November 6, 1979
Created by nepalarchives

निर्णय नं. १२७८-१ – जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

निर्णय नं. १२७८–१ ने.का.प. २०३६ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश...

निर्णय नं. १२७८१ ने.का.प. २०३६

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् २०३४ सालको दे.फु.नं. २०,२३,२४

सम्वत् २०३६ सालको दे.फु.नं. ३५

फैसला भएको मिति : २०३६।७।२०।३ मा

निवेदक : चितवन खैरनी गा.पं.सर्लाही बस्ने रत्नकुमारी मरी निजको मु.स.गर्ने र आफ्ना हकमा समेत ऐ.ऐ.बस्ने श्यामबहादुर पन्त क्षेत्रीसमेत

विरूद्ध

विपक्षी : चितवन ना.गढ गा.पं.वा.नं. ६ संगमचोक बस्ने डि.कोमलप्रसाद श्रेष्ठसमेत

विषय : जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

(१) वादीको दावीलाई समर्थन गर्न श्रेस्ता प्रमाणको अभाव हुँदा नक्साको वादी जिकिरको जग्गाहरूमा खिचोला गरे घर हटाई चलन चलाइपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ।

(प्रकरण नं. ३०)

निवेदक तर्फबाट : विद्वान व.अ.श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

प्रतिवादी तर्फबाट : विद्वान व.अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली, श्री मुकुन्द रेग्मी तथा विद्वान अ.हरु श्री झुलेन्द्रप्रसाद छत्कुली र श्री अनुपराज

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा फुल बेञ्चबाट ०३२।२।२० मा भएको निर्णय दोहोर्‍याई पाउँ भनी वादी श्यामबहादुर पन्त क्षेत्री १ भैरवबहादुर पन्त क्षेत्री १ अम्बाकुमारी पन्त क्षेत्री १ रत्नकुमारी पन्त क्षेत्री १ समेतले पठाएको निवेदनमा यसमा व्यहोरा साँचो भए मणिकलाल समेतसँगको जग्गा चलन चलाई पाउँ भन्ने मुद्दाको ०३२।२।१०।३ मा फुल बेञ्चबाट भएको फैसला उपेन्द्रलाल श्रेष्ठको निवेदनबाट दोहोरिने भएको निवेदकको हकमा समेत दोहोर्‍याई कानूनबमोजिम गरी छिनी दिनु भन्ने र प्रतिवादी कोमलप्रसाद श्रेष्ठले चढाएको निवेदनमा भैरवबहादुर पन्त समेतसँगको जग्गा खिचोला मुद्दामा प्र.उपेन्द्रलालको बिन्तिपत्रबाट ठहरी फुल बेञ्चबाट हेरिएको व्यहोरा साँचो भए उक्त मुद्दामा निवेदक प्रतिवादी देखिए फुल बेञ्चबाट ईन्साफ जाँच हुँदा निवेदकको हकमा समेत दोहोर्‍याई इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु भन्ने र प्र.उपेन्द्रलाल श्रेष्ठले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए भैरवबहादुर पन्त क्षेत्री समेतसँगको ०३२।२।२० मा छिनिएको जग्गा खिचेला मेटाई चलन चलाई पाउँ भन्ने मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट मुद्दा दोहोर्‍याई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने र प्र.श्रीधर शमशेर १ केदारकुमार प्रधान १ जितबहादुर क्षेत्री १ ऐ.बस्ने चक्रबहादुर क्षेत्री १ तपनारायण १ ज्ञानबहादुर श्रेष्ठ १ टेकबहादुर के.सी.१ नन्दमान कर्माचार्य १ मणिकलाल श्रेष्ठ १ लक्ष्मी हलवाई १ ईन्द्रलाल पिया १ मैयाँदेवी श्रेष्ठ १ वुद्धिजङ्ग रायमाझी १ तेजजारी पिया १ समेतले चढाएको निवेदनपत्रमा यसमा व्यहोरा साँचो हो र निवेदकहरू सरहकै प्रतिवादीहरूको बिन्तिपत्रमा भई गएको प्रमाङ्गीले त्यस अदालतको फुल बेञ्चबाट जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने मुद्दा दोहोरिने भएको भए निवेदकहरूका हकमा पनि दोहोर्‍याई कानून बमोजिम गरी छिनिदिनु भन्ने समेत बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम मुद्दा फुल बेञ्चबाट दोहरी निर्णयार्थ पेश हुन आएको रहेछ ।

          २.  मुद्दाको विवरण यस प्रकार छ : हामी रत्नकुमारी अम्बाकुमारीको लोग्ने हामी श्यामबहादुर भैरवबहादुरको बाबु खड्गबहादुरले ०१५।१।४।४ मा ५००१ मा के.नं. १९।२०।२१। को जग्गा बिगाहा १६, २।४ श्यामकृष्णलाई बिक्री गरेको, निखनाई पाउँ भन्ने मुद्दा परी हामीहरूले निखनी लिन पाउने ठहरी ०२२।२।२२ को फुल बेञ्चबाट फैसला भई निखनी २२।१२।३० मा बाहाली पाएको जग्गा चलन गर्न जाँदा बिगाहा ६।।१।।४ सम्म भोगचलन गर्न पाई बाँकी जग्गा बिगाहा ९।।१ हाम्रो हक भोग तिराको जग्गा हो भनी निम्न व्यक्तिहरूले निम्न लेखिए बमोजिम खिचोला गरी चलन गर्न दिएनन् हाम्रो २० नं. कित्तामा अड्डा श्रेस्तामा नदिई सो पूर्व ठैडकै दक्षिण २१ नं. कित्तामा निज कित्ता सो पूर्व पर्ति सो दक्षिण किल्ला लेखिएको छ । हाम्रो जग्गाको सडक छेउको जग्गा व्यापार खातिर महत्वपूर्ण हुन गई बजार लाइन र सडक लाइनको घडेरीको लोभलालचमा परी हाम्रो जग्गा कब्जा गरेका हुन निम्न दावी अनुसार गरिपाउँ भन्ने समेत वादीहरूको फिराद दावी रहेछ ।

१.   कि.नं. २० मध्ये पूर्व मोहनलाल समेतले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको सात कठ्ठा जग्गामा केदारकुमारीले आँपको बगैंचा लगाई पक्का घर बनाई बसेको पक्का बनाएमा ऐन बमोजिम गरी जग्गा चलन चलाई पाउँ ।

२.  पूर्व म जितसमेतले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको ५ कठ्ठा जग्गामा श्यामकृष्ण र निजको मानिस मोहनलाल भई दक्षिणतर्फ बाटो खुलेको बन्द गरी बार घेर गरी टिनको छाना भएको पक्का गोदाम घर बनाउँदै रही भोगचलन गरेकाले घर हटाउन लगाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

३.  पूर्व बसन्तलालले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको ।९ कठ्ठा जग्गामा श्यामकृष्णले आफ्नो मानिस मुक्तिलाल चुकेलाई उचाली निजले बारघेर गरी तरकारीबारी गोठ बनाई भोगेकोले गोठ हटाई खिचोला मेटाई चलन चलाई पाउँ ।

४.  पूर्व श्रीधर शमशेरले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको ५ कठ्ठा जग्गामा श्यामकृष्ण बसन्तलाल चुकेले घर घरै गरी गोठ बनाई भोगेकोले गोठ हटाई जग्गा चलन चलाई पाउँ ।

५.  पूर्व जितबहादुरले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको ५ कठ्ठा जग्गामा श्रीधर शमशेरले ईण्टरप्राइजेज कम्पनीको भनी पक्का घर भान्छा बनाउन थाली हालै तयार भई सकी भोगचलन गरेको सो कम्पनीको नाम नजानेको हाकिमले चलन नछाडेकोले घर उठाउन लगाई जग्गा चलन चलाई पाउँ ।

६.  पूर्व उदयकुमारले खिचोला गरेको जग्गासमेत ४किल्ला भित्रको ५ कठ्ठा जग्गामा होटेल वाला जितबहादुर, भक्त श्रेष्ठले मुद्दा पर्दापर्दै कच्चा घर त्यसपछि पक्का घर बनाई हालै तयारभएको घरमा बसी भोगचलन गरेकोले घर हटाउन लगाई चलनचलाई पाउँ ।

७.  पूर्व तुलसीले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको आठ कठ्ठा जग्गामा उदय कुमार, सूर्यनारायाणहरूले तारले घेरी कब्जा गरी चलन गरेकाले खिचोला मेटाइपाउँ ।

८.  पूर्व जे.बी.स्टोरवालले खिचोला गरेका जग्गा समेत ४ किल्ला भित्रको आठ कठ्ठा जग्गामा तुल्सीशाहले फुसको घरबनाई खिचोला गरेकाले घरहटाई चलन चलाइपाउँ ।

९.  पूर्व मैयाँदेवीले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको २ कठ्ठा जग्गामा जे.बी.स्टोरवाला, जितबहादुर क्षेत्रीले कच्ची घर बनाई भोग गरेकोले घर हटाई खिचोला मेटाई पाउँ ।

१०.  कि.नं. २१ मध्यपूर्व लक्ष्मीनारायणले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको दुई कठ्ठा जग्गामा मैयाँदेवीले घेर बेर गरी कब्जा गरेकोले खिचोला मेटाई पाउँ ।

११.  पश्चिम मैयाँदेवीले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको ३ कठ्ठा जग्गामा लक्ष्मीनारायणले हालै पक्का घर बनाई मिठाईको दोकान राखेकोले घर हटाई खिचोला मेटाई जग्गा चलन पाउँ ।

१२.  पश्चिम लक्ष्मीनारायणले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको ३ धुरमा विष्णुप्रसादले कच्ची घरबनाई भोगेकाले घरहटाई खिचोला मेटाई जग्गा चलनपाउँ।

१३.  पश्चिम लक्ष्मीनारायणले खिचोला गरेका जग्गा र हामीले भोग गरेको जग्गाा समेत ४ किल्लाभित्रको ३ धुरमा चन्द्रबहादुरले भोग गरी बसी खिचोला गरेकोले खिचोला मेटाइपाउँ ।

१४. पूर्व बाटो समेत ४ किल्ला भित्रको ४ धुरमा वामदेवले हामीले मुद्दा जिती पाएपछि पक्का घर बनाउन लागि हाल तयार गर्दै रही बसेकाले घर उठाउन लगाई जग्गा चलन चलाई पाउँ ।

१५. पश्चिम लक्ष्मीनारायणले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको पाँच धुरमा चक्रबहादुरले पक्का घर बनाउन थाली हालसम्म तयार पार्दै रही डेरी फारामलाई भाडामा दिई भोगचलन गरेकोले घरहटाउन लगाई खिचोला मेटाई चलनचलाई पाउँ ।

१६.  पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.१ कठ्ठामा खतपनारायण, ज्ञानबहादुर श्रेष्ठले हालै घर तयार गरी बसेकोले घर उठाउन लगाई जग्गा चलन चलाई पाउँ ।

१७. पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.१ कठ्ठामा टेकबहादुरले कच्ची घरसमेत बनाई बसेकोले ऐ.ऐ.।

१८.  पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.३ कठ्ठा मा चन्द्रमानले हालै कच्ची घर तयार गरी बसेकाले ऐ.ऐ.।

१९.  पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.१ कठ्ठामा लक्ष्मीनारायण नोछुले हालै फुसको घर बनाई बसेकोले ऐ.ऐ.।

२०. कि.नं. २० मध्य पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.६ कठ्ठामा सूर्यनारायण पियाले तारले घेरी पक्का घरको जग्गा बनाई जग्गामा बाली लगाई भोगचलन गरेकोले खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

२१.  पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.५ कठ्ठामा गणेश जं.बुद्धिजंग रायमाझीले पक्का गोदाम घर बनाउन लगाई हालै तयार गरी भोग गरेकोले घर हटाउन लगाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

२२. पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.५ कठ्ठामा सूर्जेनारायणले तारले घेरी भोगचलन गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ ।

२३. पूर्व सूर्जनारायण गणेश जं.समेतले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको अं.बिगाहा १ मा डि.कोमलप्रसादले हाम्रो नम्बरी भनी खिचोला गरेकाले खिचोला मेटाई चलन चलाई पाउँ ।

२४. कि.नं. २१ मध्ये पूर्व सूर्जेनारायणले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको अं.३ कठ्ठामा उपेन्द्रलाल, मणिकलाल श्रेष्ठले कच्ची घर हालै तयार पारी पक्का घरको जग सम्म बनाई भोगचलन गरेकोले घर उठाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

२५. पूर्व सूर्जेनारायणले खिचोला गरेको जग्गा समेत ४ किल्ला भित्रको अं.५ धुरमा धर्म श्रेष्ठले कच्चा घर हालै तयार पारी खिचोला गरेकोले ऐ.ऐ.।

२६. पूर्व नारायणगढको घोल समेत ४ किल्ला भित्र भित्रको अं.बिगाहा ३ मा सुर्जेनारायण चामुनारायणहरूले हक साफी मुद्दा चल्दाचल्दै मिल घर गोदाम घर समेतका पक्का घर बनाउँदै हालै तयार भई भोगचलन गरेको हाम्रो नम्बरी भनेकोले घर हटाउन लगाई खिचोला गरेकोले ऐ.ऐ.।

