निर्णय नं. ३३१ – जग्गा हटक
निर्णय नं. ३३१ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी २०२२ सालको स.अ.दे.फु.नं.१५७ प्रतिवादी :...
निर्णय नं. ३३१ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री लोकराज जोशी
२०२२ सालको स.अ.दे.फु.नं.१५७
प्रतिवादी : दुतबहादुर गुरुङ समेत
विरुद्ध
वादी : लेखनाथ पाध्याय
मुद्दा : जग्गा हटक
(१) रसिदहरू एकै मिलानको नदेखिए तिराको अंक समेत फरक–फरक देखिएमा र राजिनामा र रसिदहरूमा लेखिएको अंकसमेत भिन्नाभिन्नै हुन आएमा राजिनामा लिएकै जग्गा भोग चलन गरेको भन्न नमिल्ने ।
राजिनामामा खेत मुरी ३ तिरो रु.२९ पै.लाग्ने जग्गा भन्ने लेखिएको र निजै वादीबाट पेश हुन आएको १९९४ साल माघ २५ गतेको रसिदमा खेत मुरी १।३।३ मा एउटाको तिरो रु.।।२१ पैसा भएको ९५ साल फाल्गुण १३ गतेको सो खेत मुरी १ को ठेक्दर ।।२१ पैसा ९६ साल माघ २६ गतेकोमा खेत मुरी ९ मध्ये खेतमुरी १ को ठेक्दर रु.।।१९ पैसा ९७ साल चैत्र १० गतेकोमा ७ मुरी मा घ.ड.२ मुरीको दामासाही लाग्ने तिरो रु.।।१७ पैसा भन्ने र ९८ साल चैत्र २३ गतेकोमा खेत मुरी ७ मा माटो मुरी २ को दामासाही गर्दा खेत मुरी १ को लाग्ने तिरो रु.।।१८ भन्ने जनिएकोबाट ती रसिदहरू एकै मिलानको देखिन नआई तिरोको अंक फरक–फरक देखिन आउनको साथै राजिनामामा लेखिएको खेतको अंक र रसिदहरूमा लेखिएको खेतको अंक समेत मिल्न नआई बिभिन्न किसिमको देखिएकोले राजिनामामा लेखिएको जग्गा नै भोग गरेको त्यसको तिरो तिरेको रसिद हो भन्न नमिल्ने र ।
(प्रकरण नं. १८)
(२) अधियामा दिएको लिखत कबुलियत पेश गर्न नसकेमा र फिरादबाटै प्रतिवादीहरूले भोग गरेको देखिएमा र लिखत जालसाजी भन्न नमिल्ने भएमा दावी पुग्न नसक्ने ।
अधियामा दिएको कबुलियत अथवा कुनै लिखत पत्र छ भनी वादीले पेश दाखिल गर्न सकेको पनि मिसिलबाट देखिन आएन । यदि वादीकै हकको जग्गा भए ९८ साल पछिको तिरो बुझाएको रसिदहरू पनि वादीसँग अवश्य रहनु पर्ने । सो छ भनी पेश गर्न दाखिल गर्न नसकी ९८ सालसम्मको मात्र दाखिल हुन आएको र झगडा परेको जग्गा प्रतिवादीहरूले भोग गरेको भन्ने कुरामा वादीको फिराद लेखाईबाट प्रष्ट देखिन आएको । मैनकलाले गरी दिएको भरपाई जालसाजी हो भन्ने कुनै सबुद नभएको र सो लिखतबमोजिम प्रतिवादीले त्यस पछि तिरोसमेत तिरी जग्गा भोग गरेको देखिन आएको । सो लिखतलाई जालसाजी भन्न नमिले सद्दे हुन आउने र मैनकलाले गरी दिएको भरपाई रजिष्ट्रेशन पास भएको छैन तापनि आफ्नु हक छाडी दिएको लिखत नभई बन्धकी थैली बुझी जसको जग्गा हो, उसैलाई फिर्ता दिएको लिखत हुँदा सो लिखतलाई रजिष्ट्रेशनको ३ नं.बमोजिम पास नभएकोले प्रमाण नलाग्ने भन्न नमिलेकोले जग्गामा प्रतिवादीको हक भोग देखियो । त्यस्तो आफ्नो हक भोग नभएको जग्गा दावा गरी वादी साँचो कुरामा चलेको भन्ने देखिन नआएकोले समेत वादी दावी पुग्न सक्ने देखिएन ।
