निर्णय नं. २२६८ – अंश
निर्णय नं. २२६८ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री...
निर्णय नं. २२६८ ने.का.प. २०४२ अङ्क २
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
सम्वत् २०४१ सालको दे.फु.नं. ८४
मुद्दा : अंश ।
निवेदक/प्रतिवादी: प्रेम बहादुर राउत क्षेत्री मरी मु.स.गर्ने ऐ.को छोरा ल.पु.जि.गोदाम चौर गा.पं.वडा नं.३ बस्ने नारायण बहादुर राउत क्षेत्री ।
विरूद्ध
विपक्षी/वादी:ऐ.ऐ. बस्ने धन कुमारी राउत क्षेत्री ।
ऐ.ऐ बस्ने अंकुर राउत क्षत्री ।
फैसला भएको मिति:०४२।१।२५।३ मा
एउटै विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट दुई भिन्न भिन्न सिद्धान्त स्थापित हुने फैसला हुन जान्छ भने त्यस्तो अवस्थामा रूलिङ बाझिएको भन्नुपर्ने ।
(प्रकरण नं.१७)
अलग–अलग विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन ।
(प्रकरण नं.१८)
निवेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना र विद्वान वरिष्ठ अधिवक्ता श्री बद्री प्रसाद शर्मा
विपक्षी/वादी तर्फवाट:विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः रूलिङ बाझियो भनी सर्वोच्च अदालत नियमावलीको नियम ३३(ख) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएकोमा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ ।
२. परलोक भइसकेको सासु ससुराबाट जेठा रामकृष्ण भन्ने उदय बहादुर, माहिलो मेरो विवाह हुनुभन्दा अगावै परलोक भएको, साहिला रामरावन र कान्छा नारायण राउत जम्मा ४ छोरा र ५ छोरी भएकोमा जेठा उदय बहादुर ०२५ सालमा परलोक भएको, वहाँकी २ श्रीमती मध्ये जेठीको मृत्यु भइसकेको, जेठीतर्फबाट १ मात्र छोरा, सुदर्शन भएको र कान्छी मेरी पट्टी पनि एउटा अंकुर राउत छ । साहिला रामरावन, कान्छा नारायण र छोरीहरू सबैको विवाह भइसकेकोले ४ भाग मात्र अंशबण्डा गर्नुपर्नेमा घरको हैसियत अनुसार खान लाउन नदिई त्यसबाट वञ्चित गराई अंश माग्दा नदिएकोले अंशबण्डाको २० नं. बमोजिम तायदाती माग गरी ऐ. १, २, ५ र १२ अनुसार ४ बण्डा मध्ये पतिको भागमा पर्ने १ भागको ३ खण्डको २ खण्ड पाउँ भन्ने फिराद दावी रहेछ ।
३. वादीका लोग्नेले अंश लिई सकेको र अंश दिन बाँकी केही छैन । लोग्नेको नाउँबाट आफ्नो नाउँमा नामसारी गरी झगडियाको दरकारमा लागी चल जेथा बिक्री गराई आफ्नो स्वार्थ पूर्ति गरी आर्थिक प्रलोभनमा परी झुठ्ठा आरोप लगाएको हो । अंश भागमा परेको ०२१ सालको भू.स.नापीमा गोदामचौर गा.पं.वा.नं. ९(ख) को समेत जम्मा कित्ता ७ भोग गरिआएको र सौतेनी छोरा विष्णु परलोक हुँदा औषधी गर्न काजकृया गर्न रु. १९००। को कर्जा लिँदा यही जग्गा मध्ये गोदामचौर गा.पं.वा.नं. ७(ग) कि.नं. २४ को माटो रोपनी २–१२–० जग्गा वादीको छोरा सुदर्शनले मेरो बाबुको अंश भोगको भनी धितोबन्धकी समेत राखेका हुन् । निज शुदर्शन बुझी पाउँ, अंशियार मध्ये मेरो अर्को छोराले पनि अंश बुझी सकेको छ । अंशियार बुझी वादी दावाबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर रहेछ ।
