निर्णय नं. ४७३ – एडहक कोटाको कपडा, खाता बही
निर्णय नं. ४७३ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश...
निर्णय नं. ४७३ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
२०२५ सालको फौ.फु.नं. १७
पुनरावेदक : का.ई. ओमबाहाल बस्ने विश्वेश्वरलाल गुप्ता समेत
विरुद्ध
विपक्षी : का.ई. झोंछे टोल बस्ने वंशीकृष्ण श्रेष्ठ समेत
मुद्दा : एडहक कोटाको कपडा, खाता बही
(१) साविक मुलुकी ऐन, अ.बं.११४ नं. तथा हालको मुलुकी ऐन अ.बं.८९ नं.–एउटै मुद्दामा भिन्ना भिन्नै व्यक्तिहरूको भिन्ना भिन्नै अड्डामा वादी परेमा वा एउटैले एकै मुद्दामा दुई (अथवा बढी) अड्डामा वादी दिएमा–अघि परेको वादी सदर हुने–एकै बिषयको दोहोरो उजूर एउटैमा गभाइ एउटै फैसला गर्न नहुने ।
साविक मुलुकी ऐन, अ.बं.११४ नं. र हालको मुलुकी ऐन अ.बं.८९ नं. मा एकै मुद्दामा एकैजनाले एका अड्डामा वादी अर्को चाहिले उसै मुद्दामा अर्को ठाँउमा वादी दिएछ वा एकैजनाले एकै मुद्दामा दुवै अड्डामा वादी दिएछ भने अघि जहाँ जसको वादी परेको छ, सो सदर हुन्छ । पछिको बातिल गरी मामिला छिन्नु भन्ने उल्लेख भएको, एकै बिषयमा दोहोरो उजूर परेकोमा सो दुवै मुद्दा एउटैमा गभाइ एउटै फैसला गर्नहुने कानूनमा व्यवस्था भएको नदेखिएकोले बागमती विशेष अदालतबाट उक्त दुवै मुद्दा एउटैमा गभाई एउटै फैसला गरेको ठिक देखिएन ।
(प्रकरण नं. ४२)
(२) नयाँ मुलुकी ऐन, अ.बं.१०६।१८७–जाहेर गर्नुपर्ने भनी निर्देशन गरिएको बाहेक अरु गैह्र मुद्दा (जाहेर गर्न पर्ने भित्र नपर्ने) मा तल्लो तहका अदालतहरूबाट कानून मुताविक फैसला गर्नुपर्नेमा–साविक मुलुकी ऐन दण्डसजायको २० नं.अन्तर्गत जाहेरी फैसला गरेमा–उक्त फैसला मिलेको नदेखिने ।
तल्लो तहका अदालतहरूले जाहेरी फैसला गर्ने सम्बन्धमा नयाँ मुलुकी ऐन, अ.बं.१८६।१८७ नं. मा व्यवस्था भइराखेकै कुरा हो । उक्त ऐनहरूमा जाहेर गर्नुपर्ने भनी निर्देश गरिए बाहेकको अरु गैह्र मुद्दामा अड्डैबाट कानूनबमोजिम जो गर्नुपर्ने गरी फैसला गर्नुपर्छ भन्ने उक्त अ.बं.१८६ नं. मा प्रष्ट उल्लेख भएकै छ । उक्त अ.बं.१८६।१८७ नं. ले जाहेर गर्नुपर्ने भित्र नपरेको यस्तो कुरामा अड्डैबाट कानूनबमोजिम जो गर्नुपर्ने गरी फैसला गर्नुपर्नेमा लाग्दै नलाग्ने साविक मुलुकी ऐन, दण्डसजायको २० नं.लगाई जाहेरी फैसला गरेको पनि मिलेको देखिएन ।
(प्रकरण नं. ४३)
(३) नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ३(१) अनुसार नेपाल विशेष अदालतलाई मुद्दा सौपने श्री ५ को सरकारको निर्णयको अभावमा–उक्त अदालतको विशेष पुलिस विभागको उजूरीबाट मुद्दा दायर गरी किनारा कारवाई गरेमा–कानूनी नहुने ।
नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ३ (१) बमोजिम नेपाल विशेष अदालतलाई मुद्दा सौपने कुराको श्री ५ को सरकारको निर्णय भएकै नदेखिएकोले उक्त ऐनबमोजिम सौपने निर्णय बेगर नेपाल विशेष अदालतले मुद्दा दायर गरी कारवाही किनारा गर्ने कुराको अधिकारै प्राप्त हुन नसक्ने हुँदा उक्त विशेष अदालतले वि.पु.बि.को उजूरी लिई मुद्दा दायर गरी कारवाही किनारा गरेको नै कानूनी देखिन आएन ।
(प्रकरण नं. ४५)
(४) भ्रष्टाचार निवारण ऐनअन्तर्गत गठन भइरहेको विशेष पुलिस बिभाग एउटा व्यक्ति सरह नहुने ।
तत्काल प्रचलित अ.बं.१०६ नं. र हालको अ.बं.८२ ले सरकार वादी मुद्दामा जोसुकैको पनि नालेस लाग्ने व्यवस्था भएकोले २०१८ साल वैशाख १ गतेदेखि प्रारम्भ भएको सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसुचि १ र २ मा लेखिए बाहेक अरु सरकार वादी हुने मुद्दाहरूमा जोसुकैले नालेस उजूर गर्न पाउने भए पनि त्यस किसिमसँग नालेस उजूर दिई श्री ५ को सरकार वादी भई मुद्दा चलेकोमा नालेस उजूर गरेको कुरा झुठ्ठा ठहरे त्यस्तो नालेस उजूर गर्नेलाई झुठ्ठा पोल उजूर गरे वापत ऐनबमोजिम सजायसमेत गर्नुपर्ने हुन आउने र भ्र.नि.ऐन, २०१७ को दफा २ परिभाषा खण्ड (ख) मा विशेष पुलिस बिभाग भन्नाले यो ऐनअन्तर्गत भ्रष्टाचार निवारण काममा खटिएका लगाइएका वा तोकिएका नेपाल पुलिस फोर्सका कर्मचारीहरू र सो काममा सोही किसिमले रहेका अरु सरकारी कर्मचारीहरूको सामुहिक संगठन सम्झनु पर्छ भन्ने उल्लेख भएको समेत हुँदा भ्र.नि.ऐन, अन्तर्गत खडा भइराखेको बि.पु.वि.लाई कुनै एउटा व्यक्ति सरह मान्न नमिल्ने ।
(प्रकरण नं. ४५)
(५) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३०–झुठ्ठा पोल उजूर गर्नेलाई सो गरेवापत व्यक्ति सरह सजाय गर्न नमिल्ने (विशेष पुलिस बिभाग जस्तो सामुहिक संगठन) भएमा–यस दफामा अंकित कसैले भन्ने शब्द भित्र उक्त पोल उजूरवाला (सामुहिक संगठन) पर्न आउने भन्ने तर्क–तर्कसंगत नहुने ।
मुद्दा चलाइएको कसूर अपराध कायम नभई झुठ्ठा ठहर्न आएमा झुठ्ठा पोल उजूर गरे वापत व्यक्ति सरह बि.पु.वि.लाई सजाय गर्न पनि नमिल्नेसमेत हुनाले भ्र.नि.ऐन, २०१७ को दफा ३० मा उल्लेखित कसैले भन्ने शब्द भित्र वि.पु.वि. पनि आउन सक्छ भन्ने र उक्त ऐनमा लेखिए बाहेकको अरु अपराधहरूमा पनि वि.पु.वि.ले मुद्दा चलाउन पाउँछ भन्ने विद्वान सरकारी अधिवक्ताको बहस जिकिर तर्क तर्कसंगत नभएको ।
(प्रकरण नं. ४५)
(६) ऐनले चल्न नसक्ने मुद्दा श्री ५ को सरकारले विशेष अदालतलाई सौपेमा–उक्त सौपेको नाताबाट मात्र कारवाही चल्न नसक्ने ।
उक्त ऐनमा लेखिएबाहेकको अरु अपराधहरूमा पनि वि.पु.वि.ले मुद्दा चलाउन पाउँछ भन्ने विद्वान सरकारी अधिवक्ताको बहस जिकिर तर्कसंगत नभएको र श्री ५ को सरकारले ऐनले चल्न सक्ने मुद्दा विशेष अदालतलाई सौपेको भए मात्र कारवाही चल्नसक्ने, ऐनले चल्न नसक्ने मुद्दा सौपेको छ भने सौपेकै नाताबाट मात्र कारवाही चल्न नसक्ने ।
(प्र.नं. ४५)
(७) आय र कर अदालत ऐन, २०१७ को दफा ११–
(क) भंसार नतिरेको एक बिषय मात्रको दावी नभई अरु पनि कालोबजार घुस समेतको दावी भएमा–उक्त मुद्दा यस दफाअन्तर्गत (आय र कर अदालत इत्यादीमा) सर्न सक्छ भन्न नमिल्ने ।
विश्वेश्वरलालको उजूरीमा भंसार महसुल नतिरेको १ बिषयमात्रको दावी नभई कालोबजार घुससमेतको दावी भएको र आय र कर अदालत ऐन, २०१७ को दफा ११ मा यो दफा प्रारम्भ भएको मितिले अघिल्लो दिनसम्म सर्वोच्च अदालत लगायत अन्य कुनै अड्डा अदालतमा दायरै छिन्न बाँकी यो ऐनअन्तर्गत पर्नआउने जति मुद्दा मामिला यो दफा प्रारम्भ भए पछि अवस्थानुसार माल अड्डामा भंसार अड्डा वा बडाहाकिम वा आय र कर अदालतमा सर्नेछन् भन्ने उल्लेख भएको घुसको कुरामा भंसार र गोश्वरासमेत उपरको उजूर दावी भएको मुद्दा भंसार वा गोश्वरामा पठाउन नमिल्ने र आय र कर अदालतलाई सुरु कारवाही किनारा गर्ने उक्त ऐनले अधिकार दिएको नदेखिएकोलेसमेत उक्त दफा ११ अन्तर्गत सर्नसक्छ भन्न नमिल्ने ।
(प्रकरण नं. ४६)
(ख) कुनै नियमित अदालतमा दायर नभएमा–श्री ५ को सरकारले छुट्टै खडा गरेको अदालत (विशेष अदालत) मा दायर गरेमा उक्त दायर गरेको मुद्दा (आय र कर अदालतमा) उपरोक्त आय र कर अदालत ऐन, २०१७ को दफा ११ अन्तर्गत सर्न नसक्ने ।
उस्मा पनि कुनै नियमित अड्डा अदालतमा दायर भएको नभई श्री ५ को सरकारले छुट्टै खडा गरेको विशेष अदालतलाई पहिले नै सौंपी राखेका र २०२२ सालमा फेरि पनि सौपेको यस्तो मुद्दा उक्त ऐनअन्तर्गत आय र कर अदालतमा सर्नसक्छ भन्न पनि नमिल्नेसमेत हुनाले विद्वान अधिवक्ताहरूको उक्त बहस जिकिर तर्कसंगत मान्न मिलेन ।
(प्रकरण नं. ४६)
(८) अ.बं.नं. ५४।१०६–अ.बं.५४ नं. को म्याद भित्र (६ महिना भित्र) को उजूर (घुसको नालेस) नभएमा–घुस खान माग्ने जागिरदारको हस्ताक्षरको लिखतको सबूदको अभावमा–घुस सम्बन्धी उजूरी खारेज हुने ।
साक्षी गवाही बाहेक अरु उपर घुसको नालेस दिनालाई अ.बं.५४ नं. ले ६ महिनाको हदम्याद तोकिएको, २००८ सालको खातामा लेखिएको कुरालाई लिएर घुस दिएको भन्ने दावी गरेको, निज विशवेश्वरलालको उजूर उक्त ऐनको हदम्याद भित्र परेको नदेखिएकोले र तत्काल प्रचलित अ.बं.१०६ नं. मा घुस खान माग्ने जागिरदारकै हस्ताक्षरको लिखतको सबूद दिई उजूर गरेकोमासम्म जोसुकैको पनि नालेस उजूर लाग्न सक्ने व्यवस्था भएको, सो अनुसार घुस खान माग्ने जागिरदारको हस्ताक्षरको लिखतको सबूद दिई उजूर गरेको नहुनाले उक्त अ.बं १०६ नं. ले वादी विश्वेश्वरको नालेस उजूर लाग्न सक्ने हकदैया पनि नभएको हुँदा घुस पट्टिको वादी विश्वेश्वरको उजूर उक्त अ.बं.५४।१०६ नं. बमोजिम खारेज हुने ठहर्छ ।
(प्रकरण नं. ४७)
पुनरावेदक वादी तर्फबाट : अधिवक्ता श्री ढुण्डिराज, अधिवक्ता श्री हेरम्बप्रसाद तथा निज
आफै अधिवक्ता श्री हीराप्रसाद जोशी, अधिवक्ता श्री रामराजाप्रसाद सिंह
श्री ५ को सरकार तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल
फैसला
