December 6, 1966
Created by nepalarchives

निर्णय नं. ३४२ – कारकापसँग कागज गरे भन्ने समेत

निर्णय नं. ३४२            ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी...

निर्णय नं. ३४२            ने.का.प. २०२३

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री लोकराज जोशी

न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

सम्वत् २०२३ सालको फुल नम्वर १७

निवेदक      : पारसबहादुर राउत क्षेत्री

विरुद्ध

विपक्षी : षोडसीनाथको मु.स.वाला कृष्ण उपाध्याय

मुद्दा : कारकापसँग कागज गरे भन्ने समेत

(१)   महत्त्वपूर्ण प्रमाणको आधारमा रिभ्युको निस्सासम्म दिएको देखिए रुलिङ्ग बाझीएको भन्न नमिल्ने ।

            डिभिजन बेञ्चले कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी अन्तिम निर्णय दिएको नभई मुद्दा रिभ्यु गर्ने सम्बन्धमा नयाँ र महत्त्वपूर्ण प्रमाण देखिएको भन्ने आधारमा रिभ्युको निस्सासम्म दिएको हुनाले ०२३।६।४।३ को डिभिजन बेञ्चको आदेशमा उल्लेख भए अनुसार रुलिङ्ग बाझिएको भन्न नमिल्ने ।

(प्रकरण नं. ४)

 

आदेश

      १.     सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२०।१।१२ मा भएका फैसला उपर दोहर्‍याई पाउँ भनी पारसबहादुरले चढाएको निवेदनमा श्री ५ महाराजधिराजका विशेष जाहेरी विभागबाट ०२०।७।२७।४ मा लेखी आएको हु.प्र.बमोजिम रिभ्यु हुने नहुनेतर्फ सर्वोच्च अदालत नियमावलीको दफा ८७ (१) मा अपील किनारा हुँदासम्ममा भरमग्दुर कोशिश गर्दा पनि थाहा पत्ता लाग्न नसकी पेश हुन नसकेको कुनै नयाँ तथा महत्त्वपूर्ण प्रमाणको आधारमा अपील किनारा हुँदा हार्ने पक्षले रिभ्युको निवेदन दिन सक्नेछ भन्ने उल्लेख भएको नयाँ र महत्त्वपूर्ण प्रमाण भनी १९९६ साल जेष्ठ २६ गते रोज ५ को घरसारको बण्डापत्र कागज निवेदकले पेश गरेको । सो नयाँ र महत्त्वपूर्ण कागज अघि मुद्दा किनारा हुँदाको अवस्थासम्ममा पेश गरेको मिसिलबाट नदेखिएकोले उक्त नियमबमोजिम रिभ्युको निस्सा गरी दिएको छ । निवेदक पारसबहादुर रोहवरमा हुँदा निजलाई तारेखमा राखी लगतमा दर्ता गरी नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्न फाँटमा बुझाई दिनु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२२।११।१२।४ मा भएको आदेश ।

      २.    निवेदक प्रतिवादी पारसबहादुरले पेश गरेको ९६।२।२६।२ को भनेको घरसारको बण्डापत्र रजिष्ट्रशनका १ नं.र अंशबण्डाको ३० नं.बमोजिम पास हुन पर्नेमा नभएको त्यस्तो प्रमाण लिन नमिल्ने कागजको आधार लिई २२।११।१२।४ मा स.अ.डिभिजन बेञ्चबाट रिम्युको निस्सा दिएको देखिएकाले कानूनमा मिलेको भन्न नहुने हुँदा सो पास नभएको बण्डापत्रलाई मान्यता दिई रिभ्युको निस्सा दिएको उक्त डिभिजन बेञ्चको रुलिङसँग सहमत नहुँदा स.अ. नियमावली, २०२१ को दफा ३३ को (ख) बमोजिम फुल बेञ्चमा पेश गर्नुपर्ने हुँदा नियमबमोजिम गरी फुल बेञ्चमा पेश गर्नु भन्ने ०२३।६।४ को डिभिजन बेञ्चको आदेश ।

      ३.    तारेखमा रहेका पारसबहादुरलाई रोहवरमा राखी पेश हुन आई आजको निर्णय सुनाउने तारेख तोकिएको यसमा कुनै एक डिभिजन बेञ्चबाट भएको अन्तिम निर्णयबाट एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ नमिली बाझिएको मान्नु पर्ने हुन्छ भन्ने सिद्धान्त कायम भई वादी अपीलबाट जंगध्वज कार्कि प्रतिवादी वखतबहादुर कार्कि समेतको दे.फु.नं.२९० को चोरी बिजन दर्ता बदर मुद्दामा ०२।६।१।६ को फुल बेञ्चबाट निर्णय भईराखेको देखिन्छ ।

      ४.    प्रस्तुत मुद्दामा ०२२।११।१२।४ को डिभिजन बेञ्चले कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी अन्तिम निर्णय दिएको नभई मुद्दा रिभ्यु गर्ने सम्बन्धमा नयाँ र महत्त्वपूर्ण प्रमाण देखिएको भन्ने आधारमा रिभ्युको निस्सासम्म दिएको हुनाले ०२३।६।४।३ को डिभिजन बेञ्चको आदेशमा उल्लेख भए अनुसार रुलिङ बाझिएको भन्न नमिल्ने हुँदा यस बेञ्चबाट निर्णय दिई रहनु परेन । फुल बेञ्चको लगत काटी नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्न फाँटमा बुझाई दिनु ।

     

इति सम्वत् २०२३ साल मार्ग २१ गते रोज ३ शुभम् ।