२७. पूर्व नारायणगढको घोल समेत ४ किल्ला भित्रका अं.१।। बिगाहामा भक्त श्रेष्ठले पक्का घर बनाउन थाली हालै तयार पारी मेरो नम्बरी भनी खिचोला गरेकोले ऐ.ऐ.।

          ३.  निम्न दफाहरूमा लेखिएको साल मितिदेखि हामीहरूले भोगचलन गरी घर बनाई बसी आएकोमा घर बनाउनेको ६।२१ जम्मा मिच्नेको १८ नं. को म्यादभित्र उजूर गरी सफाई लिन सकेनन्, हामीले पर्ति जमीन आवाद बसोवास भोग गरिरहेको राप्तीदून जग्गा बिक्री वितरण कमिसनबाट हाम्रो बसोबासको तथ्याङ्क नापी समेत लिई ०२० सालमा हाम्रो नाममा दर्ता गरिदिने निर्णय गरी आवाद गरेकै सालदेखि तिरो तिर्ने गरी दर्ता भएको नापी सवालको ३५ दिन म्यादभित्र र नागरिक अधिकार ऐनको म्यादभित्र उजूर गरी हाम्रो दर्ता बदर गराउन किन सकेनन्, हुँदै नभएको ठेडकेको उत्तरतर्फ साँध देखाई हाम्रो जग्गामा झुठ्ठा दावी गरेका हुन् भन्ने समेत समूह जिकिरको साथै वादी दावीको निम्न दफाहरूमा निम्न प्रतिवादीहरूको निम्न लेखिए बमोजिम प्रतिउत्तर जिकिर रहेछ ।

१.   ९६ सालदेखि आई पक्काघरसमेत गराई बसेको, घरबारीमा बगैंचासमेत लगाएको ऽ८ऽ १३ ।।। जग्गा मेरो हो कमिसनबाट मेरो नाममा नापीनक्सा भएको छ भन्नेसमेत केदारकुमार ।

२.  कठ्ठा ७ प्रति हुँदा १६ सालदेखि आवाद गरी ३ कठ्ठामा घर बनाई भोग गरी आएको मेरो हो म पहाड गएको बिरामी भएकोले प्रतिमूल्य लिई दिई कमिसनबाट पूर्जी लिन बाँकी रहेको छ भन्ने समेत मोहनलाल श्रेष्ठ र मेरो उपर झुठ्ठा दावा गरेको भन्ने श्यामकृष्ण ।

३.  वादीले गरेको जग्गा घर दाजु बसन्तलालको हो, यथार्थ विवरण उहाँबाटै हुने हुँदा मैले भन्नु केही छैन भन्ने मुक्तिलाल चुके ।

४.  कठ्ठा ४,२ प्रति हुनाले १६ सालदेखि मैले वाद गुलजार गरी पक्की घरबनाई भोग गरेको छु, कमिसनबाट २१ सालमा बसोबास कायम भई तथ्याङ्क र नक्सासमेत भएको छ बेरामी भई चलानी पुर्जी लिन पाएको छैन भन्ने बसन्तलाल चुके ।

५.  कम्पनीको नाम नजानेको हाकिमले हामीलाई चलन गर्न नदिएको भन्ने दावीमा लेखिएको हुनाले निज हाकिमको नाउँमा नालिस गरे हुनामा मेरो नाममा नालिस गरेकोले फुर्सद पाउँ भन्ने श्रीधर शमशेर ।

६.  जग्गा कठ्ठा ३।।।४ चेतनारायणको हक भोगको हो वादी दावीको साँध मिल्दैन मेरो नाममा जग्गा घर छैन, १४ सालदेखि चेतनारायणको कठ्ठा ३।।४ र पूर्व श्री नारायणको पक्की घर पश्चिम चेतनारायणहरूको घरबास जग्गा छन् भन्ने समेत जितबहादुर पिया ।

७.  यो दफाको दावीको घर घडेरी जग्गा छुट्टी भिन्न भएको भतिजा श्री नारायण र भाइ पञ्चकुमारले आवाद गुलजार गरी पक्की घर बनाई कशिनबाट प्रति मूल्य तिरी चलनी पूर्जीसमेत पाई दर्ता भई तिरो तिरी भोगचलन गरेकोछु भन्ने उदयकुमार पिया ।

८.  दावीको ४ किल्ला भित्रको जग्गा मेरो नाममा दर्ता समेत केही छैन पूर्व पश्चिम दक्षिण कमलप्रसादको घर बास जग्गा, उत्तर सडक पट्टि ४ किल्ला भित्रको धुर ७ जग्गा मेरै भाइ पुष्पबहादुरको नाममा दर्ता भई घरबास गरी भोगचलन गरी भोग गरेको छु भन्ने तुलसी साहु ।

९.  मेरो अघिदेखिको घरबास कमिसनबाट मेरो नाममा कठ्ठा १।। भएकोमा २० सालमै घर बनाई टिनको छाना राखी तयार भएको छ जितबहादुर क्षेत्री ।

१०.  ०१५ सालमा मैले आवाद गरी जग्गा कठ्ठा १, ३ कमिसनले तथ्याङ्क लिई नापी नक्सा समेत गरी ०२२।११।१३ मा न.नं. १० मा मेरा नाममा दर्ता छ भन्ने मैयाँदेवी ।

११.  बाबु चन्द्रलालका नामबाट नाप जाँच तथ्याङ्क भई धुर ६ भएको कमिसनबाट बहाली लिई पक्की सिमेन्टको भवन २३ साल चैत्र १ गते सम्पन्न भई होटल राखेको छु भन्ने लक्ष्मीनारायण श्रेष्ठ ।

१२.  कमिसनबाट तथ्याङ्क नापी नक्सा हुँदा १०।। धुर भएको जग्गा १८ सालदेखि धुरी खडा गरी बसेको मैले कच्ची घर भएकोमा पछि पूर्जी पाइसकेपछि सिमेन्टको घर समेत बनाएको भन्ने बामदेव ।

१३.  प्रति हुँदा १८ सालमै मैले आवाद गरी धुरी खडा गरी बसेको कमिसनबाट तथ्याङ्क लिई नापी नक्सा गरी प्रति मूल्य बैंकमा जम्मा गरेको बिरामी भई पहाड गएकोले पूर्जी लिन बाँकी रहेको धुर १८ मेरो बसोबास भएको फुसको घर बनाई भोगी आएको छु भन्ने चक्रबहादुर ।

१४. १८ धुर म तपनारायणको र १,३ ज्ञानबहादुरको हो वादीको ४ किल्ला र जग्गाको अंक समेत मिल्दैन उक्त घरबारीमा १९ साल देखिन् पक्की घर बनाई बसोबास गरी आएको जग्गा हो भन्ने तपनारायण ज्ञानबहादुर ।

१५. ऽ१,७।। जग्गा मेरो हो, वादीको ४ किल्ला लेखाइमा पश्चिम किल्ला मैले खाँदैन १९ साल देखिनै मेरा घरबास छ भन्ने टेकबहादुर ।

१६.  ऽ१,२।। जग्गा मैले बसोबास गरी १९ साल देखि घर बनाई बसेको छु भन्ने चन्द्रमान कर्माचार्य ।

१७. कि.नं. २३ मध्येको जग्गा बिगाहा १,२ मैले डि.कमलप्रसादसँग राजीनामा गरी लिए मध्य बाट बिगाहा कठ्ठा ३।। मैले पनि बुद्धिजंगलाई राजीनामा गरी दिएको बाँकी मेरो हकको जग्गामा बुद्धिजंग देखि उत्तर पश्चिम केही जग्गा पक्का घरको जग्गा समेत राखेको र उत्तर तर्फ बुद्धिजंग देखि दक्षिणको जग्गा मेरै चलन भोग भई दक्षिण सडक लाइनमा पक्की घर २ समेत बनेको हुँदा हाम्रो भन्ने वादी झुठ्ठा हो भन्ने सूर्जेनारायण पिया ।

१८.  यो दफाको कित्तामा सूर्जेनारायणको प्रतिवादीमा प्रष्ट उल्लेख भएको ।

१९.  ०१५ साल अघि देखि घरबास गरी आएको मेरो नाममा दर्ता भएको ऽ३, ।।।४ कित्ता १ र कठ्ठा ६ को कित्ता १ समेत मेरो हो, वादी दावीको ४ किल्ला मिल्दैन २००५ सालमा जि. कालिदासबाट मर्ता पर्तामा पाई मेरो नाममा दर्ता भोग भइरहेको नं. २३ को जग्गा बिगाहा २।।।२,४ हो, त्यस मध्ये सूर्येनारायणलाई जग्गा बिगाहा १,२ राजीनामा दिएको छु भन्ने डि.कोमलप्रसाद ।

२०. कठ्ठा १,३ जग्गा मध्य रमाकान्तलाई ९ धुर जग्गा राजीनामा पास गरी दिएको, बाँकी १४ धुरमा १९ साल देखिनै घरबास गरी रहेको छु, कमिसनबाट नापी दर्ता पनि भएको छ । वादी दावीमा किल्ला मिल्दैन भन्ने माणिकलाल श्रेष्ठ, कठ्ठा द्र१।।२ को १ कित्ता धुर ६ एक कित्ता १६।१८ साल देखि अवाद बसोबास गरी कमिसनबाट ०२० सालमा तथ्याङ्क भई चलनी पाई ऽ१।।२ कठ्ठामा फुसको घर र धुर ६। मा पक्की जग लगाई घर बनाउदै रहेको मेरो जग्गा हो, धुर १० बदनलालले धुर १० कृष्णधरले लिई घरबास गरी बसेको छ भन्ने उपेन्द्रलाल ।

२१.  अं.६ धुर जग्गामात्र हो, वादी दावीको किल्ला मिल्दैन, ०२० साल देखि घरबास गरी बसी आएको छु भन्ने धर्म श्रेष्ठ भनेको धर्मलाल खड्गी ।

२२. मिल बनेको समेत जग्गा ७९ सालको नापीमा गुमानसिंका नाममा दर्ता भएको, कि.नं. २६ को जग्गा निजबाट तारानाथको हक तारानाथबाट सूर्जेनारायणको दाजु कोमलप्रसादले राजीनामा पास गरी लिई हक हुन आएको उद्योग विभागबाट मिल दर्ता भई मिल राखेको हो, २६ नं. को साँध पुरानो धार सो पश्चिम टेकनाथ सो उत्तर खडै छ भन्ने समेत सूर्जेनारायण पिया ।

२३. ०९ सालको नम्बरी टेकनाथको दर्ता कि.नं. २७ र नरबहादुरको दर्ता कि.नं. २८ सोही मर्ता पर्ताबाट काका बिलबहादुर पियाको सकार गरी तिरो भोग गरी आएको जग्गा हो, वादीको २१ नं. को होइन भन्ने केदारकुमार समेत र जग्गा खाने कमाउने बिलबहादुर समेतका नाउँमा नालिस नगरेको, वादीको २१ नं. को जग्गा हाम्रो जग्गा देखि पश्चिम साथमा डि.कमलप्रसादको र सूर्जेनारायण बुद्धिजङ्ग समेतको पुरानो २३ नं. को तिरो चली रहेको ७९ सालको नम्बरी जग्गा भई सो पश्चिम पट्टि वादीको छ भन्ने भक्तकुमार ।

          ४.  वादी दावीको १२ दफाको कमलको विष्णुप्रसाद १३ दफाको कमलको चन्द्रबहादुर १९ दफाको लक्ष्मीनारायण २१ दफाको गणेशबुद्धिजं रायमाझीहरूले म्यादै गुजारी बसी प्रतिवादी नदिएको ।

    ५.  खड्गबहादुरबाट राजीनामा लिई मैले भोगी आएको जग्गा सर्वोच्च अदालतबाट हक निखन्न पाउने ठहरी अन्तिम निर्णय भएको साल देखि श्रेस्ता बमोजिम पाएको जग्गा मैले भोग छाडिसकेको थिए, हाल मैले कुनैजग्गा पनि भोगेको छैन भन्ने श्यामकृष्णको बयान ।

