June 27, 1969
Created by nepalarchives

निर्णय नं. ४९० – जालसाजी लिखत बदर

निर्णय नं.  ४९०     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२५ सालको फौ.फु.नं. ३३ निवेदक...

निर्णय नं.  ४९०     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

०२५ सालको फौ.फु.नं. ३३

निवेदक : जि.सर्लाही मौजे फेलहार बस्ने रामगुलाम सुँडी

विरुद्ध

विपक्षी  : ऐ बस्ने रामदयाल यादव समेत

मुद्दा : जालसाजी लिखत बदर

(१)   कुनै लिखत सम्बन्धित अड्डाको कर्मचारीहरू मिली कीर्ते जालसाज गरेको प्रमाणित गर्न नसकेमाउक्त लिखत पास भएको मितिभन्दा पहिले नै जालसाज गरी खडा गरेको भनेमासो लिखत कीर्ते जालसाजको परिणम भन्न नहुने ।

            कानूनबमोजिम मालका हाकिम कारिन्दाहरू उपर उजूर गर्ने स्वीकृति पाउन र उजूर गरी कीर्ते जालसाज ठहराउन समेत नसकी उक्त मालको कारवाहीहरू आफ्नो स्थानमा कायम नै रहेको समेत हुनाले पहिले नै मालमा दरखास्त साथ नक्कल पेश भई दाखिल दर्ता समेतको कारबाही ०१५।५।१९ सम्ममै टुंगिसकेको उक्त लिखतहरू आफ्नो लिखत ०१५।५।२६ गते पास भइसकेपछि ०१५।९।१५ गते मात्र अगाडिका मिति हाली खडा गरेको जालसाजी भन्नेसमेत वादीको उपरोक्त लेखाई साँचो देखिन आएन ।

(प्रकरण नं. १०)

(२)   एकतर्फको दावी लिएमाअर्कोतर्फ निर्णय दिन नपर्नेबन्धकीको निम्ति व्यवस्था तत्कालिन साहू आसामीको २७ नं. राजीनामा लिखतमा लागू नहुने ।

            अगाडिको मिति हाली पछि खडा गरेको जालसाजी भनी जालसाजीमा मुख्य दावी लिएको यस मुद्दाबाट दोहोरो तर्फ निर्णय दिने कुराको प्रसंगै उपस्थित नभएको र बन्धकी परेको चल अचलको लागि भएको उक्त तत्कालिन साहू आसामीको २७ नं.को व्यवस्था दुवैतर्फ राजीनामा लिखतहरू मात्र भएको यस मुद्दामा लागू हुन पनि नसक्ने समेत हुँदा उक्त तर्कहरू तथ्ययुक्त देखिएन ।

(प्रकरण नं. ११)

वादी निवेदकतर्फबाट : ×

प्रतिवादी तर्फबाट :  अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

उल्लेखित मुद्दा       :  ×

फैसला

            मा.न्या.रत्नबहादुर बिष्ट

            १.     प्र. रामपरीबाट मौजे फनहराको जमिनको नं. २४१।२४३ को ।।१०२ जग्गा ०१५ सालका बालीदेखि रु.१९९८ मा लिखत गराई लिएको पास गरी नदिंदा नालेस दिई ०१५।६।२६ गते अर्को लिखत गरी रौतहट मालबाट पास भएको रामदयालले थाहापाई रामपरीलाई बोलाई ०२३।८।९।७ समेत अघिको मिति पारी सुर्यदेव कुंजीका नाउँबाट १।।।३ र रामचरितर सुखलालले पनि अघिको मिति पारी गराएको लिखत खिची बदर गरी जाससाजी गरेमा सजाय समेत गरिपाउँ भन्नेसमेत वादी ।

            २.    रामपरीले म सुर्यदेवबाट ०१३।८।९ मा र ०१३।११।१३ मा ०१३।१२।१३समेतमा रु. ९९।९८ ।९८ समेत लिई जम्मा रु.२९५ मा फेनहराका जमीन नं. २४३ को ।।द्र।। मध्ये द्र३।। म सुर्यदेवलाई र निजले ०१३।८।९ मा १३।९।५ मा ०१४।८।५ समेतमा रु. ९५।९७।९८ जम्मा रु. २९०मा सोही नं.२४३ को ।।द्र।। मध्ये द्र३।३ म कुंजिरामलाई र निजै रामपरीले ०१३।८।९ गते ०१३।११।१३ गते ०१३।१२।७ गते समेत गरी रु.९८।९८।८५ समेत जम्मा रु.२८१ लिई सोही २४३ नं. ।।द्र।। मध्ये द्र२।।।३ म रामचरितरलाई राजीनामा गरिदिएको हामी ३ जनाबाट कं.रु. ८६६ लिई ।४।।।१ जग्गा राजीनामा गरिदिएको जिमिदार पटवारीले दाखिल दर्ता गरी नदिंदा मालमा उजूर दिई मालका पुर्जीले दाखिल दर्ता गराई भोग गरी आएको जग्गा हो । जाससाजीबाट वादीले नै लेखाएकोले वादी दावा झुठ्ठा हो ठहर्छ भन्नेसमेत प्रतिवादी ।

