निर्णय नं. ३७० – पाल्ही भट्टि रकम
निर्णय नं. ३७० ने.का.प. २०२४ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशि न्यायाधीश श्री कालीप्रसाद उपाध्याय ०२२ सालको पहिलो रिभिजन दे.फु.नं.६६...
निर्णय नं. ३७० ने.का.प. २०२४
फुल बेञ्च
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री लोकराज जोशि
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
०२२ सालको पहिलो रिभिजन दे.फु.नं.६६
निबेदक : का.इ.मरु इलाक्ष बस्ने मोति रत्न ताम्राकार
बिरुद्ध
बिपक्षी : श्री ५ को सरकार
मुद्दा :– पाल्ही भट्टि रकम ।
(१) ठेक्का रकम कबुल गर्नेको जायज्यथा बिक्रि बन्धकी समेंत ब्यहोराको लिखत गरि दिन नपाउँने । स्वतह रोक्का हुने भन्ने कानूनी ब्यवस्था नहुँदा ठेक्का पट्टा उठाउँन जाने म्याद पूर्व पास गरिदिएको छोडपत्र बदर हुन्छ भन्न नमिल्ने । तत्काल प्रचलित रजिष्ट्रशनको ७ नं.रजिष्ट्रेशन पास गर्नु पर्ने कागज घरायसमा खडा गरि ६ महिना भित्र पास गराउनु पर्ने ।
ठेकेदार दानरत्नले छोडपत्र लिखत रजिष्ट्रेशन पास गरिदिएको मिति ०१६।३।३१।४ भन्दा अगावै निजसँग डिपोजित बापतको रुपैंया असुल गर्नु पर्ने अवस्था परि सकी निजको जायजेथा रोक्का राखिएको देखिन नआएको र यस किसिमको ठेक्का रकम कबुल गरेपछि सो ठेक्का रकम कबुल गर्नेको जायजेथा कसैलाई बिक्रि बन्धक समेत कुनै व्यहोराको लिखत गरि दिन नपाउँने गरि स्वतः रोक्का हुने कुनै कानूनी व्यवस्था समेत नदेखिनाले ठेक्का पट्टा उठाउँन जानु भन्ने सूचना पाएको ०१६।३।२९ बाट ठेक्का पट्टा उठाउँन जानु पर्ने म्याद समेत बाँकि छँदै पास गराएको उक्त छोडपत्र लिखत बदर हुन्छ भन्न कानूनी आधार बेगर नमिल्ने र उसमाथि पनि उक्त छोडपत्र लिखत ०१६।३।३१।४ मा मात्र रजिष्ट्रेशन पास भएको भएपनि घरायसको मिति ०१५।१०।४।७ देखिएको । सरकारको रकम नोक्सान पार्न अगाडिको मिति हाली पछि खडा गरेको जालसाजी मुद्दा बदर गरि पाउँ भन्ने कानून बमोजिम कसैको उजुर दाबी नभएको र तत्काल प्रचलित रजिष्ट्रेशनको ७ नं. ले ऐनले रजिष्ट्रेशन पास गर्नु पर्ने कागज पहिले घरायसमा खडा गरि ६ महिना भित्र रजिष्ट्रेशन पास गराउन पनि हुने सुविधा प्रदान गरि राखेकै समेत हुनाले डिपोजित वापतको बाँकी लाग्नु र रोक्का रहनुभन्दा अगावै लिखत भएको समेत हुँदा उक्त छोडपत्र लिखत कानूनले सदर नहुने भन्न मिलेन ।
(प्रकरण नं.१९)
(२) तत्कालिन रकम बन्दोबस्तको २ नं.– जमानिका हकमा लाग्नै नसक्ने सरकारी बाँकी लागेको मानिसलाई जमानि लिन हुँदैन भन्ने ऐन कानूनमा व्यवस्था नभएको – सरकारी बाँकि लागेको भए पनि हाकिमले माथवर ठहराई जमानि हुन चाहनेलाई लिन सक्ने – सरकारी बाँकिवाला भन्ने कारणबाट जमानि बदर हुन्छ भन्न नमिल्ने ।