    ६.  प्र.डि.कोमलप्रसादले ०५ सालमा जितबहादुरले १४ साल भक्त श्रेष्ठले ११ सालमा सूर्यनारायणले १० सालमा र १९ सालमा नम्बरी जग्गाहरू लिई घरबास समेत गरी मिल घर समेत बनाई भोगी आएको अरूले २०।९।१९ को रा.दु.ज.वि.कमिसनको निर्णयानुसार लिइएको तथ्याङ्कबाट १० साल भन्दा अगावै देखि लेखिएका जग्गाहरूमा घर बनाई बसोबास गरी भोगी आएको प्रतिवादी कसैले पनि श्यामकृष्णबाट हक छुटाई लिएको सबूद गुजार्न नसकेकोबाट र प्रतिवादीहरूको जग्गामा रा.दु.जि. वि.व्य.ऐन, २०२५ को दफा १२ को उपदफा १(क) र (घ) अनुसार लेखिए बमोजिम भोग बसोबास देखिँदा लेखिएको प्रतिवादी उपरको वादी दावी कानूनी हदम्यादभित्रका देखिँदैन, निखन्न पाउँ भन्ने मुद्दाबाट निखन्न पाउने ठहरेको जग्गा चलन गर्न जाँदा चलन गर्न नपाएकोमा उसै बखत चलन चलाई दिने अड्डाले सोही व्यहोराको कागज गराई चलन गर्न नदिनेहरूलाई पक्री अड्डामा बुझाउनु पर्छ भन्ने दण्ड सजायको ४३ नं. ३ दफामा उल्लेख भए अनुसार चलन गर्न नदिनेको हकमा भए गरेको छ भन्ने सबूद पेश गर्न नसकेको कतिपय प्रतिवादीहरूले पक्की घर बनाए तर्फ मुख मिलेको, ती प्रतिवादी उपर सो बनाएको घर समेत उठाई पाउँ भन्ने कोर्टफी नरहेको घर दावी तर्फ केही नबोली जग्गातर्फ मात्र बोल्नु पनि अ.बं.७२ नं. ले कानूनोचित नहुने, निखनी पाउँ भन्ने मुद्दासँग असम्बन्धीत व्यक्तिहरूका उपर अ.बं.८२ नं. ले हक दायित्व देखिन नआएको प्र.श्यामकृष्ण बाहेक अरूका हकमा चलन चलाई पाउँ भन्ने तर्फ अ.बं.८२ जग्गा खिचोला तर्फ ज.मि.को १८ घरतर्फ घर बनाउनेको ११ नं. को हदम्यादभित्रको उजूरी नदेखिएको समेत हुँदा खारेज हुने र श्यामकृष्णको हकमा खिचोला गरे भन्ने दावी सर्वोच्च अदालतको ०२२।२।२२ को फैसला अनुसार ज.मि.को १८ नं. ऐनको हदम्यादभित्र देखिन आए तापनि निजले जग्गा भोग गरी रहेको छ वा छैन भन्ने कुरा निजको प्रतिवादीमा प्रष्ट नखुले तर्फ बयान गराउँदा वादी दावीको जग्गा भोगी आएको छैन भनी बयान गरेकोबारे निज उपर वादीहरूले झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत राप्ती दून विकास क्षेत्रको जग्गा बिक्री वितरण कमिसनको ०२६।५।१६।२ को फैसला ।

    ७.  सो उपर चित्त बुझेन भन्ने वादीहरूको पुनरावेदन । प्रतिवादी लेखाईबाट १९।२० साल देखि घर बनाई बसेको भन्ने र गोदाम बगैंचा कम्पाउण्ड मिल आदि बनी भोग चलनमा रहेको भन्ने समेत लेखिएको देखिएको र वादीले पनि आफ्नो फिरादपत्रमा घर बनाएको हो भन्ने कुरा स्वीकारै गरेको देखिन्छ र घर बनाउनेको ११ नं. मा जग्गा मिची घर बनाएको घर तैयार भएको मितिले १ वर्ष भित्र नालेस नदिए लाग्न सक्दैन भन्ने उल्लेख भएको, तर वादीले आफ्नो फिरादपत्रमा घर तयार भएको साल मिति किटान गरी हदम्यादभित्र भन्न र सो कुराको सबूद दिन पेश गर्न वादीले सकेको मिसिलबाट देखिन आएन, नक्सा हेर्दा नारायणी नदी गङ्गा देखि पूर्व पट्टि र प्रतिवादीहरूको घरहरू देखि दक्षिण तर्फ नं. ६८ मा वादीहरूको जग्गा भन्ने लेखिएको देखिन्छ, किल्ला पनि सो न.नं. ६८ मा नै मिल्न आएको देखिन्छ र नदीसँगै वादीको जग्गामा कुनै विवाद छैन, न.नं. २७।६२ को ठेडकेको कित्ता देखि दक्षिण नदी देखि पूर्वको वादीको दर्ता मिलानको जग्गामा पनि कुनै विवाद नक्साबाट देखिएन, वादीको बाली गराई चलन चलाई पाउँ भन्ने तर्फ निखनाई पाउँ भन्ने मुद्दा सित सम्बन्धीत व्यक्तिहरूमा उपर अ.बं.८२ नं. ले हकदायित्व देखिन नआएकोले समेत चलन चलाई पाउँ भन्ने तर्फ अ.बं.८२ जग्गा खिचोला तर्फ ज.मि.को १८ घर बनेको ११ नं. बमोजिम श्याम कृष्ण बाहेक अन्य प्रतिवादी उपरको उजूरी हदम्याद नाघेको देखि खारेज हुने र प्रतिवादी श्यामकृष्ण उपर खिचोला गरे भनी दावी गरेको पनि ठहर्ने सबूद नहुँदा सो कलममा वादीले झुठ्ठा दावी गरेको ठहर्छ भन्ने समेत राप्ती दून विकास क्षेत्रको जग्गा बिक्री वितरण कमिटीले गरेको इन्साफ मनासिव छ भन्ने ०२७।८।२९।२ को डिभिजन बेञ्चको फैसला ।

    ८.  जितबहादुरको प्रतिवादीमा खुलाएको चेतनारायण उदयकुमारको प्रतिवादी खुलाएको श्रीनारायण, पञ्चकुमार तुलसी साहुको प्रतिवादीमा खुलाएको पुष्पबहादुर, सूर्यनारायणको प्रतिवादीमा खुलाएको बुद्धिजं भक्तकुमारको प्रतिवादीमा खुलाएको विलबहादुरहरूलाई अ.बं.१३९ नं. बमोजिम पेटबोलीबाट बुझ्ने र अर्को नक्सा गराउने, दुबै पक्षको साक्षी बुझ्ने समेत ०३०।६।९ को फुल बेञ्चबाट आदेश भएको ।

          ऽ३।।।४ जग्गा १४ सालमा आवाद गरी सोही सालमा फुसको घर समेत बनाई रा.दू.व.वि.वि.कमिसनले पुर्जी दिई ऽ१।१ मेरो नाममा दर्ता छ, अरू प्रभात जोशी, ईन्द्र सालको हो भन्ने चेतनारायणको बयान ।

          ऽ।।।१ जग्गा दाजु चेतनारायणले मलाई रू.९९। मा राजीनामा दिएकाले मेरो नाममा दर्ता छ भन्ने ईन्द्रलालको बयान ।

          ऽ१।१ जग्गा दाजु चैतनारायणले दानपत्र गरी दिई २३ सालमा पक्की घर बनाई भोगेको छु भन्ने प्रभातकुमारको बयान ।

          १३।१४ साल देखि आवाद गरी कमिसनबाट पूर्जि पाएको मैले कच्ची घर र २० सालमा पक्की घर बनाएको छु भन्ने श्री नारायणको बयान ।

          ०२० साल देखि पक्की घर समेत बनाई बसोबास गरेको २२।११।१३ मा कमिसनबाट पूर्जि पाएको छु भन्ने पञ्चकुमारको बयान ।

    ९.  घर जग्गा ०२२।११।१३ मा कमिसनबाट पूर्जि पाई भोगेको छु भन्ने पुष्पबहादुरको बयान ।

          सूर्यनारायणबाट ३। कठ्ठा जग्गा ०२० साल आषाढमा राजीनामा दिई सोही सालमा पक्की घर बनाई बसेको छु भन्ने समेत बुद्धिजङ्गको बयान ।

          ७९ सालको नाराको कि.नं. २८ उकास हुँदा जग्गा बिगाहा ५ नबुन जि. हर्ष खनालले १५।१।१५ वा वाखालो दिई तिरो पठाई भोग पालन गरी आएको छु १४ सालमा पक्की एकतले घर समेत बनाएको छु भन्ने विलबहादुरको बयान ।

    ९.  उपरोक्त ०३०।६।९।३ का फुल बेञ्चका आदेश बमोजिम ०३१।८।२१।६ मा पुनः अर्को नक्सा भएको र म्यादमा हाजिर भएको साक्षीहरूको बकपत्र पनि भएको ।

    १०.  यसमा डिभिजन बेञ्चले हदम्याद नाघेको भन्ने आधारमा निर्णय गरेको देखिएकोले नालेस गर्ने हदम्याद बारेमा कुन मिति देखि शुरू भई कति म्याद हुने हो भनी विचार गर्दा डिभिजन बेञ्चको फैसला अ.बं.८२ जग्गा मिच्नेको १८ घर बनाउनको ११ नं. प्रयोग गरेको वादीले पनि फिरादपत्रमा हदम्याद बारे जग्गा भिन्नको १८ घर बनाउने ११ नं. उल्लेख गरेको देखियो । प्रस्तुत मुद्दामा अ.मि.का.१८ नं. घर बनाउनेको ११ नं. को हदम्याद शुरू हुने र मिति र अवधि कायम गर्नुपर्ने देखिन आयो ।

    ११.  यो मुद्दा दायर हुनु भन्दा अघि वादीहरूले प्रतिवादी श्यामकृष्ण उपर हक निखनाई पाउँ भनी फिराद गरेको मुद्दा २०१५ सालमा शुरू भई ०२२।२।२२ मा फुल बेञ्चबाट अन्तिम किनारा भएको मिसिलबाट देखियो । सो अवधि भित्रको झगडा परेको अवस्था हुने नै हुनाले त्यस अवस्थामा झगडा परेको जग्गालाई एक रूपबाट अर्को रूपमा, एकाको हकबाट अर्कोको हकमा चलनमा हेरफेर गरेको छ भन्ने त्यो सदर गर्न मिल्ने देखिँदैन, किनभने फिराद परेको अवस्थामा विवादास्पद बस्तुको रूपमा हक वा चलन विचार हुँदा हुँदै अदालतले पुग्ने निष्कर्षलाई अर्कोतिर पन्छाउन सक्ने हुनाले त्यस्तो रूपान्तरहरूलाई अदालतले मान्नु उचित हुँदैन । ने.का.प.०२८ भाग १३ अङ्क १ मा प्रकशित नि.नं. ५८३ रणधिर विरूद्ध मानको दत्ताको जग्गा मुद्दामा मुद्दा पर्दापर्दैको बीचमा दर्ता गराएकोलाई प्रमाणित मान्न नमिल्ने समेत ०२७।६।८ को फुल बेञ्च र दे.फु.नं. ७४ उमाकुमारी क्याल विरूद्ध सिताराम क्याल समेतको अंश मुद्दामा अंशमा मुद्दा पर्दापर्दै बीचमा अरू अंशियारहरूसँग अंश गरी बण्डापत्र खडा गरिएकोलाई मान्यता दिन नमिल्ने समेत ०२७।१।२२।३ को फुल बेञ्चबाट निर्णय भएको पनि देखियो अदालतमा मुद्दा परिराखेको अवस्थामा विवाद बस्तुको रूपान्तर गरिएको भन्ने कुरामा मुद्दा किनारा भई हक कायम नभएसम्म अ.बं.८२ नं. ले उजूर लाग्न नसक्ने अवस्था पर्न आउने र मुद्दा किनारा भएपछि उजूर गर्न नपाउने भएमा अदालतको फैसला निष्कृय हुन जाने समेत हुनाले डिभिजन बेञ्चको अङ्क अनुसार जग्गा कब्जा गरेको, घर तयार भएको मितिबाटै जग्गा मिलेको १८ घर बनाउनेको ११ नं. को हदम्याद शुरू हुने भन्न मिल्ने देखिँदैन, दे.फु.नं. १२४ पार्वती गुरूङ विरूद्ध चन्द्रसिं कुँवरको जग्गा खिचोला मुद्दामा पनि हदम्याद सम्बन्धी यस्तै प्रश्न उठेकोमा ०३०।३।२९ को फुल बेञ्चबाट निर्णय हुँदा पहिले गरेको रिट निवेदनमा ०२२।७।२२।३ को फुल बेञ्चबाट निर्णय भएपछि जग्गामा खिचोला उठाएको भनी जग्गा पजनीको १७, जग्गा मिच्नेको १८ नं. को म्यादभित्रै नालिस परेकोमा हदम्याद नाघेको भन्ने प्रश्न उठ्न नसक्ने समेत सिद्धान्त कायम भएको समेत हुँदा प्रस्तुत मुद्दामा जग्गा मिच्नेको १८ घर बनाउनेको ११ नं. को हदम्याद शुरू हुने मिति र अवधि निखनाई पाउँ भन्ने मुद्दाबाट फुल बेञ्चबाट अन्तिम निर्णय भएको ०२२।२।२२ नै कायम हुने देखिन्छ । जग्गा चलन चलाई पाउँ भन्ने कुरामा निखनाई पाउँ भन्ने मुद्दासँग असम्बन्धित व्यक्ति उपर अ.बं.८२ नं. ले उजूर लाग्न नसक्ने भन्ने डिभिजन बेञ्चको तर्फको हकमा फैसलाबाट हक कायम भएको जग्गामा बीचको मानिसले कब्जा गरी खिचोला गरेको छ भन्ने सो व्यक्ति उपर जग्गामा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने दावीको नालिस अ.बं.८२ नं. ले लाग्न नसक्ने जुट हुँदैन, झगडा परी राखेकोमा अन्तिम फैसला भएको मितिले जग्गा मिच्नेको १८ घर बनाउनेको ११ नं. को हदम्याद शुरू हुने कुरा माथि व्यक्त भइसकेको छ । त्यसकारण निखनाई पाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट अन्तिम फैसला भएकोमा उक्त ऐनको म्यादभित्रै नालिस परेको जति कलममा हदम्याद नाघेको समेत पनि डिभिजन बेञ्चले खारेज गरेको मिलेको देखिएन ।

