निर्णय नं. ४९५ – ज्यान मार्ने उद्योग गर्योल
निर्णय नं. ४९५ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२६ सालको फुल नम्वर...
निर्णय नं. ४९५ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
सम्वत् २०२६ सालको फुल नम्वर ३५
पुनरावेदक : मदुवा नेर्पा मेरैजम्पी कारागारमा थुनिएको भोलाकाजी राई समेत
विरुद्ध
विपक्षी : ऐ बस्ने धनीराम राईको उजूरीवाट श्री ५ को सरकार
मुद्दा : ज्यान मार्ने उद्योग गर्यो
(१) आरोप लागेको व्यक्तिहरूको जिकिर फरक परेमा–आरोपित कसूर (जस्तो–घाउ खत) गरेकै ठहरिने ।
अदालतको सुरु बयानमा पिङ्ग खेल्ने ठाउँमा प्रतिवादी पक्षलाई मात्र चोटपटक लागेको र धनिराम समेत त्यहाँबाट घर आइसकेपछि निज प्रतिवादीहरू पञ्चायत भवनमा निजसँग भेटी कुरा गर्दासम्म धनिरामलार्र्र्ई चोटपटक केही लागी राखेको देखिन नआएको समेतबाट प्रतिवादीहरूको जिकिर मिल्न नआई फरक परेबाट धनिरामलाई लागेको घाउ खत निजहरूकै कर्तव्यबाट परेको देखिन आउने ।
(प्रकरण नं. २८)
(२) मार्ने उद्धेश्यले मर्मस्थानमा हानी घा खत लागेको देखिएमा र सर्जमिनहरूको भनाईले पनि सो पुष्टी गरेमा ज्यानमार्ने उद्योग गरेकै ठहरिने ।
पुनरावेदकहरूले कसूर नगरेको भए ती सर्जमिनका व्यक्तिहरूले उल्लेख गरिएबमोजिम लेखाई दिनपर्ने अवस्था थिएन । घा खत हेर्दा टाउको देव्रे भागमा ७ १/२”,। १ १/२” गर्दन र छातीको बीचको भागमा ३ १/२”। १/४” देखिएकोबाट ज्यान मार्ने नै उद्देश्यले मर्मस्थानमै हानेको देखिने समेत भई त्यसबाट पनि पुनरावेदकहरूले ज्यानमार्ने उद्योग नगरेको भन्न मिल्ने भएन ।
(प्रकरण नं. ३०)
पुनरावेदक तर्फबाट : अधिवक्ता श्री लक्ष्मण प्र.तथा ठाकुरप्रसाद
विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे
उल्लेखित मुद्दा : x
फैसला
मा.न्या श्री रङ्गनाथ उप्रेती
१. काका धनिरामलार्र्र्ई रगतपक्ष भई लडी रहेको देखी म समेतका मानिसले बोकी घरमा लगी केहीवेरमा होस आयो । भिमप्रसाद भोलाकाजी २ जनाले ज्यान मार्नको उद्योग गरी काटेको घा–चोट जाँची पाउँ भन्नेसमेत उदयरामको निवेदन ।
२. यही ०२३ साल मार्ग ३ गते विहानको अं.३।। बजेका टायममा विपक्षी मध्येको भलकाजी मेरा घरमा आई मलार्र्र्ई एकान्त कुरा गर्छु भनी बाहिर बोलार्र्र्ई भन्यो कि पञ्चायत भवनको ग्राउण्डमा भिमप्रसाद राई पनि आई बसेको छ, मलार्र्र्ई डाक्न पठाएको भन्यो र साथ लागी म मेरो घरबाट हिंडेपछि मेरा घर देखि अं.१०० गज फरकको पञ्चायत भवनमा म पुग्नाको साथै विपक्षी भिमप्रसादले हातमा नाड्डो खुकुरी के कहाँबाट लिइबसेको रहेछ र मलार्र्र्ई देख्नासाथ मेरो हातबाट मरिस भन्ने आवाज गरी ज्यान मार्नको उद्योग गरी मेरो गर्धन ताकी हानेको बखत संजोगले मेरा देव्रे कान माथिको चल्नीमा र गाला समेतमा सो खुकुरीको चोट परी सोही मौकामा भलकाजीले पनि मेरो गर्धनमै ताकी त्यस्तै नाड्डो खुकुरीले हानेका बखत सन्जोगले नै मेरो गर्धन भनी नजिक छातीमा लागेछ र म सो मौकामा रगतपक्ष बेहोस भई भुईमा लडेछु, भतिजो उदयराम समेतका छिमेकी मानिसले मलार्र्र्ई बोकी मेरा घरमा ल्याई हेल्थ सेन्टरबाट घा जाँच गर्दा मेरो टाउको देव्रे भागमा ७ १/२ १/२ गर्धन र छातीको बीचमा ३ १/२, १ १/२ समेतको घाउ जाँच भई घा जाँच मुचुल्का खोटाङ जि.अ. मा छ । मौकामा विपक्षीहरूले मलार्र्ई काटेको आवाज गरेको सुन्ने पूर्व धनरामप्रसाद समेतका अरु गैह्र सर्जमिन बुझी हक इन्साफ गरी सजाय गरिपाउँ भन्नेसमेत प्र.पं. धनीरामको दरखास्त ।
