March 27, 1964
Created by nepalarchives

निर्णय नं. २३७ – अशं अबण्डाको घर दिलाई पाउँ

निर्णय नं. २३७           ने.का.प. २०२१ फुल बेञ्च माननीय का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह...

निर्णय नं. २३७           ने.का.प. २०२१

फुल बेञ्च

माननीय का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फू.नं. ३५१

निवेदक, प्रतिवादी : ख. आशामान शाक्य ।

विरुद्ध

विपक्षी वादी : मुक्तिनारायण श्रेष्ठ

मुद्दा : अशं अबण्डाको घर दिलाई पाउँ

(१)   पक्षले नै जालसाजी किर्ते भन्न नसकेपछि अदालतले जालसाजी किर्ते भन्न नमिल्ने ।

            मिसिल सामेल रहेको ५३ साल पौष वदी २ रोज २ को बण्डा पत्र शिर व्यहोरामा बण्डा पत्रमा लेखेको भएतापनि अहिले बण्डा गर्नु नहुँदा स्वबासी घर १ सबै जना बाबा महतारी दाज्युभाई जना ११ को पनि अंश गर्नु बाँकी छभन्ने उल्लेख भएको सो व्यहोरामा कसैको सहिछाप परेको नदेखिएकोले सो व्यहोरा पछि थपिएको हो कि के हो भन्नेतर्फ समाधान गर्नुपर्ने देखिन्छ । सोही बण्डापत्रको किनारामा लेखिएको व्यहोरामा पनि कसैले सहिछाप नपरेको र यही ५३ सालको बण्डापत्रको दोहरीबेञ्चबाट निवेदक पक्षबाट मागी हेर्दा, सो बण्डापत्रको शिर व्यहोरा जति च्यातिएको देखिएको पेश भएको बण्डापत्रको पेश व्यहोरामा लेखिएको अक्षर मसी टाँका र सा बण्डापत्रको शिर व्यहोरामा र किनारामा लेखिएको व्यहोरासमेतको अक्षर टाँका मसी सबै एकै मिलान देखियो । मुख्यतः अपील तेश्रोबाट सो बण्डा पत्र सद्दे किर्तेमा निवेदककै दता वादीको अंशियार खूद कारणी प्रतिवादी चन्द्रलाललाई सुनाउँदा बण्डापत्र सद्दे किर्तेमा छुट्याउने र सद्दे किर्तेमा बयान गर्न सक्दिन अड्डैबाट ऐन सवालबमोजिम होस भनी बयान गरेको देखिएकोले बण्डापत्रको शिरमा लेखिएको घर अबण्डा परेको बोली पक्षले नै जालसाजी किर्ते भन्न नसकेपछि अदालतले जालसाजी किर्तेको भनी भन्ने मिल्ने अवस्था देखिएन ।

 (प्रकरण नं. १८)

(२)   बण्डा भईसकेको भनी दावी लिएमा दावी लिनेले बण्डापत्र पेश गर्नुपर्ने ।

            ९२ साल श्रावण ३२ गते भरादारीका फैसलालेसमेत झगडा परेको घर वादीकोसमेत हक लाग्ने अबण्डा हो भन्ने फैसलामा बुँदा लेखिएको पनि उक्त भारादारीका फैसलाले अबण्डा रहेको देखिदैन भन्ने निवेदकको वकिलले बहसको सिलसिलामा जोड दिनु भयो र त्यसतर्फ के हो भनी वादी प्रेमध्वज जोसी प्रतिवादी गोपीलाल श्रेष्ठ भएको भारदारी तेस्राबाट फैसला भएको भनेको प्रमाणको निमित्त आएको मिसिल हेर्दा, यिनै वादी मुक्तिनारायण श्रेष्ठको नाउँमासमेत नालेस परेको दखिएको मुक्तिनारायणको हक नभए अर्थात अबण्डा नरहेको भए निजका नाउँमा फिरादपत्र दायर हुनपर्ने अवस्था पनि नपर्ने र उस मुद्दामा गोपीलाल, विष्णुलाल, गंगादेवी, ललितादेवी, मुक्तिनारायणसमेतले ९०।३।३ मा प्रतिउत्तर दिंदा अबण्डा रहेको घर भनी प्रति उत्तर फिराएको र आखिर ९२।४।३२ मा भारादारी तेश्रो फाँटबाट फैसला हुँदा ५३ सालका बण्डापत्रमा लेखिएका ११ अंशियार मध्ये २ जना बाबुआमा मरेबाट बाबु आमाको भाग सबै छोराले बराबर बाँडी खानु पाउने गरी जम्मा ९ अंशियार कायम गरेको देखिएकोले बण्डापत्रमा अबण्डा जनिएको घर त्यस अघिनै अंश बण्डा लागी सकेको भए त्यसरी ९ अंशियार कायम गर्नुपर्ने उक्त फैसलाले अंशियार कायम गरिसकेपछि बण्डा भईसकेको कागजसमेत प्रतिवादीतर्फबाट पेश दाखेल हुन नआएकोले झगडा परेको घर अबण्डा हैन भन्न मिल्ने देखिएन ।