४. बाजेबाट बाबु उदय बहादुरले र काकाहरूले पनि अंश अघि नै लिई भिन्न बसी सक्नु भएकोले दोहोरो अंश लिन नालेश गरेको हो । बाबुको अंशमा परेको जग्गा रोपनी २।।। बाबु परलोक हुँदा जग्गा कृष्ण बहादुरलाई भोगबन्धकी दिई निजबाट रु. १९००। लिई बाबु र दाजुको काजकृया समेत गर्नु भएकोबाट अंश लिइसकेको सिद्ध छ भन्ने समेत सुदर्शनको बयान ।
५. प्रेम बहादुरको ४ छोरामा मेरा सुसुराहरू अंश लिई छुट्टा–छुट्टै बसेका हुन् । सासु गुनकुमारी र धनकुमारीबाट जायजन्म भई अंशबण्डा समेत नभएका अंशियार सबैको हक भोगमा हुनुपर्ने । सौतेनी सासु धनकुमारीले ससुराको नाउँमा रहेको हरिसिद्धीको जग्गा आफ्नो नाउँमा नामसारी गरी बुढा सुसराको नाममा दिएको प्रतिवादीमा मेरो श्रीमान विष्णु बहादुर र म समेत गुम गरी अंश मार्ने नियत गरेकोले र मेरो देवर सदुर्शनले मेरो श्रीमानको मृत्यु हुँदा लिएको कर्जा रु. १९००। बाट धितोबन्धकी दिएको हामी अंशियारलाई बण्डा गरी दिलाइयोस् वादीबाट अंश पाउनुपर्ने हो भन्ने भंगेरी रावतको वा नरेशलालको बयान ।
६. वादीको लोग्नेकै पालामा अंश लिई भिन्न बसी आएको छ । कान्छा छोरा नारायण प्रतिवादीसँग बसेको छ भन्ने प्रतिवादीको साक्षी कान्छाको बकपत्र ।
७. अंशियार सम्बन्धमा वादी प्रतिवादीको मुख मिलेकै देखिएको बिक्री व्यवहार हुनेमा अंश नपाउने भन्न नहुने हुँदा अंश पाउने ठहरी ०३४।२।११।३ मा पेश गरेको तायदाती परस्पर सुनाउँदा कुनै पक्षबाट विरोध समेत भएको नदेखिँदा वादी दावी बमोजिम ४ भागको १ भाग मध्ये ३ खण्डको २ खण्ड वादीहरूले अंश पाउने ठहर्छ भन्ने समेत ल.पु.जि.अ.को फैसला ।
८. उक्त ल.पु.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने बा.अं.अ.मा परेको पुनरावेदन ।
९. शुरू ल.पु.जि.अ.ले गरेको फैसलामा कानुनी त्रुटि नदेखिँदा शुरूले गरेको फैसला मनासिव छ भन्ने बा.अं.अ.को फैसला ।
१०. बा.अं.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परेकोमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालत सिंगल बेञ्चको आदेश ।
११. अंशियारहरूमा अंशबण्डा भएको बण्डापत्र पेश गर्न नसकेको, अंशियारहरूको नाममा पृथक–पृथक जग्गा दर्ता देखिएपनि भाग शान्ति अनुसार दर्ता भोग भएको देखिँदैन । सुदर्शनले लेखिदिएको दृष्टिबन्धकी लिखतमा वादी साक्षी बसेको नदेखिएको, जुरेलीले दिएको अंश मुद्दाबाट भंगेरी पोइल गई सकेको देखिनाले निजको अंश छुट्याउने अवस्था देखिन आएन, विष्णु बहादुरको छोरी जुरेली भएकी कुरामा जुरेलीले दिएको अंश मुद्दाको प्रतिउत्तरबाट वादीले स्वीकार गरेको प्रस्तुत मुद्दामा रतनबहादुरको बयानबाट पनि जुरेली देखिने हुँदा निजको विवाह खर्च पर सार्नुपर्नेमा सो विवाह खर्च पर नसारेको सम्म बा.अं.अ.को फैसला त्रुटियुक्त देखिँदा सो हदसम्मको फैसला उल्टी हुन्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
