April 23, 1993
Created by nepalarchives

निर्णय नं. ४६८७ – उत्प्रेषण

निर्णय नं.– ४६८७    ने.का.प. २०५० (क)        अङ्क १   संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको...

निर्णय नं.४६८७    ने.का.प. २०५० (क)        अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४७ सालको रि.नं.७२७, ७२८,७२९

आदेश मिति :२०५०११

निवेदक      : का.जि.का.न.पा. वडा नं. १५ बस्ने प्रेम कुमारी लामा ।

            :ऐ. ऐ. बस्ने दोर्जे लामा ।

            :ऐ. ऐ. सानुमाया लामा ।

विरुद्ध

 

विपक्षी : गुठी लगत तथा तहवील कार्यालय भद्रकाली ।

            : गुठी संस्थान केन्द्रीय कार्यालय ।

विषय :उत्प्रेषण ।

(१)   जब कसैका नाउंमा दर्ता रहेको जग्गाका सम्बन्धमा विवाद उठाइन्छ भने त्यस्तो दर्तावालालाई पनि बिपक्षी बनाउनु पर्ने हुन्छ । प्रस्तुत रिट निवेदनमा श्री ५ को सरकारलाई विपक्षी बनाएको देखिन्न । तसर्थ यसरी बिपक्षी नबनाइएको श्री ५ को सरकारको नाउंमा भएको दर्ता विषयमा यस रिट निवेदनबाट केही बोल्न नमिल्ने ।

(प्र.नं. १०)

(२)   विवादित जग्गा गुठीको हो होइन भनी तथ्यको निरोपण तथा प्रमाणको मूल्यांकन गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने हुंदा रिट निवेदकहरूको जिकिर पुग्न नसक्ने ।

(प्र.नं.१०)

निवेदिका तर्फबाट: विद्वान अधिवक्ता श्री रेबन्त बहादुर कुंवर

आदेश

न्या. लक्ष्मण प्रसाद अर्याल

१.     नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    का.जि. स्वयम्भू स्थित गुठी संस्थान अधिनस्थ पुरानो स्वयंभु घ्याङ गुठी पाँडे फाँट र देउली भत्रे जग्गा लगतमा दर्ता रहेको साविक मोही सानु हासे लामाको नाउँमा घर १ सेर्मा २।३० र साविक मोहीहरू पसिंह भत्रे सरुप सिंह लामाको नाउँमा घर १ सेर्मा २।५० दर्ता रहेको सेर्मा तिरी भोगचलन गरी आएको जग्गा मध्ये सानु हासे मरी आधी पूर्व तर्फबाट निमा दोर्जेका नाउँमा दर्ता सरी निजको पनि स्वर्गे हुँदा म निवेदिकाको नाउँमा दर्ता सरी भोगचलन गरी आएको नापी हुँदा का.जि.स्वयंभू गा.पं. वडा नं.३(ख) कि. नं. १ क्षे. १० कायम भई मोही महलमा बाँझो ज.ध. महल खाली रहेकोमा ज.ध.प्र.पु. पाउन २०४६।६।२ मा गुठी संस्थानमा दिएको निवेदन गुठी लगत तथा तहबील कार्यालयमा गई मालपोत कार्यालयमा बुझ्दा उक्त जग्गाको मोठ श्रेस्ता खारेज भई कैफियत नदेखिएको भत्रे ब्यहोरा आई तालुकदारले २०४६।१०।१२ मा साविक र हाल वालाको लगत २०४५।८।१२मा गु.सं.के.का. मा बुझाएको र उक्त कि.नं.१ क्षे. १० मध्ये ०१२० प्रेम कुमारी र ०१२० दोर्जेका नाउँमा ०२१।२२ सालको नापीमा कायम गरेको समेत पत्र लेखि पठाएका ।

३.    सर्जमिनबाट उक्त जग्गाहरू हाम्रै दर्ताहक भोगमा रहेको भत्रे देखिएको उक्त जग्गा मालपोत कार्यालयको ०४६।८।७ को पत्रले श्री ५ को सरकारका नाउँमा दर्ता देखिंदा यस्ता रैंकर जग्गा गुठीमा दर्ता गर्न नमिल्ने भनी हामीलाई ०४७।३।१९ को पत्रसाथ जानकारी गराइयो ।

