June 7, 1968
Created by nepalarchives

निर्णय नं. ४१४ – बाहाल भराई घरबाट उठाई पाउँ

निर्णय नं.  ४१४     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री रंगनाथ उप्रेती ०२४ सालको दे.फु.नं. ४३ निवेदक     ...

निर्णय नं.  ४१४     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री रंगनाथ उप्रेती

०२४ सालको दे.फु.नं. ४३

निवेदक      : नन्दराज उपाध्याय भण्डारी

विरुद्ध

विपक्षी : पुष्परत्न तुलाधर समेत

मुद्दा : बाहाल भराई घरबाट उठाई पाउँ

१.    जग्गामा जडान गरी राखेको सो जग्गाबाहेकभन्ने वाक्यांश फार्छेपत्रमा उल्लेख भए सो जग्गालाई बाहेक गरेको प्रष्ट देखिनेयस्तो जग्गै बाहेक भएको र त्यसमा बनेको घर समेत बिक्रि गरेको फार्छेपत्रमा उल्लेख नभएमाफार्छे गरी लिनेको हक भएको भन्न नमिल्ने ।

            ०१७।३०।३ मा रजिष्ट्रेशन पास भएको फार्छेपत्रमा मेरै रैकर जग्गामा जडान गरी राखेको सो जग्गाबाहेक भन्ने वाक्यांशबाट मिल जडान गरेको जग्गालाई बाहेक गरेको प्रष्ट देखिन आउँछ । मिल जग्गामा जडान भएको सो जग्गै बाहेक भएको र उसमा बनेको घर समेत बिक्रि भएको भन्ने फार्छेमा उल्लेख नभएकोले सो मिल जडान भएको घर फार्छेपत्रबाट प्रतिवादीको हक भईसकेको भन्न मिल्दैन

(प्रकरण नं. १५)

(२)   कस्तोमा घरको हर्जाना वहालको दावा पुग्न नसक्ने ? ..उठाई लैजाने अवधि फार्छेपत्रमा नतोकेमा अघि बहाल नमागेमा अरुको भोगचलन भएको केही महिना पछि मात्र हर्जाना वहालको दावा गरेमा मानिस नबसी हाल सामान रहेको घरको वहाल दिने कुनै शर्त कबुलियत पेश गर्दा नसके घरको हर्जाना वहाल पाउँ भन्ने नेवर्न पुग्न नसक्ने ।

                        घरको हर्जाना बाहाल दिलाइ पाउँ भन्ने वादीको दावाको हकमा यति अवधि भित्र उठाई लैजाने भन्ने फार्छेपत्रमा अवधि नतोकिएको र अघि हरीबहादुरसँग वाहाल मागेको थिएँ भन्नेसम्म पनि वादीमा उल्लेख नभएको । हरीबहादुरले पुष्परत्नलाई उक्त राईस मिल ०१८।३।१८।१ मा फार्छेपत्र लेखी ०१८।३।१९।२ मा रजिष्ट्रेशन पास गरी दिई पुष्परत्नको भोग चलन भए पछि हर्जाना वाहाल दिलाई पाउँ भन्ने ०१८।६।१०।३ मात्र वादीले दावा गरेकोमा निज रहे बसेको नभई राइस मिलको माल समान रहेको सो घरको वाहाल लिने दिने कुनै शर्त कबुलियत वादीले पेश गर्न नसकेको हुँदा घरको हर्जाना वाहाल पाउँ भन्ने वादीको दावा पुग्न सक्तैन ।

 (प्रकरण नं. १६)

