निर्णय नं. ४१९ – नौसत्ता सलामी लिन खोजे
निर्णय नं. ४१९ ने.का.प. २०५५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा पुनरावेदक : अबधनारायणलाल कायष्थ समेत...
निर्णय नं. ४१९ ने.का.प. २०५५
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री मीनबहादुर थापा
पुनरावेदक : अबधनारायणलाल कायष्थ समेत
विरुद्ध
प्रतिवादी : मनराज साहु तेली समेत
मुद्दा : नौसत्ता सलामी लिन खोजे
(१) वादीहरूको पहिलो निवेदन लेखाई समेतले एउटै विषयको कुरामा असर पुग्न जाने समेत व्यवस्था दर्शाई राखेमा–एउटै नालेस दर्ता भई तहतह फैसला हुँदै आई राखेमा–सोही मुद्दाबाट वादीहरू सबैको हकमा इन्साफ गरिदिन मिल्ने ।
धेरै वादी प्रतिवादी र जग्गा फरक–फरक भए पनि प्रतिवादीहरूले एक सङ्गठन गरी सामुहिक रुपले एकैसाथ बटैयामा बखेडा उठाएको । त्यसबाट वादीहरू सबैलाई नौसत्ता भन्खप सलामी लिन खोजेको भन्ने एउटै विषयको कुरामा असर पुग्न जाने समेत अवस्था वादीहरूको पहिलेको निवेदन लेखाइ समेतले दर्शाई राखेको र पहिलेदेखि एउटै उजुरीबाट कारवाई चली १५।३।१२।५ को डिभिजन बेञ्चको फैसलाबमोजिम वादीहरूको प्रस्तुत एउटै नालेस दर्ता भई तह–तह फैसला हुँदै आई राखेको समेत हुँदा वादीहरू सबैका हकमा यसै मुद्दाबाट इन्साफ गरी दिन मिल्ने देखिन्छ ।
(प्रकरण नं. १३)
(२) पछि प्रारम्भ भएको ऐन अघिको कुरामा लागू हुन नसक्ने ।
पछिमात्र प्रारम्भ भएको भूमिसम्बन्धी ऐन, ०१४ कानून व्याख्यासम्बन्धी ऐन, ०१० को दफा ३ अनुसार ११ सालको कुरामा लागू हुन पनि नसक्ने समेत हुनाले मोहियानी हकमा वादीहरूको दावी पुग्न सक्ने देखिएन ।
(प्रकरण नं. १५)
(३) मुचुल्कामा सर्जमिनहरूले जग्गाको धनी र कमाउने रैति र उब्जाको अङ्क खुलाई दुवैको भिन्नै फाँट छुट्ट्याई दिएमा जग्गा रैतिले जोते कमाएको भन्ने खटिई गएको कर्मचारीहरूको प्रतिवेदनमा उल्लेख भएमा चित्त नबुझे पुनरावेदन दिन पर्नेमा सो नदिई बसेमा–उपरोक्त कागजहरूबाट वादीले जग्गा कमाएको प्रष्ट हुने ।
पहिले ११ सालमा वादीहरूको निवेदन परी म.स.गो. बाट खटी गएका ना.सु. लक्ष्मीनरसिं समेतले खरिहानमा छुट्टा–छुट्टै थुप्रिरहेको बाली भन्जाय गराई दिँदा खडा भएको ११।१२।३१।४ को मुचुल्कामा सर्जमिनहरूले यो यसको यो यो रैतिले कमाएको यो जग्गामा यति उब्जा भएको भनी खुलाई धनीको र रैतिको अलग–अलग फाँट छुट्टाई दिएको र ना.सु. लक्ष्मीनरसिंले समेतले म.स.गो. मा दिएको ०१२।१।२।६ को प्रतिवेदनमा जग्गा रैतिले नै जोते कमाएको भन्ने उल्लेख गरेको समेत देखियो । ना.सु. लक्ष्मीनरसिं समेतले बेहिसाब गरे भनी प्रतिवादीहरूले उजुर गरेको मुद्दा १३।३।३२ मा महोत्तरी अपीलबाट खारेज भएकोमा पुनरावेदन नगरी चित्त बुझाई बसेको समेत हुँदा उक्त कागजहरूबाटै ११ सालमा जग्गा वादीहरूले कमाएको रहेछन् भन्ने कुरा प्रष्ट भएको छ ।
(प्रकरण नं. १५)
