August 29, 1969
Created by nepalarchives

निर्णय नं. ५०३ – पैनी तोडी दियो भन्ने

निर्णय नं.  ५०३     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री हेरम्बराज ०२५ सालको दे.फु.नं. ४४ निवेदक     ...

निर्णय नं.  ५०३     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री हेरम्बराज

०२५ सालको दे.फु.नं. ४४

निवेदक      : जि.मोरङ प्र.हरिचंगदी मौजे सुरत बस्ने हरिप्रसाद राजवंशी

विरुद्ध

विपक्षी : ऐ मौजे कासी बस्ने चुक्तिलाल केवट

मुद्दा : पैनी तोडी दियो भन्ने

(१)   तारिखमा नबस्ने गरी धरौटी पुनरावेदन गरेमासो कायमै रहेको स्थितिमा तल्लो अदातल (जस्तोःइलाका) लाई केही गर्न (जस्तो : नक्सा गर्न) भएको आदेशानुसार सो गर्न निज (पुनरावेदक) रोहवरमा राख्नु पर्ने भई झिकाई उक्त तल्लो अदालतमा तारिखमा रहँदा गुजारेको तारिख सर्वोच्च अदालतबाट तोकेको तारिख गुजारेको पटकमा उपरोक्त गुज्रेको तारिखको पटक गाभ्न नहुने ।

            निवेदक प्रतिवादी हरीप्रसादले पहिले तारिखमा नबस्ने गरी धरौटी पुनरावेदन गरेको सो धरौटी कायमै रहेको अवस्था आदेशबमोजिम नक्सा गर्न तत्कालिन विराटनगर इलाका अदालतलाई लेखी गएकोमा नक्सा गर्दा रोहवरमा राख्नुपर्ने भनी उक्त इलाका अदालतबाट झिकाई तारिखमा राखेकोमा ०२०।५।१७ को तारिख पहिलापटक गुज्रेको पनि धरान जि.अ.को ०२०।५।२० को तोकबमोजिम विराटनगर इलाका अदालतमा पहिले थमाएको भए पनि धरौटी पुनरावेदनको तारिखमा बस्न पाउँ भनी ०२१।३।२३ मा मात्र निवेदन दिई तारिखमा रहेको समेत हुनाले सर्वोच्च अदालतबाट तोकिएको तारिख गुजारेकोमा नक्सा गर्ने कामको लागि विराटनगर इ.अ.बाट तोकिएको तारिख गुजारेको पटक गभ्याउन नमिल्ने प्रष्टै छ ।

 (प्रकरण नं. ३)

निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट :  x

उल्लेखित मुद्दा : x

फैसला

            मा.न्या.श्री रत्नबहादुर विष्ट

            १.     प्रस्तुत मुद्दामा पुनरावेदक हरिप्रसादको धरौटी पुनरावेदन परेकोमा निजको वा. नारायणप्रसादले ०२१।३।२३ मा निवेदन दिई तारिखमा रहेको ०२२।३।३ को तारिख तेश्रापटक पारी गुजारेको थमाउने अवधि समेत नाघीसकेको हुँदा धरौटी पुनरावेदन गरेको भए पनि उक्त लेखिएबमोजिम तारेखिमा रही तारिख गुजारेको देखिएबाट अ.बं.५५।२०१ नं. ले दायर रहन नसक्ने हुँदा पुनरावेदन डिसमिस हुन्छ भनी ०२२।९।१३।३ को डिभिजन बेञ्चबाट पुनरावेदन डिसमिस भएपछि सो डिसमिस भएकोमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने निज प्रतिवादी हरिप्रसादको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा अघि जिल्लामा नक्शा कारवाई भएको मुद्दामा जिल्लाले तोके थामेको तारिखलाई यस मुद्दामा जोड्न नमिल्ने सर्वोच्च अदालतमा तोकेको रजिष्ट्रारको आदेशले थामिएको तारिखलाई पहिलापटक र त्यस पछि तोकिएको ०२२।३।३ को तारिखको हकमा निवेदक उपस्थित नभई गुजारेको भए पनि दोश्रापटक मान्नु पर्ने दोश्रापटक ३०। दिन भित्र निवेदन परेको पनि मिसिलबाट देखिएको हुँदा त्यस्तो ०२२।३।३ को तारिखलाई तेश्रापटक कायम गरी डिसमिस गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको ०२५।४।२३।४ को हुकुम प्रमांगी र बक्स भइआएका हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय श्री प्रधान न्यायाधीश ज्यूबाट ०२५।४।२५।६ मा आदेश भएको समेत रहेछ ।