३. ०२३ साल मार्ग २ गते बेलुकी भिमप्रसाद, भोलाकाजी, धनप्रसाद, तामु भिमबहादुर, कुलबहादुर खत्री क्षेत्री वृषबहादुर खत्री क्षेत्री, कुलबहादुरको छोरो जेठो बृषबहादुरको दाजु वा नाम नजानेको खत्री क्षेत्री, बृषबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, जयमर्दन राई, फोक्यी माया गुरुङस्यानी समेत ११ जना मेरा घरमा आई भूमिसुधार आउन लागी रहेछ त्यसलार्र्र्ई लागू गर्न दिनु हुँदैन, त्यसको नीति कम्निष्ट को हो, ०७ साल भन्दा अघिको स्थिति रीति राम्रो थियो, अहिले हालको स्थिति राम्रो छैन, भूमीसुधारलार्र्र्ई हटाउनु पर्छ भनेका र मैले समर्थन नगरेको कारण इविबाट मलार्र्र्ई मार्ने सडयन्त्र रची भिमप्रसाद भलकाजीलार्र्र्ई अग्रसर गराई गठ जमात भई पञ्चायत भवनमा आई मलार्र्र्ई बोलाउन पठाई हिजो बेलुकी भनेको कुराहरू तिमी समर्थन गर्छौ भने । यकिन समर्थन गर यदी गर्दैनौ मान्दैनौ भने हर्कबहादुर र भिमप्रसादले भनेपछि सम्झाउन बुझाउन लागेको आपसमा इसारा गर्नाको साथै भिमप्रसाद भलकाजीले खुकुरी झिकी पहिला भिमप्रसादले मेरा बाँया गर्दन ताकी हान्दा काननेर लाग्न गई म लडें । सो पछि भलकाजीले पनि मेरो गर्दन ताकी हान्दा घाँटी मुनी छाती हड्डीमा लागे जस्तो थाहा भई म मुर्छा परेछु । भतिजो उदयराम जगतबहादुर समेतका मानिसले बोकी लगी घा जाँच गराएछन् । नौजनाको नाम र निजहरूले भनेका कुरा लेख्न लेखाउन बेहोसकै कारणबाट छुटेको हो कानूनी कारवाही गरिपाउँ भन्नेसमेत प्र.पं. धनीरामको कागज ।
४. आज गए राती बेलुका पिङ्गमा प्रधानपञ्च धनीराम राईको र भलकाजी भिमप्रसाद समेतको के कुरामा हो कोनी कलझगडा भएको थियो अरे सोहीरातमा भिमप्रसादले प्र.पं. धनीराम लार्र्र्ई काटे अरे र मर्न र बाँच्न भएको छ अरे भनी थाहापाएको हुँ भन्नेसमेत जयमर्दन ।
५. वारदातमा काटेको खुकुरी कसको हो ? हाल कहाँछ मलार्र्र्ई थाहा छैन भन्नेसमेत सोमाया ।
६. खुकुरी को कस्को हो हाल कहाँ छ मलार्र्र्ई थाहा छैन भन्नेसमेत हर्कबहादुर ।
७. वारदात गरेको खुकुरी पछि बुझ्दा खोज्दा पाईएन । यिनै अपराधी भलकाजी र भिमप्रसादले कता हाले निजै जानुन भन्नेसमेत बृषबहादुर गुरुङ ।
८. किन कस्का रिस इविबाट हो मलार्र्र्ई यस किसिम उजूर गरेछन् सो गरेको कारण मलार्र्र्ई थाहा छैन भन्नेसमेत कुलबहादुर ।
९. उल्लेख भएका प्रतिवादीहरू कोहीसँग पनि मेरो भेटघाट भएको छैन मार्ने मराउने उद्योग समेत गरेको होइन भन्नेसमेत बृषबहादुर ।
१०. झुट्टा अभियोगमा उजूर गरेका हुन् भन्नेसमेत धनप्रसाद ।
११. अवैधानिक कुरा गरी सहमत समेत मागेको केही होइन भन्नेसमेत मनबहादुर ।
१२. इविबाट यो झुट्टा कुरामा मलार्र्र्ई पोल गरेकाहोलान् भन्नेसमेत मु.भिमबहादुर राईको कागज ।
१३. म र भोलाकाजी पनि पिङ तर्फ गयौ र म पिङ खेल्न थालें । धनीराम र भलकाजी समेत झगडा गरी लड्दै रहेछन् । गई हेर्दा भलकाजीलार्र्र्ई थिची राखेको रहेछ यस्तो गर्न हुँदैन भनी छुट्याएँ धनीराम समेतलार्र्र्ई धक्का लागेछ, उदयनारायणले मेरा टाउका टुप्पि निर खुकुरीले हिर्काई काटी घर तर्फ हिंडे । रेडियो पनि लिएर गए । कपाली तमासुक त्यही रेडियोको कब्जामा थियो । ल्याउन पर्छ भनी भोलाकाजी र म निजहरूको पछि पछि गएँ । निज प्र.पं. समेत पञ्चायत भवन तर्फ आए । खुकुरी लिई जाँउ भनी सल्लाहा गरी सेते भोटेलार्र्र्ई बोलार्र्र्ई खुकुरी मागे नाउँ नजानेको भोटेको घरमा गई अर्को पनि खुकुरी लिई आयो । मेरो रेडियो खै म पनि किन यसरी काटिएँ निसाफ गरी देउ भनी मैले भनें म गर्दिन भनेर म काटिएँ निसाफ गर भन्दा म गर्दिन भेटे म पनि काट्छु भने । मान्छे काट्न पाईन्छ र भनी मैले भनें पाइन्छ काट भनी निजले भने, अनि मैले लौत भनी निजको टाउको गर्दन ताकी एक चोटी हानेथें अँधेरो हुँदा कहाँनिर लाग्यो, सो बखत थाहा पाइन र साथै साथी भलकाजीले पनि निजकै हातमा भएको नाड्डो खुकुरीले हानेथ्यो कहाँ लाग्यो सो पनि थाहापाईन घरायसी मिलापत्र कागज गरी मिलेको हो भन्नेसमेत भिमप्रसादको कागज ।