सरकारी बाँकी लागेको मानिसलाई जमानि लिन हुँदैन भन्ने ऐनमा उल्लेख भएको कतै पाइएन । जमानि बस्न आउने मानिसलाई सरकारी बाँकी लागेको भए पनि बाँकी लागेको भन्दा बढि हैसियतको समेत हुन सक्ने र वेमाथवरलाई जमानि लिएको समेतबाट सरकारको बाँकी उपर हुन सकेन भने जमानि असामि बाँकी वालाबाट उपर नभएको जति जमानि लिने हाकिमले बुझाउनु पर्ने । उक्त जमानि गर्नेको (ख) नं. ले व्यवस्था गरि राखेको समेत हुनाले सरकारी बाँकी लागेको भएपनि जमानि लिने हाकिमले सरकारको रकम उपर हुन सक्ने माथवर ठहराई जमानि हुने निज ध्रुब सम्शेरको मन्जुरी समेतबाट ऐनको रित पुर्याइ जमानि लिएकोमा सरकारी बाँकीवाला भन्ने कारणबाट सो जमानि बदर हुन्छ भन्न कानूनी आधारमा मिल्ने देखिन आएन ।
(प्रकरण नं.२०)
निबेदक तर्फबाट : एडभोकेट कुसुम श्रेष्ट
ले.ज.धु्रब सम्शेर तर्फबाट : प्लिडर नन्दी केशर सिवाकोटि
श्री ५ को सरकार तर्फबाट : गभर्नमेन्ट एडभोकेट जगन्नाथ उपाध्याय
फैसला
१. यस माल अन्तर्गत महुवा भटि रकम ०१६ साल श्रावण १ गते देखि ०१९ साल कार्तिक मसान्त तक बर्ष ३ महिना ४ लाई बर्षको भा.रु.१८०७०७। का दरले ठेक्का कबुल गर्ने दानरत्नाई पट्टा उठाउँन जानु भन्ने सूचना ०१६।३।२९ मा बुझी ३५ दिन भित्र पट्टा उठाउँन नआई गुजारेकोले कबुल गरेको अंक ३ बर्ष ४ महिनाको कं.रु.६०२३५६।।=।। ३ को मु.स.रकम बन्देबस्त बारेको ८ को ६ दफाले सयकडा ५ ले ३०११७।।।–।। निज दान रत्नबाट र निजबाट उपर हुन नसके धन जमानी ध्रुब सम्शेरबाट असुल गरि जनाउ दिने काम होस् भन्ने समेत व्यहोराको पाल्ही मालले रकम बन्दोवस्तलाई लेखेको ०१६।५।९ को पत्र ।
२. सो रकम बढा बढ गर्न दिने मान सिं तमोट साहु ताराविर सिं माधव दास समेतले हामी गई काम गर्छौं । बढा बढमा हाम्रो मानिस राख्छौं । तपाँर्ई डिपोजित बापत जमानी बसी दिनोस भनेकाले हुने अंकको सयकडा ५ ले चाहिने डिपोजित बापत जमानी बसेको थिएँ । अहिलेसम्म पट्टा उठाउँन नलगाई साहुहरुले कहाँ वेपत्ता गरि राखे, कबुलवालाले पट्टा नउठाए डिपोजित मैले व्यहोर्नु पर्ने हुन आउँदा मर्का पर्ने भएकोले दरखास्त गरेको छु । खड्गनिसाना बमोजिम रकम सकार गर्दछु । पट्टा पाएको मिति कायम गरि ठेक्का पट्टा दिनु भन्ने अविलम्ब आदेश गरि पाउँ भन्ने समेत रकम वन्दोवस्त अड्डामा ले.ज.ध्रुब सम्सेरले दिएको ०१६।४।२५ को दरखास्त ।
३. दानरत्नले ठेक्का पट्टा नउठाएकोमा ले.ज.धु्रव सम्शेरलाई ठेक्का पट्टा दिने बारे त्यस अड्डाको रिपोर्टको व्यहोरा र ए.ज.अ.को पत्रको व्यहोरा समेत पेश हुँदा लाग्ने डिपोजित दानरत्न धन जमानी ध्रुब सम्शेरबाट समेत ऐन सवाल बमोजिम असुल उपर गरेर लिने ज.ध्रुव सम्शेर उपर सरकारको बाँकीमा कारवाई भईरहेको ए.ज.को जवाफबाट देखिनाले निजलाई रकम नदिने भन्ने समेत श्री ५ को सरकारबाट ०१६।५।२२ मा निर्णय भएकोले निर्णय बमोजिम गर्नु भन्ने समेत अर्थ मन्त्रालयबाट रकम बन्दोवस्त अड्डालाई लेखेको ०१६।५।२३ को पत्र ।
