निर्णय नं. ३४० – भ्रष्टाचार
निर्णय नं. ३४० ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री लोकराज जोशी २०१४ सालको पहिलो...
निर्णय नं. ३४० ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री लोकराज जोशी
२०१४ सालको पहिलो डिभिजन फौ.फु.नं.१
निवेदक : शंकरलाल माडवारी
विरुद्ध
विपक्षी : सु.जनकलाल श्रेष्ठ समेत
मुद्दा : भ्रष्टाचार
(१) निवेदकको भनाइ अन्य तरिकाबाट समर्थित नभएमा एकपटकको महसुल नलिई दोश्रो पटकको माल नछाड्नु भन्ने सनद रहेमा कानूनबमोजिम भन्सार बुझाएको निस्सा प्रमाण देखाउन नसकेमा माल छोडाएर ल्यायो भन्ने आधारबाट नै महसुल तिरी छुट्टाएर ल्याएको भन्न नमिल्ने ।
महसूल बुझाएको रसिदका हकमा वि.फारामको नक्कल साथ भन्सार डयूटि फाँटमा दाखेल गरेको माल पास गराई छुटाई ल्याईसकेपछि सो रसिदको दरकार नपर्ने हुँदा सो वि.फारामको नक्कल साथै छाडी राख्ने चलन गरेको, हाल खोज्न जाँदा सो वि.फारामको नक्कल समेत सडाई सकेकोले रसिद मसँग छैन भनी निवेदकले बयान गरेकोमा अर्थ मन्त्रालय भन्सार तथा अन्तशुल्क विभागलाई बुझ्दा १९६० नोभेम्बरमा भारतसित भएको सम्झौता अघि समुन्द्रपारबाट पैठारी हुने मालको महसुल कलकत्ता कष्टममा नै लिई वि.फाराम बनाई पठाउने हुँदा महसुल बुझाएको रसिद दाखिल गर्ने प्रश्नै उठदैन भन्ने समेत जवाफ दिएकोले वि.फारामको नक्कल साथ छाडी राखेको भई सडाई सकेकोसमेत हुँदा मिसिल नभएको भन्ने निबदेकको भनाइ समर्थित हुन नआएको । उसमा पनि एकपटकको महसुल नलिई दोश्रो पटकको माल नछाड्नु भन्ने किटानी सबाल भएको भन्ने निवेदकको श्री ५ महाराजधिराज सरकारका हजुरमा चढाएको निवेदनमा उल्लेख गरेको । त्यसबाट दोश्रो पटकको माल दिनु अघि पहिलेको महसुल बाँकी रहन सक्ने सम्भावना देखिन आउने र महशुल बुझाउन आफू स्वयं गएको नभई आफ्नो मानिस पठाएको निजले उपरोक्त किसिमबाट पनि माल छुटाई ल्याउन सक्ने हुँदा कानूनको रीतबमोजिम रूपैया बुझाई छुटाई ल्याएको हो होइन ? महसुल बुझाउनको निमित्त आफूले दिएको रकमको हिसाब मिल्यो मिलेन ? भन्ने जानकारीको अलावा कुनै किसिमको पछि पक्राउ भएछ भन्ने देखाउनाका निमित्त पनि रसिदहरू निवेदकले लिई सुरक्षित तवरले राख्नु र एकैपटकको मात्र नभई कैयौं पटक बुझाईएको महसुलको रसिद मध्ये कुनै निवेदकबाट पेश हुन आउन सक्नुपर्ने रसिद बिलकुलै पेश हुन नसकेकोले समेत माल छोडाएर ल्यायो भन्ने आधारमा मात्र अनिरुद्रले महसुल अड्डामा लगी कानूनबमोजिम बुझाएको रसिद प्राप्त गरेको समेत थियो भन्न मिलेन ।
(प्रकरण नं. ३४)
(२) प्रष्ट सबुदको अभावमा अड्डामा दाखिलै नभएको रूपैया हाकिम लगायत अन्य कर्मचारीले भ्रष्टाचार गरी खाए भन्न नमिल्ने । इन्कारी गर्न नआउने कर्मचारी र माल धनीका माल छोडाउन आउनेसम्म दुवैको सहयोगबाट भ्रष्टाचार गरेकोसम्म देखिने छ ।
प्रष्ट सबुदको अभावमा अड्डामा दाखेल भएको देखिन नआएको रूपैया हाकिम लगायतका अन्य कर्मचारीले भ्रष्टाचार गरी लिए खाएका हुन भन्न मिलेन । हाकिम तहरिरले दृष्टि पुर्याउन सकेको भए मौकैमा पक्राउ भई असुल उपर हुन सक्ने थियो । सो हुन नसकेबाट यस किसिमको भ«ष्टाचार सम्भव हुन गएको देखिन आउँछ । लगत फाँटको ना.मु.गणेशबहादुर र अनिरुद्रको हकमा उपरोक्त उल्लेख गरिएबमोजिम लगत नकसी महसुल असुल नगरी माल छुटाइ लगे पठाएको देखिएकोमा गणेशबहादुर इन्कार गर्न आउनै नसकेको । सो काम गर्नमा निजहरू दुबैको सहयोग बेगर काम हुनसम्म सम्भव नभएको समेतबाट निजहरूले भ«ष्टाचार गरी गराई महसुल नबुझाइ माल छुटाइ लगे पठाएको प्रष्ट देखिएको छ ।
(प्रकरण नं. ३५)
(३) अनुचित तवरले माल छुट्टाइ लगेकोमा पनि भन्सार महसुल बुझाउने कर्तव्य माल धनीकै हुने ।