१. महावीरसमेतको कोटाको कपडा सरकारी दररेटमा जनतामा विक्री गरी कालोबजार गर्यो भन्ने मद्दामा प्रधान न्यायालायमा निबेदनपत्र दिई आदेश अनुसार खाता हेर्दा कैंयौ लाखका ब्लाक र भ्रष्टाचार तथा सरकारको महसुल चोरी अरु व्यक्तिहरूले पनि गरेगराएको रहेछ । चोरी बजारी र चोरी नियन्त्रणका मूल दफा ६(क) (ख)को आधारमा यो निवेदन गरेकोछु । यस्मा सरकारलाई सक्रीय सहयोग दिई कसूर सावित गराउन सक्छु । सो खाताबाट निम्न लेखिएका व्यक्तिसमेत मिली गरेको चोर बजार चोरी निकासी तथा भ्रष्टाचार महसुल चोरीसमेत प्रष्ट देखिने भएको र सो सावित गराउन नसकेमा सोही ऐन प्रचलित ऐन कानूनबमोजिम सजाय सहन तयार छु । निम्नलिखत व्यक्तिहरूको २००७।२००८।२००९ सालको रोकड कच्चा पक्का विजक फाईल उचन्ति बही खटियान लगायत तुरन्त जफत हुनुपर्छ । जफत गरी जाँच होस । सो सवै मेरा सामुन्नेमा मलाई राखी हुनुपर्दछ भन्नेसमेत वीरगञ्ज महावीररोडको का.ई.जुद्धसडक काफीहाउस बस्ने विश्वेशरलाल गुप्ताले २०११।५।१७।५ को माननीय गृह मन्त्री ज्यूमा दिएको निवेदन ।
२. सरकारको कानून विरुद्धको कारवाई गरी चोरी भ्रष्टाचार र कालोबजार गरी खुन चुसेको चुसे नै होस गरेको गरेनै होस पूजिपतीहरूसँग किन बिद्रोह गरँै भन्ने श्रीमानको ध्यानमा आएको छैन भने उक्त कारवाई तुरुन्त होस । अझै पनि सक्रिय सहयोग दिई कसूर कायम गराउन तयार छु भन्नेसमेत निजै विश्वेश्वरको २०११।५।२२।३ को निवेदनको सिरमा यस्मा मे.क.टेकबहादुर रायमाझी भनी अफिसरद्वारा खाता सिज गराउने आदेशानुसार भ्र.नि.मा पठाउने भन्ने लेखिएको ।
३. उजूरीमा लेखे बमोजिम खाताहरू खिची जाँच पडताल भएमा सरकारी कर्मचारीलाई गएको भन्ने र बजार अड्डामा महसुल भन्दा बढी रुपैंया दिएको र कुनै मालको महसुल नतिरी सरकारको हानी नोक्सानी गरेको देखिन आउँछ । अहिलेलाई काठमाडौंतर्फ स्थगित गरी वीरगञ्जका कपडा व्यापारीहरूको खाताहरू हेरियोस । कालोबजार गरी जनताको रगत चुसी सरहदको माल अर्डर बेगर बिदेश निकासी गरेकोसमेत देखाउन सक्छु भन्नेसमेत २०११।५।२९।३ को निजै विश्वेश्वरलालको कागज ।
४. विश्वेश्वरलालका उजूरी निवेदन बमोजिम खाता बही सीज गर्ने मलाई आदेश भएबमोजिम वीरगञ्ज गई तपसीलका व्यापारीहरूको दोकानबाट सीज भइआएको खाता बही र फाँटवारी कागज नखुली साहूतर्फबाट खाता बन्दभएको पक्का लाहा लगाइएको पोका छ । बोर्डका सामुन्ने पेश गरेको छु भन्ने श्री मे.क.टेकबहादुरको रिपोर्ट ।
५. खाता बहीहरूको परीक्षण गरी क–कस्का उपर कस्तो कारवाई चलाउन पर्ला भन्ने निर्णय गरी कारवाईसमेत चलाउन पर्ने अत्यावस्यक देखिएकोले निम्नलिखत जवान ५ को कमिटि खडा गरी सो कमिटीबाट खाताहरूको परीक्षण गरी क–कस्को उपर के कस्तो कारवाई चलाउन पर्ने भन्ने रिपोर्ट सकभर चाँडो पेश गराई लिई निर्णय बमोजिम गराउने भन्ने श्री माननीय गृहमन्त्रीज्यूबाट आदेश भएकोले उक्त आदेश भएको लेखिएबमोजिम गर्नु गराउनु भए कृतज्ञ हुनेछु भन्ने गृह मन्त्रालयबाट श्री से.वृ.ज.चन्द्रबहादुर थापा क्षेत्रीलाई २०११।६।२८ मा लेखिएको पत्र ।
६. सरकारको सवारी जिल्लामा भएको बखत पर्न आएका उजूरीमा सेवकको राय लेखी जाहेर गरी पठाउनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री सेक्रेटरी लोकदर्शनजीले दिनुभएको उजूरी मध्ये चिरन्जीबीलाल, सुजैलालसमेतको उजूरी पनि रहेछ । यो उजूरी सेवकले हेर्दा मेजर टेकबहादुर आई खिची लगेको खाताको बारेमा लेखेको रहेछ । निजले खिची लगेको खाताहरू सेक्रेटरी बृज चन्द्रबहादुर थापाको अध्यक्षतामा समिती खडा भई जाँचिन लागी रहेको सदरबाट आएका जनाउहरूबाट थाहा भएको र अघि भू.पु.मन्त्रीजी गणेशमान सिंहले २००८ सालसम्म को खाता जाँच गराएको छ भन्ने पनि सुनिएको १ पटक सरकारले जाँचिसकेको खाता फेरि सरकारबाट जाँच हुन बेठिक भन्नु पर्ने भए पनि अघि के कति उजूरले जाँचेको, हाल के कति कस्तो उजूरले जाँचेको अघिको उजूरीको कुरा र हाल उजूरीको कुरा मिलान भएमा ऐनले पनि दोहरो कारवाही चल्न नसक्ने, अर्कै उजूर भएमा चल्नसक्ने हुनाले सो कुरा जाँच्नेले विचार गर्ने कुरा र एकतर्फबाट जाँच भइरहेको ठहरे बमोजिम हुने भएकोले उजूरी विन्तिपत्र सामेल राखी जाहेर गरेको छु भन्ने का.मु.हाकिम श्री दुर्गादत्त उपाध्यायले श्री ५ युवराजाधिराजका हजुरमा जाहेर गरेको जाहेरी ।
७. खाता बही जाँच बारे चिरन्जीवीलालसमेतले गर्नुभएको निवेदन श्री ५ युवराजाधिराजका हजुरमा जाहेर हुँदा सो बारे बडाहाकिमको रायअनुसार ऐन सवालको रीत पुर्याई कारवाई गर्नु, गराउन लगाउनु भनी त्यहाँ पठाइदिनु भन्ने निकाशा बक्सेको लेखिएबमोजिम भनी राज्यव्यवस्थाको पत्रसाथ आएको निम्नलिखत कागजहरू निकाशा बक्सेको लेखिएबमोजिम कारवाही निमित्त यसैसाथ पठाइदिएको छ भन्ने गृह बिभागबाट खाता बही निरिक्षण समितिलाई २०१२।१८।५ मा लेखेको पत्र ।
८. बनवारीलाल, सोहनलालको फाराम नभएको हुनाले कुनै सालको बही खाता छैन । सो कपडा बिषयको मुद्दा मामिला जो छ, अब उप्रान्त केही कारवाई गर्नुपर्दैन भन्ने अर्थमन्त्री सुवर्ण शम्शेर उद्योग बाणिज्य मन्त्री श्री शेक्रेटरी कुल धर्मरत्नसमेतले मुद्दा फैसला भएमा फेरि खाता जाँच गर्न ल्याउनु भन्ने पूर्जी हुनु मुनासिव होइन भन्ने बनवारीलाल माडवारीको २०११।६।३।१ को दरखास्त मिसिल सामेल रहेको ।
९. नन्दलाल फरामको ०७।०८।०९ साल ३ को बही खाता मातादिन केजडिवालसँग मुद्दा पर्दा जाँच गर्नलाई नेपाल न्यायालायमा पेश हुन गएको छ । २०१० सालको खाता बहीको हकमा देशदेशावरका साहूमहाजनको हरहिसाव नमिलेको हुँदा मिलाउनालाई गइरहेको छ । आएपछि खोजी भएको बखत दाखिल गर्ने छु भन्नेसमेत नन्दलाल केदारनाथ फारामका मानिस बनवारीलाल माडवारीको २०११।६।३।१ को दोश्रो दरखास्त ।
१०. बनवारीलाल, सोहनलाल, फारामको दोकान वीरगञ्जमा छैन । नेपाल इन्द्रचोकमा छ । यस वीरगञ्जमा छोरा केदारनाथ, भाइ नन्दलालका नाउँको फारामबाट दोकान खोलिएकोले सो फारामको खाताहरू ०७।०८।०९ सालको न्यायालयमा पेश भएको छ । २०१० सालको कानपूर डिल्लीमा हिसाब मिलाउन भाइ मोहनलालले लगेको ल्याएमा दाखिल गर्न तैयार छु भन्नेसमेत बनवारीलालको सोही दिनमा कागज ।
११. निकाशाको निमित्त पेश हुँदा यसै बिषयको सवै मिसिल लाहाछाप मारी वीरगञ्जमै पठाई इलाकाको बडाहाकिम गौर अपीलको हाकिम वीरगञ्ज अमिनीको हाकिम गृह बिभागको दर्जा पुगेको अफिसर भ्रष्टाचार निवारण अफिसको अफिसर १ समेत जवान ५ जनाको कमिटी वीरगञ्ज गोश्वारामा बसी ३५ दिन भित्र ऐनसवाल बमोजिम कारवाई गरी ठहराई गृह बिभागमा पेश गर्नु, गृह बिभागले जाँची ठहराई जाहेर गर्नु भन्ने सरकारबाट निर्णय भइआएकोले उक्त निर्णय अनुसार सिघ्रतासाथ जो चाहिने प्रबन्ध गर्न हुने छ भन्ने गृह बिभागबाट खाता बही परीक्षण कमिटीलाई २०१३।१।१९।६ मा लेखेको पत्र ।
१२. हिजो श्री ५ महाराजाधिराजको प्रिन्सीपल सेक्रेटरी सरदार हंसमानजीले फोनबाट वीरगञ्जको खाता बहीहरू वीरगञ्जमा नपठाउने त्याँहाबाटै भोलि देखि काम गर्ने गराउने निकाशा बक्स्यो भनी भन्नुभएकोले सोबमोजिम कामगर्न अडर गरी सूचितगरेको छु भन्ने समेत खाताबही परीक्षणकमिटीबाट गृह विभागलाई २०१२।२।१२।५ मा लेखेको पत्र रहेछ ।
१३. खाता बही जाँच बारे भ्र.नी.अफिसको २०१२।२।४ को टिप्पणीमा हुकुम बक्सेको निकाशा वीरगञ्ज पठाई जाँच गराउनु भन्ने मिति २०१२।२।१०।२ मा हुकुम बक्सेकोमा सो खाता बही सवै नेपाल आइसकेको हुनाले अधि हुकुम बक्सेको भए तापनि खाता जाँच पड्ताल यहाँबाट गर्नु भन्ने हुकुम बक्सेको कुरा फोनद्वारा उसैबखत खबर गरिएको कन्फर्म गर्ने काम भएको छ भन्ने श्री ५ महाराजाधिराजको सचिवालयबाट २०१२।३।५।६ मा श्री भ्रष्टाचार निवारण अफिसलाई लेखी आएको ।
१४. खाता बही परिक्षणको सम्बन्धमा गृह बिभागबाट जाहेर गरेको टिप्पणीमा यस्मा ऐन सवाल बमोजिम जे जो गर्नुपर्ने गरी सुरु कारवाईको ठहर गरी जाहेर गर्नु । यस बिषयमा बुझ्नु पर्ने केही भएमा जिल्ला जिल्लाका अड्डाहरूमा बुझी कारवाही गर्ने गरी सदर गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने १२।४।२७।५मा निकाशा भएको मिति परेको टिप्पणी आदेशको नक्कल ।
१५. २००८ सालमा फिसेलको कपडा गोवर्धन मास्केले पाएको २००० गाँठ मध्ये ८५० गाँठ बालकृष्णको नाउँबाट प्रमानन्द, विश्वनाथ, बनवारीलाल, सोहनलाल, बुधराम, हरदास राय, सुन्दरमान, रामकुमारहरूले लिएको निजहरू साझा भई बनवारीलाल सोहनलालको गद्धी राखेकोमा बनवारी र निजको दाजु भाइसमेत मिली मनपर्दी दरमा माल विक्री गरी बिगोलाई र वीरगञ्ज बजार अड्डालाई मिलाई जथाभावी गरेकोसमेत हुँदा र माल सवै सरहदमा विक्री नगरी विदेशमा विक्री गरेको भंसार महसुल नतिरी घटिबढी पारेको बिगो र वि.बजार अड्डाका नाँउमा कारण नखोली रु.२००००। दिएकोसमेत खाताबाट देखिने हुँदा ऐन सवाल बमोजिम उचित कारवाही होस् भन्ने मातादिनको १०।३।३ मा वि.गो. मा दिएको निवेदनमा ऐन सवाल बमोजिम गर्नु भन्ने तोक लागेको ।