४. सयकडा ५ ले लाग्ने जरिवानामा दानरत्नको घरमा जायजात गर्न पठाउँदा दानरत्न वेपत्ता । निजको घर भाईलाई छोडपत्र गरिदिएको । निजको जायजेथा र मानिस समेत छैन भन्ने मुचुल्का भई आएकोमा छोडपत्र सदर मान्न नहुने हुँदा छोडपत्र गराई लिनेका नाउँमा श्रेस्ता अपिल बारेको मु.स.१, ४ को २ दफा बमोजिम १५ दिने म्याद दिई कारबाई गर्ने र जमानी बस्ने ले.ज.ध्रुब सम्शेरबाट र कबुलवाला दानरत्नको घरबाट डिपोजित जरिवाना रु ३०११७।।।–।।। असुल गर्नु पर्ने ठहर्छ भन्ने समेत ०१६।६।२० को रकम बन्दोवस्तको पर्चा ।
५. माहिला साहु भन्ने दिव्यमाने ताम्राकारले कबुल गर्नु भनेबाट ठेक्का कबुल गरेको हुँ । रकम चलाउन साव गास छैन । म गरिब हुँ । सरकाको नोक्सान नहोस । धन जमानीलाई ठेक्का पट्टा दिन मिल्ने भए दिई दिनु भन्ने आदेश पाउँ । डिपोजित वापत समेत छुटकारा पाउँ भन्ने समेत दानरत्नको निवेदनमा जे जो गर्नु पर्छ गर्नु गराउनु भन्ने श्री मा.उप प्रधान मन्त्री ज्यूको आदेश ।
६. कानून बमोजिम गरिदिएको र लिएको घर–छोडपत्रको कागज बदर नहोस । सदरै होस भन्ने समेत मोतिरत्नको दरखास्त र रजिष्ट्रेशनको ९ नं ऐनले गरेको व्यहोरा बदर नहोस । सदरै गरि पाउँ भन्ने समेत निजैको कागज ।
७. पाल्ही माल तालुकको रक्सी बनाई बिक्रि गर्ने रकम डांक वढा वढ हुँदा कबुलवाला दानरत्नको डिपोजित वापत म धन जमानी बसेको थिएँ । पट्टा उठाउँन निजलाई कबुल गराउने साहु ताराविर सिं समेतले रकम लिन नलगाई वेपत्ता गराईएको र ठेक्कादारले रकम छोडे तोडेमा जमानीले सकार गर्न पाउँछ भनि ९४ सालको खड्ग निशाना सनद भई रहेको हुनाले रकम सकार गर्ने गरि दरखास्त दिएकोमा मलाई बाँकीवाला भनि दोश्रा डाकवालालाई रकम दिने र पहिला डाकको डिपोजित जरिवाना मलाई लगाउँने निर्णय भएको बुझेकोले सारै मर्का परेको हुँदा अनुरोध गर्दछु । खडग निशाना बमोजिम रकम नपाउँने भएपछि नलाग्ने कुरामा लाग्न गएको डिपोजितको जरिवाना असुल गर्नु पर्दैन । लगत कट्टा गरि दिनु भन्ने आदेश पाउँ भन्ने समेत व्यहोराको श्री माननीय अर्थ आर्थिक कार्य विषय मन्त्री ज्यूमा श्री ले.ज.ध्रुव सम्शेरले दिएको ०१८।५ वेमितिको १, ०१८।६।१२।५ को १ समेत निवेदनपत्र ।
८. श्री ध्रुवसम्शेर ज.व.रा.वादी भई वा नीज प्रतिवादी भई परेको मुद्दा मामिला जहाँ जुन अड्डा अन्तर्गत परेको छ सो सबै मुद्दा सर्वोच्च अदालतबाट झिकाई हेरी किनारा गर्न लाई ऐन सवालले नमिल्ने भए तापनि साविक नरहने गरि निज बारेको सबै मुद्दा हेरी ऐन सबाल बमोजिम किनारा गरि दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेकोछ भनि मौसुफका प्रमुख सचिवबाट लेखि आएको रहेछ ।