फैसला

      १.     मेरो नाउँको फैसला का.ई.ठमेल गलको घरमा जडान भएको राइस फोर मिल्सको माल सामान बिक्रि गर्ने मनसुवा भई दाजु ठाकुरप्रसादले ०१७।१।२ गते ने.रु. १५७०१ मा शिवबहादुरका नाउँमा कल बिक्रि के लिखत र पावरको बकसपत्र गरी दिएकोमा पछि रजिष्ट्रेशन पास नै गरी दिनु होस भनी रु.४९। थप लिई ती हरिबहादुरका नाउँमा ०१७।३।२ गते घरसारमा र ऐ कार्तिक ३० गते पासै गरी कल बिक्रिको लिई र पावरको छुट्टै बकसपत्र लेखाई लिई अघिका लिखतहरू फुट्टा गरेको माल सामान उठाई लैजाउँ भन्दा ठाउँ ठिक भएको छैन भएपछि लैजाउँला भन्दै थिएँ । पछि प्र.आई काम गर्न लागेकाले सोध्दा कैले किनें भन्ने, कैले ठेक्कामा लिएँ भन्ने गरी यथार्र्थ कुरा नबताउने र शिवबहादुर, हरिबहादुर, गणेशबहादुरले भेटै नदिने गरी माल सामान नउठाई त्यसै ठाउँमा काम चालु राखी घर हर्जाना वाहाल नदिएकोले बिक्रि रहेको मिति देखि वर्ष १।३ को रु.१२५ ले हर्जानामा वहाल रु. १८७५। अन्यायी शिवबहादुर, पुष्परत्न समेत जसबाट पाउने ठहर्छ भराई सो घरबाट उठाई पाउँ भन्ने समेत ०१८।६।१०।३ का नन्दराम उपाध्यायको वादी ।

      २.    ठाकुरप्रसादका हकको जडान भईराखेको टहरा घर बनेको ठाउँबाहेकको बाँकी जग्गा बाहेक गरी राइस मिल जडान भएको टहरा समेत रु.१७५०। मा काम चालु भईरहेको माल सामान सहितको राइसमिल सो मिल रहेको टहरा घर समेत हामीहरूको कायम गरी पाउँ भन्ने पुष्परत्न तुलाधर, शिवबहादुर, गणेशबहादुर, हरीबहादुर पण्डित समेतको ०१८।८।१८।४ को प्रतिवादी ।

      ३.    पूर्व उत्तर पश्चिम तिनै तिर आफ्नै जग्गा पश्चिम ठमेलबाट गलको पाखा जाने मूल सडक भित्रको कल घर जग्गाको मोल रु. ३००० र घरको मोल रु. १२०००। जाने हो । उक्त मिल राखेको घर जग्गा समेत हाल आवादीमा पाउँ भनी दर्खास्त दिई कृषि परिषदका आदेशबमोजिम नन्दराजका नाउँमा साल १ को धान १४।२ कुत ठेकी ०८।९।३।३ मा काठमाडौं मालबाट वाहाली पाएको मेरो हकको सो जग्गा मध्येमा घर बनाउने ०९।११।२५।४ मा पास पूर्जि पाई बनाएको घर मेरोहकको हो भन्ने समेत ततिम्वा सहितको वादीको वा सितारामको ०१९।७।२२।४ को बयान ।

      ४.    ठमेल गलको पाखा जाने बाटो देखि पूर्वतर्फ मेरै रैकर जग्गामा जडान गरी राखेको भनी किटान गरी लेखिएको टहरा फार्छे गरी नदिएको भए टहराबाहेक भनी लेख्न सक्नु पर्ने नसकेबाट पनि उक्त मील रहेको टहरा समेतको फार्छे भई भोग चलन गर्ने भन्ने प्रष्ट भएको पुष्परत्नलाई ०१८।११।४ मा रु. १६७५ मा भोगबन्धकी रजिष्ट्ररी गरी पुष्परत्नलाई फार्छे गरी दिई सकेको छु भन्ने समेत १८।७।२७।२ को हरिबहादुर पण्डित छेत्रीको बयान ।

      ५.    ०१८।३।१८ गते घरसारमा र ऐ १९ गते भोगबन्धकी दिई भोग गरी आएको र ०१८।११।४ गते रु. १६७५०। निज हरिबहादुरबाट फार्छे गरी लिएको हो भन्ने समेत ०१९।७।२७।२ को पुष्परत्नको बयान ।

      ६.    राईस फोर मिलको पार्टपूजा बिक्रि गरेको र बिजुलीको पावर बकसपत्र गरी दिएको हो वादी दावीबमोजिमको घर जग्गा बिक्रि गरेको होईन भन्ने समेत ०१९।९।६।६ को ठाकुरप्रसादको बयान ।