१६. गोस्वरा बजार अड्डालाई मिलाई मनोमानी भाउमा बिक्री गर्ने बनवारीलाल, सोहनलाल, नन्दलाल हुन । खाताबाट २१ गाँठ विक्री भएको नदेखिएको । बजार अड्डालाई मिलाई विदेशतर्फ विक्री गरे जस्तो लाग्छ । बजार अड्डालाई पटक–पटक रुपैंयाँ दिएको खाताबाट देखिएबाट भंसार महसुल घटीबढी पारेको भन्ने लागी लेखेको हुँ । मेरो हिस्सा ८५००।९००० जति पाउनु पर्छ भन्नेसमेत मातादिनको बयान ।
१७. सो बिषय वीरगञ्ज गोस्वराबाट कारबाई चलेकोमा नन्दलालको निवेदन परी माननीय प्रधान न्यायाधीश ज्यूको १०।७।१२।७ को आदेशबमोजिम मिसिल झिकाइएकोमा आफुले पाउनुपर्ने बिगो देखाएको र कालोबजार गरे भन्नेसमेत दावी भए पनि यस बिषयको कागजसमेतको सबूद लिई हाजीर हुनु भनी ७ दिने म्याद दिएकोमा मातादिन हाजीर नभएकोले त्यसैतर्फ उजूर दायर रहन नसकी खारेज हुने ठहर्छ । भ्रष्टाचारतर्फ भ्र.नि.आ. मा पठाई दिने भन्नेसमेत प्र.न्या. डिभिजन बेञ्चको २०१२।१।८।५ को आदेश ।
१८. सरकारी कर्मचारीहरूसमेत उपर नेपाल विशेष अदालतमा सुम्पी दिनु भन्ने श्री ५ को सरकारको निर्णय अनुसार भनी विशेष पुलिस बिभागले पेश गरेको २०१८।८।२१।४ को आरोपपत्रमा बनवारीलाल उपर भंसार गोस्वराले दिएको भनी निजको खातामा लेखिएको कर्मचारीको नाम नखुलेकोले सो दिने निजलाई घुस दिएतर्फ से.कुलरत्न, अ.से. गोविन्दप्रसाद उपर वंशीकृष्णले पेश गरेको ०८।७।१९ को पत्र श्री ५ को सरकारको निर्णय बेगर लेखिए, लेखाएकोमा र चिरन्जीवी, सुरजमल, उपर गाँठ १५० को महसुल र विक्री व्यवस्थाको फाँट दिन नसकेमा वंशीकृष्ण उपर दररेटमा विक्री गर्ने ८५० गाँठ कपडाको फ्रि सेलमा पाएको भनी बनवारीलालसमेत लाई झुक्याई बिक्री गरी नाफा खाएमा बनवारीलाल, परमानन्द, सुन्दरलाल, बुधरामसमेत उपर वंशीकृष्णसँग लिएको कपडाको पुरा महसुल नतिरेको सो कपडाको दररेट कायम गर्दा भाडा कटाई सयकडा १० सम्म नाफा पाउने आदेशको उल्लंघन गरी मनमानी विक्री गरेकोसमेत कुराहरूमा कारवाही हुनुपर्ने भन्ने दावी भएको ।
१९. विश्वेश्वरलालले दिएको उजूरी पट्टी निजको बयान हुँदा बनवारीलाल, सुहनलालहरूले रक्सौलबाट ८०० गाँठ छुटाएको २७८ गाँठ वीरगञ्ज आएको ४०० गाँठ नआएको रक्सौलमै बिक्री गरी चोरी गरेको वीरगञ्ज आएको ३६८ गाँठको रुल नियमबमोजिम भंसार नतिरेको मोल बढता लिई कालोबजार गरेको जम्मा रु.१२२३। बजारअड्डा बालालाई भनी लेखी राखेकोले सरकारी कर्मचारीलाई नाजायज रकम दिई आफ्नो प्रभावमा सरकारको आन्दानी मारिएको जीवन राय, मखनलालबाट माल खरिदी ठग कालोबजार गरेको बुधराम हरदासरायले नेपालको निमित्त हिन्दुस्थानबाट कपडा ल्याई तोकेको ठाँउमा तोकिएको भाउमा बेच्नु पर्ने, सोबमोजीम नगरी सरकार झुक्याई वीरगञ्जमा बनवारीलाल, सोहनलालको हातमा मनोमनी भाउमा विक्री गरी कालोबजार गरेको जिवराम, मखनलालले माल नेपाल नल्याई नियम रुल विरुद्ध बिक्री गरेको वीरगञ्ज गोश्वराका उस बखतका हाकिम कर्मचारीहरूले गाँठको रु.४५। ले रु.१८५४०। लिएको बहीबाटै देखिन्छ, निजहरूसमेतबाट कैफियत हुनुपर्ने, बनवारीलाल, सोहनलालले दिनानाथ, सोहनलाल गौर बजार समेतलाई बढी भाउमा बिक्री गरेको चोर बजार चोरी निकाशी नियन्त्रण कानूनबमोजिम किन्ने व्यक्ति पनि दोषी हुने, हरेकृष्णले उक्त कपडा नन्दलाल, केदारनाथलाई दिएको वहिमा बालकृष्णलाई यति दिएको भन्ने भनाई बालकृष्ण, हरेकृष्णको भाइ हुनाले बुझ्नु पर्ने, बनवारीलाल, सोहनलालले गरेको व्यापारमा रंगविलास राय टोटलमलराय स्वरुप, सुन्दरमल, रामकुमारको पनि हिस्सा छ भनी रेकर्ड खातामा लेखिएकोले निजहरूसमेतलाई झिकाई कैफियत तलव हुनुपर्ने समेत हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत १४।३।३।१देखि १४।४।७।२ सम्म गरेको विश्वेस्वरलाल गुप्ताको बयान ।
२०. मातादिनले उजूर गरी ५ थान बही खाता आई प्र.न्या. डिभिजन बेञ्चबाट २०१२।१।८ मा खारेज भइसकेकोले सो उजूर चल्न सक्तैन । अंक तोकी किटानी उजूर नगरी अनुमानित उजूर गरेको लाग्न नसक्ने कालोबजार ऐन यस मुद्दामा लागू नहुने भ्र.नी.ऐन, ०९ पनि सरकारी जागिरदार उपरमात्र लागू हुने । बालकृष्ण हरिकृष्णबाट ०८।७।२२ मा कपडा गाँठ ४२५ बुधराम हरजस राय र बनवारीलाल, सोहनलालका, नाँउमा लिएको सो मध्ये बुधराम, हरजस रायको २१२।। बनवारीलाल, सोहनलाल २१२।। का दरले पाएको सो जम्मै कपडा वीरगञ्जको नन्दलाल, केदारनाथहरू समेतलाई विक्री गरेको हो । लेखिएका मानिसहरू नन्दलाल, केदारनाथ वीरगञ्जवालाका फारामको साझेदार हुन । उजूरी बमोजिम कुनै कुरा भए गरेको होइन भन्नेसमेत सोहनलालको इन्कारी बयान ।
२१. एडहक कोटामा नेपाल ट्रेर्डसले २००० गाँठ कपडा पाएमध्ये मैले ८५० गाँठ पाएको सोमध्ये ५२ गाँठ बनवारीलाल, सोहनलाल, बुधराम, हरसराजलाई बेचेको हुँ । आफु खुशी बेच्न पाउने गरी उद्योग बाणिज्य मन्त्रालयबाट मैले पाएकोले रु.१५०००। नाफा लिई बेचेको हुँ भन्नेसमेत बालकृष्ण श्रेष्ठको बयान ।
२२. नेपाल ट्रेर्डसले २००० गाँठ पाएको मध्ये ८५० गाँठ कपडा दाजु हरिकृष्णले उ.वा.मं.का पत्रानुसार आफैले हानी नोक्सानी सही बिक्री गर्ने गरी पाएको हो । अरु कुनै शर्त थिएन । सो ८५० गाँठ कपडा दाजु हरिकृष्णले बनवारीलाल, राजकुमार सुन्दरमल, बुधराम हरजसराय, प्रमानन्द, विश्वनाथसमेतलाई जुनशर्तमा हामीले बिक्री इजाजत पाएका थियौं, उसै सर्तमा सयकडा ३ कमिसन लिई कपडा झिकाई बिक्री गर्ने अधिकार नै निजहरूलाई दिएकोले भंसारदस्तुर निजहरूलेनै बुझाएको हुनुपर्छ भन्नेसमेत वंशिकृष्ण श्रेष्ठको प्रतिउत्तर ।
२३. २००८ साल कार्तिकमा हरिकृष्ण बालकृष्णबाट बुद्धराम, हरजस राय फर्मले फ्री सेलको कपडा मध्ये २१२।। गाँठ कपडा खरिद गरेको सो मध्ये २०८ गाँठ नन्दलाल केदारनाथ वीरगञ्जवालालाई दिएको छु, सो बाहेक अरु कपडा लिएको छैन । नेपाल सरहद भित्र नाफा नोक्सानी आफैले व्यहोर्ने गरी बिक्री गर्न पाउने आधार शर्तमा पाएको हो बम्वईबाट २०८ गाँठ मात्र ल्याएको हो । मनमाना भाउमा विक्री गरेको भन्ने र सोहनलाल बनवारीलाललाई बेचेको भन्नेसमेत विश्वेश्वरको उजूरी झुठ्ठा हो भन्नेसमेत बुधराम हरजस राय फर्मको नन्दकिशोरको बयान र २००८ पौष माघमा नन्दलाल केदारनाथ फर्मसँग फ्रिसेलको कपडा गाँठ ९ मैले खरीद गरेको रक्सौलबाट सिधै काठमाडौं मेरो नाउँमा आएको, काठमाडौं भंसारमा महशुल बुझाएकोछु भन्ने समेत गुठीराम जमनाधर फर्मको श्री राम माडवारीको बयान ।
२४. २००८ साल पौष या माघमा के हो नन्दलाल केदारनाथ फर्मसँग मेरो मानिस करडी मलले कपडा गाँठ ७ खरीद गरी रक्सौलबाट सिधै काठमाडौं मेरो नाउँमा आएको काठमाडौं भंसारमा महसुल बुझाएको छु भन्नेसमेत जयनारायण माडवारीको बयान ।
२५. ऐ.मा ऐ.बाट कपडा गाँठ ७ मैले लिई मोरो नाउँमा रक्सौलबाट काठमाडौं आएको भंसार महसुल काठमाडौं भंसारमा बुझाएको छु भन्नेसमेत मातादिनको बयान ।
२६. नन्दलाल केदारनाथ वीरगञ्जबालासँग कपडा गाँठ ३ खरीद गरेको रक्सौलबाट सिधै काठमाडौं ल्याई भंसार महसुल काठमाडौं भंसारमा बुझाएको छु । फ्रिसेलको कपडा हो भन्नेसमेत मंगलचन्द्र फर्मको विश्वनाथको बयान ।
२७. नन्दलाल केदारनाथसँग २००८ सालमा कपडा खरीद गरेको भंसार महसुल तिरेको छु भन्नेसमेत महावीरप्रसाद, बाबुलाल फर्मको बाबुलालको बयान ।
२८. नन्दलाल केदारनाथसँग ०८ सालमा कपडा गाँठ ७ खरीद गरेको भंसार महशुल तिरेको छु भन्ने समेत सुखलाल नथुमलको फर्मको नथुमल घिरैयाको ठाडो कागज ।
२९. वावा जीवनराम काका मखनलाल परलोक भइसकेको कपडा गाँठ १७० नन्दलाल केदारनाथलाई विक्री गरेको थाहा छ । सो कपडा फ्रि सेलको हो । अरु मलाई थाहा छैन । नियमविरुद्ध विक्रीगर्यो भन्ने विश्वेश्वरको भनाई झुठ्ठा हो भन्नेसमेत गिरीधारीलालको बयान ।
३०. २००८ साल आश्विनमा फ्रि सेलको सुपर फाइन कपडा गाँठ २१२।। नेपाल ट्रेडर्सलाई १० परसेन्ट हरिकृष्णलाई ३ परसेन्ट नाफा दिई आफ्नैतर्फबाट झिकाउने गरी हरिकृष्णसँग बजार भाउमा आफु खुसी नेपाल सरहदमा विक्री गरौंला भनी शर्तनामा लेखिदिएको थिएँ । २००८ साल पौष सम्ममा बम्बइबाट मेरो दोकान वीरगञ्ज जनकपुरमा भएकोले सो दुई ठाउँमा पुग्ने गरी झिकाएको हुँ । भंसार महसुल वीरगञ्ज जनकपुरमा बुझाइसकेको छु । आफ्नै दोकानमा राखी खुद्रा विक्री गरेको हुँ । तोकिएको निर्धारित मोलमा विक्री गर्ने शर्त गरेको छैन । उजूरी झुठ्ठा हो भन्नेसमेत परमानन्द विश्वनाथ फर्मको काम गर्ने रामदेवको वा. गोपालबहादुरको बयान ।
३१. भंसारबाट छुटेपछि नन्दलाल केदारनाथले साझा काम गरौं भनेबाट साझेदारी काममा म पार्टनरमा भएको हुँ । सवै काम उनीहरूले गरी आएको हुन । माल आइपुगेपछि मात्र साझेदारी भएको हुँदा अरु कुरा थाहा छैन भन्नेसमेत विर्जलाल माडवारीको वा.तुल्सी भक्तको प्रतिउत्तर ।
