April 27, 1981
Created by nepalarchives

निर्णय नं. १४३२ – उत्प्रेषण

निर्णय नं. १४३२ ने.का.प. २०३८             अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३७ सालको रिट निवेदन नम्बर...

निर्णय नं. १४३२ ने.का.प. २०३८             अङ्क १

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०३७ सालको रिट निवेदन नम्बर १४६७

आदेश भएको मिति : २०३८।१।१५।२ मा

निवेदक : का.न.पं. वडा नं. २४ को हाल वडा नं. २ बस्ने रत्नलाल महर्लन

विरुद्ध

विपक्षी : का.न.पा. वडा नं. १७ बस्ने तप्तराज बन्त

विषय : उत्प्रेषण

(१) जग्गाधनीले घर कम्पाउण्ड बनाउन मञ्जूरीनामा गरी दिएको र सो बमोजिम निवेदकले घर बनाएकोले त्यसैलाई भू.सं.ऐन, २०२१ को दफा २६ (क) को तात्पर्यको लागि घर जग्गा बारी भन्नु पर्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकार वस्ती र विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

उल्लिखित मुद्दा :

आदेश

        न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भनी मिति २०३७।३।२१।६ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनपत्रको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ ।

        २.  तथ्य : साविकमा जोगमाया हर्सविर, कुलाल श्रेष्ठ समेतका नाउँमा का.पूर्व ४९०।४१२ नं. का जोता लगतमा दर्ता भएको ०१६ सालमा विर्ता उन्मुलन ऐनबमोजिम रैकरमा परिणत गर्दा मौजे महलराजगञ्ज भनी ६७९ नं. मा बाबुकाजी समेतका नाउँमा दर्ता भए मध्येको भू.सु.नापी हुँदा का.न.पं.वडा नं. २४(ख) कि.नं. १५ मा ठहर रोपनी २१०१ जग्गा निवेदकले मोहीमा कमाई आएको जग्गा मध्य नोदकुमारीलाई बिक्री भई बाँकी रहेको रो ११०१ जग्गा मध्ये जग्गाधनीबाट स्वीकृति लिई का.न.पं.बाट नक्सा पास गराई पक्की घर बनाई बाँकी सम्पूर्ण जग्गालाई काडाको तारहाली बसोबास गरेको उक्त जग्गा मध्य केशवलालले रो.०० र विपक्षी तप्तराजले रो.०० जग्गा राजीनामा गराई लिनु भएबाट दुवै जनाले घरबारीको लागि क्षतिपूर्ति दिलाई जग्गा पाउँ भनी का.न.पं.मा निवेदन गरेकोमा केशवलालसँग मिलापत्र भएको र तप्तराजको सम्बन्धमा का.न.पं.बैंकले २०३६ साल चैत्र १३ गते रोज ४ मा विपक्षी तप्तराजलाई घर बासको लागि जग्गा उपलब्ध गरी दिने ठहर्न भन्ने समेत निर्णय गरेको रहेछ ।

        ३.  जिकिर : मैले जग्गावालाको स्वीकृति लिई पक्की घर बनाई जग्गासमेत घरबारी बनाई भोगी चर्ची आएको हुँदा भू.स.ऐन, २०२१ को दफा २६ (क) को तर भन्ने प्रतिबन्धात्मक वाक्यांश अनुसारको मेरो पूर्ण हक भएको उक्त जग्गाको मोहीको हक जग्गाधनीले जग्गा बिक्री गर्दैमा समाप्त हुने होइन र त्यस्तो घरबारी जग्गाबाट जग्गाधनीलाई पुनः घरबारीको लागि जग्गा छुट्टाउन मिल्दैन र यस विषयमा सम्माननीय सर्वोच्च अदालतबाट भू.सं.ऐन, २०२१ को दफा २६ (क) बमोजिम बेच विखन समेत गर्न पाउने कानूनी हक भएको जग्गामा ऐ.को दफा २७ प्रयोग गरी जग्गा झिक्न पाउने ऐनले अधिकार दिएको नदेखिने भनी सदानन्दकुमारी उपाध्यायनी विरुद्ध मन्जुलासी भएको मुद्दामा सिद्धान्त प्रतिपादित भएको घरबारी जग्गाको सम्बन्धमा विपक्षी तप्तराजले भू.सं.ऐन, २०२१ को दफा २७ बमोजिम झिकी पाउँ भनी विपक्षी का.न.पं.मा निवेदन दिएकोमा विवादको जग्गा मेरो घरबारी हो भन्ने लिखितजवाफ दिएकोमा उक्त जग्गाको कम मूल्यांकन गरी विपक्षी का.न.पं.ले मेरो सम्पत्ति सम्बन्धी हकमा आघात पारी उक्त ऐनको त्रुटि गरी मिति २०३६।१२।१२।४ मा विपक्षी तप्तराजलाई जग्गा उपलब्ध गरी दिने भनी भएको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेत रहेछ ।