१४. भिमप्रसाद र धनीरामको रेडियो सम्बन्धमा र पिङ्गमा भएको झगडामा इन्साफ आफै गर भनी भिमप्रसादले प्र.पं.लार्र्र्ई भन्दा म इन्साफ गर्दिन भनें अनि भिमप्रसादले मान्छे काटिएको पनि तँ विचार नगर्ने भने म पनि भेटे काट्नु भनी प्र.पं.ले भने मान्छे काट्न हुन्छ र भनी भिमप्रसादले भने हुन्छ भनी प्र.पं.ले भने त्यस्तो भए तँलाई पनि काटौंन भनी भिमप्रसादले भनेबाट भिमप्रसादले हातमा लिइराखेको नाड्डो खुकुरी उज्याई एक चोट गर्दन तर्फ हानेको म पनि गई एक चोटी छाती नेर मेरै हातमा भएको खुकुरीले हानें । सो बखत अँधेरी रात हुँदा कहाँ कहाँ लाग्यो थाहा पाइन भन्नेसमेत भलकाजीको कागज ।
१५. अभियुक्त भलकाजी, भिमप्रसादहरूले जाहेरवाला धनीरामलार्र्र्ई ज्यान सम्बन्धी ऐनको १५ नं. अन्तर्गत मर्नेसम्मको काम गरी खुकुरीले हानी काटी ज्यानसम्म मर्न नगएको देखिइ ज्यानमार्ने उद्योग गरेको देखिन आएकोले मुद्दा चल्ने ठहराई प्रस्तुत गरेका छौं भन्नेसमेत प्रहरी प्रतिवेदन ।
१६. प्र.पं. धनीरामलार्र्र्ई लागेको घा चोट के भई परेको हो मलार्र्र्ई थाहा छैन, प्र.पं. धनीरामसँग वारदात देखाएकै रात झगडा भएको माथि ३ दफामा लेखिएबमोजिम हामीहरू डरले भागी गएकोले हामीहरूलाई नै अपराधी सम्झिई हामी प्रति गाँउ सर्जमिनले शंका गरेको हुनुपर्छ धनीरामलाई मैले काटेको होइन भन्नेसमेत भीमप्रसादको बयान ।
१७. प्र.पं..धनीरामलाई कसले काटेको हो वा होइन थाहा छैन मैले काटेको होइन प्रहरीले कुट्ला भन्ने डरले मैले काटेको हुँ भनी लेखी दिई मैले सहिछाप गरिदिएको हुँ भन्नेसमेत भलकाजीको बयान ।
१८. मौकामा पञ्चायतबाट भएको मुचुल्काबाट र स्वास्थ केन्द्र दिक्तेलबाट जाँचिएको घा जाँच समेत हेरिंदा प्र.भलकाजी, भिमप्रसादले प्र.पं. धनीरामलाई काटी ज्यानमार्ने उद्योग गरेका होइन रहेछन भन्ने प्रतिवादीहरूबाट कुनै सबूद प्राप्त हुन नआएकोबाट समेत यसमा प्रहरी प्रतिवेदन दावीबमोजिम जाहेरवाला प्र.पं. धनीरामलाई ज्यान मार्नको उद्योगले प्र.भिमप्रसादले पैला चोट र प्र.भलकाजीले दोश्रो चोट खुकुरीले काटेको ठहर्छ भन्नेसमेत खोटाङ जिल्ला अदालतको फैसला ।
१९. इन्साफ बदर गरिपाउँ भन्नेसमेत भलकाजी समेतको पुनरावेदन ।
२०. सर्जमिन समेतले भिमप्रसाद भलकाजीले धनीरामलाई खुकुरीले काटेको भनी लेखेको र घा खत जाँच भएको पत्र हेर्दा पनि ज्यानमार्ने उद्योग लिई मर्मस्थानमा काटेकोमा मर्न नगएको देखिनाले समेत इन्साफ सुरुको मनासिव छ भन्नेसमेत सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको फैसला ।
२१. इन्साफ बदर गरी कारागारबाट समेत छुट्कारा हुन पाउँ भन्नेसमेतको पुनरावेदन ।
२२. धनीरामलाई मार्नु पर्नेसम्मको अघिको रिस इवि कारण केही नभई उसै बखत उठेको झगडाको कारणले एक एक चोट हानेकोमा ज्यान मार्नको लागि उद्योग गर्नेसम्मका काम कुरा गरेको भनी ज्यान सम्बन्धीको १५ नं. लगाई सजाय गरेको नमिलेकोले छलफलको निमित्त अधिवक्ता उपस्थित गराउनु भनी अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम महान्यायाधीवक्ताको कार्यालयलाई सूचना दिई नियमबमोजिम पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
