निर्णय नं. २३५ – महमैन लुटपीट
निर्णय नं. २३५ ने.का.प. २०२० फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री भैरबप्रसाद उपाध्याय न्यायाधीश श्री वासुदेव शर्मा दे.फु.नं. ६८ निवेदक, प्रतिवादी...
निर्णय नं. २३५ ने.का.प. २०२०
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री भैरबप्रसाद उपाध्याय
न्यायाधीश श्री वासुदेव शर्मा
दे.फु.नं. ६८
निवेदक, प्रतिवादी : आशबहादुर गुरुङसमेत
विरुद्ध
विपक्षी, वादी : खड्गध्वज गुरुङसमेत
मुद्दा : महमैन लुटपीट
(१) अ.बं. ७३(९९) अन्याय भए जति कलममा एकै पटक दावी लिई नालिस नदिए त्यस्तो नालेस खारेज हुने ।
मह भरीतर्फ दावी केही नलिई मह मैन तर्फमात्र बिगो पक्री दावी गरेको “अन्याय भएको जति कलममा एकै पटक नालिस दिनुपर्छ सोबमोजिम नगरी पहिले दिएको नालिसको रुप विचार गरी मात्र सो मुद्दाको सो रुपले अरु कुरामा पछि नालिस दिने नियतले बाँकी रहेको मुद्दामा पछि वादी दिनसमेत पाउँदैन” भन्नेसमेत उस बखत प्रचलित अ.ब. ९९ नम्बरका ऐन र हालको प्रचलित मुलुकी ऐन अ.बं. ७३ नम्बरमा लेखिएको हुनाले सो ऐन मुताविकको वादीको यो उजुर नालेस नहुँदा वादीको ०११।७।२५।४ मा दर्ता गरेको यो फिराद दावी खारेज हुने ठर्हछ ।
(प्रकरण नं. १७)
निवेदक तर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे ।
विपक्षी तर्फ : प्लीडर नन्दिकेशर ।
फैसला
१. हाम्रा दर्ताको काउलो भीरसमेतको मह मैन ०११।६।१८ का दिन मह काढ्न भनी हामीहरू गएकोमा अन्यायी ६ जना र अरु नचिनेका १५।१६ जनासमेत भइ जम्मा भइ मिली लान लागेको हामीहरूले देखी रोकावटगर्दा जवरजस्ती मह टिन १३ र मैन धार्नी १५ लगेकोले र ०९ सालको तिरोमा गडबड गरी नबुझाई कुन्छा मालमा गई धरौट राखे छापवस्तामा राखेको हराएकोले ०११।२।१७ मा गोश्वारमा हुलिया दिएको सो छाप भेटी वा के परिबन्दबाट रसिद गरेका छन भन्ने सुनेको र अघि परेका लूटपीट मुद्दामा पनि रसिद छ भनेमा सो रसिद देख्न पाएमा उजुर गर्नेछौं । ०८।९।१० सालको बाली सेर्मा मालमा ल्याएकोले ८।९ सालको मालकै रोहरवरमा बुझी रसिद दिएका छौं । ०१० सालको त्यस्तै गरेकाले निजहरूलाई रु. २५।– जरिवान भएको छ । सो मह मैन उधौली ७ भीरको जवरजस्ती लगेकोले मह धार्नी १ के रु. १६।– ले २०८।– र मैन धार्नी १५ के मो.रु. ६।– ले ९०।– समेत रु. २९८।– अन्यायवालहरूबाट भराई पाउँ भन्ने वादी खड्गध्वजसमेत ।