कुनै किसिम अनुचित तरिका अपनाइ माल छुटाइ लगे छ भने पछि माल छुटाइ लगेकाको भए महसुल बुझाउने कर्तव्य भएको व्यक्तिको सम्पूर्ण दायित्व समाप्त हुन्छ भन्ने ऐन कानून नदेखिएकोले माल छुटाइ ल्याई सकेकोबाटै मैले महसुल बुझाएको कायम हुनु पर्ने भन्ने निवेदकको जिकीर पुग्न नसक्ने । माथि उल्लेख भएबमोजिम रसिद प्रमाण समेत नभएको र अड्डामा रहने स्याहा श्रेस्तामा समेत लगत कसेको र बुझाउनेको सहि समेत भएको नदेखिनाले समेत अड्डामा रीतपूर्वक दाखिल हुन नआएको रूपैया अनिरुद्रको हात दिई पठाएको थिए भन्ने भनाइकै आधारमा अन्य व्यक्तिबाट उपर गर्ने भन्न नमिली बुझाउने दायित्व भएको निवेदक शंकरलालबाटै उपर गर्नुपर्ने ।
(प्रकरण नं. ३६)
निवेदन तर्फबाट : प्लीडर ठाकुरप्रसाद खरेल
सु.जनकलाल तर्फबाट : प्लीडर इच्छाहर्ष गुभाजु
श्री ५ को सरकार तर्फबाट : ग.ए.जगन्नाथ उपाध्याय
फैसला
१. ०७।८ सालका रोपट्ली महसुल बुझाएको श्रेस्ता नगदी चोरी खाएको बारेमा रोपट्ली नगदी फाँटका सु.जनकलाल समेत उपर मैले जाहेर गरेको थाहा पाई आफू बच्नालाई मेरो नाउँमा बाँकी भनी पुर्जि पठाएकोले मैले महसुल तिरी सकेको हुँदा मलाई पक्राउ नगर्ने प्रबन्ध गरी पाउँ भन्ने समेत वादीको निवेदन र सो महसुल मेरो कारिन्दा अनिरुद्रले लगी बुझाई माल छुट्टाई ल्याएको हो । पेट्रोलको हकमा मातातिर्थबाट ल्याई भन्सारमा बुझाउने भाडा रोप नगदी फाँटमा बुझाई सो रसिद समेतबाट चिंमुली भन्सार जँचाई बि.फाराम साथ ईण्डिएन एम्बेसीलाई माल जँचाई डिलेभरी हुने भएपछि र बिना महसुल नबुझाई माल छुट्न नसक्ने भए पछि मसँग कसरी बाँकी रहयो ? त्यसरी छुट हुनै सक्तैन । बाँकी भए मौकामा किन पक्रेन ? सानु–सानु कलमकोसम्म असुली जनाई ठूलो–ठूलो कलम हाकिम कारिन्दा मिली श्रेस्ता नगरी खाएका हुन । रसिदका हकमा वि.फारामको नक्कलसाथ भन्सार ड्युटी फाँटमा दाखिल गरेको माल छुटाई ल्याई सकेपछि दरकार नपर्ने हुँदा खोजी नगरेको हाल खोज्दा सडाईसकेको हुँदा कुमारीचोकले पनि तुरुन्तै पक्राउ गर्नुपर्ने नगरेकोले कुमारीचोक र रिप नगदी फाँटका हाकिम मिली खाएको देखिन्छ । कपडा गाँठको हकमा बैंक मार्फत माल गोदाममा लग्न बुझी लिंदा रोपट्ली महसुल बुझाएको । रसिदमा निस्सा लगाई स्टोर किताबमा बैंकको कारिन्दाको सहिछाप परी माल बैंकले छुटाई लग्ने भएपछि हामीले रूपैया बुझाएको छैन भन्ने सवालै उठ्न सक्तैन । ७ दिनसम्म नबुझाएमा डिमारेज लाग्ने ३५ दिनसम्म बुझाएन भने मालै लिलाम गर्ने सवाल भएपछि महसुल नलिई माल नछाड्ने हुँदा मसँग बाँकी नभएकोले गफलतवालाहरू बाट उपर गरी पाउँ भन्ने समेत वादीको बयान ।
२. ०७।८ साल वर्ष २ को महसुल छुट भएको भनी कु.ने.दो.बाट लेखी आएकाले बाँकी मोहरु १४६२२।५० मा वादीलाई पुर्जी लेखी पठाएको हो । कारिन्दाले लगत कस्न छुटाएकोले कुमारीचोकबाट पक्राउ आएपछि मात्र मैले थाहा पाएको हुँ । ढोरसिंका चलानीबमोजिम दिएको लगत बमोजिम रोप नगदी फाँटको ६ नं.को लगत रोज रोजै कसी महीना दिनको एउटै लगत खडागरी राखी माल डिलेभरी लिन आएका बखत डिलेभरी गरी दिने समेत गरी आएको र लगत कस्न नसकेको फाँटको कारिन्दाले नै हेरि जाँची पठाउने गरेबाट मैले जाँच्ने गरेको थिएन । सो लगत २ प्रती खडागरी १ प्रति कुमारीचोकमा पठाउने र १ प्रति अड्डामा राखी डिलेभरी गएकोमा दुवै लगतमा मिति असुली जनाई रसिद लेखी स्याहा गराउन निमित्त लगत फाँटले लेखेको रसिद डेलेभरीवालालाई दिई निजले स्याहा फाँटमा लगी सो रसिदबाट हस्तेबारी सहिछाप गरी स्याहा गराई टिप्पन लेखाई तहविल्दार कँहा लगी रूपैयाँं बुझाई रसिदमा हाकिम, तहरिरको छाप लगाई लग्ने गरेको छ । लगत फाँटमा ना.मु.गणेशबहादुर, नौ. रामबहादुर, नौ.रामकृष्ण समेतले लगतको काम गरी ख.सानुबावुले लगत स्याहा मास्केवारी जाँची दाखिल गर्ने र स्याहा फाँटमा व.माधव दास, ना.रा.निरंन्जन तहविल फाँटमा तहविल्दार विष्णुलालले काम गरी आएका थिए । लगत फाँट को काम गर्ने ना.मु.गणेशबहादुर साहुको महसुल बुझाउन आउने अनिरुद्र समेत मिली जानाजान छुटाए जस्तो लाग्छ । म समेत मिली खाएको भन्ने कुरा झुट्टा हो । वादीले अड्डामा महसुल बुझाएको छैन । ना.मु गणेशबहादुरले जागिर छाडी सकेको र निजले पठाएको चिठ्ठीको व्येहोराबाट मलाई निज उपर शंका लाग्छ भन्ने समेत रोप नगदी फाँटमा सु.जनकलालको बयान ।
