निर्णय नं. २४४ – लेनदेन
निर्णय नं. २४४ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री...
निर्णय नं. २४४ ने.का.प. २०२१
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री
न्यायाधीश श्री स.इश्वरीराज मिश्र
न्यायाधीश श्री वासुदेव शर्मा
दे.फु.नं. २८४
निवेदक, प्रतिवादी : गोपी बल्लभ झा, कृष्ण बल्लभ झा समेत
विरुद्ध
विपक्षी, वादी : सिताराम बोहरा
मुद्दा : लेनदेन
(१) भाखामा सावाँ व्याज नबुझाएमा दृष्टी चलन दिंदा भोग गर्न नपाएको अवधीसम्मको व्याजसमेत गाभ्न मिल्ने नमिल्ने ।
निवेदक, प्रतिवादीले वादीलाई गरिदिएको ०१६।४।१९ को पास लिखत हेर्दा, भाखामा सावाँ व्याज नबुझाई भाखा गुज्य्रो भने दृष्टि लेखेको जग्गा भोगचलन गरी खानु भन्ने उक्ती पारी लेखिदिएको सम्बन्धित कानूनी व्यवस्था हेर्दा साहु असामीको २ क.नं. मा दृष्टी बन्धकीमा २ वर्ष भित्र चलन गर्नु गर्न नदिए नालेस दिनु, लेखिएको म्याद भित्र नालेस नदिई व्याजैसम्म लिने खाने गरी आएको रहेछ भने व्याजैको लोभले रहेको ठहर्नाले लेखिएको भोग दृष्टि समाउन पाउँदैन भन्ने र रजिष्ट्रेशनको ७ नं. मा थैली परेकोमा परेको थैली र त्यसको आयस्था वा व्याज अथवा भोग नपाएको जति ऐनबमोजिमको सूद साहुले पाउने भन्ने उल्लेख भएको छ । यी ऐनहरूको मनसाय र लिखतको व्याहोराबाटसमेत कागज बमोजिमको वस्तु भोगचलन गर्न नपाएको अवस्थाको साहुले व्याज पाउने व्यवस्था भएकै देखिन आएका र यस्तै किसिमको वादी मंगलचन प्र. पवनवीर पाण्डेको चलन चलाई पाउँ भन्ने मुद्दामा पनि व्याजसमेत गाभी सावाँ व्याज बापत लिखतबमोजिमको घर जग्गावादीले चलन गर्न पाउने ठहरी ०२०।३।१४।६ मा फुल बेञ्चबाटसमेत निर्णय भएको हुनाले प्रस्तुत मुद्दामा पनि चलन नपाएको अवस्थाको थैलीको व्याज पाउँदैनन भन्न नमिल्ने हुनाले व्याज लाग्न पर्ने होइन भन्ने निवेदकको जिकिर मनासिव देखिएन लिखत भएका मिति देखिएको सावाँ व्याजमा दृष्टितर्फ चलन पाउनेसमेत ठहराएको ०१९।१०।२९।२ को डिभिजन बेञ्चको इन्साफ मनासिव छ ।
(प्रकरण नं. १२)
निवेदक तर्फ : एडभोकट कृष्णप्रसाद उपाध्याय
विपक्षी तर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी
फैसला
१. प्रतिवादीहरूले भा.रु. ४४४९ मा ०१६।४।१७ मा दृष्टि लेखी ०१६।४।१९ मा रजिष्ट्रेशन पास गरी दिएको फेरी कृष्णबल्लभ रिणी भई गोपीबल्लभको मञ्जुर गराई ०१६।५।१४ मा कपाली तमसुक गरी लिएको भा.रु. ७५८।– समेत नबुझाएकोले दृष्टितर्फ सावाँ व्याजमा जग्गा चलन चलाई कपालीतर्फ सावाँ व्याज भराई पाउँ खातामा सहीछाप गरी लिएको रुपैयाँ नदिए छुट्टै नालेस गर्नेछु भन्नेसमेत शिताराम बोहराको फिराद ।
२. वादीलाई दृष्टि तमसुक लेखी रजिष्ट्रेशन पास गरी दिएको र भा.रु. ७५८।– कर्जा लिई तमसुक गरी दिएकोसमेत ठीक हो । भाखामा सुखा जर्ता परी बुझाउन नसकेकोले ४ किस्ता गरी बुझाउने सहुलियत गरी पाउँ भन्नेसमेत गोपीबल्लभ कृष्णबल्लभसमेतको प्रतिवादी ।
३. दृष्टिको कपालीको कर्जी खाएमा र लिखत गरी दिएमा सावितै भएको दृष्टि पास भएको कपाली रीतपूर्वकै देखिनाले वादी दावी मनासिवै ठर्हछ भन्नेसमेत मो.वि. इ.अ. को ०१८।२।१३ को फैसला ।
४. म गरिब मानिस दृष्टि लेखिएको जग्गा बिक्री नगरी रुपैयाँ तिर्ने उपाए नै नभएको ४ किस्ता गरी बुझाउन पाउँ भनी प्रतिउत्तर गरी दिएकैले रुपैयाँ तिर्न किस्ता बन्दी गरी पाउँ, भएको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी कृष्णबल्लभको अपील ।