२. वादीहरूको मह मैन काउलो ठेकी भीरसमेत ७ भीरमा र अरु १२ भीरमा मौरी बसेको सो भीर हाम्रो वैरानी भित्रको गोश्वारा चलन गरी आएको भई घरबाट १।१ जनाका हिसाबले गई मह काटी दामासाहीले खाई आएको हो । रसिदबाट र सरजमिन बुझेमा देखिने छ । दर्ता वादीहरूको भनेकालाई १ जनाको नाम नलेखी खड्गध्वज मु.मान सिं, धर्मराजसमेत भन्ने लेखिएबाट गोश्वार नै देखिने गाउँका एरिया भित्रको महमैन २।३ जनाकोमात्र हुन नसक्ने, गोश्वारको सन्धी सर्पनलाई एकलौटी भनेका गोश्वारा कायम गरी मिलापत्रसमेत भएको सो १८ गते मह काट्न गएको र वादीहरूसँग भेट भएकोसमेत हैन, रैतीलाई तिरो बुझाएको रसिद नदिएकाले ०९ सालको तिरो मालमा राखी गएकोमा रसिद दिनुपर्छ भनेकोले बुद्धिप्रसादसमेतलाई रसिद लेख्न लगाई हामीलाई दिएको हो । गोश्वारीलाई एकलौटी भनेमा सजाय गरी पाउँ भन्ने प्रतिवादीबहादुर गुरुङसमेत ।
३. वादीका साक्षी ५ जनाले वादीको एकलौटी प्रतिवादी ५ जना साक्षीले गोश्वारी भनेको र मालबाट आएको दर्ता उतारमा पनि वादीहरूकै नाममा दर्ता भएको देखिएको र प्र.हरूले माग खाने गरेको भए गोश्वारी दर्ता भनी लेखिनु पर्ने । सो भएको नदेखिएकोले र दर्तावालाका हक टुटेको लिखत वेगर प्रतिवादीले पेश गरेको १ सालमा रसिदको भरबाट र साक्षीका भरले गोश्वारी नै हो भनी ठहराउन मनासिव भई गोश्वारी भनी लगेमा प्रतिवादी सावित भएकाले वादीदावीबमोजिमको बिगो प्र.हरूले वादीहरूलाई दिनुपर्ने ठर्हछ भन्ने कुन्छा अदालतको फैसला ।
४. सो फैसालमा चित्त बुझेन भन्ने प्रतिवादीको अपील परेकोमा प्र.हरूले गोश्वरा दर्ता भई गोश्वराबाट १।१ जना भई दामासाहीले बाँडी लिने भन्ने जिकिर लिएको र वादीहरूलाई नबोलाई नलगी प्र.हरूलेमात्र गई मह काटी ल्याएकोमा प्र .हरूलेनै सावित भएको देखिएबाट प्र.हरूको कुरा साँचो भन्न नहुने हुँदा इन्साफ शुरु कुन्छा अदालतले गरेको मनासिव भन्ने अपील दोश्राको फैसला ।
५. सो अपील दोश्रा फाँटको फैसलाउपर चित्त बुझेन भन्ने प्रतिवादीहरूको अपील परेकोमा मुख्य सो भीर वादीहरूको नाउँमा दर्ता देखिएको त्यसतर्फ हक टुटाई प्रतिवादीहरूले लिएको सबुद केही दिन नसकेकोलेसमेत शुरुको सदर गरी अपीलले गरेको इन्साफ मनासिव ठहराई गरेको ०१३।२।३१।४ को स.अ. सिंगलबेञ्चको फैसला ।
६. सो फैसलाउपर चित्त बुझेन रिभ्यू गरी पाउँ भन्ने प्रतिवादीहरूको रिभ्यूको निवेदन।
७. झगडा परेको जग्गा रीत–स्थिति के–कस्तो छ र सो जग्गा तालुकदारलेमात्र भोगी आएको वा गाउँले सबैले साझा गरी भोगी आएको के रहेछ साँध सिंधियार बुझी आएपछि पेश गर्नु भन्ने ०१३।१२।३० का सिंगलबेञ्चको आदेशबमोजिम बुझाएको सरजमिन मुचुल्का ।
