October 4, 1985
Created by nepalarchives

निर्णय नं. २४१६ – उत्प्रेषण लगायत उपयुक्त रिट आज्ञा वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. २४१६     ने.का.प. २०४२      अङ्क ७   डिभिजन बेञ्ज इजलाश सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१...

निर्णय नं. २४१६     ने.का.प. २०४२      अङ्क ७

 

डिभिजन बेञ्ज

इजलाश

सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको रिट नं.१५४६

विषय  :उत्प्रेषण लगायत उपयुक्त रिट आज्ञा वा पुर्जी जारी गरिपाउँ ।

 

निवेदक      :जि.पर्सा भीखमपुर गा.पं.वा.नं.२ बस्ने रामजीवन राउत कुर्मी ।

विरुद्ध

विपक्षी :जि.पर्सा पीपरा घोडे डौडा गा.पं.वा.नं.५ बस्ने मोती लाल राउत कंकर ।

जि.पर्सा ऐ.ऐ गा.पं. बस्ने मती सनी सेनुवाईन ।

ऐ.ऐ बस्ने राम अशिष साद सेनुवार ।

ऐ.ऐ बस्ने अन्हीया देवी केवटनी ।

भूमि सुधार कार्यालय पर्साका श्री भूमि सुधार अधिकारी महन्त झा ।

आदेश भएको मिति:२०४२।६।१८।६ मा

     मोही नामसारी गरिपाउँ भनी दावी लिई परेको निवेदन र प्रत्यर्थी जग्गाधनीहरूको मोही लगत कट्टा गरिपाउँ भन्ने छुट्टा छुट्टै परेको निवेदनहरूको छुट्टा छुट्टै मिसिल खडा गरी छुट्टा छुट्टै निर्णय गर्नु पर्ने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री कमलनारायण दास

विपक्षी तर्फबाटः विद्वान अधिवक्ता सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

आदेश

का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय पर्साको मिति २०४१।५।२७ को निर्णय बदर गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :

२.    जि.पर्सा वीरचीवर्वा गा.पं.वा.नं.६ बस्ने राधेमहतो चाइको नाउँमा दर्ता भएको जि.पर्सा पिप्रा घोडदौड गा.पं.वा.नं.४ कि.नं.१३२ को १० जग्गा निवेदकको पिता प्रेमधारी राउत कुर्मी कानुनी मान्यता प्राप्त मोहियानी हकको, मोही भई उक्त जग्गा जोत कमोद गर्दै आएको थिएँ। उक्त कि.नं.१३२ को १० जग्गा मध्ये ०१० जग्गा प्रतिरक्षी नं.१ को पिता रघु राउत कंकरले खरीद गरी राजीनामा पारित गराउन भएको जसको कित्ताकाट भई कि.नं.२७९ कायम भएको । प्रतिरक्षी नं.२ ले ०० जग्गा राजीनामा पास गराई लिएको जसको कित्ताकाट भई कि.नं. २८२ कायम भएको त्यस्तै प्रतिरक्षी नं. ३ ले राजीनामा पास गराई लिएको ०१० जग्गाको कित्ता काट भई कि.नं.२८१ कायम भएको र प्रतिरक्षी नं.४ ले पनि ०१२ जग्गा खरीद गरी राजीनामा गराई लिएकोमा कित्ता काट भई कि.नं.२९६ कायम हुन गएको साथै निज प्रतिरक्षीहरूले राजीनामा गराई लिएको उक्त जग्गाहरूको जग्गाधनी दर्ता प्रमाण पूर्जाको मोही महलमा म निवेदकका पिता पे्रम धारी राउत कुर्मीको नाम समेत उल्लेख भएको छ । पिता पे्रमधारी राउत मिति २०३९।१२।१५ मा स्वर्गवास हुनुभएको र हाल उक्त कि.नं.१३२ को जग्गा मध्ये राधे महतोबाट प्रतिरक्षीहरूले खरीद गरेको हुँदा उक्त जग्गाको मोही पिता स्वर्गवास भइसक्नु भएकोले भूमिसम्बन्धी ऐनको दफा २६(१) बमोजिम मोही हक र दायित्व निजको सगोलको छोरा म निवेदक राम जीवन राउत कुर्मी भएकोले मोही कायम गरिपाउँ भनी भिखनपुर गा.पं.को सिफारिश सहित भू.सु.का.पर्सामा मिति ०४१।२।४ मा निवेदन दिएको । स।थै उक्त जग्गाको मोही स्व.पे्रमधारीले २०२३ सालमा मोही छोडपत्रको कागज लेखी मिति २०२३।९।२८ गतेमा गा.पं.सहितको सूचना सिफारिश साविक ज.ध.राधे महतोलाई प्राप्त भइसकेको हुनाले मोहीको लगत कट्टा गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिरक्षीहरूले भू.सु.कार्यालय पर्सामा निवेदन दिनुभयो । जि. पर्सा पिप्रा घोडदौड गा.पं.को मिति २०४१।३।२३ को पत्रानुसार स्व.पे्रमधारी उक्त जग्गाको कानूनी मोही नरहेको हुँदा वादी रामजीवन राउतकुर्मीको मागअनुसार मोहीनामसारी गर्ननमिल्ने जग्गाधनी मध्ये अन्हीयादेवीकोतर्फबाट मोहीकायमको लागि भरपत्यार गरेकोले कि.नं.२९६ मा नयाँ मोहीकायम गरिदिने अरुबाँकी ३ कित्ताको सम्बन्धमा प्रतिवादी ज.ध.को माग बमोजिम उक्त जग्गाबाट स्व.प्रेमधारी नाममा मोही लगत कट्टा गरिदिने ठहर्छ भनी मिति २०४१।५।२७ मा अधिकारीज्यूले निर्णय गर्नुभयो ।