१२. क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा यस अदालत डिभिजन बेञ्चबाट प्रतिवादी नारायण बहादुर समेतका नाउँमा जग्गा छुट्टाछुट्टै दर्ता भई भोगचलन गरेको देखिएकोमा वादी धनकुमारी राउत समेतले अंश पाउने ठहर्याई गरेको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा अंशबण्डाको ३० नं. को त्रुटि देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको ।
१३. अंशियारहरूको नाममा अलग–अलग जग्गाहरू दर्ता भोग देखिन आए तापनि मिसिल संलग्न जग्गाधनी प्रमाण पूर्जाबाट त्यस्तो दर्ता भोगको जग्गा प्रेम बहादुरको नाममा ज.रो. ५–१५–२, रत्न बहादुरको १२–७–२, नारायण बहादुरको १२–४–३ र उदय बहादुरको ९–११–५ देखिन आई समान देखिन नआएकोले अंशबण्डा गर्दा अंश पाउने सबैको अंश बराबर गर्नुपर्छ भन्ने मुलुकी ऐन, अंशबण्डाको नं. २ को विपरीत भएको देखिन्छ ।
१४. यस प्रकारको स्थितिको विद्यमानतालाई प्रतिवादीको सिर्फ अंशबण्डा भइसकेको भन्ने ठोस प्रमाण रहित जिकिरले खण्डन गरेको भन्ने सम्झनु कानुनसंगत नहुने स्वतः सिद्ध भएकोले वादी दावी अनुसार प्रतिवादीले वादीलाई अंश दिलाउने गरेको शुरू जिल्ला अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको फैसलामा पुनरावेदन जिकिर अनुसार कुनै कानुनी त्रुटि भएको नदेखिएकोले मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मनासिव छ भन्ने मिति २०४०।६।६।५ मा डिभिजन बेञ्चको फैसला ।
१५. निवेदक रघुनाथ यादव समेत विपक्षी लडुवती यादवनी भएको अंश मुद्दा र प्रस्तुत मुद्दा दुवैमा अंश पाउँ भन्ने वादी दावी छ, अघि नै अंशबण्डा भोगचलन समेत भइसकेकोले अंश नहुनु भन्ने प्रतिवादी कथन भएबाट दुवैमा अंशबण्डाको ३० नं. को कानुनी व्यवस्थाको आधारमा निर्णय हुनुपर्ने देखिएकोछ । यस्तो समान स्थितिको मुद्दामा एकै अदालतका दुई डिभिजन बेञ्चबाट अलग–अलग सिद्धान्त कायम हुन गएको देखिएकोले रूलिङ्ग बाझिएको नै भन्नुपर्ने देखियो । सर्वोच्च अदालत नियमावीलको नियम ३३(ख) बमोजिम प्रस्तुत मुद्दा निर्णयार्थ फुल बेञ्च समक्ष पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको मिति ०४१।१।१३।४ को आदेश ।
१६. उपरोक्त आदेश बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीको तर्फबाट विद्वान व.अ. श्री बासुदेव प्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री बद्री प्रसाद शर्मा र विपक्षी वादीका तर्फबाट विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले गर्नुभएको बहस समेत सुनियो ।
१७. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा सर्वप्रथम रूलिङ्ग बाझिएको छ छैन सो नै हेर्नुपर्ने हुन आयो । एउटै विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भिन्न भिन्न सिद्धान्त स्थापित हुने फैसला हुन जान्छ भने त्यस्तो अवस्थामा रूलिङ्ग बाँझिएको भन्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा रुलिङ्ग बाझियो भनेको निवेदक रघुनाथ यादव समेत विपक्षी लडुवती यादवनी भएको (सम्वत् २०३५ सालको दे.वि.नं. ४९) अंश जग्गा दर्ता मुद्दामा २००४ सालमा नै अंश हकको जग्गा वादी प्रतिवादीको नाउँमा अलग–अलग दर्ता रही आ