November 18, 1977
Created by nepalarchives

निर्णय नं. १०९५ – लिलाम बदर

निर्णय नं. १०९५     ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको...

निर्णय नं. १०९५     ने.का.प. २०३४

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३१ सालको दे.फु.नं. ८८

आदेश भएको मिति : २०३४।८।३ मा

निवेदक : अं. बाग्मती जि.पं.१ नं.नुवाकोट तामेनौविसेबस्ने चुडाबहादुर पाण्डे क्षेत्री

विरुद्ध

विपक्षी : काठमाडौं लैनचौर बस्ने रामेश्वर उपाध्याय

मुद्दा : लिलाम बदर

(१)   लिलाम भएको जग्गा वादीको राजीनामाको देखिन नआएकोले लिलाम गरे बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्ने नदेखिने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दा :    

फैसला

            न्या.वासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदक प्रतिवादी चुडाबहादुरको निवदेनमा न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरि यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको विवरण यस प्रकार छ : चेतबहादुर मकहाँ आई ०२१।७।६ गते रु.११,००० लिई जग्गा खरीद गरी सोही दिन पास भई भोग गरी परी आएको हुँ नाती मानन्धरको रु.६०३।७५ मा का.श्रे.अ.त.मा दर्खास्त परी ०२३।१।२३ गते लिलामको तारिख मुकरर गरेका हुँदा नातीको दर्खास्त पर्नु भन्दा पहिले मेरो फार्छे भएको हुँदा लिलाम हुन नसक्ने दर्साई हुलाकमार्फत निवेदन दिई ०२३।१।२३ गते अदालतमा दाखिल भइसकेको छ, रामेश्वरको राजीनामाबाट लिलाम रोकिँदैन भनी रजिष्ट्रेशनको ३३ नं. काटी बेरीतको लिलाम भएको भरी पाउने विगोले खाएसम्ममात्र लिलाम गर्नुपर्ने पुरै लिलाम गर्नु पनि वेरीत लेनदेनव्यवहारको २६ नं. रजिष्ट्रेशनको ३४ नं.ऐन काटी कर्मचारीहरू समेत मिली लिलाम गराउने सबैलाई सजायगरी लिलामबदर गरिपाउँ भन्नेसमेत वादी रामेश्वरको फिरादपत्र ।

            ३.    चेतबहादुरबाट जगतबहादुरले भोगबन्धकी लिएको निज चेतबहादुरले कमाएको बाली बुझाएकोले विगो कोर्टफी समेत रु.६३४।४६ जगतबहादुर मरी सकार गर्ने नाति मानन्धरले भरी पाउने गरी रा.का.दे.बाट भएको फैसला बमोजिम उक्त बन्धकी जग्गाबाट भरी पाउँ भनी नाती मानन्धरको दर्खास्त परेकोमा ०२३।१।२३ को दोश्रो पटकको लिलामको मुकररको सूचना प्रकाशित गरी सो दिन डाँक शुरु भई लिलाम वडाबडको अवस्था पौने पाँच बजे रामेश्वरको लिलाम रोकियोस भन्ने बोली परेको उजूरी दर्खास्तमा उल्लेख जग्गा र लिलामको जग्गामा तिरो किल्ला नमिलेबाट लिलाम रोक्का मनासिव नपरेकोले लिलाम हुन गएको हो फिराद खारेज गरी पाउँ भन्ने समेत का.मु.अ.कुलचन्द्र १, ना.सु. राजेन्द्रमान सिं १, मु. खिलराज १ र सिं हस्तबहादुर १ समेतको प्रतिवादीसरहको प्रतिवेदन ।

