिकाई हेरिएको प. २ नं. गोरखा अपुँङ स्यार्ताङ मौजाको ९५ सालको सर्पट नापीको खेश्रा र जम्मा बन्दी मोठ किताब सक्कलै प्रमाणको लागि हेर्ना निमित्त आफ्नो अड्डाको कारिन्दा जिम्मा लगाई पठाई दिनु भनी कुमारीचोक गोश्वरा तहविललाई लेखी पठाउनु भन्ने ०२२।९।२३।३ को फुल बेञ्चको आदेश ।

          २९.  प्रस्तुत मुद्दा दोहर्‍याई पाउँ भनी दिएको निवेदनपत्रमा अपशब्द लेखेमा कसबाट यो निवेदनपत्र लेखाएको रहेछ, निवेदक तर्फबाटै खुलाई दिने बिषयमा समेत बेञ्चमा मुद्दा पेश हुँदा यो आदेशको व्यहोरा पनि पेश गर्नु भन्ने माननीय भू.पु.प्र.न्या.ज्यूबाट २०।५।२०।५ मा आदेश भइरहेको समेत देखिएकोले त्यसतर्फ कारवाईको लागि निवेदक गणेशराज गुरुङलाई नै उपस्थित गराउनु भनी वारेसलाई सुनाई अर्को पेशीको तारेख तोकिदिनु भन्ने ०२३।१।१४।३ को फुल बेञ्चको आदेश ।

          ३०.  आदेश बमोजिम तोकिएको तारेखमा गणेशराज हाजिर हुन नआएको र सक्कल श्रेस्ताहरु झिकाइएको पनि नदेखिनाले पेशीको दिन सक्कल श्रेस्ताहरु कर्मचारी जिम्मा लगाई पठाई दिनु भनी गोश्वारा तहविल लगत फाँट समेतलाई सूचना दिई गणेशराजलाई बाटाका म्याद बाहेक ७ दिनको म्याद पठाई पेश गर्नु भन्ने ०२३।८।१४।३ को फुल बेञ्चको आदेश ।

          ३१.  ०५।७।३०।२ को नक्सामा वादीले दावी गरेको जग्गा यो यति बिजको कित्ता यो हो प्रतिवादीहरुले आफ्नो भनी लेखाएको जग्गा वादी मध्येको यो खला भित्र प्रतिवादी यसको यति बिजनको दर्ता जग्गा पर्छ वा पर्दैन भनी प्रष्ट खुलेको नदेखिएकोले गोरखा मालको हाकिम गोरखा जि.अ.का न्यायाधीश आफै गई अर्को नक्सा गरी पठाई दिनु भनी लेखी पठाई सो भई आएपछि पेश गर्नु भन्ने ०२६।१०।२१।६ को फुल बेञ्चको आदेश ।

          ३२.  गणेशराज स्वयं अदालतमा उपस्थित भई ०२३।८।१६।५ मा सूचना बुझी तो नं. ११९ को बिन्तिपत्र म आफैले मसौदा गरेको र मेरो सहिछाप छँदैछ भन्नेसमेत उल्लेख गरी ०२३।१०।१८।३ मा वारेसद्वारा नं. ४७९ को निवेदन पठाएको देखिनाले अदालतको अपहेलनातर्फ मुद्दा दर्ता गरी सो तो.नं. ११९ को निवेदनमा अपशब्द लेखी अदालतको अपहेलना गरेकोमा तपाईउपर कानूनी कारवाई किन हुनु नपर्ने हो बाटाका म्याद बाहेक १५ दिन भित्र लिखित जबाफ लिई हाजिर हुन आउनु भनी निज गणेशराजलाई सूचना दिई नियमबमोजिम पेश गर्नु भन्ने ०२५।५।२२।६ को फुल बेञ्चको आदेश