२३. प्र.पं. धनीराम राईको हकदार उदयराम राईको ०२३।८।५ को सुरु उजूरीमा पञ्चायत गाँउमा काका धनीरामलाई रगतपक्ष भई लडिरहेको देखी म समेतका मानिसले निज धनिरामलाई बोकी घरमा लगी केही बेरमा होस आयो र सोधनी गर्दा उक्त विपक्षी दुईजनाले मेरो ज्यानमार्ने उद्योग गरी खुकुरीले काटी यस्तो गरे के गर्ने भनी लखरे स्वरमा कुरा गरी निज मुर्छा भइरहेका भन्ने उल्लेख गरेको र दिक्तेल स्वास्थ सेवा विभागबाट ०२३।८।५ मा घा जाँच रिपोर्ट दिएकोमा टाउकोमा देव्रे भागमा ७ १/२, १ १/२ र गर्दन र छातीको बीचको भाग ३ १/२, १/४ उपर्युक्त घाउ अरु धारिलो हतियारका प्रहारले भएको देखिन्छ भनी लेखिदिएबाट गर्दन ताकी खुकुरी प्रहार गरेको भन्ने धनीरामको उजूरी मिलान देखिएको अब सो घा खत ज्यान मार्नको नियतले मारेको हो होइन भन्ने तर्फलाई उपरोक्त लेखिए अनुसार मानिसका शरीरको गर्दन जस्तो मर्म ठाउँमा ताकिएकै चोटबाट खुकुरीले टाउको र अरुसँग छिन्न सकिने ठाँउ ताकेर हानेको देखिएको र सो हनाईको तरिकाबाटै ज्यान नलिने नियतबाट कुटेको काटेको भन्ने कुरा मिल्न नआउने खुकुरीले छाती गर्दन ताकी प्रहार गरेपछि त्यसको फलस्वरुप ज्यान जान सक्तछ भन्ने जानकारी र इच्छा राखी छुटे काटेको देखिएको र पिङदेखि नै धनिरामलाई काट्छु मारछु भनी भिमप्रसाद भन्दै आएको हो र मेरै सामुन्नेमा भिमप्रसादले गर्दनमा ताकी हानेपछि भलकाजीले समेत मार्न भनी खुकुरीले हानेकोमा दैवसंयोग अन्यत्र ठाँउमा लागी धनिरामको ज्यान बच्न गएको समेतबाट भलकाजी भिमप्रसादले धनिरामको ज्यानमार्ने उद्योग गरेका हुन । मैले नै देखेको हुँ भन्ने डम्वरबहादुर राई र झगडा भएको मिलाउछौ कि के गर्छौ भनी भिमप्रसादले भने अहिले राती के मिलाउनु भोलि मिलाउला भनी प्रधानपञ्च धनिरामले भने अहिले नै मिलाउनु पर्छ भनी भिमप्रसादले भन्दा नमिलाए के हुन्छ भनी धनीरामले भने, नमिलाए काटिन्छ भनी भिमप्रसाद भलकाजीले भने लौ काट् त भनी प्रधानपञ्च धनिरामले भन्दा साथै भिमप्रसादले प्र.पं. धनीरामको गर्दनमा ताकी खुकुरीले हाने । मलाई पनि मार्छन भन्ने डरले म भागी गाउँ तिर हल्ला खल्ला गर्दै गएँ भन्ने ललितबहादुर राईको सर्जमिनमा भनेकोबाट मौखिक रुपले पनि प्र.पं. धनिरामलाई काट्ने इच्छा प्रकट गर्दै सोही अनुरुप अर्काको खुकुरी माग जाँच गरी तयार भई हतियार चलाई काटेको देखिएको र साथै ज्यानमार्ने उद्योग गरी काटेको भन्ने चित्तमा लाग्छ भन्ने प्र.भलकाजीका बाबु जयमर्दन राई समेतले भनेको र सोही मिलान ज्यान मार्ने नियतले काटेका कुटेको हो भन्ने यावत सर्जमिनको भनाईबाट समेत ज्यान मार्ने कुनियत प्रष्ट झल्केको । काटी सकेपछि मरे होला भन्ने ठानी मानिस विदेश गएमा पनि अदालतमा साविती बयान गरेकोले ज्यान सम्बन्धी महलको १५ नं. ले तोकेको भारी सजायबाट जोगिनका हेतुले मात्र ज्यान मार्ने नियत लिई प्र.पं. धनिरामलाई काटे कुटेको होइन भन्ने तथ्यहिन पुनरावेदकहरूको पुनरावेदन जिकिर देखिएकोले सुरु खोटाङ जि.अ. तथा सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चका फैसलामा बुँदा प्रमाणले समेत इन्साफ सदर गरेको उक्त अञ्चल अदालतको मुनासिव ठहर्छ । उपरोक्त तरिकाले प्र.पं. धनिरामको ज्यानै मार्ने नियतले काटेको प्रष्ट देखिने बिषयमा ज्यान मार्ने नियत नभएको भनी राय गर्नु हुने श्री सहयोगी मा.न्या.प्रकाशबहादुरसँग राय सहमत हुन असमर्थ भएकोले यो छुट्टै फैसला राय प्रस्तुत गरेको छु । तसर्थ स.अ. नियमावली, २०२१ को नियम ३३ अनुसार निर्णयका लागि फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट ज्यूको राय ।