    १२.  प्रस्तुत मुद्दा फुल बेञ्चबाट फैसला गर्न नमिल्ने भन्ने प्रतिवादी तर्फबाट उठाइको तर्कमा ऐनको उल्लेख गरी खारेजी ठहर गरेको र कुनै कलममा हारजित गरेको व्यहोरा डिभिजन बेञ्चको फैसलाबाट पनि देखिएको छ, कार्यविधि ऐनको सिलसिलाले खारेज भएकोमा तल्लो अदालतको राय प्रकट हुन नपाउने हुनाले इन्साफ के हुने हो भनी तल्लो तहमा पठाउने निर्णय मनासिव हुन आउँछ तर ऐन लगाई ठहर के रूपमा खारेज गरेको र हारजित गरीसकेको मुद्दा तल्लो तहमा पठाउने आवश्यक देखिँदैन ।

    १३.  वादीको फिरादमा १९।२०।२१ नं. को कित्ता एक सफा गरी लिएको भनी लेखेकोलाई निर्विवाद रहेकोले प्रतिवादीहरूको बिरोधबाट कुन ठाउँमा सो जग्गा रहेको छ भनी यकिन गर्नु परेको छ, दर्ताको जग्गा यकिन गर्नालाई सर्वप्रथम दर्तामा लेखिएको किल्लालाई नै भिडाउन पर्छ । यदि किल्ला छैन वा त्यस्तो किल्ला भिडाउन मिसिलको रोहबाट कुनै बाधा पर्छ भन्ने भोगको नाताले साथ कायम गर्नु पर्छ, प्रस्तुत मुद्दामा ७९ सालको नापीको अठसट्टामा लेखिएन किल्लालाई मान्न नमिल्ने बाधा नदेखिएकोले उक्त किल्लामा कुन जग्गा मिल्ने रहेछ भनी भिडाउनु परेको छ । १९ नं. कित्तामा वादी प्रतिवादीको झगडा नदेखिएकोले २०।२१ नं. कित्तालाई यस ठाउँमा पर्ने रहेछ भनी ठहराउनु परेको छ ।

    १४. उक्त २०।२१ नं. कित्ताको ७९ सालको अठसट्टा दर्ताको किल्ला हेर्दा २० नं. कित्तामा नदी गङ्गा सो पूर्व, छेडके दक्षिण भन्ने र २१ नं. कित्तामा निज कित्ता सो पूर्व प्रति सो देखिन भन्ने किल्ला लेखिएको छ । २० नं. कित्ताको साथ नदी गङ्गा रहेको नक्साबाट देखिएकै छ । २० नं. कित्ताको साथ नदिई गंगा रहेको नक्साबाट देखिएकै छ । २० नं. कित्ताको छेडके दक्षिण भन्ने किल्ला न.नं. १९० को भन्ने प्रतिवादी र न.नं. ८० देखि १२९ सम्मको भन्ने वादी भई मुख्य यही किल्लामा विवाद उठेकोमा विउको जग्गा साथ देखि दक्षिणको छेडकेको कि.नं. १७ को जग्गा कि.नं. २० को साथ लेखिएको दर्ताबाट देखिन आउँछ । त्यस्तो जग्गावाला वादीले देखाएको न.नं. ८० देखि १२९ सम्ममा मिलान हुनआएको त्यसैलाई कायम मान्नुपर्ने हुनआएको छ ।

    १५. प्रतिवादीले हालको न.नं. ३०।३१।३२।३३।३४।३५।३७।१९३ लाई साविक कि.नं. २३ को भनेकोमा कोमलप्रसादबाट सूर्जेनारायणले गराई लिएकै भनेको राजीनामामा पूर्व बाटो उत्तर उपेन्द्रलालको साँध, दक्षिण मूलरोड, पश्चिममै रहेको जग्गा र श्यामकृष्णले राजीनामा लिएको पाखो, भन्ने लेखिएका ४ किल्लाउक्त २३ नं. दर्तामा लेखिएको नरजं सो दक्षिण पूर्व भन्ने किल्लासँग नभिहेको र उक्त कित्ताहरूमा २३ नं. कित्ताको दर्ता लेखिएको नरजं सो दक्षिण पूर्वे वादीले प्रतिवादीको कि.नं. २३ को जग्गा न.नं. १९५।५५।५१ को भनी छुट्टै देखाएको समेत हुँदा उक्त कित्ताहरू साविक कि.नं. २३ को भन्ने प्रतिवादी जिकिर समर्थित हुन आएन ।

    १६.  अर्को न.नं. १३८।१४९।१४८ साविक कि.नं. २६ को भन्ने र न.नं. १५१ कि.नं. २८ को भन्ने प्रतिवादी जिकिर भएकोमा कि.नं. २६।२७।२८ क्रमशः एक अर्काका साथ राखी दर्ता भएको कि.नं. को अर्को साँध पुरानो धार सो पश्चिम भन्ने लेखिएकोमा नक्साबाट पुरानो धार न.नं. १५१ साँधसम्म मात्र भएको देखिन आएकोले कि.नं. १३८।१४९।१४८ कि.नं. २६ को भन्ने प्रतिवादी जिकिर मिलेको देखिएन, न.नं. १५० को हकमा पुरानो धारको किल्ला भित्र पर्ने हुँदा त्यसमा वादीको दावी पुग्न सक्दैन ।

    १७. वादी दावीको कि.नं. २० साँध लेखिएको ठेडकेको कि.नं. १७ को जग्गा न.नं. ८० देखि १२९ सम्मको देखिन आएपछि त्यस देखिन दक्षिण झगडा परेको हालको न.नं. १ देखि ३७ सम्म र न.नं. ३८।३९।२०० को जग्गा कि.नं. २० देखि पूर्व र प्रति सो दक्षिण दर्ताको किल्ला मिल्न आएको न.नं. १३८ देखि १५० सम्मको जग्गा कि.नं. २१ को वादीहरूको हकको देखिन आउँछ । यो दुवै कित्ता २०।२१ नं. मा २ किल्ला मात्र दर्तामा लेखिएकोले बाँकी २ किल्ला पनि यकिन गरी ४ किल्ला कायम गरी दिनु परेको छ । २१ नं. को साँध पूर्व पट्टि स्कूलको, नम्बरी दर्ता अवादी र घोल देखिएकोले त्यसदेखि पश्चिम र दक्षिण पट्टि पुरानो धारको किल्लाले न.नं. २६ को कायम हुने न.नं. १५१ को जग्गा देखिँदा त्यसदेखि उत्तर, कि.नं. २१ को र कि.नं. २० को हकमा पूर्वपट्टि २१ नं. कित्ता पर्ने हुँदा त्यसदेखि पश्चिम, दक्षिण पट्टि न.नं. ३३।३४ समेतको साँधको पूर्व पश्चिम बाटो पर्ने हुँदा सो बाटोदेखि उत्तर कि.नं. २० को किल्ला कायम हुन्छ ।

    १८.  राप्ती दून जग्गा बिक्री वितरण कमिसनबाट तथ्याङ्क लिई हामीहरूको नाउँमा नापी नक्सा भएको भन्ने जिकिर लिई प्रतिवादीहरू कसैले चलनी पूर्जी लिन सम्म बाँकी रहेको भनेको कसैले चलन पाइसकेको भनी चलानी नक्कल पेश गरेको, उक्त कमिसनको दर्ता मिल्न भिड्न आएको समेत भए पनि ती सबै जग्गाहरू कुनै वादीको साविक कि.नं. २० को दर्ता किल्लाभित्र र कुनै २१ नं. को दर्ता किल्लाभित्रै पर्ने नक्साबाट देखिन्छ । वादीहरू र श्यामकृष्णको बीचमा हक निखनी पाउँ भन्ने मुद्दा चल्दाचल्दैको अवस्थामा अदालतको विचाराधीनमा रहेको अर्काको साविक दर्ताको जग्गालाई प्रति भनी उक्त कमिसनबाट आफ्नो नाममा नापी दर्ता गराएको पनि मिसिलबाट देखिन आएको छ । त्यसरी मुद्दा पर्दा पर्दै विवाद बस्तुको रूप हक वा चलनमा रूपान्तर गरिएकोलाई अदालतले मान्नु उचित नहुने माथि नै व्यक्त भइसकेको हुँदा उक्त कमिसनको दर्तालाई कायम मान्न मिलेन ।

    १९.  हाम्रो जग्गा कब्जा गरी प्रतिवादीहरूले घर बनाएको सो घर उठाई पाउँ भनी वादीमा दावी लिएका घरहरू मध्ये न.नं. १५१ बिलबहादुरको घर भएको कित्ता प्रतिवादीको दर्ताको कायम हुन आएकोले सो कलममा र अरू देहायका कित्ताहरूमा देहायका प्रतिवादीले बनाएको भनेको घरको हकमा देहायमा उल्लिखित प्रमाणहरूबाट सो घरहरू हक निखनाई पाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट ०२२।२।२२ मा फैसला हुनु अगावै बनेको देखिन आएको, उक्त फैसला भएको ०२२।२।२२ को मिति पछि घर बनाउनेको ११ नं. को म्यादभित्र वादीहरूको नालिस नपरेको समेत हुँदा सो घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ङ) मा घरबारीको परिभाषा भएको जति जग्गा घरबारी देखिएकोले सो समेतको कलममा वादीको दावी पुग्न सक्दैन, नालिस खारेज हुने ठहर्छ ।

    २०. वादी दावी १ दफाको हालको ३१।८।२१।६ को न.नं. १ को जग्गामा प्रतिवादी केदारकुमारको घर भएको देखिएको सो घर यो सालमा बनाएको भनी वादीमा साल खुलाउन नसकेको र प्रतिवादी केदारकुमारले ९६ सालदेखि ईविका घर बनाई बसेको भन्ने जिकिर लिएकोलाई वादीले खण्डन गर्न पनि नसकेको समेत हुँदा उजूर गर्ने हद नाघिसकेको कलम १,

          वादी दावी ५ दफाको कलमको हालको न.नं. ४ को जग्गामा प्रतिवादी श्रीधर शमशेरले बनाएको भनेको घर देखिएको, सो घर अघि नै बनाई इन्टरप्राइजेज कम्पनीको नामबाट भोगेको भनी प्रतिवादीले नक्सामा जिकिर लिएको, प्रतिवादीका साक्षीले १७ सालमै घर बनाएको भनी हक पत्र गरेकोबाट ऐ.ऐ.१,

          वादी दावी ९ दफाको हालको न.नं. १३ को कलममा प्रतिवादी जितबहादुर क्षेत्रीको घर देखिएको, सो घर ०२० सालमै बनाई टिनको छाना राखेको भन्ने निज जितबहादुरको जिकिर भएको, पछिमात्र बनेको भन्न वादीले नसकेको, प्रतिवादीको साक्षीको बकाईबाट प्रतिवादीकै भनाई समर्थित हुन आएकोबाट ऐ.ऐ.१,

          वादी दावीको १५ दफाको हालको न.नं. २० मा प्रतिवादी चक्रबहादुरको घर देखिएको वादीमा पक्का घर बनाउन थाली हाल तयार पार्दै रही डेरी फारामलाई भाडामा दिएको भन्ने दावी लिएकोमा २० सालमै घर बनाएको भन्ने प्रतिवादी चक्रबहादुरको जिकिर भएको प्रतिवादीको साक्षीले अघि नै पक्की घर बनेको भनी बकेकाबाट ऐ.ऐ.१,

          वादी दावी १६ दफाको हालको न.नं. २१ मा प्रतिवादीत पनरानको र न.नं. २२ मा प्रतिवादी ज्ञानबहादुरको घर भएको देखिएको सो घरमा हालै तयार गरी बसेको भन्ने वादी दावी भए पनि प्रतिवादीहरूले १९ साल देखि नै पक्की घर बनाई बसेको भन्ने जिकिर लिएको र हालै बनेको भन्ने सबूद वादीले गुजार्न नसकेको समेत हुँदा ऐ.ऐ.१,

          वादी दावी १७ दफाको हालको न.नं. २३ मा प्रतिवादी टेकबहादुरको पक्की घर समेत देखिएको सो घर यो सालमा बनाएको भनी वादीमा किटान गर्न नसकेको, र प्रतिवादी टेकबहादुरले १९ सालदेखि मेरो घर बास छ भन्ने जिकिर लिएको समेतबाट ऐ.ऐ.१,

          वादी दावी १८ दफाको हालको न.नं. २५ मा प्रतिवादी चन्द्रमान कर्माचार्यको फुसको घर २ देखिएको सोघर यो मितिमा तयार गरेको भनी वादीले किटान गर्न नसकेको र प्रतिवादी चन्द्रमानले १९ सालदेखि घर बनाई बसेको भन्ने जिकिर लिएको समेतबाट ऐ.ऐ.१,

          वादी दावी २१ दफामा अं.पाँच कठ्ठा जग्गामा गणेशजं बुद्धिजं रायमाझीले पक्का गोदाम घर बनाउन लगाई हालै तयार गरी भोग गरेको भन्ने वादी दावी भएकोमा निज गणेश बुद्धिजंगहरूले प्रतिवादी नै नदिएको भए पनि वादी दावी कि.नं. २० को कलममा प्रतिवादी सूर्यनारायण पियाले साविक कि.नं. २३ मध्येको बिगाहा १,२ कोमलप्रसादबाट राजीनामा लिई ३।। कठ्ठा बुद्धिजंगलाई राजीनामा दिएको भनी प्रतिवादीमा उल्लेख गरेकोले पेटबोलीबाट बुद्धिजंग बुझिएकोमा सूर्यनारायणबाट २० साल आषाढमा राजीनामा लिई सोही सालमा पक्की घर बनाई बसेको भनी बयान गरेको, हालको न.नं. ३१।३२ मा निज बुद्धिजंगको घर भएको नक्साबाट देखिएको, वादीमा उल्लेख किल्लाबाट वादी दावी २० दफाकै जग्गाको साँधमा २१ दफाको जग्गा भएको देखिएको वादी दावी २१ दफाको जग्गा र प्रतिवादी बुद्धिजंगले घर बनाएको भनेको जग्गा फरक हो भन्न र न.नं. ३१।३२ मा भएको घर हालै मात्र तयार गरेको भन्ने सबूद गुजार्न वादीले नसकेको समेत हुँदा निज बुद्धिजंगले २० साल मै बनाएको अधिक मान्नु पर्ने देखिन आएको ऐ.ऐ.१,