८. हाम्रा गाउँमा गोश्वरीबाट तिरो तिरी गोश्वरी भई खाई आएको । सो भुजुङ् गाउँको पनि सोही चलन हो भन्नेसमेत बुझिएको सरजमिनहरू १८ जवानले दिएको र तिरो बुझाई पाउँ भन्ने कुन्छा मालमा दिएको ०१३।१।३ को दर्खास्तको कच्चा वारीमा बृजमान गुरुङ्ग्को १।६६।३ लेखिएको । त्यसको देहायका मह भीर खर्चरिसमेतको रु. ।४ भिन्नसमेत धेरै कलम कलममा मह भीर खर्चरीकोसमेत तिरो धरौट दाखिला भएको र जि.मु. खड्गध्वजलाई झिकाई बुझेमा सो तिरो म जिम्माको हो म काहाँ बुझाउन नल्याएकोले निजैहरूलाई ऐनबमोजिम हवस् भन्नेसमेत कागज गरी दिएको भन्ने उक्ति परी सो धरौटी सदर स्याहा गर्ने गरी ०१३।४।२३ मा पर्चा गरेको भनी नक्कल छलफलमा पेश गरेको हुनाले रिभ्यूको निस्सा भएको छ दर्ता गरी पेश गर्नु भन्ने ०१६।१२।१२ मा स.अ. सिंगलबेञ्चको आदेश भई रिभ्यूको निस्सा भएको ।
९. तालुकदारले वादीहरूले तिरो बुझी दिएन भनी ०१२ साल बैशाख बेगते रैती जवान १४८ को वारेस भई आफ्ना हकमा वीर सुवा गुरुङ्ग्ले दिएको कुन्छा मालमा रैतीहरूको खल्ला गरी कच्चा नाउँ लेखि सकेपछि आखिर पुछारमा माथि लेखिएको ०११ सालको बाली नबुझेको भन्ने दर्खास्तबाट देखिएको र २०१० सालको बाली तालुकदारले नबुझेमा मालमा दर्खास्त गर्दा पनि रैतिहरूले ठाउँ ठाउँमा मह भीरको तिरोसमेत बुझाउनु पर्ने भनी रैतीले मालमा धरौट राख्न ल्याएको तिरो मालका पर्चाबाट तालुकदारलाई बुझाई रैतीलाई रसिद दिनु भनी तालुकदारलाई बुझाई रैतीलाई रसिद दिनु भनी तालुकलारलाई सुनाउने गरेको पर्चाबमोजिम तालुकदारले रैती पिच्छे रसिद गरी दिएकोबाट मह भीरको तिरोसमेत रैतीहरूबाट पनि बुझी लीईसकेको देखिएकालेसमेत छलफलमा वादीहरूलाई झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१७।३।२।४ को स.अ. सिंगलबेञ्चबाट आदेश भएको ।
१०. ०१३।२।३१।४ मा सर्वोच्च अदालत सिंगलबेञ्चबाट अन्तिम फैसला भई किनारा भईसकेको र रिभ्यूको निस्सा हुँदा ०१३।४।२३ गते कुन्छा मालबाट भएको पर्चा र ०१४।६।७ मा भएको सरजमिन मुचुल्का आधार लिएको देखिइ यसै मुद्दा फैसला हुनु भन्दा पछि खडा भएको सबुद प्रमाणको आधार लिन नमिल्ने भएको हुनाले इन्साफतर्फ अब केही विचार गर्नुनपर्ने हुँदा ०१६।१२।१२ को सर्वोच्च अदालत सिंगलबेञ्चले रिभ्यूको निस्सा दिएको निवेदनपत्र खारेज हुने ठर्हछ भन्नेसमेत ०१८।४।३०।२ मा सर्वोच अदालत डिभिजन बेञ्चबाट फैसला भएको ।
११. उक्त इन्साफमा चित्र बुझेन दोहरार्इं पाउँ भन्ने प्रतिवादीहरूले दिएको तो.नं. ९०४ को निवेदनमा यसमा एकपटक डिभिजन बेञ्चबाट दोहराई हेरी इन्साफ गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने ०१९।१२।६।३ मा बक्स भई आएको हुकुम प्रमांगी रहेछ ।
१२. उक्त हुकुम प्रमांगीबमोजिम गर्नु मुद्दाको लगतमा दर्ता गरी पेश गर्नु भन्ने श्रीमाननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१३. यसमा मह भीरहरू निवेदकहरूसमेतको हक लाग्ने हो कि वादीहरूकोमात्र हक लाग्ने के हो ? त्यस कुराको निर्णय दिनु पर्ने भनी ।