(४) अधिया नभई नौसत्ता मन्खप नै लिने गरी आएको भन्ने सबूद प्रमाण गुजार्न सकेको नदेखिएमा–अघिया शर्त नै कायम हुने । प्रतिवादीहरूले जग्गा वादीहरूले कमाएकै होइन भन्ने जिकीर लिएको । अधिया होईन नौसत्ता मन्खप नै लिने गरी आएको हो भन्ने सबुद प्रमाण गुजार्न सकेको नदेखिएकोले अधिया शर्त नै कायम हुने कुरामा अरु शंका गरी रहनु परेन ।
(प्रकरण नं. १६)
वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
फैसला
१. धेरै वर्षदेखि खडा बटैयामा गछि लिई पुरा मेहनत गरी असल उबजाउ बनाई बटैयामा आवाद गरी आधी बाली धनी भाग तल्सिङ्ग बोटी जग्गा धनीहरूलाई बुझाई आधी बटैयामा मोही बोटी बाली हामी गरिबले भाग खाई गुजारा चलाई आएको र सरकारबाट ०८।१०।११ सालमा जग्गा बटैया विषय गजेट लगायत सोही घोषणा समेत हुँदा खोस मोश गर्न पाउँदैन बटैयादारको पनि हक सुरक्षित रहन जाने भई जग्गा खोस्न पर्यो भनी प्रपंच रची हामीहरूले कहिले पनि दिई तिरी नआएको नौसत्ता सलामी समेत ९ मन धनीले ७ मन मोहीले लिने जग्गाको लाग्ने पोता जति सलामी लिने नयाँ रकम कायम गर्ने मनसाय लिएकोले नौसत्ता सलामी खान खोजी बटैयामा टन्टा बखेडा गरे गराएमा समेत ऐनबमोजिम सजाय समेत गरी पाउँ भन्ने समेत फिराद ।
२. वादीलाई हामीले जग्गै कमाउन नदिएको हुनाले नौसत्ता सलामी इत्यादी मागे लिएको नहुँदा वादीको झुट्टा पक्राउबाट फुर्सत पाउँभन्ने समेत व्यहोराको मेंरु खि.साहु तेली समेत २ जनाको प्रतिउत्तर ।
३. हामी आफ्नो जग्गा आफैले आवाद गरेको हौं । वादीको झुट्टा पक्राउबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको हरिनारायण समेत १० जनाको प्रतिवादी ।
४. वादीका दावीबमोजिम हामीले वादीलाई जग्गा कमाउन दिएको छैन होइन भन्ने समेत व्यहोराको संशोधित साहु तेली समेत ५ जनाको प्रतिवादी ।
५. वादीका दावीको जग्गा कमाएको सिद्ध हुन आयो यो यति परिवन्धबाट नौसत्ता कायम हुनु पर्ने भन्ने समेत वादीहरूको जिकीर नभएको । नौसत्ताबमोजिम दिनुपर्ने भनी प्रतिवादीहरूले खिचोला उठाए उसै बखत चित्त नबुझेका कुराको ऐनबमोजिम नालेस गरे हुने । नौसत्तातर्फ यसबाट हालै इन्साफ गर्न नपर्ने समेत ठहर्छ भन्ने समेत जलेश्वर अमिनीको फैसला।
६. नौसत्ता सलामी लिन खानेतर्फको न्याय यसै मुद्दाबाट हुनुपर्ने हुँदा इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको र इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीहरू समेतको पुनरावेदन ।
७. रामलोचन भई रुखिको जग्गा वादीहरूले मोहियानी कायम गरी पाउँ भनी झुट्टै उजुर गरेको र सोबाहेक अरु प्रतिवादीका हकमा वादीहरूले मोहियानी बटैयामा जग्गा कमाएको देखिएकोले इन्साफ शुरुको मनासिव छ भन्ने समेत महोत्तरी अपीलको फैसला ।
८. सो फैसला उपर चित्त बुझेन भन्ने दुवै पक्षको पुनरावेदन ।