      ७.    मेरै रैकर जग्गामा जडान गरी राखेको र सो जग्गाबाहेक १५ किलोमिटरको हाल चालु भईराखेको धान कुटने मेशीन र पिठो पिन्ने घट्ट २ समेत भएको राईस मिलसम्म फार्छे गरी दिएको भन्ने लेखिएकोले टहरा घर समेत दुवै चिज खरीद बिक्रि भएको भन्ने उक्त फार्छे लिखतमा उल्लेख भएकै नदेखिएकाले जग्गा नन्दराजका नाउँमा दर्ता देखिएका नक्सा पास गर्ने पुर्जि समेत पाई घर बनाएको समेत देखिएकोले सो वादी दावीको घर जग्गामा निज वादीको हक नपुग्ने भन्ने प्रतिवादी जिकीर नपुग्ने भई घर जग्गाबाट हट्नु पर्ने देखिन आएकोले प्र. हरूलाई वादीले उठाउन पाउने ठहर्छ । हर्जानातर्फ हर्जाना बिगो रु. ८०८।३४ हरिबहादुरबाट र त्यसपछि ३३७।४८।२ पुष्परत्नबाट पाउने ठहर्छ भन्ने समेत व्यहोराको ई.अ. देबानीको ०१९।९।२४।३ को फैसला ।

      ८.    गल्ती बुँदा लेखी गल्ती फैसला गर्ने न्यायधीशलाई कानूनबमोजिम गरी हाम्रो प्रतिउत्तर तथा बयान जिकीरबमोजिम खरीद गरेको मिसीन र मेसिन जडान भएको घर समेत कानून तथा लिखतबमोजिम हाम्रो सुरक्षीत गरी झुठ्ठा बिगोबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको हरिबहादुर क्षेत्री, पुष्परत्न तुलाधर १ समेत २ जनाले ०२०।४।८।३ मा का.जि.अ.दो. मा दिएको पहिला पुनरावेदन ।

      ९.    प्रतिवादी जिकीर नपुग्ने गरी शुरुले गरेको इन्साफ मुनासिव छ । हर्जानातर्फ साविक दण्ड सजायका २८ नं. मा दण्ड सजाय बिगोमा जग्गा मोल्नु पर्दा नेपाल मदेशको जग्गा भए सयकडा ५ का दरले उठतीको हिसाब गरी गर्नु भन्ने लेखिएकोले सो ठहराएको मोल बिगो १२०००। को हर्जानातर्फ बाहाल पत सयकडा ४ ले महिना ।९।५ को हुने रु. ३६६।६७ प्रतिवादी २ जनाबाट दामासाहीले पाउने ठहर्छ भन्ने समेत ०२०।११।९।६ मा का.जि.अ. बाट भएको फैसला ।

      १०.    जुन लिखतहरूमा ४ किल्ला समेत पैष्ट किटी जग्गाबाहेक भन्ने लेखिएको छ । यसबाट यो निश्चय हुन्छ कि जग्गासम्मबाहेक गरी अरु टहरा मिल राजीनामा फार्छे गरी दिएको हो । नन्दराजले यस मुद्दामा फिराद गर्दा मेरो हकको जग्गा टहरा भनी नालेस फिराद गरेकोमा पछि ठाकुरप्रसाद बुझिएमा निज ठाकुरप्रसादले सो टहरा घरमा मेरो समेत हक लाग्छ सगोलको सम्पति भनी बयान गरेको छ । निज ठाकुरप्रसादले अघि राजीनामा गर्दा मेरो हकको भनी राजीनामा गरी दिएको सो मितिबाट यही टहरा समेत राजीनामा गरेको नभए ऐनको म्याद भित्र उजुर गरी टहरा हक कायम गराउन सक्नु पर्ने नसकेबाट टहरा समेत राजीनामा गरी दिएकोमा सन्देह छैन । टहरा जग्गा समेतको हकवाला निज ठाकुरप्रसादको उजुर दावा नै छैन । मेरो जिकीरबमोजिम इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको पुष्परत्न १ हरिबहादुर १ समेत जना २ को ०२१।१।१८।२ को दोश्रो पुनरावेदन ।