५. एकै वादीले एकै प्रतिवादीउपर जति सुकै विषयको नालेस गर्नु परे पनि अ.बं. ९८ नं. ले नालेस लाग्ने नै भएको अ.बं. ९९ नं. ले पनि उही मानिसको नाउँमा एकै पटक नालेस दिए हुने अर्थात नालेस दिनु परेको अन्याय भएको जति एकै पटक नालेस दिनु पर्छ भन्ने लेखिएकोमा वादीको फिरादपत्र दृष्टिको र कपालीको रुपैयाँमा फिराद गरेको सोही फिरादमा प्रतिवादीहरूले खातामा सहीछाप गरिलिएको रुपैयाँ पछि माग्दा नदिए छुट्टै नालेस दिनेछु भन्ने पनि लेखिएको यो मुद्दाको रुपहेरी फेरी खातामा सहीछाप गरेको रुपैयाँ बाँकीमा भनी फेरी नालेस गर्ने नियतबाट गरेको यो फिरादपत्र अ.बं. ९८।९९ नं. को प्रतिकूल हुनाले खारेज हुने ठर्हछ भन्नेसमेत जिल्ला अदालत धरानको ०१८।१०।१६ को फैसला ।
६. मुद्दा खारेज हुनै नसक्ने खाताको लेना भनेकोमा सो नभई कच्चा बहीमा मैले आफ्ना हातले लेखी राखरेको बही हो । सो रुपैयाँमा उजुर पनि लाग्न नसक्ने र सो रुपैयाँ देला जस्तो पनि लाग्दैन, मेरोलेनामा फेरि नालेस दिनुपर्ने वा दिनै नपाउने के हो फैसलामा केही लेखिएन र भएको फैसलामा चित्त बुझेन भन्नेसमेत वादी शिताराम बोहराको अपील ।
७. अन्याय भएको कुरामा नालेस दिनुपर्ने अ.बं. ९९ नं. मा उल्लेख भएको छ । खाता बहीको रुपैयाँ पछि माग्दा नदिएमा म्याद भित्र छुट्टै नालेस गर्नेछु भन्ने फिराद लेखाई भई अन्याय परिसकेको नदेखिएको त्यस्तोमा अहिले नालेस दिनु पर्ने नदिएको भन्न नमिल्ने हुँदा हा.क.का.९ नं. बमोजिम प्रतिवादीहरूलाई छलफलको १५ दिन म्याद दिई झिकाइ पेश गर्नु भन्ने स.अ. डिभिजन बेञ्चको ०१९।३।१८ को आदेश ।
८. वादी गोपीबल्लभको वा. समेतको कृष्णबल्लभले ०१९।७।१० गतेको तारेख पहिला पटकको गुजारेको फिराद लेखाई अ.ब. ९८।९९ नलगाई खारेज गर्न नमिल्ने हुनाले जि. अदालतबाट खारेज गरेको मनासिव देखिएन । लिखत गरी दिएमा प्रतिवादी साविती र ऐनमा हदम्याद भित्रको उजुरी भई प्रतिवादीले पनि भाखा किस्ताकोसम्म जिकिर लिएकोले इन्साफ इ.अ. विराटनगरको मनासिव । सा.अ.को ३ नं. ऐनबमोजिम आज तकको व्याजसमेत थपी दृष्टितर्फ चलन पाउने र कपालीतर्फ सावाँ व्याज भरी पाउने ठर्हछ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।१०।२९ को फैसला ।
९. जग्गा चलन चलाई माग्ने भएमा शुरु थैली माथि व्याजसमेत थपी संयुक्त अङ्कमा जग्गा चलन गर्न पाउने ऐनमा कुनै उल्लेख छैन । त्यसो भएकालेसमेत भएको फैसला चित्त बुझेन मुद्दा दोहराई हेरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गोपी बल्लभसमेतको निवेदनपत्रको व्यहोरा पेश हुँदा दृष्टि बन्धकीसमेतको व्याजसमेतको दावी गरी चलन चलाई पाउँ भनी विपक्षीले उजुर गरेमा व्याजसमेत गाभी चलन चलाई दिने गरी डिभिजन बेञ्चबाट निर्णय भएकोमा चित्त बुझेन दृष्टि तमसुक बमोजिम साहुले जग्गा भोग गर्न पाउने अवस्था भएकोमा व्याज लाग्न पर्ने होइन भनी निवदेकको वकिलले रोहवरमा जिकिरसमेत गरेकोले व्यहोरा साँचो भए अन्याय परेकै जस्तो देखिनाले दोहर्याई हेर्ने निस्सा दिएको छ, दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्नेमाननीय प्रधान न्यायाधीशज्यूको ०१९।१२।६।३ को आदेश ।