 (प्रकरण नं. १९)

निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद उपाध्याय ।

फैसला

      १.     सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलाउपर चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भन्नेसमेत व्यहोराको निवेदकले दिनु भएको बिन्तिपत्रमा भई आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुन आएको दुवै पक्ष राखी प्रस्तुत मुद्दाको मिसिल हेर्दा,

      २.    हर्षवीरको ९ छोरा बाज्येबज्यैसमेतको गरी धनमालसमेत ११ अंश गरी घर अबण्डा राखी १९५३ साल बैशाख बदी २ मा बण्डा भएको अरु भाईको अपुतालीसमेत परी हामी बाँकी अंशियार विष्णुलाल, चन्द्रलाल, नारायनदास, मसमेत ४ जनाको हुनाले प्रतिवादी ३ जनाको र मेरोसमेत हक लाग्ने मेरो भाग ४ खण्डको १ खण्ड छुट्याई देउ भन्दा अंश नदिएकाले अड्डैबाट छुट्याई दिलाई पाउँ भन्नेसमेत वादी ।

      ३.    वादी दावको घर निजको हक लाग्ने नभई ब्लक नं ९।५९७ को घर आशामानलाई रु. ३५०१ । मा १२।९।१५ मा भोग बन्धकी दिएको सोसमेत जोडिएको ९।५९८ को मा विष्णुलालको हक छ । वादी झट्ठा भन्नेसमेत चन्द्रलाल भन्ने चन्द्रप्रकाशको प्रतिवादी ।

      ४.    अरु प्रतिवादीहरूले म्याद गुजारेको ।

      ५.    मैले बन्धकी लिएको सदर गरी पाउँ भन्नेसमेत आशामानको बयान ।

      ६.    ६० वर्ष पछि अबण्डा घरबण्डा गरिपाउँ भन्ने वादी दावा पुग्न सक्तैन भन्नेसमेत रा.का.दे.दो. को ०१३।८।५।३ को फैसला ।

      ७.    मैले बण्डा गरी छुट्याई पाउनुपर्ने भन्नेसमेत वादी मुक्तिनारायणको अपील ।

      ८.    शुरुको इन्साफ सदर गरी अपील तेश्राका हाकिम सुब्बा ईश्वरी जंगबहादुर सिं र विचारी प्रेमबहादुरले ०१८।५।२।६ मा फैसला गरेको ।

      ९.    बण्डापत्र र भारदारीका फैसलासमेतबाट झगडा परेको घर वादीकोसमेत हक लाग्ने अबण्डाको देखिएकोले चन्द्रप्रकाशको भागको भोग कायम गरी वादीका भागको बदर भई आशामानको थैली दामासाहीले कपाली हुनेसमेत ठहराई अपील तेश्राका ख. दिलबहादुरले राय पर्चा गरेको ।

      १०.    हाकिम विचारीको इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको अपील ।

      ११.    असिष्टेण्टको राय पर्चाउपर चित्त बुझेन भन्ने चन्द्रलाल भन्ने चन्द्रप्रकाशको र साहु आशामान शाक्यसमेतका छुट्टाछुट्टै अपील ।