          ३३.  वादीले प्रमाण दिई पेश गरेको ठेक कबुलियत र लालसुरले गरी दिएको रसिद राधामायाले गरी दिएको मञ्जुरीनामा जसलाई प्रतिवादीहरुले कीर्ते जालसाज भनेको छ, सो सक्कलै हेर्नु पर्ने देखिएको र सो सक्कल कागज ०६।६।५।४ मा वादी गणेशराजले फिर्ता लगी मिसिलमा नभएकोले दाखेल गर्न ल्याउनु भनी वादीको वारेसलाई सुनाई ऐनबमोजिम तारेख तोकी सो दाखिल भएपछि पेशीमा चढाई अघिका आदेश बमोजिम झिकाइएको ९१ सालको सर्पट नापी खेश्रा र मोठसमेत पेशीको दिन बेञ्चसमक्ष देखाई वापस लैजाने गरी पठाइदिनु भनी गोश्वरा तहविललाई लेखी पठाई नियमबमोजिम पेश गर्नु भन्ने ०२५।९।१७।३ को फु.बे.को आदेश ।

          ३४. यसमा तारेखमा रहेका दुवैपक्षका वारेस रोहवरमा रही ०२६।५।१७।३ मा पेश गरी निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र प्रतिवादीहरुतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा बाबु महाविर गुरुङ र कान्छी आमा राधामाया गुरुङसेनीले ८६ सालमा बकसपत्र गरी दिई मैले भोगचलन तिरो भरो गरी आएको ९५ सालको सर्पट नापीमा तिम्रै नामा दर्ता गर्नु भनी कान्छी आमा राधामायाले ९५।१०।१० मा मञ्जुरीको कागज गरी दिएबाट मेरो नाममा दर्ता भएको ९ स्वारा पाखा मध्ये बराहा थान खोल्सी वारी कुना पातल स्वारा बिज ।।२ को जग्गामा जि. चफं सिंहले र उपल्लो इउने ठूलो स्वारा बिज ।।२ को जग्गामा पूर्वपट्टि लालसुरले, दक्षिणपट्टि मनबहादुरले पश्चिमपट्टि लाल सिंले उत्तरपट्टि चंफ सिंले, इउने मतिने चिहान तलो उपल्लो स्वारा ।।२ को जग्गामा लालसुरले, तल्लो खण्ड इउने ठूलो स्वरा बिज ।।७ को जग्गामा लाल सिंले ९८ साल कार्तिक १ गते बिज मिसि खिचोला गरे भन्ने वादीको दावी र तिरो रु.१। को इउने भन्ने जग्गा हामी समेत २८ रैतिले कमाई आएको ९५ सालको सर्पट नापीमा भोग हामी रैति २८ घरको ठहरी वादीको कान्छी आमा राधामायाले ९५।१०।२२।७ मा राजीनामा गरी दिए बमोजिम हामी समेत रैतिहरुका नाममा हाम्रो जग्गा दर्ता भई भोग चलन गरी आएको हो भन्ने प्रतिवादीहरुको जिकिर रहेछ । वादी प्रतिवादीहरुको उक्त दावी जिकिरको झगडा परेको जग्गा कस्को हक भोग दर्ताको हो सो कुराको निर्णय दिनुपर्ने भएको छ ।