९. रैकर जग्गा मगनिमा कमाउने किसानलाई सुरक्षित किसानको हक दिने कानूनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०१४ ले गरेको सो ऐन अघिको व्यवहारलाई लागू हुन्छ भन्न नमिल्ने र सुरक्षित किसान हुन पाउँ भन्ने वादी दावी समेत नभएकोले नौसत्ता सलामी लिए नलिएतर्फ विचार गरी रहन आवश्यक नहुँदा उजुर खारेज हुने ठहर्छ भन्ने समेत २०।१२।५।४ को डिभिजन बेञ्चको फैसला ।
१०. इन्साफ दोहर्याई पाउँ भन्ने जुगल बातर समेतको र अवधनारायण लाल समेतको निवेदन परेकोमा जुगल वातर समेतको निवेदनमा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धार ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने २१।४।१४।५ को हुकुम प्रमांगी बक्स भई आएको ।
११. २०।१२।५ को डिभिजन बेञ्चको निर्णयअनुसार खारेज भएको खण्डमा जग्गा कसले कमाएको र जमानीको रुपबाट पाएको बालीको पनि के स्थिति हुन जाने हो ? त्यस्को पनि निरोपण हुन नसक्ने र नालिसमा उल्लेख भएको शब्दहरूबाट अधिदेखि नै किसान हुँ भनी दावी लिएको प्रष्ट देखिएकोमा किसान हुन पाउँ भन्ने शुरु वादी नभएको भन्ने समेत उल्लेख गरी खारेज गर्ने गरेको डिभिजन बेञ्चको मिलेको देखिएन । तत्काल प्रचलित ऐनबमोजिम जग्गा जोतेको हक बेहकतर्फ नालेस दिन पाउने नै देखिएको हुँदा इन्साफ गर्नुपर्ने नै हुन आयो । डिभिजन बेञ्चबाट हक बेहकको निर्णय गरेको नभई उजुरी खारेज गरेको हुँदा हक बेहकको निर्णय पुनः डिभिजन बेञ्चबाट गर्नुपर्ने देखिएकोले डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत २२।१२।१९।६ को फुल बेञ्चको आदेश ।
१२. तत्काल प्रचलित अ.बं.९८ नं. ले अरुका हकमा इन्साफ गर्न नमिल्ने फिरादपत्रमा नाम उल्लेख भएकोमा सर्वप्रथम भदै बातरको नाम लेखिएको र भदै बातरले पनि विभिन्न व्यक्तिको जग्गा कमाएको भनी प्रतिवादी बनाएकोमा पहिला प्रतिवादी स.मोधि साहु देखिएकोले निजहरूको हकमासम्म इन्साफ गर्नुपर्ने देखिन आयो । भदै बातरले स.मोधिको जग्गा कमाएमा बखेडा गरेको र वादीलाई बटैदारको हक प्राप्त हुने नहुने के हो ? भन्नेतर्फ हेरेमा वादीले प्रतिवादी स.मोधिको जग्गा कमाएकै भए त्यसरी आफूले जग्गा कमाउन पाएको कुनै लिखत सबुद हुनपर्ने त्यस्तो कुनै लिखत सबुद छ भनी भदै बातरले भन्न पेश गर्न सकेको पाइँदैन । प्रस्तुत मुद्दा ११ सालकै कुरालाई लिई चलिरहेको हुँदा झगडा पर्दैको अवस्थामा जग्गा कमाई रहने व्यक्तिलाई भूमिसम्बन्धी ऐन १४ को दफा ११ (२) बमोजिम सुरक्षित किसान हो भनी मान्न मिल्ने देखिंदैन । अतः यस्तो स्थितिमा प्रतिवादी स.मोधिको साहुको बटैयामा कमाएको भन्ने र टन्टा बखेडा उत्पन्न गरे भन्ने वादी भदै बातरको जिकीर पुग्नेसक्ने देखिएन भन्ने समेत मा.न्या.श्री धनेन्द्रबहादुर सिंहको राय र जग्गावालाहरूको नौसत्ता सलामी लिन खोजी हाम्रो कमोदको बाली मन्जाय गर्न समेत दिएन । आधी हाम्रो हक छुट्ट्याई पाउँ भन्ने किसानहरूको निवेदन परी गोश्वाराले कारवाई गरेको मुद्दामा जग्गाको हक बेहकतर्फ अर्को नालेस गर्नुपर्ने भनी १५।