      १२.   बुझिएसम्मको प्रमाणबाट अपील तेश्रोका असिष्टेण्ट खरिदार दिलबहादुरका राय पर्चा मनासिव ठहराई मध्यमाञ्चल उच्चअदालत सिंगलबेञ्चबाट ०१७।३।२० मा फैसला भएको ।

      १३.   उक्त इन्साफमा चित्त बुझेन इन्साफ जाँची पाउँ भन्नेसमेत आशामानको निवेदनमा भई आएमा हुकूम प्रमांगीबमोजिम दोहरी डिभिजन बेञ्चमा पेश हुँदा ।

      १४.   डि. प्रेमध्वज जोशीको र कुलबहादुरसमेतको घर बाहाल मुद्दामा बाबु आमाको भाग २ छोराहरूको भाग ९समेत जम्मा ११ भागमा बाबु आमा मरेकाले भोग बन्धकमा कुलबहादुरले दिए मध्ये ९ भागको १ भागसम्म सदर गरी बाँकी भाग ८ बदर गर्ने गरी भारदारी तेश्रा ९२।४।३२।६ मा भएको जाहेरी फैसलामा बाँकी ८ भागको थैली कपालीमा ऐनबमोजिम गरी लिन पाउँछ । अरु सदर भन्नेसमेत ९२।५।६।५ मा श्री कमाण्डर इन्चीफबाट तोक फैसला भएको प्रमाणको मिसिलबाट देखिएकोले हाल जम्मा ४ अशिंयार देखिएकोले जम्मा ४ भागको १ भाग वादी दावीको बदर हुने भोग गर्न नपाएकोमा थैलीको दामासाहीले निवेदकले कपालीमा उजुर गरेको बखत ठहरेबमोजिम हुने हुनालेसमेत इन्साफ मध्यमाञ्चल उच्च अदालतले ०१७।३।२० मा छिनेको मनासिव छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०१९।९।१९।५ को फैसला ।

      १५.   डिभिजन बेञ्चबाट भएको उक्त फैसलाउपर चित्त बुझेन मुद्दा दोहर्‍याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको ख.आशामान शाक्यको बिन्तिपत्रका यो निवेदनको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा एकपटक फुल बेञ्चबाट इन्साफ जाँची ऐन सवालबमोजिम गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको ०२०।२।२१ को आदेश ।

      १६.    यसमा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत माननीय प्रधान न्यायाधीशज्यूबाट भएको २०।३।९ को आदेश ।

      १७.   गत चैत्र ७ गतेको पेशीमा निवेदक, प्रतिवादी ख.आशामान वादी मुक्तिनारायणलाई रोहवरमा राखी निवेदकतर्फबाट रहनुभएको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद उपाध्यायले गर्नु भएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी दावीको घर अबण्डा होइन भन्ने प्रश्न नै निर्णय गर्नुपर्ने हुन आयो ।

      १८.   मिसिल सामेल रहेको ५३ साल पौष वदी २ रोज २ को बण्डापत्रको शिर व्यहोरामा बण्डापत्रमा लेखेको भए तापनि अहिले बण्डा गर्नु नहुँदा स्ववासी घर १ सबैजना बाबा माहतारी दाज्युभाइ जना ११ को पनि अंश गर्नु बाँकी छ भन्ने उल्लेख भएको सो व्यहोरामा कसैको सहीछाप परेको नदेखिएकोले सो वयहोरा पछि थपिएको हो कि के हो भन्ने तर्क समाधान गर्नुपर्ने देखिन्छ । सोही बण्डापत्रको किनारामा लेखिएको व्यहोरामा पनि कसैको सहीछाप नपरेको र यही ५३ सालको बण्डापत्रको दोहरीबेञ्चबाट निवदेक पक्षबाट मागी हेर्दा, सो बण्डापत्रको शिर व्यहोरा जति च्यातिएको देखिएको पेश भएको बण्डापत्रको पेट व्यहोरामा लेखिएका अक्षर मसी टाँका र सो बण्डापत्रको शिर व्यहोरामा र किनारामा लेखिएको व्यहोरासमेतको अक्षर टाँका मसी सबै एकै मिलान देखियो । मुख्यतः अपील तेश्राबाट सो बण्डापत्र सद्दे किर्तेमा निवेदककै दाता वादीको अंशियार खूदकरणी प्रतिवादी चन्द्रलालालाई सुनाउँदा बण्डापत्र सद्दे किर्तेमा छुट्याउने र सद्दे किर्तेमा बयान गर्न सक्दिन अड्डैबाट ऐन सावलबमोजिम होस भनी बयान गरेको देखिएकाले बण्डापत्रको शिरमा लेखिएको घर अबण्डा परेको बोली पक्षले नै जालसाजी किर्ते हो भनी नसकेपछि अदालतले जालसाजी किर्ते भन्न नसकेपछि अदालतले जासलाजी किर्ते हो भनी भन्न मिल्ने अवस्था देखिएन ।