३. लगत फाँटको काम ना.मु.गणेशबहादुरले मैले लगत बाँकी विषयको पुर्जि रिपोर्ट इत्यादि काम गरी आएको थिएँ । डिलेभरीतर्फको काम गरेको थिएन । मलाई केहि थाहा छैन भन्ने समेत ख.श्यामलालको बयान ।
४. मैले स्याहा फाँटको काम गरी आएको । साहुले रसिद स्याहा फाँटमा ल्याए पछि मात्र स्याहा लेखीने समेत हुँदा मैले खाएको छैन भन्ने समेत ना.रा.निरन्जनको बयान ।
५. ०७ सालमा मैले कुनै फाँट लिई काम गरेको छैन । कहिले लगत कहिले स्याहा कहिले आवाज्र्य इत्यादि हाकिम तहरिरले लगाएको काम गरी आएको थिए । मैले चोरी खाएको छैन भन्ने नौ.रामबहादुरको बयान ।
६. ७।८ सालमा म तहविल्दार भई काम गरेको हुँ । लगत फाँटमा गई रसिद लेखाई सो रसिद स्याहा फाँटमा लगी स्याहामा लेखाई सही गरे पछि स्याहा फाँटले टिप्पणी लेखी दिने र टिप्पणी र रसिदको अंक भिडाई मैले रूपैया बुझी रसिदमा छाप लगाई दिने गरेको हुँदा मेरो कसुर छैन भन्ने क्यासीयर विष्णुलालको बयान ।
७. मेरो जिम्मेवारी केहि थिएन । लाए अराएको काम गरी आएको थिएँ । मेरो कसुर छैन भन्ने नौ.रामकृष्णको बयान ।
८. आवाज्र्य गर्ने काम मेरो थियो । अरु जिम्मावारी मेरो थिएन । मैले महसुल चोरी खाएको छैन भन्ने ब.माधवदासको बयान ।
९. साहु शंकरलाल कहाँ नोकरी गरी भन्सारतर्फको काम गरेको छु । माल भन्सारमा आएपछि घोरसिंको चलानी मुताविक लगत कसिएबमोजिम रूपैयाँ लगी लगत फाँटबाट डेलेभरी रसिद लेखी स्याहा फाटमा दिई स्याहा फाँटले स्याहार तहविल टिप्पणी लेखी तहविल्दारलाई दिन्थे र तहविल्दारले रूपैयाँ बुझी आफ्नो छापलगाई हाकिमलाई दिई हाकिमले आफ्नो अड्डाका छाप लगाई डेलेभरी रसिद दिए पछि उक्त रसिद लिई भन्सार चि.मु.फाँटमा आई चि.मु.लि.गोदामबाट माल चलानी अड्डामा लगि भरपाई गराई रसिदको पिठ्मा लगत नम्वर लेखी दिन्थे र गोदामको किताबमा खर्च लेखाई नम्वर चढाई सहिछाप गराई गोदामबाट माल छुटाई ल्याउँथ्ये । बैंक मार्फत आएकोमा पनि सोबमोजिम बैंकको मानिसलाई बुझाई दिएपछि माल बैंकमा जान्थ्यो । पेट्रोलको हकमा पनि लैनबाट साहेब आई कित्ता फारामको नक्कल गरी सक्कल वि.फाराममा मार्का हेरी पास गरी दिन्थ्ये र भन्सारमा गै.बि.फारामको नक्कल दिएपछि साक्षी र जाँचकी खटी जाँच गरीसकेपछि भन्सार गोश्वाराले महशुल धरौटी लिई पेट्रालको गेटपास दिन्थ्यो । गेटपास देखाई पेट्रोल लगी साहु कहाँ बुझाउँथ्ये । जो जति महशुल बुझाउनु पर्ने हो बुझाईसकेको छ । महसुल बाँकी राखी माल नछोड्ने हुँदा मैले चोरीखाएको छैन भन्ने समेत अनिरुद्रको बयान ।
१०. महसुल नबुझाई माल डिलेभरी हुन सक्तैन अघिको महसुल नबुझाई पछिको माल छाड्न हुँदैन उक्त अड्डामा ०५ साल देखि म तहरिर भएको हुँ मैले चोरी खाएको छैन । लगत फाँटको कारिन्दा र साहुको मानिस मिली खाएको होलान् भन्ने समेत त्रि.मा.च.नगदी फाँटको त.ख.रामलालको बयान ।
११. ०७ साल अघि म समेत कर्मचारी अड्डा जाँच श्रेस्ता फाँटबाट डिमरेज जाँच गर्ने काममा खटिएको म खटीएका बखत टलिरोपतर्फहरूले र भन्सार गोश्वारातर्फको मैले जाँच गरेको हुँ । पछिको कुरा मलाई थाहा छैन । मैले कसुर गरेको छैन भन्ने समेत मु. लेखनीधीको बयान ।
१२. भन्सारतर्फ डिमारेज जाँच्ने काममा म समेत खटी गएको मैले काम गर्दा ऐन सवालबमोजिम गरेको छु । मेरो कसुर छैन भन्ने नौ.घामराज र सोहि मिलान समेत रा.ठाकुरलाल समेतको बयान ।
