August 30, 1968
Created by nepalarchives

निर्णय नं. ४६१ – बाली

निर्णय नं.  ४६१     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा २०२४ सालको दे.फु.नं. ७० निवेदक      :...

निर्णय नं.  ४६१     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश नयनबहादुर खत्री

न्यायाधीश श्री मीनबहादुर थापा

२०२४ सालको दे.फु.नं. ७०

निवेदक      : भ.पु.इ. कटुन्जे बस्ने बुद्धिलक्ष्मी खत्रीनी

विरुद्ध

विपक्षी : ऐ बस्ने पद्मप्रसाद गोतामे

मुद्दा : बाली

(१)   भोगबन्धकी तथा राजीनामामा उल्लेखित जग्गा मिलेमारजिष्ट्रेशन मार्फत पतिले गरेको तमसुक मुताविक पतिको मृत्यु पछि पत्निले तिर्न पर्ने रुपैया पत्नि गरेको राजीनामा वापतको महलमा जनिएमाभोगबन्धकी भन्ने जिकिरमा अरु शंका गरिरहन नपर्ने ।

            उक्त भोगबन्धकी र राजीनामा लेखिएको जग्गा मिल्न आएको र सो राजीनामा वापतको महलमा मेरो लोग्ने बाबुराम खत्रीले यसै रजिष्ट्रशन मार्फत ८२।९।१५।६ मा गरिदिएको तमसुकबमोजिम निज लोग्ने मरी मैले तिर्नु पर्ने रु.१२०। भन्नेसमेत जनिएको पनि देखिन आएको समेत हुँदा भोग बन्धकी भन्ने निवेदकको जिकिर तर्फ अरु शंका गरिरहनु परेन ।

(प्रकरण नं. ९)

(२)   कुत अंकमा दुई पक्षको मुख नमिलेमाकुतको कबुलियत पेश नभए समेतमा सँधियार बुझी उब्जनीबाट कुतको अड्ढ कायम गरी भराउने भन्ने पहिलो डिभिजन बेञ्चको इन्साफ मनासिव हुने ।

            २०१३।१४।१५ सालको कूत बाली दिलाई पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा कूत अंकमा घटी बढी भन्ने भई दुइपक्षको मुख नमिलेको र कूतको कबुलियतसमेतको लिखत सबूद पेश हुन नआएको समेत यस स्थितिमा सँधियारहरू बुझी उब्जनीबाट कूतको अंक कायम गरी भराउने गरेतर्फ निवेदक प्रतिवादीको हाल कुनै जिकिर नभएकोसमेत हुँदा २०२२।४।२९।६ मा डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै छ ।

(प्रकरण नं. ९)

वादी तर्फबाट : कालीकाप्रसाद

फैसला

      १.     मेरो बाबु हिराप्रसादले मुक्तिनाथसँग फार्छे गरी लिएको पा.बं. लगत फाँटमा १५७ नं. मा दर्ता रहेको कुश बिर्ता १४ नं. सुवर्णपुर न.नं. २०७२ को ३।= र बढ रैकर भ.पु. मालमा तिरो गर्नुपर्ने १४ नं. सुवर्णपुर २०७० को पाखा दोश्रो रोपनी ।। र बुद्ध लक्ष्मीसँग राजीनामा गरी लिएको भ.पु. मालमा तिरो तिर्नुपर्ने १४ नं. सुवर्णपुर न.नं. १३५६ को २।।। न.नं. १५२४ को ।४। समेत ३= समेत घर जग्गा बाबुका नाउँमा दर्ता रही अन्यायहरूका लोग्ने, बाबु बाबुरामको पालादेखि सरकारमा तिर्नुपर्ने समेत गरी धान ११।१३।६ गहुँ १।९।४ मकै ।४ बुझाउने मुख जमानबाट निज बाबुराम छउन्जेल निजले र निजका शेषपछि अन्यायवालाहरूले कमाई १२ सालसम्म बुझाई आएको १३।१४।१५ साल वर्षा ३ को बाँकी गरी नबुझाएकोले धान मुरी १। को रु.३५ ले र गहुँ मुरी १ को रु.४० मकै रु.१ को ।३।५ ले हुने जम्मा रु.१४३१।६१ अन्यायहरूबाट बराबर दरले दिलाई घर जग्गा आफु खुस गर्न पाउँ भन्नेसमेत वादी ।

