निर्णय नं. १७५ – जग्गा जालसाजी
निर्णय नं. १७५ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश स. श्री ईश्वरीराज मिश्र न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ६१ निवेदक,...
निर्णय नं. १७५ ने.का.प. २०१९
फुल बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश स. श्री ईश्वरीराज मिश्र
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. ६१
निवेदक, प्रतिवादी : महाशरण पाध्या
विरुद्ध
विपक्षी, वादी : बालकृष्ण पाध्या
मुद्दा : जग्गा जालसाजी
(१) राजिनामा गरी लिएको जग्गामा हद कायम बारे खिचोला परेमा तिरो बमोजिमको जग्गा पाउने हो वा माटो मुरी बमोजिमको जग्गा पाउने ? कमिश्नर मैजिष्ट्रेट सवालको दफा २० को देहाय १ मा माटो मुरी खुलेकोमा सोही बमोजिम नखुलेकोमा तिराको हिसाबले हद कायम गर्नु भन्ने–रजिष्ट्रेशनको ३० नं. मा जग्गाको माटो मुरीलाई नै प्राथमिकता दिइएको ।
….अघि लागू रहेको अपील गर्न पाउने हदसम्बन्धी अपीललाई भएको सनद बमोजिमकै र हाल लागु रहेको कमिश्नर मैजिष्ट्रेट सवालको दफा २० को देहाय १ मा माटो मुरी खुलेकोमा सोही बमोजिम र नखुलेकोमा तिराका हिसावले हद कायम गर्नु भन्ने र रजिष्ट्रेशनको ३० नं. मा दाखिल खारेज गर्नु पर्ने ठाउँमा फलानाको यती जग्गा फलानाका नाउँमा दाखिल खारिज गरी दिनु भनी पठाउनु भन्ने लेखिएबाट जग्गाको माटो मुरीलाई ग्राहृयता दिने ऐनको मनसाय देखिएको । ।२।१० जग्गाको दर्तावालाले ।१।५ राजीनामा गरिदिएकोमा त्योभन्दा बढी दिएको भन्न नमिल्ने ।
(प्रकरण नं. १७)
निवेदक तर्फबाट : प्लीडर नन्दीकेशर र प्लीडर मीनमर्दन बस्नेत
बिपक्षी तर्फबाट : प्लीडर पुरेन्द्रकुमार मैनाली
फैसला
१. यसमा डिभिजन बेञ्चबाट ०१६।४।१२।२ मा फैसला भए उपर दोर्याई पाउँ भन्ने महाशरणको निवेदनपत्र परी १ पटक दोहर्याई हेरी दिनुभन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आई दर्ता भई तारिखमा रहेको दुबै राखी पेश हुँन आएको यो मुद्दा हेर्दा :
नन्दीकेशरका नाउँमा तिरो रु. ।३१।१ दर्ता भए मध्ये रु. ।६।१ को पाखो नवनिधिको हक भई निजले केहीमा दर्ता खेत बिराई आफ्नो छोरा टिकारामका नाउँमा दर्ता गराएको खेत ।१।१०। मध्ये तिरो रु. ।१५ को खेत ।.।१५ समेत जम्मा तिरो रु. ।२१।१ को पूर्व देवीप्रसादको पाखो समेत ४ किल्ला भित्रको खेत पाखो जग्गा र त्यसमा बनेको कटेरो समेत नवनिधिबाट मेले रु. ६००। मा ०८।३।