निर्णय नं. ४०७ – जग्गा दर्ता लेखत बदर समेत
निर्णय नं. ४०७ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश लोकराज जोशी न्यायाधीश श्री रंगनाथ उप्रती सम्वत २०२३ सालको दे.पु.नं. १४२८।१३३५ पुनरावेदक : भोलासा रौनीयार समेत विरुद्ध...
निर्णय नं. ४०७ ने.का.प. २०२५
डिभिजन बेञ्च
न्यायाधीश लोकराज जोशी
न्यायाधीश श्री रंगनाथ उप्रती
सम्वत २०२३ सालको दे.पु.नं. १४२८।१३३५
पुनरावेदक : भोलासा रौनीयार समेत
विरुद्ध
विपक्षी : लक्ष्मी पटेहरा
मुद्दा : जग्गा दर्ता लेखत बदर समेत
१. बिक्री व्यवहार गर्दा यसले गरेको वा गर्नुपर्ने भन्ने प्रमाणित सबुद नभएमा र एकजना भन्दा बढीको नाउँमा दर्ता भएको भए तीमध्ये एक जनामात्र थपको मुख्य प्रमाणित हुन नसक्ने ।
कुनै बिक्री व्यवहार गर्दा वादीले मात्र गरेको वा गर्नु भन्ने किसिमको प्रमाणित सबुद केही नदेखिएको र झगडा परेको जग्गा पहिले दर्ता हुँदा वादी लक्ष्मी र प्रतिवादी लछुमन दुवै जनाको नाउँमा दर्ता भएको देएिकोले यस जग्गाको लागी वादी मात्र घरको मुख्य भन्ने कुरा प्रमाणित हुन नसक्ने र सगोल दर्ता भए पनि २ जनाको नाउँ लेखिएको दर्ताले दुवै जनाको हक आधा आधा हो भन्ने प्रष्ट गर्ने भई त्यस्तो दर्तावालाले आफ्नु हक जति बिक्री गर्न पाउँदैन भन्न न्याय र कानून अनुकूल नभएको । त्यस्तो जग्गाको दर्ता छुट्याई दर्ता गरी दिँदा संयुक्त दर्तावालाको आफ्नु हक जतिमा हक मेटिने नभएकोले साविक दर्ताबाट जसको जति हक देखिन्छ, उतिको दर्ता फुटाई दिन पनि अवैधानिक नदेखिएको समेतबाट प्रतिवादी लछुमनले आफ्ना नाउँमा दर्ता रहेको आफ्नु हक जतिमात्र बिक्री दर्ता गरेको सदरै हुने हुँदा बदर गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन ।
(प्रकरण नं. १२)
२. जति जनाको सगोल दर्ता छ, सो दर्तामा ती सबैको हक हुने । ती दर्तावालाहरू मध्येले आफ्नो हक जतिमात्र दर्ता फुटाई बिक्री दर्ता गरेको सदर हुने ।
कुनै बिक्री व्यवहार गर्दा वादीले मात्र गरेको वा गर्नु भन्ने किसिमको प्रमाणिक सबुद केही नदेखिएको र झगडा परेको जग्गा पहिले दर्ता हुँदा वादी लक्ष्मी र प्रतिवादी लक्ष्मण दुवै जनाको नाउँमा दर्ता भएको देखिएकोले यस जग्गाको लागी वादीमात्र घरको मुख्य भन्ने कुरा प्रमाणित हुन नसक्ने र सगोल दर्ता भए पनि २ जनाको नाउँ लेखिएको दर्ताले दुवै जनाको हक आधा आधा हो भन्ने प्रष्ट गर्ने भई त्यस्तो दर्तावालाले आफ्नो हक जति बिक्रि गर्न पाउँदैन भन्ने न्याय र कानून अनुकूल नभएको त्यस्तो जग्गाको दर्ता छुट्याई दर्ता गरी दिँदा संयुक्त दर्तावालाको आफ्नो हक जतिमा हक मेटिने नभएकोले साविक दर्ताबाट जसको जति हक देखिन्छ, उतिको दर्ता फुटाई दिन पनि अवैधानिक नदेखिएको समेतबाट प्रतिवादी लछुमनले आफ्ना नाउँमा दर्ता रहेको आफ्नु हक जतिमात्र बिक्रि दर्ता गरेको सदरै हुने हुँदा बदर गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन ।