      १९.    ९२ साल श्रावण ३१ गते भारादारीका फैसलालेसमेत झगडा परेको घर वादीकोसमेत हक लाग्ने अबण्डा हो भन्ने फैसलामा बुँदाले लेखिए पनि उक्त भारदारीका फैसलाले अबण्डा रहेको देदिंदैन भन्ने निवेदकको वकीलले बहसको सिलसिलामा जोड दिनु भयो । त्यसतर्फ के हो भनी वादी प्रेमध्वज जोशी प्रतिवादी गोपीलाल श्रेष्ठ भएको भारादारी तेश्रोबाट फैसला भएको भनेको प्रमाणको निमित्त आएको मिसील हेर्दा, यिनै वादी मुक्तिनारायण श्रेष्ठका नाउँमासमेत नालेस परेको देखिएको मुक्तिनारायणको हक नभए अर्थात अबण्डा नरहेको भए निजका नाउँमा फिरादपत्र दायर हुनुपर्ने अवस्था पनि नपर्ने र उस मुद्दामा गोपीलाल, विष्णुलाल, गड्डादेवी, ललितादेवी, मुक्तिनारायणसमेतले ९०।३।३ मा प्रतिउत्तर दिंदा अबण्डा रहेको घर भनी प्रतिउत्तर फिराएको र आखिर ९२।४।३२ मा भारादारी तेश्रो फाँटबाट फैसला हुँदा ५३ सालका बण्डापत्रमा लेखिएका ११ अंशियारमध्ये २ जना बाबुआमा मरेबाट बाबु आमाको भाग सबै छोराले बराबर बाडी खानु पाउने गरी जम्मा ९ अंशियार कायम गरेको देखिएकोले बण्डापत्रमा अबण्डा जनिएको घर त्यस अघि नै अंशबण्डा लागी सकेको भए त्यसरी ९ अंशियार कायम गर्नुनपर्ने उक्त फैसलाले अशिंयार कायम गरी सकेपछि बण्डा भईसकेको कागजसमेत प्रतिवादीतर्फबाट पेश दाखेल हुन नआएकोले झगडा परेको घर अबण्डा हैन भन्न मिल्ने देखिएन ।

      २०.   झगडा परेको घर मध्यमाञ्चल उच्च अदालतले अबण्डा रहेको ठहराई हदमुनी गरी छिनेउपर निवेदकको दाता वादीका अंशियार प्रतिवादी चन्द्रलालले कुनै प्रकारको कारवाई नचलाई चित्त बुझाई बसेकै देखिएको र निवेदकको थैलीको हकमा ४ भागको १ भाग वादी दावीको बदर गरी बदर भएको थैलीको दामासाहीले निवेदकले उजुर गरेका बखत ठहरेबमोजिम हुने गरी डिभिजन बेञ्चले फैसला गरेको देखिएकोलेसमेत इन्साफ सर्वोच्च अदालत डिभिजन बेञ्चले ठहराई छिनेको मनासिव छ । इन्साफ दोहर्‍याए वापत निवेदक आशामान के अ.बं. २०४ नं. ले अघिका सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलाले गरेको दण्ड रु. १।२५ को दशौद रु. ।१३ तेह्र पैसा थप जरिवाना हुन्छ रुजू हुँदा ऐन सवालबमोजिम असूल गर्न तहसीलमा लगतदिन नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

इति सम्वत् २०२० साल चैत्र १४ गते रोज ६ शुभम् ।