२५ मा घरायसमा राजीनामा लिई ऐजन पौष २४ गते पास समेत गराई भोग गरेको थिएँ । प्रतिवादी महाशरणले म समेत उपर मकै चोरी मुद्दा दिएको । त्यसमा नवनिधिसँग मैले राजीनामा लिएको खेत पाखा समेत किल्लाभित्र पारी ०८ साल बैशाखमा टिकारामबाट मैले राजीनामा लिएको । त्यस उपर नवनिधिले म एकाघरको बाबु छँदै छोराबाट बेदामे राजीनामा गरायो भन्ने समेत उजुरी दिई कायलनामा गरी मेरो हक भएको भन्ने समेत लेखिएको रहेछ । बुझ्दा लेखिए बमोजिम गरेकै बुझियो । जालसाज मिलेमतोबाट मेरो जग्गा समेत महाशरणको हक हुने गरी टिकाराम राजीनामा दिने महाशरण लिने नवनिधिले करारमा उजुर गरी कायलनामा गर्ने गरी जग्गामा दावी समेत गरेमा ऐन बमोजिम सजाय गरी मेरो राजीनामा बमोजिम जग्गा कटेरा समेत सदर गरी पाउँ भन्ने बालकृष्णको ०१३।४।२१ को फिराद ।
२. पूर्व ठाडो खोल्सो हरिप्रसादको पाखो समेत ४ किल्ला भित्रको भडकुबा भन्ने तिरो रु. ।२५ को खेत ।१।५ र तिरो रु. ।१२।२ मध्ये तिरो रु. ।४ को पाखो खरबारी समेतको जग्गा त्यसमा बनेको गोठ कटेरो समेत रु. २२००। मा टिकारामले ०८।१।२२ मा मलाई राजीनामा दिई ०८।३।१ मा पास समेत भई ०८ सालका बाली देखि मैले भोग चलन गरेको छु । टिकारामको बाबु नवनिधिले म बाबु छँदै छोराको जग्गामा हक नपुग्ने हुनाले राजीनामा बदर गरी पाउँ भनी नालेस दिएकोमा साबित गर्न सक्दैन भनी ०८।११।२३ मा जमानबन्धी गरेको हो । मैले पास गरी लिई सकेपछि ०८।३।२५ मा सो जग्गामा नवनिधिको हकै थिएन । वादी र नवनिधि मिली जालसाजी राजीनामा गरेको देख्न पाए उजुर गर्ने छु । जग्गामा वादीको भोग छैन । चोरी मुद्दामा सरजमिन हुँदा सरजमिनले मेरै भोग देखाई लेखी दिएका छन । खेत टिकारामकै नामको दर्ता र पाखाका हकमा पनि घर व्यवहार गर्ने निज टिकाराम नै हुँदा निजैबाट राजीनामा लिएको हो । जग्गा मेरै सदर थामी पाउँ भन्ने समेत महाशरणको ०१३।५।१२।२ को प्रतिउत्तर ।
३. प्रतिवादी टिकाराम, नवनिधिले म्याद गुजारेको ।
४. नवनिधिको छोरा टिकारामले प्र. महाशरणलाई जग्गा अगावै राजीनामा दिएको । सो उपर नवनिधिले साहु असामीको ६।८।३८ नं. बमोजिम उजुर गरी बदर गराउन नसकी सो बदर गराउन ०८।९।२७ मा दिएको उजुरीमा जमानबन्दी गरेको र अघिल्लो साहुले लिई भोग गरेको जग्गा फेरी पछी वादीले लिई भोगेको भएपनि साहु असामीको ३० नं. बमोजिम ममिला छिनिने हुँदा अघि राजीनामा लिई भोग गर्ने माहाशरणको जग्गा पक्का हुँदैन भन्न नहुने । चोरी मुद्दामा बुझिएका सरजमिनले जग्गा माहाशरणकै भोग छ भनेका । साहु असामीको २८।३० नं. बमोजिम वादीले म्याद भित्र उजुर गरी माहाशरणको राजिनाम बदर गराउन पनि नसकेको समेतबाट जग्गा महाशरणको हक पक्का भैसकेको देखिएको न.नं. १२ को खेतमा पुरुषोत्तम, माहाशरणको छुट्टै उजुर परेको । त्यसमा उसै मुद्दाबाट इन्साफ हुने हुँदा वादी दावीको जग्गामा वादीको हक पक्का ठहर्दैन भन्ने समेत बाग्लुङ अदालतको ०१४।४।६।१ को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने वादी बालकृष्णको अपील ।