      ११.    जग्गामा खिचोला गरेको छ । खिचोला मेटाई पाउँ भन्ने वादीमा दावा नहुँदा जग्गातर्फ यसबाट निणर्य दिन विचार गर्नु नपर्ने भई घरको हर्जाना वाहाल मो.रु. १८७५। भराई घरबाट उठाई पाउँ भन्ने दावाअनुसार पाउने नपाउने कुराको निणर्य दिन पर्ने देखिन आएको छ । त्यसतर्फ मिल रहने टहरा घर वादीको दाजु ठाकुरप्रसादले ०१७।३।२ मा घरसारमा र ०१७।७।३०।३ मा पास गरी दिएको फार्छे लिखतबाट हाम्रो हक पुगेको भन्ने प्रतिवादीको भनाई भएकोले सो मिल रहेको टहरा घर फार्छे गरी दिएको देखिन्छ, देखिदैन भनी उक्त फार्छे नकल हेर्दा, मैले विदेशबाट खरिद गरी लिएको ठमेल गलको पाखा जाने बाटो देखि पूर्वतर्फ मेरै रैकर जग्गामा जडान गरी राखेको र सो जग्गा बाहेक भन्ने र कलको माल सामान सहितको उक्त राइस मिल फार्छे गरी दिएँ । आफ्नु हक जानी भोग चलान गर्नु भन्ने लेखिएको राइस मिल र त्यसको माल सामान सहित भोग चलन गर्न नपाए थैली मेरो घर घरानाबाट उपर गरी लिनु भन्ने समेतका लवजहरू लेखिएको देखियो । मिल चालु गरिएको टहरा घर फार्छे गरी नदिएको भए जग्गा बाहेक भन्ने लेखिंदा घर पनि बाहेक भनी लेखिने थियो । नलेखिएको माल सामान र राइस मिल भोग चलन गर्नु राइस मिल र त्यस्तो मालसामान समेत भोग चलन गर्न नपाएको थैली बुझाउँला भनी मिल र माल सामान गरी २ किसिमको चिज फार्छे गरी दिएको भन्ने लवजले मिल चालु भएको घरलाई नै मिल भन्ने संशोधन गरी फार्छे गरी दिएको कुरा लिखतको उक्त बोलीहरूले प्रष्ट गरेको छ । मिल चालु गरिएको टहरा घरबाहेक मालसामान मात्र फार्छे गरी दिएको भए माल सामानलाई मात्र फार्छेमा उल्लेख गरी माल सामान यो यति समय भित्र उठाई लाने वा वाहाल बुझाई त्यसै ठाउँमा चालु गर्ने भन्ने शर्तको लिखत अवश्य हुने गराइने थियो । सो नभएको मालसामान उठाई पठाउनेतर्फ मौकैमा कारवाई नगर्नु फार्छे गरी दिने ठाकुरप्रसादले दावा लिन आउन नसक्नाले समेत वादीको दावामा तथ्य देखिएन । तसर्थ, वाहाल भराई घरबाट उठाई पाउँ भन्ने वादीको दावी नपुग्ने हुन्छ । शुरु र जिल्ला अदालतले गल्ती इन्साफ गरेको ठहर्छ डिभिजन बेञ्चको ०२२।५।२०।१ को फैसला ।