३.    उक्त निर्णय भू.सं.ऐनको दफा २६(१) बमोजिम निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी स्पष्ट उल्लेख छ, सो को त्रुटि हुन गएको छ । प्रत्यर्थीहरूको झुठ्ठा उजूरी र प्रमाणको आधारमा मोही नामसारी नगरी मोही लगत कट्टा गर्ने र एउटा कित्तामा नयाँ मोही कायम गर्ने गरी श्री अधिकारीज्यूको निर्णय ऐनको दफा २६(१) को त्रुटिपूर्ण भएको हुँदा बदरभागी छ । प्रतिरक्षीहरू मध्ये प्रतिरक्षी नं.१,,३ र ४ समेतले मोही लगत कट्टा गरिपाउँ भनी भू.सु.का.पर्सामा छुट्टा छुट्टै निवेदन दिएको र म निवेदकले छुट्टी मोही नामसारी भनी छुट्टै भू.सु.का.पर्सामा निवेदन दिएकोमा छुट्टा छुट्टै मिसिल खडा गरी फैसला हुनु पर्नेमा सो नभई श्री अधिकारीज्यूले उक्त सबै मिसिल एकसाथ राखी एउटैमा निर्णय गर्नु भएको हुँदा अ.बं.७२ नं.१८४(क) र १८५ को विपरीत भएकोले कानुनी त्रुटिपूर्ण छ अतः उक्त त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरिपाउँ भन्ने रिट निवेदन ।

४.    सर्वोच्च अदालत सिंगल बन्जको विपक्षीहरूसँग लिखित जवाफ झिकाई आए पछि पेश गर्नु भन्ने मिति २०४१।७।२७ को आदेश ।

५.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम जग्गावालाले पत्याएको व्यक्ति मात्र मोही हुनसक्ने अवस्थामा मात्र निज मोही हुनसक्नेमा भू.सु.का.पर्सामा मेरोतर्फ बयानमा विपक्षीलाई मोही कायम गर्नमा भरपत्यार छैन भनिएबाट विपक्षी विबन्धित भइसके, निजले आफ्ना पिता मोही भएको आधारले यो रिट दायर गरेको देखिन्छ । तर भू.सु.ऐन नियम बमोजिम निजका पिता प्रेमधारी राउत कुर्मी उक्त कि.नं.को जग्गाको मोही भएको देखिन्न, किनभने २ नं.अनुसूची ४ नं. अनुसूची प्रेमधारीको नाममा प्रकाशित भएको दफा २५ को ४(ख) बमोजिम तोकिएको दर्ता कितावमा दर्ता गराएको कबूलियत भर्पाई भएको भनी विपक्षीले देखाउन सकेको देखिँदैन । अतः भूमि सुधार कार्यालय पर्साबाट कि.नं.२९६ मा मोही कायम गरी अरुमा मोहीले छोडपत्र गरेकोले मोही कायम नहुने गरेको मिति २०४१।५।२७ को निर्णय कानुनसंगत नै छ । भू.सु.का. पर्साले एउटै विषय सम्बन्धी निवेदन हुनाले एउटै मिसिलमा राखी कारवाही भएकोले त्यसमा कुनै कानुनी त्रुटि भएको छैन । अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने राम अशीष दास सुनुवार, मोतीलाल राउत, मती सरी सेनवाइनको छुट्टा छुट्टै लिखिन जवाफ ।