१४. निवेदकहरूको वारेस टिकाराम गुरुङ र आदेशबमोजिम झिकाई आएका गुमान सिंसमेतको वा.समेत जि.मु. खड्गध्वज गुरुङ रही नियमबमोजिम पेश हुुन आएको निवेदकतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे र खड्गध्वजतर्फका विद्वान वकिल प्लीडर नन्दीकेशरको बहससमेत सुनी प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा, ०१२।५।१०।६ मा कुन्छा मालबाट आएको दर्ता मोठ उतारमा जि.मु. धर्मराज खड्गध्वज गुमान सिं गुरुङसमेत लेखिएको त्यसमा ३ जना तालुकदारको नाउँ पछिसमेत भन्ने शब्द लेखिएकोबाट गाउँलेहरूको पनि हक देखिने भन्ने प्रतिवादीहरूको जिकिरका हकमा सो दर्ता उतार हेर्दा, जि.मु. धर्मराज गुरुङ गुमान सिं गुरुङ खड्गध्वजसमेतको काउलो भीर १, लेचेमा भीर १, लेग भीर १, नयाँ भीर १, थाहु भीर १, न्याउलो भीर १, ठेकी भीर १, समेत भीर ७ को मह भीर लेखेको रहेछ सोही दर्ताको उतारमा मह भीरको नाउँ आखिरमा पनिसमेत लेखि ७ मह भीर भनी लेखेबाटसमेत भन्ने शब्दले ३ जना तालुकदार दर्तावालालाईमात्र समष्टीरुपबाट देखिएको प्रष्ट देखिन आएकोले त्यसबाट दर्ता ३ निज ३ जना तालुकदारकै नाउँमामात्र भएको देखियो । ९१ साल देखि तालुकदारहरूका नाउँमा दर्ता भएको आफ्नोसमेत हक लाग्ने भए सो दर्ताबारे उजुर गरी बदर गरी आफ्नो गराउन सक्नुपर्ने सो प्रतिवादीहरूले गर्न सकेको नदेखिएको । दर्तावाला तालुकदारको हक टुटाई आफ्नोसमेत हक लाग्ने लिखत प्रमाण प्रतिवादीहरूले पेश गर्न नसकेको । ९१ सालदेखि ०९ सालसम्मको रसिद प्रतिवादीहरूले पेश गर्न नसकी खाली १० साल एककोमात्र रसिद छापसम्म लागेको पेश गरेको सो रसिद वादीको हराएको छापबाट खडा गरेको भन्ने वादीतर्फको जिकिर भएको । केको आधारमा सो रसिद लिएको हो त्यसको कुनै लिखत प्रतिवादीले दाखिल गर्न नसकेकोबाटसमेत इन्साफ सर्वोच्च अदालत सिंगलबेञ्चले छिनेको मनासिव ठर्हछ भन्ने ०२०।६।२८।२ को डिभिजन बेञ्चको फैसला ।
१५. सो इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने प्रतिवादी बहादुर गुरुङसमेतको निवेदनमा एकपटक नियमबमोजिम फुल बेञ्चबाट इन्साफ जाँची ऐनबमोजिम निर्णय गरी दिनु भन्नेसमेत २०।८।१७।३ मा हुकुम प्रमांगी बक्स भई आएको ।
१६. यसमा उक्त हुकुम प्रमांगीबमोजिम इन्साफ जाँच्न प्रस्तुत मुद्दाको तारेखमा रहेका निवेदक, प्रतिवादीको वारेस लालबहादुर गुरुङ विपक्षी, वादी वारेससमेतको खड्गध्वजसमेत रोहवरमा राखी निवेदकबाट रहनुभएका विद्वान वकिल एडभोकेट कृष्णप्रसाद उपाध्याय घिमिरे तथा विपक्ष वादीतर्फबाट रहनुभएका विद्वान वकिल एडभोकेट गंगाप्रसाद उप्रेतीले गर्नुभएको बहससमेत सुनी २०२१।२।३० गते छलफल भई आज निर्णय सुनाउने तारेख तोकिएको यो मामिला हेर्दा,
