January 16, 1968
Created by nepalarchives

निर्णय नं. ३९५ – गौचरन आवाद गरे

निर्णय नं.  ३९५     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीस श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री श्री न्यायाधीश लोकराज जोशी ०२४ सालको दे.फु.नं. ५७ निवेदक     ...

निर्णय नं.  ३९५     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीस श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

श्री न्यायाधीश लोकराज जोशी

०२४ सालको दे.फु.नं. ५७

निवेदक      : कीर्तिनाथ उपाध्या

विरुद्ध

विपक्षी : बाबुराम रिमाल समेत

मुद्दा : गौचरन आवाद गरे

(१)   कानूनबाट अधिकार प्राप्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझी दिनु भन्ने आदेश दिएको भए मात्र त्यस्तो अड्डाबाट तोक आदेशअनुसार हेर्न छिन्न पाउने ।

            कानूनबमोजिम अधिकारयुक्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझी दिनु भन्ने तोक आदेश दिएको भए मात्र त्यस्तो अड्डाले तोक आदेशबमोजिम हेर्ने छिन्न पाउने । यो त्यस किसिमसँग बुझी दिनु भन्ने तोक आदेश भएको समेत नभई आवश्यक कारवाई गरी दिनु हुना निमित्त भनी विशेष अधिकार सम्पन्न दौडाहाबाट का.मे.आ.मा र ऐन सवालबमोजिम गर्नु भनी का.मे.आ.बाट मालमा पठाएको समेत देखिएकोले त्यस्तो तोक आदेशसम्मबाट कानूनले कारवाही भई चल्न नसक्ने प्रष्टै छ ।

(प्रकरण नं. १३)

रेस्पोण्डेन्ट, निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी, प्रतिवादी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

      १.     हाम्रो एरिया भिमढुंगा गाउँका किसानहरूलाई गाई भैंसी पाली मल निकाली खेती गर्न पर्ने र गाई भैंसीको चरन चाहिने भएकोले गौचरण मासिंदै छ । संरक्षण गरी पाउँ भन्ने कीर्तिनाथ उपाध्यायको १७।११।२० को निवेदनपत्रमा, गौचरण मासिँदै छ, संरक्षण गरी पाउँ भन्ने माग हुँदा आवश्यक व्यवस्था गरी दिनु हुना निमित्त प्रेषित भनी श्री वि.अ.सं.दो वाग्मती अञ्चलबाट काठमाडौ मजिष्ट्रेडलाई र यसमा लेखिएअनुसार ऐन सवालबमोजिम गर्नु होला भन्ने काठमाडौ मजिष्ट्रेड अफिसबाट काठमाडौ माल पहिला फाँटलाई तोक आदेश भई काठमाडौ माल पहिलाबाट त्यस माल ईलाकाको देखिएको भनी किर्तिपुरमा पठाएको ।

      २.    भीमढुंगा भिमसेनथान देखि दक्षिणपट्टिको गौचरण अन्दाजी रोपनी ४०।५० छ ४ किल्लाको हकमा दक्षिण सरकारीया वन जंगल पूर्व रैकर पश्चिम खोला र रैकर खेत उत्तर सरकारीया रैकर खेत र उक्त गौचरणको नाम ढार हो । गौचरण आवाद गर्ने बाबुराम भट्टराई बाबुराम रिमाल अरु नाम नजानेको ३।४ जना छन । गौचरण थामी पाउँ भन्ने समेत कीर्तिनाथको बयान ।

      ३.    भीमसेनथान दक्षिण पट्टी गौचर बाँझो पोखरी धारा समेत भएको अ.५०।६० रोपनी र अरु १००।१५० रोपनी पर्ति छँदैछ । मैले कमाएको जग्गा भिमसेनथान देखि अन्दाजी आधाकोष पूर्व पट्टीको मैले पाएको वहाल पूर्जीबमोजिमको जग्गा मेरै नाममा दर्ता छ भन्ने बाबुराम रिमालको बयान ।

      ४.    ९ सालको बाली देखि तिरो भरो गर्ने गरी रुद्रप्रसाद रामचन्द्र बाबुराम समेतका नाउँमा ८।११।६।२ मा बाहाली पूर्जी भई गएको १० वर्ष वाद यो मुद्दा चलेको हुँदा खारेज हुन्छ भन्ने किर्तिपुर मालको १८।११।२६।६ को पर्चा ।

      ५.    सोउपर चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा इन्साफ किर्तिपुर मालको मनासिव छ भन्ने काठमाडौ मेजिष्ट्रेट अफिसको १९।५।११।२ को फैसला ।

      ६.    सोउपर पनि चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा किर्तिपुर माल काठमाडौ मजिष्ट्रेटले खारेज गरेको मनासिव छ भन्ने आय र कर अदालतको २०।२।२४।६ को फैसला ।

      ७.    सोउपर दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा कानूनी त्रुटी देखिए ऐनबमोजिम गर्नु भनी निवेदकलाई जनाउ दिन भन्न समेत २०।११।६।३ मा हुकुमको प्रमांगी बक्स भई आई पेश हुँदा कानूनी त्रुटी जस्तो देखिन आएकोले हु.प्र.बमोजिम अपील दिने अनुमति दिएको छ भन्ने श्री माननीय प्र.न्या.ज्यूबाट २१।११।२१।५ मा आदेश भएको ।