३।१२ मा डिभिजन बेञ्चबाट फैसला भएको आधारमा प्रस्तुत नालेस परेको जग्गा धनीले बेदखल गर्न खोजे भन्ने एउटै विषयको उजुरी भएकोले उक्त ऐनले लिन हुने उजुरी देखिने । यस्तोमा पन्ध्रौं वर्षसम्म एउटै उजुरीबाट कारवाई चलाई हदम्यादको प्रश्न उपस्थित हुने अन्तरिम व्यवस्थाद्वारा वादीलाई दिलाएको बाली के हुने भन्ने कुरा अधुरै रहने समेत व्यवस्था पारी खारेज गरी दिन न्योचित नहुने । उसमा पनि पहिले नालेस दर्ता गर्दाकै बखत अपनाइने कार्यविधी ऐनमा उल्लेख भएको । पछी खारेज गरी दिने कुरा नलेखिएकोले कानूनमा उल्लेख नभएको तरिका अपनाई खारेज गर्न मिल्ने देखिंदैन । ठहरेबमोजिम निर्णय गरी दिनु नै न्यायोचित देखिन्छ । इन्साफतर्फ नौसत्ता सलामी लिन खोजे भन्ने हकमा त्यस्तो गर्न आँटेकै भन्ने कुरालाई कसुर मानी सजाय गर्ने ऐनमा व्यवस्था नभएकोले लिन खानै नहुने रकम लिई खाए भन्ने त्यसै बखत उजुर गरेमा कानूनबमोजिम हुने हुँदा खारेज भए गरेको मनासिव देखियो । मोहियानी हकको जग्गा बेदखल गरे भन्नेतर्फ ११ सालमा वादी दाबीको जग्गा वादीहरूले नै कमाएको प्रष्ट देखिने र त्यस पछि पनि कसैले जिम्मा लगाई वा जवरजस्ती जोतेको नभई साविक बमोजिम जोती आएकोमा भुमिसम्बन्धी ऐन १४ को दफा ११ (१) ले वादीहरुलाई सुरक्षित किसानको हक प्राप्त हुने भईसकेपछि बेदखलमा प्रस्तुत नालेस परेको समेत देखिँदा वादी दावी जग्गा अधियामा कमाउने वादीहरुलाई सुरक्षित किसानका हक प्राप्त भएकोमा प्रतिवादीले बेदखल गरेको ठहराई तत्कालिन जलेश्वर अमिनीले गरेको इन्साफ मनासिव छ भन्ने मा.न्या.श्री लोकराजको राय भएको डिभिजन बेञ्चको २५।२।२१।२ को फैसला ।
१३. यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही २५।२।२६।३ मा पेश भई निवेदक, वादीहरु तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्माले र प्रतिवादीहरु तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको राय नमिली पेश हुन आएको विषय समेतको अध्ययन गरी यो धेरै जना वादीले धेरै जना प्रतिवादी उपर दिएको एउटै फिरादपत्रबाट सवैको हकमा इन्साफ गर्न मिल्ने नमिल्ने के हो भन्ने प्रश्नको हकमा एउटै मानिसले एउटै मानिस उपर जतिसुकै विषयको र जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटै विषयको कुरा लेखी ल्याएकोमा एउटै फिरादपत्रबाट इन्साफ गर्न मिल्ने तत्काल प्रचलित अ.बं. ९८ नं. को व्यवस्था हो । प्रस्तुत मुद्दाको हकमा हामी रैतीहरुले प्रतिवादीहरुको जमिन बटैयामा कमाई बाली आधा आधा लिने गरी आएकोमा हाल प्रतिवादीहरूले एक संगठन गरी नौसत्ता मन्खप सलामी लिन जोर जुलुम गर्न लागेका छन् । बोझा खरीहानैमा छ । मन्जाय गरी आधी जग्गा धनीको र आधी हामीहरूको हक छुट्ट्याई पाउँ भनी वादीहरूले पहिले म.स.गो.मा दिएको एउटै निवेदनपत्रबाट म.प.