            ४.    नाति मानन्धरले चेतबहादुरबाट विगो असुल गरी पाउँ भनी जुन जग्गा देखाई दर्खास्त गरेको छ सो दर्खास्त गर्नु भन्दा अगाडि र वादीलाई लिखत गरिदिनु भन्दा अगाडि ०२०।१२।२३ मा मलाई भोगबन्धकी लेखी दिएको पास गरी दिन नभ्याएबाट पुनः ०२१।७।५।४ मा निज चेतबहादुरले ४,५००। मा भोगबन्धकी लेखी दिई मलाई पूर्व समय देखि भोगमा छाडी रहेको जग्गा चेतबहादुरले वादीलाई गरिदिएको भन्ने राजीनामा कानूनले मान्यता पाउन सक्दैन, मलाई भोगबन्धकी लेखी दिएको पास गरी पाउँ भनी नालेस समेत दिएको छु मेरो भोगबन्धकी गराई सकार गर्दा बाँकी हुन आएको रुपैयाँ चेतबहादुरले बुझी लिएको छ, अदालतबाट भएको लिलामबाट प्राप्त गरेको जग्गामा अछिन्न भोग भई आएको छ, लेनदेन व्यवहारको २५२६ नं. ले मलाई लेखी दिएको जग्गा बिक्री हुन नसकी वादीको सो जग्गामा हकै नपुग्ने समेत हुँदा लिलाम बदर गरी पाउँ भन्ने नालेस दिन पाउने कानूनबाटै वादीलाई दिएको छैन, लिलाम बदर गरी पाउँ भन्ने दावीबाट फूर्सद गराई पाउँ भन्ने समेत चुडाबहादुरको प्रतिवादी ।

            ५.    चेतबहादुरले राजीनामा गरिदिएकोले जग्गा लिलाम नहोस् भनी हुलाकद्वारा रामेश्वरले दिएको दर्खास्त ०२३।१।२३ गते श्रेस्ता अदालत तहसिलमा दाखिल भएको सो दर्खास्तमा मालको जवाफ बमोजिम उजूरीमा लेखिएको जग्गामाटो तालुकदार किल्ला समेत नमिली फरक परेकोले लिलाम रोक्न नमिली यो उजूरी ऐन सवाल बमोजिम गर्नु भन्ने तोक लेखी लिलाम गरेको देखिन आएकोले राजीनामा गरी लिएको जग्गा यो होइन छुट्टै यस ठाउँमा छ भनी भन्न नसकेको र उक्त लिलाम भएको जग्गा हक बेहकतर्फ उजूर परेका बखत ठहरे बमोजिम हुने हुनाले लिलाम हुन गएको जग्गा दर्खास्त पर्नु अगावै राजीनामा गरी लिई सके भनी राजीनामाको नक्कल समेत राखी उजूर दर्खास्त पर्दा पर्दै सो उजूरीमा हक बेहक सरह तोक लेखी लिलामगरेको देखिन आएकोले उक्त लिलाम बेरीतसँग लिलाम गरेको ठर्हछ सो लिलाम बदर हुने ठर्हछ भन्ने बाग्मती अञ्चल अदालतको फैसला ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने प्र. चुडाबहादुरको र का.श्रे.अ.त.का.मु. खिलराजको पुनरावेदन ।

            ७.    लिलाम सकार गर्ने चुडाबहादुरको दर्खास्तको लेखाइमा पनि लिलाम गर्न लागेको जग्गा रामेश्वरलाई राजीनामा गरिदिएको भन्ने लेखिएको नाति मानन्धरको दर्खास्त पर्नु भन्दा अगावै रजिष्ट्रेशन पास गरी लिएको राजीनामाको प्रतिलिपि समेत साथ राखी लिलाम रोकियोस् भनी पठाएको उजूरी लिलाम डाँक खत्तम नहुँदै कार्यालयमा दाखिल भइसकेकोमा सो लिलाम गर्ने कार्यालयले हक बेहक हुने किसिमबाट मालको जवाफ बमोजिम उजूरीको जग्गा नमिली फरक पर्‍यो लिलाम रोक्न नमिल्ने भनी अनाधिकार निर्णय गरेको नमिलेकोले लिलाम बदर गर्ने गरेको अञ्चल अदालतको इन्साफ मुनसिब छ भन्ने समेत ०३०१११० मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

            ८.    मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगीमा उक्त न्यायिक समितिका सिफारिश पर्चामा ने.का.प.(०२७ साल दे.पु.नं. ९८) मा प्रकाशित मुद्दाको निर्णय हेर्दा लिलाम रोक्का गर्न उजूर गर्ने व्यक्तिले आफै वा वारिसद्वारा उपस्थित भई कारवाही गर्नुपर्छ हुलाकबाट उजूरी पठाएकोमा अदालतबाट अरू कारवाही गर्न मिल्दैन भन्ने निर्णय भइरहेको देखिन्छ, वादीको उजूरी हुलाकबाट आएको र कारवाही गर्न हाजिर भएको देखिएन भन्ने का.श्रे.अ.को पर्चा लेखबाट देखिन्छ । त्यस्तो हुलाकबाट आएको दर्खास्त लिलाम हुनु अघि प्राप्त भएकै भरमा लिलाम कारवाही रोक्न पर्ने थियो भन्ने डिभिजन बेञ्चकोतर्फ गराई उक्त दे.पु.नं. ९८ को फैसलाले स्थापित गरेको सिद्धान्तको सरासर विपरित हुन गएको छ, जालसाजी मुद्दाबाट रामेश्वरले पास गरी लिँदाको राजीनामाको रसिद जालसाजी ठहराएपछिबाट आधारहिन देखिएको आधारै नभएको राजीनामाको भरमा चुडाबहादुरले दिएको रीतपूर्वकको लिलाम बदर गर्ने गरेको डिभिजन बेञ्चको निर्णय मिलेको देखिएन भन्ने समेत उल्लेख भएको रहेछ ।