          वादी दावी २४ दफाको हालको न.नं. १४५ मा माणिकलालको फुसको घर देखिएको १९ सालदेखि घरबास गरी बसेको भन्ने प्रतिवादी माणिकलालले जिकिर लिएको, हालै तयार गरको भन्ने वादी दावी भए पनि त्यस कुराको सबूद गुजार्न वादीले नसकेकोबाट १९ सालमै बनाएको कायम हुन आएको ऐ.ऐ.१,

          वादी दावी २६ दफाको कलममा न.नं. १४९ मा सूर्यनारायण पियाको मिल घर समेत देखिएको मिल घर गोदाम घर हालै तयार गरेको भन्ने वादी दावी भए पनि २०१७ सालमै उद्योग विभागमा मिल दर्ता गराई मिलको इजाजत लिई मिल घर बनाएको भन्ने प्रतिवादी सूर्यनारायण पियाले जिकिर लिएको, प्रतिवादीका साक्षीहरूले ०१७ सालमै मिल बनेको भनी बकेको, मिलचलाउन इजाजत दिइयो, वीरगञ्ज गोश्वाराको ०१७।४।१२।४ को पत्र नक्कल मिसिलमा पेश भई राखेको समेतबाट ०१७ सालमै मिल घरबनेको देखिन आएको ऐ.ऐ.१,

          वादी दावी ११ दफाको कलममा हालको न.नं. १५ घर समेत देखिएको प्रतिवादी लक्ष्मीनारायण श्रेष्ठले हालै पक्का घर बनाई मिठाई दोकान राखेको घर हटाई पाउँ भन्ने वादी दावी भएकोमा पक्की सिमेण्टको भवन २२ साल चैत्र १ गते सम्पन्न भई होटेल राखेको भन्ने प्रतिवादी लक्ष्मीनारायणको प्रतिवादीमा उल्लेख गरेको, निजको साक्षीको बकाईबाट सो कुरा समर्थित हुन आएको ऐ.ऐ.१,

          वादी दावी ३ दफामा पाँच कठ्ठा जग्गा श्यामकृष्णले आफ्नो भानिज भक्तिलाल चुकेलाई दिई निजले गोठ बनाई बसेको भन्ने र ४ दफामा पाँच कठ्ठा जग्गा बसन्तलाल चुकेले गोठ बनाई भोगेको भन्ने दावी लिएकोमा सो जग्गादर दाजु बसन्तलालको हो मेरो होइन भनी मुक्तिलाल चुकेले र मैले पक्की घर बनाई बसेको छु भन्ने बसन्तलाल चुकेले प्रतिवादी दिएको, यो कलममा गोठ बनाई भोगेको भन्ने वादीको मुख्य दावी भएकोमा नक्साबाट गोठ देखिन नआई न.नं. ३ मा घर भएका देखिन आएको, सो घर उठाई पाउँ भन्ने यो मुद्दामा दावी नभएकोले त्यसतर्फ यो मुद्दाबाट विचार गरिरहनु परेन ।

    २१.  देहायका कित्ताहरूमा देहायका प्रतिवादीहरूले बनाएको घर उठाइपाउँ भन्ने वादीदावी भएकोमा सो घरहरू निखनाई पाउँ ।

          फुल बेञ्चबाट अन्तिम निर्णय भएको मिति ०२२।२।२२ भन्दा पछि यो मुद्दा पर्नु भन्दा अघि निजको अवधिमा बनेको देहायमा उल्लेख प्रमाणहरूबाट देखिन आएको, घर तयार भएको मितिले घर बनाउनेको ११ नं. को म्याद १।१ वर्ष भित्र यो नालिस पर्न आएको र सो घर बनेको जग्गा वादीको दर्ता हक ठहर्न आएकोले आफ्नो हक नपुग्ने जग्गामा घर बनाएको देखियो, पञ्चकिर्ती मोल यति हो भनी वादीले त्यसबारे केही नखुलाएकोले घरबनाउनको ४ नं. अनुसार गर्नु भनी दुवै पक्षहरूलाई सुनाई दिने ठहर्छ ।

    २२. वादी दावी २ दफाको हालको न.नं. २ मा प्रतिवादी मोहनलालको घर ४ देखिएको सो कित्तामा पक्का गोदाम घर बनाउँदै रही भोगचलन गरेकोले घर उठाई पाउँ भनी वादी दावी भएकोमा १६ सालदेखि जग्गा आवाद गुलजार गरी ३ कठ्ठामा घर बनाई बसेको भन्ने सम्म प्रतिवादी मोहनलालले जिकिर लिएको सो घर अगावै यो साल मितिमा बनाएको भनी खुलाउनु र त्यस कुराको सबूद गुजार्न प्रतिवादी मोहनलालले नसकेकोबाट वादी दावी अनुसार पछिमात्र बनेको देखिन आएको कलम १,

          वादी दावी ६ दफाको कलममा पक्का घर बनाई हालै तयार गरेको सो घर हटाउन लगाई पाउँ भन्ने प्रतिवादी जितबहादुर उपर वादीको दावी भएकोमा सो जग्गा दाजु चेतनारायणको हकको हो मेरो जग्गा घर छैन भनी जितबहादुरले प्रतिवादी दिएको चेतनारायण पेटबोलीबाट बुझिएकोमा ३।।।,४ जग्गा १४ सालमा आवाद गरी सोही सालमा फुसको घर समेत बनाई बसेको छु अरू ईन्द्रलाल पिया प्रभातकुमारको हो भनी निज चेतनारायणले र ईन्द्रलाल प्रभातकुमार पनि पेटबोलीबाट बुझिएकोमा ।।।१ चेतनारायणले मलाई राजीनामा दिएको भनी ईन्द्रलालले र द्र१।१ जग्गा दाजु चेतनारायणले मलाई दानपत्र दिई २३ सालमा पक्की घर बनाई भोगेको छु भन्ने प्रमाण कुमारले बयान गरेको नक्साबाट हालको न.नं. ६ मा चेतनारायणको गोठ औं न.नं. ७ मा प्रभातकुमारको पक्की घर समेत भएको नक्साबाट देखिएको, चेतनारायणको हकमा सो गोठ बनाए तर्फ आफ्नो बयान कुनै जिकिर लिन नसकेका प्रभातकुमारको हकमा २३ सालमा पक्की घर बनाएको भनी आफैंले भनेको समेतबाट ऐ.ऐ.१,

          वादी दावी ८ को दफाको कलममा तुलसी साहुले फुसको घर बनाएको हटाई पाउँ भन्ने वादी दावी भएकोमा तुलसी साहुले जग्गामा भाइ पुष्पबहादुरले घरबास गरेको भन्ने प्रतिवादी दिएको, पुष्पबहादुर पेटबोलीबाट बुझिएकोमा ९ धुर जग्गा कमिसनबाट पुर्जी पाई भोगेको भन्ने बयानमा गरेको हालको न.नं. ११ मा कच्ची घर समेत भएको देखिएको सो घरतर्फ पुष्पबहादुरले बयानमा कुनै पनि जिकिर लिन नसकेकोले ऐ.ऐ.१,

          वादी दावी १२ दफाको कलममा हालको न.नं. १४ मा घर समेत देखिएको प्रतिवादी विष्णुप्रसादले पक्की घर बनाइसकेको घर उठाई पाउँ भन्ने वादीको दावी भएकोमा विष्णुप्रसादले प्रतिवादी नै नदिएकोबाट सो घर पछि नै बनाएको कायम हुन आएको ऐ.ऐ१,

          वादी दावी १४ दफाको कलममा हालको न.नं. १९ मा पक्की घर समेत देखिएको, हक साफी मुद्दा जिती पाएपछि पक्की घर बनाउन थाली हालै तयार गर्दै रही भोगेकोले घर उठाई पाउँ भन्ने वादी दावी भएकोमा १८ सालदेखि धुरी खडा गरी बसेको रा.दू.अ र वि.वि.कमिसनबाट र पूर्जी पाइसकेपछि कच्ची घर भत्काई पक्का घर बनाएको भन्ने वामदेवको प्रतिवादी जिकिर भएको निजले पाएको भनेको पूर्जीको मिति २२।११।१४ को देखिएकोले वादी दावी अनुसार पछि नै बनाएको देखिन आएको ऐ.ऐ    ,

          वादी दावी १९ दफाको कलममा हालको न.नं. २६ मा घर समेत देखिएको, लक्ष्मीनारायण नोछुले हालै फुसको घर बनाई बसेको सो घर हटाई पाउँ भन्ने दावी भएकोमा निज लक्ष्मीनारायण नोछुले प्रतिवादी नदिएका हुँदा ऐ.ऐ.१,

          वादी दावी २४ दफाको कलममा न.नं. १३९ मा पक्की घर समेत देखिएको प्रतिवादी उपेन्द्रलालले कच्ची घर हालै तयार गरी पक्की घरको जग्गासम्म बनाएको, घर उठाई पाउँ भन्ने वादी दावी भएकोमा जग लगाई पक्की घर बनाउँदै रहेको भन्ने उपेन्द्रलालले प्रतिवादी दिएको हुँदा ऐ.ऐ.१,

          वादी दावी २५ दफाको कलममा न.नं. १४७ मा पक्की घर समेत देखिएको, प्रतिवादी धर्म श्रेष्ठ भनेको धर्म खड्गीले कच्चा घर हालै तयार पारी खिचोला गरेकोले घर उठाई पाउँ भन्ने वादीको दावी भएकोमा २० सालदेखि घरबास गरी बसेको छु भन्ने प्रतिवादीमा जिकिर लिएको पक्की घरको हकमा ०२१ सालदेखि बनाउन शुरू गरी ०२२ साल भित्र समाप्त गरेको भन्ने प्रतिवादीकै साक्षीले बकेको हुँदा ऐ.ऐ १,

          वादी दावी २६ कलम मध्ये न.नं. १४८ मा फुसको घर समेत देखिएको सो कित्तामा बनाएको घर हटाउन लगाई पाउँ भन्ने सूर्यनारायण पिया उपर वादीको दावी भएको सो फुसको घरतर्फ प्रतिवादी सूर्यनारायण पियाले कुनै जिकिर लिन नसकेको हुँदा ऐ.ऐ.१

    २३. प्रतिवादी उदयकुमार उपरको वादी दावी ७ दफाको कलममा उदयकुमारको पेटबोलीबाट बुझिएको श्री नारायण पियाको न.नं. ८ मा र पञ्चकुमारको न.नं. ९ मा घर भएको, प्रतिवादी मैयाँदेवी उपरको वादी दावी १० दफाको कलममा न.नं. १२ मा मैयाँदेवीको घर भएको, प्रतिवादी सूर्यनारायण उपरको वादी दावी दफा २० को कलममा न.नं. ३०।३१ मा सूर्यनारायणको घर भएको, डि.कोमलप्रसाद उपरको वादी दावी २३ दफाको कलममा न.नं. १० घर भएको, न.नं. १५० चेतनारायणले मेरो भनेको कित्तामा पनि घर भएको नक्साबाट देखिन आएको भए पनि ती कलमहरूमा घर उठाई पाउँ भन्ने वादी नभएकोले घर ती घरका साथमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को परिभाषा (ङ) मा पर्ने जति जग्गामा हाल यस मुद्दाबाट विचार गर्नु परेन । यो मुद्दा परिसके पछि श्यामकृष्ण मुक्ति २ जनाले घर ग्यारेज बनाउन लागेको रोक्का गरिपाउँ भनी अदालतमा दरखास्त दिन जाँदा लिई दिएन भनी वादी श्यामकृष्णले चढाएको निवेदनपत्रमा ल्याएको दरखास्त किन फिर्ता गरेको हो ऐनले जे गर्नु पर्छ गरी नतिजा जाहेर गर्नु भन्ने हुकुम प्रमांगी बक्स भएकोमा रोक्का गरी दिनु पर्छ भन्ने कानून नभएकोले रोक्का गरी दिन नमिल्ने भनी चितवन जि. अ.ले जाहेर गरेकोमा कानून बमोजिम गर्नु गराउनु भन्ने हुकुम प्रमांगी भएको अहिलेसम्म घर बनाउन रोक्का नभएकोले हामीले जितेको जग्गामा घर बनाई बाटो निकास समेत रोकिसकेको घर बनाउन रोक्का समेत गरिपाउँ भनी अर्को निवेदन दिएकोमा पनि कानून बमोजिम गराउनु भन्ने हुकुम प्रमाङ्गी बक्स भएको कलममा वादीले परेको अवस्थामा ती घरहरूमाथि दावी नपरेको समेत हुँदा दावी बेगर यस मुद्दाबाट इन्साफ ठहर गर्न मिलेन ।