६. पाखा तर्फ टिकारामले माहाशरणलाई गरी दिएको राजीनामा दाजु देवीप्रसादका नाउँमा दर्ता भएको तिरो रु. ।१२।२ मध्ये तिरो रु. ।४ को भनी लेखेको । नवनिधिले वादीलाई गरी दिएको राजिनामामा नन्दीकेशरका नाममा दर्ता भएको तिरो रु. ।१२।२ मध्ये ।६।१ को कटेरो समेत भनी लेखिएको भई दर्ता समेतबाट दर्तावाला बेगलाबेग्लै र नक्साबाट कटेरो भएका जग्गा नं. १० को देखिएको । वादीले पेश गरेको रसीदमा नन्दीकेशरको दर्ता मध्येको भन्ने लेखिएकोले नं. १० को जग्गामा वादीको दाबी पुग्दैन । देवीप्रसादको रु. ।१२।२ को तिरा मध्ये ।४ को कटेरो समेत भएको पाखो प्रतिवादीको र नन्दीकेशरको दर्ता ।१२।२ मध्ये ।६।१ को पाखो वादीले पाउने ठहर्छ । खेत तर्फ टिकाराम नाउँमा दर्ता खेत ।२।१० पुरै महाशरणलाई राजीनामा दिएको नदेखिई खेत ।१।५ सम्म राजीनामा भएको र निजको राजिनामाको किल्ला नक्सामा भिडाउँदा वादी दावीको खेत ।।१५ पुरुषोत्तमको खेत ।.।५ समेत किल्लाभित्र परेको देखिए पनि दर्ताबमोजिम किल्ला र तिरोसमेत मिलाई नलेखिएको हुनाले दर्ता बमोजिम पूरै ।२।१० राजीनामा लिएको भन्न नहुने । पुरुषोत्तम तर्फको मुद्दामा खेत ।.।५ पुरुषेत्तमको ठहरी फैसला भएको समेत हुँदा खेत ।२।१० मा खेत ।१।५ महाशरणले खेत ।.।१५ वादीले खेत ।।५। पुरुषेत्तमले लिएको बाँकी खेत ।.।५ नवनिधी, टिकारामकै हकमा देखिएको । दर्ता बमोजिम वादी प्रतिवादी दुवैको राजिनामाको किल्ला नमिलेबाट सो किल्ला रजिष्ट्रसनको १८ नं.ले सदर नहुने समेत हुँदा खेत ।१।५ महाशरणले खेत ।.।१५ वादीले भोग गर्नु भनी सुनाई दिने र शुरुको इन्साफ केही गल्ती ठहर्छ भन्ने पाल्पा अपीलको ०१४।६।२५।६ को फैसला ।
७. सो उपर चित्त बुझेन भन्ने प्रतिवादी महाशरणको अपील ।
८. न. नं. १३ को जग्गामा हाल झगडा नपरेको र पाखोको हकम अपीलको ठहर उपर वादीको अपील नपरेबाट त्यस तर्फ अपीलको इन्साफ मुनासिव र झगडा परेको जग्गा वादी दाबीको या प्रतिवादीको के हो ? त्यसको सम्म निर्णय दिए हुनेमा नन्दीकेशर दर्तामध्येबाट दामासाहीले पाउने ठहर्छ भन्नु अपीलको बेमुनासिव । खेतको हकमा टिकारामका नाउँमा तिरो रु. ।३० को खेत मुरी ।२।१० दर्ता देखिएको । महाशरणको राजीनामा खेत ।१।५ लेखिए पनि राजीनामा दिँदा मध्ये यती भन्ने नजनाएकोले जम्मा खेत ।१।१० भन्ने सम्झी पुरुषोत्तमलाई बाबुले दिएको खेत ।.।५ कटाई बाँकी सम्मुचै तिरो किल्ला लेखी दिएको देखिने । पुरुषोत्तमलाई दिएको राजीनामा हेर्दा पनि खेत ।