            २.    ०२२।३।३ को तारिख गुजारेकोलाई तेश्रापटक गुजारेको भनी ०२२।९।१३।३ को डिभिजन बेञ्चबाट डिसमिस गरेको मिलेको नदेखिंदा अ.बं.२०२ नं. बमोजिम छलफलको निमित्त वादी चूक्तीलाललाई झिकाई पेश गर्नू भन्नेसमेत ०२५।१२।१५।६ को फुल बेञ्चको आदेश ।

            ३.    यसमा छलफलमा झिकाईएको वादी चुक्तीलाल म्यादमा हाजिर हुन नआएकोले तारिखमा रहेको निवेदक प्रतिवादी हरीप्रसादको वा.सन्तलाल रोहवरमा रही आज पेश हुन आएको प्रस्तुत मुद्दा निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहससमेत सुनी हेर्दा निवेदक प्रतिवादी हरीप्रसादले पहिले तारिखमा नबस्ने गरी धरौटी पुनरावेदन गरेको सो धरौटी कायमै रहेको अवस्था आदेशबमोजिम नक्सा गर्न तत्कालिन विराटनगर इलाका अदालतलाई लेखी गएकोमा नक्सा गर्दा रोहवरमा राख्नुपर्ने भनी उक्त इलाका अदालतबाट झिकाई तारिखमा राखेकोमा ०२०।५।१७ को तारेख पहिलापटक गुज्रेको भनी धरान जि.अ.को ०२०।५।२० को तोकबमोजिम विराटनगर इलाका अदालतमा पहिले जनाएको भए पनि धरौटी पुनरावेदनको तारिखमा बस्न पाउँ भनी ०२१।३।२३ मा मात्र निवेदन दिई तारिखमा रहेको समेत हुनाले सर्वोच्च अदालतबाट तोकिएको तारिख गुजारेकोमा पहिले नक्सा गर्ने कामको लागि विराटनगर इ.अ.बाट तोकिएको तारेख गुजारेको पटक गभ्याउन नमिल्ने प्रष्ट छ । सर्वोच्च अदालतबाट तोकिएको ०२१।११।५ को तारेख गुजारेको पहिलापटक नै कायम गरी रजिष्ट्रेशनको आदेशबमोजिम थामी राखेको समेत हुँदा ०२२।३।३ को तारिख गुजारेको दोश्रोपटक नै कायम हुनेमा तेश्रापटक गुजारेको भनी २२।९।१३।३ का डिभिजन बेञ्चले पुनरावेदन डिसमिस गरेको मिलेको देखिएन, ०२२।३।३ को तारिख गुज्रेको थामी पाउँ भनी तत्काल प्रचलित अ.बं.५९ नं.को म्याद दोश्रापटक ३० दिन भित्रै प्र.हरीप्रसादको निवेदन परी राखेको मिसिल सामेल हुँदा सो तारिख ऐनबमोजिम गरी थामी फुल बेञ्चको दर्ता लगत काटी डिभिजन बेञ्चको लगतमा दर्ता गरी रुल नियमबमोजिम गर्न मिसिल सम्बन्धित फाँटमा बुझाइदिनु । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी हरीप्रसाद राजवंशी के ०२२।९।१३ ।३ को डिभिजन बेञ्चबाट र्भको डिसमिस फैसलाले गरेको दण्ड रु.।३ पैसा नलाग्ने हुँदा निजले ०१९।९। २६।५ मा राखेको धरौट रु.५० मध्ये कट्टा गरी सदर स्याहामा सो अनुसार गर्नु पर्दैन धरौट कट्टा गर्न बाँकी भई भए लगत कट्टा गरिदिनु कट्टा गरी सदर स्याहामा आम्दानी आघि सकेको भए कानूनबमोजिम हरिप्रसादलाई फिर्ता दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ……………………१

ऐ ऐ निजले मुद्दा दोहर्‍याउँदा ०२५।६।३१।४ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्ट फि रु.१। एक वादी चुक्तीलालबाट भराइपाउँ भनी कोर्ट फि ऐन,०१७ को दफा १५(११) बमोजिम ३ बर्षभित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ …………………………..२

 

मा.प्र.न्या. भगवतीप्रसाद तथा मा.न्या.श्री हेरम्बराज

 

उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।

 

इति सम्वत् २०२६ साल भाद्र १३ गते रोज ६ शुभम् ।