(प्रकरण नं. १८)
निवेदक तर्फबाट : प्लीडर श्री ठाकुरप्रसाद
फैसला
१. हालको तालुकदारवाला नन्द जैसी जिम्माको स्याङ्गजा मालमा तिरो गर्नुपर्ने गुहेखोला देखि पुर्व कालिबहादुरका साँध देखि पश्चिम गैरा घरैका साँध देखि उत्तर कुला देखि दक्षिण यतिचार ४ किल्ला भित्रको गुहे खोला भन्ने खेत पाखुरे बिरौटो खेत मुरी ।३ को तिरो रु.२१ लागेको जग्गा निज अन्यायवालाहरूको बाबु चन्द्रवीर गुरूङबाट मोरु.६००।–मा १९७९ साल फाल्गुण २ गते रोज ३ मा धर्मागत पाध्याले राजिनामा गरी लिई निजको हक भएको सो जग्गा निज धर्मागतबाट १९८४ साल माघ १४ गते वार ६ मा मेरो बाजे रत्नाखर पाध्याले मोरु.६००।–मा निज धर्मागतबाट राजिनामा गरी लिई बाजे छँदासम्म बाजेले र शेषपछि मेरो बाबा लिलाधरले भोग चलन गरी आउनु भएको । १८ साल बैशाख महिनामा बाबा लिलाधर परलोक हुनु भएको । लेखिएको जग्गा मेरो अंशियार दाजु वोविदत्त पाध्याका नाउँमा दर्ता भएको निज दाजु पनि ०१ साल आषाढमा मरेपछि मेरो हक हुन आएको । गुहे खोली पाखुरे विरौटो भन्ने खेत ०३ सालका बाली देखि अधिया दस्तुरमा दिएको फेरि निज अन्यायी हस्तबहादुर, दलबहादुर ०८ सालमा छुट्टि भिन्न भई बस्दा सो जग्गा हामी दुबै दाजु भाइ मिली कमाउँछौं । तपाईलाई अधियाँ बाली साविकैबमोजिम दिन्छौ भनी भनेकाले हुन्छ भनी सो जग्गा निजहरूले अधियामा कमाई गए ।।०१३ सालका बालीसम्म खाई आएका थिए । ०१४ सालको बालीलाई ०१४ साल बालीलाई मै कमाउँछु तिमीहरूलाई दिन्न भनी निजहरूलाई भनेको थिएँ । ०१४ सालको बालीलाई ०१४ साल आषाढ ९ गते सो खेतमा हली गोरु समेत लगी जोताउन लाग्दा हामीले नै खाने हुँ अधिया बाली पनि दिन्न भनी जग्गामा समेत हटक दावी खिचोला गरे जग्गाको मोल मो.रु.३।५० भएको । लौके गुहे खोला पाखुरे जिरौटो भन्ने खेत मुरी ।३ निजहरूको दावी छुटाई राजिनामा दर्ताबमोजिम भोग चलन गरी खाने मेरो हक सदर थामी सजाय गरी पाउँ भन्ने समेत वादी ।
२. वादी दावीको गुहे पाखुरे बिरौटे भन्ने खेत बोलाउने घर गाउँलेको नाउँ भए तापनि दर्ता लगतमा कुडाडी जिजुबा गुरुङको सार्की डाडो सिंले २ ठाउँ गरी ।७ भन्ने दर्तामा लेखिएको जग्गा हो । तिरो रु.।६१ चानचुन लाग्ने भएको र उक्त खेत मुरी ।७ जीजुवा गुरुङको बदलवीरको छोरा टिकाराम गुरुङका नाउँमा ५।९ सालका नम्वरिमा दर्ता भएको खेत मुरी ।७ हाम्रा जिजुवाजेहरू अंशबण्डा गरी छुट्टि भिन्न हुँदा खेत मुरी ३।