३२. उस बखत उद्योग परिषदको उद्योग बाणिज्य मन्त्रालयमा सेक्रेटरीहरूको र कामकोसमेत हेरफेर भइरहेको सेक्रेटरीलाई पनि यो यतिसम्म आफुले गर्न पाउने त्यसभन्दा बढी मन्त्रिज्यूमा पेश गर्ने समेत कुनै सीमित अधिकार भइसकेको थिएन । सो बखत नेपाल ट्रेडर्सको एडहक कोटा बिषयको काम मेरो फाँटमा ठेकिएको थिएन । सो मन्त्रालयमा सो कोटाको बारे आधा फ्रिसेल आधा निर्धारित मोलमा विक्री गर्ने निकासा भएको थियो । पछि निर्धारित मोलमा विक्री गर्ने भएको गाँठ पनि फ्रीसेलमा नै विक्री गर्ने नेपाल ट्रेडर्सलाई चिठ्ठी गइसकेको थियो । त्यस मध्येकै ८५० गाँठ हरिकृष्णले लिएकोले हरिकृष्णको पनि फ्रीसेलमा विक्री गर्ने बारे पत्र आइरहेको थियो र फ्रिसेलमा विक्री गर्ने व्यहोराको हरिकृष्णलाई चिठी लेख्नु पर्यो भनी सेक्रेटरी ज्यूले भन्नु भएकोले कारिन्दाले लेखेको पत्रमा सेक्रेटरीज्यूले हेरी दस्तखत गरिसकेपछि मैले पुछ्रे गरिदिएको हुँ भन्नेसमेत अ.से.गोविन्दप्रसादको बयान ।
३३. ११५० गाँठ कपडा ठाउँ ठाउँबाट खरीद गरी ल्याएको हो । नेपाल ट्रेडर्सले फ्रिसेलमा विक्री गर्न पाउने सरकारबाट सूचना भएकोले सो मुताविक मैले लिंदा पनि फ्रिसेलको हुँदा आफू खुशी विक्री गरेको हुँ । ८५० गाँठ कपडा पाउनेले जसरी फ्रिसेलमा विक्री गरे त्यही आदेश यस्मा पनि लाग्ने हो भन्नेसमेत चिरन्जीवीलालको वि.पु.वि.मा बयान र अघि वीरगञ्जको खाता पक्राउ गरी ल्याई यसै अदालतमा दायर भइराखेको मुद्दामा कारवाई चली राखेको छ । उसै कुरामा यो दोहरा मुद्दा चल्न सक्तैन । संविधान र नागरिक अधिकार ऐनको प्रतिकुल दावा हुँदा खारेज गर्नुपर्छ । कुन कुन गाँठको भंसार नतिरेको हो, त्यो कतै उल्लेख छैन । सालको १५।२० सो गाँठ कपडा पैठारी गरी भंसार तिरी आएको छु मैले कपडा विक्रीको फाँट दिनुपर्ने कवुलियत शर्त देखाउन सकेको छैन । श्री ५ को सरकारसँग नेपाल ट्रेडर्स वा कसैले फाँटवारी दाखिल गर्ने गराउने शर्त गरेको थियो भने आफ्नो शर्तको पालना गराउने काम शर्त गर्नेको हो । सरकारले तोकेको कुन बन्देज तोडी काम गरेको हो ? त्यो कुराको दावा बेगर अनुमानी आरोप लगाउन नपाउने लगाएको प्रष्ट छ भन्नेसमेत सुर्जमल माडवारीको प्रतिवादी ।
३४. ०८।७।१९ को पत्रलाई दावी गरेको कुरा धेरै बर्षको भई सम्झना दुरुस्त हुन नसक्ने र सो लेखिएको साल मितिमा प्रथम नयाँ मन्त्रीमण्डल खडा भएको बखत विशेष अधिकार सम्पन्नको श्री ५ को लालमोहर माननीय मन्त्रीज्यूमा प्राप्त भए अनुसार आफ्ना आफ्ना विभागको काम आदेश निर्देश मौखिक आदेशबाट गर्ने गराउने गरिआएकोले लेखिएको पत्र मन्त्रीज्यूको मौखिक आदेश या निर्देशबाट लेखेको हो । दुरुस्त सम्झना छैन । महसुल नतिरेको भन्ने हकलाई महसुल लिने उ.वा.मन्त्रालय नहुनाले फुर्सत पाउँ भन्नेसमेत से.कुलधर्मरत्नको प्रतिउत्तर ।
३५. मैले सरकारद्वारा कपडा पाएको र विदेश लगी विक्री गरेको होइन । महसुल नबुझाएको पनि होइन । वंशीकृष्णले पाएको कपडा गाँठ ८५० बनवारीलाल, सोहनलालले रु.१५०००। कमिशन लिएको सोही कपडा मध्ये बनवारी सोहनलालको शर्तबमोजिम बंशीकृष्णबाट मैले कपडा गाँठ २१२।। लिई सो कपडा वीरगञ्जमा विक्री गरी लाग्ने महसुल वीरगञ्जमा बुझाएको घर चोरी हुँदा सो कागज परेको वीरगञ्ज थानामा हुलिया दिएको छु भन्नेसमेत रामकुमार माडबारीले हुलाकद्वारा पठाएको प्रतिउत्तर ।
३६. बुद्धराम हरजसरायसँग नन्दलाल केदारनाथले किनेको कपडा गाँठ २१२।। मा मात्र म एक आनाको साझेदार हुँ । सो फ्रिसेलको कपडा बालकृष्णले पाएको कपडा मध्ये लिएको हो । भंसार महसुल बुधराम हरजसराय, नन्दलाल, केदारनाथको नाउँबाट बुझाएको छु भन्नेसमेत सुर्जमल राधाकृष्णले हुलाकद्वारा पठाएको प्रतिउत्तर ।
३७. नन्दलाल केदारनाथसँग साझेदारी भएको म एक पार्टनर मात्र हुँ । कामकाज सबै मैले नगरी नन्दलालले नै गरी आएको हो । भंसार र गोश्वारालाई घुस दिएको थाहा छैन भन्नेसमेत बिलासरायको वा.मथुरामानको प्रतिउत्तर ।
३८. गृह पञ्चायत मन्त्रालयका पत्रले उजूरवाला विश्वेश्वरलाल गुप्ता भएको मिसिल र वादी श्री ५ को सरकातर्फबाट विशेष पुलिस बिभागमै दायर भएको १ मिसिलसमेत छुट्टाछुट्टै दुई मिसिल खडा भई कारबाही चलेको देखिन आए पनि दुबै मिसिलको दावी बिषय एकै भई एक मिसिलबाट निर्णय गर्दा अर्को मिसिलको दावी समेतको निर्णय हुन जाने भएकोले दुई मिसिलको दावी एकै मिसिल कायम गरी एउटै निर्णय गरिदिए हुने देखिएकोले यस मुद्दामा वीरगञ्जको खाताहरू सरकारबाट जफत भई छुट्टिसकेको हुनाले फेरि विश्वेश्वरको उजूरीले सो खाताहरू जफत हुनु नपर्ने भन्नेसमेत प्रतिवादीहरूको उजूरीबाट एकपटक मुद्दा चलिसकेको भए फेरि मुद्दा चलाउन हुँदैन अघि मुद्दा चलेको भए सो उजूरी र हालको उजूरी भिड्नु पर्छ नभिडे मुद्दा चल्न सक्छ भन्ने उसबखत बि.गो.ले जाहेर गरेको देखिएको अघि मुद्दा चलेको प्रमाण प्रतिवादीले दिन नसकेकोले अघि मुद्दा चलिसकेको भन्ने जिकिर पुग्न नसक्ने, विश्वेश्वरलालको उजूरीबाट कारवाई भएको र श्री ५ को सरकार वि.पु.वि.वादी भई दायर भएको छुट्टा छुट्टै मिसिल भए पनि माथि लेखिएबमोजिम दुबै मिसिल गाभी एकै मिसिल गरी निर्णय दिन मिल्ने भएकाले मुद्दा नै दोहरा कारवाई चलेको भन्ने जिकिरतर्फ विचार गर्नु नपर्ने, बनवारीलाल सोहनलालको उचन्ति वहिपाना ४० मा र कच्ची रेकर्ड बहीपाना ९ मा लेखेको गाँठ ४१२ को भनी रु.१८५४०। को हकमा गोश्वारालाई घुस दिएको भन्ने बि.पु.वि. र विश्वेश्वरको उजूरी दावी भएकोमा गोश्वारालाई दिएको नभई वम्बईको कपडा खरीद गर्ने निजको दलाल गोदाबरी भन्ने स्वास्नी मानिसलाई दिएको हुनाले खातामा लेखेको अक्षर पनि गोदावरी नै हो भन्ने र धुसतर्फ विश्वेश्वरले उजूर गर्न ऐनले हकदैया नपुग्ने, वि.पु.वि.ले कारवाई गर्न पनि भ्र.नि.ऐन जारी हुनुभन्दा अघिको कुरा हुनाले ऐनले नमिल्ने भन्नेसमेत प्रतिवादीको जिकिर भएकोमा साझेदारी भई काम गर्ने मातादिन उस बखतको अ.बं.को १०६ नं. ले हकदैया पुग्ने मानिस नै देखिन आएको, निजैको उजूरीको सिलसिलामा आएको खाताहरूबाट देखिएको भ्रष्टाचारको बिषयमा प्र.न्या. डिभिजन बेञ्चको आदेशबमोजिम वि.पु.वि.बाट अनुसन्धान भई दायर हुन आएको देखिएकोले घुस भ्रष्टाचार तर्फ मुद्दा दायर नहुने भन्ने जिकिर मुनासिव नदेखिने । ०८ सालमा घुस दिए खाएको कुरालाई ०८ सालमा भ्र.नि.ऐन प्रकाशन भए पनि उस बखतको अ.बं.२७९ नं. ले पनि घुस दिन खुवाउन निषध गरेको त्यस्तो काम कुरा भए गरेकोमा उजूर गर्ने हकदैया प्राप्त मातादिनले गरेको उजूरीको सिलसिलाबाट देखिन आएको काम कुरामा कारवाई हुन नसक्ने भन्ने पनि फजुल देखिन आउने, सो रु.१८५४०। खर्च लेखेको कलम हेर्दा माडवारी भाषामा लेखेको भए पनि गसबारानद भन्ने अक्षर लेखेको देखिएको अक्षर भिडाई हेर्दा गोदावरी भन्ने नभई गोश्वारा नै भन्ने लेखेको भन्नु पर्ने समेत हुँदा सो रु.१८५४०। गोश्वारालाई घुस दिए खुवाएकै रहेछ भन्नु पर्ने र घुस खाने भनेको कर्मचारी नखुले पनि पुरानो अ.बं.२७९ नं. मा घुस खाने अपराध र खुवाउने अपराध छुट्टाछुट्टै भएकोले कर्मचारीले जोसुकैले लिए खाएको हबस तापनि घुस दिने उपर ऐनबमोजिम नगरी छाड्न मुनासिव नपर्ने भएकोले रु.१८५४०। घुस दिई खुवाई खातामा खर्च लेखी राखेकोसमेत ठहर्छ । बनबरीलाल सोहनलाललाई बिगोको आधि रु.९५१३।७० दण्ड गर्ने बनवारीलाल सोहनलालको ०८ सालको कच्चि रेकर्ड वहि पाना १ मा रु.७१०। बजार अड्डावालालाई घुस दिएको खुवाएकोमा ऐनबमोजिम हवस भन्ने वादी उजूर भएकोमा घुस दिएको नभई बजार अड्डामा महसुल बुझाउन लैजादा पर्ने कुल्ली खर्च गाडी भाडा मन्सार महसुल तिरेको सवै एकमुष्ट गरी खर्च लेखिंदा भंसारवालाको दिएको भनी लेखिने हुनाले घुस दिए खुवाएको होइन भन्नेसमेत प्रतिवादी बयान भएकोलाई बजार अड्डावाला नद भन्ने लेखिएको रुपैयाँ कुल्ली खर्च गाडी भाडामा खर्च भएको लेखेको भन्ने जिकिर मुनासिव नदेखिनेसमते हुँदा रु.७१० घुस दिए खुवाएकै ठहर्छ । बनवारीलाल सोहनलाललाई रु.३६०।५९ दण्ड गर्ने ०८।७।१९ को पत्र सरकारको निर्णय बेगर लेखे लेखाएकोमा से.कुलधर्मरत्न, अ.से गोविन्दप्रसादलाई सजाय गरिपाउँ भन्ने दावी भएकोमा सो पत्रबाट कोटा फ्रि गरी आफ्नै स्वेच्छामा विक्री गर्नु भन्ने लेखिदिएका नभई आफ्नै हानी नोक्सानीमा विक्री गर्नु भन्ने लेखेको कोटा छोडी फ्री गरिदिएको भन्न नमिल्नेसमेत हुनाले सो पत्र उपर अरु शंका लिईरहन नपर्ने । एडहक कोटाको कपडा २००० गाँठ मध्ये फ्रिसेल विक्री गर्ने एक हज्जार गाँठ र दररेटमा विक्री गर्ने १५० गाँठको भंसार महसुल र विक्री व्यवस्थाको फाँट लिन नसक्ने चिरंजिबीलाल सुर्जमललाई सजाय गरिपाउँ भन्ने दावी भएकोमा भंसार महसुल तिरी बुझाएको निस्सा र प्रमाण भिडाउने खाता वहिसमेत दाखिल हुन नआएको समेत हुँदा सो १००० गाँठको समुच्चै भंसार महसुल बाँकी देखिन आएकोले बनवारीलालले गाँठ ५३ को रु.९७। का दरले बुझाएको रसिदबाट देखिएकोले सो हिसाबबाट गाँठ १००० को भा.