          ३५. २३।१०।२१।६ को फुल बेञ्चका आदेश बमोजिम पछि भएको ०२५।१।१२।४ को नक्सा हेर्दा नं. ४ र नं.क.(४) इउने मतिने चिहान तल्लो उपल्लो स्वारा विज ।.।२ दर्ताको मेरो भन्ने वादी नं.नं.४ सुकवीरको नाममा इउने बिज ।।२ र न.नं.(४) सोमान गुरुङका नाममा इउने बिज ।।२ दर्ता हाम्रो भन्ने प्रतिवादी र न.नं.५ र क (५)देखि फ(५) तक इउने उपल्लो ठूलो स्वारा बिज ।।२ दर्ताको मेरो हो, यस मध्ये नं.५ (५) को बिज ।।२ नं.प (५)को बिज।।२ गुमानलाई राजीनामा दिएको छु भन्ने वादी नं.५ दलबहादुर बिज ।।नं.क (५) भोजराज बिज ।।४ नं.ख (५) गोठे गुरुङ बिज ।।२ नं ग.(५)मानबहादुर बिज ।।४नं.घ (५)चमारसिं बिज ।।४नं.ङ (५) मुसैबिज ।।२ नं.च (५) खंवसिं बिज ।।३ नं.५(५) कार्की तमाङ्गनी २कित्ता बिज ।।२ नं.ज (५) नरबहादुर बिज ।।२ नं.झ (५) इमान बिज ।।२ नं.ई. (५) कंभुसिं बिज ।।२नं. ठ(५) ऐबिज ।।४नं.ठ(५) बिनु विज ।।४ नं.ड(५)चंफ सिं बिज ।।२ नं.ढ (५) जसबीर बिज ।।२ नं. ण (५) परमानन्द बिज ।।१ नं. त (५) दिर्घ धोज बिज ।।२ नं. थ (५) कामी बिज ।।२ नं. द (५) राधामाया हलेबिज ।।६ नं. घ (५) कालुराम बिज ।।२ नं. (५) लाल सिं बिज ।।२ नं प (५) कर्कि २ कित्ता हले बिज ।।२ को इउने भन्ने दर्ता र नं. फ (५) राधामाया हलेबिज ।।।५ बाटो मुनि दर्ताको हाम्रो हो भन्ने प्रतिवादी नं नं. ७ बराहा थान खोल्सी बारी कुना पातल स्वारा बिज ।।२ दर्ताको मेरो हो । बाटो मुनि बिज ।।१ को जग्गा कवामि क्वार तामाङलाई राजीनामा गरी दिएकोछु भन्ने वादी सो न नं. ७ भारतका नाममा इउने ।।३ र नं. ख (७) केहरसिंका नाममा कोते खर्क जाने बाटो मुनि इउने हले बिज ।।२ दर्ताको हाम्रो हो भन्ने प्रतिवादी र न.नं. ८ र क (८) देखि च (८) तकको जग्गा तल्लो खण्ड इउने बिज ।।७ दर्ताको मेरो हो । घ (८) चित्रबहादुरलाई १५।२।२८ मा राजीनामा पास गरी दिएको छु भन्ने वादी न.नं.८कवामि क्वारलाई राजीनामा दिएको छु भन्ने वादी नं.नं.८केहर सिंकोनाममा कोतखर्क जानेबाटोमुनि इउने हलेबिज ।।२रनं.क(८) राधामायाको नाममा कोते खर्क जाने बाटो मुनि बिज ।।२ नं. ख (८) राधामायाका नाममा इउने मतिने बीच ।।२ नं. ग (८) हस्तरामका नाममा इउने हले बाटो मुनि बिज ।।२नं.घ(८) मेजल गुरुङका नाममा इउने बाटो मुनी हले बिज ।।२न.ङ(८)चमार सिंको नाममा कोतेखर्क जाने बाटोमुनि इउनेहले बिज ।।२ नं.च(८)मान धोजका नाममा कोतेखर्क बिज ।।२ दर्ताको हाम्रो हो भन्ने प्रतिवादीहरुको भनाई जिकिर भएको देखिन आयो । ९५ सालको सर्पट नापीको मोठदर्तामा भिडाउँदा प्रतिवादीहरुको भनाइमध्ये सोमान गुरुङ खम्बसिंबाहेक अरु वादी प्रतिवादी दुवैपक्षका नाममा निजहरुको भनाइबमोजिम दर्ता भएको मिल्नभिड्न आउँछ ।