१० मोही पद्म गुरुङ, मानध्वज गुरुङ, मानसिं गुरुङ, मु.भिवाबहादुर गुरुङ, बलबहादुर गुरुङ समेतको बावु बाजेका अंश भागमा परेकाले उक्त खेत मुरी ३।१० आफ्नु भाइ बण्डा गरी आफूहरूले नै भोगी आएको र सो खेत मुरी ।७ मध्ये बाँकी रहेको खेत मुरी ३।१० मध्ये मुरी १।१५ नरराज गुरुङका कालु गुरुङ, कर्ने गुरुङ समेतले उनीहरूको जिजुबाजेको बण्डामा परि निजहरूले नै आफ्ना अंश भागका जग्गा निजहरूले नै भोगी आएका र बाँकी सो खेत मुरी ।७ मध्ये मुरी ।।१।१५ हाम्रा जिजुबाजेको अंश भागमा पर्न आएकेले बण्डा हुँदा उक्त खेत मुरी ।१।१५। मध्ये खेत पाथी ।।८।६ कान्छा वाबु पद्मबहादुर गुरुङका अंश भागमा परेको र खेत पाथी ।।८।६ साहिँला बाबु भक्तुका अंश भागमा परि निजको नाती प्रवल भन्ने मानसिं गुरुङले भोगेको र खेत पाथी ।।८।६ हाम्रा बाबु साहिँला चन्द्रवीरका अंश भागमा परेकोले उक्त हाम्रा बाबुको अंश पूर्व कुलो र कामी डाँडाजाने तेर्सोबाटो पसिंप्रसाद गुरुङको खेत उत्तर गुहे खोला दक्षिण पर्दको अपुतालिबाट हाम्रा बाबु चन्द्रवीरले बन्दकिया यो वादीको बाजे रत्नाखरलाई बिक्री गरी सकेपछि कान्छा बाबु पदम् गुरुङ मरि अपुतालीबाट हक हुनआएको र प्रबल भन्ने मानसिंप्रसाद समेतका खेत यति ४ किल्ला भित्रको खेत पाथी । ।८।६ यो वादीको बाजे रत्नाखरबाट मो.रु.४०। लिई बाबु चन्द्रवीर गुरुङले १९७९ साल चैत्र महिनामा बन्धकी लेखत गरी दिनु भएका बन्धकी थैली ०२ साल माघ २४ गते सो वादीको जेठी आमा नै मैनकलाको पाध्यानीलाई हाम्रा बाबु चन्द्रवीरले बुझाउँदा ३ पहले पोथमा मैनकलाको छोरा वोविदत्तको नाउँमा भूलबाट नाउँसारी भई लेखिएको छ । वोविदत्तका नाउँमा दर्ता भएको छ तापनि जग्गा बन्धकी हुँदा दर्ताले जग्गामा दावी गर्ने छैन बन्धकी थैली बुझि लिए भनी ०२।१०।२४ मा भरपाइ गरी दिएको । हाम्रा बाबु चन्द्रवीरका अंश भागमा वादी दावीबमोजिमका, खेत मुरी ३ पर्ने नआउने खेत मुरी १।७ मध्ये खेत पाथी ११।५।३ मा वादीका दावी छुटाई हाम्रो सदर थामि पाउँ भन्ने समेत प्रतिवादी ।
३. जालसाजबाट खडा गरे गराएको हो । सद्दे व्यवहारबाट खडा गरे गराएको हैन भन्ने समेत वा.समेत दुतबहादुरको बयान ।
४. मेरो राजिनामा समेतको कागज सबै सद्दे हो भन्ने समेत लेखनाथको बयान ।
५. हामीले कुनै जालसाज गरेका छैनौ भन्ने समेत वा.समेत कालु गुरुङको बयान ।
६. जालसाजी भन्ने वादीको बयान झुट्टा हो भन्ने समेत वा.वेदप्रसादको बयान ।
७. वादीको जेठी आमामै नकलासँग २ सालमा प्रतिवादी समेतका मानिसले जालसाजबाट भर्पाई खडा गरी सोही आधारले वादीको जग्गामा प्रतिवादीले हटक खिचोला गरेकै ठहर्छ भन्ने समेत स्याङ्गजा अदालतको फैसला । मेरो प्रतिवादी बयान समेतका जिकिर बमोजिम मलाई जिताई पाउने हुँ भन्ने समेत दुतबहादुरको अपील ।