      २.    वादीका भनाइबमोजिम कूत तिर्ने गरेको नभई सालको धान ६। गहुँ ६। मकै २ तिर्ने गरी आएको १५ सालसम्म तिरेको छु । बाँकी छैन । जग्गा घरबाट उठाउन झुठ्ठा उजूर गरेको हो भन्नेसमेत २ जनाको एउटै प्रतिवादी ।

      ३.    वादी दावीबमोजिम कूत लिने कबुलियत समेत कुनै लिखत प्रमाण वादीले दिन नसकेको भई प्रतिवादीहरूको भनाइबमोजिम कूत कायम गर्न नहुने भई प्रतिवादीहरूका भनाई बमोजिम सालको धान ६। गहुँ ६। मकै २ कूत कायम गर्न मुनासिव हुन आउने, १५ सालसम्मको बुझाई सकेकोछु भन्ने पनि तिरो बुझाएको रसिद दाखिल गर्न नसकेकाले तिरेको ठहर्न नसक्ने भई १३।१४।१५। सालको कूत बाँकी ठहर्छ । घर जग्गा आफू खुस गर्न पाउदैन भनी वादीलाई सुनाई दिने ठहर्छ भन्नेसमेत भक्तपुर अदालतको २०१६।३।२।३ को फैसला । सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ४.    सँधियारद्वारा उब्जनी बुझियको मुचुल्का अनुसार पाखो दोश्रा २ कित्ताको रोपनी ४द्र२ को रोपनी १ को उब्जा मकै मुरी २। ले मकै ८।१।२ को बनिबोटी ६। दिई तलसिंबोटी सालको मकै ४।।५ रैकर खेत कित्ता २ को ३ऽ।। को रोपनी १ को धान ३।१२ ले जम्मा उब्जनी ११।६।१ को बनीबोटी आधा छाडी तलसिं बोटी धान ५।१३।।५ र गहुँ सालको रोपनी १ मा ।८ ले १।५।.।।५ को बनीबोटी आधा छाडी तलसिं बोटी ।१२।४.।२।। देखिन आएकोले लेखिएको दरले बाली तिर्न बुझाउन पर्ने देखिन्छ । १३।१४।१५ सालको बाली बुझाएका भरपाइ प्र.बाट पेश हुन नआएकोले बाँकी ठहर्छ । जग्गा खोस्न पजनी गर्न नपाउने ठहराएको सुरुको मनासिव भन्नेसमेत जि.अ.भक्तपुरको २०१७।१०।२६।४ को फैसला ।

      ५.    सो इन्साफमा चित्त बुझेन दोहर्‍याइ पाउँ भन्ने बुद्धिलक्ष्मीको निवेदन परेकोमा पहिले राय गरी जाहेर गर्नु भन्ने र पछि यहींबाट निकासासमेत गरी बक्स भइआएको हुकुम प्रमांगी बमोजिम इलाका र जिल्ला अदालतको राय नमिलेको हो र व्यहोरा साँचो भए हुकुम प्रमांगी बमोजिम दोहर्‍याइ हेर्न निस्सा गरिदिएको छ । मुद्दाको लगतमा दर्ता गरी दुबै थरी झगडिया झिकाइ डिभिजन बेञ्चमा पेश गर्नु भन्ने २०१९।२।२५।५ को श्री मा.प्र.न्या. हरिप्रसादज्युको आदेश ।

      ६.    जुन जग्गामा घर धुरी खडा गरी जग्गा कमाइ जिविका चलाई आएको छु, सो जग्गा नै छुट्ने किसिमको इन्साफ हुन आयो भन्ने निवेदकको जिकिर भएको घर जग्गाबाट प्रतिवादीलार्ई खोसी वादीले आफु खुस गर्न नपाउने ठहराएको कुत बाली तर्फसम्म घटिबढि के हो भन्ने इन्साफ गर्नुपर्ने देखिन आएको छ । त्यसतर्फ विचार गर्दा वादी दावी बमोजिमको जम्मा रोपनी ७=।२ जग्गा कमाएकै होइन भनी प्रतिवादीहरूले भन्न नसकी जग्गा कमाएमा सावितै रहेको उक्त जग्गाको सालको यो यतिका दरले बाली बुझाउने गरी कमाइ यो सालसम्मको बुझाएको छु भनी प्रतिवादीले भर्पाइ लिखत सबूद प्रमाण पेश दाखिल गर्न नसकेको ०१७।५।१।३ मा सँधियारद्वारा उब्जनी बुझेको मुचुल्कामा निवेदक प्रतिवादीको वा.बलराम पनि रोहवरमा रही सहिछाप गरेको उक्त मुचुल्का बदर बातेल गराएको नदेखिनाले समेत उक्त मुचुल्का बमोजिम कायम भएको उब्जनीबाट बाली कुत कायम गरी वादीलाई प्रतिवादीहरूबाट बालीको बिगो भराई दिने ठहराएको जिल्ला अदालत भक्तपुरको इन्साफ मुनासिव छ भन्ने डिभिजन बेञ्चको २०२२।४।२९।६ को फैसला ।

