निर्णय नं. ३५०४ – उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय नं. ३५०४ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट...
निर्णय नं. ३५०४ ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको रिट नं. १७७१
आदेश भएको मिति : २०४५।३।२१।३ मा
निवेदक : महाकाली अं.अ.को सह लेखापाल पदमा कार्यरत धर्मानन्द लेखक
विरुद्ध
प्रत्यर्थी : जि.पं.सचिवालय पशुचिकित्शालय कंचनपुरमा कार्यरत सह लेखापाल नन्दाराज भट्टसमेत
विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) कुनै कर्मचारी श्रावण १ गतेपछि आषाढ मसान्तभित्र नियुक्ति भएमा निजको कार्य सम्पादन मूल्यांकन फाराम भर्दा यदि निज श्रावण १ गतेपछि नियुक्ति भई पूरा अवधि काम नगरेकोबाट निजलाई पाउने भन्दा कम नम्बर दिनुपर्ने भएमा सो भर्ने अधिकारीले सो कुरामा विचार राखी अंक प्रदान गर्नसम्म मिल्ने कुरा हो तर एकपटक कानुन बमोजिम कार्य संपादन मूल्यांकन फाराम भरी अंक दिई सकेपछि बढुवा समितिले सो कर्मचारीले काम गरेको अवधि हिसाब गरी काम नगरेको अवधिको दामासाहीले अंक कटाउने कानुनी व्यवस्था निजामती सेवा नियमावलीको कुनै नियममा नदेखिने ।
(प्रकरण नं. १३)
निवेदकतर्फबाट :