स.गो.ले करवाई चलाई पछि गोश्वाराले हेर्न नहुने भनी महोत्तरी अपीलमा पठाएकोमा आखिरी १५।३।१२।५ को डिभिजन बेञ्चबाट जग्गा हक बेहकमा अमिनीमा ऐनबमोजिम नालेस गरेमा ठहरेबमोजिम हुने भनी वादीहरूलाई सुनाई दिने भन्ने समेत फैसला भएको र सो फैसलाको आधारमा वादीहरूले प्रस्तुत नालेस दर्ता गरी तह तह फैसला हुँदै आएको समेत रहेछ । धेरै वादी प्रतिवादी र जग्गा फरक फरक भए पनि प्रतिवादीहरूले एक सङ्गठन गरी सामूहिक रुपले एकैसाथ बटैयामा बखेडा उठाएको । त्यसबाट वादीहरू सबैलाई नौसत्ता मन्खप सलामी लिन खोजेको भन्ने एउटै विषयको कुरामा असर पुग्न जाने समेत अवस्था वादीहरूको पहिलेको निवेदन लेखाई समेतले दर्साई राखेको र पहिलेदेखि एउटै उजुरीबाट कारवाई चली ०१५।३।१२।५ को डिभिजन बेञ्चको फैसलाबमोजिम वादीहरूको प्रस्तुत एउटै नालेस दर्ता भई तह–तह फैसला हुँदै आईराखेको समेत हुँदा वादीहरू सबैका हकमा यसै मुद्दाबाट इन्साफ गरी दिन मिल्ने देखिन्छ ।
१४. हामीहरूले बटैयामा कमाएको जग्गा खोसमोस गर्न नपाउने गरी पाउँ भन्ने मोहियानी हकको वादी दावीतर्फ हेरेमा वादीहरूको प्रस्तुत नालेस भूमिसम्बन्धी ऐन, २०१४ प्रारम्भ भईसकेपछि १५।४।१४।३ मा दर्ता भएको भए पनि ११ सालको बालीमा नौसत्ता सलामी मन्खप लिई खोसे भनी वादीहरूले पहिले ०११ सालमा म.स.गो.मा दिएको निवेदनबाट कारवाई चलेको मुद्दामा जग्गा आफैले कमाई आएको छौं भन्ने समेत प्रतिवादीहरूको भनाई भई आखिर जग्गा हक बेहकमा अमिनीमा भनाई भई आखिर जग्गा हक बेहकमा अमिनीमा नालेस गरेमा ठहरेबमोजिम हुने भनी १५।३।१२।५ को डिभिजन बेञ्चबाट फैसला भएको आधारमा ११ सालकै कुरालाई लिएर १५।४।१४।३ मा प्रस्तुत नालेस दर्ता भएको देखिन आयो । ०१२।५।२० को गोरखापत्रमा प्रकाशित भूमिसम्बन्धी शाही घोषणाले पनि मोहियानी हक कायम हुनुपर्ने भन्ने निवेदक, वादीहरूतर्फका विद्वान वरिष्ठ अधिवक्ताको तर्कका हकमा प्रस्तुत मुद्दा सो अगावै ११ सालको बालीमा उठेको देखिएकोले र यस्तो रैकर जग्गा कमाउने मोहीलाई सो ११ सालमा मोहियानी हक प्राप्त हुने र जग्गा धनीले खोसमोस गर्न नपाउने गरी कानूनी रूपमा त्यस्तो कुनै व्यवस्था भएको नदेखिएको जग्गा खोसमोस नगर्ने कुनै शर्त लिखत सबुद पेश दाखेल हुन पनि नआएको । पछिमात्र प्रारम्भ भएको भूमिसम्बन्धी ऐन, ०१४ कानून व्याख्यासम्बन्धी ऐन १० को दफा ३ अनुसार ११ सालको कुरामा लागू हुन पनि नसक्ने समेत हुनाले मोहीयानी हकमा वादीहरूको दवी पुग्न सक्ने देखिएन ।