      ७.    सो उपर चित्त बुझेन दोहर्‍याइ पाउँ भन्ने प्रतिवादी बुद्धिलक्ष्मीको निवेदन परेकोमा न्यायिक समितिबाट यस्मा वादीमा प्रतिवादीको ससुराबाट राजीनामा लिएको भन्ने लेखेकोमा साल मिती नलेखिएको र राजीनामा प्रमाण पनि नदिएको दर्तामा राजीनामाको व्यहोरा जनिएको नदेखिएको वादीले ८२ सालमा भोगबन्धकी दिएको रहेछ भनी तमसुक नक्कल पेश गरेको रजिष्ट्रेशन माल बुझ्दा निवेदिकाले पेश गरे बमोजिम भोगबन्धकी तमसुकको प्रतिलिपि आएको भक्तपुर जिल्ला ८० सालमा सर्भे भएको र सो सर्भे नापी ८२ साल भन्दा पछि खतम भई मोठ तयार भएको समेत प्रमाण परिबन्दबाट वादी निवेदकले प्रमाण दिएको उक्त भोगबन्धकी तमसुक जग्गा कस्तो र काहाँको हो र वादी फिरादपत्रमा दावी गरिएको झगडा परेको जग्गा कस्तो र कहाँको हो ? प्रतिवादीसँग बुझी निर्णय गर्नुपर्ने देखिंदा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको व्यहोरा जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइ दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको ०२४।५।२२।४ को हुकुम प्रमांगी ।

            ८.    बक्स भइआएको हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याइ लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाइदिनु भन्ने माननीय का.मु.प्रधान न्यायाधीशज्यूबाट भएको २०२४।६।५।५ को आदेश ।

