निर्णय नं. ४३८४ – उत्प्रेषण
निर्णय नं. ४३८४ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रिट नं....
निर्णय नं. ४३८४ ने.का.प. २०४८ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४६ सालको रिट नं. ११५०
आदेश भएको मिति: २०४८।९।२९।२ मा
निवेदक : ट्रान्सपोर्ट कर्पोरेशन अफ इण्डिया (काठमाडौं) को मेनेजर सुरेन्द्रपाल अग्रवाल
विरुद्ध
विपक्षी : कर कार्यालय काठमाडौंसमेत
विषय : उत्प्रेषण
(१) सम्झौता बमोजिम सम्पन्न गर्नु पर्ने कार्य, सम्झौता गर्ने पक्षले जे जुन तवरबाट गरे गराएको किन नहोस सो कार्य सम्पन्न गर्नु पर्ने कर्तव्य र सो बापतको भुक्तानी समेत प्राप्त गर्ने अधिकार सोही पक्षकारमा निहित हुन जाने ।
(प्रकरण नं. १६) (साविक पेज नं. ६१२)
(२) निवेदक नेपाल ब्रान्चले प्राप्त गरेको आयबाट केही रकम आफ्नो मुख्य कार्यालय (भारत) लाई तिरे बुझाएको भन्ने निवेदन जिकिर रहेको तर सो रकम नेपाल ब्रान्चको आय होइन भन्ने सबूद प्रमाण निवेदकबाट पेश हुन नसकेको हुँदा सो रकम निवेदक (नेपाल ब्रान्च) को खूद आय होइन भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १७)
(३) अस्थायी बासिन्दाले नेपालको पार्टीहरुसंग सम्झौता गरी प्राप्त गरेको आय मध्ये भारतमा दर्ता रहेको कम्पनीलाई पठाएको रकम कट्टा गरी खूद आय कायम गर्नु पर्ने भन्ने जिकिर कानुनसंगत नदेखिने ।
(प्रकरण नं. १८)
(४) निवेदक ट्रान्सपोर्ट कर्पोरेशन अफ इण्डिया (नेपाल ब्रान्च) ले नेपालमा नेपाल कै पार्टीहरुसंग सम्झौता गरी सम्झौता बमोजिम मालवस्तु ढुवानी गरी सो बापत नेपालमा नै रकम भुक्तानी पाएको देखिएको, सो आय नेपाल अधिराज्य भित्र नै आर्जन गरेको मान्नु पर्ने भएकोले निवेदकले पेश गरेको मान्नु पर्ने भएकोले निवेदकले पेश गरेको आय व्यय विवरणमा उल्लेखित रकम मध्ये वास्तविक खर्च मिन्हा दिई मिन्हा दिन नमिल्ने खर्चहरु निवेदक (नेपाल ब्रान्च) को खूद आयमा समावेश गरी आयकर ऐन, २०३१ को (संशोधन सहित) दफा ३३(३) बमोजिम आयकर निर्धारण गर्ने गरेको कर कार्यालयको निर्णयलाई सदर गरेको राजश्व न्यायाधीकरण र क्षेत्रीय अदालतको इन्साफ कानुनसंगत नै देखिँदा निवेदक माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।