निर्णय नं. ३४९९ – हक सफा
निर्णय नं. ३४९९ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं....
निर्णय नं. ३४९९ ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ७२४
फैसला भएको मिति : २०४४।१२।२८।१ मा
पुनरावेदक/प्रतिवादी : तनहुँ माझकोटा गा.पं.वार्ड नं. ७ बस्ने लुरीमाया श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : ऐ.मिमाता गा.पं.वार्ड नं. २ बस्ने सूर्यरत्न श्रेष्ठ
मुद्दा : हक सफा
(१) साँधको एउटै कित्ताको जग्गा दुईजनालाई वादी संधियारमा नपर्ने गरी २ कित्ता कायम गरी बिक्री गरेकोमा दुवै कित्तामा सन्धिसर्पन र संधियारको नाताबाट एकै मितिमा निखनाई पाउँ भनी दर्खास्त दिन पाउने भन्न मुलुकी ऐन लेनदेन व्यवहारको १२ नं. को कानुनी व्यवस्थाले नमिल्ने भई साँधको एकै कित्ता दुइजनालाई २ कित्ता गरी बिक्री गरेकोमा एकैपटक निखनाई पाउन दिएको दर्खास्तबाट वादीले निखन्न पाउनुपर्ने हो भन्ने जिकिर मनासिब नदेखिने ।