१३. रोप नगदी फाँटको बक्यौता ढपोट जाँच्ने काम ०९ साल देखि मात्र मलाई ठेकी दिएकाले ०७।८ सालको भिडीने कागज मिसिलहरू झिकाउने कारवाही भई टायममा दाखिल नभएको समेतबाट सो श्रेस्ता जाँच्ने काममा ढिला हुन गएको हो । महसुल चोरी गर्ने काममा सहमत दिएको छैन भन्ने कु.ने.दो.का.मु.रुद्रलालको बयान ।
१४. लगत फाँटको काम गर्ने ना.मु.गणेशबहादुर र साहुको कारिन्दा अनिरुद्र भई मिलेमतो गरी उक्त सरकारी महसुल २ जनाले भ्रष्टाचार गरी खाएको देखिनाले निजहरू उपर भ्र.नि.ऐन ९ दफाको अभियोगमा मुद्दा चलाउन हाकिमले जानी जानी महसुल नलिई माल छाडेको होला भन्न मनासिव नपरी दृष्टि पुर्याउन नसकेको भन्नु पर्ने हुन आएकोले सु.जनकलाल उपर भ्र.नि.ऐन नियम अन्र्तगत मुद्दा चलाउन मनासिव नपर्ने भन्ने समेत र अरुहरु उपर पनि मुद्दा चलाउन नमिल्ने भन्ने समेत भ्र.नि.अफिसको ०१२।११।९।३ को टिप्पणी सदर ।
१५. सो टिप्पणी सदर मुताविक अपील पहिलाबाट मुद्दा कारवाई चली माथि लेखिएका प्रतिवादीहरूको माथि लेखिएबमोजिम मिलान समेत अपील पहिलामा बयान भएको ।
१६. त्रिचन्द्र रोपटलीको ०७।८ सालको ढपोट श्री कु.ने.दो.मा.गई हेर्दा, कोही कलम असुल गरेको कोहि कलम बाँकी देखिएको र त्रिचन्द्र रोप नगदी फाँटबाट अड्डामा रहेको नक्कल भनी मैजिष्ट्रेटमा दाखिल भएको श्रेस्ता सो अड्डामा गई हेर्दा, असुल भनी लेखेको देखिएकोले वादीले रूपैया नबुझाएको भए सो नक्कल असुली जनिनु नपर्ने जनिएबाट रूपैया बुझाएको रहेनछ भन्न नहुने र वादीका नाउँमा आएको पेट्रोल कपडाको लगत भन्सार १ मा तातिर्थ १ घोरसिं १ कुमारीचोक १ समेतमा दाखिल हुने सो अड्डाहरूको लगत र ट्रली नगदी फाँटको कुमारीचोकमा दाखिल गरेको श्रेस्ता भिडाउँदा असुली जनिएको श्रेस्ता दाखिल गरे महाजन पक्राउ नपरी कर्मचारी पक्राउ पर्ने हुनाले अड्डामा रहने श्रेस्ता असुली जनिएको राखी ठाडो बाँकी भएको श्रेस्ता कुमारीचोकमा दाखिल गरेको सिद्ध हुन आएको अघिल्लो मालको भाडा नलिई पछिल्लो माल नछाडने भनी सवाल सनद भएको भनी वादीले दावी लिएको प्र.हरूले सो कुरा होईन भन्न नसकेको ०७।८ सालको भाडा नबुझाएको भए त्यसपछि वादीको माल रोक्का राखेको सबुद दिन सक्नु पर्ने नसकेको । रसिद बेगर बि.फाराम हुन नसक्ने भन्सारबाट जवाफ दिएबाट पनि रसिद वादीले पेश गर्न नसकेको भन्न उचित्त नपर्ने हुनाले समेत ०७।८ सालको रोपट्रली भाडा शंकरलालले बुझाई सकेको ठहर्छ । कसको कसुर हो भन्नेतर्फ घोरसिंबाट आएको लगत मु.गणेशबहादुरको फाँटमा आई निजैले लगत गरी माहाजनबाट म्याद भित्र भाडा असुल गरी रसिद लेखी दिए पछि स्याहा फाँटमा स्याहा लेखी रूपैयाँ तहविल्दारलाई बुझाई रसिदमा छाप लगाउने गरी आएको भन्ने मिसिलबाट देखिएको तहविल्दार फाँटवाला नो.रामबहादुर र हाकिम तहरिरले खाएको भए अड्डामा रहने श्रेस्तामा सुली कु.ने.दो.दखिल भएको श्रेस्तामा ठाडो बाँकी रहन नपर्ने भएबाट अरुको असुल भन्न नभई म्याद माहाजिर हुन नआई सावितै भई बसेको फाँटवाला गणेशबहादुरले खाएको ठहर्छ । बिगो निज गणेशबहादुरबाट असुल गर्ने निजबाट असुल नभए हाकिम तहरीरले मौकामा दृष्टि नपुयाएकोबाट नोक्सान पर्न गएको हुँदा हाकिम तहरिरबाट असुल गर्ने भन्ने समेत अपील पहिलाका ०१३।१।३१ को जाहेरी फैसला ।
१७. साहुको कारिन्दा अनिरुद्रलाई सफाई दिएमा चित्त बुझेन भन्ने भ्र.नि.अ.हरिराम अमात्यको र माहाजनसँग असुल हुनै बाँकी रहेको कलममा कारिन्दाको मात्र कसुर ठहराई भएको ईन्साफमा चित्त बुझेन भन्ने सु.जनकलाल त.ख.रामलालको अपील ।
१८. कु.ने.दो.मा रहेको त्रि.च.नगदी फाँटको ०७।८ सालको रोप महसुलको लगत र स्याहा र त्रि.मा.च.नगदी फाँटमा रहेको ०७।८ सालको लगत को नक्कल पठाई दिनु भनी सो अड्डालाई लेखी सरकारी एडभोकेटलाई सूचना दिई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१३।७।१२ को आदेश ।