          ३६.  उक्त ९५ सालको नापी दर्ताको सम्बन्धमा कान्छी आमा राधामायाले गरी दिएकी ९५।१०।१० को मञ्जुरीनामा कागज बमोजिम मेरो नाममा दर्ता भएको भन्ने वादी निजै राधामायाले गरी दिएको ९५।१०।२२।७ को राजीनामा बमोजिम हामीहरुको नाममा दर्ता भएको भन्ने प्रतिवादीहरुको भनाई भएकोमा दुवैपक्षको दावी जिकिर दर्ताको जग्गा एकै र राधामायाले प्रतिवादीलाई गरी दिएको राजीनामा भन्दा वादीलाई गरिदिएको मञ्जुरनामा अगाडिको देखिएको समेत भनी प्रतिवादीलाई गरी दिएको राजीनामा जालसाजी र जग्गा वादीको दर्ता हक कायम ठहराई शुरु र खड्गनिशाना लगायत तह तह फैसला भएको र सो पछि ०१९।९।११।४ को डिभिजन बेञ्चबाट प्रतिवादीहरुले राजीनामा लिएको सद्दे ठहराई वादीको दर्ताको जग्गा पहिलेको न.नं. २ देखि ४ तक जंगलको अन्तर छिन्तरमा र झगडा परेको जग्गा प्रतिवादीहरुको कायम गरी छिनिएको समेत रहेछ । जहाँसम्म राधामायाले प्रतिवादीहरुलाई गरी दिएको भन्ने राजीनामाको प्रश्न छ, त्यसको हकमा पहिले गणेशराज नै तालुकदार भएका निजको ९४ सालको घर दरमा एका रैतिको जग्गा अर्काको नाममा दर्ता गरी दियो भन्ने सम्बन्धमा यिनै वादी प्रतिवादीहरु समेतको मुद्दा परी कारवाई चलेकोमा रैतिको जग्गा अरुको नाउँमा दर्ता गर्‍यो भन्ने जुन झगडा परेको जग्गा हो गोरखा नापी गोश्वाराबाट आफू आफू रैतिको नाममा दर्ता कायम भइसकेको भन्ने वादी वा.स.चंफ सिंले ९६।३।६।३ मा दरखास्त दिएकोले जग्गा दर्ता गरी दिने कुरामा यसबाट विचार तैकात गर्न नपर्ने र प्रतिवादी गणेशराजले उजुरवालाको जग्गा झिक्ने मुराद गरेकै समेत ठहराई दण्ड समेत गरी पश्चिम २ नं. गोश्वराबाट ९६।८।५ मा फैसला गरी निज गणेशराजलाई पुनरावेदनको म्याद समेत दिएकोमा निजले पुनरावेदन नगरी रैतिहरुको नाममा दर्ता भएको भन्ने कुरामा चित्त बुझाइ बसेको आखिरी साधक तहबाट जोहर भई गएकोमा रैतिहरुको भनाई बमोजिम रैतिहरु आफ्नो आफ्नो नाममा दर्ता भइसकेकै कारणले जाहेर गरी रहनु नपर्ने भनी भारादारी दोश्राबाट टुङ्गो लागी रैतिहरुका नाममा सर्पट नापीमा तत्काल दर्ता भएकोलाई मान्यता प्राप्त भइराखेको र वादी लालसिं गुरुङ समेत २५ जना प्रतिवादी गणेशराज गुरुङको विजाई विदुत मुद्दा परेकोमा इउने भन्ने जग्गामा रैतिको समेत हक भएको कायम गरी निज गणेशराजले आफ्नो जग्गा बाहेक रैतिको दर्तापट्टि जग्गामा हटक गर्ने भएको समेत ठहर भई अपील पैलाबाट ९६।१०।१८।४ मा फैसला भएको समेत प्रमाणको मिसिलहरुबाट देखिन आएको राधामायाले पनि प्रतिवादीहरुलाई राजीनामा गरी दिएको भनेकी र सो राजीनामा लिखतको आधारमा गराएको प्रतिवादीहरुको दर्ता बदर गरिपाउँ भन्नेतर्फ ऐनबमोजिम २ वर्षभित्र वादीको उजूर दावी नभएकोलेसमेत मिति अगाडि पछाडिको भन्नेसम्म कुराले प्रतिवादीहरुपट्टिको उक्त राजीनामा लिखतलाई जालसाजी भन्न मिल्ने देखिन आएन ।