रु.१९३९। भंसार महसुल असूल गर्नुपर्ने र सरकारी अड्डाहरूबाट गर्नुपर्ने रेखदेख नगरेबाट भंसार महसुुल बाँकी हुन आएको देखिन आएकोले यस्तै स्थितिबाट बाँकी रहेकोलाई गडी चौकी छली अन्यत्र बाटोबाट ल्याएको अवस्थामा मात्र लाग्ने काठमाडौं भंसार गोश्वराका नाउँको सवाल लगाई बिगो बमोजिक दण्डको साथै कैदसमेतको सजाय गर्न न्यायसंगत नहुने भएकोले उस बखत बहाल रहेको मु.स.वही बुझ्ने बारेको दफा ४४ को देहाय दफा ५ बमोजिम बिगोबमोजिम बिगो रु.१९३९। चिरंजिबी सुर्जमललाई दण्ड गर्ने दररेटमा विक्री गर्ने १५० गाँठको भंसार महसुलर विक्री व्यवस्थाको फाँटमा दिन नसकेको भन्ने हकमा भंसार नतिरी नबुझाई ल्याएको १५० गाँठको भंसार महसुल भा.रु.२७५। को हुने रु.२७९।२७ र बिगोबमोजिम दण्ड २७९।२७ समेत सुर्जमल चिरंजिबीलाई लाग्छ । सो असूल गर्ने कोटाको नियमबमोजिम दररेट तोकाई मात्र विक्री बितरण गरी फाँटवारी दाखिल गर्नुपर्ने नगरेमा दण्डसजायको २० नं. बमोजिम सर्वोच्च अदालतको तजविजबाट तोकिएको सजाय गर्ने । दररेटमा विक्री गर्ने ८५० गाँठ फ्रि सेलमा पाएको भनी बनवारीलालसमेतलाई झुक्याई बिक्री गरी नाफा खाने बंशी कृष्णलाई ऐनबमोजिम होस भन्ने उजूरी दावी भएकोमा ०८।७।१९ को आदेशमा फ्रि सेलमा बिक्री गर्नु भन्ने लेखिदिएको नभई आफ्नै हानी नोक्सानीमा विक्री गर्नु भन्ने सम्म लेखिएको आफ्नै हानी नोक्सानीमा भन्नाले महाजनहरूकै रुपैंयाबाट माल झिकाई ल्याई तोकिएको दररेटमा विक्री गर्दा आएको रुपैंयाबाट नाफा नोक्सान जे हुन्छ, हानी नोक्सानी आफैले व्यहोर्नु भन्ने आदेश भएको, सो आदेश भन्दा बढी अधिकार मिल्ने गरी फ्रि सेल पाएको भनी बालकृष्ण निमित्त हरिकृष्णले लेखिदिएको देखिन आएको र सो कुरा सकार गरी वंशीकृष्णले प्रतिउत्तर दिएको हुँदा नपाएको अधिकार फ्रि सेल गर्न पाएको भनी बनवारीलाल सोहनलालसमेतलाई झुक्याई विक्री गरेको ठहर्छ । पुरानो दण्डसजायको २० नं. बमोजिम सर्वोच्च अदालतबाट तोकिए बमोजिमको सजाय बंशीकृष्णलाई हुनुपर्ने । नेपालमा सबै कपडा नल्याई बंशीकृष्णबाट लिएको ८५० गाँठमा रक्सौलसम्म ७९३ वीरगञ्जसम्म ३७८ गाँठ ल्याएकोमा अदाई तिहाई नाफा खाई पुरा महसुल नतिरेको र सयकडा १० सम्म मुनाफा पाउने आदेशको उलंघन गरी विक्री गरेकोमा बनवारीलाल प्ररमानन्द सुन्दर मल बुधरामलाई कालोबजार गरेमा कानूनबमोजिम होस भन्ने उजूर दावी भएकोमा ८५० गाँठको हकमा बनवारीलाल सोहनलालसमेत ४ फर्मले लिए पाएपछि सो कपडा गाँठहरू झिकाइ ऐनबमोजिम लाग्ने महसुल तिरी बुझाई दररेटसमेत तोकाई विक्री गरी फाँटवारी दाखिल गर्नुपर्नेमा सुन्दर मल रामकुमारले हुलाकद्वारा पठाएको प्रतिवादलाई मान्यता दिन नमिल्ने विश्वनाथको फर्मले महसुल बुझाएको रसिद मौकामा दाखिल गर्न नसकेकोले भंसार महसुल नबुझाई बाँकी राखेको भन्नु पर्ने हुनाले निजहरूसँग मु.स.वही बुझ्ने बारेको दफा ४४ को देहाय दफा ५ बमोजिम बिगोबमोजिम दण्डसमेत असूल गर्ने बनवारीलाल सोहनलालले काठमाडौं ल्याएको गाँठ ४४ को महसुल बाँकी नदेखिएको माहवीर बाबुलाल गुठीराम जमुनाधर कालुराम नगरमल हनुमानप्रसाद मंगलचन, जयनारायण, नन्दकिशोर हरूका हकमा पनि महसुल बाँकी नदेखिएको सुखालाल नथुमलको जम्मा ७ गाँठ कपडा आएको ३ गाँठको महसुल आम्दानी बाँधेको देखिएको सो ३ गाँठको महसुल बाँकी नदेखिएको हुँदा बाँकी नभएतर्फ केही गर्नु परेन । सुखलाल नथुमलको बाँकी ४ गाँठको रु.८४०। भंसार महसुल बाँकी देखिएकोले मु.स.वही बुझ्ने वारेको दफा ४४ को देहाय ५ दफा बमोजिम लाग्ने बिगो बमोजिम दण्ड रु.८४० समेत जम्मा रु.१६८०। लाग्छ । गाँठ ५३३।। को हिसाव बनवारीलाल सोहनलाल तर्फ गर्न पर्ने भई भिडाइ हेर्दा ४९।। गाँठ भन्दा पनि बढी नै कपडाको महसुल काठमाडौं भंसारमा लगत भइसकेकोले काठमाडौं तर्फको भंसार बाँकी रहेछ भन्न मिलेन । सो कटाई बाँकी गाँठ ४८४ मा पनि गाँठ ८२ को हिसाब ठेगान लागी सकेको कटाउँदा बाँकी हुने गाँठ ४०२ को महसुलतर्फ श्रेस्ता भिडाउँदा रसिदसमेतबाट भंसार बुझाएको कटाई खुद बाँकी हुन आउने गाँठ २१३।। को भंसारको भंसार महसुल बाँकी रहेको भन्नु पर्ने भई त्यसको भंसार महसुल भा.रु.३९२।। को ने.रु.३९८।७५ भंसार महसुल र मु.स.वही बुझ्ने बारे दफा ४४ को देहाय ५ दफाले बिगो बमोजिम दण्ड रु.३९८।७५ समेत बनवारीलाल सोहनलाललाई हुन्छ । सो असूल गर्ने । बढी नाफा लिई कालोबजार गरेको सवै कपडा नेपाल भित्र नल्याई बिदेशतर्फ विक्री गरेको भन्ने हकलाई नेपाल नल्याई बिदेश तर्फ विक्री गरे भन्ने कुराको पक्का सबूद प्रमाण खुल्न नआएकोले त्यसतर्फ केही गर्नु परेन । खान पाउने भन्दा बढी नाफा लिई खाई बेहिसाव गरे भन्ने हकमा अरूहरूको खाता दाखिल नभएकोले केही पत्ता लाग्न नसकेको बनवारीलाल सोहनलालको खाताबाट सयकडा १० भन्दा बढी मुनाफा लिएको देखिन आएको कालोबजार ऐन, जारी हुनुभन्दा अघिकै व्यवहार भएको हुनाले सो ऐन लाग्न नसक्ने । सयकडा ५।१० भन्दा बढी नाफा लिन खान नपाउने कन्ट्रोल अड्डालाई एक छापे भइरहेको भन्ने कुरा मिसिलबाट देखिन बुझिन आएकाले सयकडा १० भन्दा बढी मुनाफा लिएर खाए तर्फ र कोटाको नियमबमोजिम आएको कपडाको दररेट कायम गराई विक्री वितरण गरी फाँटवारी दाखिल गर्नुपर्ने नगरेमासमेत दण्डसजायको महलको २० नं. बमोजिम सर्वोच्च अदालतको तजविजबाट तोकिएको सजाय गर्ने ठहराई जाहेर गरेकाछौं भन्नेसमेत २००३।६।४।३ को बागमती विशेष अदालतको फैसला ।
३९. ईन्साफमा चित्त बुझेन भन्ने उजूरवाला विश्वेश्वरलाल प्रतिवादी बंशीकृष्ण, सुर्जमल नथुमल र परमानन्द विश्वनाथ फर्मको रामदेव, सुन्दरमल रामकुमार सोहनलाल बनवारीलाल समेतको पुनरावेदन ।
४०. विशेष पुलिस बिभागले तहकिकात गर्न नहुने विशेष अदालतमा विशेष पुलिस विभागले मुद्दा चलाउन नहुने हो कि भन्ने शंका गर्नलाई विशेष अदालत ऐनबमोजिम विशेष अदालतमा श्री ५ को सरकारले मुद्दा सौपन सक्ने र घुुस तर्फ र भंसार चोरे भन्ने तर्फ समेत उजूरवाला विशेष पुलिस भएको हुनाले विशेष अदालत अधिकार क्षेत्रभित्र परेको देखिन्छ । नेपाल राज्य भित्र पैठारी हुने कोटाको एडहक कपडाको भंसार महसुल नबुझाएको भनी विशेष अदालतले ठहर गरेकोमा नेपाल अधिराज्य भित्र पैठारी गरी महसुल बुझाएको भनी अभियुक्तहरूले जिकिर गरे पनि भंसार बुझाएको भनी पेश गरेको रसिद र माल डेलिभरी बुझेको मिति मिलान भएको देखाउन प्रमाणित गर्न नसकेकोले र सरकारी बाँकी दिनु तिर्नु पर्ने कुरामा बुझाइसकेको रसिद वा श्रेस्ता देखाउन नसकेको र त्यस्तो कुरामा उजूर लाग्ने हदम्याद नाघी सकेको भन्ने पनि जिकिर नभएको हुनाले भंसार महसुल बुझाउन बाँकी देखिन आउँछ । यो मालको महसुलको भंसारमा असूल गर्नुपर्ने लगत राख्ने र पछि महसुल भंसार बुझाउन पाउने व्यवस्था थियो भन्ने बुझियो । चौकी गढी छली ल्याएको भनी पक्राउमा नपरेकोले चोरी देखिंदैन । भंसार बुझाएको माल रहेछ भन्ने देखिन सक्छ । तर भंसार बाँकीको लगत अड्डाखानाबाट दाखिल हुन नसके पनि उपरोक्त व्यहोराबाट महसुल बाँकी देखिएकोले तत्काल प्रचलित रकम तहसीलको ८ नं. ले महसुल गर्नुपर्ने हुनाले बाँकी असूल गर्ने ठहराएको विशेष अदालतको इन्साफ सदरै छ । उजूरवालालाई कमिशन दिनालाई निजले जिकिर गरेको मिलमा बनेको कपासको सुती धागो र सुती कपडाको चोरी बजारी र निकासी नियन्त्रण ऐन, २००८।९।१।१६ मा लागू भएको अन्तर्गतको यो मुद्दा देखिंदैन दण्डसजायको १८ नं. बमोजिम सरकारको असूल भएको बिगोको ११ रुपैंयाको एक रुपैंयाको दरले उजूरवालाले कमिशन नपाउने देखिन्छ । विशेष अदालतले सो ठहराएको मनासिवै छ । कोटाको कपडा नेपाल राज्यभित्र नल्याई बीच बीचैबाट बिक्री गरेको वा मालको बढी नाफा खाएको भन्ने उजूरी कलमहरूमा यो कानूनी खिलाफ भई यस्तो सजाय हुने हो भन्ने आरोपपत्रमा लेखिएन । कालोबजार ऐन, २००८ र काठमाडौ मेजिष्ट्रेट सवाल १० पनि प्रचलित नहुँदैको अवस्थाको अपराध भनी उजूर गरेकोले उक्त ऐन यस्मा लागू भएन । भंसार चौकी छली ल्याएको भनी तत्काल पक्राउ पनि नभएको र उसमा पनि त्यस्तो रकम नबुझाएको भनी तत्काल प्रचलित रकम तहसीलको १४ नं. ले सजाय गर्न केही फौजदारी अपराध र दण्डसजाय मिन्हा दिने ऐनको अनुसुचीमा नपरेको उक्त ऐनले सजाय गर्न पनि मिलेन । घुस तर्फ तत्काल प्रचलित ऐनले मुद्दा चल्नेमा यसले घुस खाएको भन्ने नखुलेको र लेखिए भनेको अक्षरमा पनि घुस हो भन्ने प्रष्ट बुझिन नसक्ने कुरा परेको रहेछ र भ्र.नि.ऐन, २००९ अन्तर्गत कारवाई चलेको नभए पनि तत्काल प्रचलित अ.बं.२७८ नं. ले सजाय हुने कसूरमा मुद्दा चलाउन उक्त ऐनको ५४ नं. ले तोकेको हदम्याद भित्र उजूर परेको देखिएन । अपराधी यो यो हुन भन्ने खुल्न नआई म्याद नाघेको उजूरबाट यस्तो घुस मुद्दा चल्न सक्दैन । सहयोगी मा.न्या. श्री राजा इश्वरी जंगसँग सहमत नभएकोले यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.श्री हेरम्बराजको राय ।
