February 25, 1991
Created by nepalarchives

निर्णय नं. ४२५१ – लुटपिट

निर्णय नं. ४२५१    ने.का.प. २०४८      अङ्क १   संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको फौ.वि.नं. ६७...

निर्णय नं. ४२५१    ने.का.प. २०४८      अङ्क १

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४६ सालको फौ.वि.नं. ६७

फैसला भएको मिति: २०४७।११।१३।२ मा

पुनरावेदक/प्रतिवादी: नुवाकोट जिल्ला दाङमै कालिका गा.पं.वा.नं.५ बस्ने मुरली तामाङ

विरुद्ध

प्रत्यर्थी/वादी: नु.जि. दाङमैकालिका गा.पं.वा.नं.५ बस्ने उजेली तामाङनीको मु.स. गर्ने नरबहादुर लामा

मुद्दा : लुटपिट

(१)    एकाको दर्ता तिरोको जग्गालाई आफ्नो भनी दावी लिने प्रतिवादीले दावीकै बाली लुटेको छैन होला भनी भन्न ठहराउन नमिल्ने ।

(प्रकरण नं. १०) (साविक पेज नं. ३५)

पुनरावेदक प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुवर

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री वोर्णबहादुर कार्की

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     म.क्षे.अ.को फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ बमोजिम पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    मेरो छोरा हस्तबहादुरबाट राजीनामा गरी लिई २०१० साल देखि २०२८ सालको बालीसम्म भोग चलन गरी खाई आएको चौतारियाको तहबिलमा साल १ को रु. १।८ बुझाउनु पर्ने बिर्ता (क) श्रेणीको म मरेपछि तिमीले खानु भनी २०१७ सालमा नरबहादुरलाई बकसपत्र गरिदिएको झिम्कीको बारी भन्ने पाखो जग्गामा मैले नै दश कर्म गरी लगाएको मकै बाली यही २०२९।५।१९ गते विहान ९:०० बजेको समयमा विपक्षीहरुले बिगो रु. ११३६।पर्ने मकै बाली लुटपिट गरी लगेकोले हेमबहादुर, सन्तलाल, फिष्टी, मुरली समेत जना ४ बाट बराबरका हिसाबले विपक्षीहरुबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    नरबहादुरसंग मैले लिनु पर्ने रुपैयाँ माग्दा रिसइवीबाट बाली लुटे भनी झुठ्ठा उजूर गर्न लगाएको हो पूर्व नरबहादुरको बारी, पश्चिम बाटो भल, उत्तर हेमबहादुरको बारी भल, दक्षिण बाटो यति चार किल्ला भित्रको झिम्कीको बारी भन्ने घरवारी जग्गा २०१७ साल देखि आजसम्म भोग चलन गरी घरबास गरी बसेको जग्गालाई मेरो जग्गाको बाली लुटेको भनी झुठ्ठा उजूर गरेको हो । विपक्षीको जग्गा कुन हो ? कहाँ छ थाहा छैन भन्नेसमेत व्यहोराको मुरली तामाड्डनीसमेत जना २ को संयुक्त प्रतिउत्तरपत्र ।

४.    वादी दावी झुठ्ठा हो । सो झिम्कीको बारी जग्गा प्र.मध्येको मुरली तामाड्डनीका नाउँमा चौतारियाका तहबिलमा रु. ।५० बुझाई दर्ता भोग गरी खाई आएको २०२९ सालको मकै बाली प्र.मध्येको मुरलीले लगाई बाली खाई सो जग्गामा घरवास गरी मुरली सन्तलाल बसेका छन । हामीहरुले लुटपिट गरेको छैन भन्ने समेत व्यहोराको हेमबहादुर समेत जना ४ को संयुक्त प्रतिउत्तरपत्र ।

५.    प्र.का साक्षीहरुको बकपत्रसमेतबाट लुटपिट गरेको ठहराउन न्यायोचित नहुने हुनाले लुटपिट गर्‍यो भन्ने वादी दावी पुग्नसक्दैन भन्नेसमेत व्यहोराको रसुवा तथा नु.जि.अ.को मिति २०३२।३।१६ को फैसला ।