६.    निवेदक रामजीवन राउत कुर्मीको बाबु प्रेमधारी राउत कुर्मी साविक राधे महतो चाइको नाममा दर्ता भएको गा.पं.पिप्रा घोडदौड वा.नं. ४ कि.नं. १३२ ज.वि.१० को मोही हुनुहुन्थ्यो, निजले  उक्त जग्गा कमाउन सक्तिन भनि मिति २०२३।१।२८ मा छोडपत्र निवेदन गरे स्थानीय पिप्रा घोडदौड पञ्चायतले साविक ज.ध.राधे महतो चाईलाई जग्गा जोत्न सूचना गरिदिएको समेत भएको मिसिल संलग्न प्रमाणबाट देखिन्छ । यसै जग्गालाई पछि ४ जना व्यक्तिले खरीद गरी कित्ता काट भई अलगअलग भोग गरी आएको नाताले यस कार्यालयमा २०४०।१२।७ मा मोही लगत कट्टाको लागि उजूरी गरेका र यसै जग्गामा साविक आफ्नो स्व.पिता प्रेमधारी राउत कुर्मी मोही लगत यथावत भएको नाताले मोही सम्बन्धमा स्थानीय पञ्चायत पिप्रा घोडदौड बुझ्दा उक्त जग्गाका मोही प्रेमधारी राउत कुर्मीले २०२३।१।२८ मा छोडपत्र गरेपछि पञ्चायतद्वारा ज.ध.लाई जग्गा जोत्न सूचना दिएको र ज.ध.कै जोतमा जग्गा छ भन्ने स्थानीय पञ्चायत पिप्रा घोडदौडले २०४१।३।२३ मा जवाफ पठाएको यसरी पञ्चायतमा अधिकार हुँदाको अवस्थामा स्थानीय पञ्चायतले उक्त मोहीको छोडपत्र स्वीकृत गरी ज.ध.लाई जग्गा जोत्न अधिकार दिएको हुँदा मोही हक समाप्त भइसकेका मोहीका छोरालाई नामसारी गर्न नमिल्ने हुँदा मोही नामसारी नगरिएको हो । एउटै जग्गा र एकै विषयबस्तुको काम कारवाही भएकोले एकै निर्णय भित्र समावेश गरिएका हुन् अतः रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने भूमि सुधार कार्यालय पर्साको लिखिन जवाफ ।

७.    उल्लिखित कि.नं.१३२ को ज.वि.१० मध्ये ०१२ जग्गा मैले राजीनामा पास गराई लिएको र सो जग्गामा विपक्षीको पिता प्रेमधारी राउत कुर्मी विधिवत दर्तावाल मोही हुँदा निज मोहीको मृत्यु पश्चात निजको छोराले कमाई आएकोले विपक्षी निवेदकलाई मोही स्वीकार गरेकै छु विपक्षीको पिताले पनि पञ्चायतमा मोही छोडपत्र गरेको छैन भन्ने समेत व्यहोराको अन्हीयादेवी केवटीनको लिखिन जवाफ ।

८.    निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले निवेदकको पिता दर्तावाला मोही भएको हुनाले भू.सं.ऐनको दफा २६(१) बमोजिम एकासगोलको छोरा निवेदक भएकोले मोही नामसारी गरिपाउँ भनी दिएको निवेदन र प्रत्यर्थी ज.ध.हरूले मोही लगत कट्टा गरिपाउँ भनी दिएको छुट्टा छुट्टै निवेदनहरू भू.सु.का. पर्साबाट एउटै मुद्दा बनाई एउटै निर्णय गरेको त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने र प्रत्यर्थी तर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्टले निवेदकका पिताले मोही छोडपत्र गरी कानुन बमोजिमको मोही नरहेको हुँदा मोही नामसारी हुन नसक्ने भनी भएको निर्णय कानुन बमोजिम हुँदा रिट निवेदन खारेज हुनु पर्दछ भन्ने बहस गर्नु भयो ।