४१. प्रधान न्यायालय डिभिजन बेञ्चबाट २०१२।१।८ मा भएको आदेशमा कपडा विक्री गरी भएको रु.२००००। वीरगञ्ज गोश्वारालाई र बजार अड्डालाई खर्च लेखेको खाता बहीबाट देखिन्छ । सो खर्च लेखेतर्फ भ्रष्टाचार सम्बन्धीको कुरा देखिन आएकोले भ्रष्टाचार निवारण अफिसमा पठाई दिनु भन्ने उल्लेख भएकोले खाता कमिटीबाट जाँचबुझ गरी जाहेर गर्ने गरी वीरगञ्ज गोश्वारामा पठाउन जाहेर गरेकोमा पछि सो खाता यहाँबाटै जाँच गर्नु भन्ने हुकुम बक्सी भ्रष्टाचार निवारण अफिसमा पठाउन अनुरोध गर्दछु भनी नेपाल विशेष अदालतको २०२४।४।१६।४ को संख्या १६ को पत्रमा उल्लेख भएको देखी लेखिएकोमा पूर्व स्वीकृति पत्रमा भंसार महशुल छली चोरी पैठारी गरेमा र बढी मुनाफा खाएसम्म मुद्दा दायर गर्न स्वीकृति भइआएको तर मिसिलबाट निकासी पैठारी दुबै कलममा बेहिसाब भएको कपडा विदेशमै विक्री गरेको सो दबाउन भंसार गोश्वारालाई रुपैंया दिएको पैठारी भएको मालको पनि ऐनबमोजिम भंसार नबुझाएकोमा श्री ५ को सरकारतर्फबाट विशेष पुलिस बिभाग वादी भई नेपाल विशेष अदालतमा मुद्दा चलाउन श्री ५ को सरकारको निर्णय भएको विद्वान सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाउनु भएको फायलबाट देखिनाले र अ.बं.१८ नं. ले यो मुद्दा सरकार वादी भई हेरिने भई भंसार चोरी निकासी पैठारीबाट उठेको घुस मुद्दा हुँदा घुसतर्फ चल्दैन भन्न मिल्दैन र गोश्वारालाई दिएको उजूरी गोदावारीलाई दिएको भन्ने प्रतिवादी भएको । यदी गोदावरीलाई दिएको भए बैंकद्वारा वा कुन किसिमबाट कसरी पठाएको त्यस्को चिठ्ठी सबूद केही दिन गुजार्न नसकेकोले यो विशेष अदालतले घुस दिएको ठहराएको दुबै कलममा इन्साफ मनासिव देखिन्छ र अब भंसार नतिरेको भन्नेतर्फ विशेष अदालतले बिगो र बिगो बमोजिम दण्ड गरेको हकमा सहयोगी माननीय न्यायाधीशज्यूबाट बिगोमात्र भंसारको लिने गर्नुभएकोमा अघिको ९४।४।१३ को खड्गनिशानामा बाटो छली या कुनै किसिमबाट ल्याएकोमा बिगो जफत गरी बिगो बमोजिम दण्ड गर्ने गरेको देखियो । यो कपडा नेपाल सरहदमा सवै कपडा ल्याएको हिसाबबाट नदेखिएकाले अनेत्र बिदेश विक्री गरेको ठहराएको विशेष अदालतको मनासिव देखिएकोले ढाँटी लगेको भन्नु परी उक्त खड्गनिसानाबमोजिम बिगो जफत गरी बिगोबमोजिम दण्ड र ७ महिना कैद हुने कुरा देखिन्छ तापनि २०१० साल आषाढ १६ गते प्रकाशित भग ३ राजपत्रमा चोरी निकासी पैठारी गरेमा बिगो जफत गर्नु भन्ने लेखिएकोले हाल प्रचलित भंसार ऐनले बढी सजाय हुने हुँदा राजपत्र बमोजिम दण्डसजाय केही नहुने भई बिगो जफत हुने ठहर्छ । यो कपडा भन्ने पनि नखुलेको गाँठ भन्ने मात्र उल्लेख भएको र कपडा बरामद नभई कपडाको बिगो निर्धारित गरी बिगो असूल गर्नुपर्ने हुँदा विशेष अदालतको फैसला र एडहक कपडाको कोटाको फाइन र सुपर फाइन कपडा झिकाएको देखिएको र यो यो कपडा भनी गाँठ ल्याएको भन्ने देखिन नआएकोले २०२२।४।१५।६ को कुमारीचोकबाट आएको लगत उतारबाट बनवारीलालको लगत हेर्दा जम्मा जम्मी गाँठको जम्मा जम्मीको सरदर गर्दा गाँठ १ एकको रु.१२३।७८।२ हुन आएकोले सो बमोजिम गाँठ १७।९२।। को दर रु.१२३।७८।२ ले रु.२२१८८२।७३ हुन्छ । विशेष अदालतले भंसारको बिगो र बिगो बमोजिम दण्ड गर्ने गरेको र माननीय सहयोगी न्यायाधीश ज्यूबाट भंसार र बिगो मात्र लिने गर्नुभएको राय सहमत नभएकोले प्रस्तुत मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.श्री ईश्वरी जंगबहादुर सिंहको राय भएको २०२५।३।३१।१ को डिभिजन बेञ्चको फैसला ।
४२. यस्मा तारिखमा रहेका वादी बिश्वेश्वरलाल र पुनरावेदक प्रतिवादीहरूको वारेसहरू रोहवरमा रही २०२५।८।४।६, २०२५।८।७।६, २०२५।८।११।३, २०२५।८।१३।५, २०२५।८।१४।६, मा पेश भई पुनरावेदक वादी विश्वेश्वरतर्फबाट विद्वान अधिवक्ता श्री ढुण्डिनाथ, विद्वान अभिवक्ता श्री हेरम्बप्रसाद तथा वादी विश्वेश्वर आफु समेतले पुनरावेदक प्रतिवादी बनवारीलाल सोहनलालकोतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तले पुनरावेदक प्रतिवादी रामदेव माडवारी सुन्दरमल रामकुमार नथुमल वंशीकृष्ण हरूकोतर्फबाट विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले पुनरावेदक प्रतिवादी सुरजमलकोतर्फबाट विद्वान अधिवक्ता श्री राम राजाप्रसाद सिंहले वादी श्री ५ को सरकार वि.पु.वि.कोतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादी विश्वेश्वरलालले दिनुभएको बहसनोटसमेतको अध्ययन गरियो । प्रस्तुत मुद्दा २०२५।३।३१।१ को डिभिजन बेञ्चमा पेश हुँदा माननीय न्यायाधीशहरूको राय नमिलेबाट नियमबमोजिम निर्णयको लागि यस बेञ्चमा पेश हुन आएको समेत रहेछ । वादी विश्वेश्वरलालको उजूरीबाट १ मुद्दा र वादी श्री ५ को सरकार वि.पु.बि.को तर्फबाट १ मुद्दा दायर भई पहिले छुट्टाछुट्टै कारवाई चलेकोमा बागमती विशेष अदालतले पछि फैसला गर्दा दुवै मुद्दाको दावीको बिषय एकै भएको भनी सो दुवै मुद्दा गभाई एउटै फैसला गरेको देखियो । यसरी २ मुद्दा गभाई एउटै फैसला गर्न हुने नहुने के हो भन्ने सम्बन्धमा हेर्दा साविक मुलुकी ऐन अ.बं.११४ नं. र हालको मुलुकी ऐन अ.बं.८९ मा एकै मुद्दामा एकैजनाले एका अड्डामा वादी अर्को चाहिंले उसै मुद्दामा अर्को ठाँउमा वादी दिएछ वा एकैजनाले एकै मुद्दामा दुवै अड्डामा वादी दिएछ भने अघि जहाँ भने जसको वादी परेको छ सो सदर हुन्छ । पछिको वातिल गरी मामिला छिन्नु भन्ने उल्लेख भएको एकै बिषयमा दोहोरो उजुरी परेकोमा सो दुवै मुद्दा एउटैमा गभाई एउटै फैसला गर्न हुने कानूनमा व्यवस्था भएको नदेखिएकोले बागमती विशेष अदालतबाट उक्त दुबै मुद्दा एकै गभाई एउटै फैसला गरेको ठिक देखिएन ।
४३. उक्त बागमती विशेष अदालतले कुनै प्रतिवादीहरूलाई सजाय गर्ने ऐन दुरुस्त नमिलेकोले साविक दण्डसजायको २० नं. बमोजिम सर्वोच्च अदालतको तजबीजबाट तोकिएबमोजिमको सजाय गर्ने भनी जाहेरी फैसला गरेको रहेछ । तल्लो तहका अदालतहरूले जाहेरी फैसला गर्ने सम्बन्धमा नयाँ मुलुकी ऐन अ.बं.१८६।१८७ नं. मा व्यवस्था भइराखेकै कुरा हो । उक्त ऐनहरूमा जाहेर गर्नुपर्ने भनी निर्देश गरे बाहेकको अरु गैह्र मुद्दामा अड्डैबाट कानूनबमोजिम जो गर्नुपर्ने गरी फैसला गर्नुपर्छ भन्ने उक्त अ.बं.१८६ नं. मा प्रष्ट उल्लेख भएकै छ । उक्त अ.बं.१८६।१८७ नं. ले जाहेर गर्नुपर्ने भित्र नपरेको यस्तो कुरामा अड्डैबाट कानूनबमोजिम जो गर्नुपर्ने गरी फैसला गर्नुपर्नेमा लाग्दै नलाग्ने साविक मुलुकी ऐन दण्डसजायको २० नं. लगाई जाहेरी फैसला गरेको पनि मिलेको देखिएन ।
४४. विशेष पुलिस विभागको आरोपपत्र हेर्दा प्रत्येक अभियुक्तहरू उपर लगाईएको आरोप कुन कानून अन्तर्गत अपराध मानिने र कुन कानूनअन्तर्गत सजाय गरिमाग्ने दावी हो सो प्रष्ट रुपले किटानै नगरी आरोपसम्म खुलाई त्यसबखतको प्रचलित ऐन सवाल बमोजिम सजाय गरी पाउन प्रस्तुत गरेको छु भन्ने आरोपपत्रमा उल्लेख गरेको रहेछ । आफू वादी भई चलाइने मुद्दाको आफूले पेश गर्ने आरोपपत्रमा दावी लिनु पर्ने उपरोक्त कुराहरू किटान साथ नखुलाई त्यसबखतका प्रचलित ऐन सवाल बमोजिम सजाय गरिपाउँ भन्नेसम्म जो कि कानूनी आधारमा नतोकिएको दावा लिई आरोपपत्र पेश गरेको देखियो ।
४५. अब विशेषपुलिस विभागले चढाएको मुद्दाको सम्बन्धमा हेर्दा नेपाल विशेष अदालतमा मुद्दा दायर गर्ने २०१८।३।२२ को श्री ५ को सरकारको स्वीकृतिले भन्ने आरोपपत्रमा र आरोपपत्रमा उल्लेख भएका सरकारी कर्मचारीहरू उपरसमेत नेपाल विशेष अदालतमा मुद्दा सौंपी दिनु भन्ने श्री ५ को सरकारको निर्णयानुसार तयार भएको आरोपपत्र पठाएको छ भन्ने वि.पु.वि.को १८।९।२८।५ को पत्रमा उल्लेख गरिएको रहेछ । विशेष अदालत ऐन, २०१३ को दफा ३(१) मा दफा २ बमोजिम गठित विशेष अदालतलाई समय समयमा परेको वा पर्ने भएको उजूरीबाट दायर गर्नुपर्ने भएको केही मुद्दा मामिला केही किनारा लगाउने गरी श्री ५ को सरकारले त्यस्तो उजूरी सौंपन र तोकिदिए बमोजिमको बिषयको उजूर लिई कारबाई तथा किनारा लगाउने गरी खटाउन सक्नेछ भन्ने निर्देश गरिएअनुसार नेपाल विशेष अदालतबाट उक्त उजूरी लिई कारवाई किनारा लगाउने गरी उक्त विशेष अदालतलाई सौंपने कुराको पनि श्री ५ को सरकारको निर्णय हुनुपर्ने हो । मुद्दा सौंपने भनी श्री ५ को सरकारको निर्णय भएको फाईल हेर्नु परेकोले सो झिकाउने २०२४।८।१८।२ को डिभिजन बेञ्चबाट आदेश भई लेखी गएकोमा गृहपञ्चायत मन्त्रालयले दिएको २०२४।८।२९।६ को जवाफमा कपडाको भंसार नबुझाई निकासी पैठारी गरी बेहिसाबसँग विक्री गरेकोसमेत सम्बन्धमा ऐनले मिल्ने प्रमाणित हुनसक्ने जति सवै कलममा श्री ५ को सरकारकोतर्फबाट वादी विशेष पुलिस विभाग भई गठन भइरहेको नेपाल विशेष अदालतमा मुद्दा दायर गर्ने श्री ५ को सरकारको २०१८।३।