१७. वादी खड्गध्वजसमेत ३ जनाले दिएको प्रस्तुत मुद्दाको फिराद उजुरी भन्दा अगावै २०११।२।१७।१ मा यिनै खड्गध्वजसमेत ३ जनाले बहादुर गुरुङसमेत १५ जनाउपर “हाम्रो दर्ताको काउलो भीरसमेत ७ भीरको मह टिन ६२ मैन धार्नी २५समेत ०११ साल जेष्ठ ५।६।७ गते प्रतिवादीले लगे जम्मा बिगो रु. ११५४। भराई सजाय गरी पाउँ” भनी फिराद दिएकोमा “वादी र अरु गाउँले हामीसमेतका कुरियाले काट्ने गरी आएको खास गोश्वारा भीर हुँ । वादीको एकलौटी होइन हामीसँग मह भीरसमेतको तिरो यिनै वादीले बुझी रसिद गरी दिएको छ” भन्नेसमेत बहादुर गुरुङसमेतको ०११।७।१६ गते प्रतिवादी परेको सो मुद्दामा भीर प्रतिवादीहरूले वादीको एकलौटी होइन हाम्रोसमेत हकको हो । रसिदसमेत लिएका छौं भनी भीरमा आफ्नो हक देखाएको कुरा प्रस्तुत मुद्दाकै फिरादपत्रमा उल्लेख गरेकोेले उपयुक्त मुद्दामा परेको प्रतिवादीको कुरा हेरी जाँची बुझिसकेपछि फेरी “हाम्रा दर्ताको ७ मह भीरको मह टिन १३ मैन धार्नी १५ काढीबहादुर गुरुङसमेत ६ जनाले ०१६।६।२८ गतेका दिन जवरजस्ती लगे अघि परेको लुटपीट मुद्दाको प्रतिवादीमासमेत रसिद छ भनी प्रमाण दिएकाले सो रसिद देख्न सुन्न पाएमा उजुर गर्नेछौं । जम्मा बिगो रु. २९८। भराई सजाय गरी पाउँ” भनी अघिल्ला मुद्दामा उजुर गर्ने वादी खड्गध्वजसमेत ३ जनाले नै ५ महिना पछि ०११।७।२५ गतेका दिन अर्को फिराद दर्ता गरी कारवाई चलेको यो मुद्दा देखिन आयो । म भरीतर्फ दावी केही नलिई महमैनतर्फ मात्र बिगो पक्री दावी गरेको अन्याय भएको जति कलममा एकै पटक नालिस दिनुपर्छ । सोबमोजिम नगरी पहिले दिएका नालेसको रुप विचार गरी मात्र सो मुद्दाको सो रुपले अरु कुरामा पछि नालिस दिने नियतले बाँकी रहेको मुद्दामा पछि वादी दिनसमेत पाउँदैन भन्नेसमेत उसबखत प्रचलित अ.बं. ९९ नम्बरको ऐन र हालको प्रचलित मुलुकी ऐन अ.बं. ७३ नम्बरमा लेखिएको हुनाले सो ऐन मुताविकको वादीको यो उजुर नालेस नहुँदा वादीको ०११।७।२५।४ मा दर्ता गरेको यो फिराद दावी खारेज हुने ठहर्छ व। उजुरै खारेज भएकाले वादी प्रतिवादी कसैलाई केही गर्नु पर्दैन । शुरु र अपीलसमेत तपसीलमा अदालतहरूले गर्ने गरेको दण्ड जरिवाना नलाग्ने हुँदा तपसीलबमोजिम गर्नु लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
तपसील
देहायका मानिसके माथि इन्साफ खण्डमा लेखिएबमोजिम उजुरै खारेज भएकोले देहायका अदालतहरूबाट भएको देहायको दण्ड जरिवाना नलाग्ने हुँदा असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी तहसीलमा लगत दिने ………………………….१
कुन्छा अदालतमा ०१२।५।१२।२ का फैसलाको