      ८.    आय र कर अदालतको फैसला समेतमा चित्त बुझेन भन्न वादीको पुनरावेदन ।

      ९.    प्रस्तुत मुद्दा १७ साल फाल्गुणमा परेको देखिएबाट आय र कर न्याय व्यवस्था ऐन लागू हुनुभन्दा अगावै परेको देखिन्छ । यो मुद्दा उक्त ऐनमा तोकिएको मुद्दा भित्र नपरेको हुँदा आय र करअदालतले अपील हेरी किनारा गरेको कानून विपरीत देखिएकोले उक्त फैसला बदर हुने ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको २३।४।२८।६ को फैसला ।

      १०.    सोउपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने निवेदन परेकोमा न्यायीक समितिबाट यसमा सर्वोच्च अदालतको निर्णय मिलेको नखेखिंदा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी सिफारीस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइदिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफको प्रमुख सचीवालय बाट २४।५।२७।३ मा लेखी आएको हुकुम प्रमांणी र बक्स भई आएको हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा जनरल विभाग मार्फत पठाइ दिनु भने भन्ने माननीय श्री का.मु.प्र.न्यायाधीशज्यूबाट भएको २४।६।५ को आदेश ।

      ११.    यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही २४।९।२१।६ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र विपक्षी, प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा न्यायीक समितिको तर्क र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको बहस जिकीर समेतबाट पहिले त यो मुद्दा मालले हेर्न छिन्न पाउने हो होईन ? भन्ने कुराको प्रारम्भिक प्रश्न उठेकाले सर्वप्रथम त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आएको छ ।

      १२.   यस प्रसंगमा हेर्दा, आय र कर न्याय व्यवस्था ऐन, २०१६ लागू भएको १८ साल चैत्र १ गते भन्दा अगावै १७ सालमा परी १८।११।२६।६ मा किर्तिपुर मालबाट फैसला भैसकेको प्रस्तुत मुद्दामा मालको अधिकार क्षेत्रको सम्बन्धमा उक्त ऐन प्रयोगमा आउन नसक्ने र सो अगाडीको हकमा तत्काल प्रचलित माल सवालले हाल आवाद गर्न पाउँ भनी दर्खास्त निवेदन परेको कलममा मालले टाँस गरेको १५ दिने म्याद भित्र गौचरण सन्धिसर्पन भन्ने कसैको उजुर पर्न आए त्यस्तो मुद्दा मात्र मालले हेर्न छिन्न पाउने यो त्यस किसिम हाल अवादीको दर्खास्त निवेदन परेकोमा मालले टाँस गरेका म्याद भित्र पर्न आएको माल सवाल अन्तर्गतको उजुर देखिएन ।

      १३.   विशेष अधिकार सम्पन्न दौडाहामा निवेदन परी भएको तोक आदेशबाट मालले हेर्न छिन्न पाउने भन्ने वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको बहस जिकीरका हकमा कानूनबमोजिम अधिकारयुक्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझिदिनु भन्ने तोक आदेश दिएको भए मात्र त्यस्तो अड्डाले तोक आदेशबमोजिम हेर्न छिन्न पाउने । यो त्यस किसिमसँग बुझी दिनु भन्ने तोक आदेश भएको समेत नभई आवश्यक कार्यवाही गरी दिनु हुनको निमित्त भनी विशेष अधिकार सम्पन्न दौडाहाबाट का.मे.आ.मा र ऐन सवालबमोजिम गर्नु भनी का.मे.आ.बाट मालमा पठाएको समेत देखिएकोले त्यस्तो तोक आदेशसम्मबाट कानूनले कारवाई भई चल्न नसक्ने प्रष्टै छ ।

      १४.   तसर्थ, उपरोक्त कारणहरूबाट मालले हेर्न छिन्न पाउने नै नदेखिएकोले किर्तिपुर मालबाट हेरी छिनेको नै अ.बं.३५ नं. बमोजिम बदर हुने ठहर्छ । सुरुले हेरे छिनेको नै अ.बं.३५ नं. बमोजिम बदर हुने ठहर्छ । सुरुले हेरे छिनेको बदर हुने ठहरेकाले त्यस पछिको अड्डाबाट भएको कारवाही फैसला समेत बदर हुने हुँदा त्यसतर्फ अरु विचार गर्नु परेन । मालले हेरे छिनेको शुरु कार्यवाही फैसला नै बदर हुनेमा आय र कर अदालतको फैसलासम्म बदर गर्ने गरेको २३।४।२८।६ का डिभिजन बेञ्चको फैसला मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी कीर्तिनाथ उपाध्यायके काठमाडौं मजिष्ट्रेट अफिसको १९।५।११।२ को फैसलाले गर्ने गरेको का.फो.त.को १९।८।६।४ को लगतबमोजिम जरिवाना रु. १। नलाग्ने हुँदा असुल भैसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरिदिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ……………….१

निवेदक, वादी कीर्तिनाथ उपाध्याले मुद्दा दोहर्‍याउँदा ४।६।१७।३ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रु.३७५ नलाग्ने हुँदा कोर्टफी ऐन १७ को दफा १७ बमोजिम ३ वर्ष भित्र फिर्ता लिन आएमा कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी ऐ.ऐ …………………….२

नियमबमोजिम मिसिल बुझाई दिनु …………………. ३

 

इति सम्वत् २०२४ माघ २ गते रोज ३ शुभम् ।