१।१० मध्येको भन्ने जनिएबाट खेत ।१।१० मात्र ५ भन्ने भान पर्न गई खेत ।१।५ लेखिएको प्रष्टै देखिएको । बाँकी यो यती मेरो हकमा छ, भनी दर्तावाला टिकाराम भन्न नआई म्यादै गुजारी बसेकाले पुरुषोत्तमलाई दिएको ।.।५ बाहेक समुचै दिएको भन्ने देखिने र नं.नं. १२ को खेत पुरुषोत्तमको छुट्टै मुद्धाबाट निजको हक ठहरकोले सो बाहेक नं नं. ११ को खेत महाशरणको हक र दर्तामा ।२।१० भएको ।१।१० का हिसावले विक्रि गरेको छिद्रपाई ०८।३।१ गते पास समेत गरी दिईसकेको कुरामा त्यस भन्दा पछि टिकारामको बाबुसँग खेत ।.।१५ राजीनामा लिएको भनी वादीले झुट्टा दावी गर्न आएको ठहरिनेमा दामासाहीले वादीले र बाँकी छ भन्न नआउने दर्तावाला समेतले पाउने गरेको बेठीक देखिंदा अपीलसँग सहमत नभएकाले झगडीया झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको ०१५।१०।१६ को आदेश ।
८. प्रतिवादीलाई टिकारामले गरी दिएको राजीनामा खेत ।१।५ भनी किटान गरी लेखेको देखिएको हुँदा दर्ता बमोजिम २।५ जम्मै पाउँ भन्न लिखतमै नलेखिएको कुरा हुँदा कायम गर्न नमिल्ने हुनाले इन्साफ पाल्पा अपीलको मुनासिव छ । सिंगलबेञ्चको राय बमोजिम गर्नुपर्दैन भन्ने डिभिजन बेञ्चको ०१६।४।१२।२ को फैसला ।
९. वादी बालकृष्ण र पुरुषोत्तम समेतले जग्गाको धनी बेगर बीचका मानिसबाट बेदामी राजीनामा गरी बालकृष्णले उजुर दिएको मुद्दामा पाल्ला अपील र डिभिजन बेञ्चबाट बालकृष्ण समेतको राजीनामा सदर गरी हराई दिए फुल बेञ्चबाट उचित न्याय गरिदिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत महाशरणको ०१६।९।१२ को निवेदनपत्र ।
१०. लेखिएको मुद्दाको १पटक इनसाफ दोर्याई हेरी दिन सर्वोच्च अदालतलाई लेखी पठाई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफको निजी सचिवज्यूले ०१६।९।३ मा लेख्नु भएकोले हुकुम बक्से बमोजिम गर्न बेञ्चमा पेश गराई दिनु होला भन्ने श्री ५ सवारी साथको सर्वोच्च अदालत दौडाहाको ०१६।९।४।७ को पत्र ।
११. निबेदक प्रतिवादीतर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर नन्दीकेशर, प्लीडर मीनमर्दन बस्नेतले मेरो पक्षलाई टिकारामले आफ्ना नाउँको दर्ताको जग्गा बिक्री गरेको विपक्षलाई टिकारामको बाबु नबनिधिले टिकाराम दर्ताको जग्गा बिक्री गरेको लिखत पास पनि मेरो पक्षको पहिलो भएको र टिकारामको दर्ता हुनाले निजको आर्जन भई साहु आसामी का ८ नं ले नबनिधिको मञ्जुरी लिन नपर्नेमा पनि नबनिधिले उजुर गरी साबित गर्न सक्दिन भनी कायलनामा समेत गरेको । तिरो र किल्ला नै जग्गा जनाउने मुख्य कुरो हो । रु. ।२५ तिराको राजिनामामा मध्ये भन्ने नजनिएको ।