लमजुङ्ग १० थर भुजुङ बस्ने बहादुर गुरुङके दण्ड रु. १२।४२, ऐ.ऐ.बस्ने आशबहादुर गुरुङ के ऐ. १२।४२, ऐ.ऐ.बस्ने जगजित गुरुङ के ऐ १२।४१, ऐ बस्ने मानबहादुर गुरुङ के १२।४२, ऐ बस्ने हाड्गै्र गुरुङ के ऐ. १२।४२, ऐ. बस्ने वीरलाल गुरुङ के १२।४१, ऐ. ऐ.बस्ने जि.मु खड्गध्वज गुरुङ के जिताउरी १।, ऐ.ऐ. बस्ने जि,मु.गुमान सिं के ऐ ।९९, ऐ.ऐ. बस्ने गर्भ बहादुर गुरुङ के ज.रु. ।१३, ऐ,ऐ.बस्ने क्रिमन गुरुङले ऐ १३, ऐ, तल्लो धन पोखरा बस्ने ह, देवी बहादुर गुरुङके ।१३, ऐ. १० थर भुजुङ्ग बस्ने वदनध्वज गुरुङ के १, ऐ,ऐ, बस्ने जंगध्वज गुरुङ के ऐ.ऐ १, ऐ.ऐ.बस्ने प्रजापति गुङ्गग के १, ऐ. बस्ने जि.मु. दुधजन गुरुङ के जिताउरी ।९९, ऐ. बस्ने डम्बर सिं घर्ती के ज.रु. ।१३, ऐ. बस्ने कुमान सिं गुरुङ के ऐ ।१३, ऐ. बस्ने किर्तिमान गुरुङ के ऐ. ।१३, ऐ. तल्लोधन पोखरा बस्ने शुल गुरुङ के ऐ ।१३, ऐ. दशथर भुजुङ्ग बस्ने पंथग्राही गुरुङ के ऐ. ।१, ऐ बस्ने पार सुब्बा गुरुङ के ऐ ।१
ऐ बस्ने प्रतिवादीबहादुर गुरुङ मानबहादुर गुरुङ आशबहादुर हाड्ग्रे गुरुङ जगजित गुरुङ वीरलाल गुरुङसमेत ६ जनाबाट वादी जि.मु. खड्गध्वज गुरुङ दुदजन गुरुङ गुमान सिं गुरुङसमेत ३ जनाले भरी पाउने भनेको बिगो मो.रु. २९८।
अपील दोश्रो फाँटका २०१२।८।३०।५ का फैसला र अ.त फौ.का.१३।१।१५।६ का लगतले लागेको ।
ऐ, बस्नेबहादुर गुरुङ के दण्ड रु, १।२५, ऐ बस्ने मनवीर गरुङ्ग के दण्ड रु. १।२५, ऐ, बस्ने आशबहादुर गरुङ्ग के ऐ. १।२५, ऐ.बस्ने जगजित गरुङ्ग के ऐ. १।२५, ऐ. बस्ने हाड्ग्रे गुरुङ के ऐ. १।२५, ऐ बस्ने वीरलाल गुरुङ के ऐन १।२५,
सर्वोच्च अदालग सिंगलबेञ्चको २०१३।२।३१ का फैसला र अ.त.फौ.का. १३।४।१५।२ का लगतले लागको
ऐ.बस्नेबहादुर गुरुङ के रु. ।६३, ऐ.बस्ने हाङग्रे गुरुङ के ऐ. ६३, ऐ बस्ने वीर लाल गुरुङ के.ऐ. ६३, ऐ, बस्ने
ऐ, ऐ.बस्ने आशबहादुर गुरुङ के ऐ. ।६३, ऐ बस्ने जगजित गुरुङ के ऐ. ।६३, ऐ बस्ने मनवीर गुरुङ के ऐ. ।६३
सर्वोच्च अदालत डिभिजन बेञ्चका २०२०।६।२८।२ का फैसला र का.दे. का २०।८।८।१ का लगतले लागेको ।
ऐ बस्ने आशबहादुर गुरुङ के दण्ड रु. १।२५, ऐ बस्ने बहादुर गुरुङ के ऐ. १।२५, ऐ, बस्ने लालवीर गुरुङ के ऐ १।२५, ऐ, बस्ने हाड्ग्रे गुरुङ के ऐ. १।२५, ऐ.बस्ने मन वीर गुरुङ के ऐ. १।२५, ऐ.बस्ने जगजित गुरुङ के ऐ. १।२५
यो मुद्दामा प्रमाणमा आएको यिनै वादी प्रतिवादीको लूटपीट मुद्दा पोखरा जिल्ला अदालतबाट मुलतवी रहेको देखिनाले सो मुलतवी रहेको मुद्दालाई यो मुद्दा प्रमाणमा चाहिने भए प्रमाण लगाईसकेपछि शुरु कुन्छा इलाका अदालतमा पठाई दिनु भनी रिकर्ड मिसिल बाहेकको शुरु मिसिलसमेत पोखरा जिल्ला अदालतमा सबै मिसिल पठाई दिनु ।
इति सम्वत् २०२१ साल आषाढ ३ गते रोज ३ शुभम् ।