३२ मा निर्णय भएको देखिन्छ । अरु सम्बन्धित फायल महान्यायाधीवक्ताको कार्यालयद्वारा अवलोकनार्थ बेञ्चमा पेश हुने भन्नेसमेत उल्लेख भएको र विद्वान सरकारी अधिवक्ताले देखाउनुभएको फायल सामेल उक्त २०१८।३।२२ को श्री ५ को सरकारको सक्कलै निर्णय हेर्दा पनि नेपाल विशेष अदालतमा मुद्दा दायर गर्ने भन्नेसम्म उल्लेख गरेको देखिएको । नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ३(१) बमोजिम नेपाल विशेष अदालतलाई मुद्दा सौंपने कुराको श्री ५ को सरकारको निर्णय भएकै नदेखिएकोले उक्त ऐनबमोजिम सौपिने निर्णय बेगर नेपाल विशेष अदालतले मुद्दा दायर गरी कारबाई किनार गर्ने कुराको अधिकार प्राप्त हुन नसक्ने हुँदा उक्त विशेष अदालतले वि.पु.वि.को उजूरी लिई मुद्दा दायर गरी कारवाई किनारा गरेको नै कानूनी देखिन आएन । अब २०२२ साल आश्विन ६ गतेको राजपत्रमा प्रकाशित कानून तथा न्याय मन्त्रालयको सूचनाद्वारा गठित बागमती विशेष अदालतलाई सोही सूचनाको अनससूची १ मा उल्लेखित मुद्दाहरू हेरी कारवाही किनार गर्ने गरी वादी श्री ५ को सरकार प्रतिवादी का.ई.इन्द्रचोक बस्ने बनवारीलाल माडवारीसमेतको एडहक कोटाको कपडा मनपरी भाउमा विक्री गरे भन्ने मुद्दा सौंपेको देखियो । उक्त मितिको राजपत्रले सौंपेको नाताबाट सो मुद्दामा कारवाई किनारा गर्न मिल्ने हो कि भन्नेतर्फ हेरेमा भ्र.नि.ऐनमा उल्लेख भए बाहेकको यस्तो कुराहरूमा उजूर दायर गरी मुद्दा चलाउन पाउने वि.पु.वि.लाई अधिकारै नभएको भन्ने विपक्षतर्फका विद्वान अधिवक्ताको भ्र.नि.ऐन, २०१७ को दफा ३० मा यस परिच्छेदमा लेखिएको कुनै कुराले कुनै व्यक्ति माथि अरु नेपाल कानूनबमोजिम अन्य अदालत वा अड्डाहरूमा कसैले मुद्दा चलाउन पाउँनेमा बाधा पुर्याएको मानिने छैन भन्ने उल्लेख भएको “कसैले” भन्ने शब्दभित्र वि.पु.वि.पनि आउँछ भन्ने र सरकारको भंसार महसुल नतिरी दवाएकोसमेत ऐनले सरकार वादी हुने कुराहरूमा तत्काल प्रचलित अ.बं.१०६ नं. ले जोसुकैले पनि उजूर गर्न पाउने हुँदा वि.पु.वि.ले मुद्दा चलाउन पाउने भन्ने विद्वान सरकारी अधिवक्ताको बहस जिकिर भएको यस सन्दर्भमा हेर्दा तत्काल प्रचलित अ.बं.१०६ नं. र हालको अ.बं.८२ नं. ले सरकार वादी मुद्दामा जोसुकैको पनि नालेस लाग्ने व्यवस्था भएकोले २०१८ साल वैशाख १ गतेदेखि प्रारम्भ भएको सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसुचि १ र २ मा लेखिए बाहेक अरु सरकारी वादी हुने मुद्दाहरूमा जोसुकैले नालेस उजूर गर्न पाउने भए पनि त्यस किसिमसँग नालेस उजूर दिई श्री ५ को सरकार वादी भई मुद्दा चलेकोमा नालेस उजूर गरेको कुरा झुठ्ठा ठहरे त्यस्तो नालिस उजूर गर्नेलाई झुठ्ठा पोल उजूर गरे वापत ऐनबमोजिम सजायसमेत गर्नुपर्ने हुन आउने र भ्र.नि.ऐन, २०१७ को दफा २ परिभाषा खण्ड (ख) मा विशेष पुलिस विभाग भन्नाले यो ऐनअन्तर्गत भ्रष्टाचार निवारण काममा खटिएका, लगाइएका वा तोकिएका नेपाल पुलिस फोर्सका कर्मचारीहरू र सो काममा सोही किसिमले रहेका अरु सरकारी कर्मचारीहरूको सामुहिक संगठन सम्झनु पर्छ भन्ने उल्लेख भएकोसमेत हुँदा भ्र.नि.ऐनअन्तर्गत खडा भइराखेको वि.पु.वि.लाई कुनै एउटा व्यक्ति सरह भन्न नमिल्ने र मुद्दा चलाइएको कसूर अपराध कायम नभई झुठ्ठा ठहर्न आएमा झुठ्ठा पोल उजूर गरेवापत व्यक्ति सरह वि.पु.वि.लाई सजाय गर्न पनि नमिल्नेसमेत हुनाले भ्र.नि.ऐन, २०१७ को दफा ३० मा उल्लेखित कसैले भन्ने शब्द भित्र वि.पु.वि. पनि आउन सक्छ भन्ने र उक्त ऐनमा लेखिएबाहेकको अरु अपराधहरूमा पनि बि.पु.वि.ले मुद्दा चलाउन पाउँछ भन्ने विद्वान सरकारी अधिवक्ताको बहस जिकिर तर्कसंगत नभएको र श्री ५ को सरकारले ऐनले चल्नसक्ने मुद्दा विशेष अदालतलाई सौपेको भएमात्र कारवाई चल्नसक्ने, ऐनले चल्न नसक्ने मुद्दा सौपेको छ भने सौपेकै नाताबाट मात्र कारबाई चल्न नसक्ने हुनाले उपरोक्त उल्लेखित कारणहरूबाट वि.पु.वि.ले उजूर दायर गरी मुद्दा चलाएको बनवारीलाल, सोहनलाल, से.कुलधर्मरत्न, अ.से.गोविन्दप्रसाद, चिरञ्जिवी, सुरजमल, परमानन्द सुन्दरमल, बुधरामसमेत उपरको बिभिन्न दावीको मुद्दा ऐनले कारवाई चल्न नसक्ने देखिएको हुँदा खारेज हुने ठहर्छ । सुरु विशेष अदालतले वि.पु.वि.को उजूरी लिई कारवाई किनार गरेको समेत मिलेको देखिएन । वि.पु.वि.ले दायर गरेको मुद्दै चल्न नसक्ने ठहरेकाले दुवै मिसिल एकैमा गभाई एउटै फैसला गरेको ठिक देखिएको भनी माथि उल्लेख भएतर्फ फेरि छुट्टा छुट्टै कारवाई किनारा गर्ने गराउने र एकै विशेषको दोहोरो उजूर हो होइन भन्नेसमेत कुरामा विचार गरी रहनु परेन ।
४६. अव विश्वेश्वरलालको उजूरीतर्फ भंसार महसुल नतिरी वा पैठारी गरेको मुद्दाको सुरु कारवाई र किनारा गर्ने अधिकार आय र कर अदालत ऐन, २०१७ ले भंसार अड्डालाई तोकेको सोही ऐनको दफा ११ मा सर्वोच्च अदालत लगायत अड्डा अदालतमा दायर भई छिन्न बाँकी रहेको मुद्दा सर्ने व्यवस्था गरेकोसमेत हुँदा विशेष अदालतले कारबाई किनारा गरेको कानूनको अनुरुप भएन भन्ने विपक्षीतर्फका विद्वान अधिवक्ताहरूले आफ्नो बहसमा जिकिर लिनुभएको यसप्रसंगमा हेर्दा निज विश्वेश्वरलालको उजूरीमा भंसार महसुल नतिरेको १ बिषयमात्रको दावी नभई कालोबजार घुससमेतको दावी भएको र आय र कर अदालत ऐन, २०१७ को दफा ११ मा यो दफा प्रारम्भ भएको मितिले अघिल्लो दिनसम्म सर्वोच्च अदालत अन्य कुनै अड्डा अदालतमा दायरै छिन्न बाँकी यो ऐनअन्र्गत पर्न आउने जति मुद्दा मामिला यो दफा प्रारम्भ भए पछि अवस्थानुसार मालअड्डा वा भंसार अड्डा वा वडाहाकिम वा आय करमा सर्नेछन भन्ने उल्लेख भएको । घुसको कुरामा भंसार र गोश्वारासमेत उपरको उजूर दावी भएको मुद्दा भंसार या गोश्वारामा पठाउन नमिल्ने र आय कर अदालतलाई सुरु कारबाई किनारा गर्ने उक्त ऐनले अधिकार दिएको नदेखिएकालेसमेत उक्त दफा ११ अन्तर्गत सर्नसक्छ भन्न नमिल्ने र उस्मा पनि कुनै नियमित अड्डा अदालतमा दायर भएको नभई श्री ५ को सरकारले छुट्टै खडागरेको विशेष अदालतलाई पहिले नै सौंपी राखेको र २०२२ सालमा फेरि पनि सौंपेको यस्तो मुद्दा उक्त ऐनअन्तर्गत आय र कर अदालतमा सर्नसक्छ भन्न पनि नमिल्नेसमेत हुनाले विद्वान अधिवक्ताहरूको उक्त बहस जिकिर तर्कसंगत मान्न मिलेन ।
४७. निज विश्वेश्वरलालको उजूर दावीको घुसतर्फ साक्षी गवाही बाहेक अरुउपर घुसको नालेस दिनालाई अ.बं.५४ ले ६ महिनाको हदम्याद तोकिएको ००८ सालको खातामा लेखिएको कुरालाई लिएर घुस दिएको भन्ने दावी गरेको निज विश्वेश्वरलालको उजूर उक्त ऐनको हदम्याद भित्र परेको नदेखिएको र तत्काल प्रचलित अ.बं.१०६ नं. मा घुस खाने माग्ने जागिरदारकै हस्ताक्षरको लिखतको सबूद दिई उजूर गरेकोमासम्म जोसुकैको पनि नालेस उजूर लाग्नसक्ने व्यवस्था भएको सो अनुसार घुस खाने माग्ने जागिरदारको हस्ताक्षरको लिखतको सबूद दिई उजूर गरेको नहुनाले उक्त अ.बं.१०६ नं. ले वादी विश्वेश्रको नालेस उजूर लाग्न सक्ने हकदैया पनि नभएकोसमेत हुँदा घुसपट्टिको वादी विश्वेश्वरको उजूर उक्त अ.बं.५४।१०६ नं. बमोजिम खारेज हुने ठहर्छ । मुद्दै खारेज हुने ठहरेकोले बागमती विशेष अदालतको २०२३।६।४।६ को फैसलाले घुसतर्फ बनवारीलाल, सोहनलालाई गर्ने गरेको कलम १ को रु.९५१३।७० र कलम १ को रु.३६०।५९ दण्ड नलाग्ने हुँदा असूल भइसकेको भए फिर्ता, बाँकी भए लगत कट्टा गरिदिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ।
तपसील
शुरु बागमती विशेष अदालतको फैसला ठहर ४।५ दफामा उल्लेख गरेको पुनरावेदक प्रतिवादी चिरञ्जिवीलाल सुरजमल ६ दफामा उल्लेख गरेको पुनरावेदक प्रतिवादी बंशीकृष्ण ७ दफामा उल्लेख गरेको सुन्दरमल रामकुमारसमेतको हकमा बि.पु.वि. को उजूरीबाट चलाएको मुद्दा खारेज हुने माथि नै ठहर भैसकेको र निजहरू उपर वादी विश्वेश्वरको उजूरबाट कारबाई चलेको नदेखिएकाले निजहरू तर्फ अरु कुरा विचार गरी रहनु परेन । देहायका मानिसलाई बागमती विशेष अदालतको २०२३।६।४।३ को फैसलाले गर्ने गरेको देहाय बमोजिम नलाग्ने हुँदा असूल भए जति फिर्ता बाँकीको लगत कट्टा गरिदिनु भनी का.श्रे.अ.त.मा लगत दिनु । चिरञ्जिवीलाल, सुरजमल के बिगो रु.१९६९। दण्ड रु.१९६९। समेत जम्मा रु.३९३८। नलाग्ने कलम–१ ऐ.ऐ. के बिगो रु.२९७।२७ समेत रु.५५८।५४ को ऐ .१ सुन्दरमल रामकुमार के बिगो रु.३९७। दण्ड रु.३९७। समेत रु. ७९४। को ऐ…१ बनवरीलाल सोहनलाल हकमा बागमती विशेष अदालतको २०२३।६।४।३ को फैसलाको ७ मा उल्लेख गरिएको हिसाबसमेतबाट जम्मा गाँठ ४०२ सम्मको भंसार महसुल तिरे नतिरेको निर्णय गर्न पर्ने देखिन आएकोमा हेर्दा २००८।१०।२० को रसिद नक्कलबाट गाँठ ५३ को महसुल गौर बजार अड्डामा तिरेको प्रमाणित भएको कटाई बाँकी गाँठ ३४९ मात्र रहेकोमा पेश भइराखेको रसिदबाट वीरगञ्ज भंसारमा महसुल बुझाएको देखिएको २००८।९।१९ को रसिद बमोजिमकोरी ३१४ र ८।९।