    २४. अब जग्गा खिचोलाको दावीतर्फ प्रतिवादी श्यामकृष्ण मुक्तिलाल चुके । उदयकुमार पिया तुलसी साहु भक्तकुमार, जितबहादुर पिया, चामुनारायणहरूले आफ्नो नाममा घर जग्गा छैन भनी जग्गामा दावी नै नगरेकोले निजहरूले खिचोला गरेको ठहर्दैन । प्रतिवादी केदारकुमार श्रीधर शमशेर जितबहादुर क्षेत्री चक्रबहादुर, तपनारायण ज्ञानबहादुर, टेकबहादुर चन्द्रमान कर्माचार्य, बुद्धिजङ्ग माणिकलाल, लक्ष्मीनारायण श्रेष्ठ न.नं. १४९ को कलममा सूर्यनारायण पियाहरूले घर बनाई जग्गामा खिचोला गरे भन्ने दावीमा निजहरूले घर बनाएकोमा म्यादभित्रको उजूर नभएको कारणले नालिस दावी खारेज हुने ठहरेको घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ङ) मा घरबारीको परिभाषा भए जति जग्गा बाहेक अरू जग्गा वादीकै दर्ता हकको देखिएकोले वादीहरूले खिचोला गरेको ठहर्छ । वादी दावी १२ दफा न.नं. १४ को कलमको प्रतिवादी विष्णुप्रसाद, वादी दावीको १३ दफाको कलमको प्रतिवादी चन्द्रबहादुर वादी दावी १९ दफा न.नं. २६ को कलमको प्रतिवादी लक्ष्मीनारायण नोछुहरूले प्रतिवादी नै नदिएको वादी दावी २ दफा न.नं. २ को कलमको प्रतिवादी मोहनलाल, वादी दावी ६ दफा न.नं. ६।७ को कलमको प्रतिवादी चेतनारायण प्रभातकुमार, वादी दावी ८ दफा न.नं. ११ को कलमको प्रतिवादी पुष्पबहादुर, वादी दावी १४ दफा न.नं. १९ को कलमको बामदेव, वादी दावी २४ दफा न.नं. १३९ को कलमको उपेन्द्रलाल, वादी दावी २५ दफा न.नं. १४७ को कलमको धर्मलाल खड्गी, वादी दावी २६ दफा न.नं. १४८ को कलमको सूर्यनारायण पियाले वादीको दावी जग्गामा घर बनाएको समेत ठहर्न आएकोले जग्गा पनि खिचोला गरेको ठहर्छ । वादी दावी ३।४ दफा न.नं. ३ को कलमको बसन्तलाल चुके वादी दावी ६ दफा न.नं. ५ को कलमको ईन्द्रलाल पिया, वादी दावी ७ दफा न.नं. ८ को कलमको श्री नारायण न.नं. ९ को कलमको पञ्चकुमार वादी दावी १० दफा न.नं. १२ को कलमको मैयाँदेवी, वादी दावी २३ दफा न.नं. १० को कलमको डि.कोमलप्रसाद न.नं. १५० को कलमको चेतनारायण वादी दावी २० दफा न.नं. ३०।३३ कलमको सूर्यनारायण पियाहरू उपरको दावीको जग्गामा घरतर्फ दावी नभए पनि जग्गा वादीको हक दर्ताको देखिन आएकोले दावी नभएको घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा (ङ) मा घरबासको परिभाषा भए जति जग्गा बाहेक सो कित्ताको अरू जग्गामा ती प्रतिवादीहरूले र न.नं. १३८ को कित्तामा प्रतिवादी सूर्यनारायणले खिचोला गरेको ठहर्छ भन्ने समेत फुल बेञ्चबाट ०३२।२।२० मा फैसला भएको रहेछ ।

    २५. उक्त फुल बेञ्चबाट फैसला हुँदा न.नं. ३४।३५।३६।३७ समेतको जग्गा वादीहरूको साविक कि.नं. २० दर्ता भित्रकै ठहर भएको देखिन आयो सोही कित्ता कोमलप्रसादबाट चलन चलाई पाउँ भन्ने दावी भएकोले चलन चलाई दिने भनी फैसलाको तपसील खण्डमा लेखिनु पर्ने छुट भएको देखिन आएकोले फैसलामा सामान्य त्रुटि भएकोमा भूलसुधारको आदेश दिन सकिने अधिकार भएकैले फुल बेञ्चको फैसला बमोजिमको लगत दिँदा ०३२।२।२०।३ को फुल बेञ्चको फैसलाको तपसील खण्ड दफा २ मा जम्मा जग्गा बिगाहा ७।।।२।।।३।।। लेखिएको ठाउँमा बिगाहा ८।।।४।।।३ र मोल बिगो रू.१५,२९१ लेखिएको नाउँमा रू.१७,४८७।२५ कायम गरी संशोधन गर्ने, उक्त फैसलाको तपसील खण्ड २ को देहाय उपदफा (३) को देहायमा डि.कोमलप्रसादको नाम, न.नं. ३४,३५,३६,३७ समेत समावेश गरिदिने भन्ने ०३२।४।६।३ मा फुल बेञ्चबाट आदेश भएको समेत रहेछ ।

    २६. यसमा निवेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल, विद्वान अधिवक्ता श्री प्रकाश वस्तीको र निवेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुली विद्वान अधिवक्ता श्री अनुपराज शर्मा समेतको विस्तृत बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा नरजङ्ग पाण्डे क्षेत्रीको नाउँमा दर्ता भएको कि.नं. १९ को जग्गा कठ्ठा ०१०८ कि.नं. २० को जग्गा ९१२ कि.नं. २१ को ७१७९ समेत जग्गा बिगाहा १७१७९ दर्तावाला नरजङ्ग पाण्डे क्षेत्रीबाट वादीहरूको बाबु पनि खड्गबहादुरले राजीनामा गराई लिई सोही जग्गा निज खड्गबहादुरले श्यामकृष्ण श्रेष्ठलाई राजीनामा लिखत गरी दिएकोमा सो जग्गाको हक निखन्न पाउँ भन्ने वादीहरूको फिराद परी निखन्न पाउने ठहरी सर्वोच्च अदालत फुल बेञ्चबाट ०२२।२।२२ मा भएको फैसला अनुसार हक भई चलन गर्न जाँदा बिगाहा ६१११४ मा चलन गर्न पाई बाँकी ९११० मा खिचोला गरे घर हटाई चलन चलाई पाउँ भन्ने वादी दावी भएको प्रस्तुत मुद्दामा जग्गा पजनीको १८ घर बनाउनको ११ नं. को फिराद गर्ने हद म्यादको प्रश्न उठी सो फिराद गर्ने हद म्याद निखनाई पाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट फैसला भएको मिति ०२२।२।२२ बाट शुरू हुने ठहराई २०३२।२।२० को फुल बेञ्चबाट निर्णय भएको देखिएकोले सो हदम्यादभित्र विचार गर्दा हक निखनाई पाउँ भनी फिराद गरी हक निखनी पाउने ठहरेपछि मात्र विवाद जग्गामा वादीहरूको हक सृष्टि हुने हुन्छ र सो भन्दा अघि वादीहरूको हक निखनी पाएको जग्गामा उजूर गर्ने हक अधिकार सृष्टि नहुने हुनाले हक निखनाई पाउँ भन्ने मुद्दामा वादीहरूले हक निखनी पाउने ठहरी २०२२।२।२२ मा फुल बेञ्चबाट निर्णय भएको मितिबाट नै वादीहरूको फिराद गर्ने हदम्याद शुरू हुने गरेको स.अ.को ०३२।२।२० को फुल बेञ्चको रायसँग मेरो पूर्ण सहमति छ ।

    २७. वादीले हक निखनी पाएको कि.नं. १९२१ को जग्गा चलन गर्न जाँदा ६१११४ चलन गर्न पाई बाँकी कि.नं. २०।२१ मध्येको ९११० मा खिचोला गरे भन्ने मुख्य वादी दावी भएकोले विवाद भएको कि.नं. २०।२१ को जग्गा ९११० प्रतिवादीले खिचोला गरेको हो होइन भन्ने विषयमा नै मुख्य रूपले निर्णय गर्नुपर्ने हुन आयो त्यसतर्फ विचार गर्दा वादीले दावी गरेको जग्गाको ७९ सालको अठसट्टा भनी पेश हुन आएको श्रेष्ता हेर्दा नरजङ्ग पाण्डे क्षेत्रीको नाउँमा कि.नं. १९।२०।२१ को जग्गा दर्ता देखिएको सो मध्ये विवाद भएको कि.नं. २० मा नदी गङ्गा सो पूर्व ठेडकै कुमाल देखिन भन्ने किल्ला उल्लेख भएको पाइन्छ कि.नं. २० मा ठेडकै कुमाल दक्षिण भन्ने रहेको किल्लालाई ठेडक कुमाल सो दक्षिण भनिएको वादीको समर्थनमा वादीले नक्सामा ठेडकेको भनी देखाएको न.नं. ८० देखि १२९ सम्मको जग्गा ठेडके कुमाल दर्ताको मानी सो जग्गादेखि दक्षिण पट्टिको जग्गालाई वादीको कि.नं. २०।२१ को कायम गरी ०३२।२।२० मा फुल बेञ्चबाट निर्णय भएको रहेछ । प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताले कि.नं. २० को किल्लामा घरू कित्तामा जस्तो (सो) भन्ने नभई ठेडके दक्षिण भन्ने किल्ला रहेकोले सो कि.नं. २० को दक्षिणमा ठेडकेको जग्गा हुने भन्ने बहसमा मुख्य जिकिर लिएको र नक्सा नं. ४५।४६।४७।४८। ४९।१८९।१९० को जग्गा ठेडके साविक दर्ताको कि.नं. १४।१५।१७ को जग्गा भन्ने भू.पू्.जिमीदार श्री हर्ष खनालको लेखाई र कि.नं. १७ को जग्गा न.नं. १९० को भनी प्रतिवादीले नक्सामा जनाएको समेत देखिन्छ । नरजङ्ग पाण्डेबाट वादीको पति, बाबु खड्गबहादुरले राजीनामा लिदाया पनि कि.नं. २० को किल्ला उल्लेख हुँदा अरू कित्तामा जस्तो सो दक्षिण भन्ने नभई ठेडके कुमाल दक्षिण भन्ने नै उल्लेख गरेको र ७९ सालको उक्त पेश भएको अठसट्टा श्रेस्तामा पनि सो कि.नं. २० को किल्लामा अरू कित्तामा जस्तो सो दक्षिण भन्ने नभई ठेडके दक्षिण भन्ने नै किल्ला उल्लेख भएको देखिन्छ यसरी सो कि.नं. २० को दर्ताको अठसट्टाको किल्लामा अरू कित्तामा जस्तै (सो) दक्षिण भन्ने नभई ठेडके कुमाल दक्षिण मात्र भएकोबाट कि.नं. २० को जग्गाको दक्षिण साँधमा ठेडकेको जग्गा हुन आउने प्रष्ट छ यसरी साँध किल्ला अठसट्टा श्रेस्ताबाट प्रष्टै भएको हुँदा वादीको कि.नं. २० को जग्गा ठेडके कुमालको जग्गादेखि उत्तर तर्फ हुन आउँछ श्रेस्तामा (सो) नभएकोमा पनि अरूमा जस्तै (सो) भएको मानी दक्षिणमा रहेको साधको जग्गालाई उत्तर पर्ने गरी अदालतले अनुमानबाट (सो) रहेको मानी निर्णय गर्न मिल्न देखिन आएन अठसट्टा किल्लाबाट दक्षिण साँधमा रहेको ठेडकेको जग्गाबाट उत्तर तर्फ कि.नं. २० को जग्गा हुने हुनाले ठेडकेको जग्गा भनी देखाएको न.नं. ८० देखि १२९ सम्मको जग्गादेखि दक्षिणको भनी वादीको साविक कि.नं. २० नं. को जग्गा कायम रहेको ०३२।२।२० को फुल बेञ्चको निर्णय मिलेको देखिँदैन ।

