November 8, 1968
Created by nepalarchives

निर्णय नं. ४६५ – बाहाल दिलाई घर चलन चलाई पाँउ

निर्णय नं.  ४६५    ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२४ सालको दे.फु.नं. ५१...

निर्णय नं.  ४६५    ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०२४ सालको दे.फु.नं. ५१

निवेदक      : का.जि.केल टोल बस्ने ज्योतीकाजी कंसाकार

विरुद्ध

विपक्षी : भक्तिराज राजलवट समेत

मुद्दा : बाहाल दिलाई घर चलन चलाई पाँउ

(१)   महत्वपूर्ण सबूद भए दोहर्‍याई हेर्न मिल्ने, सो नभए नमिल्ने भन्ने बक्स भइआएको हुकुम प्रमांगीको व्यहोरा भएकोमाप्रस्तुत सबूद महत्वपूर्ण नदेखिएमा दोहर्‍याई हेर्न नमिल्ने ।

            हुकुम प्रमांगीको व्यहोराबाट महत्वपूर्ण सबूद भए दोहर्‍याई हेर्न मिल्ने, सो नभए नमिल्ने भई सर्वप्रथम सबूदतर्फ हेरिएमा वादी निवेदकले महत्वपूर्ण सबूद भनी सागरमल सोथलीया माडवारी विरुद्ध हुलासचन्द्र गोल्छा माडवारीको लेनदेन मुद्दाको मिति २०१८।९।२२।६ मा फुल बेञ्चबाट भएको फैसलाको नक्कल पेश गरेको देखियो । उक्त मुद्दामा धितो चलन चलाई दिनुपर्ने हो वा कपाली सरह रुपैंयाँ दिलाई दिनुपर्ने हो भन्ने प्रश्नको विचार भई ब्याज प्रतिवादीले वादीलाई दिनुपर्ने निर्णय भएको, उक्त फैसला प्रस्तुत मुद्दामा महत्वपूर्ण सबूद नदेखिएको र सो बाहेक निवेदकले अरु कुनै महत्वपूर्ण सबूद छ भनी भन्न र पेश गर्नसमेत नसकेकाले प्रस्तुत मुद्दा दोहर्‍याई हेर्न मिल्दैन ।

(प्रकरण नं. २)

वादी तर्फबाट : अभिवक्ता श्री ठाकुरप्रसाद खरेल र नारायणप्रसाद श्रेष्ठ समेत

आदेश

      १.     विपक्षीहरू मिली जालसाजी लिखत खडा गरी ७ कवल पसलको बर्ष १ को बाहाल रु.२२५। बुझाई पाउँ भन्ने विपक्षी मध्ये भक्तिराज राजलवटले धरौटी राखी सालसालै फिराद दिई उजूर गर्दै आउनुभएको घर तल्लाको बाहाल धरौट राखेको छैन । श्रीमानले मलाई फार्छे गरिदिएको घरमा राधाकृष्ण, भक्तकृष्णले जुत्ताको पसल राखी घर छाडी नदिई खिचोला गरेको र नन्दकृष्ण आई मेरोसमेत घरमा हक लाग्छ भनी खिचोला गरेको र यदि घर कच्ची भए मेरो दाताबाट थैली र ब्याजसमेत भरी पाउँ, यदि घर नन्दकृष्णको हक नलाग्ने भए घर पसलमा बस्ने राधाकृष्ण, भक्तकृष्णसमेतबाट २०१२।५।२७ देखि मुद्दा किनारा लाग्ने मितिसम्मको महिनाको बाहाल २३७।५१ भराई घर पसल चलन चलाई पाउँ भनी मैले नालेस गरेकोमा सुरु देवानी अदालतबाट महिना १ को घर पसलको बाहाल रु.२३७।५१ का दरले भरी पाउने ठहराई २०१०।२।५।६ मा फैसला भएकोमा अपील पहिलाबाट पसलको बाहाल रु.२२५। धरौटी राखी फिराद गरेको कायम गराई घरको बाहाल पाउने नपाउने केही उल्लेख नगरी मैले राखेको कोर्टफी रु.११५५।३८ को आधी रु.५७७।५२ पसलमा बस्ने भक्तिराज राजलवटबाट आधी रु.५७७।५२ घरमा बस्ने भक्तकृष्ण १ नन्दकृष्ण १ समेत २ जनाबाट भरी पाउने ठहराई १९।११।१३ गते फैसला भएकोले श्री सर्वोच्च अदालतमा अपील गरेकोमा पनि अपील फैसला सदर गरी घरको बाहाल भरी पाउँ भन्ने दावी गरिराखेकोमा कोर्टफी भरी पाउने फैसला भयो, घरमा बसेका विपक्षीहरूबाट घर तलाको र पसलमा बसेका विपक्षीहरूसँग पाउँ भन्ने उजूर दावी छंंदै घरको बाहाल पाउने नपाउने उल्लेख नगरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २१।१२।१७ मा अन्यायसँग फैसला भएकोले १ पटक फुल बेञ्चबाट दोहर्‍याई इन्साफ जाँचिदिई घरको बाहाल पाउने नपाउने यकिन गरिदिनु भन्ने किटानी हुकुम प्रमांगी बक्स पाउँ भनी वादी ज्योतीकाजी कंसाकारले मिति २०२४।५।९।६ मा चढाउनु भएको निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो हो र कुनै महत्वपूर्ण सबूद रहेछ भने १ पटक फुल बेञ्चबाट रुल नियमबमोजिम गरी दोहर्‍याई हेरी निर्णय गरिदिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफ सरकारका बिषेश जाहेरी विभागबाट मिति २०२४।५।२०।३ को हुकुम प्रमांगी बक्स भइआएको ।

      २.    यसमा निवेदक ज्योतिकाजी र प्रतिवादी सुन्दरमान तुलाधर समेतलाई राखी वादीतर्फबाट अभिवक्ता श्री ठाकुरप्रसाद खरेल र नारायणप्रसाद श्रेष्ठ समेतले बहस गर्नुभएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा बक्स भइआएका उपरोक्त हुकुम प्रमांगीका व्यहोराबाट महत्वपूर्ण सबूद भए दोहर्‍याई हेर्न मिल्ने, सो नभए नमिल्ने भई सर्वप्रथम सबूदतर्फ हेरिएमा वादी निवेदकले महत्वपूर्ण सबूद भनी सागरमल सोथलिया मारवाडी विरुद्ध हुलासचन्द्र गोल्छा मारवाडीको लेनदेन मुद्दाको मिति २०१८।९।२२।६ मा फुल बेञ्चबाट भएको फैसलाको नक्कल पेश गरेको देखियो । उक्त मुद्दामा धितो चलन चलाई दिनुपर्ने हो वा कपाली सरह रुपैयाँ दिलाई दिनुपर्ने हो भन्ने प्रश्नको विचार भई ब्याज प्रतिवादीले वादीलाई दिनुपर्ने निर्णय भएको, उक्त फैसला प्रस्तुत मुद्दामा महत्त्वपूर्ण सबूद नदेखिएको र सो बाहेक निवेदकले अरु कुनै महत्त्वपूर्ण सबूद छ भनी भन्न र पेश गर्न समेत नसकेकोले प्रस्तुत मुद्दा दोहर्‍याई हेर्नमिल्दैन । निवेदन तामेलीमा राखी मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०२५ साल कार्तिक २३ गते रोज ६ शुभम् ।