९. श्री ले.ज.ध्रुब शम्शेर ज.व.रा.ले चढाई पठाउँनु भएको बिन्तीपत्र यसै साथ खामी पठाउँने काम भएको छ । व्यहोरा त्यसबाट विदित गर्न हुनेनैछ । श्री ५ महाराजाधिराजका हजुरमा उक्त बिन्तीपत्रको व्यहोरा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए निज निवेदक ले.ज.ध्रुब सम्शेर सम्बन्धी घरायसी र सरकारी समेत सबै मुद्दाहरुमा गुज्रेको अपिल दिने म्याद तारेख समेत थामी दोहोराई हेरी ऐन सवाल बमोजिम यथाशिघ्र किनारा लगाई दिनु र कोर्टफी लाग्ने मुद्दामा जो लाग्ने कोर्टफी पनि मुद्दा किनारा लागेका बखत लिनु भन्ने हुकूम बक्सेको छ भनि मौशुफका प्रमुख सचिवबाट लेखि आएको रहेछ ।
१०. रकम बन्दोबस्त अड्डाका साविक हाकिम लक्षपाणिलाई छलफलमा झिकाई आएपछि पेशीको टुंगो गरि वहसमा सरकारी वकिल पठाई दिनु भनि अ.म.भन्सार तथा अन्तशुल्क विभागमा लेखि पठाई पेश गर्नु भन्ने समेत डिभिजन बेन्चको ०१९।१२।२५ को आदेश।
११. ठेक्का कबुल गर्ने दानरत्नलाई छलफलमा झिकाई आएपछि निजको र ले.ज.ध्रुब सम्शेर समेतको बयान गराउन पेश गर्नु भन्ने समेत डिभिजन बेन्चको ०२०।२।३० को आदेश ।
१२. ०१६।४।२५ मा रकमा बन्दोबस्त अड्डामा दिएको दरखास्त १ माननीय अ.आ.का.वि. मन्त्री ज्यूका ०१८।४।२६ मा दिएको निवेदन १ ऐ.मा.ऐ.मितिमा दिएको ऐ.१ ऐ.ऐ.मा ०१८।६।१५ ऐ.१ समेतको दरखास्त निवेदनहरु मैले र छोराले दिएको हो सो बमोजिम गरि पाउँ सो बाहेक अरु कुरा भन्नु केहि छैन भन्ने समेत ले.ज.धु्रब सम्शेरले स.अ.डिभिजन बेन्चमा गरेको बयान ।
१३. रकम कबुल वाला दानरत्ने पट्टा नउ ठाएकोले संकडा ५ ले लाग्ने डिपोजित जरिवाना ठेक्कदार दान रत्न र ध्रुब सम्शेरबाट उपर गर्ने कारवाई भई रहेको र ठेक्दारले पट्टा उठाउँन सो रकम म पाउँ भन्दा सरकारको बाँकी लागेको भनि ठेक्का नदिने निर्णय भएपछि डिपोजित वापत जरिवाना मलाई लाग्ने नसक्ने भन्ने ल.ज.ध्रुब सम्शेरको लेखाई भएकोमा धन जमानी बसेमा ध्रुब सम्शेर सावितै हुनु भएकोबाट डिपोजित वापतको सजाय लाग्ने नै होला भन्नालाई सरकारी बाँकी वालालाई ठेक्का रकम दिंदा सरकारको हानी नोक्सानी होला भन्ने हेतुले बाँकी वालालाई रकम नदिनु भन्ने साविक रकम बन्दोवस्तको २ नं.को ऐनमा व्यवस्था भएको देखिन्छ । ठेक्दारले रकम लिदा हानी नोक्सानी गरेमा जमानीबाट उपर होस भन्ने हेतुले जमानी लिनु पर्ने भएकोमा सरकारी बाँकी वालालाई जमानी लिँदा सरकारको हानी नोक्सानी हुने पुरा सम्भावना भई त्यसको कच्चा जमानी लिनै नहुने भई जमानी लीदा जमानीका जाय जातबाट उठ्ने ठहरेकालाई लिनु भन्ने जमानी गर्नेको १ नं. मा उल्लेख भएको र निज ले.