            ९.    निवेदक प्रतिवादी चुडाबहादुरतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले लिलाम भएको जग्गा पहिले लिलाम मुकरर हुँदा कसैको उजूर परेको छैन यो वादीले पनि उजूर गर्न सकेको छैन, दोश्रो पटक लिलाम मुकरर हुँदा लिलाम मुकररका दिन पौने पाँच बजे आई पुगेको हुलाकद्वारा पठाएको वादीको उजूरी दर्खास्त स्वयं आफैं उपस्थित भई कारवाही गर्न नआएकोले लिलाम रोक्नु नपर्ने हुँदा लिलाम गरेको सदर हुनुपर्छ, लिलाम बदर गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले जग्गाको रसिद कीर्ते गरी रामेश्वरलाई राजीनामा पास गरेकोमा मुद्दा गरेको छु लिलाम रोकियोस भन्ने निवेदक प्रतिवादी चूडाबहादुरकै पनि दर्खास्त परेको हुँदा लिलाम हुन लागेको जग्गा रामेश्वरको राजीनामाको जग्गा भन्ने प्रष्टै छ, चेतबहादुरको जग्गा भनी लिलाम भएको जग्गा रामेश्वरको राजीनामाको जग्गा भन्ने भएपछि हक बेहक परेको जग्गा लिलाम गरेको अनाधिकार लिलाम गरेको देखिएकै छ, त्यसो हुँदा अनाधिकार लिलाम बदर गरेको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

            १०.    यसमा निर्णयतर्फ विचार गर्दा चेतबहादुर बराबरमा भएमा आई रुपैयाँ सापटी लिने तिर्ने गरी काम गरिरहेको जग्गा बिक्री गर्छु भनेको हुनाले हुन्छ भनी ०२१।७।६ गते रु.११,०००।मा जग्गा खरीद गरी सोही दिन रजिष्ट्रेशन अड्डामा पास भई भोगी आएको नाति मानन्धरलाई चेतबहादुरले तिर्नु पर्ने फैसला बमोजिमको आयस्ता विगो रु.६०३।७५ का.श्रे.अ.त.मा दर्खास्त परी टाँस भएको ०२३।१।२३ गते लिलामको तारिख मुकरर गरेको हुँदा लिखत नक्कल समेत राखी नातिको दर्खास्त पर्न जादाँ पहिले नै मेरो फार्छा भएको हुँदा उक्त जग्गा लिलाम हुन नसक्ने व्यहोरा दर्शाई ०२३।१।२१ गते हु.द्वारा निवेदन दिई ऐ २३ गते अङ्गमा दाखिल भइसकेकोमा ०२३।१।२३ गते लिलाम हुन गएको छ, निवदेन दाखिल भइसकेपछि लिलाम रोक्न पर्नेमा नरोकी लिलाम भएको बेरीत छ, मेरो लिखत बमोजिम जग्गा जान नसक्ने भएकोले ऐन छाडी लिलाम गर्ने गराउनेलाई सजाय भई २०२३।१।२३ को लिलाम बदर गरी पाउँ भन्ने मुख्य वादीले दावी लिएको रहेछ ।

