June 10, 1987
Created by nepalarchives

निर्णय नं. ३०९३ – नामसारी दर्ता बदर

बण्डापत्र कागज हेर्दा आमाको नाउँमा रहेको जिउनी भाग आमा पछि तीनजना दाजु भाइले बराबरका दरले जम्मा मासिक पोत दिने कसैले नदिएमा आमाको शेषपछि जिउनी नपाउने...

बण्डापत्र कागज हेर्दा आमाको नाउँमा रहेको जिउनी भाग आमा पछि तीनजना दाजु भाइले बराबरका दरले जम्मा मासिक पोत दिने कसैले नदिएमा आमाको शेषपछि जिउनी नपाउने समेत उल्लेख भएको देखिन आएबाट प्रतिवादीका पिताहरूले बण्डापत्रमा उक्त तोकिएको मासिक खर्च आमालाई दिएका भन्ने कुनै लिखित प्रमाण वादीहरूले गुजार्न सकेको देखिन नआएबाट म.क्षे.अ.को फैसलामा उक्त २००५ सालको बण्डापत्रको उचित मूल्यांकन नभएको भन्न सकिने अवस्था नदेखिने ।

(प्रकरण नं. १४)

    वादीहरूकै बाबुहरूले विवादित जग्गाको हक कायम गराउन नसकेपछि वादीहरूले यति ढिलो आएर नामसारी दर्ता बदर गरिपाउँ भन्ने दावी अ.बं. ८२ नं. अन्तर्गत पर्ने होइन साथै ज.मि.को १८ नं. को भित्रको मुद्दा पनि होइन ।

(प्रकरण नं. १४)