१९. मोटर रेल्वे जिम्मा रहेको माहाजन झिकाईएको माल माहाजनलाई दिंदा के रीत पुर्याई दिने गरेको छ । माहाजनले बुझेर लगेको ०७।८ सालको श्रेस्ता छ, छैन भनी मोटर रेल्वे अफिसलाई सो अफिसबाट दिएबमोजिमको त्रि.मा.च.नगदी फाँटमा आएको लगत जाँच्ने बारेको सवाल सनद के छ पठाई दिनु भनी का.मेजिष्ट्रेट अफिसलाई र भन्सार गोस्वराले महाजनको माल छोड्दा के कति रीत पुर्याउनु पर्ने सवाल सनद छ त्रि.मा.च.नगदी फाँटमा लगत आई नपुग्दै मातातिर्थ बाटै माहाजन जिम्मा माल दिनेबारेको सवाल आडर के छ सो छाड्दा लाग्ने महसुल घरौटी लिई के गरी छाड्ने गरेको छ ? चि.मु.फाँटमा के गरी आएको छ भनी भन्सार गोश्वारालाई र सु.जनकलालले देखाउन ल्याएको ६ नं.को लगत नक्कलमा परेको हस्ता कस्को हो भनी सु.जनकलाल, त.ख.रामलालको कागज गराई खुलाई निजहरूले भनेको मानिसहरूको अक्षर भिडाउने निजहरूलाई ७ दिने म्याद दिई झिकाई कागज गराई ना.सु. गणेशबहादुरको हस्ता भएको श्रेस्ता भए पठाई दिनु भनी त्रि.मा.च.नगदी फाँटलाई लेखी पठाई सोबमोजिम भई आए पछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१३।८।२६।२ को आदेश ।
२०. सो ६ नं.को लगतमा परको हस्ता यो यसको भनी खुलाई सु.जनकलाल, त.ख. रामलालले गरेको बयान ।
२१. सो ६ नं.को फारम ०८ साल श्रावण महिनाको पाना नं.२३।७१ को हस्ता मेरो हो र पाना नं.७१ को सबै कलम र ऐ ३१ गतेको मध्ये रोप महसुलसम्मको कलमको हस्ता मेरो हो । अरु जम्मै ना.मु.गणेशबहादुरको हस्ता हो भन्ने नौ.रामबहादुर । सो श्रावण महिनाको लगत नक्कलको केही कलमको हस्ता मेरो हो भन्ने समेत ख.सानु बाबु, श्रावण ९ गते को कलम को हस्ताक्षर मेरो होइन भन्ने रामकृष्ण समेतको बयान ।
२२. कु.ने.दो.बाट ०७।८ सालको माया राम, भोला रामको ६ नं.लगतमा बेरुजु भनी पक्राउन गरेको पुर्जिको १ प्रति पठाई दिनु भनी कु.नो.दो.लाई ०८ साल श्रावणको बाहेकहरू कलमको पनि ६ नं.फारम नक्कल लिई आउनु भनी सु.जनकलाल त.ख. रामलाललाई तारेख तोकी सो आएपछि त्यसमा रहेको हस्ता कसको हो भनी देखाई बयान गराई निजहरूले जसको हस्ता भन्छन् निजहरूलाई समेत झिकाई बयान गराई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१३।११।२१।२ को आदेश
२३. उक्त आदेश अनुसार पेश भएको लगतमा परेको हस्ता यो यसको भनी खुलाई सु. जनकलाल त.ख.रामलालले गरेको बयान ।
२४. सो लगतको कुनै कुनै मितिको हस्ता मेरो हो भन्ने रामकृष्णको र कुनै कलमको हस्ता मेरो हो भन्ने नौ.रामबहादुर समेतको बयान ।
२५. ०७।८ सालमा मालको महसुल बुझाउँदा दिने गरी आएको रसिदको नक्कल अर्धकट्टी भए पठाई दिनु भनी झिकाई पेश गर्न भन्ने समेत डिभिजनको ०१४।१२।२६।४ को आदेश।
२६. त्रि.मा.च.नगदी फाँटको ६ नं.को लगत र ८ नं.को स्याहा नचडेको केहि कलमको ठाडो बाँकी समेत देखिएकाले वादी शंकरलाल निजकै मानिस अनिरुद्रलाई १५ दिने म्याद दिई झिकाई र मोटर रेल्वे अफिसमा रहेको भनेको ०८ सालको ७ नं.को फाराम झिकाई पेश गर्न भन्ने डिभिजन बेञ्चको ०१४।२।३० को आदेश ।
२७. अहिले मोटर रेल्वेका चलानीबमोजिम लगत फाँटले ६ नं.लगत कसी माल धनीले डिलेभरी लिन आएमा यति रूपैया लगेको भनी रसिद लेखी स्याहा फाँटमा दिने र स्याहा फाँटले रसिदबमोजिम स्याहा लेखी सहिछाप गराई टिप्पणी लेखी तहविलदारलाई दिई तहविलदारले टिप्पणीबमोजिम रूपैयाँ बुझी रसिद दिने भन्ने देखिएकाले वादी शंकरलालका मानिस अनिरुद्रले लेखिएबमोजिम रीत पुर्याई बुझाएको नदेखिएको र वादी शंकरलालको र वादीको मानिस अनिरुद्रको महसुल बुझाएको रसिद वि.