            ११.    २०२३।१।२३।५ मा का.श्रे.अ.त.बाट जग्गा लिलाम भएको मुचुल्का सहितको मिसिल हुँदा पूर्व पश्चिम रैकर उत्तर विर्ता दक्षिण चरडोल यति ४ किल्ला भित्रको नु.मालमा निजका नाउँमा दर्ताभएको वि.जयबहादुर पाण्डे क्षेत्रीमार्फत साल १ को धान ७।१५।४।४ घीउ रु.। २८ चाठे ।५ मालमा बुझाउनु पर्ने नौबिसे समेत ४१ को कूतधान १४। घीउ ।५० मध्ये भन्ने रसिदमा जनिएको मुरी २२।१५।३।७ को कित्ता १ भन्ने उल्लेख भई लिलाम प्र. चूडा बहादुरले सकारगरेको र वादी रामेश्वरको लिलाम रोकीपाउँ भन्ने उजूरी दर्खास्त रजिष्टरी भई ४।४५ बजे दाखिल भएको कारवाही गर्न उजूरवाला हाजिर भएको देखिएन उजूरवाला हाजिर नभएको र ४ किल्ला जिम्मावाला फरकपरेको साथै उजूरीमा जग्गा ।२३।२ उल्लेख भएको मालको जवाफबाट जग्गा ।२२।१५।७ देखिएबाट उजूरीका जग्गा दर्ता लिलाम समेत देखिन नआएबाट उजूरपरेको जग्गा र लिलाम हुने जग्गा एउटै भन्न नमिल्ने लिलाम रोक्न मनासिवनभई चुडाबहादुरले डाँक खतमगरी कवुलगरेबमोजिमको रु.३,५०१।धरौटी स्याहामा आम्दानी बाँधिएको विगो पाउने नाति मानन्धरलाई खर्च लेखीगएको रु.६३४।४६।३ कट्टि गरी बाँकी रु.२,८६६।५३।१ असामी चेतबहादुरको दर्खास्त पर्न आएको बखत खर्च लेखिदिने अरू यसमा काम बाँकी नदेखिनाले यो काम तामेली मिसिल अ.त.मि.फाँटमा बुझाई दिने भन्ने ०२३।२।९।१ मा का.श्रे.अ.त.बाट पर्चा भएको समेत देखियो ।

            १२.   प्रस्तुतमुद्दा उक्त लिलामभएको जग्गा मेरो राजीनामाको जग्गा भएकोले लिलाम रोकिपाउँ भनी उजूरदिँदा नरोकी लिलामगरेको वेरीतको लिलामबदर गरीपाउँ भन्ने वादी रामेश्वरको फिराद दावी भएको र वादीको राजीनामामा हेर्दा पूर्व फूलकुमारीकोखेत पश्चिम पिङ्गल बहादुरको खेत उत्तर ऐ.ऐ.दक्षिण फूलकुमारीको खेत यति ४किल्ला भित्रको मेरो नाउँमा प.१ नं.नु.मालमा मोहिया दर्ताभएको सो मालमा जि.चुडाबहादुरमार्फत साल १ का तिरो रु.१३।८६ बुझाउने नौबिसे खेत माटो मुरी ।२३।२को खलाभन्ने लेखी चेतबहादुरले वादी रामेश्वरलाई ०२१।७।६।५मा रजिष्ट्रेशन पारितगरी राजीनामा गरिदिएको देखिने नाति मानन्धरको दर्खास्तबाट चेतबहादुरको जग्गा लिलाम हुँदा जि.जयबहादुर पाण्डे क्षेत्रीमार्फत साल १ को धान ७।१५।४।४ घीउ रु.२८ चाठे ।५ मालमा बुझाउनुपर्ने नौविसेसमेत ।४१ कूतधान १४।घीउ रु.।५०मध्येभन्ने रसिदमाजनिएको माटोमुरी ।२२।१५।३।७कोकित्ता लिलाम भएकोदेखिने चेतबहादुरको नाममा दर्ताभएको मालको दर्तामा नामै नौबिसे रणवीर थापाको ३२।९४साल बढसमेत नर्सिङ थापाको खेत ।४१मध्येको ।२२।१५।३।७को खला भन्ने दर्ता समेतदेखिएको सोजग्गा लिलामभएको देखिने र वादीको राजीनामाबाट चेत बहादुरका नाम को माटोमुरी ।२३।२का खलाको राजीनामा निजलेलिएको देखिएकोले राजीनामाको माटो मुरीको जग्गा र लिलाम भएको माटोको अङ्क मिल्नभिड्न नआई फरकफरकको देखिन आउने र किल्लाको हकमा पनि लिलामभएको जग्गाको दक्षिणकिल्ला चिरडोलभन्ने देखिने वादीले राजीनामालिएको जग्गाको दक्षिणकिल्लामा फूलकुमारीको खेतभन्ने उल्लेख भएकोले समेत लिलामभएको जग्गाको माटो मुरीको अङ्क र किल्ला वादीले राजीनामा लिएको जग्गाको माटोको अङ्क र किल्लासमेत फरक फरक देखिन आई वादीको राजीनामाको लिलाम भएको जग्गा वादीको राजीनामा देखिन नआएकोले मेरो राजीनामाको जग्गा लिलाम गरे बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन । तसर्थ का.श्रे.अ.त.बाट ०२३।१।२३ मा गरेको उपरोक्त लिलाम बदर गर्ने ठहराएको बाग्मती अञ्चल अदालतको इन्साफ मनासिव ठहराएको डिभिजन बेञ्चको ०३०।११।१० को इन्साफ मिलेको देखिएन, तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले देहायको कलममा देहाय बमोजिम गर्नु भनी का.जि.अ.त.मा कानूनबमोजिम लगत दिने ………………….१