४.    पुरानो घ्याङ गुठीको दर्ता सर्दै आएको जग्गा क्षेत्रीय कितावमा पनि लेखिदैमा अन्यथा हुँदैन । उक्त गुठीको गुठियार तालुकी अष्ट बहादुरले ०४६।१२।३ मा गरी दिनु भएको कागज र ०४६।९।१८ को पत्रबाट पनि हाम्रो देखिएको उक्त जग्गा दर्ता नगरेको कानून विपरीत छ । सर्जमिनको वास्ता गरिएको छैन । गुठी जग्गा रैकरमा दर्ता भएको भए पनि गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले गुठीको जग्गामा दर्ता गर्नु पर्ने हो । बाझो पर्ति ऐलानी जे भए पनि गुठी संस्थानले बढीमा ७ वर्ष सम्मको कुत माफी गरी खास किसानलाई मोहियानीमा हाल आबाद गर्न दिन सक्छ । तसर्थ गुठी लगत तथा तहविल कार्यालयको ०४७।१।३ को निर्णयबाट मेरो मौलिक हकमा आघात परेकाले बदर गरी पाउँ भत्रे समेत ब्यहोराको प्रेम कुमारी लामाको रिट निवेदन जिकिर ।

५.    गुठी संस्थान अधिनस्थ पुरानो स्वयंभू घ्याङ गुठी पाँडे फांट र देउला भत्रे जग्गा लगतमा दर्ता रहेको साबिक मोही सानु हासे लामाको नाउँमा घर १ सेर्मा २।३० र साविक मोहीहरू पर्सि भत्रेसरुप सिं लामाको नाममा घर १ सेर्मा २।५० दर्ता रहेको सेर्मा तिरी भोग चलन गर्दै आई दर्ता सर्दै आएको उक्त जग्गा मध्ये आधी पश्चिम तर्फको नापीमा स्वयंभू वडा नं. ३ (ख) कि. नं. १ क्षेत्रफल ०० कायम भएको जग्गा गुठी लगत तथा तहबिल कार्यालयको २०४७।१।३० को निर्णयले श्री ५ को सरकारको ठहराएबाट मेरो मौलिक हकमा आघात परेकोले बदर गरी पाउँ भत्रे समेत प्रेम कुमारी लामा मिलानको दोर्जे लामाको पृथक रिट निवेदन जिकिर ।

६.    गुठी संस्थान अधिनस्थ साविक पुराको स्वयंभू घ्याङ गुठी लगतमा दर्ता रहेको साविक मोहीहरू पसिंह भत्रे सरुप सिंह लामाको नाउँमा मोहियानी दर्ता रहेको घर १ सेर्मा २।५० जग्गाको रोर्मा तिरी भोगचलन गरी आई दर्ता सर्दै म निवेदिकाको नाउँमा हुन आएको जग्गा नापीमा स्वयंभू वडा नं. ८ कि.नं. २१ अं. ०१४३ कायम भएको गुठी लगत तथा तहबिल कार्यालयको २०४७।१।३० को निर्णयले श्री ५ को सरकारको ठहराएबाट मेरो मौलिक हकमा आघात परेकोले बदर गरी पाउँ भत्रे समेत प्रेम कुमारी लामा मिलानको सानुमाया लामाको पृथक रिट निवेदन जिकिर ।

७.    यसमा के कसो भएको हो । रिट निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूबाट लिखित जबाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भत्रे समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको पृथक पृथक आदेश ।