            ३.    प्रतिवादी रामदयालको छोरा चरित्र सुर्यदेव भतिजा कुन्जीरामसमेत ३ जनाका नाउँबाट उनै आसामी रामपरीसँग एकै कित्ता जग्गाको कित्ता फोर गरी लिएको रु.१०० भन्दा घटिको चिज लिंदा पास नगरे पनि हुने कानूनमै रु.१००। भन्दा बढीको चिज लिए पनि सदर हुन्छ भन्न नमिल्ने हुँदा लिने दिने प्रतिवादीहरू मिली अघिको मिति पारी जालसाजी लिखत खडा गरेको ठहर्छ भन्ने इलाका अदालत सर्लाहीको फैसला ।

            ४.    सो फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन जिकिर ।

            ५.    एकैमुष्ट रुपैंया दिएकै पटक रजिष्ट्रेशन पास गराई लिनु पर्ने नगरी एकै कित्ता जग्गा कित्ता फोर गरी पटकपटक गरिएका घरका सगोलकै मानिसका नाँउमा समेत गरे गराएको देखिन आएकोले समेत इन्साफ इलाका अदालत सर्लाहीको ठहर्छ भनी महोत्तरी जिल्ला अदालतबाट ०२०।५।२८।६ मा हदमुनि गरी गरेको फैसला ।

            ६.    हदमुनि गरी छिनेकोमा निवेदन परी बक्स भएको हु.प्र. बमोजिम सयकडा ५ मा परी इन्साफ जाँच हुँदा प्रतिवादीहरूले पेश गरेका राजीनामाहरू ०१५।९।१५ का दिन रामदयालकै बडघरमा बसी जालसाजी खडा गरेको भनी वादीले लेखेमा त्यसरी बनाएको हो भन्ने सबूद नदेखिएको उस्मा पनि हाम्रो राजीनामा बमोजिमको जग्गा नामसारी दर्ता दाखिल खारेज गरिपाउँ भनी प्रतिवादीहरूले ०१५।४।२३, ०१५।५।९, ०१५।९।१३ मा समेत सर्लाही मालमा दरखास्त दिई मालले दिएको पुर्जी बमोजिम सोही श्रावण भाद्रमा समेत प्रतिवादीका नाउँमा दाखिल दर्ता गरी पटवारीले रिपोर्ट पेश गरेको समेत सर्लाही मालबाट प्राप्त भएको मिसिलहरूबाट देखिन आयो । त्यो कारवाई बेहिसाव हो भनी वादी पक्षबाट उजूर परेको वा ठहर भएको समेत नदेखिई सो कारवाई आफ्नो स्थानमा यथास्थित रहेको देखिएकोले सो दर्ता तर्फको कारवाईको मिसिलका प्रमाणबाट ०१५ साल पौष १५ गते मात्र जालसाजी खडा गरेको भन्ने वादीको जिकिर फजुल देखिने र वादीले पास गराई नलिदै आसामीको कब्जामा रहेको बखत जग्गाको हक धनीले आफ्नु खुसीराजीसँग गरिदिएको र रु.१००। मुनिको लिखतहरू गर्न पाउने त्यस्तोलाई पास गर्न पनि नपर्ने तत्काल प्रचलित कानूनको व्यवस्थाअनुसार नै भए गरेका लिखतलाई लिखत गरी दिनेको मञ्जुरी छंदाछंदै पनि जग्गा लिने वादीका उजूरीबाट धेरै थान लिखत भए गरेको भन्ने तर्कको आधारमा प्रतिवादीका लिखतहरू जालसाजी हुन भन्ने ठहराउन न्यायोचित नदेखिएको र प्रस्तुत मुद्दामा जग्गामा हक बेहक कायम गरिदिनुपर्ने नभई लिखत जालसाजी हो होइन भन्ने सम्म निर्णय दिनुपर्ने देखिएकोले जग्गामा मेरो भोगतिरो चलिआएकोछ भन्ने वादीतर्फका विद्वान वकिलको बहस जिकिरले जालसाजी तर्फ निर्णयको सबूद मान्न नमिल्ने समेत हुँदा प्र.हरूले पेश गरेको राजीनामाहरू जालसाजी नभई सद्धे ठहर्नेमा जालसाजी ठहराई सुरु र जि.अ.समेतले गल्ती इन्साफ गरेको ठहर्छ भन्ने ०२३।११।१४।१ को डि.बे.को फैसला ।