      १२.   सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने वादी नन्दराम भण्डारीको न्यायीक समितिमा निवेदन परेकोमा न्यायीक समितिबाट फार्छेपत्र नकल हेर्दा, मैले विदेशबाट खरीद गरी लिएको मेरै रैकर जग्गामा जडान गरी राखेको र सो जग्गा बाहेक धान कुट्ने मेशीन २ र पिठो पिन्ने घट्ट समेत भएको राईस मिल त्यसै साथ कनेक्सन भईराखेको कल पूर्जा बक्स ट्रान्सफरमा सरेहल्डर मिसिनको कम्लीत सारा मालसामान सहितको राईस मिल फार्छे गरी दिएको भन्ने लेखिएको राईस मिल र त्यसको माल सामान समेत भोग चलन गर्दा कब्जा भई भोग चलन गर्न नपाए तमसुकी थैली उपर गरी लिनु भन्ने लेखिएको । लेखिएबमोजिम लेखिएको राईस मिल त्यसको भाउ सामान समेत भोग चलन गर्दा कब्जा भई भोग चलन गर्न नपाए भन्ने बोली वाक्यांशले मिल र मिल सामानहरूलाई मात्र सम्बोधन गरेको देखिने । उक्त उल्लेखित शव्द वाक्यांशहरूमा घर टहरा फार्छे सुक्री बिक्रीको कुनै शब्द वाक्यांशको प्रयोग नभएको । फार्छे सुक्री बिक्रीको शव्द बोलीमा जुन दस्तुरको नामकरण हुन्छ, त्यती वस्तुलाई मात्र फार्छे सुक्री बिक्री भएको मान्नु पर्ने कुरा स्वयंसिद्ध छ । सो फार्छेमा मिल जडान गरी राखेको जग्गा बाहेक भनेको हुँदा मिल जडान भएको जग्गा (स्थान) जमिन बाहेककै मान्नु पर्ने हुँदा त्यस बोलीले जग्गा देखि मिल अलग हुन गएको कुरा पनि प्रष्टै छ र मिल भनेको वस्तु जस्तो छ, त्यस्तै भाग अंग नबिग्रिने भनी उठाई लान सकिने बस्तु भएको र घर भनेको त्यसरी उठाई लान नमिल्ने जग्गा साथैको अचल मानिने र यसमा पनि सो घर टहरा बनेको जग्गा प्रतिवादीको दाता ठाकुरप्रसादको नाउँको नभई वादीको नाउँ दर्ता भएको र सो घर टहरा वादीकै नाउँबाट काठमाडौं नगर पञ्चायतबाट नक्शा पाश भईसकेको देखिएको घर टहरा जग्गा देखि अलग हुन नसक्ने एउटै अंग भईरहने वस्तु भएकोबाट जग्गाबाहेक भन्ने बोली सो समेत जग्गाका साथसाथै घर टहरालाई पनि बाहेक भन्ने प्रष्टै देखिएको । त्यस्तो अवस्थामा घर टहरा जग्गाको धनीले त्यसमा जडान भईरहेका मिल मिसिन सरसामान उठाई नलगेको कुरा उजुर नगरेको । जग्गा घर टहराकै हक जाने कुनै कानूनी व्यवस्था नदेखिएको समेत प्रमाण परिवन्दबाट वादी नन्दरामको जग्गा घर टहरामा दावी नपुग्ने ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिँदा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारीस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बकसेको छ भन्ने समेत ०२४।१।९।६ को हुकुम प्रमांगी ।

      १३.   यस्ता वादी नन्दराज उपाध्याय प्रतिवादी पुष्परत्न तुलाधर, गणेशबहादुरको मुद्दा सकार गर्ने र हरिबहादुरको वारेस रुद्रबहादुर गुरुङ रोहवरमा रही २०२५।२।१८।६ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्ट विपक्षीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा विपक्षी हरिबहादुरले घर सहितको मिल खरीद गरी लिएको हुँदा वाहाल भराई घरबाट उठाई पाउँ भन्ने वादीको दावा नपुग्ने ठहराएको डिभिजन बेञ्चको इन्साफमा चित्त बुझेन भनन वादी नन्दरामको निवेदन जिकीर भएकोले सो कुरामा अहिले यस बेञ्चबाट निर्णय दिनु पर्ने हुन आएको छ ।

