July 5, 1987
निर्णय नं. ३१५८ – उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
करदाताले आय विवरण दाखिल नगरे वा झुठ्ठा विवरण दाखिल गरेमा वा कारोवारको लेखा नराखेमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा कुन आधारमा खुद आय...
करदाताले आय विवरण दाखिल नगरे वा झुठ्ठा विवरण दाखिल गरेमा वा कारोवारको लेखा नराखेमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा कुन आधारमा खुद आय कायम गरेको हो सो स्पष्ट खुलाई करदातालाई सूचना दिन पर्ने ।
(प्रकरण नं. १२)
आयकर ऐन, २०३१ को दफा ३३(४) को प्रतिकूल हुने गरी कर कार्यालयबाट खुद आय कायम गरी कर निर्धारण गर्ने गरेको आदेश तथा सो उपरको कर विभागको पुनरावेदन निर्णय एवं कर विभागको निर्णय उपर पुनरावेदन गर्न अनुमति प्रदान नगर्ने गरेको म.क्षे.अ. को आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १५)