निर्णय नं. ४६८० – उत्प्रेषण
निर्णय नं. – ४६८० ने.का.प. २०५० (क) अङ्क १ विशेष इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल...
निर्णय नं. – ४६८० ने.का.प. २०५० (क) अङ्क १
विशेष इजलास
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
सम्बत २०४९ सालको नि.नं.– २३११
आदेश मिति २०४९।७।६।५
निवेदक : का.जि.का.न.पा.वडा नं. २७ घ–२–६१ इन्द्रचोक काठमाडौं बस्ने श्रीमती सरला रानी रौनियार
विरुद्ध
विपक्षी : श्री सचिव, श्री ५ को सरकार अर्थ मन्त्रालय, हरिहर भवन काठमाडौं समेत ।
मुद्दा : उत्प्रेषण ।
(१) नेपाल अधिराज्यको संविधानको धारा १२ (२) (ङ) ले कुनै पेशा, रोजगार उद्योग र व्यापार गर्ने स्वतन्त्रता सबै नागरिकलाई प्रदान गरेको देखिन्छ । सो सन्दर्भमा आयकर ऐन, २०३१ को दफा २१ को देहाय (क) लाई हेर्दा सो दफा ले निवेदिकाको कुनै रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रतामा कुनै बन्देज लगाएको पाइन्न । सो दफाले दम्पति रहेको अवस्थामा पत्नीले कुनै व्यापार पेशा उद्योग, रोजगार गर्न पाउदैन भनी निषेध नगरेको ।
(प्र.नं. ८)