          ३७. वादी प्रतिवादी दुवैपक्षको दावी जिकिर दर्ताको जग्गा एकै बेगल के रहेछ भन्नेतर्फ फिराद दावीमा बलाङ गाउँको सिरानको देउरालीको डिलदेखि पूर्व वराहाथान स्वाराछेउको खोल्सी देखि दक्षिण मतुने च्यांस्वारा सिरानको चौतारादेखि पश्चिम इउने खोलादेखि उत्तर भन्ने ४ किल्ला उल्लेख गरेको हकमा ४ किल्ला पश्चिम भित्रकै जग्गा वादीले पाएको भन्नलाई वादीले पाएको भनेको बकसपत्र दाखेल हुन समेत नसकेको दर्तामा ४ किल्ला नखुलेको र झगडा परेको जम्मै जग्गा वादी बमोजिम मेरो दर्ताको भन्ने वादीको दावी जिकिर भए पनि एकै पलट चक्ला मिलेको सो जम्मै जग्गा वादीको मात्र एकलौटी हक भए छुट्टा छुट्टै कित्ता गरी दर्ता गरीरहनु पनि कुनै कारण नदेखिने समेत हुँदा झगडा परेको जम्मै जग्गा मेरो मात्र दर्ता हकको भन्ने वादीको दावी जिकिर मनासिव देखिन आउँदैन । इउने मतिने च्याहान तल्लो उपल्लो स्वारा बिज ।।२ दर्ताको भनी वादीले दावी लिएको मध्ये न.नं.क (४) को जग्गा सोमान गुरुङको दर्ता इउने बिज ।।२ दर्ताको भनी प्रतिवादीहरुले नक्सामा जिकिर लिएको मोठ दर्तामा भिडाउँदा सोमान गुरुङका नामा इउने बिज ।।२ भएको भिड्न नआएको र निज सोमान गुरुङले बयान गर्दा ९५ सालमा राधामायाका नाममा दर्ता इउने भन्ने बिज ।।४ को जग्गा ९७।९।१५ मा राजीनामा लिएको भनेको हकमा प्रमाणमा पेश भइराखेको सो राजीनामा नक्कलमा नरबहादुर गुरुङको सोरानीदेखि उत्तर ठूलसोर डापडिलदेखि दक्षिण सुकबीर गुरुङदेखि पश्चिम ठाडो खोल्सीदेखी पूर्व भनी उल्लेख गरेको ४ किल्ला उक्त न.नं.क (४) को जग्गामा मिल्न भिड्न नआएकोले सो न.नं.क (४) को जग्गा सोमान गुरुङको रहेछ भन्न नमिल्ने र उपल्लो इउने ठूलोस्वारा बिज ।।२ दर्ताको भन्ने वादीको दावी जिकिर लिएको मध्ये न.नं.च (५) को जग्गा खम्बसिंको नाममा इउने बिज ।।३ दर्ता भएको भन्ने प्रतिवादीहरुले नक्सामा जिकिर लिएको मोठ दर्तामा भिडाउँदा निज खम्बसिंको नाममा इउने बिज ।।३ दर्ता भएको देखिन नआएको निज खम्बसिंलाई पेट बोलीबाट बुझ्न शुरुले म्याद जारी गरेकोमा हाजिर भई मेरो जग्गा भनी इन्कार पैरवी गर्न सकेको पनि नदेखिएकोले सो न.नं.च (५) को जग्गा निज खम्बसिंको रहेछ भन्न पनि नमिल्ने । बराहाथान खोल्सोबारी कुना पातल स्वाराबिज ।।२ दर्ताको भनी बाटो मुनि नं नं. ७ र ख (७) को जग्गालाई दावीले लिएको मध्ये न.नं.ख (७) लाई केहर सिंको नाउँमा कोतेखर्क जाने बाटो इउने हलेबिज ।।२ दर्ताको भन्ने प्रतिवादीहरुको भनाई तर निज केहर सिंका नाममा उक्त नामको एकै कित्ता मात्र दर्ता देखिएको र न.नं.८ को कित्तालाई पनि निजको केहरसिंहको यही दर्ताको भन्ने प्रतिवादीहरुले जिकिर लिएकोले सो न.नं.ख (७) चाँही निज केहर सिंको उक्त दर्ताको रहेछ भन्ने देखिन नआउने तल्लो खण्ड इउने बिज ।।७ दर्ताको भनी वादीले दावी लिए मध्ये नं.ख (८) को जग्गालाई राधामायाको नाउँमा इउने मतिने हलेबिज ।।२ दर्ताको भनी प्रतिवादीहरुले नक्सामा जिकिर लिएकोमा मतिने च्याँहा भन्ने थलो त्यस ठाउँदेखि धेरै फरक न.नं. ११ मा भई सो नं. ख (८) को जग्गा इउने नामको अरु जग्गाकै साथमा देखिन आएको, राधामाया पहिले म्यादमा हाजिर भई आफ्नो दर्ताको भनी पैरवी गर्न पनि नसकेकी समेत हुनाले सो न.नं. ख (८) को जग्गा र राधामायाले इउने मतिने दर्ताको रहेछ भन्ने नदेखिने समेत नक्सा प्रमाणहरुबाट वादीले दावी गरेको वादीको इउने मतिने च्याहां तल्लो उपल्लो स्वारा बिज ।।२ दर्ताको जग्गा न.नं.क (४) को उपल्लो इउने ठूलो स्वारा बिज ।।२ दर्ताको जग्गा न.नं.च (५) को बराहा थान खोलसी बारी कुना पातल स्वारा बिज ।।२ दर्ताको जग्गा न.नं. ख (७) को तल्लो खण्ड इउने ठूूलो स्वारा बिज ।।७ दर्ताको जग्गा न.नं. ख (८) को कायम मान्नु पर्ने र प्रतिवादीहरुले दावी गरेको जग्गा वादीले दावी गरेको गोश्वारा किल्ला भित्रै माथि उल्लेख भएबमोजिम वादीको कायम हुने अरु नम्बरनम्बरमा छुट्टै भएकोसमेत प्रष्ट हुनआएको छ ।