(प्रकरण नं. १२)
पुनरावेदक तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा
प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
फैसला
१. मिश्रीदासको छोरा जेठा सिदेनि, माहिला रामगुलाम कान्छा रामप्रसाद भई सिदेनीको छोरा नभई स्वास्नी सोनिया भएकी । रामगुलामको छोरा म लक्ष्मी । मेरो भिन्न भएको भाइ बैजनाथ भएको । रामप्रसादको छोरा रामचन्द्र, रामचन्द्रको छोरा प्रतिवादी लछुमण भएको । जेठी आमा सोनिया ०५ सालमा मर्दा काजक्रिया गरेको । सोनियाका नाउँको विरगञ्ज बजारको घरबास भएको जग्गा धुर द्र०२ प्रतिवादी लक्ष्मण मनलक्ष्मी समेत दुवैका नाउँमा एकै रसिदमा लेखाई दर्ता राखी भोगी आएकोमा म काठमाडौं गएको मौका सो जग्गा धुर ऽ०२ मा आधाको हकदार लक्ष्मी र आधाको म हुनाले मेरो हकको ऽ०१ जग्गा छुट्याई छुट्टै दर्ता रसिद मेरो नाउँमा गरी पाउँ भनी प्रतिवादी लछुमणको दर्खास्त विरगञ्ज नगरपञ्चायत उ.प्र.नरनारायणज्यूले लिई मलाई सूचना नदिई बेरीत सँग ०२०।११।१२ गते वेरीतसँग सर्जमिन मुचुल्का गराएको । सो मुचुल्कामा आधाको हकदार लक्ष्मी आधाको हकदार लछुमण भएको । जग्गा धुर ऽ०१ छुटाएमा नोक्सानी नपर्ने भनी प्रतिवादी दुर्गा समेतले सहीछाप गरेको । म काठमाडौंबाट आई ०२०।१२।५ गते सो मुचुल्काको नक्कल लिएको । ऽ०१ जग्गा मेरो हक छुट्याई दर्ता गरी पाउँ भन्ने लछुमनको दर्खास्त परेबाट हक बेहक हुने कुरा देखिएपछि हक बेहक छुटाउने अधिकार नगरपञ्चायतलाई नआएकोमा हक छुटाई दर्ता गरेको अवैधानिक ठहर्ने । म समेतका नाउँमा दर्ता रहेको जग्गा मध्ये अंशबण्डा लिखत पास नभई हक नछुटी यसतर्फको ०१ जग्गा लछुमनका नाउँमा गरेको भन्ने नखुलेको त्यस्तो वेरीतको सदर नहुने । दर्ताको नाताले विरगन्जको लक्ष्मी पटेरासे उत्तर वनारसी माडवाडीसे दक्षिण गदुहासे पूर्व सडकसे पश्चिम के ०१ जग्गा भनी प्रतिवादीहरूले मिली प्रतिवादी लछुमणले प्र.भोलाका नाउँमा सुक्रि बिक्री लिखत ०२०।११।१२ गते गराएको ०२०।१२।२५ गते थाहा पाएको बण्डा नछुट्टि उत्तरतर्फको ०१ जग्गा को आधारबाट लेखाउनु भएको भनी प्र.भोलासँग सोद्धा तिम्रो जो गर्नु पर्छ गर भनी जवाफ दिए । प्रतिवादी सबै मिली बाजेको नाम फरक पारी घरको मुख्य म भएको । मेरो हक मेटाउन मेरो घरबास जग्गा हात पार्ने नियतले झुट्टा कुराको मुचुल्का दर्ता लेखक समेत गरे गराएको देखिएकाले नालेस गर्न आएको छु । दुवैका नाउँमा दर्ता कायम रहने गरी पाउँ भन्ने वादी ।
२. विरगन्ज नगरपञ्चायतमा लक्ष्मी पटेरा लक्षुमण पटेराका नाउँमा दर्ता भएको ऽ०२ जग्गा मध्ये ऽ०१ लक्ष्मणको हकको हो हैन भन्ने विरगन्ज नगर पञ्चायतबाट सोधनी भएकोमा साँचो कुराको हामीले मुचुल्का गरी दिएको हौं भन्ने प्रतिवादी दुर्गा कानु, नथुनी कलवार, रामनरसिं रौनियार ब्रम्हादेवप्रसाद वर्नवार, रटक कानु, मिश्रीजुगुल किशोर, तिलकराम सुनार, गणेशप्रसाद वर्नवार मथुरा रौनियारको प्रतिउत्तर ।