८. भर्पाई भनेको लिखत जालसाज हो भने तापनि निज मैनकला अघि नै मरिसकेको । त्यस्ता मरिसकेको व्यक्तिको यो यस्तो किसिमबाट सहीछाप गराई जालसाज गरे भनी भन्न नसकेको । दर्तावाला वोविदत्त मरेकाले दावी गर्ने छैन भनी भन्ने समेत बोली परि भएको उक्त लिखत देखिएको । भोग पनि प्रतिवादीकै देखिएबाट उक्त लिखत भरपाई सद्दे रहेछ भन्ने कुरा सिद्ध हुन आएकोले वादीले प्रतिवादीको जग्गामा झुट्टै दावी गरेको ठहर्ने भन्ने समेत पाल्पा अपीलको फैसला ।
९. स्याङ्गजा अदालतले गरेको फैसला बहाल कायम राखी हक इन्साफ पाउँ भन्ने समेत लेखनाथको अपील ।
१०. झगडा परेको वादी दावीको जग्गा र प्र.जिकिरको जग्गा एकै वा बेगल–बेगल समेत के हो ? नक्सा गर्नुपर्ने भएकोले दुबै थर झगडियालाई झिकाई दुबै थर झगडीया राखी अ.बं.२१५ नं.को ऐनबमोजिम दर्जा पुगेको साक्षी र दर्जा पुगेका कारिन्दासमेत खटाई पठाई ऐन कानूनको रीत पुर्याई नक्सा सरजमिन गरी पठाई दिनु भनी ई.अ.स्याङ्गजालाई लेखी पठाई लेखिएबमोजिमको काम तामेल भई आए पछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
११. गुहे खोलादेखि पूर्व कालिबहादुरका साँध देखि पश्चिम गैरा घरेका साँधदेखि उत्तर कुलादेखि दक्षिण यति ४ किल्ला भित्रको गुहे खोला भन्ने खेत पाखुरे विरौटो मुरी ।३ को तिरो रु.२१।–लागेको जग्गा राजिनामा गरी लिएको भई ९९ सालका ३ महलेमा अंशियार दाजु बोविदत्त पाध्याका नाउँमा दर्ता भएको भन्ने वादी र ५९ सालमा टिकाराम गुरुङका नाउँमा मुरी ।७ दर्ता भएको सार्की डाँडो सिमले खेत मुरी ।७ मध्ये केही जग्गा बन्धकी दिएको बखत वोविदत्तका नाउँमा दर्ता भए पनि थैलि बुझाई लिएको भन्ने प्रतिवादी भई जग्गाको नाउँ तिरोसमेत फरक देखिएकोले उक्त मुरी ।७ साविकको हाल वोवीदत्तका नाउँमा ३ महलेमा दर्ता भएको दर्ता उतार प.४ नं.स्याङ्गजा मालबाट झिकाई आएपछि नियमबमोजिम गर्नु भने डिभिजन बेञ्चको आदेश ।
१२. दर्ता उत्तारबाट वोविदत्त पनि देखिएको मैनकलाकोलिखत पास पनि नभएको ७९ सालको राजिनामालाई कसैले केही भन्न नसकेकोले जिम्मावालले वाहाली र रसिद समेत दिई रहेका हुनाले बन्धकी दिएको सबुद समेत नहुँदा प्रतिवादी र पछि बुझिएका समेत व्यक्तिलाई हा.का.९ नं.बमोजिम छलफलको १५ दिने म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