            ७.    सो उपर चित्तबुझेन दोहर्‍याई पाउँ भन्ने वादी रामगुलामको निवेदन परेकोमा न्यायिक समितिबाट जस्मा निजरामगुलामले रामपरीबाट फेनहराका जमीन नं. २४१।२४३ को जग्गा विगाहा ।।१.२ अन्त अरु कसैलाई कुनै किसिमको लिखत गरी नदिएको भन्नेसमेत बोली पारी संगबसेको लोग्ने इसरराय ग्वार समेत साक्षी राखी कं.रु.१९९८ मा रौतहट मालबाट राजीनामा पास गरी लिएको देखिएको सो लिखत जालसाजी नकरा भन्ने कसैको उजूरी नभएको प्रतिवादी चरित्र, सुर्यदेव, कुन्जी समेतको राजीनामाहरू जालसाजी नभई सद्दे ठहरे वादी दावीबमोजिम दोहोरो तर्फ के हुने हो ? त्यसतर्फ कुनै निर्णय गरेको देखिएन । तत्कालिन मुलुकी ऐन साहू आसामीको २७ नं. ले दोहोरो परेमा सदर हुने चाही साहूले नै सदर नहुनेको समेत थैली तिरी लिएमा सदर नहुने साहूले थैली तिरी लिन नपाउने र सदर हुने साहूले थैली नलिएमा सदर नहने साहूले थैली तिरी लिन पाउनेमा त्यसतर्फ पनि केही बोलेको देखिएन । तसर्थ यतिकै कुराबाट सर्वोच्च अदालतको निर्णय मिलेको भन्न भएन । वादी निवेदकले १।२ नं.को दर्ता फाराम तिरो रसीद छ भन्ने तर्फ समेत जो बुझ्नु पर्ने बुझी ठहरे बमोजिम गर्न सर्वोच्च अदालतका नाउँमा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सने छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२५।९।१८।४को हु. प्रमांगी ।

            ८.    बक्स भइआएका हु.प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीतपुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फु.बे.मा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाइदिनु भन्ने मा.प्र.न्या.ज्यूबाट भएको ०२५।९।१५ को आदेश ।

            ९.    यसमा तारिखमा रहेका पक्षहरू रोहवरमा रही ०२६।३।६।६ मा पेश भई प्रतिवादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा आसामी रामपरीबाट प्रतिवादी सुर्यदेव कुन्जीराम चरितरहरूले गराई लिएको भनेको राजीनामा लिखतहरू निवेदक वादीको दावी जिकिर बमोजिम जालसाज हो हाईन भन्ने कुराको निर्णय दिनु परेको छ ।