६.    शुरुको गल्ती फैसला बदर गरी मेरो फिराद दावा बमोजिम बाली विपक्षीहरुबाट मलाई भराई दिलाई विपक्षीहरुलाई सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको उजेली तामाड्डनीको बा.अं.अ. मा परेको पुनरावेदनपत्र ।

७.    प्रस्तुत मुद्दाको दावीमा उल्लेखित जग्गा पु.वे.वादी नरबहादुर लामाको हकको कायम हुने ठहरी फैसला भएकोले सो जग्गा मुद्दा डिसमिस गराएकोसमेत आधार लिई वादी दावी पुग्न नसक्ने ठहराई शुरु जि.अ.ले गरेको इन्साफ गल्ती देख्दा उल्टी हुनेठहर्छ भन्नेसमेत व्यहोराको बा.अं.अ.को मिति ०४३।२।६ को फैसला ।

८.    जुन जग्गाको बाली लुटपिट भयो भन्ने वादीको फिराद छ सो जग्गा सम्बन्धमा जग्गा खिचोला मुद्दा नरबहादुरको हकको ठहराई बा.अं.अ.ले गरेको इन्साफ मनासिब ठहर गरी किनारा भएकोले एकाको दर्ता तिरोको जग्गालाई आफ्नो भनी दावी लिने प्रतिवादी सन्तलाल र मुरलीले दावीको बाली लुटेको छैन होला भनी ठहराउन नमिल्ने भन्ने समेत व्यहोराको मिति २०४५।३।२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला । (साविक पेज नं. ३६)

९.    यसै लगाउको घर जग्गा खिचोला र कीर्ते जालसाजी मुद्दामा अनुमति प्राप्त भई सर्वोच्च अदालतमा कारवाही चलिरहेकोले प्रस्तुत लुटपिट मुद्दामा पनि इन्साफ जाँच गरी दिनु भन्ने स.अ.का नाउँमा हु.प्र.बक्स पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मुरली तामाड्डको बिन्तिपत्र उपर हु.प्र.भई आएको प्रस्तुत मुद्दामा विविधको लगतमा दर्ता भई यिनै वादी प्रतिवादी भएको घर जग्गा खिचोला र कीर्ते जालसाजी मुद्दामा प्रतिवादीले अनुमति पाएको देखिँदा सोही लगाउको प्रस्तुत मुद्दामा शुरु बा.अं.ले लुटपिट ठहर्‍याएको नमिलेकोले वादी विपक्षलाई अ.बं. २०२ नं. बमोजिम म्याद दिई झिकाई यिनै वादी प्रतिवादी भएको कीर्ते जालसाज र जग्गा खिचोला मुद्दा समेत साथै राखी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०४६।१२।२८ को संयुक्तइजलासबाट भएको आदेश ।

१०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सरहको बिन्तिपत्र सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर र प्रत्यर्थी वादीतर्फका विद्वान अधिवक्ता श्री वोर्णबहादुर कार्कीले गर्नु भएको बहस समेत सुनी मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको सम्बन्धमा विचार गर्दा जुन जग्गाको बाली लुटपिट भयो भन्ने वादीको फिराद छ सो नै जग्गा सम्बन्धमा दे.पु.नं. ७६४ को जग्गा खिचोला मुद्दामा नरबहादुरको हक ठहर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब ठहराई आजै पुनरावेदन किनारा भएको हुँदा एकाको दर्ता तिरोको जग्गालाई आफ्नो भनी दावी लिने प्रतिवादी सन्तलाल र मुरलीले दावीको बाली लुटेको छैन होला भनी भन्न ठहराउन नमिल्ने हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतले वादी दावी बमोजिम प्रतिवादीले लुटपिट गरेको ठहराएको फैसलामा त्रुटि देखिन नआएकोले परिवर्तन गरी रहन परेन । इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्नसक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.बब्बरप्रसाद सिंह

इतिसम्वत् २०४७ साल फाल्गुण १३ गते रोज २ शुभम् ।