२४. प्रस्तुत केशमा उदयरामको दरखासत बयान सनाखत र सुनेका हौं देखेका हौं भनी भन्ने र बयान बकपत्र गर्नेहरूका भनाईमा समेत अन्तर पाइएको हुँदा र अँधेरी रातमा प्रतिवादीहरूले गर्धन र छाती नै ताकेर खुकुरी प्रहार गरे भन्ने भनाई समेत पनि शंकारहित नभई बिल्कुल शंकापूर्ण देखिन्छ । यस्तो शंका उपशंकाकै भरमा प्रतिवादीहरूलाई ज्यान सम्बन्धी महलको १५ नं. अनुसार देषी ठहराउन मिल्ने देखिँदैन ऐ महलको १२ नं. को दोश्रो फर्याक लामा मार्ने नियम कुटेमा यसै महलका १५ नं. बमोजिम सो नियत नदेखिएमा कुटपिटको महल बमोजिम सजाय मात्र गर्नुपर्छ भनी लेखिएको हुँदा र पुनरावेदकहरूको भनाई हेर्दा ज्यान लिने उद्योगबाट हामीले हाने कुटेको नभई रेडियो तमसुकहरू लुटि लिँदा लाँदा त्यति कुरामासम्म उसै टायममा उठेको जोसबाट कल झगडा भएको भन्नेसमेत जिकिर गराई हुँदा हतियार प्रहार गरेमा प्रतिवादी पुनरावेदकहरू सावितै भएको र कुटपिटको १ नं. मा कसैले कसैलाई हात हतियार उठाई वा अरु कुनै प्रकारले रगतपक्ष वा घा चोट अङ्ग भंग पारेमा वा जिउमा अरु पिडा नोक्सान हुने काम गरेमा कुटपिट गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था भएको हुनाले समेत प्रस्तुत मुद्दा उक्त कुटपिटको १ नं. भित्रै पर्न आउने देखिन्छ ।
२५. अब ज्यान लिने इबि इच्छा र उद्योगबाट हतियार प्रयोग गरी कुटपिट गरेको हो होईन भन्ने हेर्दा जाहेरवालाको उजूरी लेखाईबाट पहिलेदेखि नै मार्ने योजना तयार भइरहेको थियो भन्ने कुरा कतै उल्लेख भएको पाइदैन, पिङ्गदेखि नै धनिरामलाई काट्छु मार्छु भनी भिमप्रसाद भन्दै आएको र मेरै सामुन्नेमा भिमप्रसादले गर्धनमा ताकी हानेपछि भलकाजीले समेत मार्न भनी खुकुरीले हानेकोमा दैवसंयोग अनेत्र ठाउँमा लागी धनिरामको ज्यान बच्न गएको समेतबाट भलकाजी भिमप्रसादले धनिरामको ज्यानमार्ने उद्योग गरेका हुन, मैले नै देखेको हुँ भनी डम्बरबहादुर राईले र झगडा भएको मिलाउँछौ कि के गर्छौ भनी भिमप्रसादले भने अहिले राती के मिलाउनु भोलि मिलाउला भनी प्र.पं.धनिरामले भने अहिले नै मिलाउन पर्छ भनी भिमप्रसादले भन्दा नमिलाए के हुन्छ भनी धनिरामले भने नमिलाए काटी दिन्छु भनी भिमप्रसाद भलकाजीले भने ल काट त भनी प्र.पं. धनिरामले भन्नासाथ भिमप्रसादले धनिरामको गर्धनमा ताकी खुकुरीले हाने मलाई पनि मार्छन भन्ने डरले म भागी गाँउतिर हल्ला गर्दै गएँ भन्ने ललितबहादुरले सर्जमिनमा लेखाएको देखिएबाट वारदातको अवस्थामा प्र.पं.धनिराम मात्र भई उक्त ललितबहादुर राई समेतका अरु व्यक्तिहरू पनि रहे भएको देखिन्छ । यदि पुनरावेदकहरूले मार्ने इच्छा र उद्योग गरेको भए अरु उनाउ मानिसको सामुन्ने त्यसरी हतियार प्रयोग नगरी बाटो घाटो ढुकी प्र.पं. धनिराम एक्लै रहे भएको अवस्थामा पनि हतियार प्रयोग गरी मार्न सक्ने थियो । तर प्रस्तुत मुद्दामा त्यसरी बाटो घाटो ढुकी हानेको नभई अरु व्यक्तिको अगाडि नै हतियार प्रयोग गरेको भन्ने देखिएबाट पनि प्र.पं. धनिरामलाई मार्ने नै इच्छा र उद्योग गरेको भन्न मिल्दैन । उस्मा पनि उक्त ललितबहादुर डम्वरबहादुरको भनाईबाट पनि निज धनिरामलाई मार्ने नै उद्योग गरी सो वारदात हुनुभन्दा अगावै कुनै योजना बने बनाएको सुनें देखें भन्ने लेखाई पनि देखिएन । बल्की झगडा भएको मिलाउँछौ कि के गर्छौ भनी भिमप्रसादले भन्दा भोलि मिलाउँला भनी प्र.पं. धनिरामले भने पछि सोही कुरामा भनाभन भई वारदात हुन गएको भन्ने पाइएबाट मार्ने नै इच्छा र उद्योग बनी बनाई वारदात भएको नभई उक्त उल्लेख गरिए बमोजिम भनाभन भएकै अवस्थामा तत्कालै रिस उठ्न गई सो वारदात भएको भन्ने कुरा प्रष्ट खुल्न आउँछ र साथै जुन हतियार प्रयोग गर्यो भनेको छ सो हतियार पुनरावेदकहरूले घरबाट लिई आएको थियो भन्ने पनि देखिन नआई बाटैमा कहिं कसैसँग लिएको भन्ने देखिन्छ र सर्जमिनहरूले पनि पुनरावेदनकहरूको चाल चलन राम्रै छ भन्ने लेखाई पनि भएको हुनाले समेत यस्तो स्थितिको वारदातलाई मार्ने इच्छा र उद्योग पहिले देखि नै भएको सुनें देखें भन्ने कुनै व्यक्तिको लेखाई भनाई बेगर चित्तमा लाग्छ भन्ने कुराकै भरमा धनिरामलाई मार्नु पर्नेसम्मको अघिको रिस ईवि कारण