ज.ध्रुब सम्शेर नेपालगन्जको वडा हाकिम छन्दा सरकारी तहविल माुसेको अभियोगमा मुघा परी निजको नेपालको अचल श्री सम्पत्ति सबै ०९ साल देखि रोक्का रहेको वादी सरकार विपक्षी अपिलाट निजै ले.ज.ध्रुब सम्शेर भएको यसै सर्वोच्च अदालत डिभिजन बेन्चबात ०१९।११।८ गते फैसला भएको सरकारी तहबिल बाँकी मुद्दाबाट देखिएको उक्त सरकारी तहबिल बाँकी रोक्का रहेको देखिएको र ठेक्का रहेको देखिएको र ठेक्का दारले रकम छोडे तोडेमा धन जमानीले सकार गरे बढाबढ गराई रहनु पर्दैन रकम जिै धन जमानीलाई दिनु भन्ने विषय १९९४।१२।२ गते खड्ग निशाना सनद भई रहेको ठेकदारले पट्टा नउठाई रकम छाडेकाले उक्त ख.नि.सनद बमोजिम रकम पाउँ भनि ले.ज.ध्रुब सम्शेरको दरखास्त परेकोमा सरकारको बाँकी भई ठेक्का दिन नमिल्ने भन्ने समेत ०१६।५।२२ मा श्री ५ को सरकारबाट निर्णय भईको देखिएकोले त्यस्तो बाँकी लागेको व्यक्ति लाई लिएको जमानी कायम मात्र नभई बदर हुने ठहर्छ अब धन जमानी लिने हाकिमबाट असुल गर्नु पर्ने होकि भन्न पनि डाक बढा बढ भई डिपोजित वापत धन जमानी लिई जाहेर हुँदा ठेक्का पट्टा दिने निकासा भई आएकोले पट्टा उठाउनु होला भन्ने रकम बन्दोबस्त अड्डाबाट ०१९।३।२९ मा दानरत्नाई सूचना बुझाएको सो सूचनाबाट निकाशा भई आए बमोजिम गरेको देखिएकोले उक्त हामि सँग बाट लिन मिल्दैन निज ध्रुब सम्शेरले ठेक्का पाउँ भनि दिएको दरखास्त पेश हुँदा एकाउण्टेड जनरल अफिसका ०१६।५।८ कापत्रबाट सरकारी बाँकी वाला भन्ने देखिन आएको हुँदा माथि लेखिए बमोजिम धन जमाानी नै बदर भएकोले उक्त बदर भएका धन जमानीबाट डिपोजित बापतको भा.रु.३०११७।।।–।।। लिन नमिल्ने हुनाले समेत निज रकम कबुल वाला ठेक्दार दानरत्ने ठेक्का सकार गरिसकेपछि छोडपत्र पास गरेको देखिएकोले उक्त छोडपत्र बदर हुने समेत ठहर्छ सो समेत निजको ऐन बमोजिम जायजेथाबाट तदारुख साथ कानून मुताविक लाग्ने डिपोजित बापतको जरिवाना असुल उपर गर्नु भनि नियम बमोजिम मिसिल रकम बन्दोबस्त अड्डामा पठाई दिनु भन्ने डिभिजन बेन्चबाट भएको ०२०।९।८।२ को फैसला ।
१४. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने मोति रत्नको निबेदन परेकोमा न्यायिक समितिबाट यस्मा जुन घर बाँकीमा जायजात लिलाम बिक्री गरि लिने निर्णय दिएको छ सो निर्णयले सो घर छोडपत्र गराई लिने निबेदक मोतिरत्नलाई असर पर्न जाने देखिंदा यो मुद्दामा मोति रत्न सरोकारवाला व्यक्ति देखिन आएको । सर्बोच्च अदालतले ध्रुब सम्शेर समेतलाई बुझी कागज गराई छलफलमा राखि निर्णय गरेको देखिएको । निजहरु सरह यो निबेदकलाई सर्बोच्च अदालतबाट बुझिएको र छलफलमा राखेको देखिएन । मोति रत्नले लिएको छोडपत्र बदर गरेको देखिएको सो लिखत कुन ऐन नियमको आधारमा बदर गरिएको हो सो कुरा उल्लेख भएको नदेखिएको समेतबाट सर्बोच्च अदालतको निर्णय मिलेको नदेखिंदा दोहर्याउने आदेश बक्सनु पर्ने भनि समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकूम बक्सेकोछ भन्ने न्यायिक समितिबाट ०२१।