August 30, 1990
Created by nepalarchives

निर्णय नं. ४१५५ – नकवजनी चोरी

निर्णय नं. ४१५५    ने.का.प. २०४७      अङ्क ५   एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४७ सालको प्रतिवेदन नम्बर २६ आदेश भएको...

निर्णय नं. ४१५५    ने.का.प. २०४७      अङ्क ५

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४७ सालको प्रतिवेदन नम्बर २६

आदेश भएको मिति : २०४७।५।१४।५ मा

विपक्षी/वादी : श्री ५ को सरकार

विरुद्ध

निवेदक/प्रतिवादी : सदरखोर डिल्लीबजार थुनामा बस्ने मचाकाजी महर्जन

मुद्दा : नकवजनी चोरी

(१)    राजदुतावासमा भएको चोरी सम्बन्धी मुद्दालाई लम्बाई राख्नु उचित समेत नहुँदा यस मुद्दालाई प्राथमिकता दिई यो प्रतिवेदन दाखिल भएको मितिले ३ (तीन) महीना भित्र मुद्दा किनारा गरी नतिजाको जनाउ दिने ।

(प्रकरण नं. १)

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     श्री काठमाडौं जिल्ला अदालत के प्रतिवेदनको व्यहोरा समेत पेश भयो । यसमा मुलुकी ऐन चोरीका महलको ११, १२ नं. आदिमा गरिएका कुराहरुको निमित्त चाहिने कुरा र सोही ऐनको अदालती बन्दोबस्तको ११८ नं. को देहाय १० मा भएको व्यवस्था अनुसार थुनछेकको आदेश गर्दाको अवस्थामा धरौटीको अंक तोक्दा विचार गर्नुपर्ने कुराहरु अभियुक्तलाई बयान गराउँदा बयानमा नै खुलाई राख्नु पर्नेमा सो बमोजिम बयान लिइँदा स्पष्ट रुपले खुलाउनु पर्ने कुराहरु बयानमा खुलाइएको देखिँदैन । आइन्दा यस्तो प्रकारको मुद्दाहरुमा यी कुराहरुलाई ध्यानमा राखी बयान गराउने भनी प्रस्तुत मुद्दामा प्राप्त प्रतिवेदनबाट ततिम्बा बयान गराउनु पर्ने भन्ने समेत कुरा उचित देखिँदैन । प्रस्तुत मुद्दा राजदुतावासमा भएको चोरी सम्बन्धी उपर यसरी मुद्दालाई लम्बाई राख्नु उचित समेत नहुँदा यस मुद्दालाई प्राथमिकता दिई यो प्रतिवेदन दाखिल भएको मितिले ३ (तीन) महीना भित्र मुद्दा किनारा गरी नतिजाको जनाउ दिनु होला ।

 

 

इतिसम्वत् २०४७ साल भाद्र १४ गते रोज ५ शुभम् ।