केही नभई उसैबखत उठेको झगडाको कारणले एक एक चोट हानेकोमा ज्यान मार्नको लागि उद्योग गर्न सम्मको काम कुरा गरेको भनी ज्यान सम्बन्धको १५ नं. लगाई पुनरावेदकहरूलाई सजाय गर्न न्यायोचित देखिँदैन । यदि प्रतिवादीहरू धनिरामकै ज्यान मार्न नै कटिबद्ध भइआएको भए यिनको हातको नाड्डो खुकुरी कसैले खोस्न खोजेको हुनाले यिनले धनिरामलाई ज्यान नलिई यी भन्नु पर्ने अवस्था उत्पन्न भयो, खुकुरीको मार परेपछि कोही मानिसको पनि टाउको फेरि छुट्टिएको भए मर्यो भन्ने निश्चय हुने थियो, यस्तो नभई शिर्फ छटपटाई राखेको अवस्थामा भन्यो भन्ने यकिन गरी कसरी भाग्नु पर्ने अवस्था आउँछ । अतः श्री ५ को सरकार, स्वास्थ सेवा बिभाग स्वास्थ केन्द्र पुर्व ३ नं. दिक्तेलको मिति ०२३।८।५।१ को घा जाँच रिपोर्ट अनुसार टाउकोको देव्रे भागमा ७१/२” ं११/२ गर्धन र छातीको बीचको घाउ ३१/२”ं१/४” उपर्युक्त घाउहरू धारिलो हतियारको प्रहारले भएको देखिन्छ बाँया गाला निको हुँदा पनि ठुलो खत देखिई कुरुपती प्रष्टसँग झल्की नै हुन्छ भन्ने रहेछ माथि उल्लेख गरिए बमोजिम प्रस्तुत मुद्दा कुटपिटको १ नं. मा बन्दुक खुकुरी तरवार काढच्यापसा भाला कतारी खुँडा बन्चरो गडासा अरु यस्तै किसिमको गैह्र जोखिम हतियारले काटी हानी घोची घाउ चोट पारेमा लेखिएबमोजिम इन्चीको नापबाट प्रत्येक ईन्चिको पचास रुपैंयाँ जरिवाना रु.एक महिना कैदका दरले दुवै बर्ष नपुगेसम्म कैद समेत गर्नुपर्छ भन्ने र ऐ को ८ नं. अङ्ग भंगको खत हुने बाहेक घाँटीदेखि माथि देखिने ठाउँसम्मका अनुहारमा जुनसुकै व्यहोरासँग काटी छिनाली दिई खत रामलाई जिन्दगीभर जस्ताको त्यस्तै नहुने गरी कुरुपपारी दिनेलाई खत हेरी ५०० रुपैंयासम्म जरिवाना एक बर्षदेखि ३ बर्षसम्म कैद र जस्ताको त्यस्तै गरी निको भए पनि कुरुप देखिने गरी खत टाटो वा डाम रहने भएमा खत अनुसार तिनसय रुपैंयासम्म जरीवाना र एकबर्ष कैद गर्नुपर्छ भन्नेसमेत उल्लेख भएको र ऐ १८ नं. मा धेरैजना भई कुटपिट गरेमा जसले जस्तो रितसँग जे कुरा गरेको छ उसलाई उसै कसूरको सजाय गरी हुल गरे वापत जनही देहायमा लेखिएबमोजिम थप सजाय समेत हुन्छ भन्ने व्यवस्था भएबाट प्रस्तुत मुद्दामा २ जनाले हानेको भन्ने हुँदा यी उल्लेख गरेको ऐनहरू अनुसार देहाए बमोजिम सजाय हुने ठहर्छ भन्ने माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्टको राय मेरो रायसँग सहमत नहुँदा निर्णयार्थ नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.ज्यु को राय ।
२६. पुनरावेदकहरूले कारागारबाट पुनरावेदन गरेको र पुनरावेदकतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद, ठाकुरप्रसादले र विपक्षीतर्फको विद्वान का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने गरेको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा प्र.भिमप्रसादले ०२४।१।१० मा गरेको कागजमा म र भलकाजी पनि पिङ तर्फ गयौ र म पिङ्ग खेल्न थालें केही बेरपछि धनिराम र भलकाजी समेत झगडा गरी लड्दै रहेछन् र मैले थाहा पाई गई हेर्दा भलकाजीलाई थिची राखेको रहेछन् मैले यसो गर्न हुदैन भनी छुटाएँ । धनिराम समेतलाई धक्का लागेछ किन हामीलाई कुटेको भनी धनिराम उदयरामले भने । पछाडि पट्टिबाट उदयरामले मेरो टाउकोमा टुप्पिनेर निजहरूले खुकुुरीले हिर्काई काटी उदयराम र धनिराम निजहरूको घरतर्फ हिंडे भलकाजीले हाम्रो रेडियो पनि लिएर गए । कपाली तमसुक त्यही रेडियोको कभरमा थियो ल्याउन पर्छ भनी भलकाजी र म निजहरूको पछि पछि गयौं । अब हामीहरू पनि खुकुरी लिई जाउँ भनी सल्लाह गरी भलकाजीले म खुकुरी माग्छु भनी सेते भोटेलाई बोलाई खुकुरी मागें । भलकाजीले हातमा खुकुरी लिई आयो र यो तिमी लेउ म अर्को ल्याउछु भनी मैले नाउँ नजानेको भोटेकै घरमा गई अर्को पनि खुकुरी लिई आयो र मलाई काटी हाल्यो । हामी पनि भेटी काटी हाम्रो माल रेडियो समेत लिई आउनु पर्छ भन्ने हामी दुवैजना सल्लाह गर्दै आयौं । पञ्चायत भवनमा आइपुगे पछि त्यहा प्र.