      १४.   ठाकुरप्रसादले ०१७।३।२।४ मा हरिबहादुरलाई गरी दिएको बिजुलीको पावरको बकसपत्रमा बिजुली अड्डामा गई आफ्ना नाउँमा नाउँसारी ठाउँ सारी लिनु भन्ने परेको वाक्यांशलाई नाउँ सारी नाउँ सारी भन्ने पारी विपक्षीले बिजुली अङ्गमा निवेदनसाथ उक्त बकसपत्र पेश गरेको हो भन्ने वादी निवेदकतर्फको विद्वान अधिवक्ताको बहस भएको र ठाकुरप्रसादले पेश गरेको बिजुली अड्डाबाट लिएको नक्कलको नक्कलबाट पनि उल्लेख भएबमोजिम लेखिएका देखिएको हुँदा शंका स्पष्ट हुन आई सो सक्कल लिखत हेर्न अत्यावश्यक भएकोले उक्त सक्कलै लिखत लिई आउनु भनी आदेशानुसार विपक्षीलाई तारेख तोकिएकोमा पनि सो सक्कल लिखत विपक्षीबाट पेश हुन नआएकोबाट एक ठाउँमा नाउँसारी भन्ने लेखे पुग्नेमा २ ठाउँमा नाउँसारी लेखेकोबाट उत्पन्न शंकाको उचित समाधान भएन ।

      १५.   घर टहरा बनेको जग्गा प्रतिवादीको दाता ठाकुरप्रसादको नाउँमा नभइ वादीको नाउँमा दर्ता भई सो घर टहरा वादीकै नाउँमा काठमाडौं नगर पञ्चायतबाट नक्शा पास भई बनेको देखिएको र फार्छेपत्रमा जग्गा बाहेक भन्ने लेखेकोलाई प्रतिवादीले होइन भन्न नसकी सो राइस मिल जडान भएको र टहरा समेत फार्छेमा गराई लिएको भन्ने प्रतिवादी लेखाई भएबाट उक्त टहरा घर बनेका ठाउँ समेत लिएको संकेत गरी टहरामा लिएको जिकीर गरेको उक्त टहरा घर बनेको ठाउँ बिना टहरा घरमात्र लिएको प्रतिवादी लेखाई देखिन नआएको भई प्रतिवादी लेखाईअनुसार मिल जडान भईराखेको र टहरा घर बनेको ठाउँ बाहेकको बाँकी जग्गा बाहेक गरेको हो कि मिल जडान भएकै जग्गा बाहेक गरेको हो ? फार्छेपत्र हेरी त्यस कुराको निरोपण गर्नुपर्ने हुन आयो । धनी हरिबहादुरलाई ऋणी ठाकुरप्रसादले रु. १५७०१ मा ०१७।३।२।४ मा घरसारमा र ०१७।७।३०।३ मा रजिष्ट्रेशन पास भएको फार्छेपत्रमा मेरै रैकर जग्गामा जडान गरी राखेको सो जग्गा बाहेक भन्ने वाक्यांशबाट मिल जडान गरेको जग्गालाई बाहेक गरेको प्रष्ट देखिन आउँछ । मिल जग्गामा जडान भएको सो जग्गै बाहेक भएको र उसमा बनेको घर समेत बिक्री भएको भन्ने फार्छेमा उल्लेख नभएकोले सो मिल जडान भएको घर फार्छेपत्रबाट प्रतिवादीको हक भईसकेको भन्ने मिल्दैन । अतः मालसामान उठाउन लगाई घर खाली गराई दिनु पर्नेमा उक्त घर प्रतिवादीको हकको ठहर्‍याएको ०२२।५।२०।१ को डिभिजन बेञ्चको रायसँग यो बेञ्च सहमत हुन सकेन ।

      १६.    घरको हर्जाना वाहाल दिलाई पाउँ भन्ने वादीको दावाको हकमा यती अवधी भित्र उठाई लैजाने भन्ने फार्छेपत्रमा अवधी नतोकिएको र अघि हरिबहादुरसँग वाहाल मागेको थिएँ भन्नेसम्म पनि वादीमा उल्लेख नभएको । हरिबहादुरले पुष्परत्नलाई उक्त राइस मिल ०१८।३।१८।१ मा फार्छेपत्र लेखी १०।३।१९।२ मा रजिष्ट्रेशन पास गरी दिई पुष्परत्नको भोग चलन भए पछि हर्जाना वाहाल दिलाई पाउँ भन्ने ०१८।६।१०।३ मा मात्र वादीले दावा गरेकोमा निज रहे बसेको नभई राईस मिलको मालसामान रहेको सो घरको वाहाल लिने दिने कुनै शर्त कबुलियत वादीले पेश गर्न नसकेको हुँदा घरको हर्जाना वाहाल पाउँ भन्ने वादीको दावा पुग्न सक्दैन ।

