July 28, 1959
Created by nepalarchives

निर्णय नं. ४४ – रिभ्यू गरी पाउँ भन्ने

निर्णय नं. ४४             ने.का.प. २०१६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा...

निर्णय नं. ४४             ने.का.प. २०१६

फुल बेञ्च

का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री

तो.नं. ३५७६

निवेदक      : माहिली महारानी कृष्णकुमारी देवीराणा

विरूद्ध

विपक्षी : तारा शम्शेर ज.ब.रा.समेत

मुद्दा : रिभ्यू गरी पाउँ भन्ने

(१)   एक पटक रिभ्यूबाट इन्साफ जाँच गराई सकेकोमाफेरी रिभ्यू दिन ल्याए नलाग्ने ।

     एक पटक रिभ्यू मागी इन्साफ जाँच गराई सक्ने उसै पक्षले पूनः दिन ल्याएको रिभ्यूको निवेदन लाग्न सक्दैन भन्ने ०१५।५।२१ गते फुल कोर्टबाट निर्णय भईसकेको देखिएकोले निवेदकको रिभ्यू गरी पाउँ भन्ने निवेदन लाग्न सक्दैन ।

आदेश

            यसमा एकपटक रिभ्यू मागी इन्साफ जाँच गराई सक्ने उसै पक्षले पुनः दिन ल्याएको रिभ्यूको निवेदन लाग्न सक्दैन भन्ने ०१५।५।२१ गते फुलकोर्टबाट निर्णय भईसकेको देखिएको र प्रस्तुत मुद्दामा दुवै पक्षले एक पटक रिभ्यूको माग गरी उसै फैसला भएको देखिनाले उक्त निर्णयनुसार निवेदकको रिभ्यू गरी पाउँ भन्ने निवेदन लाग्न सक्तैन ।

 

इति सम्वत् २०१६ साल श्रावण १३ गते रोज ३ शुभम् ।