फाराम साथ भन्सारमा बुझाईसकेको भन्ने कुरामा मुख नमिलेको र सो महसुल बुझाएको कुनै रसिद पेश गर्न नसकेकोले सबुद बेगर बुझाएको नठहर्ने हुँदा वादी शंकरलालले लेखिएबमोजिम महसुल बुझाएको ठहर्दैन । निजैसँग बाँकी ठहर्छ कारिन्दा अनिरुद्रले खातामा लेखाई लगेको भरमा बुझाएको होला भनी साहु शंकरलाल बसेको देखिएबाट सरकारी बिगोमा साुह समेतको मिलेमतोबाट असुल नभएको भन्न नमिल्ने हुनाले वादी शंकरलालबाट महसुल बाँकी बिगो ने रु.१४६२२।५० उपर गर्ने । निजबाट उपर नभएर हेरविचार नगरी लगत छुट्टयाउने हाकिम सु.जनकलालबाट उपर गर्ने । लगत छुटाएमा सु.जनकलाललाई बहि बुझ्नेका १२ नं.ले सयकडा १० ले रु.१४६२।६२ जरिवाना र त.ख.रामलाललाई रेखदेख नपुर्याएमा रकम तहसिलको १३ नं.बमोजिम रु.५० ।–जरिवाना गर्ने । माहाजनको कारिन्दा अनिरुद्रले लगत फाँटको ना.मु.गणेशबहादुरलाई हात लिई भ्रष्टाचार गराएको र गणेशबहादुरको अनिरुद्रको भनाइमा लागी भ्रष्टाचार गरेको देखिनाले ना.मु.गणेशबहादुरलाई भ्र.नि.ऐन दफा ३ को कसुर हुँदा हुँदा ऐजन दफा १ ले कैद वर्ष २ र अनिरुद्रलाई ऐ.ऐनको दफा ५ को कसूर हुँदा ऐ.४ दफाले कैद महिना ६ गर्ने भन्ने समेत डिभिजन बेञ्चको ०१४।५।१०।२ को फैसला ।
२८. सो ईन्साफमा चित्त बुझेन दोहर्याई दिनु भन्ने प्रमांगी पाउँ भन्ने शंकरलाल माडवारीको बिन्तीपत्र ।
२९. ब्येहोरा साँचो भए फुल बेञ्चबाट दोहर्याई दिनु भन्ने श्री ५ महाराजधिराजबाट हुकुम बक्सेको छ भन्ने समेत मौसुफका प्रमुख निजी सचिवालयको ०१४।१२।२७।४ कोपत्र ।
३०. मोटर रेल्वे जिम्मा रहेको महाजनले झिकाएको माल महाजनलाई दिंदा के रीत पुर्याई दिने गरेको छ ? महाजनले बुझेर लगेको ०७।८ सालको श्रेस्ता छ, छैन भनी मोटर रेल्वे अफिस बुझ्दा माल छाड्ने बारे घोरसिंको चलानीबमोजिम ७ नं.फाराममा लगत कसी त्रि.मा.च.नगदी फाँटमा महसुल बुझाएको डिलेभरी रसिदबमोजिम बुझाई साहु वा निजको मानिस हस्ते भरपाई गराई माल छाडी आएको र ०७ सालको हकमा लिलाम बिक्री भईसकेको ०८ सालको हकमा यस अड्डामा भएको भन्ने समेत जवाफ दिएकोले ०७ सालको लिलाम भईसकेको भनेको के लिलाम भैसकेको भनेको हो सो कुरा प्रष्ट खुलाई जवाफ र ०८ सालको लिलाम भईसकेको भनेको के हो ? सो कुरा प्रष्ट खुलाई जवाफ र ०८ सालको श्रेस्ता सक्कलै र सो माल महाजनलाई दिंदा के कती रीत पुर्याउनु पर्छ ? सोबारेको सनद सवालको १ प्रति नक्कल पठाई दिनु भनी मोटर रेल्वे अफिसलाई र रेल्वे अफिसबाट के कति रीत पुर्याई आए पछि माल छाड्नु पर्छ ? सो बारेको सनद सबाल को १ प्रति नक्कल पठाई दिनु भनी भन्सार गोश्वारालाई र बैंक मार्फत झिकाएका मालहरू भन्सारबाट के कती रीत पुर्याई बैंक दाखिल हुने हो अथवा भन्सारबाटै माल धनीले पाउने समेत के हो त्यस बारे नियम सवाल सनद के छ १ प्रति नक्कल पठाई दिनु भनी बैंक समेतलाई लेखी सरकारीया एडभोकेटलाई सूचना दिई बुझाई पेश गर्नु भन्ने फुल बेञ्चबाट दिई बुझाई पेश गर्नु भन्ने फुल बेञ्चबाट भएको ०१६।१।८।३ को आदेश ।
३१. साहु शंकरलाल माडवारी माया राम भोलारामका नाउँमा त्यस बैंक मार्फत ०७।०८ सालमा मालसामानहरू झिकाएको थियो थिएन भएका मालसामानहरूको भन्सार महसुल कस मार्फत कसरी बुझाएको हो र भन्सार महशुल कसरी बुझाएको हो र भन्सार महसुल बुझाएको के कस्ता निस्सा राखी बैंकले सो माल डेलेभरी गरेको हो सो कुराको जवाफ पठाई दिनु भनी नेपाल बैंक लिमिटेडलाई र भन्सार गोश्वाराबाट माल छोड्दा माल गोदामको लगत किताबमा रसिदबमोजिम भन्ने जनाई लेखने गरेको छ, छैन, सो हेर्ना निमित्त भए ०७।०८ सालको नभए त्यस पछिको पनि माल डेलेभरीको लगत किताब पठाई दिनु भनी भन्सार गोश्वारालाई र भन्सारबाट आएका मालहरूको बि.फाराम दाखेल गर्दा भन्सार महसुल बुझाएको रसिद सो फारम साथ दाखेल गर्नु पर्छ, पर्दैन त्यस विषयमा के कस्तो कार्यप्रणाली अपनाईएको छ ? परराष्ट्र मन्त्रालय समेत जो जे बुझ्नु पर्ने बुझी जवाफ पठाई दिनु भनी उद्योग बाणिज्य मन्त्रालयलाई लेखी पठाई सो आएपछि पेश गर्नु भन्ने फुल बेञ्चको ०१९।११।१७।६ को आदेश ।