९.    प्रस्तुत मुद्दामा निवेदकका माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१०.    यस्मा निर्णयतर्फ हेर्दा कि.नं.१३२ को १० जग्गाको दर्तावाला मोही निवेदकको पिताको स्वर्गवास भई हाल उक्त कि.नं. को जग्गाधनी मध्ये राधे महतोबाट प्रत्यर्थीहरूले खरीद गरेको हुँदा उक्त जग्गाको मान्यता प्राप्त मोही स्वर्गवास भइसकेको भू.सं.ऐनको दफा २६(१) बमोजिम मोहीको हक र दायित्व निजको सगोलको छोरा निवेदक भएकोले मोही नामसारी गरिपाउँ भनी गा.पं.को शिफारिस सहित रिट निवेदकले भू.सु.का.पर्सामा मिति २०४१।२।४ मा निवेदन दिएको देखिन्छ ।

११.    प्रत्यर्थी जग्गाधनीहरू मतीसनी सेनुवाइन, राम अशिष दास सेनुवार र मोतिलाल राउत कवर र अल्हियादेवी समेतले मोही प्रेमधारी राउत कुर्मीले मोही छोडपत्र गरी सकेको हुँदा मोही लगत कट्टा गरिपाउँ भनी बेग्ला बेग्लै भू.सु.का. पर्सामा निवेदन दिएको पाइन्छ ।

१२.   निवेदक मोही नामसारी गरिपाउँ भनी दिएको निवेदन र प्रत्यर्थी जग्गाधनीहरूले मोही लगत कट्टा गरी पाउँ भनी दिएको निवेदनहरूलाई प्रत्यर्थी भू.सु.का.पर्साले एउटै मिसिल बनाई कारवाई गरी स्व.प्रेमधारी कुर्मी उक्त जग्गाको कानुनी मोही नरहेको हुँदा वादी रामजीवन राउतको माग अनुसार मोही नामसारी गर्न नमिल्ने मोही लगत कट्टा गरिदिने ज.ध.अन्हियादेवीले मोही पत्यार गरेकोले कि.नं.२९६ मा नयाँ मोही कायम गरिदिने ठहर्छ भनी मिति २०४१।५।२७ मा निर्णय गरेको देखिन्छ ।

१३.   त्यसरी निवेदकको मोही नामसारी गरिपाउँ भनी दावी लिई परेको निवेदन र प्रत्यर्थी जग्गाधनीहरूको मोही लगत कट्टा गरिपाउँ भन्ने छुट्टा छुट्टै परेको निवेदनहरूको छुट्टा छुट्टै मिसिल खडा गरी छुट्टा छुट्टै निर्णय गर्नु पर्ने हुन्छ । तर प्रस्तुतमुद्दामा भु.सु.का.पर्साबाट सो अनुसार छुट्टा छुट्टै मिसिल बनाई छुट्टा छुट्टै निर्णय गरेको देखिँदैन । त्यसप्रकार मोहीनामसारी गरिपाउँ भन्ने रिटनिवेदकको निवेदन र मोही लगतकट्टा गरिपाउँ भन्ने प्रत्यर्थीहरूको निवेदनको एउटैमिसिल बनाई एउटैनिर्णय गरेको पाइन्छ तसर्थ छुट्टा छुट्टै दावी लिई छुट्टा छुट्टै परेको निवेदनहरू लाई एउटै मिसिल बनाई ज.ध.अन्हियादेवीबाट मोही पत्यार गरेकोले कि.नं.२९६ मा नयाँ मोही कायम गरिदिने र अरु बाँकी ३ कित्ता जग्गाको सम्बन्धमा मोही नामसारी गर्न नमिल्ने । मोही लगत कट्टा गरिदिने ठहर्छ भनी गरेको प्रत्यर्थी भूमि सुधार कार्यालय पर्साको मिति ०४१।५।२७ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

१४.   अतः उपरोक्त उल्लेख गरे अनुसार प्रत्यर्थी भू.सु.का.पर्साको मिति ०४१।५।२७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ, कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाईल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल आश्विन १८ गते रोज ६ शुभम् ।