          ३८.  अतः उपरोक्त उल्लेख भए बमोजिम हालको नक्साबाट ९५ सालको सर्पट नापी मोठमा दर्ता देखिए सम्मको वादी प्रतिवादी दुवैपक्षको दर्ता हकको जग्गा छुट्टा छुट्टै कायम हुन आएको समेत हुनाले दर्ता समेतको सम्बन्धमा अरु कुरा विचार गरी रहनु परेन । वादी दावी बमोजिम निजको र दर्ताका इउने मतिने च्याहां तल्लो उपल्लो स्वारा बिज ।।२ दर्ताको न. नं. क (४) को र उपल्लो इउने ठूलो स्वारा विज ।।२ दर्ताको न.नं. च (५) को बराहाथान खोल्सी बारी कुना पातल स्वारा बिज ।।२ दर्ताको न.नं. ख (७) को र तल्लो खण्ड इउने ठूलो स्वारा बिज ।।७ दर्ताको न.नं. ख (८) को कायम हुन्छ । दर्ता दुवै थरीको कायम गरेको डिभिजन बेञ्चको राय मनासिव छ । वादीको दर्ताको जग्गा कुन रहेछ भनी छुट्याउनलाई माथि लेखिएको जग्गा निज गणेशराजको दर्ताको देखिन आएकोले त्यतिमा प्रतिवादीहरुले खिचोला गरेको ठर्हछ । सो बाहेक वादीले उक्त दर्ताको भनेको अरु कित्तामा वादीको दावी पुग्न सक्दैन । झगडा परेको जम्मै जग्गा वादीको ठहराई खड्गनिसाना लगायत र जम्मै जग्गा प्रतिवादीको ठहराई १९।९।११।४ को डिभिजन बेञ्च समेतले छिनेको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