पं. धनिराम उदयराम चाहीं थिएनन् । ललितबहादुर, डम्बरबहादुर चिनेका र अरु एक दुई रहेछन् । निजहरूसँग हामी काटिए कुटिएको कुरा गर्दै थियौं । यस्तैमा प्र.पं.धनीराम मात्र आए । म काटिएँ निसाफ गर भन्दा म गर्दिन भने म पनि काट्छु भने मान्छे काट्न पान्इन्छ भनी मैले भने, पाइन्छ काट भनी निजले भने अनि मैले लौ त भनी निजको टाउको गर्दन ताकी १ चोट हानेथें । अँधेरो हुँदा कहाँनेर लाग्यो सो बखत थाहा पाईन र साथै साथी भलकाजीले पनि निजकै हातमा भएको नाड्डो खुकुरीले हाने भन्नेसमेत र भलकाजीको बयानमा भोटेलाई उठाई राखेको भन्ने निजले खुकुरी मागे छैन भनी भनें अनि निजको ओछ्यानमा छाम्दा सिरानमा खुकुरी भेटेर झिकी ल्याई भिमप्रसादलाई दिएँ । अनि यो खुकुरीले काट्दैन माथिल्लो घरबाट ले भनी भन्यो र अनि वीरबहादुर तामाङ्गको घरमा गई खुकुरी भेटी लिई आई भिमप्रसाद साथै आएको हुँ भन्नेसमेत र मेरै हातमा भएको खुकुरीले हानें भन्नेसमेत लेखाएको देखिन्छ ।
२७. उक्त भिमप्रसाद र भलकाजीले गरेको कागजबाट पिङ्ग खेल्ने ठाउँमा झगडा भइसके पछि फर्कंदा बाटोमा सेते भोटे समेत कहाँबाट खुकुरी लिई हामी पनि भेटी काटी हाम्रो माल रेडियो समेत लिई आउनु पर्छ भनी सल्लाह गरी हतियारले सुसज्जित भई गई प्र.पं. धनिरामलाई भिमप्रसादले र भलकाजीले ज्यानमार्ने उद्योगले नै खुकुरीले हानेको भन्ने देखिएको र अदालतमा बयान गर्दा पिङ्ग हालेको ठाउँमा भलकाजी भिमप्रसाद र धनिराम उदयरामको बीच झगडा भई रेडियो उदयरामले खोसेको पक्का बाझाबाझ भई भिमप्रसादलाई चोट लागी भिमप्रसादसँग सोध्दा उदयरामले काट्यो भनी भनेको र रेडियो तमसुक ल्याउनु पर्छ भनी भिमप्रसाद समेत भई धनिरामको घर तर्फ गएको र निजसँग पञ्चायत भवन अगाडि भेट भएको निज प्रधानपञ्चसँग उदयरामले काटेको निसाफ गरी देउ भनी खिमप्रसादले भन्दा धनिरामले जवाफ नदिई उदयरामले तँलाई काट्छु भनी छोपेको भीमप्रसाद समेत हामी अन्दाजी रातको १२ बजे भाग्यौ । प्रधानपञ्च धनिरामलाई कसैले काटेको हो वा होइन थाहा छैन, मैले काटेको होइन भनी भलकाजीले र सोहीअनुसार पिङ्ग खेल्ने ठाउँमा पछाडि टुप्पि छेउमा खुकुरीले काटे पछि म भुईमा लडें म लडेपछि धनिराम उदयराम आफ्ना घर तर्फ गए, केही बेरपछि रेडियो धनिराम उदयरामहरूले खोसी लगेको थाहा पाई हामीहरू धनिराम उदयरामहरू गएतर्फ गयौं, पञ्चायत भवनदेखि २५ गज फरकमा भेट भएपछि धनिरामसँग रेडियो मागें कुरा गर्दा गर्दै पञ्चायत भवनमा आँगनमा पुगें, प्रधानपञ्चसँग इन्साफ गरिदिनुहोस भन्दा जे गर्न मन लाग्छ गर भनी जवाफ दिएपछि भलकाजी समेत साथै फर्की आयो, धनिरामलाई लागेको घा चोट के भई परेको हो मलाई थाहा छैन, मैले काटेको होईन भनी भिमप्रसादले बयान गरेको देखियो र निजहरूले सुरु फैसला उपर दिएको पुनरावेदनपत्रमा र सर्वोच्च अदालतमा दिएको पुनरावेदनमा समेत हामीहरूले निजको ज्यानै लिने उद्धेश्यबाट हाने कुटेको पनि नभई रेडीयो तमसुक समेत जबरजस्ती लिंदा त्यस्को कुराको भनामनबाट त्यतैकै कुराका त्यति नै खेर उठेको रिसबाट दोहरो कलझगडा भए गरेको दोहरो कुटपिट भएमा हामी नै सावित भए पनि ज्यानै लिने उद्देश्यबाटै हामीले हाने कुटेको भन्ने नभई रेडियो तमसुकहरू लुटि लिंदा त्यतिकै कुरामा सम्म कलझगडा भएको भन्ने उल्लेख भएको देखिन्छ ।