३२. साहु शंकरलाल माडवारीले मायाराम भोला रामाका नाउँबाट ०७।०८ सालमा त्यसमा त्यस बैंक मार्फत झिकाएको कपडाहरू भन्सार पास भएको के कस्तो निस्सा लिई त्यस बैंकको गोदाममा राख्ने गरी आएको हो र त्यस बैकबाट कुन कुन मितिमा के कती कसलाई कसरी डेलेभरी दिएको छ सो ब्येहोरा जवाफ साथ निज मायाराम भोलारामको नाउँमा त्यस बैंकबाट जुन–जुन मितिमा माल डेलेभरी दिएको छ सो सो मितिको ०७।०८ सालको पुरै लगत श्रेस्ता समेत हेर्ना निमित्त पठाई दिनु भनी नेपाल बैंक लिमिटेड काठमाडौं लाई लेखी पठाई आए पछि पेश गर्नु भन्ने सम्बन्धमा फुल बेञ्चबाट भएको ०२२।५।२५।६, ०२२।१२।१९।६ को आदेश ।
३३. यसमा शंकरलालको वा.हिरामान सु.जनकलाल समेतको वा.दयाराम समेतलाई रोहवरमा राखी पेश गर्न ल्याएको ०२३।५।३।६ मा पेश भई निवेदकतर्फका विद्वान वकिल प्लीडर ठाकुरप्रसाद खरेल सु.जनकलालतर्फका विद्वान वकिल प्लीडर श्री ईच्छा हर्ष गुभाजु श्री ५ को सरकार तर्फबाट बहस गर्न खट्टीई आउनु भएको गभर्नमेण्ट एडभोकेट श्री जगन्नाथ उपाध्याय समेतको बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा रोप ट्रलीबाट चलान भई आएका मालको निवेदनबाट असुल गर्नुपर्ने ०७।०८ सालको रोपट्रलीको भाडा महसुल सु.जनकलालको बयान अनुसार रु.१४६२।५० सरकारी कोषमा दाखिल नभई भ्रष्टाचार गरेको हो होइन ? भए कसले गरेको हो ? र सो रूपैयाँ क–कसबाट उपर गर्नुपर्ने हो ? भनी निर्णय गर्नुपर्ने प्रश्न उपस्थित भएको छ ।
३४. महाजनहरूका नाउँमा चलान भई आएको मालको चलानी त्रिचन्द्र रोप नगदी फाँटमा दाखेल भएपछि लाग्ने महसुल असुल गर्ना निमित्त सो अड्डाको ना.मु.गणेशबहादुरले लगत कसी सो लगतबमोजिम लाग्ने महसुलको रसिद लेखी सो रसिद र महसुल बुझाउन आउने महाजन समेतलाई स्याहा फाँटमा काम गर्ने कर्मचारीले स्याहा लेखी त्यसमा सहीछाप गराई स्याहाबमोजिम टिप्पन लेखी क्यासीयर कहाँ पठाई महाजनले क्यासीयरलाई रूपैयाँ बुझाईसकेपछि क्यासीयरले हाकिम तहरिर समेतको छाप लगाई रसिद दिने गरी कामको बाँडफाँड गरिएको र भन्सारतर्फको गर्नुपर्ने निवेदकको काम अघिदेखि अनीरुद्रले गरी आएकोले अड्डामा त्यस्तो रीतसँग काम भएको कुरा निजलाई पनि थाहा भएको अनिरुद्रकै बयानबाट समेत देखिएको छ । अनिरुद्रले अड्डामा महसुल बुझाएको भए आधीआधी रूपैयाँ बुझाउँदा स्याहामा सहि छाप गर्ने गरेबमोजिम यो रूपैयाको कलम स्याहामा आम्दानी बाँधी अनिरुद्रले सहिछाप गरेको स्याहा दाखेल हुन आउनु पर्ने सो नआएको लगतै नकसीएको रूपैया स्याहामा आम्दानी बाँधीने क्यासीयरले रूपैयाँ बुझ्ने सम्झवै नभएको । रूपैयाँ यो यस मितिम यति रीत पुर्याई क्यासिएरलाई बुझाइ रसिद लिएको हुन भनी प्रष्ट किटाई अनिरुद्रले बयान गर्न नसकेको र महसुल बुझाएको रसिदका हकमा बि.फारामको नक्कल साथ भन्सार ड्युटी फाँटमा दाखेल गरेको माल पास गराई छुटाई ल्याईसकेपछि सो रसिदको दरकार नपर्ने हुँदा सो वि.फारमको नक्कलसाथै छाडी राख्ने चलन गरेको हाल खोज्न जाँदा सो बि.फारमको नक्कल समेत सडाई सकेकोले रसिद मसँग छैन भनी निवेदकले बयान गरेकोमा अर्थ मन्त्रालय भन्सार तथा अन्तशुल्क विभागलाई बुझ्दा १९६० नोभेम्वरमा भारतसित भएको संझौता अघि समुन्द्रपारबाट पैठारी हुने मालको महसुल कलकत्ता कष्टममा नै लिई बि.फाराम बनाई पठाउने हुँदा महसुल बुझाएको रसिद दाखिल गर्ने प्रश्नै उठदैन भन्ने समेत जवाफ दिएकोले बि.