१०. यसमा निवेदन वा. समेतको कृष्णबल्लभ र विपक्षको वा कृष्णकुमारलाई राखी निवेदकतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद उपाध्यायले गर्नु भएको बहससमेत सुनी निर्णय सुनाउनु आजको तारेख तोकिएको प्रस्तुत मुद्दा विपक्षीतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारीले प्रस्तुत गर्नु भएको बहस नोटसमेत हेरी निर्णयतर्फ विचार गर्दा, सावाँ व्याजमा जग्गा चलन पाउँ भन्ने वादी दावी लिखित गरी दिएमा निवेदक, प्रतिवादी सावितै भइ किस्ता बन्दीको सहुलियत पाउँ भनी इन्कार गरेको सावाँतर्फमा चलन नपाउने भन्नेतर्फमा प्रतिवादीको वाद विवाद नभई दृष्टि चलन पाउने भएपछि व्याज गाभिन नसक्ने भन्ने मुख्य जिकिर लिएको देखिन्छ ।
११. भाखामा सावाँ व्याज नबुझाएमा दृष्टि चलन दिंदा भोग गर्न नपाएको अवधीसम्मको व्याजसमेत गाभिने हो हैन भन्ने विषयको नै मुख्यतः निर्णय गर्नुपर्ने देखियो ।
१२. निवेदक, प्रतिवादीले वादीलाई गरी दिएको ०१६।४।१९ को पास लिखित हेर्दा, भाखामा सावाँ व्याज नबुझाई भाखा गुज्य्रो भने दृष्टि लेखेको जग्गा भोगचलन गरी खानु भन्ने उक्ति पारी लेखि दिएकोसम्बन्धित कानूनी व्यवस्था हेर्दा, साहु असामीको २क.नं. मा दृष्टि बन्धकीमा २ वर्ष भित्र चलन गर्नु, चलन गर्न नदिए नालेस दिनु, लेखिएिको म्यादभित्र नालेस नदिई व्याजैसम्म लिने खाने गरी आएको रहेछ भने व्याजैको लोभले रहेको ठहर्नाले लेखी दिएको भोग दृष्टि समाउन पाउँदैन भन्ने र रजिष्ट्रेशनको ७ नं. मा थैली परेकोमा थैली र त्यसको आयस्था वा व्याज अथवा भोग नपाएको जतिमा ऐनबमोजिमको सूद साहुले पाउने भन्ने उल्लेख भएको छ । यी ऐनहरूको मनसाय र लिखितको व्यहोराबाटसमेत कागज बमोजिमको वस्तु भोगचलन गर्न नपाएको अवस्थाको साहुले व्याज पाउने व्यवस्था भएकै देखिन आएको र यस्तै किसिमको वादी मंगलचन प्र.पवनवीर पाण्डेको चलन चलाई पाउँ भन्ने मुद्दामा पनि व्याजसमेत गाभी सावाँ व्याज वापत लिखतबमोजिमको घर जग्गा वादीले चलन गर्न पाउने ठहरी २०।३।१४।६ मा फुल बेञ्चबाटसमेत निर्णय भएको हुनाले प्रस्तुत मुद्दामा पनि चलन नपाएको अवस्थाको थैलीको व्याज पाउँदैनन् भन्न नमिल्ने हुनाले व्याज लाग्न पर्ने होइन भन्ने निवेदकको जिकिर मनासिव देखिएन । लिखत भएका मिति देखिको सावाँ व्याजमा दृष्टितर्फ चलन पाउनेसमेत ठहराएको ०१९।१०।२९।२ को डिभिजन बेञ्चको इन्साफ मुनासिब छ । हालसम्म वादीले चलन पाई सकेको मिसिलबाट नदेखिई प्रतिवादीको निवेदनबाट मुद्दा दोहराई रहेको देखिनाले डिभिजन बेञ्चबाट फैसला भएको ०१९।१०।२९ देखि यता आजसम्मको व्याजसमेत पाउेन हुँदा तपसीलबमोजिमको लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
तपसील
डिभिजन बेञ्चका ०१९।१०।२९।२ को फैसला मितितर्फको व्याज गाभी वादीलाई प्रतिवादीबाट चलन चलाई दिने भनी लगत दिएकोले सो मिति देखि आज तक १।६।८ को थैली भा.रु. ५२६०।९५ को दशौद दरले हुने व्याज रु. ८००।७३।१ समेत त्यसैमा थपी वादीबाट दशौद र प्रतिवादीबाट विशौद लिई चलन चलाई दिनु भनी शुरुविराटनगर इ.अ.मा लेखी पठाई दिन तहसिलमा लगत दिनु ……………..१
निवेदक गोपीबल्लभ झा कृष्णबल्लभ झा के दोहर्याएमा अघिल्लो फैसलाले दण्ड जरिवाना नहुँदा अ.बं. २०४।२०३ नं. ले तजविजी रु. १। जरिवाना लाग्छ दामासाहीले असूल गर्न कृष्णबल्लभ रुजू रहेको र गोपीबल्लभको वारिस हुँदा तहसीलमा लगत दिनु ………………. २
इति सम्वत् २०२१ साल भाद्र ६ गते रोज ६ शुभम् ।