२८. उक्त पुनरावेदनमा गरेको जिकिरबाट अदालतमा दिएको बयानमा कसले काटेको हो वा होइन थाहा छैन । मैले काटेको होईन । धनिरामलाई लागेको घा चोट के भई परेको थाहा छैन । मैले काटेको होइन भन्ने निजहरूको जिकिरबाट धनिरामलाई लागेको चोटपटक पिङ्ग खेल्ने ठाउँमा भएको प्रथम झगडा भएको जस्तो देखाएको तर अदालतको सुरु बयानमा पिङ्ग खेल्ने ठाउँमा प्र.पक्षलाईमात्र चोटपटक लागेको र धनिरामसमेत त्यहाँबाट घर आइसकेपछि निज प्र.पञ्चायतभवनमा निजसँग भेटी कुरा गर्दासम्म धनिरामलाई चोट पटक केही लागी राखेको देखिन नआएकोसमेतबाट प्रतिवादीहरूको जिकिर मिल्न नआई फरक परेबाट धनिरामलाई लागेको घाउखत निजहरूकै कर्तव्यबाट परेको देखिन आउने ।
२९. यदि पुनरावेदकहरूले प्र.पं. धनिरामलाई ज्यान मार्ने नियत लिई वारदात नगरेको भए सो भेटे समेत कहाँबाट खुकुरी लिई जानु पर्ने अवस्था थिएन । उक्त ०२४।१।१० मा भएको कागजहरूलाई अदालतमा बयान गर्दा डरको मारे साविती कागजमा सहिछाप गरेको भन्ने भनाई छ आफुहरू त्यसरी निर्दोषी व्यक्ति भए आफुले नगरे नबिराएको कुरामा त्यसरी डर लिई सहीछाप गर्नुपर्ने अवस्था पनि केही देखिँदैन र हामीहरूलाई नै पक्का पक्रिन्छ भन्ने डरले भारत तर्फ भागेर गएको भन्ने पनि अदालतमा भएको बयानमा उल्लेख भएको पाईन्छ, यदि आफुहरूले नगरेको र घाउ चोट पनि सांघातिक नभएको भए त्यसरी भाग्नु पर्ने जरुरत पनि केही थिएन । उस्मा पनि ०२३।१२।६ मा मिलापत्र गरेको भनेको मिलापत्र भनेको कागजमा हेर्दा ०२३ साल मार्ग ३ गते हामीहरूले कलझगडा गरी कुटपीट समेत गरेको र ज्यानमार्ने उद्योग गरे भन्नेसमेत व्यहोराको दरखास्त समेतको प्र.पं. धनिरामले कारवाई नचलाउने भन्नेसमेत लेखिएको देखिन्छ ।
३०. तसर्थ निज पुनरावेदकहरूले प्र.पं. धनिरामको ज्यानमार्ने उद्योग नगरेको भन्ने कुरा देखिन नआई ज्यानमार्ने उद्योग गरेकै रहेछ भन्ने कुरा प्रष्ट हुनआएको छ । त्यस्को अलावा ०२४। १।११ मा भएको सर्जमिन मुचुल्कामा बस्ने डम्बरबहादुरको व्यहोरामा भिमप्रसाद भलकाजी दुबैले नाड्डा खुकुरी लिएको थिए, अघि अघि भलकाजी हिंड बीचमा लालटेन लिएर तँ हिंड भनी भिमप्रसादले भने पछि अघिअघि भोलाकाजी बीचमा म, पछिपछि भिमप्रसाद हिंडी पञ्चायत भवनमा आइपुग्यो भनेर मेरे सामुन्नेमा भिमप्रसादले गर्दन ताकी हानेपछि भल काजीलेसमेत मार्ने भनी खुकुरले हानेको भन्नेसमेत लेखिएको र प्रतिवादी भलकाजी भिम प्रसादहरूले ज्यानमार्ने मनसायले ज्यान मर्न जानेसम्मको किसिमबाट खुकुरीले काटेको हाम्रो चित्तमालाग्यो भन्नेसमेत जसबहादुर गुरुङसमेतका व्यक्तिले लेखाइदिएको पनि देखियो । पुनरावेदकहरूले कसूर नगरेको भए ती सरजमिनका व्यक्तिहरूले उल्लेख गरिएबमोजिम लेखाई दिनपर्ने अवस्था थिएन । घाखत हेर्दा टाउको देव्रेभागमा ७१/२।११/२ गर्दन र छातीको बीचको भागमा ३१/३”।१/३” देखिएकोबाट ज्यानमार्ने नै उद्धेश्यले मर्मस्थानमै हानेको देखिने समेतभई त्यसबाट पनि पुनरावेदकहरूले ज्यानमार्ने उद्योग नगरेको भन्न मिल्नेभएन ।
३१. अतःसगरमाथा अं.अदालत भोजपुर बेञ्चले गरेको इन्साफ मुनासिव छ भनी माननीय न्यायाधीश रत्नबहादुर बिष्टले गर्नुभएको राय मनासिव छ । अरु देहाय बमोजिम गर्नु ।
तपसील
पुनरावेदक देहायका मानिस के अं.अ.उपर पुनरावेदन गरेवापत सुरु जनहि कैदबर्ष १० को सयकडा ५ ले देहाय बमोजिम कैद हुन्छ निजहरू के.का.कार्यालय का.बन्दि हुँदा उक्त कैद असूलउपर गर्नु भनी का.श्रे.त.मा लगत दिनु….१
भलकाजी राई के कैद महिना छ ।६। भिमप्रसाद राई के ऐ ऐ ।६।
फैसला भएको जनाउ पुनरावेदकहरूलाई दिन मिसिल नियमबमोजिम गरी बुझाई दिनु ………………२
प्र.न्या.श्री भगवतीप्रसाद सिंह र मा.न्या. श्री नयनबहादुर
उक्त रायमा सहमत छौं ।
इति सम्वत् २०२६ साल जेष्ठ १७ गते रोज ६ शुभम् ।