८.    का.जि. स्वयंभू गा.पं. वडा नं. ३ (ख) कि.नं. १ को १० ऐ कि. नं. २१ को ०१४३ का जग्गा फिल्ड बुकमा बाँझो जनिएकोले दर्ता गरी ज.ध.प्र.पु. पाउँ भन्ने निवेदन परेकोमा नापीको समयमा उक्त जग्गाहरूको सेर्मा तिरो तिरेको प्रमाण नआई रैकरमा दर्ता भएकोमा २०४५ साल पछि मात्र छुट गुठियारलाई जिन्सी कुत बुझाएको देखिएको, प्रमाण बेगर रैकर जग्गा गुठीमा परिणत गर्न मिल्दैन तथा जसका नाउँमा जग्गा दर्ता छ उसलाई बिपक्षी नबनाएको समेत हुँदा रिट निवेदन खारेजभागी छ भन्ने समेत व्यहोराको गुठी संस्थान के.का. तथा गुठी लगन तथा तहवील कार्यालयको एकै मिलानको रि.नं. ७२७,७२८,७२९ का हकमा पृथक पृथक लिखित जबाफ ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएका प्रस्तुत रिट निवेदनमा निवेदक तर्फका विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुंबरको वहस जिकिर सुनी फायल समेत अध्ययन गरी निर्णय तर्फ बिचार गर्दा गुठी संस्थान अधिनस्थ साविक देखि सेर्मा तिरी भोगचलन गर्दै आएका नापीमा स्वयंभु गा.पं.वडा नं. ३ ख) कि.नं. १ को १० र ऐ. वडा नं. ८ कि.नं.  २१ को ०१४३ कायम भएको गुठी जग्गा नापीमा पर्ति बाँझो जनिन गई श्री ५ को सरकारको नाउँमा रैकर दर्ता हुन गएकोले पुनः गुठीमा दर्ता गर्न नमिल्ने भनी गरको गुठी संस्थानको मिति २०४७।१।३१ को निर्णय बदर गरी पाउँ भन्ने मुख्य रिट निवेदन जिकिर भएकोमा गुठी संस्थान समेतको लिखित जबाफबाट निश्चित सबुद प्रमाणको अभावमा रैकरमा दर्ता भएको जग्गा गुठी संस्थान ऐन, २०३३ को दफा ३४ ले गुठी कायम गर्न नमिल्ने तथा दर्तावाला श्री ५ को सरकार लाई विपक्षी समेत नबनाएको रिट निवेदन खारेज हुन पर्छ भत्रे समेत  देखिन्छ ।

१०.    यस अदालतको आदेशबाट प्राप्त हुन आएको गुठी संस्थानको यस सम्बन्धी कारवाही फायल साथ रहेको मालपोत कार्यालय काठमाडौंको मिति २०४६।८।७ को पत्रबाट उल्लेखित जग्गा श्री ५ को सरकारका नाउँमा दर्ता प्रमाणित मोठ श्रेस्ताबाट देखिएको भत्रे समेत ब्यहोरा उल्लेख भएको पाइन्छ । जब कसैका नाउँमा दर्ता रहेको जग्गाका सम्बन्धमा बिबाद उठाइन्छ भने त्यस्तो दर्तावालालाई पनि विपक्षी बनाउनु पर्ने हुन्छ । प्रस्तुत रिट निवेदनमा श्री ५ को सरकारलाई विपक्षी बनाइएको देखिन्न । तसर्थ यसरी विपक्षी नबनाइएको श्री ५ को सरकारको नाउँमा भएको दर्ता विषयमा यस रिट निवेदन बाट केही बोल्न मिलेन । अर्कोतिर गुठी संस्थान अधिनस्य जग्गा हो भन्ने निवेदकहरुको जुन भनाई छ । गुठी संस्थान स्वयंले विवादित जग्गा गुठी हो भत्रे प्रमाणित नभएको भत्रे समेत व्यहोरा खुलाई लिखित जबाफ प्रस्तुत गरेको हुँदा विवादित जग्गा गुठीको हो होइन भनी तथ्यको निरोपण तथा प्रमाणको मूल्यांकन गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने समेत हुँदा रिट निवेदकहरूको जिकिर पुग्न सक्दैन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमानुसार गरी फायल बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

न्या. केदारनाथ उपाध्याय

इति सम्बत् २०५० साल बैशाख ११ गते रोज ६ शुभम्