१२।१५।४ मा लेखि आएको उक्त प्रमांगीको व्यहोरा पेश हुँदा बक्स भई आएको हु.प्र.बमोजिम गर्न निमित्त लगतमा दर्ता गरि दुबै पक्षलाई राखि फुल बेन्चमा पेश गर्नु र यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णय को २ दुई प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराज का प्रमुख सचिवालय राजदरवारमा पठाई दिनु भन्ने माननीय श्री प्रधान न्यायाधीश ज्यूबाट ०२१।१२।२९।१ मा आदेश भएको ।
१५. बहसको लागी सरकारी वकिल समेत उपस्थित गराउनु होला भनि सम्बन्धीत रकम बन्दोबस्त अड्डालाई लेखि पठाई पेश गर्नु भन्ने फुल बेन्चबाट भएको ०२२।१०।८।६ को आदेश ।
१६. ठेक्दार दानरत्न र रकम बन्दोबस्त अड्डाको साविक हाकिम भु.पु.सेक्शन अफिसर लक्षपाणी गौतम समेतलाई राखि छलफल गर्नु पर्ने भएकोले निजहरुलाई ऐन बमोजिम १५ दिनको म्याद दिई झिकाई पेश गर्नु भन्ने फुल बेन्चको ०२३।१।२८।३ को आदेश ।
१७. ०१६।५।२२ को श्री ५ को सरकारको निर्णयको ५ दफामा रजिष्ट्रेशन समेत नबुझी सरकारी बाँकीबालालाई किन धन जमानी लिएको रहेछ रकम बन्दोबस्त सँग स्पष्टीकरण लिने भन्ने उल्लेख भएको । त्यस विषय कारवाई भएको कागजात एटर्नि जनरल अफिस मार्फत प्राप्त फायलमा नदेखिनाले पक्षहरुलाई अर्को पेशीको तारेख तोकि दिनु र सो फायल समेत लिई वहसमा उपस्थित हुनु भनि पेशीको सूचना समेत लिई एटर्नि जनरल अफिसमा सूचना पठाई पेश गर्नु भन्ने फुल बेन्चको ०२३।७।१९।६ को आदेश ।
१८. यस्मा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२३।९।१५।६ मा पेश भई निवेदक मोतिरत्न तर्फबाट विद्वान एडभोकेट श्री कुसुम श्रेष्ठले र ले.ज.ध्रुब सम्सेरको तर्फबाट विद्वान प्लिडर श्री नन्दी केशर सिवाकोटीले बादी श्री ५ को सरकार तर्फबाट विद्वान गभर्नमेन्ट एडभोकेट श्री जगन्नाथ उपध्यायले आफ्नो हकमा रकम बन्दोबस्त अड्डाका साबिक हाकिम भु.पु.से.अ. लक्षपाणीले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निम्न लिखित प्रश्नहरुको निर्णय दिनु पर्ने हुन आएको छ ।
(१) ठेकेदार दानरत्नले मोतिरत्नलाई गरिदिएको छोडपत्र लिखत कानूनले सदर हुन्छ हुँदैन ।
(२) सरकारी बाँकी लागेको मानिस ले.ज.ध्रुब सम्शेरलाई जमानी लिएको सदर बदर के हुने हो ।
(३) ठेकेदार दानरत्नले ठेक्का पट्टा नउठाएकाले लिनु पर्ने ठहरेको डिपोजित वापतको रुपैंया कसबाट उपर गर्नु पर्ने हो ।