    २८. कि.नं. २१ को सम्बन्धमा विचार गर्दा अठसट्टा दर्तामा पहिले कि.नं. २० को उल्लेख भई त्यसपछि कि.नं. २१ उल्लेख भएको छ । कि.नं. २१ का किल्लामा निज सो कित्ता पूर्व भन्ने किल्ला उल्लेख भएबाट कि.नं. २१ को जग्गा कि.नं. २० को पूर्वपट्टि हुने प्रष्टै छ । वादीले कि.नं. २० को जग्गा न.नं. १० देखि ३७ सम्मको भन्ने र कि.नं. २१ को जग्गा न.नं. १ देखि ९ सम्मको र न.नं. १३८ देखि १५१ सम्मको भन्ने नक्सा कैफियत व्यहोरामा जनाएको छ । उपरोक्त अठसट्टाको दर्ता किल्लाबाट कि.नं. २१ को जग्गा कि.नं. २० को पूर्वपट्टिको हुने हुँदा वादीले कि.नं. २० को जग्गा भनी नक्सामा जनाएको न.नं. १० देखि ३७ सम्मको जग्गाबाट पूर्व तर्फमा कि.नं. २१ को जग्गा हुनेमा नक्साबाट सो देखिन नआई कि.नं. २० को भनी वादीले जनाएको न.नं. १० देखि ३७ सम्मको जग्गा (बीचमा हुन आई) सो जग्गादेखि पश्चिम तर्फमा कि.नं. २१ को भनी देखाएको न.नं. १ देखि ९ सम्मको जग्गा र उत्तर तर्फमा अर्को कि.नं. २१ को भनी देखाएको न.नं. १३८ देखि १५१ को जग्गा देखिन आई कि.नं. २१ को भनी नक्सामा देखाएका जग्गाहरू सो कि.नं. २० को भनेको जग्गादेखि उत्तर, पश्चिम अलगअलग २ ठाउँमा देखिन आएबाट कि.नं. २१ को जग्गा भनी नक्सामा देखाएको जग्गा कि.नं. २० को भनेको जग्गादेखि अठसट्टा दर्ता किल्ला अनुसार पूर्व तर्फ देखिन आएन उपरोक्त उल्लिखित परिवन्दबाट पनि वादीको साविक कि.नं. २०।२१ को जग्गाको अठसट्टाको दर्ता किल्ला हाल वादीले हाल कि.नं. २० को भनी नक्सामा जिरह लिएको न.नं. १० देखि ३७ सम्मको र कि.नं. २१ को भनी जिरह लिएको न.नं. १ देखि ९ सम्मको र न.नं. १३८ देखि १५१ सम्मको जग्गाहरूमा किल्ला भिड्न मिल्न नआएकोले वादीले नक्सामा कि.नं. २०२१ को जग्गा भनी जिरह गरी दावी लिएको जग्गा वादीको कि.नं. २०२१ को जग्गा ठहराउन श्रेस्ता अठसट्टाको प्रमाणबाट मिल्ने देखिएन ।

    २९. वादी दावी र नक्सामा जनी आएको व्यहोरा भिडाई हेर्दा वादीले आफ्नो फिराद दावीमा कि.नं. २० को जग्गा खिचोला गरे भनी प्रतिवादी उपर दावी गरेको छ ती प्रतिवादीको भनी नक्सामा जनी आएको नक्सा नम्बरको जग्गालाई वादीले कि.नं. २१ को जग्गा भनी र कि.नं. २१ को जग्गा खिचोला गरे भनी जुन प्रतिवादी उपर दावी गरेको छ ती प्रतिवादीको भनी नक्सामा जनी आएको नक्सा नम्बरको जग्गालाई वादीले कि.नं. २० को जग्गा भनी नक्सा कैफियत व्यहोरामा लेखिदिएकोबाट वादीको फिराद लेख र नक्सा जिरह समेत फरक परी मिल्न नआएको पनि देखिन आउँछ, जग्गा जस्तो अचल सम्पत्तिमा कहिले कुनै कित्ता नम्बर भन्ने वादीको भनाईमा सत्यताको अभाव रहेछ भन्ने प्रष्ट हुन आएको छ ।

    ३०. तसर्थ उपरोक्त आधारमा वादीको दावीलाई समर्थन गर्न श्रेस्ता प्रमाणको अभाव हुँदा नक्साको वादी जिकिरको जग्गाहरूमा जग्गा खिचोला गरे घर हटाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । वादी दावी बमोजिम जग्गा खिचोला गरेको ठहराई चलन चलाई दिने समेत ठहराएको फुल बेञ्चको ०३२।२।२० को निर्णय र पछि संशोधन गर्ने गरेको ०३२।४।६।३ को आदेश समेत मिलेको देखिएन सो बमोजिम गर्नु परेन तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

तपसील

माथी इन्साफ खण्डमा लेखिए बमोजिम वादीको दावी पुग्न नसक्ने ठहरिएकोले ०३२।२।२० को फुल बेञ्चको फैसला र ०३२।४।६।३ को फैसला संशोधनको आदेश बमोजिम देहायको कलममा देहाय बमोजिम गर्ने गरे गरी लगत दिने गरेकोमा हाल सो बमोजिम गर्नु परेन व्यहोरा जनाई सो लगत कट्टा गरी दिनु भनी चितवन जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लगत दिने…………..१

वादी रत्नकुमारी पन्त, अम्बिकुमारी पन्त, भैरवबहादुर पन्त श्यामबहादुर पन्त ४ जनाले के न.नं. १।४।१३।२०। २१।२२।२३।२५।३१।३२।१४५।१४९।१५ को कलममा घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ङ) मा घरबारीको परिभाषा भएको जति जग्गामा म्याद नाघेको कारणले वादीको उजूरी खारेज र न.नं. ३१२१०१५०३०३३ को कलममा घर उठाई पाउँ भन्ने वादीको दावी भएकोले घर ती घरको साथमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को परिभाषा (ङ) मा पर्ने जति जग्गामा यस मुद्दाबाट विचार गर्नु नपर्ने ठहरेको भए पनि ठीक कलमको बाँकी जग्गा र अरू झगडा परेको जग्गा समेतमा प्रतिवादीहरूले खिचोला गरेको ठहरेकोले वादीले नालिस गर्दा शुरूमा राखेको कोर्टफी रू.७८४। सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१२३।६० मुद्दा दोहर्‍याउँदा राखेको कोर्टफी ७९।४० समेत जम्मा रू.९८७। देहायका प्रतिवादीबाट बराबरको दरले भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधन दफा १५(११) बमोजिम ३ वर्षभित्र दरखास्त दिएमा दस्तूर केही नली भराई दिनु भनी का.जि. अ.त.मा लगत दिने गरेको कलम……………..१

केदारकुमार प्रधान १, श्रीधर शमशेर ज.ब.रा १, जीतबहादुर क्षेत्री १, चक्रबहादुर क्षेत्री १, तपनारायण श्रेष्ठ १, ज्ञानबहादुर क्षेत्री १, टेकबहादुर के.सी.१, चन्द्रमान श्रेष्ठ १, बुद्धिजंग रायमाझी १, माणिकलाल श्रेष्ठ १, सूर्यनारायण पिया १, लक्ष्मीनारायण श्रेष्ठ १, चन्द्रबहादुर श्रेष्ठ १, विष्णुप्रसाद शर्मा १, चेतनारायण पिया १, लक्ष्मीनारायण श्रेष्ठ १, ईन्द्रलाल पिया १, मोहनलाल श्रेष्ठ १, वामदेव शर्मा १, प्रभातकुमार पिया १, प्रेमलाल खड्गी १, पुष्पबहादुर ड्याछे १, श्री नारायण पिया १, उपेन्द्रलाल श्रेष्ठ १, मैंयादेवी श्रेष्ठ १, बसन्तलाल चुके १, पञ्चकुमारी पिया १, डि.कोमलप्रसाद श्रेष्ठ १,

वादी ऐ.ऐ.कै चितवन नारायणगढ मौजाको नदी गंगा सो पूर्व न.नं. ८० देखि १२९ सम्मको ठेडकेको जग्गा सो दक्षिण, कि.नं. २१ कित्ता सो पूर्व न.नं. ३३।३४ समेतको साधको पूर्व पश्चिम बाटो सो उत्तर यति ४ किल्ला भित्रको वादीहरूको साविक कि.नं. २० को र २० नं. कित्ता सो पूर्व, प्रति सो दक्षिण, स्कूलको नम्बरी दर्ता अवादी र घोल सो पश्चिम, पुरानो घारको साधको न.नं. १५१ को जग्गा सो उत्तर यति ४ किल्ला भित्रको न.नं. १३८ देखि १५० सम्मको जग्गा साविक कि.नं. २१ को वादीहरूको ठहर्न आएकोले कि.नं. २० को किल्ला भित्रको न.नं. ३८।३९।२०० मा विवाद नभएको र अरू झगडा नपरेको कलम बाहेक देहाय बमोजिम जम्मा जग्गा बिगाहा ८।।।४।।।३ को वादीले खुलाएको बिगाहा १ के मोल रू.२०००। का दरले मोल बिगो रू.१७४८७।२५ पर्ने जग्गा चलन चलाई पाउँ भनी दण्ड सजायको ४३ नं. को म्याद २ वर्ष भित्र दरखास्त दिएमा सयकडा २।५० दस्तूर लिई कानून बमोजिम गरी चलन चलाई दिनु भनी चितवन जि. अ.लाई लेखी पठाउने लगत दिने गरेकोमा हाल सो बमोजिम गर्नु परेन व्यहोरा जनाई सो लगत कट्टा गरी दिने………………. २

देहायका प्रतिवादीहरू उपरको दावीको देहायका कलममा देहायका प्रतिवादीहरूले बनाएको घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ङ) मा घरबारीको परिभाषा भएको जति जग्गामा वादीको नालिस खारेज हुने ठहरेकोले सो बाहेक गरी बाँकी जग्गासम्म चलन चलाई दिने गरेको कलम……………१

          प्रतिवादीको नाम            ०३१।८।२१।६ को बिगाहा कठ्ठाधुर

          को कि.नं. नक्सा नं.

          केदार कुमार प्रधान     २०१ ०     

          श्रीधर शमशेर ज.ब.रा    २०      

          जितबहादुर क्षेत्री        २०१३      

          चक्रबहादुर श्रेष्ठ         २०२०      १८।।

          तपनारायण श्रेष्ठ        २०२१       १४।

          ज्ञानबहादुर श्रेष्ठ        २०२२      ६।।

          टेकबहादुर के.सी.       २०२३      १२

          चन्द्रमान श्रेष्ठ          २०२५      १६।।

          बुद्धिजङ्ग रायमाझी     २०३१       १३।।

          ऐ.ऐ                 २०३२      १५

          माणिकलाल श्रेष्ठ        २११४५    

          सूर्यनारायण पिया       २११४९      १०।।

          लक्ष्मीनारायण श्रेष्ठ      २०१५     

देहायको प्रतिवादी उपरको दावीको देहायका कलममा नक्साबाट घर समेत भएको देखिएकोमा घर उठाई पाउँ भन्ने वादीको दावी नभएकोले घर र ती घरको साथमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को परिभाषा (ङ) मा पर्ने जति जग्गामा हाल यस मुद्दाबाट विचार गर्नु नपर्ने ठहरेको हुँदा सो बाहेक गरी बाँकी जग्गासम्म चलन चलाई दिने गरेको कलम……….२

          प्रतिवादीको नाम        साविक ०३१।८। बिगाहा कठ्ठाधुर

          ३१।६ कि.नं.

          को नक्सा नं.         

          वसन्तलाल चुके        २०     १५

          इन्द्रलाल पिया        २०    

          श्री नारायण पिया      २०     १२

          पञ्चकुमार            २०     २।।।

          मैयाँदेवी श्रेष्ठ          २०१२    १३।।।

          डि.कोमलप्रसाद श्रेष्ठ     २०१०    ८।।

          चेतनारायण पिया      २११५०   ३।।

          सूर्यनारायण पिया      २०३०    ११२।।

          ऐ.ऐ                 २०३३   

देहायको प्रतिवादी उपरको दावीको देहायका कलममा पूरै चलन चलाई दिने गरेको कलम …….३

         

    प्रतिवादीको नाम            साविक ०३१।८।३१।६ बिगाहा कठ्ठाधुर

          कि.नं. बिगाहाको

          नक्शा नं.

          मोहनलाल श्रेष्ठ         २०        १५   

          चेतनारायण पिया       २०        

          प्रभातकुमार पिया       २०       

          पुष्पबहादुर ड्याछे       २०   ११    

          विष्णुप्रसाद शर्मा        २०   १४     १८।।

          वामदेव शर्मा           २०   १९     १८।।

          लक्ष्मीनारायण नोछु      २०   २६    ,

          उपेन्द्रलाल श्रेष्ठ         २१   १३९    १३

          धर्म खड्गी            २१   १४७  

          सूर्यनारायण पिया       २१   १४८   १।।।

          “ “                                            २१   १३८    १७९।।

          चन्द्रबहादुर श्रेष्ठ         २१         

          नम्बर नखुलेको

          डि.कोमलप्रसाद श्रेष्ठ      २०   ३४    १७।।

          ” ”                                            २०   ३५    १८.३/

          ” ”                                            २०   ३६    १८.३/

          ” ”                                            २०   ३७    ११/

                  

    देहायको प्रतिवादी कै माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी हारेकोले प्रस्तुत मुद्दा फुल बेञ्चबाट दोहोर्‍याउँदा देहायको प्रतिवादीले देहाय बमोजिम राखेको जम्मा कोर्टफी रू.४७।३२ नेपालको कोर्टफी ऐन, ०१७ को दफा १५(१) बमोजिम हार्ने वादीबाट भरी पाउने हुनाले सो कोर्टफी भराई पाउँ भनी ऐ.कोर्टफी ऐन, ०१७ को दफा १५(११) को म्याद ३ वर्ष भित्र वादीहरूको जायजात देखाई देहायका प्रतिवादीको दर्खास्त परेकोले ऐन दफा १३ (१) बमोजिम दस्तूर केही नलिई वादी रत्नकुमारी मरी मु.स.गर्ने र आफ्ना हकमा समेत पूर्पक्ष गर्ने श्यामबहादुर पन्त क्षेत्री १, रत्नकुमारी मरी मु.स.गर्ने र आफ्ना हकमा समेत पूर्पक्ष गर्ने भैरवबहादुर पन्त क्षेत्री १, अम्बाकुमारी पन्त क्षेत्री १ समेतबाट बराबरका दरले देहायको प्रतिवादीलाई देहायबमोजिम भराइदिनु भनी चितवन जि. अ.मा लेखी पठाउन का.जि. अ.त.मा लगत दिने …………………२