१४ को रसिद बमोजिमकोरी १२९ समेत कोरी ४४३। गौर भंसारको रसिदबाट देखिएको कोरी १७३ को गाँठ ५३ को हिसाबले हुन आउने गाँठ १३५।। कटाइ बाँकी गाँठ २१३।। को भंसार महसुल तिर्नु बुझाउन बाँकी भनी बागमती विशेष अदालतले फैसला ठहर गरेको रहेछ । बागमती विशेष अदालतले कट्टा गर्ने गरेको उक्त रसिदहरूको कलम यो मध्येको होइन भन्नेसमेत कुराको सबूद आउन नसकेकाले ती कलमहरूका हकमा अरु शंका गरी रहनु परेन । सो बाहेक बुद्धराम हरजसराय हस्ते बनवारीलाल भन्ने जनिएका कोरी ७६।।। को ०८।१०।२२।३ को १ र ऐ.ऐ. जनिएको कोरी १०५।।।४ को ०८।१०।९।४ को बनवारी सोहनलालकै नापको कोरी १७२।। को ०८९।२३ को १ समेत ३ थान अरु रसिद पनि पेश भइराखेको देखियो । बुधराम हरजसरायले लिएको गाँठ २१२।। पनि बनवारीलाल सोहनलालले लिएको देखिएको र फाइन सुपर फाइन कपडा झिकाउने कोटा पाएको तर पेश भएको रसिदमा स्वदेशी भन्ने लेखिएकोले सो रसिदहरू यो कोटाको कपडाको होइन भन्ने वादीतर्फको जिकिर भएकोमा हेर्दाकुमारीचोकबाट आएको लगत उतारबाट काठमाडौं आएको कपडाको हकमा सवै कपडाको जात खुलाएको देखिए पनि काठमाडौं भंसार गोश्वाराको बाहेक ५३ गाँठको गौर बजार अड्डाको ०८।१०।२०।१ को रसिदमा हिन्दुस्थानी भन्ने र अरु वीरगञ्जको सवै रसिदमा स्वदेशी भन्नेमात्र लेखिएको देखियो । हिन्दुस्थानी र स्वदेशी भन्ने सम्म लेखिदिएकोले यो यो जातको कपडा भन्ने रसिदबाट यकिन हुन नसकेकोमा अनुमान लगाउन नमिल्ने र यो कोटा बाहेक अरु नै कपडाको रसिद हो भन्ने कुराको कुनै सबूद गुज्रन नआएको समेत हुँदा अड्डाखानाबाट आएको प्रमाणको कागज ऐनले जैलेसुकै पनि प्रमाणमा लिन सकिने पेश भइराखेको उपरोक्त ३ थान रसिद समेतको हिसाव कट्टा हुनुपर्ने देखिन्छ । सो ३ थान रसिदको जम्मा कोरी ३५५। को माथि उल्लेख भएबमोजिमकोरी १७३ को गाँठ ५३ का हिसाबले हुने गाँठ १०८।। बागमती विशेष अदालतले बाँकी ठहराएको गाँठ २१३।। मा कटाउदा खुद बाँकी हुन आउने गाँठ १०५ सम्मको भंसार महसुल नतिरेको भन्नु पर्ने हुँदा गाँठ ५३ को भंसार महशुलमा रु.९७।ऽ। को हिसावले सो गाँठ १०५ को भंसार महशुल भा.रु.१९२ को हालको सटही दर भा.रु.१००। को ने.रु.१३५ को हिसाबले हुने ने.रु.२५९।२० सम्म नबुझाएको देखिन आयो । सजायको हकमा बागमती विशेष अदालतको फैसलामा बिगो र मु.स. बही बुझ्ने बारेको ४४ दफाको देहाय ५ दफा लगाई बिगो बमोजिम दण्ड गर्ने गरेको र २०२५।३।३१ को डिभिजन बेञ्चको फैसलामा मा.न्या.श्री हेरम्बराजको रायमा रकम तहशिलको ८ नं. लगाई बिगो मात्र लिने गरिएकोसमेत रहेछ । उक्त बही बुझ्ने बारे मु.स.को ४४ दफाको देहाए ५ दफा र रकम तहसीलको ८ नं. समेत काम गर्ने रकमीलाई लाग्ने हुँदा यस्तो व्यापारीले भंसार महसुल नतिरी बाँकी राखेकोमा लाग्छ भन्न भएन । तत्काल प्रचलित बजार अड्डाहरूलाई भइराखेको ९२ सालको ख.नि.सवालको ८ दफामा बजारमा लाग्ने महसुल नबुझिइ लुकी छली माल खरीद विक्री गर्नेलाई लाग्ने महसुलको बिगो बमोजिम दण्ड गर्ने व्यवस्था भइरहेको देखिएकोले दरबन्दी सबालले लाग्ने भंसार महसुल रु.२५९।२० र उक्त ख.नि सवालको ८ दफा बमोजिम बिगो बमोजिम दण्ड रु.२५९।२० समेत जम्मा रु.५१८।४० निज बनवारीलाल सोहनलाललाई लाग्छ । बा.वि.अ.को २०२३।६।४।३ को फैसलाले निजहरूसँग लिनेगरेको बिगो रु.३९।७५दण्ड रु.३९८।७५समेत जम्मा रु. ७९७।५० मा दण्ड रु.२५९।२० बिगो रु.२५९।२०समेत जम्मा रु.५१८।४० मात्रको लगतकायम राखी बढी रु. २७९।१० को हकमा असूल भइसकेको भए फिर्ता बाँकीभए लगतकट्टा गरिदिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ।
अब परमानन्द विश्वनाथको फर्मको रामदेवको हकमा सुरु बागमती विशेष अदालतले निजले झिकाउन पाएको कपडा र दाखिल भएको रसिद नभिडेको भनी गाँठ २१२।। को भंसार बिगो रु.३९७। र बिगो बमोजिम दण्ड रु.३९७। समेत रु.७९४। असूल गर्ने गरेको रहेछ । निज परमानन्द विश्वनाथ फर्मको कोरी ९८ को ०८।१०।११।६ को १ कोरी ११२।।ऽ को ०।१०।२४।५ को १ कोरी ८०।।ऽ को ऐ मितिको १ कोरी १३२‘।।।ऽ को ०८।११।३।६ को १ कोरी ४५ को ०८।११।१२।१ को १ कोरी ७७२ को ०८।१२।११।१ को समेत गरी जम्मा कोरी ५४६। को रसिद पेश भइराखेको देखियो । सो कपडा गाँठ २१२।। झिकाउदा के टायमको यी रसिदहरू निजहरूले झिकाउन पाएको कपडासँग यस कारणले नभिडेको भन्ने सो बागमती विशेष अदालतको फैसलामा कुनै उल्लेख नभएको र सो रसिदहरू अरुनै कलमको हो भन्ने कुराको कुनै तथ्य सबूद पेश हुन नआएकोले पेश भइराखेको रसिदलाई अरुनै कलमको भनी कल्पना गर्न नमिल्ने हुँदा माथिका प्रकरणहरूमा उल्लेख भएबमोजिमकोरी १७३ को गाँठ ५३ को हिसाबले कोरी ५४६ को हुने गाँठ १६७ निजहरूले झिकाउन पाएको गाँठ २१२।। मा कटाउदा बाँकी रहन आउने गाँठ ४५।। को सम्मको निजले भंसार महसुल नतिरेको देखिने र गाँठ ५३ को भंसार महसुल रु९७।३ को हिसावले गाँठ ४५।। को हुने भंसार महसुलमा रु.८४ को हालको सटही दरमा रु.१०० ने.रु.१३५ ले हुने ने.रु.११३।४० सम्म निजहरूसँग बाँकी रहेको देखिने समेत हुँदा बिगो रु.११३।४० र बजार अड्डाहरूलाई भएको ९१ सालको ख.नि.सवालको ८ दफाले बिगो बमोजिम दण्ड रु.१११।४० समेत जम्मा रु.२२६।८० निज परमानन्द विश्वनाथ फर्मको रामदेवसँग असूल गर्नुपर्ने ठहर्छ । बा.वि.अ.को फैसलाले पूरै गाँठ २१२।। को महशुल नतिरेको ठहराएको मिलेको देखिएन । उक्त वि.अ.को २०२३।६।४।३ को फैसलाले निजसँग लिने गरेको बिगो रु.३९७ दण्ड रु.३९७ समेत जम्मा रु.७९४ मध्ये उक्त दण्डरु.११३।४० बिगो रु.११३।४०समेत जम्मा रु.२२६।८०सम्मको लगतकायम राखी बढीरु.५६७।२० असूल भइसकेको भए फिर्ता बाँकी भए लगतकट्टा गरिदिनु भनी का.श्रे.अ.त.मा लगतदिनु ।
महावीर, बाबुलाल, गुठीराम, जमुनाधर, कालुराम, नागरमल, हनुमानप्रसाद, मंगलचन, जयनारायण, नन्दकिशोरहरूको हकमा बनवरीलाल सोहनलालको वा नन्दलालको बयानमा काठमाडौंको व्यापारी निजहरूलाई बेचेको भनेको कपडाको महसुल बाँकी नदेखिएको भन्ने सुरु बा.वि.अ.को फैसलाठहर भइराखेको र निजहरूले किनेको भनेको कपडको महशुल बाँकी रहेको कुनै प्रमाण देखिन नआएकोसमेत हुनाले निजहरूका हकमा अरु शंका गरी रहनुपरेन ।
अव सुखलाल नथुमलको हकमा विचार गरेमा निजले लिएको जम्मा कपडा गाँठ ७ माकुमारी चोकबाट आएको उत्तरबाट गाँठ ३ सम्मको महशुल बुझाएको देखिएको बाँकी गाँठ ४ को भंसार महशुल तिरेको सबूद प्रमाण गुजार्न निजले नसकेको र सुरु बागमती विशेष अदालतले सो ४ गाँठ कपडा नैनसुत ठहराएकोमा सो होइन भन्ने कुराको पुनरावेदनमा कुनै तथ्य जिकिर लिन पनि नसकेकोले सो गाँठ ४ को भंसार महशुल बाँकी नै ठहराई निज सुखलाल नथुमल फर्मको नथुमलसँग बिगो दण्ड गरी रु.१६८०। लिने गरेको बागमती विशेष अदालतको इन्साफ सरदै छ । पुनरावेदन गरेवापत निज नथुमल घिरैया के सुरु दण्ड रु.८४०। को अ.बं.२०३ नं. ले सयकडा १० ले रु. ८४ जरिवाना हुन्छ वारेस हुँदा असूल गर्न का.श्रे.अ.त.मा लगत दिनु ।
सबै कपडा नेपाल नल्याइ विदेशमा बेचेको भन्ने र बढता भाउमा बेची कालोबजार गरेको भन्नेसमेत उजूर दावीको हकमा नेपाल नल्याइ बिदेशमा विक्री गरको भन्ने कुराको कुनै सबूद पेश हुन नआएको र मिलमा बनेको कपासको सुती धागो र सुतीकपडाको चोरी बजारी र निकासी नियन्त्रण कानून २००८ र कालोबजार ऐन, २००८ लागू हुनुपर्ने भन्ने वादीतर्फको जिकिर भएकोमा उक्त दुबै ऐन, २००९।१।२६ मा मात्र लालमोहर सदर भएको र वि.पु.वि.को उजूरीबाट कारवाही चलेको मिसिल सामेल रहेको २०१०।४।९।६ को वीरगञ्ज गोश्वारा फैसला नक्कलमा यसै गोश्वराका २००८साल चैत्र १३ गतेका सूचना बमोजिम कन्ट्रोल टुटि सकेको भन्ने उल्लेख भएकाले २००८ साल चैत्रमै कोटा टुटी सकेको भन्ने देखिन आएको कलममा उक्त ऐनहरू लागू हुन्छ भन्न नमिल्नेसमेत हुँदा उक्त कुराहरूमा वादीको उजूर दावी पुग्नसक्दैन । तसर्थ बा.वि.अ.को फैसलाको ८ दफामा सयकडा १० भन्दा बढी नाफा लिए खाएको र दररेट कायम नगराई विक्रीबितरण गरेको ठहराएकोसमेत मिलेको देखिएन ।
वादी विश्वेश्वरलाल के माथि दफा दफामा उल्लेख भएबमोजिम बिगो रु.१२१२।६० असूल भएपछि बजार अड्डालाई भएको ९१ सालको ख.नि.सवालको दफा १२ बमोजिम सयकडा २५ ले ठहर्न आउने कमिसन रु.३०३ निजलाई कानूनको रीत पुर्याई दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु ।
बागमती विशेष अदालतको २०२३।६।४।३ को फैसलाले वादी विश्वेश्वरलाई बिगो रु.४२८१।३ को सयकडा १० ले कमिसन दिने गरेको कमसल लगत काटी दिनु भनी ऐ.मा लगत दिनु ।
बागमती विशेष अदालतका अध्यक्ष न्यायाधीश श्री दुर्गादत्त उपाध्यायको बाहाल टुटी सकेको हुँदा अरु देहायका मानिसको इन्साफ केही उल्टिको रिकर्ड राख्न जनरल विभागमा सूचना दिनु ।
सदस्य अञ्चल न्यायाधीश त्रैलोक्यराज उपाध्याय १ सदस्य उपसचिव श्री चुडामणिराजसिंह मल्ल १
नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०२५ साल मार्ग २३ गते रोज १ शुभम् ।