१९. सर्बप्रथम पहिलो प्रश्न तर्फ हेरेमा पाल्ही जिल्लाको महुवा भट्टी रकमको ठेक्का कबुल गर्ने ठेकेदार दानरत्नले आफ्नो हकको घर मोति रत्नलाई हक छोडी दिएको छोडपत्र लिखत । सो ठेक्का पट्टा उठाउँन जानु भन्ने सूचना निज दानरत्ने बुझी लिएको भन्ने मिति ०१६।३।२९ भन्दा पछि ०१६।३।३१।४ मा मात्र रजिष्ट्रेशनपास गरिदिए लिएको देखिन्छ । तापनि निज दानरत्न र धन जमानी हुने ले.ज.ध्रुब सम्शेर समेतको जायजेथा रोक्का राख्नु भनि रकम बन्दोबस्तले ०१६।५।२३।३ मा मात्र का.पो. रजिष्ट्रेशनलाई लेखेको पत्र मिसिल सामेल रहेको भई निज ठेकेदार दानरत्नले छोडपत्र लिखत रजिष्ट्रेशन पास गरिदिएका मिति ०१६।३।३१।४ भन्दा अगावै निज सँग डिपोजित वापतको रुपैंया असुल गर्नु पर्ने अवस्था परी सकी निजको जायजेथा रोक्का राखिएको देखिन नआएको र यस किसिमको ठेक्का रकम कबुल गरेपछि सो ठेक्का रकम कबुल गर्नेको जायजेथा कसैलाई बिक्री बन्धक समेत कुनै व्यहोराको लिखत गरि दिन नपाउँने गरि स्वतः रोक्का हुने कुनै कानूनी व्यवस्था समेत नदेखिनाले ठेक्का पट्टा उठाउँन जानु भन्ने सूचना पाएको ०१६।३।२९ बाट ठेक्का पट्टा उठाउँन जानु पर्ने म्याद समेत बाँकी छंदै पास गराएको उक्त छोडपत्र लिखत बदर हुन्छ भन्न कानूनी आधार बेगर नमिल्ने र उसमा पनि उक्त छोडपत्र लिखत ०१६।३।३१।४ मा मात्र रजिष्ट्रेशन पास भएको भएपनि घरायसको मिति ०१५।१०।४।७ देखिएको सरकारको रकम नोक्सान पार्न अगाडीको मिति हालि पछि खडा गरेको जालसाजी मुद्दा बदर गरि पाउँ भन्ने कानून बमोजिम कसैको उजुर दावी नभएको र तत्काल प्रचलित रजिष्ट्रेशनको ७ नं. ले ऐनले रजिष्ट्रेशन पास गर्नु पर्ने कागज पहिले घरायसमा खडा गरि ६ महिना भित्र रजिष्ट्रेशन पास गराउन पनि हुने सुविधा प्रदान गरि राखेकै समेत हुनाले डिपोजित वापतको बाँकी लाग्नु र रोक्का रहनु भन्दा अगावै लिखत भएको समेत हुँदा उक्र छोडपत्र लिखत कानूनले सदर नहुने भन्न मिलेन ।
२०. अव दोश्रो प्रश्नको हकमा ठेकेदार दानरत्नको उक्त ठेक्काको डिपोजिट बापत धन जमानी हुने ले.ज.ध्रुव सम्शेरलाई नेपालगन्जको बडाहाकिम छँदा सरकारी तहविल मासेको बाँकीमा कारवाई भई राखेको भन्ने देखिएकोले निजलाई जमानी लिन हुने नहने के रहेछ भन्ने तर्फ विचार गरेमा तत्काल प्रचलित रकम बन्दोवस्तको २ नं.को देहायमा पुरानो कामको बाँकी नतिर्नेलाई नदिनु भन्ने लेखिएकोले बाँकी लागेको मानिसलाई जमानी पनि लिनु नहुने भन्ने ले.ज.ध्रुव सम्शेर तर्फका विद्वान वकिलले वहसमा जिकीर लिनु भएको भए पनि इजारा अमानतको काम वा जिम्मावारी दिंदा देहाय बमोजिम गर्नु भन्ने सिर व्यहोरामा प्रष्टै उल्लेख भएको उक्त रकम बन्दोवस्तको २ नं.