उपन्द्रलाल श्रेष्ठ के रू. ।३२ केदारकुमार प्रधान के रू. २।४५ चक्रबहादुर क्षेत्री के रू. २।४५ टेकबहादुर के.सी. के रू. २।४५ माणिकलाल श्रेष्ठ के रू. २।४५ इन्द्रलाल पिया के रू. २।४५ बुद्धिजङ्ग रायमाझी के रू. २।४५ ज्ञानबहादुर श्रेष्ठ मरी मु.स.गर्ने नरेन्द्रकुमार श्रेष्ठ के रू. २।४५ श्रीधर शमशेर ज.ब.रा. के रू. २।४५ जितबहादुर क्षेत्री के रू. २।४५ तपनारायण श्रेष्ठ के रू. २।४५ चन्द्रमान कर्माचार्य के रू. २।४५ लक्ष्मीनारायण हलुवाई के रू. २।४५ मैंयादेवी श्रेष्ठ के रू. २।४५ चैतनारायण पिया के रू. २।४५ डि.कोमलप्रसाद श्रेष्ठ के रू. १२।७०

वादी श्यामबहादुर पन्त क्षेत्री समेत के मुद्दा दोहोर्‍याए वापत लाग्ने कोर्टफी दाखिल गरेकोले अरू केही गर्नु परेन……………….३

 

उक्त रायमा हामी सहमत छौं ।

 

प्र.न्या. नयनबहादुर खत्री,

न्या. घनानाथ पन्त

 

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्यालको राय

    ३१.  यसमा तारिखमा हाजिर भएका दुवै पक्ष र दुवै पक्षबाट उपस्थित विद्वान अधिवक्ताहरूले गर्नुभएको बहस समेत सुनी ०३६।५।१२।३ बाट आजलाई निर्णय सुनाउन भनी तारिख तोकिएको हुनाले निर्णय तर्फ विचार गर्दा बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम ०३२।२।२०।३ मा सर्वोच्च अदालत फुल बेञ्चबाट भएको निर्णय मिलेको छ छैन भनी निर्णय गर्नुपर्ने हुन आएको छ ।

    ३२. सर्वप्रथम वादीले फिरादमा दावी गर्दा हाम्रा पति तथा पिता खड्गबहादुरले १५।१।४।४ मा रू.५००१। मा चितवन नारायणगढको साविक कि.नं. १९२०२१ को जग्गा बिगाहा १६९ श्यामकृष्ण प्रधानलाई बिक्री गरी दिनुभएकोमा निखनाई पाउँ भन्ने हाम्रो उजूर परी तह तह हुँदै सर्वोच्च अदालत फुल बेञ्चबाट २२।२।२ मा भएको फैसलाबाट निखनी लिन पाउने ठहरे बमोजिम जमीनदारले दाखिल खारिज गरी २२।१२।३० मा बहाली दिए बमोजिम चलन गर्न जाँदा निम्न लेखिए बमोजिम जम्मा बिगाहा ९।।१ विपक्षीहरूले घर समेत बनाई खिचोला गरकोले खिचोला मेटाई बनाएको घर जग्गा चलन चलाई पाउँ भनी फिराद पर्न आएकोमा विपक्षीहरू मध्ये यस्तो यो मितिमा घर बनाएको वा यो मितिमा यस्तो काम गरी खिचोला गरे भन्ने खिचोला गरे भएको मिति फिरादको व्यहोराबाट प्रष्ट खुलेको देखिन आएन ।

    ३३. प्रतिवादीहरूको पर्न आएको प्रतिउत्तर व्यहोराबाट वादीको जग्गामा खिचोला गरेकोमा इन्कार गर्दै हामीले पूर्ति जमीन कवाद गरी बसोबास गर्दै आएको अवस्था विकास क्षेत्रको जग्गा दिने अधिकार प्राप्त रा.दू.ज.वि.बिक्री मिसनबाट हाम्रो भोग बसोबासको तथ्याङ्क नक्सा नापी समेत लिई ०२० सालमा हाम्रा नाउँमा दर्ता गरी दिने निर्णय गरी दर्ता तिरो तिरान भएको जग्गा हो भन्ने केदारकुमार प्रधान समेतको प्रति उत्तर जिकिरबाट देखिन आएकोले वादीले यस मितिमा घर बनायो र खिचोला गर्‍यो भन्ने मिति किटान गरी खुलाउन नसकेको र प्रतिउत्तरबाट खुल्न आएको मितिबाट ०२० साल भन्दा अगावै देखि बसोबास गरी आएकोमा ऐलानी पर्ती जग्गा हुँदा अधिकार प्राप्त अधिकारीबाट प्राप्त गरेको भन्ने प्रतिवाद जिकिर भएको र तदनुसार राप्ती दून (चितवन) जग्गा बिक्री वितरण व्यवस्था कमिसनबाट मालपोत लिई जग्गा गरी दिन भनी चितवन माललाई पत्र लेखिएको र त्यसमा प्रतिवादी डि.कोमलप्रसाद समेतको नाउँ उल्लेख भएको देखिएको सो पत्रको उत्तरकोष तथा तहसिल कार्यालय चितवनको पत्र साथ दाखिल हुन आएको दर्ता उतारबाट देखिन आएकोले सो अनुसार मालपोत समेत बुझाई हामीहरूले हकभोग गरी आएको भन्ने प्रतिवादीहरूको जिकिर देखिन आउँछ ।

    ३४. आदेश बमोजिम भई आएको ०३१ साल मार्ग २१ गतेको नक्सा हेर्दा, वादी दावीको साविक कि.नं. १९ को जग्गामा झगडा नदेखिएकोले विचार गर्नु नपर्ने भई साविक ७९ सालको कि.नं. २० को हाल नक्सा नं. १० देखि ३७ सम्म साविक कि.नं. २१ को हाल न.नं. १ देखि ९ नं. सम्म र न.नं. १३८ देखि १५१ सम्मको जग्गा हुन् भनी वादीले नक्सामा जिकिर लिएकोलाई खण्डन गर्दै वादीको साविक २० नं. को जग्गा हाल नक्सा नं. १८८ तथा ४३४२४१४०२०४४ र साविक कि.नं. २१ को हाल न.नं. ३८३९ मात्र वादीको हो सो बाहेक अरू जग्गा वादीहरूको होइन भनी प्र.मोहनलाल, श्यामकृष्ण समेतले नक्सामा व्यहोरा जनाइ लेखी दिएकोबाट वादीले दावी गरे मध्ये न.नं. १ देखि ३७ सम्म र न.नं. १३८ देखि १५१ सम्मको जग्गामा झगडा परेको देखिन आउँछ ।

    ३५. वादीले दाखिल गरेको १९८० साल जेष्ठ ३१ गतेको चितवन नापी मुन्सीफीले मौजे नारायणगढका जमीनदार ठेडके कुमालका नाउँमा गरी दिएको चलनी पूर्जिमा रेतिनरजङ्ग पाण्डे क्षेत्रीको नाउँमा जम्मा बन्दी लगतमा दर्ता भएको कि.नं. २० नदी गङ्गा सो पूर्व ठेडके कुमाल दक्षिण भन्ने र कि.नं. २१ मा निज कित्ता सो पूर्व प्रति सो दक्षिण भनी उल्लेख भएको पाइन्छ । सो किल्लाहरू हाल भएको नक्सामा भिडाउँदा न.नं. २०१ नारायणी नदी निर्विवादी देखिन्छ र सो नदी उत्तरबाट दक्षिण पश्चिम हुँदै गएको र सो नदी देखि पूर्व भागको जग्गामा विवाद हुन आएको छ वादीको दर्तामा २ किल्ला उल्लेख भएको सो मध्ये १ किल्ला नारायणी नदी हुँदा सो नदीको हकमा शीरदेखि दोभानसम्म नारायणी नदी हुने हुनाले नदी गङ्गा सो पूर्व भन्ने किल्लाबाट वादीको जग्गा निश्चित मिलान हुन सक्ने भएन ।

    ३६. अर्को किल्लाको हकमा कि.नं. २७ मा ठेडके देखिन भन्ने श्रेस्तामा उल्लेख भएको छ । वादीले देखाएको न.नं. ८० देखि १२९ सम्मको जग्गालाई ७९ सालको कि.नं. १७ को ठेडकेको जग्गा हो भनी सो देखि दक्षिण पट्टिको जग्गालाई आफ्नो देखाई वादीले जिकिर लिएको छ श्रेस्तामा ठेडके सो दक्षिण भन्ने नभई ठेडके दक्षिण भन्ने उल्लेख भएकोले वादीको जग्गा देखि उत्तर तर्फ ठेडकेको जग्गा नभई श्रेस्तामा लेखिए बमोजिम ठेडकेको जग्गा दक्षिण तर्फको साँध लेखिएको भन्ने कुरा श्रेस्ताबाटै प्रष्ट भएकोमा ठेडके सो दक्षिण भन्ने सम्झी वादीले आफ्नो जग्गाको उत्तर तर्फ ठेडकेको जग्गा भनी देखाएको कुरा मिल्ने भएन ।

    ३७. प्र.मोहनलाल समेतले नक्सामा लिएका जिकिर अनुसार ठेडके दक्षिण भनी साँध लेखिएको जग्गाको हकमा न.नं. ४५४६४७४९१८९१९० मा पर्छ या सो देखि उत्तर तर्फ वादीको जग्गा न.नं. १८८ तथा ४३४२४१४०२००४४ र त्यस भित्र बनेको नयाँ बाटो र न.नं. ३८३९ मात्र हो भनी जिकिर भएको हुनाले सो जिकिर अनुसार नक्सामा पनि न.नं. १९० मा १७ नं. ठेडके हाल श्री हर्ष हुन आएको न.नं. १९० को जग्गाबाट उत्तर तर्फ वादीको साविक जग्गा नक्सामा न.नं. १८८ तथा ४३४२४१४०२००४४३८३९ को झगडा नपरेको वादीको जग्गा प्रष्ट देखिन आउँछ । साविक दर्ता भन्दा घटी बढी भएको हकमा नहर घटी नहर बढी नहुन सक्ने नै भएको र विकास कार्य अन्तर्गत सडक ढल आदी निर्माण हुँदै जाने स्वाभाविकै भएको र नक्साबाट पनि बाटो समेत देखिएको हुँदा नक्सा जिकिर बमोजिम न.नं. १८८ न.नं. ४३४२४१४०२००४४३८३९ को जग्गा वादीको साविक २०२१ नं. जग्गा भित्रको कायम हुन आउने देखिन्छ ।

    ३८. सो बाहेक वादीले दावी गरी नक्सामा झगडा परेको कि.नं. १ देखि ३७ सम्म र १३८ देखि १५१ सम्मको जग्गाको हकमा वादीले दावी गरेको, नक्सामा लेखिए बमोजिम न.नं. ८० देखि १२९ सम्मको कित्ता श्रेस्ताबाट प्रमाणित हुन सकेको देखिन आएन । प्र.श्यामकृष्णसँग निखनाई पाउँ भनी मुद्दा गरी फुल बेञ्चबाट भएको फैसला बमोजिम श्यामकृष्णबाट निखनी लिए पछि भोगचलन गर्न नपाएकोले भनी अन्य प्रतिवादी समेतका उपर प्रस्तुत फिराद पर्न आएको छ । श्यामकृष्णबाट वादीले निखनी लिएको जग्गामा भोग गर्न जाँदा जग्गा पुगेन घटी भयो भन्ने हकमा अन्य प्रतिवादीहरूले रा.दू.वि.बाट जग्गा पाई दर्ता तिरो गरी भोग गरी आएको देखिएको र वादीको साविक जग्गा भन्दा घटी भई जग्गा नपुग हुन आएमा श्यामकृष्ण बाहेकका बिना सरोकारका अन्य प्रतिवादीहरूले वादीको साविक दर्ता बमोजिमको जग्गा पुर्‍याई चलन दिनु पर्छ भन्ने उचित देखिन आउँदैन । पर्ति वादीको जग्गा प्रतिवादीहरूलाई रा.दू.वि.बाट वितरण भएको छ सो वितरण गरिदिएको जग्गामा वादीको चित्त नबुझेको भए रा.दू.वि.का उपर कानूनी कारवाही गर्नुपर्ने सो गरेको देखिन आएन ।

    ३९. वितरण गरी दिने रा.दू.वि.उपर उजूर दावी नगरी केवल वितरणमा प्राप्त गरी घर द्वार र बनाई भोग प्रतिवादीहरू उपर उजूर दावी गर्न वादी अ.बं.८२ नं. ले हकदैया नपुग्ने देखिने र प्र.श्यामकृष्णले निखनी लिएको जग्गा नक्सामा लेखिएको जति वादीले भोग गरी आएको देखिएको हुँदा प्र.श्यामकृष्ण तर्फ गरेको दावीको हकमा उपर्युक्त उल्लिखित साँध किल्लाबाट मिल्ने नदेखिएको हुँदा प्र.श्यामकृष्णले खिचोला गरे चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिन आएन अतः वादी दावी झुठ्ठा ठहर्न आएकोले फुल बेञ्चबाट ०३२।२।२० मा भएको फैसला र ०३२।४।६ मा भएको आदेश समेत मिलेको देखिन आएन डिभिजन बेञ्चबाट ०२७।८। २९।२ मा भएको फैसला मनासिव देखिन्छ । नियमबमोजिम गरी मिसिल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बासुदेव शर्मा

 

इति सम्वत् ०३६ साल कार्तिक २० गते रोज ३ शुभम् ।