३. विरगन्ज माइस्थानको कि.नं. ३६० को द्र०२ जग्गा वादी र लछुमणका नाउँमा एउटै रसिद दर्ता भईरहेको सो जग्गामा दक्षिणतर्फ वादीको भाग उत्तरतर्फ लछुमणको भागमा भई ०१ जग्गा छुट्टै रसिद लछुमणका नाउँमा भएको सो जग्गा ०१ लछुमणले मसँग रु. ४९९५। लिई ०२०।११।१२ गते मेरा नाउँमा सुक्रि बिक्री लेखी रजिष्ट्रेशन पास गरी दिएको सो बदर हुन नसक्ने भन्ने प्रतिवादी भोला साहु रौनियारको प्रतिउत्तर ।
४. यस विरगन्ज नगर पँचायतको अधिकार क्षेत्रभित्रको नं.३६० को घरवासको जग्गा धुर ऽ०२ लक्ष्मी पटेहरा, लछुमण पटेहराका नाउँमा दर्ता भई तिरो चली आएको देखिन्छ । सो ऽ०२ मा आधा लक्ष्मी आधाको म हुँदा ऽ०१ जग्गाको दर्ता रसिद छुट्टै मेरा नाउँमा गरी पाउँ भनी लछुमण पटेराले दर्खास्त दिएको जग्गा ऽ०१ लछुमणका नाउँमा दर्ता छुटाइएमा कसैलाई हानी नोक्सानी नपर्ने ठिक छ भनी दुर्गा समेतले २० साल फाल्गुण १२ गते सर्जमिन मुचुल्का गरी दिएको । लछुमण पटेराका नाउँमा फुटाई दिने नीति अपानइएको हो भन्ने समेत व्यहोराको विरगन्ज नगरपञ्चायतको प्रतिउत्तर ।
५. वादी र म समेतका नाउँमा विरगञ्जको घर जग्गा भएकोमा उत्तर मेरो दक्षिण वादीको भाग बण्डा भएको मेरो हकसम्म मैले भोलालाई बिक्री गरी दिएको लिखत बदर नहुने भन्ने समेत लछुमण पटेराको प्रतिउत्तर ।
६. दर्ता २ जना देखियो । दर्ताले दुवैको बेच्ने अधिकार रहन जाने भई आधा आफ्नो दर्ताबाट लछुमनले बिक्री गरेको देखिन आएको नरम–गरम असुल कमसल समान मिलेन भन्ने पनि वादीको जीकिर नहुँदा दर्ताबाट हक हुने लछुमणले जग्गा बिक्री गरेको वेमुनासिव नहुने हुँदा बिक्रीगरेको मुनासिव ठहराई पर्सा जिल्ला अदालतले ०२२।५।३१।५ मा गरेको फैसला ।
७. दर्ता संयुक्त भएपछि दर्ता फुटाउन अंशबण्डा वा दर्तावालाको मञ्जुरी बेगर नहुने । असल जति आधा फुटाई मेरा मञ्जुरी बेगर बिक्री गरेको सदर नहुने भन्ने वादीको पुनरावेदन ।
८. वादीले प्रमाणमा पेश गरेको प्रतिवादी लछुमणले फुलपतियासँगको जग्गा मुद्दामा विरगन्ज अमिनिमा ०९।१।१७ गते गरेको बयानबाट वादी लक्ष्मी पटेहरा र प्रतिवादी लछुमण सो बयान हुँदाको बखतसँग सगोलमा बसी आएको देखिन्छ । प्रतिवादी लक्ष्मणले यिनै वादी लक्ष्मी समेतका नाउँमा दिएको अपील परी आइ आजै किनारा भएको अंश मुद्दा हेरी अध्ययन गर्दा वादी लक्ष्मी र प्रतिवादी लछुमण ऐनबमोजिम अंशबण्डा गरी बेगल बसेको भन्ने प्र. लछुमणले यकिन गरी लेख्न नसकेकोबाट वादी लक्ष्मी र प्रतिवादी लछुमण सगोलमा रहेको भन्ने प्रष्ट हुन आउँछ । वादी दावी बमाजिमको झगडा पर्न आएको विरगन्ज माइस्थानको कित्ता नं. ३६० को घर घडेरी समेतको जग्गा धुर ऽ२ वादी लक्ष्मी र प्रतिवादी लछुमणका नाउँमा संयुक्त दर्ता भएको भन्नेमा दुवैपक्षले समर्थन गरेको पनि पाइयो । त्यस्तो संयुक्त दर्ता भएको जग्गा दर्ता फुटाउनु परी विरगन्ज नगर पञ्चायतमा प्र.