१३. ७९ साल फागुण २ गते रोज ३ मा चन्द्रवीरबाट धर्मागतले लिएको राजिनामा यो यस्तो हो भनी प्रतिवादीले केही भन्न नसकेको त्यै राजिनामा सौंपुवा गरी ८४ साल माघ १४ गतेमा धर्मागतले रत्नाखरलाई राजिनामा दिई सो राजिनामाबमोजिम जिमुवाल तालुकदारबाट ८४।१०।१४ मा नै वाहाली पाई भोग गर्दै आई आखिर ९९ सालमा ३ महलेमा दर्ता समेत वोविदत्तका नाउँमा गरेको देखिएको मैनकलाबाट लिएको भनेको भरपाई पास भएको पनि नदेखिएकोले समेत प्रतिवादीले खिचोला गरेको ठहराएको शुरुको इन्साफ मनासिव ठहर्छ । पाल्पा अपीलको गल्ती ठहर्छ भन्ने समेत स.अ.डिभिजन बेञ्चको फैसला इन्साफ दोहोर्याई जाँची पाउँ भन्ने समेत दुतबहादुर समेतको वा.छत्रनाथको बिन्तीपत्र ।
१४. न्यायीक समितिबाट यसमा सर्वोच्च अदालतले माटो मुरी ७ मध्ये मुरी ३ राजिनामा लिए दिएको ठहराएको हकमा चन्द्रवीरले धर्मागतलाई र धर्मागतले रत्नाखरलाई दिएको ७९।८४ सालको राजिनामा माटो मुरी ।३ भन्ने लेखिए तापनि त्यस कुरामा प्रतिवादीहरूले हाम्रा वाबु चन्द्रवीरको अंश भागमा त्यति जग्गै परेको छैन भनी इन्कारी लिएकाले त्यही ।३ मुरी माटो होइन भन्ने कुरा नै निर्णयका विषय हुन आएकोले उक्त राजिनामा ।३ मुरी माटो लेखेको आधार नमिलेको सो ।३ मुरी माटो चन्द्रवीरको हक भोग भागको हो भन्ने कुरा वादीले अरु सबुद केहि दिन नसकेकोले मुख्य तिरो अंकबाट माटो अंकको ठेगाना लगाउनु पर्ने हुन आएको ।७९ सालको राजिनामा तिरो रु.१। लागेको जग्गा भन्ने लेखिएको छ तापनि सो कुरा माग्नालाई माटो मुरी ।७ मध्येको जग्गा लिन दिन भएको देखिएको दर्तामा सो ।७ मुरी माटोको तिरो रु.१।३५ भएकोले त्यसका दामासाहीले रु.१। तिरोको जग्गा माटो मुरी ।३ भन्दा बेसी माटो मुरी ५।३ चानचुन हुन आउने सोबमोजिम माटो अंक राजिनामामा नभएको र नालेस दावीमा पनि नभएकोले सो तिरो रु.१। लेखिएको कुरा मिल्दो नभएकोले त्यसको आधारबाट माटो अंक कायम गर्न नमिल्ने र ८४ सालको राजिनामा र बाहालीमा तिरो रु.।२१ को जग्गा भन्ने लेखिएको फिराद दावीमा पनि तिरो रु.२१ को जग्गा भन्ने दावी लिएको रसिद पेश गर्दा पनि रु.।२१ भन्दा बेसी नं.रसिद पेश नगरेको पेश गरेको रसिद मध्ये ९४।११।२५ को रसिदमा माटो मुरी ।७ मध्ये माटो मुरी ।१।३।३ को तिरो रु.।२१,९६,१०,२६ को रसिदमा माटो मुरी ।९ मध्ये मुरी ।१ को तिरो रु.।१९,९७,१२,१० को रसिदमा माटो मुरी ।७ मा बढी माटो मुरी २ को तिरो रु.।१७,९५,११,१३ को रसिदमा खेतमुरी ।१ को तिरो रु.२१,९८,१२,२३ को रसिदमा ७ मध्ये ३ को दामासाही माटो मुरी ।१ तिरो रु.१८,९४,७,१३ को रसिदमा माटो मुरी ।३ को ९१।९२।९३ सालको तिरो रु.६३ भन्ने लेखेको देखिएबाट वादी प्रतिवादी माजे जति कुराको दावी जिकीर भए तापनि तिरो रु.१।३५ को दामासाहीले तिरो रु.२१ को जग्गा मुरी १।१।६।