जमानीका हकमा लाग्न सक्ने देखिएन । प्रचलित जमानी गर्नेको १ नं. मा जमानी दिंदा जमानीको जायजातबाट उठने ठहरेकालाई लिनु भन्ने र १५ नं. मा जमानी लिंदा जमानी हुने मानिस माथवर वेमाथवर र ऐनले जमानी लिन हुने हो होइन बुझी ऐनले जमानी लिन हुने माथवर मानिस रहेछ भने जमानी लिई दिनु पर्छ भन्ने सम्म उल्लेख भएको पाईन्छ । सरकारी बाँकी लागेको मानिसलाई जमानी लीन हुँदैन भन्ने ऐनमा उल्लेख भएको कतै पाईएन । जमानी वस्न आउने मानिसलाई सरकारी बाँकी लागेको भए पनि बाँकी लागेको भन्दा बढी हैसियतको समेत हुन सक्ने र वेमाथवरलाई जमानी लिएको समेतबाट सरकारको बाँकी उपर हुन सकेन भने जमानी असामी बाँकीवालाबाट उपर नभएको जति जमानी लिने हाकिमले बुझाउनु पर्ने उक्त जमानी गर्नेको २ (ख) नं. ले व्यवस्था गरि राखेको समेत हुनाले सरकारी बाँकी लागेको भए पनि जमानी लिने हाकिमले सरकारको रकम उपर हुन सक्ने माथबर ठहराई जमानी हुने निज ध्रुव सम्शेरको मन्जुरी समेतबाट ऐनको रित पुर्याई जमानी लिएकोमा सरकारी बाँकीवाला भन्ने कारणबाट सो जमानी वदर हुन्छ भन्न कानूनी आधारमा मिल्ने देखिन आएन ।
२१. तेश्रो प्रश्न तर्फ हेरेमा धन जमानी भएको रहेछ तिर्न सकेन भने धन जमानीको धनमाल रोक्का दिई पहिले असामीको जायजात गरि नपुगेकोमा धनजमानीको जायजात बाट भर्ना गराउनु भन्ने तत्काल प्रचलित जमानी गर्नेको ७ नं. मा र जमानी आसामी बाँकी बालाबाट उपर नभएको जति जमानी लिने हाकिमले बुझाउनु पर्छ भन्ने उक्त जमानी गर्नेको २ (ख) नं. मा प्रष्ट व्यवस्था भई राखेकै देखिन्छ ।
२२. तसर्थ उपरोक्त कारणहरुबाट दानरत्नले मोति रत्नलाई ०१६।३।३१।४ मा पास गरि दिएको छोडपत्र लिखत र रकम बन्दोवस्त अड्डाले ले.ज.ध्रुव सम्शेरलाई जमानी लिएको समेत सदरै हुने र प्रस्तुत केशमा लिनु पर्ने ठहरेको डिपोजित बापतको भा.रु.३०११७।।।/।।। उपरोक्त ऐन बमोजिम ठेक्दार दानरत्नले मोति रत्नलाई छोडपत्र गरिदिएको घर वाहेक निजको अरु जायजातबाट उपर हुन नसकेकोमा धन जमानी हुने ले.ज.ध्रुव सम्शेरबाट र निजबाट समेत उपर हुन नसके जमानी लिने हाकिम भु.पु.से.अ.लक्षपाणीबाट उपर गर्नुपर्ने समेत ठहर्छ । दानरत्नले मोति रत्नलाई गरिदिएको छोडपत्र र ले.ज.ध्रुव सम्शेरलाई धन जमानी लिएको समेत बदर हुने । डिपोजित वापतको भा.रु. ३०११७।।।/।।। दानरत्नको छोडपत्र गरि दिएको घर समेतको जायजेथाबाट उपर गर्ने ठहराएको ०२०।९।८।२ को डिभिजन बेन्चको इन्साफ मिलेको देखिएन । यो फैसलाको १ प्रति रकम बन्दोवस्त अड्डामा पठाउँन एटर्निं जनरल अफिसमा पठाई नियम बमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०२३ साल पौष २२ गते रोज ६ शुभम् ।