लछुमणको दर्खास्त परेपछि अर्को दर्तावालालाई झिकाई बुझि मञ्जुर गरे दुवैका मञ्जुरीबमोजिम नरम–गरम सन्धि सर्पन पाउँ समेत मिलाई दर्ता फुटाइ दिने मञ्जुर नगरे ऐनबमोजिम गर्न सुनाई दिनु पर्ने कानूनी व्यवस्था भैरहेकोमा सोबमोजिम नगरी अर्को दर्तावाला लक्ष्मीलाई नबुझी दर्ता सार्नेतर्फ विरगन्ज नगरपञ्चायतलाई अरु कुनै कानूनी अधिकार प्राप्त भई सोबमोजिम गरेको प्रतिउत्तर लेख समेतबाट देखिन नआएको हुनाले वादी लक्ष्मीलाई नबुझी कुनै सूचना समेत नदिई प्र. लक्ष्मणका नाउँमा जग्गा धुर ऽ०१ दर्ता फुटाई सार्न बेरीत भएको देखिन आएकोले वादी दावीबमोजिम दर्ता बदर हुने र साविकैबमोजिम वादी लक्ष्मी र प्रतिवादी लछुमणका नाउँमा संयुक्त दर्ता कायम हुने र लिखततर्फमा ऐनबमोजिम हुने समेत ठहर्छ भन्ने ०२३।३।२१।३ को नारायणी अञ्चल अदालतको फैसला ।
९. वादीको हक बेचेको भए मात्र सदर नहुने । मेरो हकसम्म बेचेको सदर कायमै रहने हुनाले सोबमोजिम सदर गरी शुरुबाट भएको इन्साफ सदर कायम गरी पाउँ भन्ने लछुमण पटेहराको वा मोहनसिं भण्डारी क्षेत्रीको पुनरावेदन ।
१०. ऐनले मेरो खरिदी लिखत सदरै भएकोले शुरुको फैसला सदर गरी पाउँ भन्ने भोला सारौनिसारको पुनरावेदन ।
११. बिक्री भएको जग्गा सगोलै छँदा वादी लक्ष्मी पटेहरा समेतको नाउँमा दर्ता भएको भन्ने मिसिलबाट देखिँदा लिखतका हकमा ऐनबमोजिम हुने भनी शुरु पर्सा जिल्ला अदालतको इन्साफ बेमुनासिव गरी नारायणी अञ्चल अदालतले गरेको इन्साफ नमिलेकोले अ.बं.२०२ नं .सर्वोच्च अदालत नियमावलीबमोजिम वादी लक्ष्मी पटेहराका नाउँमा म्याद पठाई हाजिर आए वा अवधि पुगेपछि पेश गर्नु भन्ने ०२४।७।२६।१ को डिभिजन बेञ्चको आदेश ।
१२. यसमा पुनरावेदक प्रतिवादी लछुमण पटेहराको धरौटी पुनरावेदन भनी र प्रतिवादी भोलासा रौनियारको वारेस डोलेन्द्रबहादुर र आदेशानुसार झिकाई आएका वादी लक्ष्मी पटेहरालाई राखी र निजतर्फका विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र भोलासातर्फका विद्वान अधिवक्ता मधुप्रसाद शर्माले गर्नु भएको बहस समेत सुनी प्रस्तुत मुद्दा बुझ्दा प्रतिवादी लछुमणले भोला साहुबाट रु. ४९९५। लिई ०२०।११।१२।२ मा सि.नं. ६६९ कि.नं. ३६० को जग्गा बिगाहा दुई धुरमध्ये एक धुर जग्गा राजीनामा लेखी दिएको सो बदर गरी पाउँ भन्ने र सो जग्गा साविक दर्ता छुटाई विरगन्ज नगर पञ्चायतले दर्ता गरेको बदर गरी पाउँ भन्ने उजुर दावी रहेछ । उक्त राजीनामामा लेखिएको किल्लाले जग्गामा नरम–गरम नमिलेको भए त्यसतर्फ ऐनबमोजिमको उजुर गरी नरम–गरम मिलाउनु वादीकै कर्तव्य हुँदा प्रस्तुत मुद्दामा उजुर वादी नभएको । त्यसतर्फ निर्णय दिन नपरी उक्त राजीनामा र दर्ता बदर हुने नहुने के हो ? भनी विचार गर्दा घरको मुख्य भई व्यवहार गर्ने मेरो मञ्जुरी बेगर लक्ष्मणले गरेको बिक्री सदर हुनु नपर्ने भन्ने वादीको जिकीरका हकमा कुनै बिक्री व्यवहार गर्दा वादीले