         

तपसील

देहायका मानिस के शुरु प.२ नं. गोरखा अदालतको २०००।१।१९ को फैसलाले जग्गा खिचोला गरेमा भनी गर्ने गरेको देहाय बमोजिम दण्ड डिभिजन बेञ्चको ०१९।९।११।४ को फैसलाले नलाग्ने लगत काटी दिने गरेकोमा केही जग्गामा खिचोला गरेकै ठहरेकाले सो दण्ड लाग्ने नै हुँदा उक्त डिभिजन बेञ्चको फैसला बमोजिम लगत कट्टा गर्नु पर्दैन । सो लगत कायमै राख्नु भनी गारेखा जि.अ.मा लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिनु………………………………१

प २ नं. गोरखा अपुङ बस्ने जि.मु. चंफ सिंह गुरुङके रु.।६ ऐ ऐ बस्ने मानबहादुर रु.।६ ऐ बस्ने राधामाया गुरुङस्यानी के रु.।६ ऐ खिपुं बस्ने कर्कि तामाङनी के।३ ऐ अपुं बस्ने मुसे गुरुङ के रु.।६ ऐ असुं बस्ने धनराज गुरुङ के रु.।६ ऐ बस्ने चमारसिंह गुरुङ।६ ऐ बस्ने इमान गुरुङ ऐ।६ ऐ बस्ने भोजराज गुरुङ ऐ ।६ ऐ बस्ने शोभा गुरुङ ऐ।६ ऐ बस्ने दिर्धवध्ज गुरुङ ऐ।६ ऐ बस्ने कामी गुरुङ ऐ।६ ऐ बोलान बस्ने केहर सिंह गुरुङ ऐ।६ ऐ बस्ने मान ध्वज ऐ।६ ऐ बस्ने चमार गुरुङ ऐ।६ ऐ अपंगु बस्ने लाल सुर गुरुङ ऐ।६ ऐ लालसिंह गुरुङ ऐ।६ ऐ भारत गुरुङ ऐ।६ ऐ दम्बरसिंह भन्ने खम्ब गुरुङ ऐ।६ ऐ बस्ने गोठे गुरुङ ऐ।६ ऐ बस्ने नरबहादुर गुरुङ ऐ।६ ऐ बस्ने मैते गुरुङ ऐ ।६ ऐ दलबहादुर गुरुङ ऐ।६ ऐ बस्ने परमान्द गुरुङ ऐ।६ ऐ बस्ने सार्की गुरुङ ऐ।६ ऐ खीम्मु बस्ने कालुराम तमाङ ऐ।६ ऐ अपुंग बस्ने सुखबीर गुरुङ ऐ।६ ऐ बलाङ बस्ने मेवर गुरुङ ऐ।६ ऐ बलाङ् बस्ने हस्तराम गुरुङ ऐ।६ ऐ अपुगं बस्ने दल मान गुरुङ ऐ।६

वादी गणेशराज गुरुङ के ऐ ऐ मितिको फैसलाले लिने गरेको सलामी रु.१। एक डिभिजन बेञ्चको ०१९।९।११।४ को फैसलाले नलाग्ने लगत कट्टा गरी दिने गरेकोमा सो अनुसार गर्नु पर्दैन सो लगत कायम राख्नु भनी ऐ …………………..२