१५. जग्गा हामीहरूले बटैयामा कमाएको भन्ने वादीहरूको दावी भएको र ११ सालको मोहीबाट बाली जमानत समेतमा वादीहरूलाई फुकुवा दिई राखेको समेत देखिएकाले सो बालीमा कसको हक हुने हो भन्ने कुराको टुंगो लगाई दिन ११ सालमा वादीहरूले जग्गा बटैयामा जोते नजोतेको के रहेछ ? निर्णय गरी दिनै पर्ने त्यसतर्फ हेरेमा जग्गा वादीहरूले बटैयामा कमाएको होइन । हामीहरू आफैले काएको हौ भन्ने जग्गा धनी प्रतिवादीहरूको जिकीर भए पनि पहिले ११ सालमा वादीहरूको निवेदन परी म.स.गो. बाट खटिई गएका ना.सु. लक्ष्मीनरसिंह समेतले खरिहानमा छुट्टा–छुट्टै थुप्रिरहेको बाली मन्जाय गराई दिँदा खडा भएको ११।१२।३१।४ को मुचुल्कामा सरजमिनहरूले यो यसको यो यो रीतिले कमाएको यो जग्गामा यति उब्जा भएको भनी खुलाई धनीको र रैतिको अलग–अलग फाँट छुट्टाई दिएको र ना.सु.लक्ष्मीनरसिं समेतले म.स.गो.मा दिएको ०१२।१।२।६ को प्रतिवेदनमा जग्गा रैतिले नै जाते कमाएको भन्ने उल्लेख गरेको समेत देखियो । ना.सु. लक्ष्मीनरसिं समेतले बेहिसाब गरे भनी प्रतिवादीहरूले उजुर गरेको मुद्दा १३।३।३२ मा महोत्तरी अपीलबाट खारेज भएकोमा पुनरावेदन नगरी चित्त बुझाई बसेको समेत हुँदा उक्त कागजहरूबाटै ११ सालमा जग्गा वादीहरूले कमाएको रहेछन् भन्ने कुरा प्रष्ट भएको छ ।
१६. अब सो ११ सालको बाली के कस्तो हिसाबले बटैया हुने हो ? भन्ने हकमा अधिया शर्तमा कमाई आएकोलाई नौसत्ता मन्खप सलामी लिन खोजे भन्ने समेत वादी भएकोमा प्रतिवादीहरूले जग्गा वादीहरूले कमाएकै होइन भन्ने जिकीर लिएको अधिया होइन नौसत्ता मन्खप नै लिने गरी आएको हो भन्ने सबुद प्रमाण गुजार्न सकेको नदेखिएकोले अधिया शर्त भई कायम हुने कुरामा अरु शंका गरिरहनु परेन ।
१७. तसर्थ, उपरोक्त उल्लेखित कारणहरूबाट वादीहरू सबैका हकमा यसै मुद्दाबाट इन्साफ गरी दिनुपर्ने र ११ सालमा जग्गा वादीहरूले अधियामा कमाएको कायम हुने ठहर्याउनु भएकोसम्म २५।२ २१।२ को डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री लोकराजको रायमुनासिव र मोहीयानी हकमा वादीहरूको दावी पुग्न नसक्ने । ११ सालको मोही बोटी अधिया बाली जमानत समेतमा वादीहरूले फुकुवा दिएको वादीहरूकै कायम हुने समेत ठहर्छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
०२५।२।२१।२ को डिभिजन बेञ्चको फैसला मा. न्या. श्री लोकराजको रायको तपसीलमा लेखिएबमोजिम प्रतिवादी देहायका मानिसलाई जलेश्वर अमिनीको ०१६।३।२८ को फैसलाले भा.रु.१ का दरले गर्ने गरेको जरिवाना ०२०।१२।५।४ को डिभिजन बेञ्चका फैसलाले लगत कट्टा गर्ने गरेकोमा सोअनुसार गर्नु पर्दैन उक्त जलेश्वर अमिनीका फैसलाबमोजिम लतग कायमै राख्नु भनी हालको महोत्तरी जि.अ.लाई लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिनु…………………..१
भरुखी साहु तेली १ रामलोचन साहुतेली १ तपसि साहु तेली १ राजेन्द्र साहु तेली १ स.अ.देवसाहु तेली १ असरफि साहु तेली १ विसुननारायण यादव १ चन्द्र देव यादव १ समोधि साहु तेली १ देवनारान साहुतेली १ नन्द साहु तेली १ भोला साहु तेली १ जैलाल साहु तेली १ झपसी साहु तेली १ हरिनारायण यादव १ विशेसर यादव १ मुं राज साहु तेली १
मिसिल नियमबमोजिम बुझाई दिनु ………………….२
इति सम्वत् २०२५ साल भाद्र २९ गते रोज ६ शुभम् ।