५ सम्म चन्द्रवीरबाट धर्माङ्गगत (धर्मदत्त) ले र धर्माङ्गतबाट रत्नाखरले राजिनामा लिएको रहेछ भन्ने पर्न माटो मुरी ३ जग्गा राजिनामा लिएको भन्न नमिल्ने समेत प्रमाण परिबन्दबाट माटो मुरी ३ को जग्गा राजिनामा गरी लिएको ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिएकोले दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहोर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी ०२२।७।२६।५ मा श्री ५ महाराजधिराजका प्रमुख सचिवालयबाट लेखी आएको ।
१५. बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त कानूनको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि नं.१६३ न्या.स.०२२।७।२६।५ का हुकुम प्रमांगीबमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा रजिष्टार अफिस मार्फत पठाई दिनु भन्ने समेत श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१६. तारेखमा रहेको निवेदक दुतबहादुरको वारेस भोलाप्रसादलाई र विपक्षी लेखनाथलाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर श्री ठाकुरप्रसादले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको लौके गुहेखोला पाखुरे विरौटो भन्ने खेत मुरी ।३ वादी प्रतिवादीमा कसको हकको जग्गा हो ? भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आएको छ ।
१७. गुहे खोलो भन्ने खेत पाखुरे विरौटो खेत मुरी ।३ को तिरो रु.२१। लागेको जग्गा अन्यायहरूको वाबुचन्द्रवीर गुरुङबाट मो.रु.६०० मा १९७९ साल फागुण २ गते धर्मागतले राजिनामा गरी लिई निज धर्मागतबाट १९८४ साल माघ १४ गते मेरा बाजे रत्नाखर पाध्याले मो.रु.६०० मा राजिनामा गरी लिई बाजेका शेषपछि मेरो बाबा लिलाधरले भोग चलन गरी आउनु भएको ९८ साल बैशाख महिनामा बाबा लिलाधर परलोक हुनुभएकोले उक्त जग्गा अंशियार दाजु वोविदत्त पाध्यका नाउँमा दर्ता भएको दाजु पनि ०१ साल आषाढमा मरेपछि मेरो हक हुन आएको ०३ सालका बालीदेखि अधियाँ दस्तामा दिएको ०१४ आषाढ ९ गतेका दिउँसो खेतमा जोताउन लाँदा हटक दावी खिचोला गरे राजिनामा दर्ताबमोजिम मेरो हक सदर थामी पाउँ भन्ने समेत वादी जिजुबा गुरुङको खेत मुरी ७ मध्ये खेत मुरी ३ को तिरो रु.२१ मात्र लाग्ने नभई खेत मुरी ३ को तिरो रु.६१ चानचुन लाग्ने भएको खेत पाथी ८।६ हाम्रो बाबु चन्द्रवीरका अंश भागमा परको यो वादीको बाजे रत्नाखरबाट मो.रु.४० लिई बाबु चन्द्रवीरले १९७९ साल चैत्रमा बन्दकी लिखत गरी दिनुभएको बन्धकी थैली ०२ साल माघ २४ गते वादीको जेठीआमा मैनकलालाई बुझाउँदा ३ महले मोठमा मैनकलाको छोरा बोविदत्तको नाउँमा भुलबाट नाउँसारी भई लेखिएको छ भनी तालुकवाला नन्दले भनेबाट रूपैयाँ बुझी मैनकलाले भरपाई गरी दिँदा बोविदत्तका नाउँमा दर्ता भएको छ तापनि जग्गा बन्धकी हुँदा दर्ताले जग्गा दावी गर्ने छैन । बन्धकी थैली बुझी लिएँ भनी भरपाई गरी दिएको हाम्रो सदर थामी पाउँ भन्ने समेत प्रतिवादी भएकोमा वादी तर्फबाट चन्द्रवीर गुरुङ आगो भई धर्मागतलाई गरी दिएको १९७९ सालको रु.