मात्र गरेको वा मर्नु भन्ने किसिमको प्रमाणिक सबुद केही नदेखिएको र झगडा परेको जग्गा पहिले दर्ता हुँदा वादी लक्ष्मी र प्रतिवादी लछुमण दुवै जनाको नाउँमा दर्ता भएको देखिएकोले यस जग्गाको लागी वादी मात्र घरको मुख्य भन्ने कुरा प्रमाणित हुन नसक्ने र सगोल दर्ता भए पनि २ जनाको नाउँ लेखिएको दर्ताले दुवैजनाको हक आधा आधा हो भन्ने प्रष्ट गर्ने भई त्यस्तो दर्तावालाले आफ्नो हक जति बिक्री गर्न पाउदैन भन्न न्याय र कानून अनुकूल नभएको । त्यस्तो जग्गाको दर्ता छुटाइ दर्ता गरी दिँदा संयुक्त दर्तावालाको आफ्नो हक जतिमा हक मेटीने नभएकोले साविक दर्ताबाट जसको जति हक देखिन्छ, उतिको दर्ता फुटाइ दिन पनि अवैधानिक नदेखिएको समेतबाट प्रतिवादी लछुमणले आफ्ना नाउँमा दर्ता रहेको आफ्नो हक जति मात्र बिक्री दर्ता गरेको सदर हुने हुँदा बदर गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन । इन्साफ पर्सा जिल्ला अदालतको मुनासिव छ । नारायणी अञ्चल अदालतको गल्ती ठहर्छ । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।
तपसील
०२३।३।२१।३ का नारायणी अञ्चल अदालतका फैसलाले गर्ने गरेको देहायबमोजिम गर्नु नपर्ने हुँदा उक्त लगत कट्टा गर्नु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिने…………………१
०२२ साल भाद्र ३१ गतेका पर्सा जिल्ला अदालतका फैसला मुनासिव ठहरेकोले वादी लक्ष्मी पटेहरालाई गरेको जरिवाना रु.१२८।८८ लाग्ने ठहरेकोले पर्सा जिल्ला अदालतको १ दफाको लगत कायम गरी उक्त अञ्चल अदालतका फैसलाबमोजिम उक्त जरिवाना फिर्ता दिनु नपर्ने हुँदा फिर्ता दिने गरेको नारायणी अञ्चल अदालतको लगत कट्टा गर्ने कलम १ वादी लक्ष्मी पटेहराले नारायणी अञ्चल अदालतमा पुनरावेदन दिँदा ०२२।९।२ गते राखेको कोर्टफी निजलाई लाग्ने ठहरेकोले उक्त कोर्टफी १।५० प्र. लक्ष्मण पटेहराबाट भराई दिनु पर्दैन भनी ऐ मा लेखी पठाउने १
गल्ती गर्ने नारायणी अञ्चल अदालतका घनानाथ उपाध्यायको स.अ. जनरल विभागमा रिकर्ड राख्नु र उक्त नारायणी अञ्चल अदालतले पर्सा जिल्ला अदालतका न्यायाधीश गोविन्दप्रसाद कोइरालाको रिकर्ड राख्ने गरेको राख्न नपर्ने हुँदा नारायणी अञ्चल अदालतमा लेखी पठाइ दिनु………………….२
धरौटी पुनरावेदक लछुमण पटेहराके निजले नारायणी अञ्चल अदालतमा ०२३।७।१५।२ मा दाखिल गरेको कोर्टफी रु.३। तीन नलाग्ने भएकोले उक्त कोर्टफी लछुमण पटेहराले फिर्ता माग्न आए कोर्टफी ऐन, २०१७ का दफा १७ को म्याद ३ वर्ष भित्र माग्न आए अड्डैको आम्दानीबाट फिर्ता दिनु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिने ……………………..३
भोलासा रौनियारके निजले ०२३।७।१५।२मा नारायणी अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. १।५० उक्त ऐनका म्याद भित्र फिर्ता लिन आए अड्डैको आम्दानीबाट फिर्ता दिने ऐ ऐ ………………….४
इति सम्वत् २०२४ साल फाल्गुण २४ गते रोज ५ शुभम् ।