फारामको नक्कल साथ छाडी राखेको भई सडाई सकेको समेत हुँदा रसिद नभएको भन्ने निवेदकको भनाइ समर्थीत हुन नआएको । उसमा पनि एकपटकको महसुल नलिई दोश्रोपटकको माल नछाड्नु भन्ने किटानी सवाल भएको भन्ने निवेदकले श्री महाराजाधिराज सरकारको हजुरमा चढाएको निवेदनमा उल्लेख गरेको । त्यसबाट दोश्रापटकको माल दिनु अघि पहिलेको महसुल बाँकी रहन सक्ने सम्भावना देखिन आउने र महशुल बुझाउन आफू स्वयं गएको नभई आफ्नो मानिस पठाएको निजले उपरोक्त किसिमबाट पनि माल छुटाई ल्याउन सक्ने हुँदा कानूनको रीतबमोजिम रूपैयाँ बुझाई माल छुटाई ल्याएको हो होइन महसुल बुझाउनको निमित्त आफूले दिएको रकमको हिसाब मिल्यो मिलेन भन्ने जानकारीको अलावा कुनै किसिमको पछि पक्राउ भएको भन्ने देखाउनको निमित्त पनि रसिदहरू निवेदकले लिई सुरक्षित तवरले राख्नु र एकैपटकको मात्र नभई कैयौं पटक बुझाइएको महसुलको रसिद मध्ये कुनै न कुनै निवेदकबाट पेश हुन आउन सक्नु पर्ने रसिद बिलकुलै पेश हुन नसकेकोले समेत माल छोडाएर ल्यायो भन्ने आधारमा मात्र अनिरुद्रले महसूल अड्डामा लगी कानूनबमोजिम बुझाएका रसिद प्राप्त गरेको समेत थियो भन्न मिलेन ।
३५. त्यसरी अड्डामा महसूल दाखिल नभई चलानीबमोजिम लगत कसिनु पर्ने कुनै कलम लगतै नकसिएको र कुनै कलमको अड्डामा रहने श्रेस्तामा असुली जनाई राखेको समेत भई सरकारी कोषमा दाखिल हुनु पर्ने रूपैया दाखिल नभएको कारण भ्रष्टाचार नै देखिन आउने हुनाले त्यसतर्फ को कसको कसुर रहेछ भन्ने हकमा निवेदकले सो अड्डाका हाकिम तहरिर अन्य कर्मचारीसमेत उपर उजुर गरेको भए पनि लगत फाँटमा काम गर्ने ना.मु.गणेशबहादुर र साहुको कारिन्दा अनिरुद्रले मात्र भ्रष्टाचार गरेको देखिनाले निजहरू उपर भ्र.नि.ऐ.दफा ९ को अभियोगमा मुद्दा चलाउने हाकिमले दृष्टि नपुर्याएकोसम्म देखिने समेत भनी टिप्पणी सदर गराई मुद्दा दायर गराएको देखिएको र प्रष्ट सबुदको अभावमा अड्डामा दाखेल भएको देखिन नआएको । रूपैयाँ हाकिम लगायतका अन्य कर्मचारीले भ्रष्टाचार गरी लिए खाएका हुन भन्न मिलेन । हाकिम तहरिरले दृष्टि पुर्याउन सकेको भए मौकैमा पक्राउ भई असुल उपर हुन सक्ने थियो । सो नसकेबाट यस किसिमको भ्रष्टाचार सम्भव हुन गएको देखिन आउँछ । लगत फाँटको ना.मु.गणेशबहादुर र अनिरुद्रको हकमा उपरोक्त उल्लेख गराएबमोजिम लगत नकसी महसुल असुल नगरी माल छुटाई लगे पठाएको देखिएकोमा गणेशबहादुर ईन्कार गर्न आउनै नसकेको । सो काम गर्नामा निजहरू दुवैको सहयोग बेगर काम हुन सम्भव नभएको समेतबाट निजहरूले भ्रष्टाचार गरी गराई महसुल नबुझाई माल छुटाई लगे पठाएको प्रष्ट देखिएको छ ।
३६. कुनै किसिम अनुचित तरिका अपनाई माल छुटाई लगेछ भने पनि माल छुटाई लगेको भए महसुल बुझाउने कर्तव्य भएको व्यक्तिको सम्पूर्ण दायित्व समाप्त हुन्छ भन्ने ऐन कानून नदेखिएकोले माल छुटाई ल्याई सकेकोबाटै मैले महसुल बुझाएको कायम हुनु पर्ने भन्ने निवेदकको जिकीर पुग्न नसक्ने । माथि उल्लेख भएबमोजिम रसिद प्रमाण समेत नभएको र अड्डामा रहने स्याहा श्रेस्तामा समेत लगत कसैको र नबुझाउनेको सही समेत भएको नदेखिनाले समेत अड्डामा रीतपुर्वक दाखिल हुन नआएको । रूपैयाँ अनिरुद्रको हात दिए पठाएको थिएँ भन्ने भनाइकै आधारमा अन्य व्यक्तिबाट उपर गर्ने भन्न नमिली बुझाउने दायित्व भएको निवेदक शंकरलालबाटै उपर गर्नुपर्र्ने । निजबाट उपर नभए कानूनबमोजिम हाकिमबाट उपर गर्नुपर्ने समेत ठहर्न आएकोले समेत माथि उल्लेख भएको प्रमाण परिवन्दबाट ईन्साफ १५।५।१०।२ को सर्वोच्च अदालत डिभिजन बेञ्चको मनासिव छ ।
३७. निवेदक का.ई.भेडासिं बस्ने शंकरलाल माडवारी के ईन्साफ दोहर्याएमा शुरु जरीवाना नभएको हुँदा अदालती बन्दोबस्त को २०४ नं.ऐनले रु.१ जरिवाना हुन्छ वारेस हुँदा असुल गर्न का.श्रे.अ.त.मा लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनु ।
इति सम्वत् २०२३ साल आश्विन १४ गते रोज ६ शुभम् ।