देहायका मानिसके अपील पैलाको २०००।११।२७।१ को फैसलाले अपील गरेवापत थप गर्नेगरेको देहायबमोजिम डि.बे.को १९।९।११।४ को फैसलाले नलाग्नेले लगत कट्टा गरिदिने गरेकोमा सोअनुसार गर्नुपर्दैन । देहायबमोजिम गर्नु भनी ऐ…………३

जि.मु.चफं सिंहगुरुङ के गर्नेगरेको दण्ड रु.१।१६मध्ये जग्गा खिचोलातर्फ लाग्नेठहरेको दण्डरु.।६को अपील गरेवापत थप लाग्ने दशौंद दण्ड रु.।१ कायम गरी बाँकी रु.१।१५ नलाग्ने हुँदा असूल भइसकेको भए फिर्ता बाँकी भए लगतकट्टा गरी दिने १

ऐ बस्ने नरबहादुर के.ऐ रु.।१६ मध्ये ऐ रु.।१ कायम गरी बाँकी रु.।१५ ऐ ऐ १ दलमान गुरुङ के ऐ रु.।२६ मध्ये ऐ ऐ रु.।१ कायम गरी बाँकी रु.।२५ ऐ रु.।२५ ऐ १ दिर्गध्वज गुरुङ के ऐ रु.।१३ मध्ये ऐ रु.।१ कायम गरी बाँकी रु.।१२ ऐ१ भरत गुरुङ के.ऐ रु.।२८ मध्ये ऐ रु.।१ कायम गरी बाँकी रु.।२७ ऐ१ कार्की तमाङनी के ऐ रु.।२७ मध्ये ऐ रु.।१ कायम गरी बाँकी रु.।२६ १ सोमाँ गुरुङ के ऐ रु.।३ मध्ये ऐ रु.।१ कायम गरी बाँकी रु.।२ ऐ १

देहायका मानिस के वादीको प्रमाणको लिखत कीर्ते जालसाजी भने वापत प २ नं. गोरखा अदालतको २०००।१।१९।१ को फैसलाले गर्ने गरेको देहाय बमोजिम दण्ड डिभिजन बेञ्चको १९।९।११।४ को फैसलाले लगत कट्टा गर्ने गरेकोमा सो अनुसार गर्नु पर्दैन शुरु फैसला बमोजिम लगत कायमै राख्नु भनी ऐ……………………….४

प २.नं. गोरखा अपुंग बस्ने चफं सिंह गुरुङ के रु.।२५ ऐ बस्ने लालसिंह गुरुङ के ऐ।२५ ऐ बस्ने शोभाँङ गुरुङ के ऐ।२५ ऐ नरबहादुर गुरुङ के ऐ।२५ ऐ बस्ने परमान्द गुरुङ ऐ।२५ ऐ बस्ने भारत गुरुङ ऐ।२५ ऐ बस्ने गोठे गुरुङ ऐ।२५ ऐ खिम्यु बस्ने कार्की तमाङनी के ऐ।१३ ऐ बस्ने मानबहादुर ऐ ऐ।२५ ऐ अपुं बस्ने लालशुर गुरुङ के ऐ।२५ ऐ इमान गुरुङ के.ऐ।२५ ऐ बस्ने दलबहादुर गुरुङ के.ऐ।२५ ऐ बस्ने मैते गुरुङ के.ऐ।२५ ऐ बस्ने मुसे गुरुङ के.ऐ।२५ ऐ बस्ने सार्की गुरुङ के ऐ।२५ ऐ बस्ने धनराज के ऐ।२५

नियमबमोजिम मिसिल बुझाई दिनु…………………………..५

 

न्या. श्री लोकराज,

न्या. श्री हेरम्बराज,

न्या. श्री रङ्गनाथ तथा

न्या.श्री रत्नबहादुर विष्ट

 

उपरोक्त ठहरमा हामीहरुको सहमती छ ।

 

इति सम्वत् २०२६ साल भाद्र ३१ गते रोज ३ शुभम् ।