            ९.    यस्मा तारिखमा रहेका निवेदक प्रतिवादी बुद्धिलक्ष्मीको वा. कृष्णबहादुर र वादी पद्मप्रसादको वा.कालिकाप्रसाद रोहवरमा रही ०२५।५।१२।३ मा पेश भई वादीको वा. कालिकाप्रसादले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा बाबु हिराप्रसादले बुद्धिलक्ष्मीसँग राजीनामा गरिलिएको रोपनी ३=। को बाली दिलाई घर जग्गा आफु खुस गर्न पाँउ भन्ने वादीको दावा भएकोमा सो जग्गा लोग्ने बाबुरामले १९८२ साल पौष १५ गते रु.१२०। मा वादीको बाबु हिराप्रसादलाई भोगबन्धकी दिएको कुरा पनि फार्छे सरह हुने भई मर्का पर्न आएको भन्ने बुद्धिलक्ष्मीको मुख्य निवेदन जिकिर भएकोमा जिल्ला अदालतको फैसला बमोजिम बुद्धिलक्ष्मीले कमाई आएको जग्गा लिलाम गराई पाउँ भन्ने मैले दरखास्त गरेको, सो जग्गा बुद्धिलक्ष्मीसँग राजीनामा लिएको निजको नाउँमा नालेस गरेको छु भन्ने नारायणदत्तको दरखास्त आएबाट कीर्तेमा मैले नालेस गरेकोमा यसै मुद्दामा भएको फैसला बमोजिमको बाली बिगो समेत माहियानी हक राजीनामा गराई लिने गंगामायासँग मैले बुझिलिई गंगामाया नारानदत्तहरूसँग २०२०।७।२७।४। मा भ.पु.ई.अ.मा मिलापत्र भैसकेको छ । निवेदक बुद्धिलक्ष्मीले भोगबन्धक भन्ने कित्ता निजै बुद्धिलक्ष्मीसँग मेरो बाबु हिराप्रसादले ८८।१२।४।४ मा फार्छे पास गराई लिनुभएको हो भन्नेसमेत वादीतर्फबाट निजको वा.कालिकाप्रसादले हाल बहसमा जिकिर लिई उक्त मिलापत्र नक्कल फार्छे समेत पेश गर्नुभएको छ, जहाँसम्म भोगबन्धकी भन्ने हाल निवेदक बुद्धिलक्ष्मीको जिकिर छ, त्यसको हकमा मुक्तिनाथसँग फार्छे लिएको न.नं.२०७२ को रोपनी ३। नं.२०७० को रोपनी ।।२ र बुद्धिलक्ष्मीसँग राजीनामा लिएको न.नं. १३५६ को रोपनी २।।। न.नं. १५२४ को रोपनी समेत अन्यायीहरूका लोग्ने बाबु बाबुरामका पालादेखि कूत धान ११।१३।६ गहुँ १।९।४ मकै ।४ बुझाउने गरी कमाई आएको १३।१४।१५ सालको कुत बाली दिएन भराइपाउँ भन्ने वादीको दावी भएकोमा निवेदक बुद्धिलक्ष्मीसमेतले प्रतिवादी दिंदा साल १ को धान ६। गहुँ ।६ मकै ।२ कुत कबुली कमाइआएको हो । २०१५ सालसम्मको बुझाइसकेका छौं भन्नेसम्म जिकिर लिएको उसबखत भोगबन्धकी भन्ने जिकिर लिनसकेको नदेखिएको र उस्मा पनि निवेदक प्रतिवादी बुद्धिलक्ष्मीले पेश गरेकी १९८२ साल पौष १५ गते रोज ३ को निज बुद्धिलक्ष्मीको लोग्ने बाबुरामले गरिदिएको भन्ने भोगबन्धकी तमसुक नक्कलमा देविदत्त पल्टन ७ पट्टि ४१० नं.सि. खान्गिमा दरिएको साल १ को कुत धान ३। गहुँ ।६ घिउ ।५० बुझाउनुपर्ने भादगाउँ चुनी भिमसेनस्थान कटो जम्मा भन्ने खेत माटो मुरी ।१२ भन्ने र हाल वादीतर्फबाट पेश हुन आएको बुद्धिलक्ष्मीले गरिदिएको भन्ने ८८।१२।४।४ मा पास भएको राजीनामा मेरो नाउँमा मोहीया दर्ता भएको साल १ को कूत धान ३। गहुँ ।६ घ्यू ।५० तिर्नु पर्ने मौजे भादगाउँ ८४ सालका नं. देवीदत्त ७।१० नं.सि.खान्गि भादगाउँ भिमसेनस्थान खेत मुरी ।१२ भन्ने लेखिएको भई उक्त भोगबन्धकी र राजीनामा लेखिएको जग्गा मिल्न आएको र सो राजीनामा वापतको महलमा मेरो लोग्ने बाबुराम खत्रीले यसै रजिष्ट्रेशन मार्फत ८२।९।१५।६ मा गरिदिएको तमसुक बमोजिम निज लोग्ने मरी मैले तिर्नु पर्ने रु.१२०। भन्नेसमेत जनिएको पनि देखिन आएको समेत हुँदा भोगबन्धकी भन्ने निवेदकको जिकिरतर्फ अरु शंका गरी रहनु परेन । २०१३।१४।१५ सालको कूत बाली दिलाई पाउँ भन्ने वादी मुख्य दावी भएकोमा कूत अंकमा घटी बढी भन्ने भई दुई पक्षको मुख नमिलेको र कूतको कबुलियतसमेतको लिखत सबूद पेश हुन नआएको समेत यस स्थितिमा सँधियारहरू बुझी उब्जनीबाट कूतको अंक कायम गरी भराउने गरेतर्फ निवेदक प्रतिवादीको हाल कुनै जिकिर नभएकोसमेत हुँदा २०२२।४।२९।६ मा डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै छ । कोर्टफी राखेको हुँदा इन्साफ दोहर्‍याएमा निवेदकलाई अरु सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

इति सम्वत् २०२५ साल भाद्र १५ गते रोज ६ शुभम् ।