६०० को राजिनामा १,१९८४ सालको चलनी बहाली पुर्जि १ धर्मागत पाध्या आगो भई रत्नाखरलाई गरी दिएको रु.६०० को १९८४ साल माघ १४ गतेको राजिनामा १ जि.मु.हिमालाल पाध्याले गरी दिएको रु.१९९४, १९९५, १९९६, १९९७, १९९८ सालहरूको रसिदहरू र प्रतिवादी तर्फबाट मैनकला आगो भई चन्द्रवीरलाई गरी दिएको ०२ साल माघ २४ गतेको २००९।२०१० भन्ने जनिएको अर्धकट्टी रसिद १ बालानन्द आगे भई गरिदिएको १४,१५ सालको रसिद नक्कल थान २ समेत पेश भएको देखियो ।
१८. उक्त वादीबाट पेश भएको धर्मागतले रत्नाखरलाई गरी दिएको भनेको राजिनामा मा खेत मुरी ३ तिरो रु.२१ पै.लाग्ने जग्गा भन्ने लेखिएको र निजै वादीबाट पेश हुन आएको १९९४ साल माघ २५ गतेको रसिदमा खेत मुरी १।३।३ माटोको तिरो रु.२१ पैसा भएको ९५ साल फागुन १३ गतेको मा खेत मुरी १ ठेक्दर २१ पैसा ९६ साल माघ २६ गतेको मा खेत मुरी ९ मध्ये खेत मुरी १ को ठेक्दर रु.।१९ पैसा ९७ साल चैत्र १० गतेकोमा ७ मुरी मा घ, ड २ मुरीको दामासाही लाग्ने तिरो रु.।१७ पैसा भन्ने र ९८ साल चैत्र २३ गतेकोमा खेत मुरी ७ माटो मुरी २ को दामासाही गर्दा खेत मुरी १ को लाग्ने तिरो रु.१८ भन्ने जनिएकोबाट ती रसिदहरू एकै मिलानको देखिन नआई तिरोको अंक फरक–फरक देखिन आउनाको साथै राजिनामामा लेखिएको खेतको अंक र रसिदहरुमा लेखिएको खेतका अंक समेत मिल्न नआई बिभिन्न किसिमको देखिएकोले राजिनामा लेखिएको जग्गा नै भोग गरेको त्यसको तिरो तिरेको रसिद हो भन्न नमिल्ने र अधियामा दिएको भन्ने वादीको मुख्य दावी भएको सो अधियामा दिएको कबुलियत अथवा कुनै लिखतपत्र छ भनी वादीले पेश दाखिल गर्न सकेको पनि मिसिलबाट देखिन आएन । यदि वादीकै हकको जग्गा भए ९८ साल पछिको तिरो बुझाएको रसिदहरू पनि वादीसँग अवश्य रहनु पर्ने । सो छ भनी पेश दाखिल गर्न नसकी ९८ सालसम्मको मात्र दाखिल हुन आएको र झगडा परेको जग्गा प्रतिवादीहरूले भोग गरेको भन्ने कुरामा वादीको फिराद लेखाईबाट प्रष्टै देखिन आएको । मैनकलाले गरी दिएको भरपाई जालसाजी हो भन्ने कुनै सबुद नभएको र सो लिखतबमोजिम प्रतिवादीले त्यस पछि तिरो समेत तिरी जग्गा भोग गरेको देखिन आएको सो लिखतलाई जालसाजी भन्न नमिली सद्दे हुन आउने र मैनकलाले गरी दिएको भरपाई रजिष्ट्रेशन पास भएको छैन तापनि आफ्नु हक छाडि दिएको लिखत नभई बन्धकी थैली बुझी जसको जग्गा हो सबैलाई फिर्ता दिएको लिखत हुँदा सो लिखतलाई रजिष्ट्रेशन को ३ नं.