४ किल्ला बाँधी त्यस भित्रको सबै दिए भनी लिखत गरेकोमा पछि त्यस भित्रको बड दिएको होइन भन्न मिल्दैन । ।१।१० मध्ये ।।५ पुरुषोत्तमलाई राजीनामा गरेको र सो खलाको बाँकी ।१।५ लिएको नाताबाट सो बड समेतमा मेरो पक्षको हक कायम रहन पर्छ भनी र विपक्ष वादीतर्फबाट रहनुभएको प्लीडर पुरेन्द्रकुमार मैनालीले यही दर्ता मध्ये ।।५ पुरुषोत्तमलाई राजीनामा गरेको र मुद्दा पर्दा निजको सदर ठहरेको ।.।५ पुरुषोत्तमलाई दिएको र ।१।५ मैले लिएको भनी महाशरणको जिकिर भएकोमा त्यस्तो भए महाशरणले पुरुषोत्तम उपर किन उजुर गरे ? मेरो पक्षले दिएको जग्गामा मेरो पक्षले मकैबाली चोरे भनी विपक्ष महाशरणले उजुर गरी पछि महाशरण आफैले तारिख छोडी डिसमिस गराएको । त्यसै मुद्दाबाट निजले सो जग्गामा आफ्नो राजीनामा बमोजिम हक गराउनु सक्नु पर्ने नसकेको र मेरो पक्षको राजीनामा जालसाजी भनी उजुर गर्न पनि नसकेको । अंश बण्डाका ३७ नं. बमोजिम सागेलमा कसैले आर्जन गरेकोमा अंशियार सबैको हक हुने भएकोले एकाका नाउँमा दर्ता रहेछ । जग्गा घरको मुख्य नवनिधिले बिक्री गरेकोमा टिकारामले उजुर गरी बदर गराउन नसकेको साहु आसामीको ६ नं. ले सदरै हुने । खेत ।२।१० दर्ता भएको देखिएकोले फैसलाबाट पुरुषोत्तमको ।।५ कायमै भईसकेको हुँदा मेरो पक्षको पनि राजीनामा बमोजिम सदर हुने पर्ने भनी बहस गर्नु भयो।
१२. यसमा पाखातर्फ वादी प्रतिवादीको राजिनामामा छुट्टा छुट्टै दर्ताको भन्ने उल्लेख भएको र आफ्ना आफ्ना राजीनामा बमोजिमको पाखा वादी प्रतिवादी दुवैले पाउने गरी नक्सा नं. १० को घर कटेरा भएको पाखो प्रतिवादीको राजीनामा दर्ताको भनी पाल्पा अपीलले ठहराए उपर वादीको अपील नपरेको हुनाले हाल त्यस तर्फ केही निर्णय गर्नु परेन ।
१३. खेतका हकमा वादीको राजीनामा बमोजिम वादीले पाउने हो वा प्रतिवादीका राजिनामामा लेखिएको तिरोको नाताबाट फैसलाबाट हक ठहरेको पुरुषोत्तमको बाहेक दर्ता बमोजिम सबै प्रतिवादीले पाउने के हो ? त्यस कुराको निर्णय गर्नु पर्ने हुन आयो ।
१४. राजिनामाहरू हेर्दा, टिकारामले महाशरणलई ०८।३।१ मा पास गरी दिएको राजिनामामा तिरो रु. ।२५ दर्ता भएको भई कुवा भन्ने खेत ।१।५ भनी र नवनिधिबाट बालकृष्णले लिएको ०८।९।२४ को राजिनामामा खेत मुरी ।१।१० मध्ये खेत ।।५ को बाली चारदास ।१५ लागेको उपलो भडकुवा भन्ने उल्लेख भएको देखियो ।
१५. भडकुवा र उपलो भडकुवा भन्ने एकै वा बेगल के हो ? भन्ने तर्फ टिकारामको नाउँमा भडकुवा भन्ने जग्गा के कति दर्ता रहेछ ? भनी हेर्दा मिसिल सामेल रहेको फा. नं. ४३ को गुल्मी मालबाट आएको ०५ सालको दर्ता उतारमा खेत मुरी ।२।१० ठीक ।२५ चारदाम ।५ समेत रु. ३० तिरो लागेको उपलो भडकुवा भन्ने जग्गा देखिएकोले दुवै पक्षको सोही जग्गामा झगडा परेको देखियो ।