            १०.    प्रतिवादीहरूतर्फबाट आसामी रामपरीले कुन्जीराय यादवलाई गरिदिएको भन्ने रु.९८ को १३।८।९को रु.९७ को १३।९।५ को रु.९८ को ०१४।८।५।४ को सुर्यदेव रायलाई गरिदिएको भन्ने रु.९९ को ०१३।८।७ को रु.९८ को ०१३।११।१३।१ को रु.९८ को ०१३।१२।१३ को रामचरितर राय यादवलाई गरिदिएको भन्ने साहूमा चरितराय यादव लेखिएको रु.९८को ०१३।८।९।७ को रु.९८ को १३।११।१३।१को रु.८५ को १३।१२।७।४को राजीनामा लिखतहरू पेश भएको रहेछ । सोही लिखतहरूलाई वादीको फिरादपत्रमा रामपरीबाट जग्गा कठ्ठा ।।२, ०२ साल १५ का बाली देखि रु.१९९८ मा मैले खरिद गरी लिखत गराई लिएको पास गरी नदिंदा नालेस दिएको वादी नक्कल समन नपुग्दै निज रामपरीले लिखत पासगर्न राजी भई ०१५।६।२६ गते अर्को लिखत गरी रौतहट मालबाट पास भएको थाहापाई ०१५।९।१५ गते रामदयालको घरमा भेला भई अघिको मितिपारी रु.१००। भन्दा मुनिको लिखत जालसाजबाट गराई लिएको भन्ने उल्लेख गरेको पाईन्छ । वादीको लेखाईबमोजिम अघिको मिति राखी पछि खडा गरे नगरेको के रहेछ भन्ने तर्फ हेर्दा उक्त राजीनामा लिखतहरू बमोजिम जग्गा दाखिल दर्ता गरिपाउँ भनी राजीनामा नक्कलसमेत पेशगरी वादीले पहिले ०१४। १०।१ मा घरायसमा भएको भनेको लिखतपास गरिपाउँ भन्ने नालेस दिएको ०१५।६।२१।३ भन्दा र तत्कालै पछि अर्को लिखत गराई ०१५।६।२६ मा  पास गराई लिएको मितिभन्दा अगावै कुन्जी यादवको ०१५।४।२३।५का सुर्यदेव राय यादवको ०१५।५।९।२ मा चरितर राय यादवको ०१५।५।१३।६ सर्लाही मालमा दरखास्त गरी निजहरूका नाममा नालेस दाखिल दर्ता गरिदिनु भनी क्रमश ०१५।४।२४।६, ०१५।५।११।४, ०१५।५।१५।१ मा सर्लाही मालबाट जिमिन्दार पटवारीका नाममा पुर्जी भई गएको र निजहरूका नाममा दाखिल दर्ता भयो भन्ने पटवारी राजवलमलाल कायष्थले ०१५।४।२८।३०२५।५।१५।१, ०२५।५।१९।५ मा सर्लाही मालमा प्रतिवेदन गरेको प्रमाणमा आएको दाखिल दर्ता सम्बन्धी मिसिलबाट देखिन आएको र मालको हाकिम कारिन्दासमेत मिली अघिको मिति हाली दरखास्त पंजीका तयार पारी कीर्ते जालसाजी गरेको भन्ने वादीले दोहर्‍याई पाउँ भनी दिएको निवेदनमा जिकिर लिएको भए पनि कानूनबमोजिम मालको हाकिम कारिन्दाहरू उपर उजूरगर्न स्वीकृती पाउन र उजूर गरी कीर्तेजालसाज ठहराउन समेत नसकी उक्त मालको कारवाहीहरू आफ्नो स्थानमा कायम नै रहेको समेत हुनाले पहिलेनै मालमा दरखास्तसाथ नक्कल पेश भई दाखिल दर्ता समेतको कारवाई ०१५।५।१९ सम्ममै टुंगिसकेको उक्त लिखतहरू आफ्नो लिखत ०१५।५।२६ गते पास भइसकेपछि ०१५।९।१५ गते मात्र अगाडिको मिति हाली खडा गरेको जालसाजी भन्नेसमेत वादीको उपरोक्त लेखाई साँचो देखिन आएन ।

            ११.    प्रतिवादीको राजीनामाहरू जालसाजी नभई सद्दे ठहरे वादी दावीबमोजिम दोहोरो तर्फ के हुने हो त्यसतर्फ कुनै निर्णय नगरेको र तत्कालिन साहू आसामीको २७ नं. ले दोहोरो ठहरेमा सदर हुने चाहीं साहूले नै सदर नहुनेको समेल थैली तिरी लिएमा सदर नहुने साहूले थैली तिरी लिन नपाउने र सदर हुने साहूले थैली तिरी नलिएमा सदर नहुने साहूले थैली तिरी लिन पाउनेमा त्यसतर्फ केही नबोलेको भन्ने डि.बे.को फैसलाउपर जुन तर्कहरू उठाईएको छ त्यसको हकमा अगाडिको मिति हाली पछी खडा गरेको जालसाजी भनी जालसाजीमा मुख्य दावी लिएको यस मुद्दाबाट दोहोरोतर्फ निर्णय दिने कुराको प्रसंगै उपस्थित नभएको र बन्धकी परेको चलअचलको लागि भएको उक्त तत्कालिन साहू आसामीको २७ नं. को व्यवस्था दुवैतर्फ राजीनामा लिखतहरू मात्र भएको यस मुद्दामा लागू हुन पनि नसक्ने समेत हुँदा उक्त तर्कहरू तथ्ययुक्त देखिएन ।

            १२.   तसर्थ उपरोक्त उल्लेखित प्रमाणहरूबाट प्रतिवादीहरूको लिखत पछि खडा गरेको जालसाजी भन्ने निवेदक वादीको दावी जिकिर पुग्न नसक्ने देखिएको समेत हुँदा वादी दावी पुग्न नसक्ने ठहराई ०२३।११।१४।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै ठहर्छ । निवेदक वादी रामगुलाम सुडीको इन्साफ दोहर्‍याएमा डि.बे.को ०२३।११।१४।१को फैसलाले गर्नेगरेको जरिवाना रु.११०।२ को अ.बं.२०४ नं.सयकडा १० ले रु.११।१ जरिवाना हुन्छ । वारेस हुँदा असूल गर्न का.श्रे.अ.त.मा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

मा.प्र.न्या. श्री भगवतीप्रसाद तथा मा.न्या.श्री धनेन्द्रबहादुर सिंह

 

उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।

 

इति सम्वत् २०२६ साल आषाढ १३ गते रोज ६ शुभम् ।