वादी रामेश्वर पाध्या के देहायको कलममा देहाय बमोजिम गर्ने १

बा.अं.अ.को ०२६।३।१ को फैसलाले कोर्टफी रु.१०। देहायका प्रतिवादीबाट देहाय बमोजिम भराई दिने गरेकोमा हाल सो बमोजिम गर्नु परेन व्यहोरा जनाई लगत काटी दिने कलम१ प्र.चेतबहादुर के.रु.५ प्र.चुडाबहादुरके. रु.५।

प्र. चुडाबहादुरले डिभिजन बेञ्चको इन्साफ दोहर्‍याएवापत कोर्टफी रु.१। लाग्नेमा हाल कोर्टफी लिई रहनु परेन भनी कोर्टफी नलिई मुद्दा फुल बेञ्चको लगतमा दर्ता भई आएको देखिएकोले सो मुद्दा दोहर्‍याए वापतको लोग्ने कोर्टफी रु.१। मुद्दा दोहर्‍याउने प्र. चुडाबहादुर जितेकोले कोर्टफी ऐन, २०१७ को दफा १५ (३) बमोजिम सो कोर्टफी वादीलाई लाग्छ निज वारिस भई बेरुजु हुँदा कानूनबमोजिम असुल गर्ने…………………..२

प्रं चुडाबहादुरकै देहायका कलममा देहाय बमोजिम गर्ने २ वा.अं.अ. उपर स.अ.मा पुनरावेदन गर्दा निजले राखेको कोर्टफी रु.१।५० वादीबाट भरि पाउने हुँदा भरी पाउँ भनी वादीको जायजात देखाई कोर्टफी ऐन, ०१७ को दफा १५ (११) को म्याद ३ वर्ष भित्र प्र.चूडाबहादुरको दर्खास्तपरे कानूनको रीतपुर्‍याई वादी रामेश्वरबाट भराइदिने १

बा.अं.अ. उपर स.अ.मा पुनरावेदन गर्दा वा.अं.अ.को ०२६१ को फैसलाले वदीलाई भराई दिने गरेको कोर्टफी रु.५। पाँच ०२६२७६मा स.अ.ल.न.वि मार्फत का.श्रे.अ.त.दे.मा.प्र्र. चुडाबहादुरले धरौट दाखिल गरेको देखिएकोले सो धरौट रु.५। हाल नलाग्ने भै. प्र. वादीले फिर्ता पाउने हुँदा सो धरौटी फिर्ता पाउँ भनी कानूनको म्यादभित्र फिर्ता लिन आए कानूनको रीत पुर्‍याई प्र. चुडाबहादुरलाई फिर्ता दिने………………….३

बेरीतसँग लिलाम गर्ने भनी देहायको कर्मचारीको रिकर्ड राख्न ए.ज.अ.मा लेखी पठाउने गरी भएको वा.अं.अ.को फैसला बमोजिम ०२६८ मा तत्कालिन ए. ज.अ.मा.वा.अं.बाट लेखी गइसकेको देखिएकोले हाल सो बमोजिम गर्नु पर्दैन भनी सम्बन्धित कार्यालयमा लेखी पठाउने का.श्रे.अ.त.को हाकिम से.अ. कुलचन्द्र शर्मा १ऐ.को ना.सु. राजेन्द्र प्रधान, १ ऐ.का.मु. खिलराज तिमिलसिना १ ऐ.को राम नाथ श्रेष्ठ,

 

 

इति सम्वत् २०३४ साल मार्ग २८ गते रोज ३ शुभम् ।