बमोजिम पास नभएकोले प्रमाण लाग्ने भन्न नमिलेकोले सो जग्गामा प्रतिवादीको हक भोग देखियो । त्यस्तो आफ्नु हक भोग नभएको जग्गामा दावागरी वादी साँचो कुरामा चलेको भन्ने देखिन नआएकोले समेत वादी दावी पुग्न सक्ने देखिएन अतः वादीले प्रतिवादीको जग्गामा झुट्टै दावी गरेको ठहराई पाल्पा अपीलबाट गरेको इन्साफ मनासिव छ । प्रतिवादीले खिचोला गरेको ठहराएको शुरुको ईन्साफ मनासिव गरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट किनारा भएको मिलेको देखिएन देहाएका कलममा देहायबमोजिम गर्नु ।
तपसील
देहायका मानिसहरूले स.अ.डिभिजन बेञ्चका ०२०।४।२३ का फैसलाले देहायबमोजिम गर्ने गरेकोमा सोबमोजिम गर्न पर्दैन पाल्पा अपीलका ०१६।९।२६ का फैसलाको लगत कायम गर्नु भनी स्याङ्गजा जि.अ.लाई सूचना गर्न का.श्रे.अ.त.मा लगत दिने ……………..१
वादी लेखनाथको शुरु का.०१६।२।२१ का फैसलाले लाग्ने गरेको रु.१ सलामी नलाग्ने भनी पाल्पा अपीलका ०१६।९।२६ का फैसलाले गर्ने गरेको दण्ड रु.६ नलाग्ने हुँदा अपील फैसलाको लगत काटि दिनु भनी गरेको कलम्–१ देहाएका प्रतेवादीको शुरुका फैसलाले लाग्ने गरेका जनही दण्ड रु.४।२५ अपील का फैसलाले रु.१ का दरले सलामी लाग्ने दण्ड नलाग्ने भनी शुरुको लगत काट्ने गरेको अपील फैसलाको लगत काटि दिने भनी गरेको कलम……………२
प.४ न.जि.पैयुं बिहाडी लौके बस्ने हस्तबहादुर गुरुङ ४०।२५, ऐ.ऐ बस्ने दुतबहादुर गुरुङ के.रु.४०।२५, ४०।२५
देहाएका मानिस के शुरुका फैसलाले देहाएबमोजिम गर्ने गरेको डण्ड अपीलका फैसलाले नलाग्ने भनी लगत काट्ने गरेको त्यो अपील फैसलाको लगत काट्ने भनी गरेको कलम…………….३
प.४ नं.पैयुं बिहाडीको हाडी बस्ने मु.धनपति उपाध्याय के मो.रु.१ ऐ ऐ बस्ने धर्मानन्द उपाध्याय के रु–१ ऐ.ऐ.बस्ने पदमनी पाध्या के रु.१, ऐ.ऐ.बस्ने लुबाडि बस्ने देउगिरी के रु.१
स्याङ्गजा अदालतका देहाएका मानिस के पाल्पा अपीलका फैसलाले देहाएबमोजिम गर्ने गरेको जरिवाना नलाग्ने हुँदा असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटि दिनु भनी गरेको कलम……………४
ना.सु.त्रैलोक्यनाथ पाध्या के रु.७, बिनोदप्रसाद पाण्डे के रु.३०
निवेदक दुतबहादुरले यस अदालतमा राखेको कोर्टफि रु.३ नलाग्ने हुँदा सो कोर्टफि रु.३ वादीबाट भरि पाउँ भनी कोर्टफि अं नं.१७ को १५ (११) बमोजिम कानूनको रीत पुर्याई दरखास्त गरेमा केही दस्तुर नलिई कानूनबमोजिम गरी वादीबाट भराई दिने भनी ऐ.मा सूचना गर्न ………………………५
मिसिल नियमबमोजिम गरी बुझाई दिनु ……………………६
इति सम्वत् ०२३ साल भाद्र २४ गते रोज ६ शुभम् ।