        ४.  विपक्षीहरू बाट लिखितजवाफ मगलाई पेश गर्नु भन्ने सिंगल बेञ्चको मिति २०३७।४।१२।१ को आदेशानुसार प्राप्त लिखितजवाफहरूको संक्षिप्त विवरण यस प्रकारका रहेछन् ।

        ५.  क्षति पूर्ति दिलाई जग्गा झिक्न आदेश पाउँ भन्ने तप्तराजको निवेदन परी निवेदक रत्नलालतर्फ लिखितजवाफ प्राप्त भएपछि तोकिएको तारिखमा रत्नलालको वारेसले तारिख गुजारी थाम्दै नथामी बसी अब क्षतिपूर्ति ज्यादै थोरे भयो भनी निवेदन जिकिर लिनुबाट समेत र आफूले तारिख गुजारी बसेको कुरा उल्लेख नगर्नु भएबाट समेत निवेदक पवित्र विचारद्वारा नआउनु भएका रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत काठमाडौं नगरपञ्चायत ।

        ६.  साविक जग्गा धनीले निवेदकलाई रोपनी ११०१ जग्गा सम्पूर्णमा घर बनाउन स्वीकृत दिएको नभई सो मध्ये १० आना जग्गामा मात्र स्वीकृति दिएको हो । मेरो राजीनामा बदरको माग लिई विपक्षीले का.जि.अ.तथा बा.अं.अ.को २०३५।११।२८ को फैसलाले भई आएको नक्सा बमोजिम न.नं. ५ को स्वीकृति लिई बनाएको घर रहेको जग्गाको सम्बन्धमा कारोवार भएको नभई सो जग्गा भन्दा छुट्टा नम्बरको जग्गामा कारोबार भएको देखिन आएको हुँदा नं. ५ को जग्गामा घर बनाउने वादीले स्वीकृति पाई घर बनी रहेको भन्ने उल्लेख गर्नु पर्ने कानूनी व्यवस्था देखिन आउँदैन भनी फैसला भएकोबाट समेत मैले पारित गरी लिएको जग्गामा विपक्षीको घर नभएको सिद्ध भएको छ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी तप्तराज बन्त ।

        ७.  निवेदक रत्नलाल महर्लनको वा विष्णु माया महर्जन विपक्षी काठमाडौं नगरपञ्चायतको वारेस शिवध्वज तथा विपक्षी तप्तराजको रोहवरमा निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी का.न.पं.तर्फबाट विद्वान अधिवक्ता श्री प्रकाश वस्ती तथा विपक्षी तप्तराजतर्फबाट उपस्थित हुनुभएका विद्वान श्री सिन्धुनाथ प्याकुरेलको बहस समेत सुनी बुझ्दा प्रस्तुत रिट निवेदनमा निवेदकको मागबमोजिमको आदेश जारी हुने नहुने के हो भन्ने तर्फ निर्णय दिनु परेको छ ।

        ८.  यसमा निवेदकले घर धनीबाट विवादको रोपनी ११०१ सम्पूर्ण जग्गामा घर कम्पाउण्ड बनाउने मञ्जूरनामा प्राप्त गरी घर कम्पाउण्ड बनाएको भन्ने जिकिर लिएको पाइन्छ । ४ किल्ला हाली रोपनी ०१०० जग्गामा जग्गाधनीले घर कम्पाउण्ड बनाउन मञ्जूरनामा गरी दिएको र सो बमोजिम निवेदकले घर बनाएकोले त्यसैलाई भू.सं.ऐन, २०२१ को दफा २६(क) को तात्पर्यको लागि घर जग्गा बारी भन्नु पर्ने हुन्छ । उक्त जग्गा काठमाडौं नगरपञ्चायतले यथावत नै राखी अरू जग्गाको हकमा मात्र निर्णय गरेको देखिएकोले कानूनी त्रुटि गरेको भन्न सकिने अवस्था नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ नियम बमोजिम गरी फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बासुदेव शर्मा

 

इति सम्वत् २०३८ साल वैशाख १५ गते रोज २ शुभम् ।