      १७.   माथि उल्लेख गरिएबमोजिम वादीका हकको घरमा जडान भएको मिलको मालसामान विपक्षी, प्रतिवादीले उठाई लैजानु पर्ने र घर खाली गरी दिनु पर्ने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी नन्दराम भण्डारीकै माथि इन्साफ खण्डमा लेखिएबमोजिम हर्जाना वाहाल बिगो नपाउने हुँदा त्यसतर्फ शुरु र जिल्ला अदालतमा र.स.अ.मा निवेदनबाट कारवाही हुँदा कोर्टफी राखेकोले त्यसतर्फ केही गर्नु नपर्ने र घर टहरा हक बेहकमा र खाली गराई पाउँ भन्नेतर्फ घर टहरा वादीकै हकको ठहरी प्रतिवादीले खाली गरी दिनु पर्ने ठहरेकाले घर हक बेहकतर्फ शुरु राखेको कोर्टफी रु. ६५०। उठाई पाउँ भन्नेतर्फ रु. ५। समेत जम्मा ३५५ निवेदन दिई दोहर्‍याई पाउँ भनी कारवाही गरी माग्दा राखेको कोर्टफी रु. ७२। मध्ये उक्त घर टहरा हक वेह उठाई पाउँ भन्नेतर्फ रु. ६५५। को सयकडा १० ले हुने रु. ६५।५० जम्मा रु. ७२०।५० निजले देहायका प्रतिवादीबाट कोर्टफी ऐन, ०१७ को दफा १९ (२) र दफा १८ (४) बमोजिम भरी पाउने हुँदा सोही ऐनको दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त परेमा दस्तुर केही नलिई देहायबमोजिम गरी भराई दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ……………..१

प्र.का.ई.नरदेवी नेतपाचो बस्ने पुष्परत्न तुलाधरबाट भरी पाउने कार्टफी रु.३६०।२५ मा निजले काठमाडौ जि.अ.मा पुनरावेदन गर्दा ०२०।११।८।५ मा का.दे.अ.त.मा धरौट राखेको जति त्यसबाट र नपुग जती निजको जेथाबाट भराई दिने १

का.ई.गोकर्ण राइटार गाउँ बस्ने हरिबहादुर पण्डित क्षेत्रीबाट भरी पाउने रु. ३६०।२५ मा निजले जि.अ.मा पुनरावेदन गर्दा जेठा जमानी दिएको देखिनाले सो ऋण तिरेमा जमानी दिएको जेठा समेतबाट भराई दिने १

देहायको प्रतिवादीहरूकै देहायबमोजिम हुन्छ का.श्रे.अ.त.मा लगत दिने…………..२

का.ई.नरदेवी नेटपाचो बस्ने पुष्परत्न तुलाधर कै निजले काठमाडौ ई.अ.उपर जि.अ. मा पुनरावेदन गर्दा र का.जि.अ. उपर स.अ. मा पुनरावेदन गर्दा लाग्ने कोर्टफी दाखिल गरेको हुँदा केही गर्नु नपर्ने १

का.ई.गोकर्ण राई गाउँ बस्ने हरिबहादुर पण्डित क्षेत्रीकै निजलाई माथि लेखिएबमोजिम लाग्ने भएकोले स.अ. डिभिजन बेञ्चका ०२२।५।२०।१ को फैसला २२।७।२३।२ का लगतले गर्ने गरेको लगत कट्टा गरी दिनु का.श्रे.अ.त. मा लगत दिने …………………..३

तत्कालिन शुरु ईलाका र जि.अ.को केही इन्साफ उल्टी भएकोले तत्कालिन जि.न्या.चन्द्रप्रसाद इ.न्या.मर्नहर्षको रेकर्ड राख्न स.अ. जनरल बिभागमा सूचना गरी नियमबमोजिम मिसिल बुझाइ दिनु ……४

 

इति सम्वत् २०२५ साल जेष्ठ २५ गते रोज ६ शुभम् ।