१६. प्रतिवादीको राजीनामा रु. ।२५ तिरोको ।१।५ भन्ने लेखिएको दाता टिकाराम दर्तामा ।३० तिराको ।२।१० भन्ने जनिएकोले निज प्रतिवादीले सो ।२।१० मध्ये राजिनामामा लेखिएबमोजिम ।१।५ मात्र पाउने हो वा ।२५ तिराको नाताले पुरुषोत्तमको हक ठहरेका बाहेक बाँकी जम्मै पाउने के हो ? अर्थात् तिरा बमोजिमको जग्गा पाउने हो वा माटो मुरी बमोजिमका जग्गा पाउने के हो ? भन्ने तर्फ विचार गर्दा, प्रस्तुत मुद्दा जग्गा मिच्नेको ११।२५ नं. बमोजिम पछि नापजाँच हुँदा बढ हुन आएको विषयको नभई मालका दर्तामै चढेको जग्गा विषयको भएको।
१७. अघि लागू रहेको अपील गर्र्न पाउने हदसम्बन्धी अपीललाई भएको सनद बमोजिमकै र हाल लागू रहेको कमिश्नर, मेजिष्ट्रेट सवालको दफा २० को देहाय १ मा माटो मुरी खुलेकोमा सोही बमोजिम र नखुलेकोमा तिराका हिसाबले हक कायम गर्नु भन्ने र रजिष्ट्रेशनको ३० नं. मा दाखिल खारेज गर्नु पर्ने ठाउँमा फलानाको यहि जग्गा फलानाका नाउँमा दाखिल खारेज गरी दिनु भनी पठाउनु भन्ने लेखिएबाट जग्गाको माटो मुरीलाई ग्राह्यता दिने ऐनको मनसाय देखिएको ।२।१० जग्गाको दर्तावालाले ।१।५ राजीनामा गरी दिएकोमा त्यो भन्दा बढी दिएको भन्न नमिल्ने देखिएकोले निवेदक तर्फबाट रहनु भएको विद्वान वकिलले तिराको नाताबात बाँकी जग्गामा निवेदकको हक कायम रहोस भनी गर्नु भएको बहस मुनासिव देखिएन ।
१८. रजिष्ट्रेशनको १८ नं. मा कागत गर्दा सो कागज गरी दिनेले घर जग्गाको सो किल्ला लेखाएको पछि सो किल्ला छैन भन्ने उजुर परेमा प्रमाणबाट ठहरे बमोजिम हुन्छ । अड्डामा लेखिएकोले मात्र किल्ला कायम हुन सक्तैन भन्ने लेखिएकोले राजीनामा किल्लाले पक्रेको जग्गा मेरो पक्षको हुनु पर्छ भन्ने जिकीर पनि प्रस्तुत मुद्दामा महत्वको देखिएन ।
१९. अघिल्लो राजीनामा गरी लिने प्रतिवादीको राजिनामामा लेखिएको खेत ।१।५ कटाउँदा दर्ताबाट अरू वादीको राजीनामा बमोजिमको खेत बाँकी नै देखिन आएकोले आफ्ना राजीनामा बमोजिमको खेत वादीले भोग गर्न पाउँने नै हुँदा सो पाउने गरेको ०१६।४।१२।२ को डिभिजन बेञ्चको फैसला मुनासिव छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक महाशरण पाध्याके इन्साफ दोहर्याएमा शुरु दण्ड ने. रु. २। को हा.का.का ११ नं. ले दशौद ने. रु. २०। दण्ड हुन्छ । बेरुजु हुँदा असूल गर्न तहसीलमा लगत दिनु ……………….१
नियम बमोजिम मिसिल बुझाई दिनु ………………….२
इति सम्वत् २०१९ साल कार्तिक १७ गते रोज ६ शुभम् ।